डायरी
डायरी अहिले मेरो जीवनको एक महत्वपूर्ण चिज भइसकेको छ । सुरुमा लाग्थ्यो कि मानिसहरुले किन डायरी लेख्छन् ? समय बदलिदै जान्छ र त्यही अनुसार डायरी लेख्ने बानी पनि हुँदैन । त्यसको साथ साथै समय अनुसार डायरी पनि हराउने सम्भावना हुन्छ र अरुले पढिदिन्छन् कि भन्ने डर हुन्छ ।
सन् २०१६ को कुरा हो । मेरो पहिलो जागिर थियो । म अफिसमा रमाउन थालेको थिए र त्यसको साथ साथै म केही सहकर्मीहरुसँग धेरै नजिक भएको थिए । एक सहकर्मीसँग मेरो सम्बन्ध राम्रो थियो र उनी केही महिनापछि अमेरिका जाने क्रममा थिइन् । मलाई नराम्रो फिल भएको थियो । त्यस अफिसमा काम गर्दाको धेरै सम्झनाहरु धेरै थिए र त्यही कारणले मैले डायरी लेख्न सुरु गरे । सुरुमा सोचेको थिइन कि मैले डायरी लामो समयसम्म लेख्छु भनेर । जब मैले डायरी लेख्दै गए तब मैले डायरी लेख्नुको महत्व बुझ्दै गए । सुरुका दिनहरुमा मलाई कसरी लेख्ने भएको थियो र लेख्न पनि आउँदैन थियो । विवरणहरु त्यति लेख्दिन थिए तर बिस्तारै डायरी लेख्ने क्रममा, मैले धेरै कुराहरु बुझ्दै गए । डायरी भनेको त आफ्नो लागि लेख्ने हो । आफ्नो भावना पोख्ने ठाउँ हो । जुन कुराहरु अरुसँग व्यक्त गर्न सकिदैन ती कुराहरु डायरीहरुमा लेख्न जरुरी हुन्छ । कहिले काँही आफ्नो कुराहरु लेख्न सक्दिन तर प्रयास गरिरहेको हुन्छु । कहिले काँही डर हुँदो रहेछ कि कहि कसैले मेरो डायरी पढ्यो भने ? कुनै कुराहरु यस्तो हुन्छ कि म अरुलाई सेयर गर्न सक्दिन । त्यसैले डायरी लेख्छु । कहिले काही चाँहि लेख्न छुट छ तर सकेसम्म दैनिक लेख्ने प्रयास गर्छु । डायरीले गर्दा मेरो लेखाइ पनि राम्रो हुँदै गएको छ । त्यसको साथ साथै आफ्नो भावनाहरु केद गर्ने प्रयासमा छु । डायरीले मलाई अर्के संसार देखाएको छ । आफ्नो दुःख र सुख पोख्ने ठाउँ भएको थियो । अतित, वर्तमान र भविष्यको बारे खुलेर लेख्न सक्छु । डायरी मेरो मिल्ने साथी भइसकेको छ । धेरै यादहरु छन् र प्राय पहिला लेखिएको डायरीहरु हेर्ने गर्छु । त्यस डायरीहरु हेरेर कहिले मुस्कुराउछु र रुन्छु पनि । कहिले काही ती समयमा पखाइ दियोस् जस्तो लाग्छ र कति राम्रा दिनहरु थिए जस्तो लाग्छ । डायरीहरुको कारण म आफ्नो अतितमा जान पाउछु ।
Comments
Post a Comment