जवाफको खोजी(आरतीको नजरबाट)
१
म हतार गर्दै स्कूटर चलाउन थाले । नौ बजे पुग्नु पर्ने तर घरमै नौ बजिसकेको थियो । अनि म हतारिदै अफिस पुगे । सबैले जनाले हाई भने । त्यही क्रममा, दिपक केसीले मलाई हेर्दै भने,“आरती, उहाँ अमित दाहाल । उहाँ भर्खर यो अफिसमा काम गर्दा थालेको । तिमी पोखरा गएको बेला उहाँले जोइन् गर्नुभएको हो । उहाँ माइग्रेशनको विभागमा काम गर्नु हुन्छ ।”
हामीले एक अर्कोलाई हाई भ¥यौ । उनले मलाइृ हेरिरहेका थिए जुन मलाई मन परिरहेको थिएन । अनि म कुर्सीमा बसे र पत्रिका हेर्दै थिए । त्यही क्रममा, सिमरिकाले भनिन्,“अनि तिम्रो पोखराको यात्रा कस्तो भयो ?”
मैले आफ्नो आँखा पत्रिकाबाट हटाएर भनिन्,“मेरो यात्रा त पर्खिने समयमा राम्रो भएको थियो ।”
“के भयो त्यस्तो ?” श्रेयाले भनिन् ।
“सुन मेरो कथा । म पोखराबाट काठमाडौ फर्केने क्रमको कुरा हो । म गाडीमा उभिएको थिए । गाडीमा मान्छेको भीड थियो । त्यही क्रममा, एक विदेशी केटा गाडीमा चढे । अग्ला र हरियो आँखा भएका । मलाई देखेर मुस्कुराए र म पनि मुस्कुराए । देख्ने बित्तिकै क्रश प¥यो । केही समयपछि हामी दुवै जनाले सिट पायौ । त्यो पनि एउटै । म निकै खुशी भए । केही समयपछि मौनता तोड्दै मैले भने, “हाई । आई एम आरती ।”
“हाई । आई एम जोन ।”
“तपाई कहाँ बाट आउनु भएको ?” मैले अङ्ग्रजीमा बोले ।
“म बेलायतबाट ।” उनले नेपालीमा बोले अचम्म परे ।
“तपाई पनि नेपाली बोल्नु हुँदो रहेछ ।”
“हो, म नेपालमा आउने जाने गर्छु । म आईटीमा काम गर्छु । तपाई ?”
“म मानव अधिकार अफिसमा काम गर्छु ।”
“राम्रो ।”
“तपाईको नेपालमा कति चोटि हो ?”
“धेरै चोटि भइसक्यो ।”
“तपाईलाई नेपाल राम्रो लागे जस्तो छ ।”
“हो । मलाई नेपाल मन परेको छ । त्यसको साथ साथै मेरो गर्लप्रेण्ड यही छ । उनी नेपाली हुन् । हाम्रो दुई हप्तापछि बिहे हुँदै छ ।”
“बधाई छ ।”
“धन्यवाद ।”
अनि हामी दुवै जना मुस्कुरायौ । मनमा सोचे कि हुने वाला श्रीमती भाग्यमानी । हमी केहह्ी बेर गफ गरौ । त्यही क्रममा, उनले मलाई हेरेर भने,“तपाई हेर्दा राम्रो हुनुहुन्छ । बोल्दा पनि राम्रो बोल्नु हुन्छ । तपाईको प्रेमी भाग्यमानी ।”
म मुस्कुराए र भने,“मेरो प्रेमी छैन । म तपाईको प्रेमीका जस्तो कहाँ भाग्यमानी हो त म ?”
“हँ ? तपाईले साँच्चिकै भन्नु भएको हो ?”
“हो । मेरो केही प्रेमी छैन । मलाई कसैले विश्वास गरेनन् ।”
अनि हामी दुवै जना मुस्कुरायौ । काठमाडौ नपुगुन्जेल हामी गफ गर्दै बस्यौ । धेरै राम्रा गफहरु थिए । केही घण्टापछि हामी काठमाडौको कंलकी पु¥यौ । अनि गाडीबाट निस्कियौ र निस्किसकेपछि जोनले भने,“तपाईसँग कुरा गरेर राम्रो लाग्यो । समय गएको पत्तै भएन ।” जोन मुस्कुराए ।
“मलाई तपाईसँग कुरा गरेर राम्रो लाग्यो ।” म पनि मुस्कुराए ।
“बाई ।” जोनले भने ।
“बाई ।” अनि हामी छुट्टियौ र म चाँहि पछाडि फर्किए । अनि मुस्कुराए ।
सबै जना मेरो कुरा ध्यान दिएर सुन्दै थिए । खास गरि अमित मेरो ध्यान दिएर सुन्दै थिए । अचम्मको तरिकाले हेर्दै थिए । मलाई अप्ठ्यारो लाग्यो । नकरात्मक आभास आइरहेको थियो । पहिलो भेटमै यस्तो आभास आइरहेको छ,पछि के हुन्छ ? मेरो कुरा सुनेपछि, श्रेयाले भनिन्,“तिम्रो लभ स्टोरी अचम्मको भन्दा पनि फिल्मी जस्तो भए छ ।” अनि सबै जना हाँस्यौ । अनि मैले भने,“मैले उनलाई फेसबुक म्यासेज पठाए र उनले मलाई साथी बनाए ।”
“वाह ।” सिमरिकाले भनिन् ।
“अब विवाहमा बोलाउछन् होला ।” दिपकले हाँस्दै भने । म मुस्कुराए मात्र । अनि आफ्नो केबिनमा गए ।
२
बिस्तारै बिस्तारै अमित मसँग नजिक हुन खोज्दै थिए । त्योभन्दा पनि उनले गरेको तारिफ मलाई मन परेको थिएन । जे लुगा लगाए पनि धेरै तारिफ गर्थे जुन मलाई मन परेको थिएन । मलाई रिस उठेको थियो कि अफिसमा काम गरेको दुई हप्त नहुँदै मसँग जिस्कन थालेका थिए । म आजित भएको थिए । त्यसको साथ साथै म अफिसको साथीसँग कुरा गरे भने अमित बीचमा आउँथे । अनि गफ गर्न थाल्थे । केही कुरा भएपछि अमित जहिले पनि “आरतीजी, तपाईलाई यसमा केही भन्नु छ ?” भनि बोल्न खोज्थे । मलाई के गर्ने भएको थियो ।
एक दिन म सिमरिकाको केबिनमा गए । सिमरिका केबिनमा एक्लै हुनुहुन्थ्यो । म उहाँको नजिक गए र भने,“सिमरिकाजी ।”
“हजुर ।”
“तपाईसँग कुरा गर्नु थियो ।
“भन न ।” उहाँको ध्यान काम मै थियो ।
“अमितजीको बारे भन्नु थियो ।”
सिमरिकाजीले आफ्नो काम छोडेर मतिर ध्यान दिनुभयो । अनि मैले भने, “हेर्नु न सिमरिकाजी म वाक्क दिक्क भइसके । मलाई किन अमितले वाक्क लगाएका ?”
“के गरे अमितले ? हेर्दा त अमित गम्भीर देखिन्छन् । राम्रो लाग्छ त ।”
“उनले मलाई जिस्काउ छन् । नराम्रो लाग्छ । उनले गरेको तारिफ मलाई अपमानित भए जस्तो लाग्छ । साथीहरुसँग कुरा गर्दा बिचमा आउँछन् र मसँग मात्र कुरा गर्न खोज्छन् । अरु बेला पनि नराम्रो तरिकाले हेरे जस्तो लाग्छ । अमित मेरो नजिक आउँदा वा गफ गर्दा नकरात्मक भाइब आउँछ । अज्जिब लाग्छ । के गर्नु दिदी ? केही लुगा लगाएर अफिस आयो, तारिफ गर्छन् जुन मलाई मन पर्दैन । अज्जिब तरिकाले तारिफ गर्छन् । म के गँरु दिदी ?” म भावुक हुँदै भने ।
सिमरिकाजी मलाई हेर्दै हुनु हुन्थ्यो । वातावरणमा मौनता छाएको थियो । उहाँलाई के भन्ने भयो । केही क्षणपछि, मौनता तोड्दै उहाँले भन्नुभयो, “एक चोटि अमितसँग कुरा गर । कुरा गरे पनि समस्याको सावधान हुन्छ ।”
मैले हुन्छ भने । उहाँले भनेको कुरा चिन्त बुझेको थियो । सिमरिकाजी मेरो मिल्ने साथी हुनु भएको थियो । यो अफिसमा उहाँसँग मात्र कुरा मिल्थ्यो र म उहाँलाई सबै कुरा सेयर गर्थे । उमेरले मभन्दा केही वर्ष मात्र जेठो भए तापनि साथी जस्तो हुनु हुन्थ्यो ।
३
१२ः३० बजे खाना खाएपछि सबै जना आफ्नै क्यामिनमा जान्छन् । अमित आफ्नो क्यामिनमा जाने क्रममा थिए र त्यही क्रममा, मैले अमितलाई बोलाए र भने,“म तपाईसँग कुरा गर्न चाहन्छु ।”
“हुन्छ ।” अमित दङ्ग परे । उनको मनमा के छ मलाई नै थाहा थिएन । अनि हामी छतमा गयौ र मैले भने,“हेर्नुहोस् ।”
“हेरिरहेको छु ।”
“प्लिज, नजिस्किनु न । म जिस्किने मुडमा छैन ।”
अमित मौन रहे र मलाई हेरिरहेका थिए । अनि मैले भने, “तपाई मसँग अबदेखि नजिस्किनु होस् । मलाई तपाईले जिस्केको मन पर्दैन । तपाई हरपल किन मसँग मात्र जिस्किनु हुन्छ ? तपाई जुन तरिकाले जिस्किनु हुन्छ , मलाई चिन्त बुझ्दैन । सधै जिस्किने मुड हुँदैन । कहिले काँही मुड खराब हुन्छ । त्यसको साथ साथै मेरो काम हुन्छ र तपाई मलाई डिस्टर्भ गर्नु हुन्छ । सबै जना आ—आफ्नो काममा व्यस्त हुन्छन् तर तपाईको जिस्किने काम बाहेक अरु काम छैन । तपाई यहाँ जिस्किन त आउनु भएको छैन । प्लिज अबदेखि मसँग नजिस्किनु होला । मलाई मन पर्दैन । हामी त्यति
आत्मीयता भएका छैनो ।”
यति भन्दा अमितको भाव बेग्लै भएको थियो । उनी मौन थिए र म त्यहाँबाट निस्के । मेरो मन शान्त भयो । सोचे कि अब अमित मसँग जिस्कने छैन । मैले पछि सिमरिकाजीलाई छतमा भएको कुरा गरेर राम्रो गरौ भन्नुभयो ।
४
छतमा कुरा गरेपछि अमित र मेरो कुर हुन बन्द भएको थियो । अमितको अनुहार पानीबिनाको माछा भएको थियो । उनको अनुहार अँध्यारो थियो । मलाई के मतलब भन्ने सोच आयो र मैले वास्ता गर्न छोडेको थिए ।
हामी नबोलेको दुई हप्तापछिको कुरा हो । म खाना खाएर आफ्नो क्याबिनमा आए । टेबुलमा फूल, चकलेट । एउटा चिठ्ठी थियो । मेले वास्ता गरिन । मलाई थाहा थियो कि यी सब अमितले राखेका थिए भनेर । मैले सुरुमा चिठ्ठी हेर्नै कष्ट गरिन । या धेरै दिनसम्म चलिरह्यो । उनले मलाई धेरै चोटि चकलेट र फूलहरु दिन्थे । म चाँहि वास्ता नगरिकन बसे । तर एक दिन मैले उनले दिएको सुरुमा दिएको चिट्टी पढे ।
प्रिय आरती,
मलाई थाहा छ कि तिमी मसँग रिसाएकी छौ । त्यसको लागि म क्षमा माग्छु । आशा छ तिमीले मलाई माफ गर्ने छौ ।
मानिसहरुले भन्थे कि माया पहिलो नजरमै प¥यो तर म विश्वास गर्दिन थिए । सोच्थे कि पहिलो नजरमा कसरी माया बस्छ ? कसरी एक अर्काेलाई नचिनिकन माया पहिलो नजरमा हुन्छ ? यो त बकवास हो जस्तो लाग्थ्यो । तर जब मैले तिमीलाई पहिलो पटक देखे, मेरो प्रेम तिमीसँग बस्यो, त्यो पनि लभ याट फस्ट साइन्ट । मैले लभ याट फस्ट साइन्टमा विश्वास गर्न थाले ।
हर रोज तिम्रै बारेमा सोच्छु । सुरुमा सोचे कि यो आकर्षक मात्र हो तर तिमीसँग बोल्दै जाँदा प्रेम बस्यो । जति तिमी मसँग बोल्थ्यौ र मुस्कुराउथ्यौ, म तिमी प्रति आकर्षित हुन्थे । मनमा माया फलाउदै आयो । तिमीसँग बोल्न मन लाथ्ग्यो । तिम्रो नजिक आउन मन लाग्थ्यो तर अवसोजको कुरा मेरो प्रेम कहानी सुरु हुनु अगाडि नै समाप्त भयो । जब तिमीले छतमा कुरा गर्न बोलायौ, मनमा लडू फूट्यो । सोचे कि यही सही समय हो प्रेम प्रस्ताव राख्ने । म धेरे खुशी भएको थिए तर मेरो खुशी धेरै समयसम्म रहन सकेन ।
जिस्केको मन पर्दैन भ¥यौ त्यो त म बुझ्छु किनकि म तिमीसँग धेरै नै जिस्किन्थे । त्यो मैले गर्नु हुँदैन थियो तर तिमीले हामी आत्मीयता छैनौ भ¥यौ, मनमा चिसो प¥यो । सोचे केही समय दिएको भए आत्मीयता भइहाल्थ्यो नि । हतार किन ?
