दोस्रो मौका

 उनले पत्रिका पढ्दै थिए । केही बेरपछि छेऊमा राखे । उनलाई अल्छी लागेको थियो । उनी यता उता गर्दै थिए । त्यही क्रममा उनले एक युवतीलाई देखे र त्यस युवतीले उनलाई हेरिरहेी थिइन् । उनले ती युवतीले उनलाई हेरिरहेकी थिइन् । उनले ती युवती देखेर मुस्कुराइन् । उनीले केही भन्न खोज्दै थिइन् र त्यही क्रममा उनले भने,“तपाई के भन्न खोज्दै हुनु हुन्छ ?”

“मैले तपाईलाई केही त देखेको हूँ । तपाई अमित दाहाल होइन ? तपाईले ‘जवाफको खोजी’ भन्ने उपन्यास लेख्नु भएको होइन ?” प्रिंयका पोखरेलले भनिन् । 

“हो, म अमित दाहाल हो ।” 

केही समय दुवै जना मौन रहे । केही क्षणपछि मौनता तोड्दै अमितले भने,“तपाईको शुभ नाम ?” 

“प्रिंयका पोखरेल ।”

“तपाई के गर्नु हुन्छ ?” 

“म ब्लगमा लेख्छु ।” 

फेरि मौनता छायो । एक अर्कोलाई हेरेर मुस्कुराए । केही समयपछि प्रिंयकाले भनिन्,“मैले तपाईको उपन्यास पढे तर.......।”

“तर के प्रिंयकाजी ?” 

“तपाई सत्य कुरा चाहन्नु हुन्छ कि असत्य ?” 

“सत्य ।”

“मलाई त उपन्यास नै मन परेन ।” 

उनले अचम्म परेर भने,“तपाईलाई के मन परेन ?” 

“पूरै कथा नै मन परेन ।”

उनले फेरि अचम्मको भाव दिए । त्यही क्रममा, प्रिंयकाले भनिन्,“तपाई अर्को उपन्यास लेख्दै हुनु छ ?” 

“नो ।” 

“किन नि ?”

“म भाग्यले लेखक भएको हुँ । त्यसैले म फेरि नलेख्न पनि सक्छु । मेरो पहिलो उपन्यास धेरै सफल भयो । त्यो नै पर्याप्त छ मेरो लागि ।” 

“जवाफको खोजी त्यति राम्रो त होइन । त्यस्तो कथा सबैले लेख्न सक्छन् । म अचम्म परेको छु कि त्यो उपन्यास कसरी सफल भयो ।”

अमित छक्क परेका थिए र अलिकति रिस उठेका िथियो तर प्रिंयकालई देखाएनन् । पाठकहरुले प्रायः सबैले राम्रो प्रतिक्रिया दिएका थिए । मौनता तोड्दै अमितले भने,“त्यस्तो भए कस्तो कथा लेखेको भए हुन्थ्यो ?”

“तपाईको कथा माया र दोस्तीको बारे थियो । पढ्नको लागि रमाइलो हो । त्यसमा के नयाँ छ र ? प्रायः लेखकहरुले यसै सम्बन्धमा लेख्छु । यो मात्र विषय होइन । अरु पनि छन् ।”  

“जस्तैै ?”

“क्राइम, बेरोजगार र लागू औषधी ।” 

“माया र दोस्तीको बारेमा जति लेख्न सजिलो छ तर तपाईले भनेको विषयमा लेख्न गाह«ो छ ।”

“म सहमत छु तर मसँग एउटा कथा छ जुन क्राइम, बेरोजगार र लागू औषधी बारेमा छ । तपाई यस बारे कथा लेख्नु होस् र छाप्नु होस् ।” 

अमित छक्क परे किनकि प्रिंयका चाहन्थिन् कि किताब छापियोस् । अमित अलमल परे । त्यही क्रममा, उनले भने,“पहिला कथा सुनाउनु होस् र त्यसपछि छाप्ने निर्णय गर्छु ।” 

प्रिंयका मुस्कुराइन् र भनिन्,“पहिला छाप्ने सहमत हुनु होस् र मात्र कथा भन्छु ।”

“तर म तपाईको कथा किन छाप्ने ? तपाई मलाई किन छाप्नको लागि अनुरोध गर्दै हुनु हुन्छ ? यदी मलाई कथा मन परेन भने ?” 

