सम्बन्ध

                                                                                एक
“निखिल, म तिम्रो जवाफ खुरिरहेकी छ,” अभिनिताले भनिन् ।
“तर अभिनिता मेरो जवाफ त्यही हुने छ”, निखिलले भने ।
“तिम्रो पे्रमिका छ ?”
“छैन ।”
“अनि ?”

ऊ जवाफ दिँदा दिँदा दिक्क भईसकेको थियो । निखिल अभिनितासँग विवाद गर्न चाहँदैन थियो । निखिललाई थाहा थियो कि अभिनितासँग विवाद गर्न बेकार थियो तर उनी अभिनितालाई सम्झाउन कोसिस गर्र्दै थियो ।
“हेर, अभिनिता, म मान्छु कि मेरो जिवनमा तिमी बाहेक अरु कोही छैन तर म तिमीलाई माया गर्दिन र बिहे पनि गर्नै चाहन्न ।”

“तर म तिमीसँग बिहे गर्न चाहन्छु ।”
“तर म गर्न चाहन्न । म तिमीलाई कति चोटि यो कुरा सम्झाऊ । मलाई तिमीसँग बिहे गर्न रहर छैन ।” उनी रिसाउँदै भने ।

दुवै जना केही नबोली बसे । दिनौ दुईबिच यही कुरामा विवाद हुन्थ्यो । यस बाहेक निखिलको अभिवावक उसको बिहे गराई दिन चाहन्थे तर ऊ मानेका थिएनन् ।

                                                                                         दुई
निखिलका अभिवाभकले उनीलाई बिहे गर्न मनाए र खोनितासँग बिहे भयो । उनीले वातावरण विज्ञानमा स्नातक डिग्री गरेकी हुन् । अर्काैतिर अभिनितालाई रिस उठी सकेको थियो र सोनितालाई मार्नै चाहन्थिन् ।
उनी र निखिलको भेट एक महिनापछि एउटा क्याफेमा भेट भयो । निखिल खुशी थिएनन् । अभिनिताले उसलाई ध्यान दिएर हेर्दै थिइन् ।

“निखिल, तिमीलाई के भयो ? तिमी उदास र चिन्तित देखिन्छौ । केही समस्या छ कि ?”

निखिलले लामो सासा लियो र भने, “मलाई बिहे गर्नै रहर थिएन तर मेरो बुबाले जोड दिनुभयो तर म के महशुस गर्छु त्यो सोध्नु भएन । म आफ्नो श्रीमतीसँग सहज र मेरो लायक सम्झिन । हाम्रो बिहे भएको एक 
महिना भयो तर हामी एक अर्काैसँग बोलेकका छैनौ र एक अर्काैको अनुहार हेरेका छैनौ । उनी मेरो लायक छैन ।”
निखिलले यी कुराहरु भन्दा अभिनिता खुशी भएकी थिइन् । उनीले निखिललाई हेरिन् । ऊ आफ्नै दुनियाँमा हराएको थियो र आफ्नो वैवाहिक सम्बन्धमा खुशी थिएनन् ।

“नआतियौ, निखिल । सब ठिक हुन्छ । तिमीले भर्खेैर वैवाहिक जिवनमा बाधिएका छौ । तिमी आफ्नो वैवाहिक जिवनलाई एउटा मौका देऊ । यदी मौका दिँदा पनि केही भएन भने, अरु केही उपाय निकाल्यौ ला ।” अभिनिताले आफ्नो हात निखिलका हातमा राखिन् र भनिन्, “तिमी नआन्त ।”

