जिन्दगी

जिन्दगी कति छोटो लाग्छ
काम भने धेरै जस्तो लाग्छ
इच्छा र आकाङक्षाहरु धेरै
यो पनि गर्न मन लाग्छ
त्यो पनि गर्न मन लाग्छ
तर समय थोरै छ जस्तो लाग्छ
के गर्ने थाहा छैन
तर गर्ने धेरै मन लाग्छ ।

यी इच्छा र आकाङक्षाहरु
पूरा होस् वा नहोस्
गर्ने मन लाग्छ
तर यो समय र जिन्दगी
कति छोटो आफ्नो
इच्छा र आकाङक्षाहरु पूरा गर्ने ।

Comments

Post a Comment

Popular Posts