आरती, म तिमीलाई माया गर्छु । केही समय देऊ र तिमीले मलाई माया गर्ने छौ । मलाई मायाभन्दा पनि तिम्रो दोस्तीको जरुरत छ । आशा छ कि तिमी मसँग दोस्तीको हात थाम्ने छौ । मलाई विश्वास पनि छ कि तिमीले मलाई माफ गर्ने छौ ।
तिम्रो नयाँ साथी
अमित दाहाल
यो पत्र पढेपछि, मैले टेबुलमै राखे । जति भन्दा पनि लाग्दैन भन्ने भभये र त्यस पश्चात मैले उनलाई वास्ता गर्न छोडे । म उनलाई वास्ता गर्दिन थिए र पर भाग्थे तर अमित झन् नजिक हुन खोज्थे ।
५
एघार महिनापछिको कुरा हो । कात्तिक १९, २०७३ को दिन थियो । दशै र तिहार सकिएर अफिसको काम सुरु भइसकेको थियो । म चाँहि अफिस बजे पुगेको थिए । म खुशी थिए र लडू लिएर अफिस गएको थिए । मैले सबैलाई बाँडे र अन्तिममा अमितलाई बाँडेको थिए । म अमितको नजिक गए र भने,“अमितजी, लडू लिनुहोस् न ।”
“लिन न लिन्छु तर के को उपलक्ष्यमा हो ?”
“मेरो अमेरिकाको भिसा आयो नि ।”
“के?” अमितको भाव नै बदलियो । अमित अचम्म परेका थिए । केही भन्न सकेका थिएनन् । केही क्षणपछि, अमितले भने,“साँच्चै हो ?”
“हो । म पढ्नको लागि जाने भए ।”
“बधाई छ ।”
“स्वागतम् ।”
अमितलाई लडू दिएर म आफ्नो क्याबिनममा गए । सबै साथीहरु मेरो क्याबिनमा आए । सबै जना गफ गर्न थाल्यौ । अमित चाँहि आफ्नै क्याबिनमा थिए । थाहा थिएन कि अमितको मनमा के छ भनेर ।
६
“आरती, म तपाईसँग कुरा गर्न चाहन्छु ।” अमितले भने ।
“अमितजी, म अहिले व्यस्त छु । तपाईसँग पछि कुरा गर्छु नि ।” मैले भने ।
उनले अध्ँयारो अनुहार पार्दे हुन्छ भने र क्याबिनबाट निस्के । हुन त म त्यति व्यस्त थिइन तर मलाई अमितसँग बोल्न मन लागेन । यो क्रम धेरै दिनसम्म चल्छ र म उनलाई वास्त ागर्न मन भएन ।
हेर्दा हेर्दै म अमेरिका जाने दिन आइसकेको थियो । मैले राजीनाम दिइसकेको थिए । राजीनाम दिए पनि केही समय अफिसमै काम गर्नु पथ्यो तर पुस महिना लागेपछि म अफिस जाने क्रम पातलिदै गएको थियो । म अमेरिका जाने तयारीमा थिए ।
पुस १२, २०७३ को दिन । अफिसबाट मलाई बिदाई दिने कार्यक्रम थियो । म अफिस दिउँसो १२ः३० पुगे । सबै जना मिटिङ्ग हलमा थियौ । सरहरुले मेरो तारिफ गर्नु भयो । मेरो सुरुपाति दिनदेखि अन्तिम दिनसम्मको यात्राको बारे व्यक्त गर्न थाल्नु भयो । सरले मेरो उज्जवल भविष्यको लागि शुभ कामना व्यक्त गर्नु भयो ।
जब मेरो बोल्ने पालो आयो, म भावुक भए । सुरुमा त म बोल्न सकेको थिइन । मेरा आँखाहरु रसाएका थिए । केही क्षणपछि, मैले भने,“सबै जनालाई धन्यवाद छ । म पहिला आउँदा नै मैले सरहरुलाई भनिसकेको थिए कि म केही समयको लागि मात्र काम गर्नु किनकि मैले पहिले अमेरिका जाने प्रयास गरेको थिए तर सुरुमा प्रयास असफल भयो र म एक वर्ष गरे ।
पहिला थोरै साथीहरु थियौ र अहिले यो संस्था ठूलो भइसकेको छ । मैले सबै जनासँग सिक्ने मौका पाए र त्यसको साथ साथै सबै जनालाई चिन्ने मौका पाए । काम गर्दा गर्दै कोही साथीहरु राम्रो साथीहरु हुनु भयो । अहिले उहाँहरुलाई छोडेर जाँदा नराम्रो अनुभव भएको छ । त्यसको साथ साथै यो संस्थाबाट सिकेका कुराहरु पछिसम्म लाग्ने छ । अन्तमा सबैको साथलाई धन्यवाद दिन चाहन्छु ।”
म बोलिसकेपछि केक काटे । सबैले खायौ र मलाई सम्झनाको सोरुप एउटा कप दिएका थिए । अन्तिम क्षण आफ्ना साथीहरुसँग गफ गर्न थाले । एक घण्टा गफ गरेर म अफिसबाट निस्के । अफिसबाट निस्केपछि म चाबहिल आई पुगे । म चाबहिलमा आफ्ना नजिकका साथीहरुलाई भेट्छु । धेरै भावुक भएको थिए । हुन त भाइबर, फेसबुक छ तर यसरी भेटघाट हुँदैन । म सबै जनालाई हग गरे र रुन थाले ।
७
एक हप्तापछिको कुरा हो । बेलुकाको ८ः०० बजेको थियो । म एयरपोर्ट पुगे । मसँग मेरो परिवार आउनु भएको थियो । त्यसको साथ साथै मेरा साथीहरु पनि आएका थिए । मैले सबैलाई हग गरे र म भावुक भए ।
“राम्ररी जानु, पढ्नु र जागिर गर्नु । फोन गरिराख्नु ।” आमा भावुक हुँदै भन्नु भयो ।
“हुन्छ ।” मैले भने । म भावुक भए । सबै जनालाई हग गरे र बाई गरे । अनि म भित्र छिरे । भित्र छिरेपछि मैले पछाडि फर्केर सबै जनालाई फेरि बाई गरे । बाई गरिसकेपछि म एक छेऊमा बसे । यता र उता हेरे । धेरै मानिसहरु थिए । केही क्षणपछि मैले डायरी झोलाबाट निस्काले र लेख्न थाले । लेख्दा लेख्दै बोडिङ्को लागि बोलाइयो । अनि मैले घडी हेरे । १०ः३० बजेको रहेछ । अनि हतारिदै गए । प्लेन चढे र आफ्नो सिट पत्ता लगाएर बसे । मन एक प्रकारले दुः खी थियो र त्यसको साथ साथै खुशी पनि । दुःख यस कारण कि म आफ्नो परिवारलाई छोडेर जाँदै छु र अमेरिकामा मैले आफै काम गर्नु पर्ने छ । सुखले बसेको मान्छे, अब दुःःख गर्नु पर्ने । खुशी यस कारणले मैले भर्जेनिया ईन्टरनेशल युनिभर्सिर्टिमा छात्रवृति पाएको थिए । छात्रवृति पाएकोमा खुशी थिए । १६ घण्टापछिको म अमेरिकाको एयरपोर्ट पुगे । केही क्षणपछि ट्याक्सी आयो र युनिभर्सिर्टि पुगे । म केही समयको लागि होस्टेल बस्ने निर्णय गरेको थिए र पछि अर्पामेन्ट ।
८
एक हप्तापछिको कुरा हो । मैले अपार्टमेन्ट भेटे । युनिभसिर्टिको नजिक भेटेको थिए । त्यसको साथ साथै मैले रुम पार्टनर पनि पाए । नेपाली नै थिइन् । नाम थियो—सिमरन शाही । काठमाडौ मै जन्मेको र हुर्केकी । नेपालबाट बिबिए सकेकी थिइन् । यहाँ एमबिए गर्न आएकी थिइन् । उनी पनि म पढ्ने युनिभरसिर्टिमा आधा मात्र छात्रवृति पाए कि थिइन् । म खुशी भएको थिए । उनीको त्यति सामान थिएन । उनी हेर्दै सिम्पल देखिन्थिन् । हेर्दा हेर्दै उनी मेरो मिल्ने साथी भएकी थिइन् र सँगै युनिभरसिर्टि जान थालेका थियौ ।
हेर्दा हेर्दै एक महिना बितिसकेको थियो । म लुकेर रेष्टूरेण्डमा काम गर्थे । छात्रवृति पाएका काम गर्न पाउर्दैन थिए । तर पनि म लुकेर काम गर्दै थिए । एक महिनापछिको कुरा हो । शुक्रबारको दिन थियो । काम सक्दा बेलुकाको ८ः३० बजेको थियो । म रेष्टूरेण्डबाट निस्के । आफ्नो साथीहरुसँग थिए । गफ गर्दै बाहिर निस्कियौ । त्यही क्रममा, मेरो अगाडि अमित थिए । म छक्क परे र मौन पनि । उनले मलाई हेरिरहेका थिए । मेरा साथीहरुले मलाई बोलाइरहेका थिए र मैले जाँदै गर्नु भने ।
“तपाई यहाँ ?”मैले अचम्म तरिकाले प्रश्न गरे ।
“बसेरै कुरा गरौन ।” अनि हामी बस्यौ र हामी एक पलको लागि मौन भयौ । मैले उनलाई हेरेका थिइन र म यता उता हेर्दै थिए र मलाई बोल्न मन थिएन । अमित चाँहि मलाई हेरिरहेका थिए ।
वातावरणको शून्यता तोड्दै अमितले भने,“तिमीलाई सँच्चै छ ?”