उसले टाउको हल्लार हुन्छ भन्यो । यसपछि उनीहरm आफ्नो अफिस गए । अभिनिता खुशी भएकी थिइन् कि निखिलको वैवाहिक जिवन राम्रोसँग चलेको थिएन । यो सधैको लागि चलिरह्यो भन्ने चाहछिन् । अर्काैतिर निखिल एक मौका दिने सोचमा थिए । 
                                                                                     तीन
“आज तिमी देखिन्छौ ।” अभिनिताले भनिन् ।
“हो ।” निखिल मुस्कुराए ।
“के म कारण जान्न सक्छु ?”
“म आफ्नो श्रीमतीबारे नराम्रो सोच राखेको रहेछु । उनी साधारण भए तापनि बुझ्ने व्यक्ति हुन् । जसरी उनी मेरो परिवारलाई ख्याल राखेकी छिन् त्यो कसैले गर्न सक्दैन । मैले उसलाई सागुरो सोचाइ भएको व्यक्ति सोचेको थिए तर उनी मिलनसार र खुल्ला सोचाईकी रहेछिन् । आज आएर थाहा पाए किन कुनै पनि व्यक्तिसँग राम्रोसँग घुलमिल र राम्रोसँग नचिनेसम्म उनीहरुलाई नराम्रो धारणा राख्नु हुन्न । आज म खुशी छु कि मैले आफ्नो सम्बन्धलाई एक मौका दिए ।

अभिनिता, तिमीलाई धन्यवाद कि तिमीले नै गरेर मैले आज यो खुशी पाएको । तिमीले यस्तो सुझाव नदिएको भए म कहिले आफ्नो श्रीमतीसँग बोल्ने थिइन र हाम्रो सम्बन्ध कहिले राम्रो हुने थिएन ।”
अभिनिता खुशी भए जस्तो गरिन् तर मनदेखि खुशी थिइनन् । उनीलाई ईष्र्या र जलन भइरहेको थियो । उनीलाई पछुतो भयो कि उनीले किन यस्ते सुझाव दिईन् ।

निखिल हर पल सोनितासँग हुन्थे र उनीसँग समय बिताउथे । उनीहरु धेरै खुशी थिए कि उनीहरुले एक अर्काै मौका थिए ।

शुक्रबार रातिको ९ः३० बजे, शेर्पा महलमा निखिल र सोनिता समय बिताउँदै थिए । “निखिल,तिमीलाई थाहा छ, मलाई बिहे गर्नै रहर थिएन तर मेरो बुबा आमाले निरन्तर रुपमा आग्रह गर्नुभयो र अन्त्यमा आएर मैले तिमीसँग बिहे गरे । सुरुमा मलाई तिमी मनपरेको थिएन र खुशी पनि थिइन । तर जब तिमीले मलाई हेरचाह गर्न थाल्यौ, सुरुमा कस्तो कस्तो लाग्यो तर सोचे किन यो सम्बन्धलाई मौका नदिने ।” सोनिताले भनिन् ।
“यो सम्बन्धलाई मौका दिए पछि तिमी खुशी छौ त?” निखिल मुस्कुराए ।

“तिमीलाई के लाग्छ?” उनी मुस्कुराइन् र निखिललाई हेर्रिन् ।
“मलाई लाग्छ कि ‘।”
“के लाग्छ?”
“मलाई लाग्छ ‘।। मलाई लाग्छ म खुशी छु ।” दुवै जना मुस्कुराए ।

यही क्रममा अभिनिताले निखिललाई बारबार फोन गरेको गरै गरिन् तर उनले फोनको जवाफ दिएनन् । अन्त्यमा आएर फोन बन्द गरे ।
                                                                                          चार
निखिल गाडी चलाउँदै थिए र उनी विशालनगरमा आईपुगे पछि उनीले सोनितालाई देखे एक व्यक्तिसँग । उनीलाई पछ्याए । उनी विशालनगरको अपार्टमेन्टमा पुगे । ढोका खुल्लै थियो । निखिल कोठामा छिरे । उनीले सबै कोठामा हेरे तर कोही देखेनन् । कोही नदेखेपछि निखिल पर्खिन अाँट्द थिए र यही क्रममा उनले केही फुटेको आवाज सुने र आवाज आएको कोठामा पुगे । उनीले सोनितासँग एउटा केटा मान्छे देखे ।

“सोनिता,” उनले भने ।
“निखिल, तिमी यहाँ?” उनी छक्क परिन् ।
“तिमी यहाँ के गर्दै छौ ?”

