लेखकको कहानी


“रोहित, तिमीलाई के भएको छ ? तिमी पहिल धेरै लेख्थ्यौ तर आजकाल तिमीले लेख्न छोड्यौ ? के भयो तिमीलाई ? तिमीले तीन ओटा कथाहरु लेख्न थालेका थियौ तर ती पनि लेख्न छोड्यौ । किन आफ्नो हालत यस्तो बनायौ ?” विक्रमले भने ।

मैले केही बोलिन । म मौन ने थिए । मैले विक्रमसँग अाँखा मिलाउन सकेको थिइन । म मौन भनेको देखेर विक्रमले फेरि भने, “तिमी किन आफूलाई तकलीफ दिन्छौ ? यदी तिम्रा दुईवटा किताबहरु चलेन न त के भयो त ? अर्को लेख्न सुरु गर । किन लेख्न बन्द गछौ ? तिमी किन बुझ्दैनौ कि असफलताले नै सफलता देखाउछ । एक पटक फरक लेख्ने कोसिस गर । यस पालि तिमी सफल हुन्छौ कि ।”

“तिमीलाई थाहा नै छ कि दुईवटा उपन्यास चलेनन् । यो कुराले त म अपसोस् नै थिए । त्यसभन्दा पनि मेरी प्रेमीकाले छोडेपछि म उदास भए । उनीले मलाई असफल प्रेमी र लेखक सोचिन् र मलाई छोडेर गइन् । मेरो साथ दिनु त कहाँ हो कहाँ, मेरो साथ छाडेर गइन् । यही कारणले म हरपल उदास हुन थाले । उनी मेरो आशा थिइन् तर अन्तिम समयमा आएन मलाई छोडेर अर्कोसँग बिहे गरिन् ।”

म अगाडि बोल्न सकिन । विक्रमले मलाई ध्यान दिएर हेर्दै थिए । विक्रमले यसपछि भने,“तिमी आफ्नो डिप्रेसनबाट निस्क । तिमी रिस गर र लेख्न थाल । तिमीले धेरै राम्रो लेख्न सक्छौ । तिमी अगाडि बढ । म तिमीलाई यी कुराहरु प्रकाशकको नातालेभन्दा साथीको नाताले भन्दै छु ।”

म केही नभनिकन विक्रमको अफिसबाट निस्के । जब म घर पुगे, विक्रमको कुराले मलाई तानिरह्यो । त्यसैले मैले आफ्नो किस्मत बदलिन काठमाडौबाट पोखरा गरे । फेवा तालको छेऊमा भएको लकेजमा गए । अगाडिको गेट खुलै थियो र म मित्र छिरे । मित्र छिरे तर मैले कसैलाई देखिन । मैले यता उता हेरे तर कसैलाई देखिन । दायाँ छेउमा एउटा ठूलो टेबुल थियो र बायाँमा राक थियो । बीचमा ठूलो सिडी थियो । मलाई यो लकेज विचित्रको लागेको थियो । यता उता हेरिसकेपछि म बोले, “हेलो ? हेलो ? कोही हुनु छ ?”

कोहाी पनि बोलेनन् । म फेरि दायाँ छेऊमा टेबुलको साथ साथै कुर्सीहरु पनि थियो । अनि म कुर्सीमा बसे । पन्ध मिनेट पछि एक युवतीलाई तल झर्दै गरेको देखे । म उनीलाई हेरेको हेरै भए । हुन त उनीले साझा नीलो टि–सर्ट र कालो पाइन्ट लगाएकी थिइन् उनीलाई राम्री देखेको थियो । जब उनी उनी मेरो नजिक आइन्, उनीको अनुार उदास देखे । यसको लाग्थ्यो कि उनीको जिन्दगीमा केही नराम्रो भएको थियो । उनी नजिक आइन् र भनिन्, “म तपाईको केही सहयोग गर्न सक्छु ?”

“मलाई एउटा कोठा चाहेको छ ।”
“हुन्छ ।”

उनीले मलाई कोठाको सांचो दिइन् । कोठाको नम्बर २०४ थियो । कोठा ठीठको थियो । कोठा मेरो लागि ठीक थियो । कोठाममा दुईवटा झ्याल थियो । झ्यालको छेउमा एउटा सानो खाट थियो र खाटको छेउमा एउटा टेबुल थियो । टेबुलमा भेसल राखिएको थियो । भितामा दुईवटा रङ्ग लाइरहेको थियो ः एउटा निलो र अर्को हरियो थियो ।

मैले निहालेर हेर्दै थिए, त्यही क्रममा उनीले भनिन्, “यदी तपाईलाई केही सहयोग चाहिन्छ भने मलाई भन्नू होला ।”
“हुन्छ । मलाई एउटा सहयोग गर्ने सक्नु हुन्छ ?”
“के कुा हो ?”
“के कुरा होला ?”
“म यो ठाउँमा नयाँ हो । त्यसैले मलाई यो ठाउँ घुमाई दिनु हुन्छ ?”

