हिरोइनको कथा

“म यहाँबाट निस्कन चाहन्छु । म पागल होइन । कृपया, कसैले मलाई यहाँबाट निकाल । म यो पागलखाना अस्पतालमा बस्न चाहन्न । यो हस्पताल मलाई नर्ग जस्तै लाग्छ ।  कृपया, कसैले मलाई यो नर्गबाट निकाल । कसैले मेरो कुरा किन सुन्दैनन् र मेरो विश्वास गर्दैन् ।” उनीले ठूलो स्वरले भनिन् ।

डाक्टर सुप्रिया आईन् र बेहोशको सुई दिइन् । यही क्रममा डाक्टर साइरस् आइपुग्छन् र उनले भने, “यी बिरामीलाई सम्हाल्न गाह«ो भइरहेको छ । दिनहु यसरी कराउछिन् । हामीले धेरै कोसिस गरिसकेका छौ तर हाम्रो काम गर्ने शैलीले काम गरेको छैन । कति मात्र सुई दिइरहने ? हामीले अर्काे उपाय प्रयोग गर्नुपर्छ ।”

”के हो अर्काे उपाय ?” डाक्टर सुप्रियाले भनिन् ।

“डाक्टर सुभासिस । उनीले यी बिरामीलाई राम्ररी उपचार गर्छन् । उनी राम्रा डाक्टर हुन् । डाक्टर सुप्रिया तिम्रो के छ विचार ?”

“तिमी ठिक भन्दै छौ डाक्टर । हामीले उसलाई तुरुन्तै बोलाउनुपर्छ ।”

एक हप्तापछि , डाक्टर सुभासिस्को अस्पतालमा आगमन हुन्छ । उनले बिरामलाई ध्यान दिएर हेरे । उनीलाई हेरेपछि डाक्टर सुभासिस् डाक्टर साइरसको कक्षमा जान्छन् ।

“स्वागत छ, डाक्टर, बस्नुहोस् । ”
“धन्यवाद ।” उनले भने र कुर्सीमा बस्छन् ।
“ती बिरामी चर्चित हिरोइन लिली शाक्य त होइन ?”
“हो ।”
“तर उनी कसरी यो अस्पतालमा ?”
“हामीलाई केही थाहा छैन । उनीको परिवारले यहाँ ल्याए तर केही भनेनन् ।”

“तपाईले सोध्नुभएन ?”
“सोधेको थिए तर उनीहरुले जरुरी  सोचेनन् ।”
“उनीको मेडिकल रिपोर्ट हेर्न चाहन्छु ।”

डाक्टर साइरसले मेडिकल रिपोर्ट देखाए । डाक्टर सुभासिसले मेडिकल रिपोर्टको साथ साथै लिलीलाई फरक तरिकाले उपचार गर्न चाहन्छन् र उनी आफै बिरामी भएर उनीलाई उपचार गर्ने निर्णय गरे ।

एक हप्तापछि
डाक्टर सुभासिस् लिलीको छेऊमा गए ।
”हेलो ।”

लिलीले उनीलाई हेरिन् । अनि भनिन् “तिमी को होऊ ?”
“तिम्रो साथी ।”
“मेरो साथी ?”
“तिम्रो नयाँ साथी ।”
“मेरो नयाँ साथी ?” उनीले आफ्नो अनुहार बनाउँछिन् ।
“हो, म तिम्रो नयाँ साथी ।”
“मलाई साथी बनाउन मन पर्देन ।”
“तिमीलाई एउटा कुरा थाहा छ ? मान्छेरुले मलाई पागल सोच्छन् तर म होइन । मेरो परिवारले मलाई यहाँ बिना कारण ल्याएका हुन् ।”
“साच्चै ?” लिली डाक्टर सुभासिस्को नजिक आउँछिन् ।
“मेरो परिवारले पनि मलाई यहाँ बिना कारण ल्याएका हुन् ।”
“साच्चै ?”डाक्टर सुभासिस्ले भने र लिलीले हो को ईशारा गरिन् ।

दिनहुँ दुवैजना  कुरा गर्थे । यस् बाहेक डाक्टर सुभासिसले किताब पढेर सुनाउँथे । लिलको अनुसार डाक्टर सुभासिस् काम गर्थे जुन लिललाई खुशी बनाउथ्यो । डाक्टर सुभासिस् लिलीको खुशीको लागि जे गर्न तयार थिए ।

लिलीको स्वास्थ्य बिस्तारै बिस्तारै सुधार आउँदै थियो । डाक्टर सुभासिस उपचारको तरिकाले काम गर्दे थियो र उनी खुशी थिए लिलीको सुधारमा ।