सोनिताले केही क्षणको लागि केही बोल्न सकिन्न् । उनी मौन थिइन । “तिमी यहाँ के गर्दै छौ, यो केटासँग ?यो केटा को हो ?”

उनी बोल्न खोज्दै थिइन् तर त्यो केटा नजिक आयो र निखिलसँग बोल्न थाले ।
                                                                                    पाँच
“निखिल, मेरो कुरा त सुन ।” निखिल कुरा सुन्ने स्थितिमा थिएनन् र सोनिताको विश्वास गर्न सकेको थिएन कि उनकी श्रीमती धोकेबाज हुन् भनेर । निखिलले सोनितालाई मनपराउन थालेका थिए तर आज आएर उसको दिल तोडियो ।

“म तिम्रो कुरा सुन्न चाहन्न । तिमीले आफ्नो अतीत किन मलाई लुकायौ?किन?किन तिमीले मलाई यस्तो गयौ? तिमीले मलाई यस्तो गछौ भन्ने लागेको थिएन । मैले तिमीलाई मनपराउन थालेको थिए तर तिमीले मलाई धोका दियौ ।”

सोनिता बोल्न खोज्दै थिइन् तर निखिलले रोके र भने, “तिमी मेरो घर छोडेर जाऊ । मेरो घरबाट र जिन्दगीबाट जाऊ । मलाई तिमीबाट छोडपत्र चाहिन्छ । अब म तिमीलाई केही क्षणको लागि पनि सहन सक्दिन । कृपया, मलाई एकलै छोड देऊ ।”

सोनिताको अाँखाबाट आँसु झरेका थिए । सोनिता चाहर्थिन् उनीको कुरा निखिल सुनिदेउस् । उनीले निखिललाई सम्झाउन सकिनन् र अन्त्यमा आएर घर छोडेर गईन् ।
                                                                                      
दुई हप्तापछि निखिल अफिस गए र अभिनिताले भनिन्, “के भो तिमीलाई, निखिल? तिमी अफिस दुई हप्तापछि आयौ । तिमीलाई बिरामी हुँदा पनि अफिस आउँथ्यौ तर यस पल्ट तिमीलाई के भयो र अफिस आएनौ?तिमीले मेरो फोन पनि उठाएनौ?”

उनले केही भनेन् र अपिलसबाट निस्के । अभिनिता उसलाई देखेर छक्क परिन् । उनलाई जान जरुरी भयो कि निखिललाई के भयो भनेर ।

साँझको ६ः३० बजे, ढोकाको घण्टी बज्यो र निखिलले ढोका खोले । “म के भित्र आउन सक्छु ?”
“आऊ ।”
”कफी पिउँछौ ?”
“हुन्छ ।”

पाँच मिनेट पछि निखिलले कफी लिएर आए । अभिनिता कफी पिछँदै, निखिललाई हेर्दै थिइन् । निखिल उदास देखिन्थे । “तिमीलाई के भयो, निखिल? तिमी उदास र चिन्तित देखिन्छौ । अनि सोनिता खोई ? म उसलाई देख्दिन ।”

उसले कप टेबलमा राख्यो र सबै कुरा अभिनितालाई व्यक्त गरे । अभिनिता खुशी भइन् कि सोनिता निखिल उसको जिवनमा छैन र सोचिन् निखिल अब उनीको हो ।

“सोनिताले यस्तो गरिन्? म विश्वास गर्नै सक्दिन ।” उनले अचम्म लागेको जस्तो नाटक गरिन् ।
निखिल मौन थिए । उनले नै विश्वास गर्नै सकेका थिएनन् कि सोनिता यस्तो गर्छिन् भनेर । उनले अहिलेसम्म सोनितालाई माया गर्छन् र बिर्सैन सकेका छैन । “तिमीले मलाई किन यस्तो गर्यौै?” उनले आफैलाई भने ।

“म तिमीलाई केही भनौ ?”
“भन न ।”
“म अहिलेसम्म तिम्रो जवाफ कुरेर बसेको छु ।”

