सन्दर्शः विवाहको

मानिसहरुको आ–आफ्नो जिन्दगी हुन्छ । कसैलाई के गर्न मनपर्छ र सबैको आ–आफ्नो छनोट हुन्छ । त्यसको साथ साथै, मानिसहरुको आ–आफ्नो सोच हुन्छ । अरुले आएर हस्तक्षेप गरेको मन पर्दैन । किन गरेको जस्तो लाग्छ । सन्दर्शः विवाहको । 

मानिसहरु अरुले विवाह गरो कि गरेन भन्ने विषयमा धेरै चासो राख्छन् । गरेपछि कोसँग, कसरी, कहाँ र अरु विवरण चाहिन्छ । नगरे किन नगरिकन बसेको, साथी चाहिन्छ आदि । कसैलाई एक्लै बस्न मन लागेको हुन सक्छ । एक्लै बस्नु व्यक्तिको आफ्नो ईच्छा हो । अरुले हस्तक्षेप गर्ने होइन । सबै जनाको आफ्नो निजी हुन्छ । मानिसहरुले आफ्नो बारेमा सोच्नु जरुरी हुन्छ । अरुको होइन । यदी कोही व्यक्ति खुशीसँग बिताइरहेको छ भने अरु व्यक्तिको चासोको विषय होइन । कहिले काही अरुको चासोले घर बिग्रेको थाहा हुँदैन ।

कहिले काँही मलाई लाग्छ कि जिन्दगी यति कै ठीक छ किनकि म आफ्नो जिन्दगीमा धेरै खुशी छु । मलाई अरुको चासो छैन । मलाई अरुले खान दिएको छैन । अरुले दिएको जिन्दगी पनि होइन । मेरो खुशी जतिको महत्वपूर्ण अरु केही छैन तर पनि अरुले आफू खुशी भएको देख्न सक्दैन रहेछ । 


Comments

Popular Posts