चिसो मौसम, कफी र तिम्रो यादहरु

 मौसम चिसो र मन पनि चिसो । थाहा छैन कि यस मौसममा तिम्रो याद किन आउँछ ? तिमीसँग बिताएका पलहरु किन याद आउँछ र तिमीलाई सम्झेर किन म बिछोडका गीतहरु सुन्छु ? बिछोडका गीतहरु नै मेरा सहारा भएका छन् र तिम्रा यादहरु पनि । मलाई थाहा छैन कि तिमीले मलाई सम्झन्छौ कि सम्झन्दैनौ तर म हरपल तिमीलाई सम्झिरहन्छु । विशेष गरी चिसो समयमा । तिमीले मलाई आफ्नो ज्याकेट मसँग छ । तिमीले मागेनौ र मैले दिन जरुरी सोचिन । म अहिले पनि कालो ज्याकेट हेरिरहन्छु र अतितका पलहरुममा जान्छु । हामी कहाँ चै धुम्न गएनौ । हात समातेर हिड्थ्यौ । धेरै खुशी हुन्थ्यौ । चिसो मौसममा तातो दूधको कफी र मःम खान्थ्यौ त्यो पनि एउटै प्लेटमा । कति रमाइलो लाग्छ सम्झदार त्यसको साथ साथै भावुक हुन्छु । अहिले पनि फोनको घण्टी बज्दा लाग्छ कि तिमीले मलाई फोन गरेका हौ तर जब फोन हेर्छु त्यो फोन तिम्रो हुँदेन । म तिम्रै प्रतिक्षामा हुन्छु ।  थाहा कि तिमी अर्केको भइसकेका छौ तर पनि तिम्रै आश छ । जसरी घाम उदाउ छ, मनमा आश पलाउछ । तिम्रो यादमा म धेरै कफीहरु पिउने गर्छु । बाहिर चिसो मौसम हेर्दै, कफी पिउँदै तिम्रो यादमा डुब्ने गर्छु । तिम्रो यादहरु समालेर राखेको छु जुन मसँग रहिरहन्छ । 

Comments

Popular Posts