जिन्दगीको मोड


“रश्मी, म तिमीलाई मन पराउछु । म तिमीसँग विवाह गर्न चाहन्छु ।” विकासले भने ।

“यो तिमी के भन्दै छौ ?” रश्मीले भनिन् ।

“हो, म तिमीलाई मन पराउछु ।”

वातावरणमा मौनता छाएको थियो । विकास र रश्मी नयाँ सडकको तिवारी ब्रदर्शमा थिए । दुवै जनाले एक अर्कोलाई हेर्दै थिए । मौनता तोड्दै रश्मीले भनिन्,“विकास, तिमी मेरो मिल्ने साथी हौ । हामीले एक अर्कोलाई बच्चैदेखि चिन्छौ  । तिमी राम्रो मान्छे हौ तर म तिमीसँग बिहे गर्न सक्दिन ।”

“तिमी मसँग किन बिहे गर्न चाहदैनौ ?”

“तिम्रो आफ्नो परिचय छैन । तिमीले मास्टस् सकेको धेरै वर्ष भइसकेको छ । तिमी केही गर्दैनौ । जागिरको लागि पनि अपलाइ गर्दैनौ । हरपल तिमी धुमेर मात्र बस्छौ । सधैभरि डुलि बस्ने मात्र ? यदी मैले तिमीसँग बिहे गरे भने,मानिसहरुले तिम्रो श्रीमान् के गर्छ भन्दा म के जवाफ दिनु ? मेरो श्रीमान् डुलि बस्छ भन्नु । तिमीले पनि आफ्नो भविष्य बारे पनि सोच्नुपर्छ । खालि डुलेर मात्र हुँदैन । तिमी कतिजेल आफ्नो अभिभावकको पैसामा डुल्छौ ?”

केही समयपछि रश्मीले फेरि भनिन्,“मेरो हुनेवाला श्रीमान्को आफ्नो परिचय होस् । राम्रो ठाउँमा उनको काम होस् । मलाई हरपल साथ दियोस् र माया पनि गरोस् । मलाई काम गर्न नरोकोस् ।”

विकास मौन नै रहे । रश्मीले उनलाई केही पल हेरिन् र त्यस ठाउँबाट निस्किन् । विकासको भाव नै परिवर्तन भइसकेको थियो । विकास धेरै समयसम्म तिवारी ब्रदर्शमा बसिरहे र उनले रश्मी गएको हेरिरहे ।


विकास र रश्मीको भेट नभएको एक महिनाभन्दा धेर भएको थियो । तिवारी ब्रदर्शमा भेट भएपछि विकासले रश्मीलाई फोन गर्न र भेट्न आँट गरेनन् । हुन पनि विकासले आफ्नो जिवनमा त्यति केही गरेका थिएनन् । मास्टस् डिग्री पनि ढिलै गरे । जागिर नगरेका पनि होइनन् तर धेरै दिनसम्म बस्न सकेका थिएनन् । एक वा दुई हप्तासम्म गर्थे तर त्यसपछि छोड्थे । लामो समयसम्म काम गर्न रुचाउदैन थिए । उनलाई के चाहिएका थियो उनलाई के चाहिएको थियो उनलाई थाहा छैन र काम गर्दै छोड्थे । यही कारणले रश्मीले विवाह गर्न नरुचाएकी हुन् । परिवारले धेरै चोटि सम्झाएका थिए कि आफ्नो जागिर राम्रोसँग गर्न तर सकेनन् र पछि वाक दिक्क भएर सम्झाउन छोडेका थिए ।


रश्मीको काम गर्ने लक्ष्मी बैककाके कार्यक्रम थियो । कार्यक्रम लिथर सिपको बारेमा थियो । यही कार्यक्रमको लागि भनि विक्रम शाही आउँदै थिए । विक्रम शाही लिथर सिप अफिसमा काम गर्थे । उनको अफिस एक चर्चित अफिस थियो । कार्यक्रम दुई बजे सुरु हुने थियो । सबै जना तयार गर्दै थिए । तयार भइसक्ने बित्तिकै विक्रम आइपुगे । कार्यक्रम अफिसमै गरिएको थियो । सबै जना मिटिङ्ग हलमा आइपुगे ।

