तिम्रो याद

साँझको समय थियो । मेरो मोबाइलमा एक भिलनको गीत गंलिया बज्दै थियो । मैले कालो कफी लिएर छतमा पुगे । कफी पिउँदै आकाश हेर्छु । त्यसको साथ साथै, म गीतमा पनि डुबेको हुन्छु । अनि सूर्य अत्ताएको निकै राम्रो देखिएको थियो । चराहरु उडिरहेका थिए । चरा चुरुगीहरुको मीठो स्वर गुज्जिरहेका थिए । आकाश हेर्दे म आफ्नो संसारमा हराइरहेको थिए । सोचे कि मेरो जिन्दगी पनि अत्ताउदै छ । मेरो संसार पनि अँध्यारो छ । म रोज तिमीलाई सम्झने गर्छु । मोबाइलमा तिम्रै रोजाइका गीत हुन्छन् । तिमीलाई एक भिलनको गीत गंलिया निकै मन पथ्यो । म हररोज यो गीत सुन्ने गर्छु । म प्राय ः हामी धुम्ने ठाउँमा गइरहन्छु र अनि म तिम्रै यादमा डुब्छु । तिमीसँग समय बिताएको सम्झन्छु । लाग्छ कि तिमी मसँग नै छौ । तिमीले यो संसार छोडेर गएको एक वर्ष भइसकेको छ तर पनि म तिमीलाई बिर्सेन सक्दिन । त्यसको साथ साथै, म अरुलाई तिमी जस्तो माया गर्न सक्दिन । चाहेर पनि सक्दिन । मैले तिमीलाई आफ्नो बनाउन नपाउदै तिमी मदेखि दूर गयौ । यो संसारदेखि दूर गयौ । म हररोज आकाशको तारा हेर्ने गर्छु र तिमीले मलाई हेरिरहेकी छौ जस्तो लाग्छ । तिमीसँग हुँदा म निकै खुशी थिए र म आफ्नो जिन्दगी राम्रोसँग बाँचिरहको थिए तर तिमी नहुँदा म जिन्दगी देखेर उदास भएको छु ।  बाँच्ने ईच्छा नै छैन । उत्साह नै छैन । कसका लागि बाँच्नु जस्तो लाग्छ । कारण म केही देख्दिन । अब केही कुरामा आश र ईच्छा छैन । म रमाउन सकेको छैन । थाहा छैन अब आउने  समयमा म खुशी हुन सक्छु कि सक्दिन । रमाउन सक्छु कि सक्दिन तर म तिमीलाई माया गरिरहन्छु र तिमीलाई बिर्सेन सक्दिन । चाहेर पनि सक्दिन । तिमी खास छौ र सधै भरि रहिरहने छौ । 

Comments

Popular Posts