“सँच्चै छु ।”
“अनि नेपाल कहिले फर्केने ?”
“दुई वर्षपछि । अनि तपाई अमेरिका आउने कुरा थिएन त ।”
अमित मौन थिए । त्यही क्रममा अमितले दुई कप कफी अर्डर गरे । अर्डर गरिसकेपछि अमितले भने,“खासमा, तिमीलाई भेट्न भनि अमेरिका आएको हूँ । मेरो मनमा धेरै प्रश्नहरु छन् जुन तिमीसँग सम्बन्धित छन् ।”
म अमितको कुरा सुनेर अचम्म परे र भने,“मसँग सम्बन्धित प्रश्नहरु ? तपाईको मज्जाक गर्ने बाी अहिलेसम्म हराएको छैन ? यो कस्तो मज्जाक हो ?”
अनि अमित रिसाउँदै भने,“तिमी मेरो कुरालाई मज्जाकमा लिन्छौ ? अहिले म मज्जाक गर्ने मनस्थितिमा छैन । आरती, अहिले मज्जाक गर्ने समय होइन ।”
“तपाईको हरपल मज्जाक गर्ने आदत छ, त्यसैले तपाई गम्भीर भएको विश्वास गर्न सक्दिन ।”
अमितले मलाई हेर्दै भने,“हेर आरती, मैले अघि नै भनिहाले नि म अमेरिका तिम्रो लागि आएको हो । म तिमीलाई मन पराउछु । नेपालमा हुँदै मैले तिमीलाई प्रेम प्रस्ताव राखेको थिए तर तिम्रो जवाफ आएन । मैले तिम्रो जवाफ धेरै समयसम्म कुरे । तिम्रो जवाफ नआउँदा नआउँदै तिमी अमेरिका आइपुयौ ।
अमेरिका त आइपुगे तर तिमीलाई कसरी भेट्ने भएको थियो । म तिमी पढ्ने युनिभर्सिटीमा पढ्न थाले । तिमीसँग भेट हुन्छ भन्ने पूरा आशा थियो तर तिमीसँग भेट भएन । पछि तिमी काम गर्ने रेष्टूरेण्ड पत्ता लगाए । अनि तिम्रो पिछा धेरै दिनसम्म गरे । अन्तमा तिमीलाई भेट्ने निर्णय गरे तर मेरो किस्मत खराब थियो । मैले तिमीलाई सुरुको दुई पटक भेट्ने मौका पाइन तर तेस्रो पटक तिमीसँग भेट भयो ।”
वातावरणमा शून्यता छा¥यो । हामी एक अर्कोलाई हेर्दै थियौ । म रिसाएको थिए । अनि मौनता तोड्दै अमितले भने, “मलाई थाहा छ कि मेरो केही बानी मन पर्दैन तर प्राय मानिसहरूमा केही न केही कमजोरी हुन्छ । यसलाई सुधार्न पनि सकिन्छ । जब तिमी मसँग बोल्न छोड्यौ, ममा धेरै परिवर्तन आएको छ । ममा बचपन कम भइसकेको थियो । त्यसभन्दा पनि तिमी नबोल्दाको तनाव अर्को थियो । मलाई रिस उठेको थियो । मलाई तिम्रो दोस्तीको जरुरत थियो जुन मैले गुमाई सकेको थिए । अनि मैले तिमीलाई दुई पटक पत्रहरू दिए, तिम्रो केही जवाफ नआउँदा अर्को तनाव थियो । मेरै कारणले तिमी मसँग बोलेकी थिएनौ । त्यसको लागि म आफूले अहिलेसम्म नराम्रो अनुभव गरेको छु । म त्यसको लागि माफिको लायक छैन तर पनि यो कुरा मनमा लिइ बस्न पनि सकेको छैन । त्यसैले म अमेरिका आएको हुँ ।”
“हेर्नुहोस्, सुरुमा त म तपाईसँग रिसाएको छैन तर मलाई तपाईसँग चित्त बुझेको छैन । त्यस बेला तपाईको जुन तरिकाले जिस्किनु हुन्थ्यो, त्यस बेला मलाई रिस उठेको थियो । झन् तपाईले मलाई मन पराउने कुरा व्यक्त गर्नुभयो मैले जवाफ दिन जरुरी देखिन । मैले त्यो नजरले हेरे कै थिइन । मलाई न त तपाईसँग दोस्ती नै गर्नु थियो न त दुस्मनी । माया र दोस्ती मनदेखि हुनुपर्छ । मैले तपाईलाई मनको नजरले कहिले स्वीकारेको छैन । तपाईको बारेमा सोचे भने, तपाई एक क्षण मेरो जिन्दगीमा आउनुभयो र जानुभयो । त्यसैले तपाईको बारेमा त्यस्तो केही सोच्दिन ।
म आफ्नो जिन्दगीमा खुसी छु । तपाई पनि आफ्नो जिन्दगीमा खुसी रहनुहोस् । बितेका कुराहरूलाई लिएर नबस्नुहोस् । अगाडि बढ्नुहोस् । तपाईले मभन्दा पनि राम्रो केटी पाउनु हुन्छ । आफ्नो बितेका पलहरूबाट सिकेर अगाडि बढ्नुहोस् । एउटै कुरामा अज्जि रह्यो भने जिन्दगी अगाडि बढ्दैन अमितजी । अगाडि बढ्नुहोस् । पागलपन नदेखाउनुहोस् । यदि तपाई प्रति चासो देखाउँदैनन् भने, तपाई त्यसको पछि नलाग्नुहोस् ।”
हामी दुवै जना मौन भयौ र एक अर्कोलाई हेरौ । अमितलाई के भन्नूभयो । थाहा छैन उनको मनमा के चलिरहेको छ भनेर र मलाई जान्नु पनि थिएन । अनि म केही नभनिकन त्यहाँबाट निस्किए । मलाई केही भन्नु नै थिएन । जे भन्नु थियो मैले भनिसकेको थिए । अमित म गएको हेरिरहेको थिए ।
अमित रेष्टूरेण्डमा आइरहन्थे तर म उनलाई बेवास्ता गर्थे । बेवास्ता गरे तापनि अमित रेष्टूरेण्ड आउन छाडेका थिएनन् तर एक हप्तापछि अमित आउन छोडे ।
९
शनिबारको दिन थियो । म रेष्टूरेण्डमा गर्दे थिए । एक व्यक्ति रेष्टूरेण्डमा आएका थिए । उनी एक कुनामा किताब पढे जसो गर्दै थिए र मलाई हेर्दै थिए । उनलाई मैले कहाँ देखे जस्तो लाग्छ तर कहाँ मलाई नै थाहा भएन । उनलाई हेर्दा लाग्थ्यो कि उनले मलाई केही भन्न खोज्दै थिए ।
केही दिनपछिको कुरा हो । म उनको नजिक गए । शारदा शर्माको ‘कम्प’ भन्ने उपन्यास पढ्दै थिए । उनलाई मैले हाई भने ।
“हाई ।”
“तपाई के लिनु हुन्छ ?”
“कफी ”
“हुन्छ ।”
उनले अर्डर गरेपछि म भित्र छिरे । दस मिनेटपछि म उनको टेबुलमा गए र कफी टेबुल राखे । उनले मलाई हेरिरहेका थिए र मैले भने,“तपाई नेपालबाट हो ?”
“हो । तपाई पनि ?”
“हो ।”
“तपाईको शुभ नाम ?” उनले भने ।
“आरती शाक्य । अनि तपाईको ?”
“पुजन नेपाल ।”
पुजन मलाई हेरेर अचम्म परेका थिए । अनि मैले भने,“तपाईले मलाई किन अचम्म तरिकाले हेर्नु भएको हो ?”
“त्यस्तो केही होइन ।”
“अब म जान्छु ल । धेरै काम छ ।”
उनले बाई भने र मलाई नै हेरिरहेका थिए ।
१०
पुजन हर हररोज रेष्टूरेण्डमा आउन्थे । मलाई देखेर उनी मुस्कुराए र म पनि मुस्कुराए । सधैझै कफी अर्डर गरे । अनि मैले टेबुलमा ल्याए र उनले भने,“अनि तपाई अमेरिका आएको कति वर्ष भयो ?”
“६÷सात महिना भइसक्यो । तपाईले मलाई किन सोध्नुभएको हो ?”
“म अमेरिका आएको केही महिना मात्र भएको छ । त्यसैले तपाईले मलाई अमेरिकाको केही ठाउँहरु घुमाइदिऊ हुन्छ कि भनेर ।”
म मुस्कुराए । मुस्कुराएपछि मैले भने,“तपाईलाई कहाँ देखे जस्तो लाग्छ तर कता देखे मलाई नै थाहा छैन ।”
पुजनले भने,“हुन सक्छ । अहिले फेसबुक वा कमन साथीबाट देखेको हुन सक्छ ।”
“होला ।” अनि म त्यहाँबाट निस्के ।
पुजनले आफ्नो पूरा परिचय दिएका थिएनन् । उनले आफू लेखक हूँ भन्न जरुरी सोचेनन् । आफू सामान्य भएर उनको साथी हुने प्रयास गरेका छन् । त्यसको साथ साथै उनलाई म मन पर्न थालेको थियो तर उनलाई अमितको पिर थियो । पुजनलाई जान्नु थियो कि म त्यही आरती त होइन जुन अमितको व्यक्त गरेका थिए ।
११
दुई हप्तापछिको कुरा हो । शनिबारको दिन थियो । म पुजनलाई धुमाउन भनि वांगिशटन डिसी लगे । पुजन धेरै खु्शी देखिएका थिए । पुजन खुशी भएको देख्था लाग्थ्यो कि उनी धेरै दिनपछि त्यसरी मनदेखि खुशी भएका हुन् । वांशिगटन डिसी धुमिसकेपछि हामी एक ठाउँमा बस्यौ र पुजनले भने,“भोक लाग्यो । यहाँ नजिकै खाने ठाउँ छैन ।”
म मुस्कुराए र भने, “तपाईलाई आज धुम्न पुग्यो ?”
“छैन । खाइसकेपछि यही नजिकै धुम्न जाँदा हुँदैन ?”