उनीले ईशाराले हुन्छ भनिन् । भोलिपल्ट हामी पोखरा घुम्न गयौ । उनीले मलाई घुमाउदै थिइन् तर मेरो ध्यान चाँहि उनी तिर थियो । उनीलाई हेर्दा लाग्छ उनीलाई केही पीडा छ । लाग्छ उनीको र मेरो पीडा एउटै हो । उनी र म एउटै पीडाबाट गुज्जेका छौ जस्तो लाग्छ । जब म उनीलाई देख्छु मलाई के हुन्छ थाहा छैन । दुईमा के भयो थाहा छैन । म किन उनीतिर ध्यान दिँदै छु थाहा छैन ।

एक दिन उनीले मलाई पोखरा घुमाउदै थिइन्  र मैले सोधे, “तपाईको सुन्दर नाम के होला?”
”कविता क्षेष्ठ ।” उनीले मुस्कुराए जस्तो गरिन् ।

मैले यो नाम सुनेको थिए तर कहाँ ?मैले धेरै सम्झन खोजे तर सकिन । मैले धेरै चोटि दिमाग घुमाए तर नाम सम्झिन सकिन । पछि मैले वास्ता गरिन  र मैले भने, “मेरो नाम चाँहि रोहित शर्मा हो । म लेखक हुँ । म यहाँ कथा खोज्न आएको हुँ ।”

उनी मौन भइन् र अगाडि हिडिन् । म कविताको पछाडि गए । डेविस् फ्लस् र पोखराको अन्य ठाउँ देखाइन् । पोखराको साथ साथै मलाई कविता मन पर्ने थालेको थियो । यो ठाउँ आए पछि ममा परिवर्तन आइसकेको थियो ।



म आफ्नो कथाको लागि सोच्दै थिए, त्यही क्रममा दिमागमा कविताको बारे सोचे । अनि मैले गुगलमा खोजे । गुगलमा जे भेटे, मैले पताउन सकिन । अनि म आफ्नो कोठाबाट निस्के र म कविताको कोठामा गए । म उनीको कोठाको ढोका ढकढक्याउन लागेको थिए तर ढकढक्याइन किनकि रातिको १०ः३० बजिसकेको थियो । त्यसैले म आफ्नो कोठामा गए ।

भोलिपल्ट, ८ः३० बजेको थियो । कविता किचेनमा चिया बनाउदै थिइन् । म बोल्यौ कि नबोल्यौ भयो । म कविताको पछाडि थिए र यही क्रममा उनी पछाडि फर्किन् । मलाई देखेर उनी के बोल्यौ बोल्यौ भन्यो । अनि एक छिनपछि मलाई चिया दिँदै भनिन्, “तपाईको चिया ।”

“धन्यवाद, कविताजी । सुन्नुहोस् त तपाईसँग केही भन्नु छ ।”

अनि मैले गुगलमा भेटेको सबै जानकारी भने उनी चिया पिउँदै गरेको कप टेबुलमा राखिन् । उनीलाई सबै कुराहरु भन्दा उनी मौन रहिन् । अनि आफ्नो कोठामा गइन् । उनी गइसकेपछि मलाई नराम्रो लाग्यो । मैले किन भने जस्तो भयो ।

एक हप्ताभन्दा धेरै भइसकेको हाम्रो बोलचाल नभएको । म कवितासँग कुरा गर्ने खोजेको थिए तर सकेको थिइन । मैले सही समय कुरेको भए हुन्थ्यो । जब कुरा निकाले, तब उनीको अनुहारमा अर्काे भाव थियो । यसो लाग्थ्यो कि उनीले केही लुकाइरहेकी थिइन् ।


बेलुकातिरको समय थियो । म बेचमा बसिरहेको थिए । यही क्रममा कविताले एक कप चिया ल्याइन् र भनिन्, “तपाईको लागि चिया ।”

मैले कवितालाई हेरे र चिया लिए । उनी पनि बेचमा बसिन्  र सूर्य उदाएको हेर्दै थिइन् । मैले कविता हेर्दै भने, “मलाई माफ गरिदिनु । मैले तपाईको चित्त दुखाए । सुरुमा सोचेको थिए मैले पढेको कुराहरु सबै गलत होलान् तर पछि सत्य जस्तो लाग्यो । मलाई जान्न मन लाग्यो सत्य के हो भनेर ।”