प्रिंयका मुस्कुराइन् र भनिन्,“यो कथा भगवान्को बारेमा हो जस्तो तीन जना युवाहरुलाई बचाउछन् ।” 

अमित अचम्मित पाराले भने,“तपाई यो के भन्दै हुनु हुन्छ ?”

“हो । म साँच्चो कुरा गर्दै छु ।” 

दुवै जना गम्भीर थिए र मौन थिए । उनी अलमलमा थिए कि कथा सुन्ने कि नसुन्ने । दिमागमा धेरै प्रश्नहरु थिए । कथा कस्तो होला ? रामशे छ कि छैन ? राम्रो छ भने ठीकै छ । नरा्रो भए । त्यसभन्दा पनि दोस्रो उपन्यास लेख्ने मुडमा थिएनन् । उनलाई जान्न मन लाग्यो कथा कस्तो छ भनेर । 

जहाज हङकङ्मा ७ घण्टाको ट्रान्जिटको लागि रोकियो । दुवै जना लण्डनबाट नेपाल फर्केदै थिए । प्रिंयका कफी लिन गइन् र अमितले प्रिंयकालई पछाए । कफी लिएर एक कुनामा बसिन् । अमित नजिक गए र भने,“म यहाा बस्न सक्छु ?” 

“हुन्छ । अनि कथाको बारेमा के सोच्नु भयो त ?”

“तपाई सुनाउनु होस् न कथा । म लेख्छु र छाप्छु ।” 

“हो ? साँच्चि ?” 

“साँच्चि ।”

“मैले कति चोटि भन्नु कि हाम्रो बैकमा खाता खोल्नको लागि रु.१०,०० चाहिन्छ । तपाई हर रोज आउनु हुन्छ । के भयो ?” 

“मेरो समस्याको सामधान तपाईले गर्ने सक्नु हुन्छ । म तपाईलाई मन पराउछु ।” नितेशले भने । 

अंकिता मुस्कुराइन् र भनिन्,“यो कसरी हुन सक्छ ? तपाईले मलाई भेटेको दुई हप्ता भएको छ । यो दुई हप्तामा कसरी ?”

“तपाईलाई मैले आफ्नो बनाउन के गर्नु पर्छ ?” 

“हे भगवान् । तपाई कस्तो पागल ?” 

“हो, म पागल नै हूँ । म तपाईको लागि पागल हूँ ।”

अंकिता सोच्न थालिन् । नितेश अंकितालाई हेर्दै थिए । केही समयपछि अंकिताले भनिन्,“यदी मलाई आफ्नो बनाउनु छ भने, रु.१०,००० जम्मा गर्नुहोस् ।” 

“यदी गरे भने ?” 

“म तपाईको ।”

“यदी गरिन भने ?” 

“म तपाईको हुन सक्दिन ।”

नितेश मौन रहे । दुवै जनाले एक अर्कोलाई हेर्छन् र त्यही क्रममा अंकिताले मुस्कुराइन् र भनिन्, “तपाई त मौन हुनु भयो त । आफ्नो बनाउन सक्नु हुन्छ त ?” 

नितेश केही नबोलिकन बैकबाट निस्के । उनलाई कसरी आफ्नो बनाउ भएको थियो । केही दिनपछि नितेश बैकमा गए । उनी कुर्सीमा बसे । उनले आफ्नो पर्स निकाले र अंकिताको छेऊमा राखे । 

“यो के गर्दै हुनु छ ? पर्स मेरो अगाडि किन राखेको ?”

“रु. १०,००० हो यो । यो बैकमा जम्मा गरिदिनु होस् र तपाई मेरो जिवनमा जम्मा हुनु होस् ।” 

अंकिता यता उति हेरिन् । नितेशले याद गरिरहेका थिए र भने,“के भयो तपाईलाई ? किन यता र उता हेर्नु भएको ? तपाई मलाई मन पराउनु हुन्न ?” 