मैले मुस्कुराउदै हुन्छ भने । अनि हामी नजिकैको रेष्टूरेण्डमा गयौ । नेपाली रेष्टूरेण्ड थियो । त्यसको साथ साथै यो रेष्टूरेण्ड भीड थियो । हामीले आफ्नो लागि भनि ठाउँ हेरौ र कुनामा दुई सिट देख्यो र त्यहााँ गएर बस्यौ । टेबुलमा भएको एक गिलास पानी पुजनले पिउँछन् । अनि खाने कुराहरु अर्डर गरौ ।
अर्डर गरेपछि मैले भने, “अमेरिका कस्तो लागिरहेको छ ?”
“राम्रो लागिरहेको छ । अनि तपाईलाई कस्तो लागिरहेको छ त ?”
“सुरुमा त कहाँ आए छु जस्तो लागेको थियो । घर धेरै मिस गरे र अहिले पनि गर्छु तर सुरुका दिनमा त गाह्रो नै भएको थियो । कहाँ बस्ने र के गर्ने भन्ने भएको थियो । अहिले त बानी परिसकेको छ । नेपाल र अमेरिका धेरै फरक लाग्यो । काम गर्ने तरिका नै फरक छ । सुरुमा त सबै मानिसहरु रोबट जस्तो लाग्ने तर अहिले त्यसको बानी परेको छ ।”
“अनि नेपाल फर्केने कि नफर्केने ?”
एक पलको लागि म मौन रहे । पुजनले मलाई हेर्दै थिए । अनि मौनता तोड्दै उनले भने,“तपाई किन मौन हुनु भएको ? मैले केही नराम्रो प्रश्न गरे र ?”
“फर्केन मन छ तर गएर के गर्ने जस्तो लाग्छ । यहाँ अमेरिकामा कामको सम्मान हुन्छ तर नेपालमा कामको सम्मान त्यति हुँदैन । त्यसको साथ साथै काम पाउन धेरै गाह«ो छ । सजिलै पाइदैन ।”
त्यही क्रममा, हामीले अर्डर गरेको मःम आयो र अरु खाने कुराहरु अर्डर गरेका थियौ जुन आउन बाँकी थियो । मःम नेपालीहरुलाई मन पर्ने । मःम खाने क्रममा पुजनले भने, “तपाईलाइृ केही सोध्नु सक्छु ?”
“सोध्नुहोस् ।” मेरो ध्यान मःमतिर थियो ।
“तपाई हेर्दै राम्ररी हुनु हुन्छ । फिल्मकी हिरोइन जस्ती हुनु हुन्छ । तपाईलाई कसैले प्रेम प्रस्ताव राखेनन् ?”
यो प्रश्न सुने पछि मलाई अमितको पागल पनको याद आयो । उनको पागल पनको कारण आज म अमेरिकासम्म आइपुगे । धेरै प्रस्ताव राखेका थिए र धेरैलाई अस्वीकारेको थिए त दुई जनासँग मेरो प्रेम सम्बन्ध राम्रो भएको थिए ।
“होइन, तपाई त हराउनु भयो त । कि आफ्नो प्रेमीलाई सम्झिनु भयो ?” पुजन मुस्कुराए ।
“तपाईलाई के लाग्छ ?” अनि म फेरि मःम खान्छु ।
“मलाई लाग्छ कि तपाईको प्रेमी छ जो तपाईलाई धेरै माया गर्छन् ।”
म मुस्कुराए र त्यही क्रममा हामीले अर्डर गरेको चिकेन चिल्ली आयो । चिकेन चिल्ली आएपछि पुजनले भने, “तपाई त केही बोल्नु भएन त ?”
“खासमा मेरो प्रेमी थियो तर केही समयमै हाम्रो सम्बन्ध तु¥यो ।”
पुजन अचम्मित भएका थिए । उनले के सोचि रहेका थिए मलाई नै थाहा छैन । त्यही क्रममा, मैल फेरि भने, “उसलाई म मन पर्न छोडेको थियो र म वोरिङ्ग लाग्न थालेको थियो । न त हाम्रो कुररा मिल्थ्यो न त विचार नै । उनलाई रोमान्टिक र स्मार्ट केटी चाहिएको थियो । अनि मलाई छोडिदियो र अहिले म सिङ्गल छु तर ऊ छैन । मभन्दा पनि राम्री केटी पा¥यो भनेर मलाई म्यासेज पठाएको थियो तर मैले वास्ता गरिन ।”
“तपाईलाई छोड्नु जस्तो मूर्ख केही होइन जस्तो लाग्छ । तपाई सिम्पल हुनु हुन्छ ।”
म मज्जाले हाँसे र भने, “भेटेको केही हप्तामा तपाईले कसरी थाहा पाउनुभयो ? यहाँ त मान्छे चिन्न धेरै गाह्रो हुन्छ । धेरै वर्षसम्म मान्छेका नियक्त थाहा हुँदैन ।”
“म धेरै मानिसहरुसँग भेटिरहेको हुन्छु नि त । अनि थाहा हुन्छ नि को कस्तो छ भनेर ।”
“तपाई के मनोवैज्ञानिक हो ?”
“होइन । ”
“अनि ?”
“म लेखक हूँ ।”
म छक्क परे । त्यसैले मैले उनलाई कहाँ देखे जस्तो लागेको रहेछ । अनि मैले भने,“त्यसैले मैले तपाईलाई कहाँ देखे जस्तो लागेको थियो । तपाईले मलाई किन सुरुमै किन नभन्नू भएको ?”
“त्यसै । मलाई भन्न मन भएन । म खासमा अमेरिका कहानीको साथ साथै धुम्न पनि आएको हूँ । यसको मतलब यो होइन कि म तपाईको कहानी लेख्न खोजेका होइन ।”
हामीले एक अर्कोलाई हेरौ र मैले भने,“थाहा छैन कि तपाईले मेरो बारेमा लेख्नु हुन्छ कि हुँदैन तर मेरो कहानी लेख्न जरुरी देख्दिन । मेरो लाइफ वोङ्गि लाग्छ । तपाईले चाँहि आजसम्म कति जनाको कथा लेखिसक्नु भयो ?”
“मैले आजसम्म दुई वटा उपन्यास लेखिसकेको छु । पहिलो उपन्यास ‘मेरो एउटा साथी छ’ मेरो आफ्नै कथा थियो । मैले आफ्नो मिल्ने साथी गुमाएको थिए । उनको निधन भएपछि म एक्लो अनुभव गरे । उनकै सम्झनामा मैले यो उपन्यास लेखे । उनकै प्रेरणाको फल हो जसको कारण मेरो उपन्यास सफल भयो । हुन त म पहिले देखि लेख्थे तर लेखक हुने रहर थिएन । म हिला राम्रो बैकमा काम गर्थे र राम्रो तलब थियो तर भाग्यले मलाई लेखक बनायो र मैले बैकको काम पछि छोडे ।
‘मेरो एउटा साथी छ’ सफल भएपछि मलाई धेरै ईमेलहरु आउन थाल्यो । धेरै व्यक्तिहरुले आफ्नो कथाहरु लेख्न आग्रह गरे । पत्रिकाहरुमा छापिने कथाहरु प्रायः अरु व्यक्तिहरुको हुन्थ्यो । उपन्यास चाँहि आफ्नै अनुभवबाट लेख्ने सोचमा हो । दोस्रो उपन्यास पनि आफ्नै अनुभवबाट लेखे । केही कथाहरुले मन छोएका थिए तर उपन्यासको लासग उचित सोचिन ।”
पुजनको कुरा सुनेपछि मैले भने, “तेस्रो उपन्यास केको बारेमा लेख्ने सोच्दै छु । सुरुमा सोचे कि प्रेम बारे लेखू तर पछि सोचे कि प्रेम बारे प्रायले लेख्छन् । भिन्न सोच्दै छु ।”
“हो । तपाईले भनेको कुरा सही हो ।”
हामी दुवै जना मुस्कुराए र खाइसकेपछि फेरि घुम्न गए । यो भेटपछि पुजनलाई भिन्न अनुभव भएको थियो । त्यसको साथ साथै मलाई भिन्न अनुभज भइरहेको थियो । म मनदेखि खुशी भएको थिए । पुजनसँग कुरा गर्दा, भेट्दा अर्को आभास आउथ्यो । उनीसँगै कुरा पाए हुन्थ्यो जस्तो लाग्ने । मैले उनको फेसबुक हेरे । राम्रो लाग्दै गएका थिए उनको तस्बिर हेर्दा । सुमा फेसबुकमा फेन रिक्वेस्ट पठाउन मन थियो तर पठाउ कि नपठाऊ भयो । म चाहन्थे कि उनले मलाई फेन रिक्वेस्ट पठाओस् ।
पुजनसँग भेट हुन थालेपछि अमित म काम गर्ने ठाउँमा आउन छोडेका थिए । आउन छोडे तापनि म्यासेज पठाउन छाडेका थिएनन् तर म चाँहि म्यासेजहरुको बेवास्ता गर्थे । राम्ररी कुरा बुझाएपछि त कुरा बुझ्नु नि । वाक्क दिक्क लाग्थ्यो ।
१२
साँझको बेला थियो । म आफ्नो काम सकाउने हतारमा थिए । आज मेरो मिल्ने साथीलाई बोलाएको छु । उनीसँग मेरो धेरै महिनापछि भेट हुँदै छ । उनीको नाम सुरक्षा ढकाल हो । हामी एउटै अफिसमा काम गथ्यौ । हामी एक अर्कोलाई सबै कुरा सेयर गथ्यौ । पछि म अमेरिका आए । अमेरिका आएपछि फेसबुकबाट कुरा हुन्थ्यो । म अमेरिका आएको केही महिनापछि सुरक्षा पनि आइन् र यही बिहे गरिन् । सुरक्षा अमेरिका आएपछि एक वा दुई चोटि मात्र भेट भएको थियो । आज धेरै अन्तराल पछि भेट्दै थियौ ।
खासमा उनीलाई अमित र पुजनको बारेमा भन्नु थियो । सबै कुराहरु सेयर गरे तापनि अमितको बारेमा मैले त्यति भन्न उपयुक्त सोचेको थिइन तर अमेरिका आएपछि झन् अमितको बानी व्यवहारले मलाई वाक्क दिक्क लागिसकेको थियो नाइभन्दा भन्दै पनि किन मेरै पछि लागेको होला ? सम्झेर पनि दिक्क लाग्छ ।
काम गर्दा गर्दै ६ बजिसके छ । यही क्रममा, मेरो फोनको घण्टी बज्छ । सुरक्षाको फोन रहेछ र मैले फोन उठाए ।
“हेलो ।” मेले भने ।
“हाई । म भर्खेर कामबाट निस्के । अब २० मिनेटमा आइपुग्छु ।”
“ओके ।”
अनि फोन राखे । मेरो काम सकाए । मैले आफ्नो लुगाहरु फेरेर बाहिर निस्के र सुरक्षलाई कुर्ने थाले । त्यतिजेल मेरो हातमा एउटा किताब थियो । ‘मेरो एउटा साथइ छ ’ उपन्यास मलाई पुजनले दिएका थिए र मैले सुरु मात्र गरेको थिए । ४० मिनेटपछि मेरो हातमा भएको किताब कसैले झिको । म झसङ्ग भए । अनि हेरेको त सुरक्षा मेरो अगाडि उपेकी रहेछिन् । मैले आफ्नो घडी हेरे । समय भएको रहेछ ६ः४० ।
“आई एम सरी, सुरक्षा ।”
किताब टेबुलमा राखेर सुरक्षा कुर्सीमा बस्छिन् । बसिसकेपछि सुरक्षाले भनिन्,“मलाई आफू चाँहि किताबमा हराएको हँ ? म आएको पनि थाहा नपाएको । म आएको २० मिनेट भएको छ ।”
“आई एम सो सरी । म त बुकमै हराए छु । रिसाएकी छट छैनौ ।”
सुरक्षा मुस्कुराइन् र छैन भनिन् । उनले भनिन्,“अनि आज फोन गरेर किन बोलाएकी ?”