जब म कवितासँग कुरा गर्दै थिए, कविताको आँखामा आँसुले भरिएको थियो । उनी बेचबाट उठिन् र सूर्य सूर्यास्त हेर्न थालिन् । सूर्य सूर्यास्त हेर्दै भनिन्,“तिमीलाई थाहा छैन रोहित मेरो जिन्दगी सूर्यास्त झै छ । मेरो जिन्दगीमा पनि अन्धकार छ । सूर्योदय हुन्छ र नयाँ उमंग लेर आउन र मेरो जिन्दगीमा चै सूर्यास्त भए झै ।

तिमीले मेरो बारेमा जे कुरा थाहा पायौ, ती मध्ये आधा सत्य हो र आधा झूटो हो । मनिसहरुले सोच्थे कि मैले पैसाको लागि धनी मान्छेलाई बिहे गरे जुन कुरा झुटो हो । मैले आफ्नो पतिलाई धेरै माया गर्थे तर मेरो पतिले मेरो दिल र भरोसा ने तोडे ।”

“मैले तिम्रो कुरा बुझ्नि ।”

“सन् २०१० को कुरा हो । म जागिर खोज्दै थिए । खासमा मलाई मोडेलिङ्गमा चासो थियो । त्यसैले मैले मोडेलिङ्गमा प्रयास गर्दै थिए । प्रयास गरे अनुसार मैले कही पाइन तर मैले हार मानिन । मेरो सपना पूरा गर्न म धेरै मिहिनेत गर्दै थिए । धेरै मिहिनेत गरेपछि, एक ठाउँमा मलाई बोलायो । यो सन् २०१२ को कुरा हो । म अन्तर्वार्ताको लागि कुरेर बसेको थिए । २० मिनेटपछि मलाई अन्तर्वार्ताको लागि बोलाइयो । म कोठामा गए । एउटा केटा मान्छे थिए । उसले मेरो सिवि हेर्दै थिए । म यही क्रममा बोले, ‘म भित्र आउन सक्छु ?’
‘हुन्छ ।’

मेरै सिविमा केन्दि«त थिए । म कुर्सीमा बस्न गए । अनि उसले फाइल बन्द गरे र मलाई हेर्दै भने,‘तपाईले पत्रकारितामा स्नातरक गर्नु भएको रहेछ ।’

‘हजुर ।’
‘तपाईलाई कसरी विज्ञापनमा मोडेलिङ्ग गर्ने रहर भयो ?’
‘मलाई मानिसहरुले चिनोस् भन्ने छ । त्यसभन्दा अरु व्यक्तिहरुले गरेको देखेर पनि आफूलाई गर्ने रहर भयो । त्यसको साथ साथै, जब म बिहान उठ्छु र खोल्छु, म आफ्नो तस्बिर ब्लिबोडमा हेर्न चाहन्छु ।’
‘मलाई तपाईको आत्मविश्वास मन प¥यो तर तपाईलाई हामीले यो कम्पनीमा किन राख्ने ?’
‘आत्मविश्वास, रहर र नयाँ काम गर्ने इच्छा भएको कारणले यो कम्पनीमा राख्न उपयुक्क्त देख्छु ।’
‘ठीक छ । यदी तपाई छानिनु भयो भने तपाईलाई हामी बोलाउछौ । धन्यवाद अन्तर्वार्ताको लागि ।’
‘धन्यवाद ।’

दुई दिनपछि त्यस कम्पनीबाट फोन आयो र म छानिए । सुरु सुरुमा म मोडेलिङ्गमा खुशी नै थिए ।


६ महिनापछि...............

म काम गरेको ६ महिना भइसकेको थियो । म काम गर्दै थिए, यही क्रममा अनिश मेरो छेउमा आए र भने, ‘कविता ।’
‘हजुर सर ।’ म कुर्सीबाट उठे ।
‘मैले तिमीलाई कति चोटि भने कि मलाई सर नभन भनेर । मलाई मेरो नामले बोलाउ ।’
‘तर...........सर ।’
‘फेरि मलाई सर भ¥यौ ?’
‘मेरो नामले बोलाउने गर ।’
‘अनिश ।’
‘यो ठीक छ । अँ, सुन त । आज शेर्पा मलमा साझँको ७ः०० भेट्न सक्छौ ? हामी अर्को प्रोक्जेटकको बारेमा छलफल गर्नु छ । ’
‘हुन्छ ।’

म शेर्पा मलमा पुगे । एउटा टेबुलमा काय्न्ड्ल् लाइटले भरिएको थियो । रातो गुलाफको फूलहरुको साथ साथै सेतो लिली थियो जुन मलाई मनपर्छ ।

‘स्वागत छ,’ अनिशको आवाज सुने अनि म पछाडि फर्के ।
‘अनिश, यो सब के हो ? तिमीले फ्रोजेक्टको कुरा गर्न भनेको होइन ?’

