चिठ्ठी प्रेम

                 साँझको ६ः०० बजेको थियो । म र मेरो दुई जना छोरीहरु न्यू योर्कको पार्कमा थियौ । छोरीहरु खेल्दै थिए भने म बेचमा बसे आस पास हेरिरहेको थिए । अनि आकाशतिर हेर्दै थिए । मेरो जिन्दगी कहिले काँही खुल्ला आकाश जस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ । मेरो जिन्दगीमा किन यति धेरै दुःख छ जस्तो लाग्छ । हुन त आफूले चाहेको कुराहरु पाएको थिए तर मेरो जिन्दगीमा माया भन्ने चिज कहिले पाइन । हुन त मेरो प्रेम कहानी बेग्लै थियो । अहिले आफ्नो प्रेम कहानी सुनाएए भने प्राय मानिसहरुले विश्वास गर्दैनन् होला । आफ्नो पे्रम कहानी अर्के थियो । साँच्चो र विश्वास थियो । हामीले एक अर्कोलाई देखेका थिइनौ । चिठ्ठीबाट प्रेम परेको थियो । पछि बिहेको कुरा गर्दा मैले बुवालाई भने । मेरो कुरा सुनिसकेपछि एक पल्ट भेट्न आग्रह गर्नु भयो । म खुशी भएको थिए र उनीलाई चिठ्ठी पठाए । धेरै समयपछि मात्र उनीको सन्देश आएको थियो । उनीको घरमा केटीको खोजिमा हुनु हुन्थ्यो । मेरो बारेमा भनेका थिउ तर उनीको परिवारले माजेका थिएनन् । त्यसैले हामी छुट्टी हौ र आफ्नो मायालाई त्याग गरौ । एक अर्कोलाई नपाउदाको पीडा थियो । मेलै बुवाले नै खोजिदिनु भएको व्यक्तिसँग विवाह गरे । मैले आफ्नो जिवनसाथीलाई आफ्नो प्रेम बारे सबै व्यक्त गरे । विवाहपछि पनि उनीको याद आउथ्यो । एक पल्ट भेट्न पाए हुन्थ्यो जस्तो लाग्छ । हुन त अनमोलले मलाई निकै माया गर्छन् । धेरै चोटि फेसबुकमा खोजे तर उनको अनुहार नै थाहा छैन । त्यही क्रममा, छोरीहरु मेरो नजिक आए र भने,“घर जाऊ ममी ।”

               “हुन्छ ।” अनि हामी पार्कबाट निस्कियौ । घर र पार्क नजिकै थियो । पार्क र घरको दुरी १० मिनेटको थियो । हामी अमेरिका आएको १० वर्षभन्दा धेरै भइसकेको थियो । ठूली छोरी त नेपालमै जन्मेकी थिइन् । ठूली छोरी सोफिया साढे तीन वर्ष हुँदा हामी अमेरिका आएका हौ । अनमोलले अमेरिकामा छात्रवृत पाएका थिए । कान्छी छोरी चाँहि अमेरिकामै जन्मेकी हुन् । अमेरिका आएदेखि हामी नेपाल त्यति गएका छैनौ । दुई चोटि मात्र गएका छौ । 

         दस मिनेटपछि हामी घर पुग्यौ । घण्टी बजाए । अनमोलले ढोका खोले । हामीलाई देखेर मुस्कुराए । अनमोल आईटी कम्पनीम काम गर्नु हुन्छ । घर भित्र छिर्ने बित्तिकै मिठो वास्न आएको थियो । अनमोललाई पकाउन निकै मनपर्छ । फुर्सद हुने बित्तिकै पकाउन किचेन छिर्ने । मिठो वास्ना आएपछि मैले भने,“कस्तो मिठो वास्ना । के पकाएको ?” 

        “मैले पकाएपछि सधै मिठो वास्ना आउँछ । म यति आईटी काम नपाएको भए, म क्याफेममा काम गर्थे र मेरो क्याफे निकै चल्थ्यो ।” 

        “हो हई ।” अनि म मुस्कुराए । अनि म पे्रस हुन गए । केही  क्षणपछि म किचेनमा आए । सबै रेडी भइसकेको थियो । छोरीहरु पनि किचेनमै थिए । छोरीहरु बुवा भनेपछि हुरुक हुन्छन् । बुवासँग बस्न मन पराउछन् । मेरा श्रीमान् पनि छोरीहरु भनेपछि हुरुक गर्छन् । 

         सबैजना बसेर खाना खान थाल्यौ । त्यही क्रममा, सोफियाले भनिन् “मलाई तपाईहरुको लभ स्टोरी सुन्न मन छ ।” हामी दुवै जनालाई हेदै भनिन् ।  

