चिठ्ठी

 प्रिय बुवा र आमा,

                   आज म  यो चिठ्ठी लेख्दै छु । मलाई थाहा छैन कि यो चिठ्ठी पढिसके पछि मलाई माफ गर्नु हुन्छ वा हुन्न । मलाई धेरै कुराहरु व्यक्त गर्नु छ जुन मैले वर्षौ देखि भन्न कोसिस गर्दै थिए तर व्यक्तगर्न सकिन । 

तपाई दुवै जना आफ्नो काममा व्यस्त । मलाई कहिले समय दिनु भएन । जब मलाई तपाईहरुको आवश्यक प¥यो, तपाईहरु हुनु हुन्न थियो । मेरा स्कूलका साथीहरु नै मेरा साथी भएका थिए । त्यसको साथ साथै, म केटी भएर केटी साथीहरुतिर आर्कषित हुँदै गए । उनीहरुसँग नजिक जाँदा र बोल्दा ममा बेल्गै आभास आउन्थ्यो । मन अर्को हुन्थ्यो । सुरुमा त मलाई नै थाहा भएन कि मलाई किन यस्तो आभास हुदै छ भनेर । समय बित्दै गयो र मलाई केटा साथीहरुले पे्रम प्रस्ताव राख्थे तर म चाँहि अस्वीवार गर्थे । उनीहरुसँग धुम्न जाँदा वा बोल्दा मलाई त्यस्तो आभास आउँदैन  थियो ।  पछि ईन्टरनेटमा खोजी गरे र थाहा पाए कि म लेस्बियन रहेछु  । सुरुमा तपाईहरुलाई तपाईहरुलाई भन्न धेरै कोसिस गरे तर सकिन । तपाईहरुको बारेमा सोचे । त्यसको साथ साथै, तपाईहरुको जिद्दीको कारण मैले विज्ञान पढे । मलाई लेखक बन्नु थियो । मलाई अङ्ग्रेजी साहित्य पढ्न धेरै रहर थियो तर बुवा तपाईले मलाई निकै  कराउनु भयो । साहित्य पढ्ने कुरा हो र लेखकको भविष्य छैन भन्नुभयो । तपाईलाई सम्झाउन धेरै कोसिस गरे तर सकिन । तपाईहरुको खुशीको लागि मैले विज्ञान पढे तर राम्रो गर्न सकिन । 

तपाईले कहिले कुरा बुझ्न कोसिक गर्नु भएन कि मैले राम्रो किन मैले राम्रो गर्न सकेको छैन भनेर । उल्टै कराउनु भयो । पछि विवाहको कुरा गर्नु भयो । सुरुमा त भन्न सकेको थिइन र अन्त्यमा आएर मैले आफ्नो परिचानको बारे भने, तपाईहरु निकै दिनहरुसम्म बोल्नु भएन । म निकै  दिनहरुसम्म रोए र तपाईहरुलाई सम्झाउन कोसिस गदै थिए तर असफल भए । मैले विवाह गरुँला तर भविष्य नराम्रो हुन्थ्यो । मेरो श्रीमान् र मेरो जिन्दगी बर्बाद हुन्थ्यो । हामी दुवै जना खुशी हुन सक्दैन थियौ ।

समाजले त बुझ्दैन थियो तर तपाईले बुझ्नु हुन्छ भन्ने थियो तर तपाईहरुले पनि बुझ्नु  भएन । तपाईहरुले मेरो भावनाहरु बुझ्नु  भएन । मेरो भावनाहरु तपाईहरुले त बुझ्नु भएन समाजले के बुझ्छ ? आजसम्म तपाईहरुको खुशीको लागि बाँचे । अब त म आफ्नो लागि बाँच्छु । म घर छोडेर जाँदै छु । मलाई थाहा छ कि  कुनै दिन काम गर्ने छु । 

                                                                                                                              तपाईको छोरी

                                                                                                                                       सोफि


Comments

Popular Posts