माया त माया हो

 “तपाईलाई के गर्न मन पर्छ ?” अमितले भने । 

“पढ्न ।” मैले भने । 

हामी दुवै जना मेरो घरको छतमा थियौ । मौनता छाएको थियो । केही क्षणपछि, मौनता तोड्दै उनले भने,“अनि फिल्म हेर्ने मन पर्छ । गीत÷संगीत कतिको सुन्नु हुन्छ ?”

“फिल्म त त्यति हेर्न रुचाउदिन तर पूराना गीत÷संगीतहरु सुन्छु ।”

अमित मुस्कुराए । दोहोरो संवाद भएको थिएन । मलाई कुरा गर्न मन नै थिएन । त्यसको साथ साथै मलाई विवाह गर्नु थिएन । मलाई सहज भइरहेको थियो । केही समयपछि मैले भने,“अब भित्र जाऊ ।” 

“हजुर ।”

“भित्र जाऊ ।”

“हुन्छ ।” उनलाई अझै कुरा गर्न मन थियो र मलाई भित्र जानु थियो । अनि भित्र छियौ । बुवा र आमाहरु गफ गर्दै हुनु हुन्थ्यो । हामी भित्र छिरेपछि अमितको आमाले भन्नुभयो,“तिमीलाई सोफिया मन प¥यो ?”

अमित मुस्कुराए र हुन्छ भनि टाउको हल्लाए । त्यहि क्रममा, अमितको आमाले मलाई हेर्दै भन्नुभयो,“सोफिया, तिमीलाई अमित मन पयो ?”

म केही नबोलिकन बसेको थिए र मैले भुँइमा हेरिरहेको थिए । त्यही क्रममा, आमाले भन्नुभयो,“सोफिया, लजाएकी छिन् । उनीलाई अमित मन परेको छ ।”

मेरो परिवार र अमितको परिवार धेरै खुशी हुनुभएको थियो तर म खुशी थिइन । म आफ्नो मनको कुरा कसरी व्यक्त गर्नु भएको थियो । धेरै वर्षदेखि राखिरहेको छु । यदि बुवा र आमाले सत्य थाहा पाउनु भयो भने के हुन्छ ?

अमितको परिवार गइसकेपछि केही समयपछि, आमाले मलाई भन्नुभयो,“तिमीलाई अमित कस्तो लाग्यो ?”

“मलाई विवाह नै गर्नु नै छैन ?”

“तर किन ?”

“बस मलाई विवाह गर्नु छैन ।”

“तिमीले विवाह गर्नु पर्छ । तिम्रो उमेर भइसक्यो । आफ्नो उमेरको ख्याल त गर ।”

म केही नबोलिकन आफ्नो कोठामा छिरे । ढोकाको आवाज आयो । रातभर सुत्न सकिन । सत्य कुरा कसरी भन्नु भएको थियो । एक् दिन मैले भन्नै पर्छ । यदी मैले अमितसँग विवाह गरे भने, हामी दुवै जनाको जिन्दगी बर्वाद हुन्छ । त्यसैले मैले सत्य बुवा र आमालाई भन्नै पर्छ । चाहे उहाँले मलाई स्वीकार्नु हुन्छ वा हुँदैन, मैले सत्य भन्नै पर्छ ।

भोलिपल्टको कुरा हो । हामी तीनै जना बैकठ कोठामा थियौ । बुवा र आमा टि.भी हेर्दै हुनु हुन्थ्यो । म आत्तिदै थिए र म आत्तिदै भने,“बुवा र आमा, मैले तपाईहरुलाई केही भन्नु छ ।”

“भन न ।” बुवाले भन्नु भयो । उहाँको ध्यान टि.भीतिर नै थियो । उठेर टि.भी बन्द गरे । अनि मैले भने,“मलाई जरुरी कुरा गर्नु छ ।”

“हामी सुनिरहेका छौ ।”

“म अमितसँग विवाह गर्न सक्दिन ।”

“किन ?”आमा रिसाउँदै भन्नु भयो ।

“म अमित त के, कोही केटासँग विवाह गर्न सक्दिन ।”

“तिमी के भन्न खोज्दै छौ ?”