अनिश मेरो नजिक आए । नजिक आएर भने, ‘मैले तिमीसँग झुटो बोलेको हुँ । खासमा मलाई अर्काे कुरा गर्नु थियो ।’

हातमा गुलाफको फूल लिएर मलाई भने, ‘मलाई थाहा छ कि तिमी आतेकी छौ । जब मैले तिमीलाई देखे, तब देखि नै मैले तिमीलाईमन पराउन थाले । सुरुमा सोचे कि मेरो भ्रम हो तर काम गर्दै जाँदा तिमीलाई मन पराउन थालेको छु । मलाई थाहा छैन तिमी मेरो बारेमा के सोच्यौ तर ‘लाई लभ यु कविता ।’

जब अनिशले लाई लभ यु भने, म के गरुँ भयो । म बोल्न सकेको थिइन । अनिश मलाई हेर्दै थिए । ऊ मेरो जवाफ कुरेर बसेका थिए । केही भेरपछि मैले भने, ‘मलाई माफ गर । मलाई थाहा छैन कि म के जवाफ दिऊ ।म अहिले केही जवाफ दिन सक्दिन । म तिमीलाई साथीको रुपमा मात्र हेर्छु । म तिम्रो लागि त्यस्तो महशुस गर्दिन । म अहिले आफ्नो मोडलिङ्ग क्षेत्रमा फोकस गर्न चाहन्छु । धन्यवाद यो सबैकको लागि ।’

म शेर्पा मलबाट निस्के । मैले जवाफ सोच्न सकेको थिइन । अर्को दिन, म अफिसमा काम गर्दै थिए र काम सकेपछि निस्कने बेलामा मैले एउटा कागज देखे । मैले कागज खोलेर पढेः
‘’कविता, मलाई माफ गर कि मैले तिम्रो चिन्त दुखाए । यो सत्य हो कि म तिमीलाई मन पराउछु । मलाई हतार छैन । तिमीले मलाई अस्वीकार गरे पनि म चिन्त दुखाउदिन । हामी राम्रो साथी हुनसक्छौ । माया पाउनु पर्छ भन्ने छैन । माया एक तर्फी पनि हुन्छ । त्यसैले तिम्रो जे निर्णय आए पनि म स्वीकार छु ।’

म मुस्कुराए । मैले अनिशलाई मन पराउन थालेको थिए तर भन्न सकेको थिइन । नभन्नुको कारण थियो कि म अनिशको बारेमा जान्नु थियो ।

अनिशले प्रस्ताव राखेको चार महिनापछि मात्र हाम्रो विवाह भयो । सुरु सुरुमा हामी धेरै खुशी थियौ । समय अनुसार बिस्तारै अनिशको बानी व्यवहारमा परिवर्तन आएको थियो । अनिशको दिमागमा खाली सेक्सबाहेक अरु केही थिएन । जब म अस्वीकार गर्थे, अनिशले यातना दिइरहथ्यो । उसलेहात पनि उठाउन थालेको थियो । बिहेपछि मात्र उसको असली रुप देखे । उसको माया झूटो रहेछ । मलाई नै थाहा थिएन कि अनिश महिला प्रेमी थिए । जब म सेक्सको लागि स्वीकककार गर्थे, ऊ कहिले घर फर्केर्दैन थियो । यो कारणले म सधै पछुताउथे ।

६ जुनको कुरा । अनिशको जन्मदिन थियो । म उसलाई कुरेर बसेको थिए । बेलुकाको ९ः३० बजेको थियो । म कुर्दा कुर्दै सुते छु । १२ः३० तिर मैले ऊ आएको थाहा पाए र म उठे । उसले पिए । आएको रहेछ । म उसको नजिक गए । अनि जन्मदिनको शुभकामना दिए  तर ऊ केही नबोलिकन गए । म उसलाई पछाउर्दै कोठासम्म गए । मैले फेरि शुभकामना व्यक्त गरे । उसले नराम्रोसँग मलाई हेरे ।

‘तिमीलाई आज के भयो ? किन केही बोलेको ?’
‘तिमी मेरो पछि किन लागेको ?’ उनले मलाई करार भए र म निकै डराएको थिए ।

