बडी शेर्मिङ्ग

हामीले जिन्दगीमा धेरै मानिसहरुसँग भेटिरहेका हुन्छौ । केही मानिसहरुले स्पर्श दिन्छन् भने कसैले नराम्रो स्पर्श । त्यसको साथ साथै, केही मानिसहरुको प्रतिक्रियाले नराम्रो असर दिन्छ । त्यसमा बडी शेर्मिङ्ग पर्छ । मानिसहरुलाई अरु ‘कस्तो मोटो,’ ‘कस्तो पातलो,’ ‘कस्तो गोरो,’ ‘कस्तो कालो’ आदि प्रतिक्रिया दिन्छन् । 




बडी शेर्मिङ्ग  भनेको के हो ?  

बडी शेर्मिङ्ग भनेको कसैलाई उनीहको शारीरिकको लागि अपमान र आलोचनको अधीनमा राख्ने कार्य वा निस्कियता हो । बडी शेर्मिङ्गको दायरा फराकिलो र यसमा फ्याट शेर्मिङ्ग, पातलोपनको लागि अप्ठ्यारो, उचाइ शेर्मिङ्ग, शरीरको आकार, लुकलाई अप्ठ्यारो पार्ने र त्यसको व्यापक अर्थमा सोरायसिस जस्ता शारीरिक चिन्ह छोड्ने ट्याटु र छोड्ने वा रोगहरु पनि समावेश हुन सक्छ । त्यसको साथ साथै, कसैलाई पनि हाइटिङको बारेमा सल्लाह दिनु वा तौल घटाउने कुरा गर्नुलाई पनि बडी शेर्मिङ्ग  मानिन्छ; चाहे त्यो हामीले राम्रो तरिकाले भनेकाले होस् वा नहोस् । 



बडी शेर्मिङ्गको प्रभाव 

सुपरमोडेलहरु र प्राइम ब्यालेरिनाहरुमा अपूर्णताहरु छन् भन्ने हामीलाई थाहा छ तर पनि हामीलाई सुन्दर हुनु नै छ । त्यसको साथ साथै अरुको नकारात्मक टिप्पणीहरु हामीले मनमै लिन्छौ, त्यसको अस्वस्थ व्यवहार र मानसिक स्वास्थमा समस्गाहरु निम्त्याउन सक्छ । जस्तै ः 

  • खाने लाइप स्टिाइल 
  • बडी डिस्मोर्फिक डिसअर्डर 
  • अत्यधिक ल्यायाम 
  • चिन्ता 

किशोरावस्थामा बडी शेर्मिङ्ग 

किशोरहरु आफ्नो बडी शेर्मिङ, वजन शेर्मिङ्ख र उपस्थितिमा आधारित शेर्मिङ्ग  बारे धेरै सोच्छन् । किशोरावस्थामा आफ्ना परिवार, साथीहरु र सामाजिक सञ्जालबाट बडी शेर्मिङ्ग  र आत्म सम्मानबारे प्रभावित हुन्छन् । उदाहरणको लागि आमाहरु आफ्ना छोरीहरुको लागि रोल मोेडेल हुन सक्छन् । यदी आमाले आकार वा तौलको बारेमा लगातार गुनासो गरिरहनु भएको छ वा खानेकुरामा समस्याहरु औल्याउनु हुन्छ, यसले किशोर वा बच्चाहरुलाई प्रभाव पर्छ । 

किशोरावसथमा कसैले बडी वा तौलको बारे कसैले नकारात्मक धारणा दिएमा बच्चाहरुलाई नराम्रो असर पर्न सक्छ । त्यसको कारणले बच्चाहरुलाई कमजोर बनाउन सक्छ र डिप्रेसन निम्त्याउन सक्छ । 



कसरी परिवर्तन गर्ने ? 

यसलाई परिवर्तन गर्नको लागि सुरुमा त सोचाइमा नै परिवर्तन ल्याउन जरुरी छ । आफ्नो सोचाइमा परिवर्तन ल्याएन भने, यो कहिले परिवर्तन हुँदैन । अरुले भ¥यो भन्दैमा, त्यसलाई मनमा राख्नु जरुरी छैन । सबै जना उस्तै हुँदैनन् । यो कुरालाई हामीले स्वीकार्नु पर्छ । त्यसको साथ साथै, हामीले अरुसँग दाज्नु हुँदैन र सबै जना आफ्नो ठाउँमा ठीक हुन्छन् । आफूलाई माया गर्न सिक्नु पर्छ र आफ्नो आत्मविश्वासलाई कहिले कमी आउन दिनु हुँदैन । सधै सकरात्मक सोच राख्नु जरुरी छ । 


Comments

Popular Posts