उतरको खोजी –१

म भर्जेनीयाको बारमा थिए । बार भिड थियो तर म एक्लो अनुभव गरिरहको थिए । बारमा मान्छेहरु रक्सी पिउँदै र नाच्दै थिए  तर म त्यस बारबाट निस्के । बाहिर आए र आकाशरि हेरे । म बियर पिउँदै आकारतिर हेर्दै थिए । म नेपालबाट उनको निम्ति आए । म उसलाई सम्झिरहे । तर ऊ अमेरिकाको कुन ठाउँमा छिन् थाहा छैन र म उसलाई खोज्दै थिए । मनमा आश थियो कि म उसलाई भेट्ने छु र आफ्नो जवाफ भेट्ने छु । म आकाश हेर्दे, आफ्नो अतीत सम्झे ।


सन् २०१५ को कुरा हो । म मानव अधिकार कार्यालयमा काम गर्न थालेको थिए । यही कार्यालयमा मेरो भेट मेरिना शाक्यसँग भएको  िथयो । म यो कार्यालयमा काम गरेको दुई हप्ता पछि उनीसँग  भेट भएको हो । उनी अफिसको कामले बाहिर गएकी थिइन् ।

एक हप्ता पछि मेरिना कार्यालय आएकी थिइन् । मेरिनासँग मेरो पहिलो नजरमै माया बसेको थियो । उनीलाई हेर्दा हिन्दीे फिल्म जस्ती थिइन् । कार्यालयमा सबै जना उनीलाई ऐश्वयार रार्य जस्ती भनि जिस्काउँथे ।
सुरु सुरुमा त म धेरै गम्भीर जस्तो देखिन्थे तर म गम्भीर सोभावको व्यतिm थिइन । हुन त सुरुमा नयाँ वातावरणको कारणले म गम्भीर नै देखिन्थे । पछि म मेरिनासँग जिस्कन थालेको थिए । उनीलाई म दिक्क लगाउथे ।

मैलेभन्दा अफिसमा एक जना दाईले मेरिनालाई जिस्काउथे र मलाई ईष्र्या हुन्थ्यो । ती दाई मेरिनाको छेऊमा पनि नआइदियोस् जस्तो हुन्थ्यो । त्योभन्दा पनि उनी प्राय ती दाईसँग ग्रह मिल्दैन भन्थिन् तर प्राय ती दाईसँग नै बोलिरहन्थिन् । मलाई अचम्म लाग्थ्यो । रिस उठ्थ्यो ।

उनी र म एउटै कामिनमा हुन्थ्यौ । उनीलाई म धेरै जिस्काउथे तर उनीलाई मैले जिस्काएको मन पर्दैन थियो । लाग्थ्यो उनीले मलाई उनीको मनको कुरा खुलेर गरोस् र म पनि उनीलाई आफ्नो मनको कुराहरु व्यक्त गर्न सकूँ ।
एक दिन, उनी मेरो नजिक आइन् र भनिन्, “अनितजी ।”
“हजुर ।”
“तपाईसँग केही कुरा गर्नु छ ।”
“भन्नुहोस् त । ”

मैले मेरिनालाई धेरै चोटि भनिसकेको थिए कि मलाई तपाई नभन्नु भनेर तर उनी चाँहि भन्न छोडिन् । मलाई मेरिनाले तपाई भनेको मन पर्देन थियो ।

“अनितजी, तपाई मसँग जिस्केको मन पर्दैन । मलाई तपाई जुन तरिकाले जिस्किनु हुन्छ, त्यो तरिका मलाई मन पर्दैन । तपाई हरपल मसँग मात्र किन जिस्कि ुहुन्छ, त्यो पनि बकबास हुन्छ । तपाई बच्चा जस्तो लाग्छ । तपाई हर पल बच्चा जस्तो हरकत गर्नु हुन्छ । प्राय मलाई तपाईको बानी व्यवहार असामान्य लाग्छ । कृपया, आजदेखि मसँग धेरै नजिस्किनु होला ।”