अंकिता मौन नै थिइन् । मौन भएको देखेर नितेशले भने,“यसको मतलब तपाईलाई बैकमा पैसा जम्मा व्यक्ति चाहिएको थियो । तपाईले मसँग झूट बोल्नु भएको थियो ?”

अंकिता मौन नै थिइन् । नितेश उठे र बैकबाट निस्किए । उनी निराश भएका थिए । मायाबाट अस्वीकार भएका थिए र त्यसको साथ साथै उनालई जागिरबाट निकालियो । नितेश एक मागेजिनमा काम गर्थे । उनले काम गर्ने विभाग त्यति चलेको थिएन ।  उनलाई के गँरु भएको थियो तर एक दिन उनको पत्रिकामा एक व्यक्तिको बारेमा पढे । नयाँ लेखकको बारे थियो र पहिलो उपन्यास नै सफल भएको थियो । यो पढिसकेपछि उनले लेख्ने आँट गरे ।

“सरी साथीहरु । म ढिलो भए ।” जोनले भने । 

“तँ ढिलो आउनु ठूलो र नयाँ कुरा होइन ।” विकुले हाँस्दै भने । अनि सबै साथीहरु हाँस्न थाले । विकु, जोन, नितेश, अनु र जुरेल स्नातक डिग्रीदेखिका मिल्ने साथी हुन् ।  

“धेरै भएको रहेछ हामी नभेटेको । सबै साथीहरु के काममा व्यस्त हो ?” जुरेलले भने । 

“म रोमान्टिक उपन्यास लेख्दै छु ।” नितेशले भने । 

“ओहो । बधाई छ ।” सबैले खुशी हुँदै भने ।  

“म चाँहि सधै बेरोजगार रहने भए ।” विकुले मुख बिग्रादै भने । सबै जना हाँसे ।

“म त हिरोइन हुन खोज्दै छु तर अडिसनमा अस्वीकार भएको छु ।” अनुले मुख बिग्रारिन् ।

सबै साथीहरुले उनलाई हौसला दिँदै थिए । जोन अनुका प्रेमी थिए । जोन अनुलाई हर पल साथ दिन्थे र अनुको हौसला बढाउथे । त्यसको साथ साथै आफ्नो लागि जागिर खोज्दै थिए । 

जुरेल भने विज्ञापन गर्ने संस्थामा काम गर्थे । आफ्नो जिन्दगीमा बिदास थिए तर उनको परिवारले विवाहको लागि दबाव दिन थालेका थिए जुन उनलाई मन परेको थिएन ।

त्यही क्रममा जुरेलले भने,“अब हामी सबै जना हप्तै पिछे भेटौ न ।” 

सबै जना सहमत भए र भेट्न थाले ।

“एक बेग्लै कथा” नितेशद्धारा प्रकाशित उपन्यास बजारमा आएको केही महिना भएको तर उपन्यास असफल भएको थियो । केही प्रतिहरु मात्र बिक्री भएको थियो । उनले सोचेको जस्तो बिक्री भएको थिएन । 

“मेरो जिन्दगीमा के भइरहेको छ ? मैले जे गरे पनि किन असफल भइरहेको छु । अब म के गँरु ?” उनी निराश भएका थिए र ओछ्यानमा पल्टेका थिए र आफ्नो जिन्दगीको बारेमा सोच्दै थिए । आफ्नो माया त पाएनन् न त लक्ष्य पूरा गर्न सकेनन् । 

उनी ओछ्यानमा थिए र त्यही क्रममा विकुले फोन गरे र भने, “हेलो । के छ यार खबर ?” 

“हाई । भोलि भेट्न मिल्छ ?”

“हुन्छ तर किन ?” 

“त्यो भोलि नै थाहा हुन्छ । मेरो घरमा ६ः०० बजेतिर आउन ।” 

नितेश अर्को दिन विकुको घर पुग्छन् र उनले भन्छन्,“मलाई किन बोलाएको ?”

“म तिमीलाई एक ठाउँमा लग्छु । जाऊ ।” 

“तर ?” 

