म, तिम्रो साथ र मेरो अन्तिम ईच्छा

मलाई थाहा छ कि तिमी मसँग रिसाएका छौ । म तिमीदेखि दूर गएकी छु । तिमीलाई लाग्न सक्छ कि म बिना कारण तिमीसँग दूर गरिरहेकी छु । तिमीलाई कारण त म भन्न सक्दिन । कारण तिमीले थाहा पायौ भने, तिमीलाई नरमाइलो लाग्ने छ । तिम्रो मन रुने छ र तिमीले आफूलाई सम्माल्न सक्ने छैनौ । त्यसैले म तिमीलाई छोडेर जान्दै छु । म मृत्युसँग लड्दै छु । म क्यासर रोगबाट लड्दै छु । थाहा छ तिमीले मलाई निकै माया गछौ र मेरो साथ कहिले छोड्ने छैनौ । म पनि तिम्र सागमा हुने रहर थियो तर त्यो सपना कहिले पुरा नहुने भयो । कुनै सपनाहरु अधुरो नै हुँदो रहेछ । मेरो सपना अधुरो भए तापनि म तिम्रै खुशी चाहन्छु । सायद यो जुनीमा मैले तिमीलाई नपाए पनि अर्के जुनीमा पाउने आशा गर्छु । सुन्दा फिल्मि जस्तो लाग्दा तर तिम्रो मायाको कारण म अर्को जुनीमा तिम्रै हुन चाहन्छु । तिम्रो साथको कारण म तिम्रै हुन चाहन्छु । हुन त अहिलेको समयमा तिमीले जस्तो माया, साथ र विश्वास अरुले दिँदैन । केही क्षणको लागि मात्र माया हुन्छ तर तिम्रो माया त हजार जुनीको हो । तिमीले मेरो साथ कहिले छोड्दैनौ तर म तिम्रो साथ छोड्दै छु, त्यो पनि सधैको लागि । सायद भाग्यले यही चाहेको होला । सत्य म तिमीलाई भन्न सक्दिन न त लुकाउन नै सक्छु । यदी तिमीले सत्य थाहा पा¥यौ भने, तिमीलाई के हुन्छ मलाई थाहा छ । गुमाउनुको पिडा निकै गाह्रो हुन्छ । म त त्यो संसारबाट दूर जाँदै छु तर तिम्रो जिन्दगी लामो छ । त्यसैले म चाहन्छु कि तिमी आफ्नो जिन्दगी बाँच त्यो पनि खुशीसँग बाँच । तिम्रो खुशी मेरो खुशी हुने छ ।

Comments

Popular Posts