विशाल सरले सबैलाई स्वागत गर्नुभयो । सरले स्वागत गरिसकेपछि सरले विक्रमलाई बोलाउनुभयो । विक्रम अगाडि आए । रश्मीले उसलाई हेरिरहेकी थिइन् । विक्रम अग्ला थिए । दाढी हल्ला पालेका थिए जुन उनलाई सुहाएको थियो । विक्रम पर्मल लुगामा थिए । उनीले के बोल्दै थिए, रश्मीलाई नै थाहा भएन । रश्मी उनकै ध्यानमा थिइन् । उनको आवाजमा दम थियो । कार्यत्रम सकिएपछि, रश्मीले विक्रमको भिटिङ्ग कार्ड मागिन् र उनले दिए ।

रश्मीसँग विक्रमको फोन नम्बर त थियो तर फोन गर्ने आँट गरिनन् । फेसबुकमा खोजिन् तर प्रेन्ड् रिक्वेस्ट् पठाउन सकिनन् । उनलाई विक्रमकको व्यक्तित्वले नै तानेको थिाये । विक्रमको आवाजले पनि तानेको थियो । रश्मीले विक्रमकै बारेमा सोच्दै थिइन् । सुरुमा सोचिन् कि यो माया होइन, सिर्फ आकर्षक हो ।


विक्रमको पहिलो भेटपछि एक महिनापछि फेरि रश्मी र विक्रमको भेट भयो । दुवै जनाले एक अर्कोसँग राम्रोसँग कुरा गर्ने मौका पाए । यस भेटपछि दुई जनाको भेट धेरै हुन थालेका थिए ।

दुवै जनाले एक अर्कोलाई केही महिनापछि एक क्याफेमा दुवै जनाको भेट भयो र कट्टी रोल, कफी र मःम अर्डर गर्छन् । अर्डर गरिसकेपछि रश्मीले भनिन्,“तिमीले मलाई अचानक बोलाउनुको कारण ?”

“खासमा भन्ने हो भने, मैले तिमीलाई बिहे गर्न चाहन्छु ।”

रश्मी अचम्मित भएकी थिइन् । विक्रमले प्रेम प्रस्ताव राख्दा पनि त्यस्तो अरु मानिसहरुले गर्ने तरिकाले गरेन् र अहिले विवाह प्रस्ताव राख्दा पनि त्यस्तो  केही गरेनन् । अरु केटाहरु भएको भने केही नयाँ तरिकाले विवाह प्रस्ताव राख्थे । उनलाई अनौठो पाराले हेरिन् । विक्रम जवाफलाई कुरेर बसेका थिए । विक्रमले हेरेका थिए ।
केही समयपछि विक्रमले मौनता तोड्दै भने,“मलाई जवाफ किन नदिएको ? के भयो तिमीलाई ?”

“केही भएको छैन । म तिमीसँग विवाह गर्न सहमत छु ।”

उनी खुशी भए । खाइसकेपछि दुवै जना क्याफेबाट  निस्के ।



“हे ।” विकासले भने ।

रश्मीले पछाडि फर्किन् । दुवै जनाको भेट नयाँ सडकको सपिङ्ग मलमा हुन्छ ।

“हे ।” रश्मीले भनिन् ।

“तिमी यहाँ ?”विकासले भने ।

“सपिङ्ग गर्न आएको हुँ । अनि तिमी के गर्दै छौ ?”

“म अहिले एएमबी बैकमा छु ।”

“हो ?”यही क्रममा रश्मीको फोनको घण्टी बज्छ । उनीले एक पलको लागि फोन हेरिन् । विक्रमले गरेका थिए । सुरुमा त उठाइनन् तर दोस्रो पटकमा उठाइन् । फोनमा उनीले केही बोलेकी थिइनन् तर उनको भावमा परिवर्तन भएको थियो ।

फोन राखिसकेपछि विकासले भने,“के भयो तिमीलाई ?”

“केही होइन । अब जान्छु ।”

“हुन्छ । पछि हामी भेटौ न । मलाई तिम्रो नम्बर दिछौ कि ?”

“हुन्छ ।” दुवै जनाले एक अर्कोलाई आफ्नो नम्बर दिन्छन् । अनि दुवै जना आ—आ आफ्नो बाटो लाग्छन् ।


शनिबारको दिन थियो । विक्रम र रश्मी क्याफेमा थिए । दिउँसोको दुई बजेको थियो । केही क्षणपछिको कुरा हो, विक्रमले मौनता तोड्दै भने, “मैले तिम्रो बारेमा घरमा भनिसकेको छु । अर्को हप्ता आमा र म तिम्रो घर आउँदै छौ ।”

रश्मी धेरै खुशी भइन् । अनि भन्छन्,“अनि कति बजेतिर आउछौ त ?”

