मेरो असफल प्रेम
साँझको समय थियो । म एक कप कफी पिउँदै थिए । कफी पिउँदै म छत बाहिर हेदै थिए । त्यसको साथ साथै, आज छुट्टीको दिन र बच्चाहरु आँगनमा खेल्दै थिए । त्यही क्रममा, मेरो नजर एक घरमा पुग्यो । त्यहाँ एक जनाले लुगा उठाउदै थिइन् । मैले उनीलाई कहिले देखेको थिइन । मैले राम्रोसँग देख्न त देखिन । लुगा उठाएउनी भित्र छिरिन् । यो हररोज हुन्थ्यो । मलाई छटपट हुन थाल्यो । मलाई उनीको मुहार हेर्न मन लाग्यो । उनी को होलिन् ? उनी कस्ति छिन् ? मलाई देखिन् कि देखिनन् ? मलाई बोल्न मन लाग्यो तर कसरी ? एक हप्तासम्म यसरी बित्यो तर पनि मैले उनीको मुहार देख्न पाइन । एक हप्तापछिको कुरा हो । मैले उनीलाई देख्न छोडेको थिए । मेरो मन छटपटाउन थाल्यो । कहाँ गइन् ? केही त भएन ? मलाई के भइरहेको छ ।मैले त उनीलाई चिन्दिन तर किन म उनीप्रति आकर्षित हुँदै छु ? किन मेरो ध्यान उनीतिरै छ ? म उनीबारे किन यति धेरै सोच्दै छु ? न त मलाई उनीको बारेमा थाहा छ न त उनीलाई मेरो बारेमा थाहा छ ।
एक दिनको कुरा होइन दुई हप्तासम्म मैले उनीलाई देखिन । नदेखेपछि मैले उनीलाई भेट्ने निर्णय गरे । फूल पसलमा गएर धेरै रङ्का फूलहरु किने । अनि आफू पनि राम्रो भए । जिन्दगीमा म कहिले राम्रो भएर नहिड्ने व्यक्ति आज पहिलो पटक राम्रो हुँदै थिए त्यो पनि एक जनाको कारण । ऐना हेरे र मुस्सुक हाँसे । आज आफ्नो हाँसो आफैलाई राम्रो लागेको छ । सोचे कि यति राम्रो मुस्कान आजसम्म कता हराएको थियो । म निकै राम्रो रहेछु । आज बल्ल थाहा पाए । तयार भएपछि उ उनीतिर गए । घण्टी बजाए तर केही जवाफ आएन । निकै बेर बजाए । यो निकै दिनसम्म चलिरह्यो तर एक दिनको कुरा हो । मैले निकै बेर घण्टी बजाए । आज चाँहि म भेटेर जान्छु भनि बाहिर बसे । केही क्षणपछि एक जना पुरुष मेरो नजिक आउनु भयो । मलाई हेर्दै भन्नुभयो,“तपाईलाई केही दिनदेखि याद गर्दै थिए । तपाईले कसलैलाई खोज्नु भएको हो ?”
“मेरो साथी यहाँ बस्नु हुन्छ । उहाँलाई नै खोजेको ,”
उहाँले मलाई अचम्म पाराले हेर्नु भयो । अनि मलाई हेर्दै भन्नुभयो, “साथी ?”
“अँ हो ।”
“साथी अमेरिका गएको थाहा हुँदैन र ?”
मेरो मनमा चिसो प¥यो । मैले धन्यवाद भन्दै त्यस ठाउँबाट निस्किए । उनीसँग कुरा गर्न मन थियो तर आज त्यो सपना टु¥यो । मेरो प्रेम कहानी सुरु हुनु भन्दा अगाडि नै टु¥यो । हर पल मेरो आँखा अहिलेसम्म त्यही पुग्छ । थाहा छ कि उनीलाई म देख्दिन तर पनि मेरा नजरहरु त्यही जान्छ ।
Comments
Post a Comment