मृत्यु

म अहिले मृत्युः इनसाइड स्टोरी सद्गगुरुको पढ्दै छु । मलाई केही कुराहरु सोच्न थाले । सद्गगुरु स्कूल पढ्दा उनको एक जना साथीको मृत्यु हुन्छ । उनको दिमागमा केही प्रश्नहरु आउँछ । सानो वा बच्चाको मृत्यु कसरी हुन्छ रु मृत्यु त बुढा वा उमेर भइसकेकालाई मृत्यु हुन्छ । मृत्यु भइसकेपछि कहाँ जान्छन् ? मेरो दिमागमा पनि त्यहि आउन्थ्यो । मृत्यु भइसकेपछि मानिसहरु कहाँ जान्छन् ? मेरो दिमागमा बच्चाहरु कसरी मृत्यु हुन्छ ? त्यसको साथ साथै, मैले सुनेको त मृत्यु भइसकेपछि मानिसहरु आकाशमा पुग्छन् र तारा बन्छन् तर कसरी ? मृत्युको डर होइन तर हाम्रो मृत्यु किन हुन्छ ? हाम्रो मृत्यु हुन्छ भन्ने थाहा हुँदा हुँदै किन मृत्युसँग डराउछौ ? 

त्यसको साथ साथै, मेरो हजुरबुवाको मृत्यु सन् २०२० मा भएको थियो । अनि म आर्यघाटमा पुगेको थिए । जिन्दगीमा म पहिलो पटक आर्यघाट गएको थिए । एक प्रकारले अर्के फिल भयो । हजुरबुवाको शरीर कता जान्छ ? मृत्यु पछिको जिन्दगी के हुन्छ ? हुन न म पूरै काममा बस्न सकिन । बस्न मन लागेन । सबै जना भावुक भएपछि म आफू पनि भावुक भइदाृ हरेछ । व्यक्ति नभए पनि खाली पनि हुन्छ । यादहरु रहिरहन्छ 

हजुरबुवा मृत्यु भएपछि मलाई आर्यघाट जना मन लागेन । मृत्युदेखि डर त होइन तर मलाई अर्के फिल हुन्छ । एक न एक दिन सबै जना त्यस ठाउँमा जानु छ तर पनि आर्यघाट गएपछि मलाई के हुन्छ मलाई नै थाहा छैन ।

Comments

Popular Posts