टेलिभिजन र म

आजकाल म त्यति टेलिभिजन हेर्दिन वा रुचि राख्दिन । टेलिभिजनमा त्यति आकर्षण छ जस्तो लाग्दैन । सायद धेरै च्यानलहरु भएर होला र प्रतिस्पर्धा भएर होला । 

पहिला धेरै टेलिभिजन हेर्थे । राम्रा कार्यक्रमहरु आउथे । राम्रा कार्यक्रमहरु अहिले पनि आउँछ तर पहिलाको समय र अहिलको समय फरक छ जस्तो लाग्छ ।

पहिला नेपाल टेलिभिजन थियो र अहिले पनि छ । हामी परिवार सबै जना बसेर हेथ्यौ । १२ बजे नेपाली चलचित्रका गीतहरु प्रसारण गथ्यो र हामी हेथ्यौ । त्यसपछि २ बजे नेपाली र हिन्दी फिल्महरु प्रसारण गथ्यो । दुई कति बेला हुन्थ्यो जस्तो हुन्थ्यो । दुई बज्ने बित्तिकै टेलिभिजन लन गथ्यौ । अनि सबै जना बसेर फिल्म हेथ्यौ । त्यसको साथ साथै नेपाली टेलिफिल्म र पाकिस्तानी सिरियल पनि प्रसारण हुन्थ्यो र हामी चाख देर हेथ्यौ । त्यति मात्र होइन नेपाली पप गीतहरु पनि हेथ्यौ । रमाइलो लाग्थ्यो । त्यसको साथ साथै रवि लामिछानेको कार्यक्रम पनि आउथ्यो र हेर्न राम्रो लाग्थ्यो । 


पछि ईमेज च्यानल आयो त्यो पनि निजी बाट । भूषण दाहाल र आलोक नेम्वाङ धेरै राम्रो लाथ्ग्यो । दुवै जनाले बनाएको भिडियोहरु राम्रो हुन्थ्यो र होस्टिङ राम्रो लाग्ने । पछि महिमा भट्टराई र सुरज सिह ठकुरी मन पर्न थाल्यो । कल कान्तिपूर निकै हेरिथ्यो । त्यसको साथ साथै कान्तिपुर समाचार निकै हेर्न थाले । सिम्रिका शर्मा निकै मन पर्न थालेको थियो । जुन दिन सिम्रिका शर्मा आउँथिन् मन खुशी हुन्थ्यो र समाचार हेर्थे । समाचारभन्दा पनि सिम्रिका शर्मालाई हेर्थे । उनीको प्रस्तुती राम्रो लाथ्ग्यो । 











नेपाली च्यानलको साथ साथै हिन्दी च्यानलहरु पनि हेर्गे । एकता कपूरको खूब हेर्थे । पछि रियालिटी कार्यक्रम हेर्न थाले । इन्डियन आइडल, झलक दिखला जा, नच बलिए, बिग बोस, फियर आदि हेर्ने मन पथ्यो । रात भर हेर्थे । तर समय बित्दै गएपछि टेलिभिजन हेर्न छाडे । अहिले हेर्न अल्छी लाग्छ । त्यसको साथ साथै अहिले प्रायः युटटुबमा आउँछ र अहिले आफूलाई हेर्ने कार्यक्रमहरु पनि अर्के हुन थालेको छ । अहिले अन्तर्वार्ताहरु हेर्छु र आफूलाई मन छुने कार्यक्रम मात्र हेर्छु । समय बदलिए अनुसार आफ्नो रुचि पनि बदलिएको छ ।   










 

Comments

Popular Posts