वाइब्स

जिन्दगीमा धेरै घटनाहरु भइरहन्छ तर त्यसलाई कसरी लिने आफूमा भरपर्छ । कुनै घटनाहरुले मन दुखाउँछ र रुवाउछ । त्यसको साथ साथै, कुनै घटनाहरुले धेरै मुस्कान दिन्छ र खुशी पनि । कुनै घटनाहरु त पछिसम्म रहिन्छ । कुनै घटनाहरुको याद भइरहन्छ र ती यादहरुले पिछा छोड्दैन । घटनाहरु त छँदै छ, व्यक्तिहरु छाप पनि रहिरहन्छ । कुनै व्यक्तिहरुको धेरै माया लाग्छ र याद पनि आइरहन्छ । उनीहरुको याद धेरै वर्षहरुसम्म रहिरहन्छ । आफू बाँचूजेलसम्म उनीहरुको याद आउने रहेछ । कुनै सम्बन्धहरु त धेरै समयसम्म रहिरहन्छ । सायल राम्रो वाइब्स भएर होला सम्बन्ध राम्रो हुने । 

मानिसहरुको जिन्दगीमा धेरै व्यक्तिहरुसँग भेट हुन्छ तर केही व्यक्तिहरुसँग मात्र हाम्रो वाइब्स राम्रो हुन्छ र कुरा मिल्ने हुन्छ । केही व्यक्तिहरुसँग प्रेम हुन्छ । प्रेम बसेको व्यक्तिहरुसँग प्रेम  सफल हुन्छ भन्ने पनि हुँदैन । असफल प्रेमले केही पाठ सिकाएको हुन्छ । सफल प्रेमले पनि केही सिकाएको हुन्छ । त्यसभन्दा पनि असफल प्रेमले भेरै सिकाएको हुन्छ । जिन्दगीम अगाडि बढ्न सिकाउँछ । मायाको अर्थ  के हो भन्ने बुझाऊ छ ।  अरुको खुशीको लागि बाँच्न सिकाउँछ । असफल प्रेमबाट निस्कन धेरै गाह्रो हुन्छ । कति पिडा हुन्छ त्यो पिडा भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ । 


Comments

Popular Posts