”हाम्रो भेट नभएको धेरै भएको थियो । त्यसैले फोन गरेर बोलाएको ।”
“भोक लागेको छ । केही अर्डर गरौन ।”
मैले वेटरलाई बोलाए र खानाको लागि अर्डर गरौ । अर्डर गरेपछि, मैले सुरक्षालाई हेरेर भने,“मलाई खासमा केही भन्नु छ ।”
“भन न ।”
“तिम्रो अगाडि भएको किताबको लेखकसँग मेरो भेट भएको छ ।”
सुरक्षा किताबको लेखकको नाम हेर्छिन् र हेरिसकेपछि भनिन्,“पुजन नेपाली ।” अचम्मित हँुदै भनिन् ।
“हाम्रो भेट भएको केही हप्ता भएको छ तर पनि धेरै वर्ष जस्तो लाग्छ । उनीसँग बोल्दा रमाइलो लाग्छ । उसको साथ नै रमाइलो लाग्छ ।”
“मेरो साथीलाई लभले पछाए छ ।” सुरक्षाले मलाई जिस्काइन् ।
“खासमा अर्को कुरा पनि छ ।” म गम्भीर भए ।
“के कुरा ? तिमी गम्भीर भयौ त ?”
“तिमीलाई याद छ अमित दाहाल ।”
“हामी काम गरेको अफिसको दाइ होइन ? के भयो र त्यो दाईलाई ?”
“उहाँ मेरो पछि लाग्नु भएको छ ।”
“वाह्ट ?” उनी अचम्मित भइन् ।
वातावरणमा मौनता छाएको थियो । हामी दुई जनाले एक अर्कोलाई हेर्दै थियौ । केही क्षणपछि मौनता तोड्दै सुरक्षाले भनिन्,“कहिलेदेखि ?”
“अफिसमै हुँदै अमितले मलाइ जिस्काइरहन्थे । मलाई अमित जिस्केको मन पदैन्थ्यो । अमित जिस्काउने पारा नै बेग्लै थियो । मैले अमितलाई धेरै चोटि नजिस्काउन आग्रह गरेको थिए तर मेरो पछि नै लाग्नुभयो । मलाई प्रेम प्रस्ताव पनि राखे तर मैले वास्ता गरेको थिइन । मैले वास्ता नगरे पछि मलाई दोस्तीको लागि अनुरोध गरे तर पनि मैले वास्त गरेकी थिइन । म अमेरिका आएपछि अमित पनि आएका छन् र मसँग भभेट भएको थियो । यहाँ पनि उहाँलाई मेरो जवाफ चाहेको थियो । मैले पहिलै अस्वीकार गरेको थिए जुन अमितले बुझ्न सक्नु भएन । अस्वीकार गरे तापनि उहाँ मलाई भेट्न बार बार आउनुभयो । म वाक्क दिक्क भएको छु । मैले आफ्नो समस्या कसलाई भन्नु भएको थिए । अनि मैले तिमीलाई सम्झे र बोलाएको ।”
सुरक्षा मेरो कुरा ध्यान दिएर सुन्दै थिइन् । मेरो कुरा सुिनसकेपछि सुरक्षाले भनिन्,“तिमीले पुजनलाई भ¥यौ त ?”
“छैन । यही शनिबार भेट हुँदै छ र भन्ने छु ।”
“यदी तिमीलाई केही त्यस्तो भयो भने मलाई सम्झन । कानुनी हिसाबले केही गर्ने छु ।” सुरक्षाले भनिन् । उनीको आफ्नै कानुन अफिस छ ।
“हुन्छ ।” मन हलुका भयो । आफ्नो मनको दुःख पोख्दा मन हल्का हुन्छ भन्ने हो रहेछ । आज अनुभव । आशा छ पुजनले मेरो कुरा बुझ्ने छन् । अनि हामी अरु कुराहरु गर्न थाल्यौ ।
१३
हेर्दा हेर्दै शनिबार पनि आयो । कति छिटो समय बितेको जस्तो लाग्ने । काम गर्दा समयको याद नहुने रहेछ । सधैझै म र पुजन म धुम्न गयौ । मलाई उसको साथ रमाइलो लाग्न थालेको थियो । उसको साथ कहिले नछुट्योस् जस्तो लाग्थ्यो । म पुजनसँग दिन खुलेर रमाउथे ।
भर्जिनिया धुमेर म र पुजन एक रेष्टूरेण्ड गयौ । साँझ भइसकेको थियो । खाना अर्डर गरेर मैले पुजनलाई भने,“पुजन, तिमीलाई मैले केही भन्नु छ ।”
“भन न ।”
म एक पलको लागि मौन जस्तै भएको थिए । के भनौ भनौ भभयो तर पनि भन्न जरुरी थियो । म मौन भएकोले पुजनले भने,“तिमीले केही भन्छौ भन्दै थियौ । किन तिमी मौन भएकी ?”
“खासमा मलाई आफ्नो अतितको बारेमा भन्नु छ ।”
उनले मलाई हेरिरहेका थिए । पुजन ममौन नै थिए । अतितको बारो भन्ने बित्तिकै उनीको भाव गम्भीर देखिन्थ्यो । गम्भीर हुँदै उनले भने,“अतितको कुरा ?”
“हो । अतितको कुरा । म अमितको बारेमा भन्न चाहन्छु । ”
“भन न ।” पुजन गम्भीर हुँदै भने ।
“ म काम गर्ने संस्थामा अमित पनि काम गर्थे । उनले मलाई जिस्काइरहन्थे तर मलाई उनले जिस्काएको मन पर्दैन थियो । मलाई नेगेटिभ भाईभस् आउथ्यो । जिस्काउने पनि एउटा हद हुन्छ नि । धेरै चोटि आग्रह गर्दा पनि उहाँले मलाई जिस्काउन छोड्नु भएन । मलाई उहाँले प्रेम प्रस्ताव गरे । मैले मतलब गरिन । धेरै चोटि माफी माग्नुभयो तर पनि मलाई वास्ता गरेको थिइन । मलाई उहाँ पागल प्रेमी जस्तै लाग्छ र जिद्दी पनि । मेरो निम्ति अमेरिकामा आए र अमितसँग मेरो भेट भयो । मलाई म्यासेज धेरै चोटि पठाउनु भयो र भेट्नु पनि भयो । अमितको यस व्यवहारले म वाक्क दिक्क भएको छु । माया र दोस्तीको भनेको दुई व्यक्ति बिचको सम्मदारिमा हुन्छ । जर्बरजस्ती हुँदैन ।”
वातावरणमा शून्यता छाएको थियो । हामीले अर्डर गरेको कफी आयो । त्यसको साथ साथै हामीले अर्डर गरेको मःम, चिकेन चिल्ली र चाउ चाउ आयो । वेटरलाई धन्यवाद दि¥यौ । हामीले एक अर्काेलाई हेरौ । गम्भीर थियौ । पुजनको आँखाले केही भन्न खोजिरहेका थिए । त्यही क्रममा, वातावरणको मौनता तोड्दै पुजनले भने,“तिमीलाई मैले पनि केही भन्नु छ ।”
“भन न ।” मलाई उनको मनको कुरा सुन्नु थियो ।
“मेरो कुरा ध्यान दिएर सुन । मलाई थाहा छैन कि तिम्रो प्रतित्रिलयम आउँछ तर आज तिमीले कुर निकालि हाल्यौ, भन्न जरुरी सोचे । अमित र तिम्रो बारेमा हो ।”
म अचम्मित भए र भने,“अमित र मेरो बारेमा ?”
“हो, मलाई तिम्रो र अमितको बारेमा थाहा थियो ।”
“कसरी ?”
“मैले तिमीलाई भेट्नु अगाडि नै अमितलाई भेटिसकेको थिए ।”
“कहाँ भेटेका थियौ ?”
“बारमा भेटेको थिए । उनले नै कहानी सुनाएका थिए । मलाइ अमित पागल प्रेमी लाग्योे । फिल्मको जस्तो । जब मैले तिमीलाई भेटे र तिम्रो नाम थाहा पाए, सुरुमा सोचे कि तिमी अमितले भनेको आरती त होइन तर पछि सोचे कि एउटै नाम गरेको धेरै मानिसहरु हुन्छन् र तिमी अमितले भनेको आरती होइन भन्ने भयो तर आज तिमीले अमितको बारे भ¥यौ त, तिमी नै रहेछौ भन्ने भ¥यो ।
जब अमितले आफ्नो प्रेम कहानी सुनाउदै थिए, उनको आँखामा प्रेम होइन, पागलपन देखे । पागलपन यस्तो कि तिमीलाई पाउन जे पनि गर्न सक्ने । यहाँ तिम्रो माया पाउन होइन, आफ्नो जिद्दीपन र पागलपन देखाउन आएका हुन् । तिम्रो नाइ स्वीकार छैन । उनको ईगोलाई चोट परेको छ ।”
उनले मलाई हेरिरहेका थिए र म उनको कुरा ध्यान दिएर सुन्दै थिए । म छक्क र अच्म्मित भएको थिए । मसँग शब्द नै थिएन । पुजन मेरो प्रतिक्रिया कुरेर बसेका थिए र मलाई निहालेर हेरिरहेका थिए ।
मौनता तोड्दै मैले भने,“अनि अमितलाई हामी एक अर्कोसँग चेट भएको थाहा छ ?”
“अहँ, थाहा छैन थाहा भयो भने नराम्रो सोच्छन् भनेर मैले भन्न उपयुक्त सोचिन । त्यसको साथ साथै म नेपाल फर्केने वाला थिए तर मैले आफ्नो माइट चेक्न् गरे । म अझै केही महिना बस्छु होला ।”
वातावरणमा शून्यता छाएको थियो । म के गँरु र कसो गँरु भयो । म मौन भए । मसँग शब्द नै थिएन । म कम्युज भएको थिए । म केही नभनिकन रेष्टूरेण्डबाट निस्के । पुजन म गएको हेरिरहेका थिए ।
म अपार्टमेन्ट पुगे । घण्टी बजाए र सिमरनले ढोका खोलिन् र मुस्कुराइन् । म केही प्रतिक्रिया नदेखाइनकन भित्र छिरे । उनी छक्क परिन् । म सोफामा बसे । उनी पनि सोफामा बसिन् । मलाई निहालेर हेर्दै थिइन् र भनिन्,“तिमीलाई के भएको छ, आरती ? मुड पनि बिग्रिरहन्छ ?”
