अर्को जुनी

 अर्को जुनी भए छ भने, म फेरि केटी भएर नै जन्मन चाहन्छु । त्यसको मतलब यो होइन कि मलाई केटा नमर्ने होइन । आफ्नो अहिलेको जिन्दगी रमाइलो र राम्रो लाग्छ । केटाको जिन्दगी हेर्दा केही तनाव छैन जस्तो लाग्छ र केटा हुन मन लाग्छ तर जे नारीमा छ त्यो पुरुषमा छैन जस्तो लाग्छ । सहन सक्ने क्षमता नारीम छ र तयसको साथ साथै घर परिवार जसरी सम्हालेका हुन्छन् ः त्यो पुरुषमा हुँदैन । त्यसको मतलब मैले केटा मान्छेलाई नराम्रो भन्न खोजेको होइन । 

.................................................................................................................................................................

मानिसहरुलाई एक जुनीले कहिले नपुग्ने । एक जुनीमा धेरै कामहरु गर्न मन लाग्ने । मलाई पनि धेरै थोक गर्न मन लाग्छ तर कहिले काँही समय र उमेरले दिइरहेको छैन । कहिले काँही आफ्नो सपना अधुरो नै रहँदो रहेछ । एक समय थियो मलाई गितार सिक्न मन थियो तर समय र परिस्थितले मैले गितार धेरै समयसम्म सिक्न पाइन । पछि समय अनुसार मलाई लेख्न धेरै जाँगर चलेको थियोे । अहिले पनि जाँगर चल्छ । बिचमा आएर मलाई एक किताब भए पनि छाप्छु तर सकिन । त्यति राम्रो लेख्छु जस्तो लागेन । त्यसको साथ साथै आफूले लेखेका कथाहरु बाचन गँरु तर आफ्नो आवाज आफूलाई नै मन परेन । त्यसैले नगर्ने निर्णय गरेको थिए । आफूलाई धेरै कामहरु गर्न मन लाग्ने तर समय छैन जस्तो अनुभव हुन्छ ।  


Comments

Popular Posts