“म समलिङ्गी हूँ ।” म आत्तिदै भने । 

“के ? यो तिमी के भन्दै छौ ?” आमा र बुवा, मलाई भन्नुभयो ।

“तपाईहरुले जे सुन्नु भयो, त्यही सत्य हो ।”

“तिमी यो के मज्जाक गर्दै छौ ? तिमीलाई विवाह गर्न मन छैन भन्दैमा, यस्तो मज्जाक गर्ने ?” बुवा रिसाउँदै भन्नु भयो । आमा पनि रिसाउनु भएको थियो । 

“बुवा, आमा म मज्जाक गर्ने मुडमा छैन । तपाईहरुको लागि यो मज्जाक हुन सक्छ तर मेरा लागि होइन । मैले तपाईहरुलाई यो कुरा पहिले भन्न खोजेको थिए तर सकिन । आफूलाई तेस्रो लिङ्गी हो भनि मैले १९उमेरमा हुँदा थाहा पाए । मलाई थाहा छ कि तपाईहरुलाई समाजको पिर छ । समाजभन्दा पनि प्यारो छोरी हुनु पर्छ ।”

“समाजले हामीलाई के भन्ने छ ? हाम्रो इज्जतको बारेमा त सोचेको भए हुन्थ्यो । हाम्रो संस्कारमा के कमी भयो ?” बुवा भावुक हुँदै भन्नु भयो । 

“यो कुरा सबै झूट हो भन न ।” आमा रुँदै भन्नु भयो ।

“होइन आमा । म साँच्चो बोल्दै छु ।”

“हाम्रो इज्जतको लागि भए पनि विवाह गर ।”

“त्यो म गर्न सक्दिन ।”

बुवा रिसाउँदै आफ्नो कोठामा जानु भयो । आमा पनि बुवाको पछि पछि जानु भयो । मनमा एक प्रकारले खुशी थिए भने अर्को तिर दुःखी । मैले आफ्नो बुवा र आमालाई सम्झाउन सकिन ।

बुवा र आमा मसँग नबोल्नु भएको धेरै दिन भइसकेको थियो । म चाँहि बुवा र आमालाई सम्झाउन धेरै प्रयास गरे तर असफल भए र मैले घर छोड्ने निर्णय गरे । आफ्नै घर परिवारले नबुझेपछि समाजले कसरी बुझ्छ ।

बुवा र आमा सोफामा बस्नु भएको थियो । म आफ्नो सामान लिएर निस्किने क्रममा थिए । त्यही क्रममा, आमाले भन्नुभयो,“तिमी कता ?”

“म यो घर छोडेर जाँदै छु । तपाईहरुलाई त मेरो कुरा बुझ्नु भएन, यो समाजले कसरी बुझ्छ ? छोरीभन्दा इज्जत ठूलो भयो । तपाईहरुलाई समाजको डर छ, मेरो पिर छैन । यदी मलाई केही भयो भने, यो समाजले केही गर्दैन मलाई समाजले के भन्छ भन्नेमा चासो छैन । फरक त तपाईले के सोच्नु हुन्छ तर तपाईले मेरो कुरा बुझ्नु भएन । त्यसैले म घर छोडेर जाँदै छु ।”

अनि मैले घर छोडेर गए । बुवा र आमाले मलाई रोक्न सक्नु भएन । आमा भावुक हुनु भयो । म चाँहि डेरा र जागिर खोज्न तिर लागे । सुरुमा दिनहरु धेरै गाह्रो भएको थियो । जिन्दगी यस्तै रहेछ । एक दिन मेरा बुवा र आमाले मेरो कुरा बुझ्नु हुने छ ।


Comments

Popular Posts