उनले अनौठो तरिकाले अभिनितालाई हेरे र भने, “तिमी यस्तो बकवास कहिले बन्द गर्छौ? मेरो मनमा केही त्यस्तो भावना छैन । म त्यस्तो नजरले तिमीलाई हेर्दिन । मैले कति पटक तिमीलाई भनिसके कि सम्बन्ध जर्बजस्ती बनाउन सकिन्न । म तिमीसँग बिहे गर्न सकिन्न र यस्तो अवस्थामा तिमी बकवास कुरा गर्दै छौ ।”
अनि उनी भित्र गए । अभिनिता निखिलको कुरा दिक्क भइसकेकी थिइन् तर पनि उसलाई जसरी पनि पाउन चाहथिन् । सत्य थाहा पाइसके पछि, अभिनिताले बारबार निखिललाई फोन गरिरहिन तर निखिलले चाँहि अभिनितालाई ध्यान दिन छाडे । निखिल सोनितालाई बिर्सिन सकेका छैन । उनले सोनितालाई सम्बन्ध—विच्छेद गर्न चाहन्थे तर सकेनन् ।
                                                                               सात
दुई दिन पछि, निखिलले आफ्नो फोन हेरे र भिडियो सन्देश देखे र सन्देश खोले ।
“निखिल, म तिमीलाई माया गर्छु ।” यो अभिनिताको आवाज थियो । ऊ ध्यान दिन चाहदैन थिए तर आवाज सुने,“कृपया, यो सन्देशलाई सुन । म तिमीलाई धेरै माया गर्छु । म तिम्रो लागि पागल छु । तर तिमीले मलाई कहिले मलाई प्रेम गरेनौ । म तिम्रो प्रतिक्षा गरिरहे तर तिमी आएनौ । म तिमीलाई अरु केटीसँग बोलेको मनपर्दैन । जब तिम्रो बिहे भयो, मलाई रिस उठेको थियो तर देखाउन सकेको थिइन । जब तिमीले सोनितासँग राम्रो छैन भन्नौ र ऊ तिम्रो लायक छैन भन्यौ, म धेरै खुशी भएको थिए । मैले भगवान प्रार्थना गरेको कि तिमी र सोनिताको सम्बन्ध कहिलै राम्रो नहोस् तर तिमीले सोनितालाई मनपराउन थाल्यौ । जब तिमी र सोनिता छुट्यौ, म धेरै खुशी भए तर तिमीले सोनितालाई धेरै माया गर्दा रहेछौ । मैले सोचे तिमी मेरो भयौ तर तिम्रो माया त सोनितालाई नै रहेछ ।

मैले यो सहन सकिन त्यसैले म यो संसार छाडेर जान्दै छु । तिमीले जब मेरो सन्देश पाउँछौ तब म यो दुनियाँमा हुँदिन । अन्त्यमा, म तिमीलाई धेरै माया गर्छु ।”

निखिल अचम्म परे र खाटमा बसे । उसले विश्वास गरेनन् कि उनले आत्माहत्या गरिन् भनेर ।
                                                                                     आठ
दुई हप्ता भईसकेको थियो सोनिता र निखिल सम्पर्कमा थिएनन् । सोनिताले धेरै कोसिस गरिन् निखिललाई भेट्ज तर सकिनन् । निखिललाई बिर्सैन कोसिस गरिन् तर सकिनन् । तिता पलहरु बिर्सैन कोसिस गर्दै थिइन् । उनी निखिललाई धेरै माया गर्थिन् र अन्त्यमा निखिलको घरमा गईन् । उनीले निखिललाई देखिनन् र काम गर्नैलाई देखिन् । उनी निखिलको कोठामा गईन् र चिठ्ठी निखिलको डायरीमा राखिन् । यो चिठ्ठी त्यस दिन लेखेकी हुन् जुन दिन निखिल र सानिताको झगडा भएको थियो । उनीले काम गर्नैलाई उनी आएको नभन्न आग्रह गरिन् ।
                                                                                             नौ
दुई वर्षपछि
   शुक्रबारको दिन र समय १०ः३० बजेको थियो । उनी झ्यालबाट बाहिर हेरे र बाहिर अँध्यारो थियो । उनी बाहिर हेर्दै थिए र पानी पयो । पानी मात्र होइन हावा हुरी आयो र टेबुलमा भएको कागजहरु उडाई दियो । कागजहरु उदै थिए र यही क्रममा उनीले एउटा चिठ्ठी देखे ।
“चिठ्ठी,” उनी अचम्म पर्दै चिठ्ठी पढ्न थाले ।
प्रिय निखिल,
         तिमीले आज जे देख्यौ त्यो वास्तवमा होइन । मानव मेरो बच्चादेखिको साथी हो । हो, उसले मलाई मनपराउथ्यो र मलाई प्रेम प्रस्ताव गरेका थिए तर मैले अस्वीकार गरेको थिए । यो ६ वर्ष अगाडिको कुरा थियो । म उसलाई साथीको रुपमा मात्र हेर्छु । हाम्रो भेट आठ वर्षपछि भएको थियो र हामी धेरै खुशी भएका थियौ एक अर्काैसँग भेट भएकोमा । उनले नै आफ्नो अपाट्मेट जान आग्रह गरेका हुन् र साथीको नाताले म उसको अपाट्मेटमा गए ।

