तनाव

मानिसको जिन्दगीमा धेरै कुराहरुको तनाव हुन्छ । मलाई नै थाहा छैन कि मलाई के कुराहरुले तनाव थियो । म निकै सोच्न थालेको छु । सोच्दा सोच्दै मेरो जिन्दगीको मोड भएर आयो । सुरुमा त मेरो प्रेम अस्वीकार भएको थियो । त्यसको साथ साथै, कामको पनि तनाव थियो । काममा पनि आफूले सोचेको जस्तो भइरहेको थिएन । । सोचे कि मबाट केही हुन सक्दैन । हरेक कुराबाट असफल भइरहेका छु जस्तो फिल हुन थाल्यो । त्यसको साथ साथै, घरमा र नजिकको आफन्तहरुले अरुसँग तुलना गरिदिँदा आफूलाई कमजोर सोच्न थाले । कति बेला मानसिक तनावमा पुगे आफूलाई नै थाहा भएन । आफू कमजोर हुन थाले । नकारात्मक सोचहरु आउन थाल्यो । नकारात्मक सोचहरुको साथ साथै, आत्मघाती सोचहरुले डेरा जमाउन थाल्यो । अवसरहरु खोज्ने क्रममा आफूले चाहेको पाएको थिइन । घरमा पनि अरुबाट सहयाग पाइन । आफ्ना मनका कुराहरु सेयर गर्ने ठाउँ भेटिन । एक्लै छु भन्ने फिल हुँदै गयो । आफ्नै जिन्दगी आफूलाई धेरै भइसकेको थियो । बाँच्ने रहर हराइसकेको छ । 

Comments

Popular Posts