मैले उनलाई सबै कुराहरु व्यक्त गरे । सिमरन मेरो मिल्ने साथी भएकी थिइन् । मेरो कुरा सुनिसकेपछि सिमरनले भनिन्,“तिमी नआत्तियौ । सबै ठीक हुन्छ । यो सब समयलाई छोडिदियौ ।”
मैले टाउको हल्लाए । नआत्तियौ भन्न सजिलो छ तर पर्नेलाई गाह्रो छ । आफ्ना जिन्दगी देखेर अचम्म पर्छु । आफ्नो जिन्दगीमा के भइरहेको छ, आफूलाई नै थाहा छैन ।
त्यसको साथ साथै मेरो र सुरक्षको भेट भयो । मलाई निहालेर हेर्दै भनिन्,“के भयो तिमीलाई ?” सुरक्षाले भनिन् ।
“मेरो जिन्दगीमा के भइरहेको छ, मलाई नै थाहा छैन, के भन्नू जस्तो भएको छ ?” मैले भने ।
“के भयो भन न ।”
मैले सुरक्षालाई सबै कुराहरु व्यक्त गरे । मेरो कुरा सुनेर सुरक्षा मुस्कुराइन् र भनिन्,“तिमीले अमितको कुरा गरौ । पुजनले पनि सबै कुरा व्यक्त गरे । अमितको बारे पुजनले लुकाउन सक्थे वा तिमीलाई ब्याकमेल गर्न पनि सक्थे । सायद पुजनले तिमीलाई माया गर्छन् त्यसैले तिमीलाई सबै कुरा खुलेर भने । तिमीले धेरै सोचिराखेकी छौ । तिमीलाई अहिलेको समयमा के गरौ भएको छ । तिमी अहिले संवेदनशील भएकी छौ । तिमी आफ्नो मन र दिमागले सोच । तिमीले जवाफ पाउने छौ ।”
मलाई सुरक्षाको कुरा ठीक लाग्यो र आफ्नो अपार्टमेन्ट गएपछि यस विषयमा सोचे र पुजन ठीक लाग्यो । उनको नियक्त खराब थिएन । खराब भएको भए अमितको बारेमा भन्ने थिएनन् । यो घटनापछि पुजन प्रति झन् माया बढेर आयो ।
१४
दिन बित्दै गयो । मेरो र पुजनको कुरा नभएको धेरै समय भएको थियो । त्यसको साथ साथै भेट पनि भएको थिएन ।
दुई हप्तापछिको कुरा हो । मेरो फोनको घण्टी बज्यो । म काममा व्यस्त भए तापनि फोन आफ्नो पकेटबाट निकाले र हेरे । सुरक्षाको रहेछ र उठाएर भने,“हेलो ।”
“आरती । भोलि तिम्रो फुर्सद छ ?” सुरक्षाले भनिन् ।
“छु तर किन ?”
“एउटा काम छ । भोलि तिमी म काम रेष्टूरेण्डमा आउन त ।”
“हुन्छ ।” मैले भने र फोन राखे । मनमा छटपट हुन थाल्यो । के त्यस्तो काम प¥यो ?
अर्को दिन शनिबारको दिन थियो । अनि बिहानको नास्ता गरेर म निस्के । म सुरक्षाले काम गर्ने रेष्टूरेण्डमा पुगे तर सुरक्षालाई देखिन । नआउजेल कुर्ने निर्णय गरे र एक कप अर्डर गरे । केही समयपछि कफी मेरो टेबुलमा आइपुग्यो । कफी पिउँदै थिए र त्यही क्रममा मैले पुजन र सुरक्षा मेरो नजिक आउँदै गरेको देखे । म अचम्म परेको थिए कि दुई जनाको भेट कसरी भयो ?
दुवै जना म बसेको ठाउँमा बसे । वातावरण मौनता छाएको थियो । हामी तीनै जना एक अर्कोलाई हेर्दै थियौ । म र पुजनलाई के भन्नू भयो । हामीले एक अर्कोलाई हेर्दै थियौ र सुरक्षाले हामी दुवै जनालाई हेर्दै थिइन् ।
“दुवै जना एक अर्कोलाई मात्र हेछौ कि केही बोल्छौ पनि ?” हामी दुवै जनालाई हेर्दै भन्छिन् ।
हामी दुवै जनाको आँखा जुध्द । हामी दुवै जनालाई बोल्न मन थियो तर कहाँबाट सुरु गर्ने भएको थियो । त्यही क्रममा, सुरक्षाले भनिन्,“मलाई थाहा छ कि तिमीहरुलाई कहाँबाट सुरु गरौ भनेको होला । तिमीहरु दुवै जनाले एक अर्कोलाई ममाया गछौ तर अमितको कारण मौन छौ । अमितलाई बिर्सिदेऊ र आफ्नो मनले के भन्छ त्यही गर्नु उपयुक्त हुन्छ । अब म यहाँबाट निस्कि छु । आफ्नो मनमा केही नराख्नु ।” सुरक्षा त्यहाँबाट निस्कि छिन् ।
हामी दुवै जना मौन थियौ र एक अर्कोलाई हेर्दै थियौ । त्यही क्रममा, मौनता तोड्दै पुजनले भने,“आई यम सरी । मैले अमितको कुरा भन्न जरुरी सोचेर तिमम्ीलाई भने । यदी तिमीलाई पछि भनेको भए, तिमीलाई नराम्रो अनुभव गथ्यौ । पछि भनेको भए वा तिमीले पछि थाहा पाएको भने, तिमीले किन पहिले नै किन भनेनौ भन्ने प्रश्न आउथ्यो । मलाई थाहा छ कि तिमीले अमितलाई मन पराउदैनौ । यो सिर्फ पागलपन हो । अरु केही होइन । माया भनेको मनदेखि हुनु पर्छ । जर्बरजस्ती होइन । अमितले तिमीलाई जर्बरजस्ती पाउन खोज्दै छन् ।
आरती, जबदेखि मैले तिमीलाई देखे, मैले तिमीलाई मन पराउन थाले । मलाई तिम्रो अतितको बारेमा के भयो, त्यो जरुरी छैन तर मलाई तिम्रो जरुरत छ । मलाई तिमीसँग आज र भविष्य राम्रो बनाउनु छ । मलाई तिम्रो साथ चाहिएको छ ।”
“एक पलको लागि नराम्रो लागेको थियो तर पछि सोचे कि तिमीले अगाडि भनेर राम्रो गरौ । म पनि तिमीलाई मन पराउछु । त्यसको साथ साथै म अमितलाई बिर्सेन चाहन्छु । म अमितदेखि वाक्क दिक्क लागेको छ । म चाहन्छु कि तिमी अबदेखि अमितसँग नभेट र फोन पनि नगर ।”
“हुन्छ । आरती, आई लभ यू ।”
“आई लभ यू टू ।”
हामी दुवै जना मुस्कुरायौ र हग गरौ । यस पश्चात हामी दुवै जना दैनिक जस्तो भेट्न थाल्यौ र हामी दुवै जना खुशी थियौ । पुजनको साथ हुँदा म धेरै खुशी हुन्थे र दूनिया नै बिर्सेन्थे ।
१५
भर्सेनिया बार
शुक्रबार
बेलुकाको ७ः३० बजे
म, पुजन र सुरक्षा भर्सेनिया बारमा थियौ । धेरै दिनपछि म आफ्नो साथीहरुसँग रमाइलो गर्दै थिए । सिमरनलाई बोलाएको थिए तर उनी आउन मानिन् । पुजन र मेरो प्रेम सम्बन्धपछिको पहिलो पटक बारमा आएका थियौ । हामी तीनै जना वाइन पिउँदै गफ गर्दै थियौ । त्यही क्रमममा, हाम्रो अगाडि अमित आए । हाम्रो अगाडि आएर ‘हाई’ भने । हामी उनलाई देखेर छक्क परेका थियौ ।
“तिमी यहाँ ?” म अचमम हुँदै भन्छु ।
“खासमा मैले तिमीहरु तीनै जनालाई सोध्ने प्रश्न हो यो ।” अमितले भने र सोफामा बसे । बसिसकेपछि अमितले भने,“पुजन, तिमी त नेपाल जाने कुरा थियोे त । अहिलेसम्म त अमेरिकामा छौ त ?”
अमित पुजनलाई अमेरिकामा देखेर अचम्म परेका थिए । उनको अनुहार हेर्दा उनलाई रिस उठेको थियो । अमित मलाई र पुजनलाई देखेर छक्क पर्नुको साथ साथै रिसाएका थिए ।
“तिमी र आरती सँगै कसरी ? कतै मेरो म्यासेजको रिप्लाई नदिनुको कारण आरती त होइन ?” अमितको नजर म र पुजनमा अडिएको थियो ।
म र पुजनले एक अर्कोलाई हेरौ र लामो सास फेर्दै पुजनले अमितलाई हेर्दै भन्छन्,“म नेपाल फर्केने एक अगाडिको कुरा हो । म आरती काम गर्ने रेष्टूरेण्डमा थिए । म कथा लेख्न भनि गएको थिए । ल्यापटपमा कथा लेख्दै थिए र त्यही क्रममा, आरी अर्डर लिनको लािग म बसेको टेबुलमा आइन् । पहिलो नजरमै माया बसेको थियो । सुरुमा मलाई थाहा थिएन कि तिमीले भनेको आरती उही हो भनेर । एक महिनासम्म हामी बोलेका थिएनौ । मैले बोल्न आँट गरेको थिइन । पछि आरतीले म नेपाली भन्ने थाहा पाएपछि बोल्न आइन् यसपछि हामी भेट्न थाल्यौ र हामी दुवै जनाले एक अर्कोलाई मन पराउन थाल्यौ । हो, तिमीले भनेको कुरा ठीक हो । म आरतीकै कारणले अमेरिकामै बसेको हूँ ।”
अमितले उनको हातमा भएको ब्हिस्कीको ग्लास भुँइमा झार छन् र उभिन्छन्। पुजनलाई हेर्दै भन्छन्,“आफ्नै साथीले मन पराएको केटीसँग लभ गर्न तँलाई लाज लागेन । तैले कसरी आँटेको ? तेरो कत्रो हिम्मत ? आरतीलाई खुशी पार्न मैले धेरै प्रयास गरे । आफूलाई परिवर्तन गरे । आरतीलाई पाउन म जे पनि गर्न तयार छु । तैले आफूलाई हिरो सोचेको ? आरती सिर्फ मेरी हुन् ।”
पुजन यता उता हेर्दै थिए । बारमा भएका मानिसहरुले हामीलाई नै हेर्दै थिए । पुजन अमितको नजिक गए र उनलाई सम्झाउन खोज्दै थिए तर अमित पुजनको कुरा सुन्ने पक्षममा थिएनन् । त्यही क्रममा, म उठे र अमितलाई एक झापड हिर्काए । हामीले एक अर्काैलाई हेरौ ।
केही क्षणपछि मैले भने,“तिमीलाई मैले धेरै चोटि भनिसके कि तिमीसँग मेरो केही सरोकार छैन । म तिमीलाई मन पराउदिन । म सिर्फ पुजनलाई मन पराउछु । हजार चोटि भन्दा पनि कस्तो नबुझ्ने । अमित, तिमी किन अगाडि बढ्दैनौ ?”