       मेरो भाव अर्के भाव भएर आयो । अनमोलले मलाई हेरिरहेका थिए । मौनता छाएको थियो र अनमोलले मेरो भाव बुझेका थिए । अनि मौनता तोड्दै उनले मुस्कुराउदै भने,“हाम्रो त बिहे पछि मात्र लभ परेको हो ।”

       “हँ । के भन्नु भएको हो ? कस्तो अचम्म ?” छोरीले अचम्मको पाराले भनिन् ।

      “हो । हाम्रो त बिहपिछि मात्र एक अर्कोलाई चिनेको लभ स्टोरि सुरु भएको ।” मैले भने ।

      “बिहे चाँहि कसरी भयो ?” सोफियाले उत्सुता देखाउदै सोधिन् । 

      “मेरो बुवाले खोजिदिनु भएको हो । हाम्रो बुवाले एक अर्कोलाई चिन्नु हुन्थ्यो । मेरो बुवालाई अनमोल पहिलेदेखि नै मन पथ्यो र घरको ज्वाँइ बनाउन मन थियो । मेरो मास्टस् डिग्री सकेपछि बुवाले भन्नुभयो । सुरुमा त मैले मानेको थिइन । बुवाले एक पल्ट भेट भनेपछि मैले माने । पहिलो पल्ट त्यति कुरा भएन । भेटिसकेपछि अनमोलले कहिले केही भन्न सक्दिन भने ।” मैले भने । 

       “अनि तपाईले चाँहि के भन्नुभयो ?”

       “मैले भेट्दै गएपछि मात्र निर्णय गर्छु भने । बुवाले मान्नु भयो । त्यो जमानामा बुवा खुल्ला विचारको हुनु हुन्थ्यो । अनि हामी दुवै जना भेट्दै गयौ । हुन त मेरो लभ गरेको थिएन र अनमोल मिल्ने साथी  भएका थिए । असल साथी भेट्न निकै गाह्रो हुन्छ । जिवन साथीमा राम्रो साथी हुनु जरुरी हुन्छ । त्यसैले मैले बिहेको लगि हुन्छ भने र अनमोलले पनि हुन्छ भने । अनमोलले मेरो हरेक कुरा बुझ्छन् । आजसम्म हामी बीच त्यति झगडा भएको छैन ।” मैले मुस्कुराउदै भने ।  

      त्यही क्रममा, अनमोलले भने, “म पनि धेरै खुशी छु । भेट्दै गएपछि मन पर्दै गएको थियो । हामी बीच धेरै कुराहरु मिल्थ्यो । मैले तिम्रो ममी जस्तो जिवनसाथी पाएर खुशी छु ।”

      “वाह् ।” सोफियाले भनिन् । अनि हामीले खान थाल्यौ ।

      केही क्षणपछि हामी आफ्नो कोठामा थियौ । त्यही क्रममा, अनमोलले मालई हेर्दै भने,“तिमीलाई एउटा कुरा सोध्नु थियो ।”

    “भन न ।”

   “तिमीलाई उसको याद आउँछ कि आउँदैन ।”

   “आउ न त आउँछ । कहिले काँही एक पल्ट भेट्न पाए हुन्थ्यो जस्तो लाग्छ तर तिम्रो याद आउँछ । तिमीले मलाई धेरै माया गरेका छौ र मलाई साथ पनि दिएका छौ । तिम्रो कारणले म धेरै खुशी छु । भाग्यले उनीसँग भेटायो भने ठीक छ । नभए यस्तै रहेछ जिन्दगी भनि चिन्त बुझाउने छु । तिमीलाई उसको कुरा गरेर वाक्क त भएको छैनौ ।”

   “अँह । थाहा छि तिमीले मलाई माया गछौ । तिमीले पनि मलाई साथ दिएकी छौ । सबै जनाको आफ्नो अतित छ । उनी तिम्रो जिन्दगीको एक भाग थिए । तिमीले माया गरेको व्यक्ति । बिर्सेन त्यति सजिलो छैन । तिमीलाई उनी खुशी छन् कि छैनन् भन्ने जिज्ञासा छ । अरु केही होइन । तिमीलाई अरुको खुशी चाहिएको छ । तिमी अरुको खुशी चाहने व्यक्ति हौ । म त तिमी जस्तो जिवन साथी पाएर निकै खुशी छु ।”

   अनि हामीले एक अर्कोलाई हग गरौ । विश्वास गर्नु जरुरी हुन्छ । हामीले एक अर्काेलाई निकै भरोसा गछौ । त्यसैले  हामी आफ्नो जिन्दगीमा खुशी छौ ।


Comments

Popular Posts