सात महिना पछि, लिली पूरै निको भई अस्पतालबाट डिस्चार्ज हुँदै थिइन् । अस्पतालबाट निस्कनु अघि, उनी डाक्टर सुभासिस्को कक्षमा  गईन् । डाक्टर सुभासिस् झ्यालबाट बाहिर हेर्दे चिया पिउँदै थिए ।

“डाक्टर सुभासिस्,” लिलीले भनिन् र डाक्टर पछाडि फर्किए ।
उनी कुर्सीको छेउमा गए र भने, “बस्नुहोस् ।” दुवै जना बसे ।
“धन्यवाद, डाक्टर ।” लिलीले भनिन् ।
“यो त मेरो काम नै हो आफ्नो बिरामीलाई बचाउने ।”

दुवै जना मौन थिए । डाक्टर सुभासिस्ले लिलीलाई मन पराउन थालेका थिए । उनीलाई लिलीको अतित थाहा नभए पनि लिलीलाई प्रेम गर्न थालेका थिए र बिहे गर्न चाहन्थे । लिलीसँग आफ्नो जिवन बिताउन चाहन्थे ।
डाक्टर सुभासिस्ले मौनता तोडछन् र भन्छन् ,“लिली, के म जान्न सक्छु कि तिमी यो अस्पतालमा के कारणले राखिएको हो ? हामीलाई सुरुमा तिमीलाई उपचार गर्दा गाह«ो भएको थियो कि तिम्रो अतित थाहा नभएर ।”
यो प्रश्न सुन्ने बितिकै उनीको आखाँमा आँसुले भरिए र केही भन्न सकिनन् । लिलीको आखाँमा अाँसु देखेर भने, “मलाई माफ गरिदेऊ । मलाई थाहा दिएन यो प्रश्न तिम्रो आखाँमा आँसुले भरिछन् भनेर ।”

“होइन, डाक्टर । तपाईको प्रश्नले मेरा आँखामा अाँसुले भरिएको होइन । यो मेरो आफ्नो अतितको कारणले हो ।”

“के भएको थियो तिम्रो अतितमा ? तिमी त चर्चित हिरोइन र राम्रो जिवन हुनुपर्ने ।”
“तपाईले जे सोच्नु भयो त्यो थिएन । चलचित्र संसार अर्को दुनिया हो । तपाईले जे देख्नु हुन्छ, त्यो हुँदैन । तपाईले यो संसार आकर्षक देखेता पनि यो भिन्नै दुनिया हो । हाम्रो जिवन तपाईको जस्तै हो तर मिडियाले भिन्नै बनाइदिन्छ ।”

मैले यो चलचित्र श्रेत्रमा आएको सात वर्ष भइसकेको छ । मेरो पहिलो चलचित्र धेरै सफल भएको थियो । पहिलो चलचित्र सफल भएपछि, मलाई धेरै फिल्महरुको प्रस्ताव आयो र मैले धेरै फिल्महरु खेले जुन चल्न सकेनन् । यो निरन्तर २ वर्षसम्म चल्यो र मलाई आफ्नो  गल्ती महशुस भयो । र, दुई वर्षपछि मेरो चलचित्रको जिवनयात्रामा परिवर्तन आयो । मैले “कयामत” भन्ने चलचित्र खेले । यो चलचित्र सोचेभन्दा धेरै सफल भयो र मलाई धेरै चलचित्रहरुको प्रस्ताव आयो । त्यसपछि मैले थोरै र राम्रा चलचित्रहरुको खेले । डेढ वर्षसम्म मैले यो क्षेत्रमा शासन गरे । मलाई एक नम्बरको हिरोइन मानिन्न थालि¥यो जुन मेरो मानसिक  रोगको कारण हो ।

मेरो लागि त्यो स्थान समाल्न गाह«ो भइसकेको थियो । यसले गर्दा म धेरै उदास हुन्थे । म प्राय ः सोन्थे कि यदी मेरा चलचित्रहरु चलेनने भने, मेरो जिवनयात्रा के हुन्छ ? दुई वर्षपछि मेरो जिवनयात्रा राम्रो भएको थियो । स्रोता र समीक्षकबाट मैले राम्रो प्रभाव पाएको थिए । यदी मैले दुवैलाई प्रभाव पार्न असफल भए भने, मेरो
जिवनयात्रामा असर पर्ने छ । कुनै पनि निर्देशक र निर्माताले मलाई अर्को मौका दिने छैनन् ।