“दिउँसोको २ः०० बजे आउँछौ ।”

“हुन्छ ।”

“अनि तिमी के खान्छौ ?”

“जे भए पनि हुन्छ ।”

विक्रमले चिकेन मःम र कफी अर्डर गर्छन् । दुवै जना गफ गर्न थाल्छन् ।

रश्मीले घरमा विक्रमको बारेमा व्यक्त गरेकी थिइन् । रश्मीको बुवा आमा खुशी हुनुभएको थियो र विक्रम शाहीलाई भेट्न आतुर हुनुहुन्थ्यो ।

अर्को हप्ताको शनिबारको दिन थियो । रश्मीले नास्ता बनाइन् । बुवा आमा घरमै हुनुहुन्थ्यो । रश्मीको नजर हर पल घडीमै थियो । दिउँसोको २ बज्न ५ मिनेट  बाँकी नै थियो र रश्मीको मन धडरकीन थालेको थियो । २ः०० बज्यो र उनको आँखा ढोकामा थियो र कोठाको घडी बज्यो । आमाले ढोका खोल्नुपयो । विक्रमको परिवार आउनुभएको थियो । रश्मी एक कुनाबाट विक्रमलाई हेरिन् र मुस्कुराइन् तर उनले हेरे मात्र । रश्मीको बुवा आमा, विक्रम र विक्रमको आमा सोफामा बस्नु भयो । बसिसकेपछि केही समयपछि दुवै जना कुरा गर्न थाल्नु भयो । रश्मीले राम्ररी सुनिनन् तर खास खुस आवाज आयो । केही बेरपछि चिया सहित खाजा लिएर बैठक कोठामा आइन् । अनि आमाले बस्न आग्रह गर्नुभयो र बसिन् । 

चिया पिउँदै विक्रमको आमाले भन्नुभयो, “हामीलाई रश्मी मन पयो । मेरो छोराले जस्तो तारिफ गरेको थियो त्यस्तै रहेछिन् । जति छिटो हुन्छ, विवाह मिति निकाल्नु पर्छ ।”

रश्मीका बुवा आमा खुशी हुँदै भन्नुभयो,“हुन्छ । तपाईहरुलाई जुन महिना शुभ हुन्छ, त्यही महिना गर्न तयार छौ ।”

“हामी पण्डितलाई चिना देखाउछौ, अनि मिति तय भएपछि हामी तपाईलाई खबर गछौ ।”
बुवा आमाले हुन्छ  भन्नुभयो । चिया नास्ता खाइसकेपछि विक्रम र उनकी आमाले बिदा मागेर जानुभयो । रश्मीको बुवाआमा विक्रमलाई भेटिसकेपछि खुशी हुनुभएको थियो तर रश्मी किन यस भेटपछि रश्मी खुशी हुन सकिनन् । मन बेचेन भयो ।


दुई दिनपछिको कुरा हो । विक्रमले रश्मीलाई फोन गरेर बोलाए । रश्मी आफ्नो काम सकेर विक्रमलाई भेट्न क्याफे गरिन् । उनी १० मिनेट ढिलो पुगिन् । रश्मीलाई थाहा थियो कि विक्रमलाई ढिलो आएको मन पर्दैन थियो । रश्मी पुग्दा विक्रम कफी पिउँदै थिए । रश्मी उनको नजिक गइन् । नजिक गइसकेपछि उनीले भनिन्, “नाई एम सरी ।”

“खासमा मैले मैले तिमीलाई केही भन्नु छ ।”

“भन न ।”

“हाम्रो विवाह भइसकेपछि म चाहन्छु कि तिमी जागिर छोड्नु ।”

“हाट् ?” रश्मीले अचम्मित हुँदै भनिन् ।
वातावरणमा मौनता छाएको थियो । दुवै जनाले एक अर्कोलाई हेर्छन् । केही बेरपछि मौनता तोड्दै, रश्मीले भनिन्,“तिमी यो भन्दै छौ ? म जागिर गर्न चाहन्छु । मेरो पनि परिचान होस् भन्ने छ । म तिमीमा निर्भर हुन सक्दिन ।”

“तिमीले जागिर गर्नु पर्दैन । म छँदै छु । तिमी घर समाल ।”