अमित मौन थिए । उनी पुजनप्रति र मप्रति आक्रमण हुन खोज्दै थिए तर हु सकिन । सार्वजनिक ठाउँ थियो । मानिसहरुको ध्यान हामीमै थियो । अमित रिसाएका थिए । मलाई पनि रिस उठेको थियो । अनि अमित आफ्नो साथीसँग बारबाट निस्के । हामी पनि त्यस बारबाट निस्कियौ । हामीलाई तनाव भएको थियो खास गरि मलाई । पछि फेरि पिछा गरे भने ? केही नराम्रो गरे भने ? पुजनलाई केही भयो भने ? म निकै आत्तिए । सुरक्षा र पुजनले मलाई हेरिरहेका थिए । त्यही क्रममा, पुजनले भने,“तिमी नआत्तियौ ? केही हुँदैन । पछि अमितले तिमीलाई तनाव दिएमा पुलिसलाई खबर गछौ । तिमी अमितको कारणले तनाव नलियौ ।”
मलाई के भयो मलाई नै थाहा छैन । मैले पुजनलाई अँगाले र रुन पुगे । मलाई अमितको कारण धेरै तनाव भएको थियो । म रोएको देखेर दुवै जनाले मलाई सम्झाउन खोज्दै थिए । त्यही क्रममा,सुरक्षा मेरो नजिक आइन् र भनिन्,“नरोऊ । सबै ठीक हुन्छ । समयले सब ठीक गर्छ । तिमीलाई केही हुँदैन । हामी तिम्रो साथमा छौ ।”
उनीले मलाई सम्झाउदै थिइन् । म मौन नै थिए । सुनेको थिए कि पागलपनको सिमा हुँदैन । यदी अमितले आफ्नो पागलपनको सिमा नागे भने ? मन डराउन थालेको थियो । केही नराम्रो भयो भने ? दुवै जनाले मलाई अपार्टमेन्टमा पु¥याइदिए र मेरो अपार्टमेन्ट पुगेपछि पुजनले पुजनले भने,“सुरक्षा, आज तिमी आरतीको साथ गइदेऊ न ।”
“मैले पनि त्यही सोचेको ।”
“केही प¥यो भने, मलाई फोन गर्नु है ।”
“हुन्छ ।”
पुजन अनि मेरो अपार्टमेन्टबाट निस्के । हामी दुवै जना बेडरुममा थियौ । म पल्टिए । सुरक्षाले केही बोल्न सकेकी थिइनन् । त्यही क्रममा, सिमरन पनि आइपुगिन् । आजकाल उनी र मेरो त्यति कुरा हुँदैन थियो । हामी दुवै जना व्यस्त थियौ । पहिल्लो समयमा मेरो जिन्दगीमा बारे केही थाहा थिएन । सुरक्षालाई देखेपछि सोधिन् र सुरक्षाले सबै कुरा व्यक्त गरिन् । उनी मेरो नजिक आइन् र मलाई सम्झाउने कोसिस गर्दै थिइन् तर म उनीको कुरा सुनेको थिइन । अमितको कारणले मलाई कसैसँग बोल्न मन लागेको थिएन । यो क्रम धेरै दिनसम्म चलिरहेको थियो । तीनै जनाले मलाई सम्झाउथे । बिस्तारै समय अनुसार म रमाउन थाले । अमितले फोन, म्यासेज वा मलाई भेट्न नआएको धेरै महिना भइसकेको थियो । यही कारण थियो म रमाउनुको कारण । सोचे कि अब उनले कहिले पनि मलाई हैरान पार्ने छैनन् । म धेरै खुशी भएको थिए ।
१६
हामी आफ्नो संसारमा धेरै रमाएका थियौ । हामी धेरै खुशी थियौ तर हामीलाई थाहा थिएन कि हाम्रो जिन्दगीमा अध्ँयारो आउँद्यै छ भनेर ।
जनवरीको पहिलो हप्ताको कुरा हो । हामी चार जना थियौ बारमा । नयाँ वर्षको साथ साथै पुजनको जन्मदिन थियो । हामी धेरै खुशी भएका थियौ । यस दिन हामीले धेरै रक्सी पिएका थियौ । खास गरी मैले धेरै पिएको थिए । म निकै खुशी थिए र केही बेरपछि म बाहिर निस्किए । बासहर निस्किए तर मेरो हालत नराम्रो थियो । म राम्रोसँग हिड्न पनि सकेको थिइन । मैले यसरी रक्सी पिएको पहिलो पटकथियो । त्यसको साथ साथै मलाई बाहिर निस्किने बित्तिकै धेरै चोटि उल्टी भएको थियो । त्यसको साथ साथै म होशमा थिएन । केही समयपछि मेरो अगाडि केही आए जस्तो लाग्यो । पुजन हो कि होइन जस्तो लाग्यो । उनले मलाई देखेर मुस्कुराए र म पनि मुस्कुराए । उनले मुस्कुराएको देखेर सोचे कि पुजन नै हुन् ।
भोलिपल्टको कुरा हो । बिहानको ८ः३० बजेको हुनुपर्छ । म उठे । उठिसकेपछि म अचम्म परेको थिए । म कहाँ थिए मलाई नै थाहा थिएन । म कसको ओछ्यानममा थिए मलाई नै थाहा थिएन । मैले लगाएको लुगा मसँग नै थिएन । म के गरौ भयो । यता उता हेरे । मैले कसैलाई देखिन । केही समयपछि मेरो अगाडि अमित आए । मुस्कुराउदै आएका थिए । अमितलाई देखेर म अचम्म परे र उनलाई हेर्दै भने,“तिमी ?”
“हो, म ।”
“म यहाँ कसरी ?”
अमितले सबै कुरा व्यक्त गर्छन् भने म आफ्नो फोन खोज्छु । अमितले मलाई निहालेर हेर्दै थिए र मलाई भने,“सायद, तिमी आफ्नो मोबाइल खोज्दै छौ हैन ? मैले तिम्रो मोबाइल लुकाएको छु । तिम्रो मोबाइल म त्यति सजिलै कहाँ दिन्छु ?” अमित हाँस्छन् ।
त्यही क्रममा, उनले मलाई हेर्दै भने,“तिमीले मेरो मायालाई स्वीकारीनौ । त्यसको साथ साथै जब मैले तिमीलाई पुजनसँग देखे, मलाई रिस उठ्यो । म आफूलाई सम्हाल्न सकिन । अनि म दूर गए । दूर गएपछि सोचे कि म तिमीलाई बिर्सेने छुर सकिन । झन् तिम्रो यादले सताउन थाल्यो । तिमीलाई बिर्सेन सकिन । म न्यू योर्कमा थिए र म केही दिनपछि नेपाल जाँदै छु । जानु अघि तिमीलाई भेट्न मन थियो । मेरो बदला पूरा भयो । अब पुजनले तिमीलाई अपनाउदैनन् ।”
म अचम्म पर्दै थिए र केही भन्न खोज्दै थिए । त्यही क्रममा, अमितले मलाई हेर्दै भने,“तिमी सोच्दै होला कि पुजनले तिमीलाई कसरी अपनाउदैनन् भनेर ?” उनले हामी दुवै जना भिडियो बनाएका थिए । म छक्क परको थिए । त्यसको साथ साथै अमितसँग मेरो र पुजनको पनि भिडियो थियो । मैले उनलाई ती भिडियो हटाउन आग्रह गरे तर उनले मानेनन् । यदी उनको कुरा मानिन भने उनले ती भिडियोहरु ईन्टरनेन्टमा राख्ने कुरा गरे । उनले मलाई ब्लाकमेल गरिरहे । म विबस् थिए । अमितले मलाई हररोज जर्बरजस्ती गर्थे र भिडियो बनाउथे । मैले पुजनलाई भन्न सकिन ।
१७
म बाहिर ननिस्केको धेरै दिन भइसकेको थियो । सिमरनले मलाई धेरै चोटि मेरो बारेमा सोधिरहथिन् तर मेरो जवाफ हुदैन थियो । म मौन नै थिए । न त मेरो कुरा सुरक्षासँग भएको थियो न त पुजनसँग । म केही नबोलेको देखेर सिमरनले मैले थाहा नपाउने गरि सुरक्षालाई फोन गरिन् ।
“हेलो, सुरक्षा ।”
“हाई । के छ खबर ।”
“हेर न । आरतीलाई के भयो भयो ?”
“के भयो आरतीलाई ?”
“न त उनी केही बोल्छिन् न त बाहिर निस्किछिन् । आफ्नो काममा पनि गएकी छैनन् । सोध्दा केही बोल्दिनन् । आफ्नो कोठाबाट बाहिर निस्केकी छैनन् । तिमी आऊ र उनीसँग कुरा गर । तिमीलाई केही भन्छिन् कि ? तिमी छिट्टै आऊ ।”
सुरक्षा हतारिदै म बस्ने अपार्टमेन्टमा आइन् र मेरो कोठामा आइन् । मेरा नजिक आएर भनिन्,“तिमीलाई के भयो ? मोबाइल अफ छ ?”
मैले उनीलाई हेर्ने जरुरी पनि सोचिन । म सुतिरहे । म नबोलेको देखेर अचम्म परिन् । धेरै दिनसम्म सुरक्षाले मलाई मेरो हालतको बारेमा सोधि रहिन् तर म मौन नै थिए । म के भन्नु र । त्यही क्रममा, सुरक्षाले पुजनलाई फोन गरिन् ।
“पुजन, तिम्रो र आरतीको झगडा परेको हो ?”
“हैन त । मैले उनलाई धेरै चोटि फोन गरे तर मोबाइल अफ छ ।”
सुरक्षाले सबै कुरा व्यक्त गरिन् र केही समयपछि पुजन पनि आए । मेरो नजिक आए र मेरो बारेमा सोधे । मैले उनलाई पनि केही भन्न सकिन । म मुख छोपरे रुन थाले । म उनको सामना गर्न सकिन । म पुजनबाट दूर जान चाहन्थे । मेरो कुरा सुनेपछि उनले मलाई अपनाउने छैनन् । यो क्रम, धेरै दिनसम्म चलिरह्यो ।
१८
दुई महिनापछिको कुरा हो । साँझको समय थियो । म आाफ्नो कोठाको झ्यालबाट बाहिर हेर्दै थिए । बाहिरको संसार कति रमाइलो छ तर मेरो जिन्दगीमा हूरि बतास आएको छ । म आफ्नो संसारमा हराउदै थिए र त्यही क्रममा, सुरक्षा र सिमरन मेरो नजिक आए र दुवै जनाले मलाई हेरे । मौनता तोड्दै सुरक्षाले भनिन्,“दुई महिना भइसकेको छ तिमी घरबाट ननिस्केको । तिमीलाई के भयो ?”
मैले अन्त्यमा आएर दुवै जनालाई सबै कुरा व्यक्त गरे । मेरा आँखाहरु रसाएर आए । दुवै जनाले मलाई अचम्म पाराले हेरे । त्यही क्रममा, सुरक्षाले भनिन्,“तिमीले पहिले नै किन हामीलाई नभनेको । हामीले कानुनी तरिकाले जान सक्थ्यौ ।”
“त्यो अवस्थामा मेरो केही चलेको थिएन । अमितको मलाई हररोज ब्लाकमेल गरिरहे । पुजनलाई मेरो भिडियाहरु पठाउने वाला थिए । त्यसको साथ साथै ईन्टरनेन्टमा राख्ने कुरा गरे । यदी ती भिडियोहरु पुजनले हेरेको भए, मलाई नराम्रो सोच्थे । अमित र मेरो अफेयर चलेको सोच्थे ।”
“एक पटक पुजनसँग कुरा गर । उनले तिम्रो कुरा बुझ्ने छन् । पुजन राम्रा व्यक्ति हुन् । एक पटक कुरा गरिहेर न ।”
“होइन । म उनीबाट दूर जाने छु । उनलाई केही नभन ।”
दुवै जनाले मलाई सम्झाउने कोसिस गर्दै थिए तर म दुवै जनाको कुरा सुनेको थिइनन ।
..................................................................................................................................................................