“प्रश्नभन्दा पनि त्यस ठाउँमा जाऊ ।”

अनि मोटरसाइकलमा दुवै जना एक सुनसान ठाउँमा गए । विकुलाई यो जङ्गलको बारेमा केही थाहा थिएन र जङ्गल देखेर अचम्म परेका थिए । जङ्गलको साथ साथै आएका व्यक्तिहरु देखेर अचम्म परेका थिए । लागू औषधी लिँदै थिए । 

अचम्म पर्दै आफ्नो साथीलाई भने,“यो सब के हो ? मलाई किन यहाँ ल्याएको ?” 

“म पनि तिमी जस्तै निराश थिए । बेरोजगार थिए । बेरोजगार भएकै कारणले सबैले हेप्ने गर्थे । धेरै प्रयास गरे तापनि मैले जागिर पाएको थिइन । मलाई मेरो साथीले यहाँ ल्याएका थिए । सुरुमा तिमी जस्तै अचम्म परेको थिए । सुरुम मलाई राम्रो लागेको थिएन तर पछि बानी परेको थियो । 

मलाई थाहा छ कि सुरुमा गाह्रो हुन्छ तर आफ्नो दुःख र निराशलाई बिर्सोइ दिन्छ । यो समय तिमी निराशमा छौ । तिमो जागिर छैन । तिमीले मन पराएको केटीले तिमीलाई स्वीकारेकी थिइनन् । तिम्रो पहिलो उपन्यास नै असफल भयो । त्यसैले तिमी निराश छौ । पतमीलाई यसको जरुरत छ ।” 

नितेश अचम्म परेका थिए कि विकुलाई उनको प्रेमको बारे कसरी थाहा भयो । नितेश जरुर दुःखी थिए तर लागू औषधीमा फस्न चाहदैन थिए ।

“म निराश छु तर यसको मतलब यो होइन कि म लागू औषधीमा फँँसू । तिमी पनि यो संसारबाट बाहिर निस्क । तिम्रो लागि राम्रो हुने छ ।”

नितेश विकुलाई सम्झाउदै थिए तर विकुले मानेका थिएनन् । अन्यमा आएर नितेशलाई औषधी खोवाएरै छाडे । 

“अनु, तिमीले राम्रो अभिनय गरौ ।” निर्देशक सुभासले भने । अनु आफ्नो तारिफ सुनेर धेरै खुशी भइन् । धेरैे  सङ्घर्षपछि अनुले चर्चित निर्देशक सुभास क्षेष्ठसँग काम गर्ने मौका पाएकी थिइन् । चलचित्रको नाम थियो ‘साथी म तिम्रो ।’

जब उनीले फिल्मको मौका पाइन् खुशीको खबर जोनलाई सुनाइन् । दुवै जना खुशी भए र एक अर्कोलाई हग गरे । सुटिङ्गको समयमा पनि जोन अनुको साथमा हुन्थे । 

सुटिङ्गको समय प्राय ः सुभास मज्जाक गर्थे । त्यसको साथ साथ सुभास अनुको साथ हुन्थे जसले समाचार बन्थ्यो तर जोन त्यस्तो कुरामा ध्यान दिँदैन थिए र अनु प्रति विश्वास थियो । 

अन्त्यमा ‘साथी म तिम्रो’ प्रदर्शनमा आयो । अनु र जोन दुवै जना खुशी भएका थिए । त्यही क्रममा, अनुले भनिन्,“म आज धेरै खुशी भएको छु ।” अनि दुवै जनाले एक अर्कोलाई हग गरे ।  

“म पनि खुशी छु तिम्रो लागि ।” जोनले भने ।  

“छिटो हल जानु । मलाई हतार भनिसक्यो ।”

अनि दुवै जना जय नेपाल हल पुगे । फिल्म सुरु भयो । अनु फिल्म हेर्दै खुशी भइन् तर उनीको खुशी धेरै समयसम्म रहेन । एक घण्टा ५६ मिनेटसम्म अनुको सिन आएन । जब आयो तब उनीले विश्वास गर्न सकेनन् । सिन नराम्रो थियो जुन उनीले गरेकी थिइनन् । उनीको साथ साथै जोन पनि छक्क परेका थिए । 

जब फिल्म सकियो उनी सुभासलाई भेट्न गइन् र भनिन्,“यो तपाईले के गर्नु भएको ? तपाईले मैले नगरेको सिन किन राखेको ?”

