मेरो अशान्त मन

आजकाल मेरो दिमाग र मनमा धेरै प्र्रश्नहरु आइरहन्छ । मेरो मन अशान्त छ । मेरो गल्तीको कारण मैले तिमीलाई गुमाए । तिमीलाई गुमाउनु मेरो अभाग्य रहेछ । तिमीलाई गुमाएपछि म शान्त छैन । म पछुताएको छु । मैले तिमीलाई धेरै शङ्का गरिरहे । त्यसको साथ साथै, म तिमी प्रति  Possessive हुन थालेको थिए । तिमीलाई मैले  Personal Space पनि दिइन । हरपल म चाहन्थे तिमी मसँग बसिरहोस् जस्तो हुन्थ्यो । म तिमीलाई मेरो मात्र सोच्थे । मेरो बुझ्नि कि तिम्रो पनि आफ्नो संसार छ भनेर । म बाहेक अरु व्यक्तिहरु नि छन् भनेर । मैले आफ्नो बारेमा मात्र सोचे । तिम्रो नजरबाट मैले कहिले हेर्ने र बुझ्ने कोसिस गरिन । मैले सिर्फ आफ्नो नजरले मात्र हेरे । त्यसैले धेरै चोटि तिम्रो मन दुखाए । मेरै कारणले तिमी मदेखि दूर गयौ । म माफीको लायक छैन । 

Comments

Popular Posts