शनिबारको दिन थियो । बिहानको समय थियो । पुजन, म, सुरक्षा र सिमरन एउटै कोठामा थियौ । सुरक्षाले पुजनलाई बोलाएकी थिइन् । सबै जनाले एक अर्कोलाई हेर्दै थियौ । त्यही क्रममा, पुजनले भने, “सुरक्षा, तिमीले मलाई किन बोलाएको ? तिमीले जरुरी काम थियो भन्दै थियौ ।”
सुरक्षाले सबै कुरा व्यक्त गरिन् । पुजन आकाशबाट झरेझै भए र उनी निःशब्द भएका थिए । उनी हेरेको हेरै भए । पुजन केही नभनिकन अपार्टमेन्टबाट निस्के । पुजन निस्कि सकेपछि सिमरले भनिन्,
“के भयो पुजनलाई ? किन नबोलिकन गए ?”
“एक दिन उनले जरुर तिम्रो कुरा बुझ्ने छन् ।” सुरक्षाले भनिन् ।
“म दूर जान्छु । म अतितलाई बिर्सेन चाहन्छु ।” मैले भने ।
“यसरी हुँदैन आरती । तिमीले आफ्नो इज्जतको लागि भए पनि लड्नु पर्छ । हार मान्नु हुँदैन ।” सुरक्षा मेरो नजिक आएर भनिन् ।
“तिमी इज्जतको कुरा गछौ ? भन्न सजिलो छ । कानुनी सायता लिए पनि मानिसहरुको हेर्ने दृष्टिकोण बेग्लै हुन्छ । रेप भएको व्यक्तिलाई कहिले राम्रो नजरले हेर्दैनन् । मेरो परिवारले मलाई साथ दिए तापनि समाजको कारणले कति मानसिक यातना सहनुपर्छ । यो क्रम धेरै वर्षसम्म चलिरहन्छ । म कति जनासँग लड्नु ? लड्दा लड्दै आफै लडिन्छ । त्योभन्दा म दूर कही जान्छु ।”
“तिमी एक पटक पुजनसँग कुरा गर । उनलाई सम्झाउने कोसिस गर ।” सुरक्षाले भनिन् ।
मैले सुरुमा मानेको थिइन तर पनि दुवै जनाले सम्झाएपछि मानेको थिए । मैले पुजनलाइ फोन गर्ने प्रयास गरे तर उनले उठाएका थिएनन् । उनले मलाई वास्ता गर्न छाडेका थिए । यो क्रम एक महिनासम्म चलिरह्यो । एक महिनापछिको कुरा हो । म र सुरक्षा पुजनको अपार्टमेन्टमा गयौ । बिहानको ९ः०० बजेको थियो । मैले ढोकाको वेल बजाए र पुजनले ढोका खोले । हामीलाई देखेर अचम्म परेका थिए । त्यसको साथ साथै उनलाई अप्ठ्यारो लागेको थियो । उनको अनुहार निराश थियो । उनले अप्ठ्यारो मान्दै हामीलाई भित्र बोलाए ।
हामी तीनै जना एक अर्कोलाई हेर्दै थियौ । मौनता तोड्दै मैले भने,“तिमीलाई के भएको छ र मेरो फोन किन नउठाएको ? मेरो म्यासेजको जवाफ किन नदिएको ? मसँग किन रिसाएको हो ?”
पुजन मौन नै थिए । उनले मलाई हेर्न सकेका थिएनन् । म चाँहि उनलाई निहालेर हेरिरहेको थिए । त्यही क्रममा, मैले फेरि भने,“मसँग बोल्नको लागि केही शब्द नै छैन । म के भन्नू ?” पुजन निराश भए ।
पुजनले मसँग आँखा जुधाउन सकेनन् । म उनको नजिक गएर भने,“तिमी मलाई माया गछौ नि होइन ? मसँग बिहे त गछौ नि ?”
“म तिमीसँग बिहे गर्न सक्दिन ।”
“किन ?”
“कारण त तिमीलाई नै थाहा छ ।”
“अमितको कारणले तिमीसँग बिहे गर्न नखोजेको ?”
“म तिमीसँग कसरी बिहे गरौ ? मेरो इज्जतमा दाग लाग्छ । मैले समाजलाई के जवाफ दिने ? मेरो बुवा र आमालाई के जवाफ दिनु ? मैले मन पराएको केटीको बलात्कार धेरै चोटि भएको छ र उनीसँगबिहे गर्न चाहन्छु भन्दा मेरो परिवारले अस्वीकार गर्नु हुने छ । परिवार मात्र होइन मलाई समाजले पनि अस्वीकार गर्नु हुने छ । मलाई परिवार र समाजले थुन्ने छ । मैले आफ्नो मुहार समाजको अगाडि सरी देखाउने ? जब म घरबाट निस्किने छु, मलाई बलात्कारको श्रीमान् भनि जिस्काउने छन् । नेपालमा मेरो इज्जत छ । त्यसैले म तिमीलाई अपनाउन सक्दिन ।”
“तिमीले मलाई माया गरेका रहेन रछौ ।”
“माया गर्थे तर समितसँग सम्बन्धमा बसेपछि तिम्रो विश्वास हुन छोडेको छ । सुरुमा त सोचे एक अमितको पक्षबाट मात्र होला तर तिमीले पनि उसलाई मन पराउदो रहेछौ । यदी एक तर्फी मात्र भएको भए, तिमीले अमितसँग यसरी शारीरिक सम्बन्ध राख्ने थिएनौ । न त तिमीले मलाई पहिले नै भनौ न त भेट्यौ । सायद तिम्रो मोबाइलमा अमित र तिम्रो भिडियोहरु हुनुपर्छ ।” पुजन रिसाउदै भने । मलाइर्ए रिसले हेरिरहेका थिए ।
म सोफाबाट उठे र पुजनलाई हेरे । म भावुक भएको थिए । उनलाई हेर्दै भने,“मैले तिमीबाट यस्तो अप्रेक्षा गरेको थिइन । मैले सोचेको थिए कि तिमीले मेरो मनको कुरा बुझ्ने छौ तर अपसोसको कुरा तिमीले मेरो परस्थिति बुझेनौ । तिमीलाई आफ्नो इज्जत ठूलो लाग्यो । तितमीलाई समाजको डर छ तर मेरो इज्जत होइन । मेरा ठाउँमा तिमी भएको भए तिमी के गथ्यौ ? तर अपसोस तिमी मेरो ठाउँमा छैनौ । त्यसैले तिमीले मेरो कुरा नबुझेको ।”
म र सुरक्षा पुजनको अपार्टमेन्टबाट निस्कियौ । पुजन मौन नै थिए । यस भेटपछि हामी दुईबीच संवाद वा भेट हुन छोडेको थियो । म्यासेज पठाउन खोजे त। सकिन । केटीहरुलाई समस्या हुँदा किन केटाहरुले साथ दिदैनन् ? आत्महत्या गर्न कोसिस गरे तर सकिन । आफ्नो हुनेवाला बच्चाको बारेमा सोचे । आफ्नो बच्चालाई राम्रो जिन्दगी दिने छु । पूरानो कुराहरु बिर्सेर अगाडि बढ्ने निर्णय गरे । सुरक्षा र सिमरन मेरो साथमा थिए । सुरक्षाको एउटै मात्र गुनासो कि मैले कानुनी सायता लिएको भए हुन्थ्यो । लड्न त मन थियो तर आफूलाई थाहा थियो कि अन्तिम नतिजा के हुन्थ्यो भनेर ।
केही महिनापछि मेरो छोरीको जन्म भयो । म निकै खुशी भएको थिए । छोरीको नाम अमिरा राखे । म आफ्नो संसारमा निकै खुशी थिए । हेर्दा हेर्दै एक वर्ष बितिसकेको थियो । म आफ्नो काममा व्यस्त थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । म ढोका खोल्न गए । ढोका खोल्दा म अचम्म परेको थिए । पुजन थिए । मलाई देखेर मुस्कुराए र भने,“म भित्र आऊ ?”
“आऊ ।” मैले अचम्म पाराले भने ।
अनि हामी दुवै जना सोफामा बसेका थियौ । हामी दुवै जना एक अर्कोलाई हेर्न सकेका थिएनौ । वातावरणमा मौनता छाएक थियो । मौनता तोड्दै पुजनले भने,“म खासमा तिमीसँग माफी माग्न आएको हुँ । गल्ती मेरो पनि छ । हाम्रो अन्तिम भेटपछि म नेपाल फर्किए र अमितसँग भेट भयो । उनले सबै कुरा व्यक्त गरे र मैले थाहा पाए कि गल्ती अमितको रहेछ । सत्य थाहा पाएपछि म पछुताउन थाले । मन बेचेन भयो । तिमीसँग माफी नमागि बस्न सकिन । म सिर्फ तिमीसँग माफी माग्न आएको हूँ ।”
म मौन नै थिए । उनले ममलाई निहालेर हेरिरहेका थिए । उनले मैले केही भनू जस्तो गरिरहेका थिए । केही समयपछि उनले मौनता तोड्दै भने,“मलाई थाहा छ कि तिमी मसँग रिसाएकी छौ तर केही त बोल ।”
“तिमीलाई म के भन्नू ? तिमी धेरै खुशी छौ । तिम्रो इज्जतमा दाग लागेको छैन । म पनि खुशी छु । न त मेरो जिन्दगीमा अमित जस्तो पागल छ न त तिमी जस्तो अबुझ । जिन्दगीमा माया र विश्वास कसैलाइृ गर्न सक्दिन । तिमीले गर्दा मैले मायाप्रति विश्वास गर्न छोडे । अब म मायामा विश्वास गर्न मन छैन ।”
पुजन केही बोल्न खोज्दै थिए । त्यही क्रममा, म सोफाबाट उठे र ढोका खोले । पुजनलाई निस्कन आग्रह गरे । उनी बाहिर निस्के तर पछाडि फर्किए । केही भन्न खोज्दै थिए तर सकेनन् । उनले मलाई सम्झाउन कोसिस गर्दै थिए तर सकेनन् ।
जिन्दगी उसैसँग बिताउनु पर्छ जसले दुःखमा साथ दिन्छ । सुखमा त सबैले साथ दिन्छ तर दुःखमा प्रायले दिँदैन । त्यसैले दुःखमा साथ दिएनन् । उनको मायामा स्वार्थ थियो । त्यसैले मैले पनि उनलाई साथ नदिने निर्णय गरे । म आफ्नो जिन्दगी बिताउछु र उनी आफ्नो । कुनै पनि व्यक्तिको साथ चाहिएको छैन मलाई । म आफ्नो जिन्दगी आफ्नै तरिकाले बिताउन चाहन्छु र खुशी हुन चाहन्छु ।
Comments
Post a Comment