मेरो प्रेम कहानी

जिन्दगीमा धेरै मानिसहरुसँग प्रेम बसेको हुन्छ । कसैसँग क्रस पनि । यही धेरै मानिसहरुसँग प्रेम भयो भने मानिसहरुले नराम्रो सोच्दो रहेछ । कति जनासँग माया बसेको भन्ने सोच आउँछ । मानिसहरुले यो सोच्दैनन् कि सम्बन्ध किन टिकेन ? समस्या प¥यो कि भन्ने सोच्दैनन् । सिर्फ कुरा काट्नमा व्यस्त हुन्छौ । अरुको जिन्दगीको बारेमा धेरै सोच्छौ तयो पनि नकारात्मक सोच्छौ । 

मायाको महिना भएर होला मलाई प्रेम र मायाको बारेमा लेख्न मन लाग्यो । जिन्दगीमा मेरो क्रस धेरैसँग भयो र प्रेम पनि । कक्षा ५ मा पढ्दा एक जनासँग क्रस परेको थियो । हामीलाई पढाउनु हुन्थ्ये । गालामा डिम्पल परेको थियो । सबै जनााई उहाँको डिम्पल मन पर्ने र उहाँले पढाएको मन पथ्यो । पछि उहाँले स्कूल छोड्नु भयो । 

कक्षा ७ मा पढ्दा एक जना थिए जो अर्के स्कूलमा पढ्थे । हेर्दा राम्रा थिएनन् तर केही न केही थियो । स्कूल बसबाट सधै उनलाई देख्थे । मनमनमै उनलाई मन पराउन थालेको थिए र आफ्नो भावनाहरु व्यक्त गरे तर जवाप कहिले आएन र हाम्रो भेट पनि भएन । 

विद्यालय पढ्दाकोु माय बच्चै जस्तो लाग्छ । अहिले सम्झदा रमाइलो लाग्छ । प्रेम दिवस आउँदा कसले कसलाई प्रेम प्रस्ताव राख्यो भन्ने विषय हुन्थ्यो । कति जनाको पे्रमको बारे पछि थाहा हुन्थ्यो । कति जनाको त बे्रक अप भइसकेपछि थाहा हुन्थ्यो । 

मेरो जिन्दगीमा मैले केही व्यक्तिहरुलाई माया गरे तर पाउन सकिन । एक जनासँग त मेरो एक तर्फी माया थियो । छ वर्षसम्म मैले आफ्नो माया लुकाए र पछि उनले विवाह गरे । विवाहपछि हाम्रो त्यति कुरा हुँदैन तर यति मैले आफ्नो मनको कुरा व्यक्त गरेको भए हुन्थ्यो जस्तो लाग्छ । उनले स्वीकारे पनि अस्वीकारे पनि आफ्नो मनमा शान्त त हुन्थ्यो । जब उनको विवाह भयो, म निकै दिनसम्म रोएको थिए । बाहिर निस्केको थिइन । त्यसको साथ साथै, पीडाका गीतहरु सुन्न थालेको थिए र ती गीतहरुमा म आफूलाई पाउथे । समय बित्दै गयो तर उनलाई म बिर्सेन सकेको छैन । अहिलेसम्म सम्झन्छु । 

केही वर्षपछि मेरो भेट एक जनासँग हुन पुग्यो । तालिममा हाम्रो भेट भएको थियो । बिस्तरै हामी दुवै जना मिल्ने साथी भएका थियौ । फेसबुक र भाइबरमा कुरा हुन्थ्यो । कुरा गर्दै जाँदा मैल उनलाई मन पराउन थालेको थिए । पछि उनलाई आफ्नो मनको कुरा व्यक्त गरे र म पछि हट्नु परेको थियो । केही कारण थियो जसको कारणले म पछि हट्नु परेको थियो । हामी अहिलेसम्म कुरा गछौ । उनीसँग कुरा गर्दा राम्रो फिल हुन्छ । एक प्रकारले राम्रो लाग्यो किनकि उनको मनमा के छ थाहा त पाए नि । 

समय बित्दै गयो र म काममा व्यस्त हुन थालेको थिए । त्यही दौहान एक सहकर्मी र मेरो कुरा हुन थाल्यो । त्यही क्रममा, उनाीले मेरो प्रेम सम्बन्ध बारे सबै सोधिन् र मैले आफ्नो प्रेम कहानी बताए । मेरो पे्रम कहानी सुनेपछि उनले भनिन् कि जिन्दगी र पे्रमलाई एक मौका दिनुहोस् । के थाहा राम्रो भइहाल्छ कि । उनीको कुरा मलाई सही लागेको थियो । त्यही क्रममा, मेरो भेट एक विदेशीसँग भएको थियो र त्यो पनि इस्टागा्रममा । हाम्रो कुरा हुँदै गयो । उनी जर्मनीमा बस्थे । दुरीले हाम्रो मायामा फरक पारेको थिएन तर केही महिनापछिको कुरा हो । उनले मलाई उपहारहरु पठाइदिएका रहेछन् तर उपहारहरु पाउनको लागि मैले उल्टै पैसा तिर्नु पर्ने । मैले पैसा नतिर्ने निर्णय गरेको थिए । मैले कम्पनीलाई ईमेल पठाइन । जवाफ दिन जरुरी सोचिन । यही कुरामा हाम्रो हरेक दिन झगडा हुन्थ्यो । केही समयपछिको कुरा हो । कम्पनीलाई मैले जवाफ नदिएको र पैसा नतिरेको भनि कानुनी तरिकाले जाने कुरा गरे । अनि म बाध्य भएर पैसा तिरे त्यो पनि धेरै थियो । तिरेको भोलिपल्टको कुरा हो । सामान आएन र ईमेल आयो । ईमेलमा लेखिएको थियो कि उनले गैरकानुनी पैसा पठाएका रहेछन् र त्यो पैसा पाउन मैले उल्टै पैसा तिर्नु पर्ने । मैले उनलाई धेरै चोटि म्यासेज पठाए तर उनले म्यासेजको जवाफ पठाएनन् । पछि मैले पैसा तिरेको पैसा फिर्ता पाए । 

मलाई धेरै दिनसम्म मानसिक रुपमा तनाव थियो । निकै दिनसम्म गाह्रो भएको थियो । आफ्नो मनको कुरा कति दिनसम्म लुकाइरहे । पनि मात्र आफ्नो मिल्ने साथीलाई भने । उनले गरेर त्यो घटनाबाट निस्किए । त्यस घटनापछि मलाई सम्बन्धमा बस्न मन भएन । मलाई पुगिसकेको छ । कहिले काँही यो घटना दिमागमा आइरहन्छ । बिर्सेन खोज्दै छु । आफूलाई केही न केहीमा अल्मल्याउछु । तुटेको सम्बन्धले धेरै कुराहरु सिकाएको छ ।  


Comments

Popular Posts