हामी चिया पिउँदै थियौ र टेबुलमा राख्ने क्रममा, कफ भुईमा खस्यो । मैले कपको टुक्राहरु उठाउने क्रममा, मानवले मलाई फेरी पे्रम प्रस्ताव राख्यो । प्रेम प्रस्तावको साथ साथै उसको नराम्रो नियक्त थियो ।

जब उसले तिमीलाई हामी मानव र म एक अर्काैलाई पे्रम गर्छाै भन्यो, तिमीले उ’सको कुरालाई विश्वास गयौ । म केबल उसको साथी मात्र थिए तर उसले यो सम्बन्धलाई नराम्रो तरिकाले हेयो ।

निखिल, म तिमीलाई प्रेम गर्छु र तिमीले कसरी सोच्न सक्छौ कि म धोकेबाज भनेर । मैले तिमीलाई कसरी धोका दिन सक्छु । तिमीले एक पटक मेरो कुरा सुनेको भए हुन्थ्यो । मलाई र मेरो मायालनई बुझेको भए हुन्थ्यो र तर तिमीलाई मलाई मोैका दिएनौ । यदी तिमीलाई मेरो जस्तो भए तिमी के गथ्यौ ? मैले तिमीलाई बोल्ने मौका दिइन भने, तिमी के गथ्यौ ?

हाम्रो विवाह हाम्रो खुशीले भएको थिएन तर हामीले हाम्रो सम्बन्धलाई मौका दियौ । हामी केही महिना एक अर्काैसँग बोलेनौ र अर्काैको अनुहार हेरेनौ तर पछि माया र हेरचाह गर्न थाल्यौ तब हामी हाम्रो सम्कबन्धमा खुशी हुन थाल्यौ । तिमीले नै मलाई माया र विश्वास गर्न सिकायौ ।

निखिल, म यो भन्दिन कि तिमी संसारको राम्रो पति होऔ किनकि प्राय सबैले आफ्नो पति राम्रो र उच्च लाग्छ । म तिमीलाई राम्रो व्यक्तिको रुपमा देख्छु ।

मैले तिमीलाई पतिभन्दा पनि राम्रो पनि असल साथीको रुपमा हेर्थै । असल साथी भएमा हरेक चिज र क्षण व्यक्त गर्न सकिन्छ । त्यसबाहेक, असल साथीमा विश्वास हुन्छ, त्यसैले मैले तिमीलाई असल साथीको रुपमा हेन्र्थै ।

विश्वास तोड्न सजिलो छ तर त्यसलाई जोड्न गाह«ो हुन्छ । निखिल, तिमीले मेरो विश्वास तोडेका छौ । तिमीले मेरो विश्वास तोडे तापनि मैले तिमीलाई माफ गरेको छु । मेरो मनले भन्छ कि ति पलहरु बिर्सियौ किनभने म तिमीलाई माया गर्छु । म तिमी बिना बाँच्न सक्दिन । म हजार जन्मसम्म तिमी मेरो श्रीमान् हौ भन्ने चाहन्छु । निखिल, म तिम्रो प्रतिक्षामा छु ।
                                                                                                                        तिम्रो माया
                                                                                                                           सोनिता