उनी मुस्कुराए र भने,“तिमी के गछौ ? तिमी मानेकी थिएनौ । त्यसैले मैले नक्कली भिडियो बनाए र फिल्ममा राखे । तिमी पुलिस स्टेशन गयौ भने तिमीले नपढीकन साईन गरेका थियौ ।” 

जोन आवेशमा आएका थिए र सुभाससँग झगडा गर्न खोज्दै थिए तर अनुले रोकिन् । अनि दुवै जना अनुको घर पुग्छन् । जोन रिसको मुडमा थिए र भने,“तिमीले मलाई किन रोकेको ? तिमीले मलाई नरोकेको भए म सुभासलाई मारिदिन्थे ।”

अनु मौन नै थिइन् । उनीलाई पनि रिस उठेको थियो तर मौन बस्न नै उचित सोचिन् । उनीले सही समयलाई कुर्ने योजनामा थिइन् ।

“जुरेल, तिमीलाई प्रमोसन गर्दै छौ । बधाई छ तिमीलाई ।” उनको बोसले भने । 

उनी आफ्नो प्रमोसनमा धेरै खुशी थिए । मेरिनालाई  बाहिर लिएर जान चाहन्थे । दुवै जना सहमर्की हुन् र मेरिनासँग पहिलो नजर माया बसेको थियो । उनीसँग केही त थियो जसले गर्दा जुरेल हर रोज फिदा भए । 

प्रमोसन भएको दिनको थियो । उनी मेरिनाको छेऊमा गए । उनी आफ्नो केबिनमा थिइन् र आफ्नो काम गर्दै थिइन् । त्यही क्रममा जुरेलले भने,“हेलो ।” 

“हाई ।” मेरिनाले जुरेललाई नहेरिकन भनिन् । 

“हाई ।” जुरेलले फेरि भने । 

“हाई ।” 

“कफी पिउन जाने हो कि ?” जुरेलले नर्भस हुँदै भने । 

मेरिनाले जुरेललाई हेरिन् र भनिन्,“तिमी कफी पिउन जान लागेको हो ?” 

“अनि मलाई किन सोधेको ?” 

“तपाई धेरै काम गर्नु हुन्छ । तपाईलाई ब्रेक चाहिन्छ । त्यसैले मसँग जानु हुन्छ कि भनेर सोधेको ।”

उनी मुस्कुराइन् र हुन्छ भनिन् । उनीले आफ्नो लापटप बन्द गरिन् । जुरेल खुशी भए तर आफ्नो खुशी देखाएनन् । 

दुवै जना नजिकको क्याफेमा गए र दुई कप कफीको साथ साथै मःम पनि अर्डर गरे । अनि दुवै जना मौन थिए । दुवै जना एक अर्को हेरे र मुस्कुराए मात्र । 

केही भेरपछि मौनता तोड्दै जुरेलले भने,“तापई कहाँ बस्नु हुन्छ ?” 

“पाटन ढोका र तपाई ?” 

“चावहिल ।”

त्यही क्रममा कफी आयो । कफी पिउँदै जुरेलले भने,“हामी एउटै अफिसमा भएर किन नबोलको होला ?” 

“तपाई सबैसँग बोल्नु भएको छ तर सिर्फ मसँग कात्र नबोलेको ।” 

“यसको अर्थ तपाई मलाई याद गर्दै हुनुथ्यो ।”

उनी मुस्कुराइन् । मेरिना मुस्कुराएको देखेर जुरेल पनि मुस्कुराए । यस भेटेपछि दुवै जनाको भेट निकै हुन थालेको थियो र दुवै जनाको प्रेम बस्न थालेका थियो । 

नितेश र विकु सेक्स र लागू पदार्थमा रमाएका थिए नितेशले लागू पदार्थ लिँदा आनन्द महशुस गर्थे । उनी लागू पदार्थ लिँदै थिए र त्यही क्रममा विकुले भने, “आज हाम्रो लागि एक काम छ ।” 

“कस्तो काम ?” 