अनिश मेरो छेउमा आए र उनले मेरो छेउ आउँदा म आतिएको थिए । म आतिदै आफ्नो कोठामा गए । अनिश पनि मेरो पछि पछि आए । उनले प्राय धेरै मातिएको बेला मलाई बलात्कार गरिरहन्थ्यो । मैले धेरै चोटि सहेर बसेको थिए तर उसको जन्मदिनमा म सहन नसकेको अवस्था थियो । मेरो छेउमा भएको लैपले उसलाई हिर्कोए । अनि त्यसपछि म किचेनमा गए र चकु भेटे । अनिशले मेरनो पिछा गर्दै किचेनमा आयो । उसलाई मैले आक्रमण गरे ।

अनि अनिश घाइते भएका थिए । उनले मलाई हेर्दै भने, ‘तिमीले यसपछि पुलिसलाई बोलाउछौ तर पुलिसले तिम्रो कुरामा विश्वास गर्दैनन् ।’

म अचम्म परे र विश्वास गर्न सकिन । यही क्रममा अनिशले फेरि भने, ‘तिमीले के सोचेको ?मैले एउटा चिठ्ठी लेखेको छु कि मेरो श्रीमतीले सम्पत्तिको लागि एक दिन मार्ने छिन् । मैले मरेपछि मैले अवश्य न्याय पाउने छु । मेरो श्रीमतीले मेरो हत्याको सजाय पाउनेछिन् ।

मेरो श्रीमतीले झुटो कुरा गर्ने छिन् कि मैले उनीलाई धेरै चोटि बलात्कार गरेको छु । त्यसभन्दा पनि मैले उनीलाई प्रयोग गरे । उनी बाहेक अन्य केही प्रयोग गरेको छु जुन झुटो हो ।’

अनिश बोल्दा बोल्दै उनकको मृत्यु भयो । अनि मैले चिठ्ठी खोजे तर कही भेटिन । मलाई थाहा छ पुलिसले मेरो विश्वास गर्दैनन् । अनिश एक धनी व्यक्ति थिए त्यसैले म प्रति विश्वास नहुन सक्छ । त्यसैले म अनिशको घर छोडेर यहाँ आए । अनिशको हत्यामा मलाई पुलिसले मलाई खोजिरहेका  छन् ।”

म उनीको कथा सुनेर अचम्म परेको थिए । कविताको कथा सुनेर झन् उनी प्रति माया बढ्यो । म उनीको छेउमा गए र भने, “कविता, तिम्रमे कथा सुन्नु अगाडि नै म तिमीलाई मन पराउथे । अब झन् मन पराउन थालेको छु । तिमीलाई न्याय दिन, म तिमीलाई सहयोग गर्ने छु । के तिमी मेरो जिन्दगीमा प्रवेश गर्ने छौ ? म तिमीभन्दा मेरो बनाउन चाहन्छु ।

त्यसभन्दा पनि म के चाहन्छु भने तिमी आफ्नो विगत बिर्सि देऊ । म तिमी खुशी भएको हेर्ने चाहन्छु । तिमी मसँग बिहे गछौ ?”

पाँच महिनापछि................

“स्वागत छ, तपाईहरुलाई यस किताब विमोचन कार्यक्रममा । यो किताब विमोचन विशेष हो किनभने ‘कविता’ उपन्यास सत्य घटनामा लेखिएको हो । म धेरै बोल्दिन । यस किताबको बारेमा लेखक रोहित शर्माजीले बताउनु हुन्छ ।”

कार्यक्रममा प्रस्तुत भएका स्रोताले तालि बजाए । अनि रोहित मन्चमा गए । रोहित खुशी थिए । रोहितभन्दा कविता खुशी थिइन् । रोहितले कवितालाई हेरे र दुवै जना मुस्कुराए ।

“सुरुमा म आश मरेको थियो । मेरो दुईवटा किताबहरु असफल भयो । यसको कारणले म निराश थिए । त्यसभन्दा मेरो सम्बन्ध पनि बिग्रियो । म झन् निराश भए र सोचे म केही कामको लागि रहेन छु । म निराश हुँदै पोखरा आए र मेरो जिन्दगी पाए । कविता भेटेपछि मैले आफ्नो जिन्दगी पूरा भएको जस्तो लाग्यो । मेरो जिन्दगी खुशीले भरियो । अनि कविताको खुशीको लागि यो किताब लेखे । उनीले अवश्य न्याय पाउने छिन् । अन्तिममा म के भन्न चाहन्छु कि तपाईले यो किताब मन पराउनु हुन्छ । धन्यवाद ।”

किताब विमोच पछि हामी दुवै जना बाहिर निस्क्यौ ।

Comments

Popular Posts