यो चिठ्ठी पढिसकेपटि, निखिललाई पछुतो भयो आफ्नो सोनितालाई विश्वास नगरेर । सोनिताले उसलाई धेरै माया गर्छिन् तर यो माया निखिलले बुझेनन् । उसलाई एउटा अजान व्यक्तिको कुरामा विश्वास गरेकोमा पछुतो मानेका छन् । उनले नै अँध्यारो ल्याएको । उनको उज्यालो भनेको सोनिता हो तर सोनितालाई कसरी भेट्ने किनकि उसले गल्ती गरेका छन् ।
                                                                                 दस 
शनिबारको दिन । सोनिता ढिलो उठिन् पर्दा खोलिन् । उनीले आकाशमा हेरिन् र सुन्दर सूर्य देखिन् । उनी सूर्य उदाएको हेर्दै थिइन् तब ढोकाको घण्टी बज्यो र ढोका खोलिन् । उनीले निखिललाई देखिनन् र केही बोलिनन् ।
“म भित्र आउन सक्छु ?”
“हँ ?”
“म भित्र आउन सक्छु ?”
“हुन्छ ।”

सोनिताको अाँखामा अाँसुले भरिएका थिए । दुई वर्ष पछि, दुई जनाको भेट भएको थियो । के भन्ने र के नभन्ने भएको थियो । दुवै जना यता र उता हेरिरहेका थिए । दुवै जना बोल्न खोज्दै थिए तर कसरी सुरु गर्नै अल्लमल्ल भएका थिए ।

अन्त्यमा निखिलले मौनता तोडे र भने, “सोनिता, मलाई माफ गरिदेऊ । मैले तिमीलाई शङ्का गर्नु हुँदैन थियो । मैले तिम्रो कुरा सुन्नु पथ्यौ तर मैले सुनिन । तिमीले मलाई धेरै माया गर्छौ र मलाई माफ गर्न तयार छौ । तिमीले आफूभन्दा पनि मलाई भरोसा गर्छौ तर मैले गर्न सकिन । तिमीले यो सम्बन्धलाई बचाइ राखेका थियौ । तिमीले जे गर्यौ त्यो म गर्नै सक्दिन । जब तिमी मेरो जिन्दगीबाट गर्यौै तब मेरो जिन्दगी अँध्यारो छायो र उज्यालो कहिले छाएन किनकि मेरो जिन्दगीको उज्यालो तिमी हौ । मैले गरेको गल्ती जुन माफीको लायक छैन ।

सोनिता, मेरो जिवनमा आऊ । मलाई एक मौका देऊ । बाँकी जिवन म तिमीसँग बिताउन चाहन्छु । म तिमीबिना बाँच्न सक्दिन, सोनिता ।”

सानिता सुनिरहेकी थिइन् र केही भन्न सकेकी थिइनन् । आखाँबाट आँसु झरिरहे । सोनिताले निखिलाई अँगालीन् र भनिन्, “मैले तिमीलाई माफ गरिसके र तिम्रै प्रतिक्षामा थिए तर किन धेरै समय लगायौ आउन?”
“मलाई थाहा थिएन कि तिमीले चिठ्ठी लेखेकी थियौ भनेर । मैले हिजो मात्र पढे ।”

“भगवान्ले तिमीलाई मबिना बाँच्न सजाय दिएको र मेरो माया बुझ्न सजाय दिएको । कसम दिऊ कि अब देखि मलाई शङ्का गर्नै छैनौ र झगडाको लागि ठाउँ नहोस् ।”

“कसम ।”

दुवै जना मुस्कुराए र एक अर्काैलाई अगाले । यसपछि उनीहरु खुशीले बस्न थाले । पछि छोरा जन्मिए र दुवै जना खुशी भए ।

Comments

Popular Posts