“एक व्यक्तिलाई मार्नु छ ।” विकुले फोटो देखाए । 

“कहिले मार्नु पर्ने ?”नितेशले फोटो हेर्दै भने ।  

“भोलि बेलुकाको ९ः३० बजे, नमुना होटलमा । यो होटल धेरै भीड हुन्छ । मार्न सजिलो हुन्छ । त्यसको साथ साथै यो होटलमा यी व्यक्ति आइरहन्छ ।”

भोलिपल्ट दुई जना  नमुना होटलमा पुगे । दुवै जना ती व्यक्तिलाई खोज्दै थिए र रक्सी पिउँदै थिए । केही समयपछि ती व्यक्ति आए र नाच्न थाले । एक घण्टापछि ती व्यक्ति बाथरुम छिरे र नितेश र विकु उनलाई पिछा गरे । भित्र छिरे र ती व्यक्तिको नजिक गए । 

पछाडि फर्केर ती व्यक्तिले भने,“तिमीहरु को हौ ?”

“तेरो काल ।” नितेशले भने र ती व्यक्तिलाई मारे । मारिसकेपछि त्यस ठाउँबाट निस्के । उनीहरुले जसलाई मारेका थिए उनीको नाम थियो रामचन्द्र क्षेष्ठ थियो । उनी व्यापारी थिए । सुरुमा पैसा माग्दा दिएका थिएनन् । त्यसैले मारेका थिए । 

अनु र सुभास प्राय ः भेटिरहन्थे । सुभासदेखि आजित भएकी थिइन् तर आफ्नो प्रेमीलाई भन्न सकेकी थिइनन् । खासमा सुभासले अनुको फाइदा उठाएका थिए तर आफ्नो प्रेमीलाई यो कुरा व्यक्त गर्न सकेकी थिइनन् । यही कारणले अनु आजित भएकी थिइन् ।

बेलुकाका ९ः३० बजेको थियो । अनुले जोनलाई भेट्नु पर्ने थियो तर भेटिनन् । जोनले अनुलाई कुरेर बसेका थिए । जोन अचम्म परेका थिए किनकि अनुले कहिले यस्तो गरेकी थिइनन् । अनुलाई यस दिन धेरै चोटि फोन गरे तर फोन अफ थियो । उनले धेरै ठाउँ  खोजे तर कहि भेटेनन् र अन्तमा सुभासको घर पुगे । उनले अगाडिबाट नगइकन पछाडिबाट गए र माथिको तल्लामा पुगे । झ्यालबाट हेरे र छक्क परे र विश्वास गर्न सकेनन् । सुभास र अनुलाई एउटै बेडमा देखे । यही कारणले उनले आत्महत्या गरे । अनुलाई केही भन्न जरुरी सोचेनन् । उनले जरुर भवनबाट हाम पाले र आत्महत्या गर्ने प्रयास गरे तर असफल भए र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएको भोलिपल्टको कुरा हो । साथीहरु भेट्न गएका थिए । अनु उनको छेऊमा गइन् । जब जोनले अनुलाई देखे मन अशान्त भएर हेर्न रुचाएनन् । अनु चाँहि मौन थिइन् र उनलाई हेरिरहेकी थिइन् । जोन नबोलेको देखेर अनुले भनिन्, “तिमी मसँग किन नबोलेको ? किन मौन छौ ?” 

“अनु, तिमीले यो के गरौ ? तिमीले मेरो माया प्रति विश्वास घात गरौ । तिमीले आफ्नो सपना पूरा गर्ने क्रममा सिमा नाध्यौ । तिमी निर्देशकसँग सुत्यौ ? तिमीले यो के गरौ ? मेरो मायामा के कमी थियो ?मलाई किन केही नभनेको ? म मन पर्न छोडेको थियो भने, मसँग किन बसेको ?”