“तिमी यो के भन्दै छौ ? मैले सोचे कि तिमीले मलाई सपोट गछौ र तिमी हरेक पल मेरो साथ दिन्छौ ।”

“म चाहन्छु कि जसरी मेरी आमाले मलाई सम्हालन भयो, तिमीले मलाई सम्हाल ।”

“विक्रम, म जागिर छोड्न सक्दिन ।”

“कि जागिर छोड कि मलाई ।”

वातावरणमा फेरि मौनता छायो । दुवै जनाको आँखा जुध्दो । केही पलपछि विक्रम बोल्न खोज्दै थिए तर रश्मीले केही नभइकन क्पाफेबाट निस्किन्। रश्मीको चित्त दुखेको थियो । त्यसको साथ साथै रिस पनि उठेको थियो ।
त्यस भेटपछि दुई जनाको बोल चाल बन्द भएको थियो । विक्रमले न त फोन गर्न जरुरत सोचिनन् । रश्मीले पनि फोन गर्न जरुरत सोचिनन् । उनीले फोन नगरेकी होइनन् तर विक्रमको रिस धेरै नै थियो ।

यही क्रममा उनी विकाससँग नजिक हुँदै गएकी थिइन् । आफ्नो दुःख पोग्ने साथी विकास मात्र भएका थिए ।
एक दिन दुवै जना क्याफेमा भेटे । रश्मीको अनुहार निराश थियो । यही क्रममा विकासले भने,“तिमीलाई के भयो ? तिमी त निराश देखिन्छौ ।”

“म के भनू विकास ? म वाक्क दिक्क भएको छु ।”

“तिमीलाई के भयो भन न ?”

“म विक्रमदेखि वाक्क दिक्क भएको छु ।”

“विक्रमले के गरे र ?”

“उसलाई जे कुरामा पनि समस्या छ । म केटा साथीहरुसँग बोल्नु हुँदैन । विवाहपछि जागिर नगर्नु रे । उसलाई मैले जागिर गरेको मन परेको छैन । हरेक कुरामा रोक तोक छ ।”

वातावरणमा मौनता छा¥यो । विकासले रमीलाई हेरिरहेका थिए । मौनता छोड्दै उनले भने,“अनि यस्तो व्यक्तिसँग विवाह गछौ त ? म विक्रमको ठाउँमा भएको भए, तिमीलाई जागिर गर्न दिन्थे । तिम्रो खुशीको लागि जे पनि गर्थे ।”

“मलाई नै थाहा छैन कि म के गँरु ?”

“एक पटक आफ्नो आँखा चिम्म गर र आफ्नो मनले जे भन्छ, त्यही गर ।”

उनले टाउको हल्लाईन् । विकासलाई थाहा छ कि रश्मीले विकासलाई साथीको रुपमा लिन्छिन् र प्रेम गर्न सक्दिनन् ।


विक्रमको आमा र रश्मीको बुवा आमासँग भेट भएपछिको कुरा हो । दुई हप्तापछिको कुरा हो । विक्रमको आमाले पण्डितजीलाई फोन गर्नुभयो र भन्नुभयो,“हजुर । म विक्रमको आमा बोल्दै छु ।”

“हजुर । म तपाईकोमा भोलि आउछु ।”

“चिनाको बारेमा कुरा गर्नु थियो ।”

“त्यसैको बारेमा लागि भोलि गर्नु थियो ।”

“हुन्छ ।” अनि विक्रमको आमाले फोन राखिन् ।

भोलिपल्टको कुरा हो । घडीको सुइराले दिउँसो ३ः०० बजेको थियो । यही क्रममा विक्रमको घरको ढोकाको घण्टी बज्यो र विक्रमको आमाले ढोका खोल्न जानुभयो । ढोका खोल्दा पण्डितजी आउनुभएको रहेछ ।

विक्रमको आमाले पण्डितजीलाई भित्र आउन आग्रह गर्नुभयो । दुवै जना सोफामा बस्नुभयो । वातावरण केही समयको लागि मौनता छायो । केही बेरपछि, पण्डितजीले भन्नुभयो,“खासमा विक्रमको र रश्मीको विवाह हुन सक्दैन ।”