उनी यी सब भनेर आफ्नो कामतिर गईन् । म चाँहि निःशब्द भए । म केही भन्न सकिन । म मूर्तिझै उभिरहे । मेरा आँखाहरु आँसुले भरिए । मैले आफ्नो मनकको कुराहरु व्यक्त गर्नु अघि नै मेरो प्रेम कहानी समाप्त भयो ।


उनी र मेरो बोलचाल बन्द भएको थियो । दृई महिना भइसकेको थियो हामी नबोलेको । उनी मेरो छेऊमा बस्दा पनि मसँग बोलिन मन पराउदिन थिइन् । अरु साथीहरुसँग बोले तापनि मसँग चाँहि बोल्न खोजिन् । म बोल्न प्रयास गर्थे तर सकिन । ममा आँट नै आएन । मैले धेरै चोटि मेरिनासँग माफी माग्न कोसिस गरे तर उनीको छेऊमा जान सकिन ।

एक दिनको कुरा हो । मैले मेरिनालाई मोबाइलबाट एस एम एस पठाए । “मैले तिम्रो चित्त दुखाए । मलाई माफ गर । मेरो नियत  तिम्रो मन दुखाउने थिएन । म तिम्रो असल साथी हुन चाहन्छु । त्यसभन्दा पनि मैले तिमीलाई मन पराउन थालेको छु ।

तिमीसँग बोल्दा  र नजिक आउँदा उंमग हुन्छ । तिमीसँग बोल्यौ बोल्यौ लाग्छ । सुरु सुरुमा म भ्रममा छु जस्तो लागेको थियो । तर जब म तिमीसँग बोल्दै गए, म भ्रममा छैन । म तिमीलाई मन पराउछु ।

मलाई एक मौका देऊ । समय र मौका अनुसार भए सब ठीक हुन्छ । म तिम्रो जवाफलाई कुरेर बस्ने छु ।”

मैले यति लामो एर एम एस पठाउन त पठाए तर डर पनि लागेको थियो कि उनीको के जवाफ आउँछ । मलाई सिफ मेरिनाको दोस्ती चाहेको थियो । उनी मुस्कुराएको हेर्ने चाहन्छु । जवाफभन्दा पनि भोलि उनीको प्रतिक्रिया दिने हो थाहा छैन । डर लागेको थियो ।


अर्को दिन म चिन्तित हुुँदै अफिस गए । उनीबाट केही प्रतिक्रिया आएन । सायद मेरै कारणले उनीको चिन्त दुखेको होला । उनी ९ः३० बजे आइपुगिन् त। मसँग बोलिनन् । यो क्रम धेरै महिनासम्म चल्यो । उनी मसँग नबोलेको कारण म छटपटी चल्यो । यसरी नै डिसेम्बर महिना आयो । मेरिनाको भिसा लागेको थियो र उनी खुशी थिइन् । उनी पढ्नको लागि जादै थिइन् ।

मेरो मुड नै खराब भयो । मनमा धेरै प्रश्नहरु थिए । मलाई जवाफ चाहिरहेको थियो । उनी जवाफ दिन चाहकी थिइनन् वा बेवास्ता गर्दै थिइन् ।

मैले उनीलाई बधाई दिए र उनीले धन्यवाद भनिन् । धन्यवाद बाहेक अरु केही बोलिनन् । उनीले अरु केही बोल्छिन् कि भन्ने अपेक्षा गरेको थिए तर अहँ उनीले बोलिनन् । हेर्दा हेर्दै उनी अमेरिका गइन् ।

मेरो मनमा धेरै प्रश्नहरु थिए । उनीको मनमा के थियो मलाई जान्न मन थियो । मेरो बारेमा के सोच्छिन् र मेरो जवाफ किन फर्कोइनन् । मलाई उतर चाहिएको थियो । त्यसैले म म अमेरिका आए । उनी कहाँ छिन् थाहा छैन तर पनि म  उनीलाई खोज्दै थिए । म समयलाई कुरेर बसेको थिए ।

Comments

Popular Posts