अनु भावुक भइन् र उनको आँखामा आँसु थियो । उनीसँग बोल्नको लागि केही शब्द थिएनन् । उनीले आफ्नो मनको कुरा व्यक्त गर्न सकिनन् । जोनलाई भन्न सकिनन् कि सुभासबाट उनी पिडित भइन् र सुभासको जालबाट निस्कन सकिनन् । केही नभनिकन अस्पतालबाट निस्किन् ।

जब उनी बाहिर आइन्, उनीले मिडियालाई देखिन् जसले उनीलाई कुरेर बसेका थिएन र उनी बाहिर आउने बित्तिकै प्रश्न गरे,“तपाई कसलाई भेट्न आउनु भएको हो र उहाँले किन आत्महत्या गर्नु भएको हो ?”

अनुले पछाडि फर्किन् र भनिन्,“उनी मेरा प्रेमी हुन् । मेरो कारणले उनले आत्महत्या गरेका हुन् । उनले मलाई माया गर्थे र मलाई हरफ साथ दिए तर मैले उनलाई धोका दिए जसको कारण म माफीको लायक छैन ।” यति भनेर उनी त्यहाँबाट निस्किन् । 

नितेश र विकु एक अपरिचित ठाउँमा थिए । लागू औषधी बेच्दै थिए र आफू पनि लागू पदार्थमा हराएका थिए । त्यही क्रममा पुलिस आए । पुलिस आएको थाहा पाएपछि उनीहरुको साथीहरु त्यस ठाउँबाट परार भए भने नितेश र विकुलाई पुलिसले समाते । 

उनीहरु जेलमा थिए तर उनीहरुको समूहले बचाउन आएनन् । जुरेलले बचाए । जेलबाट निकाले र सुधार केन्द«मा राखिदिए र भने,“तिमीहरु अब सुर्धिएर राम्रो बाटो लाग । तिमीहरुले जे गरौ, त्यो राम्रो थिएन । तिमीहरुले जसलाई मारौ, तिनीहरु फर्किने छैनन् तर अब राम्रो बनाऊ । अब राम्रो सानो काम गरेर बस । तिमीहरुले दोस्रो मौका पाउँदै छौ जुन सबैले पाउँदैनन् ।” अनि जुरेल त्यस ठाउँबाट निस्के । 

.....................................................................................................................................................................

“अनि यो कथामा भगवान् खई ? कसरी बचाए त ?”

प्रिंयका मुस्कुराइन् र भनिन्,“यो कथामा तपाईले भगवान्लाई भेट्नु भएन ?” 

“अहँ ।”

“जोन बाँचे । भगवान्ले उनलाइृ बचाएका थिए । पछि अनुले आफ्नो कुराहरु व्यक्त गरिन् र जोनले माफ गरे । अनुले फिल्म क्षेत्र छोडिन् र दुवै जनाले विवाह गरे र कृषि गर्न थाले । 

नितेश र विकु बैकमा काम गर्न थाले । भगवान्ले दुवै जनालाई दोस्रो मौका दिएका थिए । दुवै जनाले मारिएका परिवारहरुसँग माफी मागे र सहयोग गर्न थालेका थिए । 

अर्कोतिर जुरेलले मेरिनालाई प्रेम प्रस्ताव राखे र दुवै जनाको विवाह गरे । त्यसैले भगवान् सबैतिर छन् । सबैलाई भगवान्ले बचाएका छन् । भगवान्ले सबैलाई दोस्रो मौका दिँदैनन् । जिन्दगी कस्तो बनाउने आफैमा भरपर्छ । राम्रो वा नराम्रो आफूमा भरपर्छ ।” 

फाइन्टको ट्रान्जिक सकियो र दुवै जना प्लेन चढे । त्यही क्रममा अमितले भने,“मलाई तपाईको कथा मनपयो र कथा छाप्छु । यो बेग्लै कथा छ जसमा सन्देश छ । सोचेका थिए कि म दोस्रो उपन्यास लेख्दिन तर तपाईले सुनाएको कथा छाप्न मन लाग्यो । लेखिसकेपछि म तपाईलाई जरुर देखाउछु । धन्यवाद ।”

दुवै जना मुस्कुराए र कुरा गर्न जारी गरे । 


Comments

Popular Posts