“हँ ।” विक्रमको आमा अचम्मित हुँदै भन्नुभयो ।

“हो । म सही भन्दै छु । दुवै जनाको विवाह भए छ भने, नराम्रो हुने छ । केही समयसम्म मात्र टिक्छ तर पछि छुट्टीने धेरै सम्भावना छ । दुवै जनाको विवाह तीन महिनाभन्दा अगाडि जादैन । पाठ पुजा गरे पनि यो विवाह नराम्रो भएरै छाड्छ ।”

वातावरणमा मौनता छायो । आमा चिन्तित हुनुभयो । पण्डितजीले विक्रमलाई निहालेर हेर्दै थिए र मौनता तोड्दै भने,“ तपाईले चिन्ता लिनु हुन्छ भनेर मौन बसे । मैले धेरै चोटि दुवै जनाको चिना हेरे तर दुवैको विवाह मेल छैन । तपाई चिन्तित नहुनुहोस् । विवाह भएर सम्बन्ध बिग्रिनुभन्दा नभएकै राम्रो ।”

“केही गर्न मिल्दैन ?”

“गरे पनि सम्भव छैन ।”

“अब के गर्ने ?”

“अरु केटी खोज्नुहोस् । रश्मी र विकास एक अर्कोलाई बनेकै होइन । म अहिलेको लागि जान्छु । हस् त नमस्ते ।”
पण्डितजी निस्किछन् । विक्रमको आमाले रश्मीको घरमा फोन गरेर सबै कुरा व्यक्त गर्छिन् । रश्मीको आमा पनि अचम्म परिन् । रश्मीलाई कसरी व्यक्त गरुँ भएको थियो तर पनि भन्नु थियो । जब रश्मीले थाहा पाइन्, उनीको भावनै बेग्लै थियो । उनी अलममा थिइन् । उनी विक्रमलाई माया गर्छिन् वा गर्दिनन्मा अलमलिएकी थिइन् । उनीलाई थाहा छैन कि उनी विक्रम प्रति आकर्षक मात्र थियो ।


विकास र रश्मी एक क्याफेमा थिए । रश्मी निराश भएको देखेर विकासले भने,“तिमी किन निराश भएको ?”
रश्मीले सबै कुरा व्यक्त गरिन् । रश्मीको कुरा सुनिसकेपछि विकासले भने,“अब तिमी के गछौ, रश्मी ?”
“म आफ्नो जिन्दगीमा फोकस गर्छु ।”

वातावरणमा सुन्नता आएको छाएको थियो । विकासले रश्मीलाई हेरिरहेका थिए । केही समयपछि मौनता तोड्दै विकासले भने,“तिमीलाई केही भन्नु छ ।”

“भन न ।”

“म अहिल पनि तिमीलाई मन पराउछु । म तिमीसँग विवाह गर्न चाहन्छु ।”

रश्मीले केही बेर मौन रहिन् । विकासलाई हेरिन् । मौनता तोड्दै भनिन्, “हेर विकास, मैले अहिलेसम्म तिमीलाई त्यस्तो नजरले अहिलेसम्म हेरेको छैन । तिमी मेरो मिल्ने साथी मात्र होऊ । म तिमीलाई विश्वास गर्छु तर विवाह गर्न चाहन्न ।”

वातावरणमा फेरि मौनता छायो । दुवै जनाले एक अर्कोलाई हेर्छन् । मौनता तोड्दै रश्मीले फेरि भनिन्,“अब म कसैलाई माया र विश्वास गर्न सक्दिन । विक्रमसँग हुँदा लाग्थ्यो कि हामी दुवै जनाले एक अर्कोलाई माया गरेका थियौ । मैले सोच्थे कि विक्रम मेरो लायक हुन् तर म भ्रममा थिए । विक्रमले सिर्फ आफ्नो ईगो र कामलाई माया गर्थे । अहिले पनि गर्छन् । उनीसँग सम्बन्ध छुटेपछि, म कसैलाई भरोसा गर्न चाहन्न । म आफ्नो जिन्दगीमा खुशी छु । म विवाहको बारेमा सोच्न चाहन्न । अब यस विषयमा तिमी कुरा नगर ।”

विकास केही भन्न खोज्दै थिए, रश्मी त्यस क्याफेबाट निस्किन् । विकासले जिन्दगीमा रश्मीलाई मात्र माया गर्थे । रश्मी बाहेक अरु कसैलाई माया गरेका थिएनन् र कहिले पनि रश्मी बाहेक उसलाई गर्ने छैनन् । 


Comments

Popular Posts