मेरो जिवनमा माया भन्ने चिजले कहिले साथ दिएन । मेरो पहिलो प्रेम, मेरो जिवनयात्राको सुरुमा भएको थियो तर यो सम्बन्ध धेरै समय टिक्न सकेन । मेरो अर्को प्रेम मेरो चलचित्रको सफल जिवनयात्रामा भएको थियो । म उसलाई साँच्चो माया गर्थे । म उसलाई आफूलाई भन्दा धेरै माया गर्थे । हाम्रो सम्बन्ध २ वर्षसम्म राम्रो थियो तर पछि  उसले मलाई छोडि अर्काेसँग बिहे गरे । जब उसले मलाई छोडेर ग¥यो, म बेचेन भए । म हरपल उसलाई मात्र सम्झन्थे र पागलझै उसको पछि लाग्थे तर ऊ मलाई बेवास्ता गथ्यो । यही कारण म बिस्तारै आफ्नो मानसिक सतुलन खोदै गए । यही कारणले मेरो चलचित्र यात्रा खस्किदै गयो । जब मेरो चलचित्र र प्रेम यात्रा चलेन, मिडिणले मलाई दोष दिन गाल्यो र पनि वास्ता गर्न छोड्यो ।

जब म सफल भए तब मेरो पिछा गर्थो । मैले के खाए, के लगाए, के गर्दे छु, कोसँग हिड्दै छु , कोसँग प्रम सम्बन्ध छ र कोसँग बिहे गर्दे छु । मलाई यी चिजहरुले उदास बनाएको थियो ।

म दिक्क भएको थिए र आत्माहत्या गर्ने धेरै कोसिस गरे तर सकिन । मेरो रिस दिन दिनै जसो बढ्दै गएको थियो । मेरो रिसको कारणले नै प्राय निर्देशक र निर्माताहरुले फिल्म दिन छोडेका थिए । मेरो मानसिक रोगको कारणले गर्दा मैले के गर्दे थिए र के गर्दे थिइन मलाई नै थाहा छैन ।

मेरो यो हालत देखेर मेरो परिवार चिन्तित थिए । मेरो उपचारका लागि धेरै अस्पतालमा गए तर मेरो केही सुधार भएन र अन्त्यमा आएर मलाई यो अस्पतालमा ल्याइयो । तपाईको कारणले म आज ठीक भए । ”
डाक्टर सुभासिस् उनीको कुरा ध्यान दिएर सुदै थिए । उनी आफ्नो मनको कुरा व्यक्त गर्न चाहन्थे तर सकेनन् । ती सात महिनामा, उनी लिलीलाई प्रेम गर्न थालेका थिए र उनी नजिक भएका थिए । लिलीको सत्य थाहा पाएपछि पनि सुभासिस् उनीलाई अपनाउन चाहन्थे ।

“तिमी अब कहाँ जान्छौ ?” उनले भने ।
“मलाई नै थाहा छैन ।” उनले भनिन् ।
“म भिड भाडबाट दूर जान चाहन्छु । म आफ्नो जिवन शान्तसँग बिताउन चाहन्छु । जहाँ भिड र मिडिया हुने छैन । म एक्कै बिताउन चाहन्छु ।”

डाक्टर सुभासिस्को आँखामा अाँसु थिए । उनी डाक्टर कक्षबाट बाहिरीन् र उनीको पनि आँखामा आँसु थिए । जानु अघि, उनीले डाक्टरलाई हेरिन् । उनी जादै थिइन् र डाक्टर सुभासिस् भादै भादै तल पुगे र लिलीलाई बोलाए ।

“लिली, म तिमीलाई केही भन्न चाहन्छु ।”
“के कुरा भन न ।”
“लिली, म तिमीलाई प्रेम गर्छु । के तिमी मसँग प्रेम गछौ ? म तिमीलाई खुशी राख्न चाहन्छु । म आफ्नो जिन्दगी तिमीसँग बिताउन चाहन्छु । मलाई तिम्रो अतितको कुनै प्रवाह छैन तर म तिमीसँग आज र भविष्यमा खुशी हुन चाहन्छु । म तिम्रो हुन चाहन्छु र तिमी मेरो बनाउन चाहन्छु । के तिमी मेरो हुन्छौ ?”

उनीले ईशाराले हुन्छ भनिन् र एक अर्कोलाई अगाले । सुभासिस्ले अस्पताल छोडे र लिलीसँग बिहे गरे । दुवै जना एक गाउँमा बस्न थालेका थिए । कसैलाई पनि थाहा छैन कि यी दुई कता छन् भनेर । दुवै जना वैवाहिक जिवनमा खुशी थिए ।

तीन वर्ष पछि, लिलीले जुम्हालाई जन्माईन् । एक छोरी र एक छोरालाई । छोरीको नाम जुलियट र छोराको नाम रोमियो थियो ।

Comments

Popular Posts