म र मेरो जिन्दगी

 मैले तिमीलाई टिकटकमा देखेको थिए । एकै नजरमा माया बसेको थियो । तिम्रो भिडियो हेर्न थालेको थिए र राम्रो लाग्न थालेको थियो । पछि तिमीलाई इन्स्टाग्राममा तिमीलाई फलो गरे । तिम्रो तस्बिरहरु निकै मन परेको थियो र लाइक र कमेन्ट गर्न थाले । तिमीलाई इन्स्टाग्राममा धेरै चोटि म्यासेजहरु पढाउथे तर तिम्रो केही जवाफ आउदैन थियो । म हररोज तिम्रो जवाफ कुरेको हुन्छु । तिम्रो म्यासेजहरु नआउदा म निराश भएको थिए र पागल झै भए । म्यासेजहरु नआएपछि मैले इन्स्टाग्राममा फोन गरे तर तिमीले मेरो फोन उठाउन जरुरी सोचिनौ । जति तिमीलाई हेर्थे त्यति तिमीलाई भेट्ने रहर बढ्थ्यो । हाम्रो भेट कहिले हुन्छ जस्तो हुन्थ्यो । त्यसको साथ साथै हररोज म तिमीलाई सपना देख्छु । एक दिन त्यस्तो दिन छैन जहाँ तिमीलाई नसम्झेको होस् । समय बित्दै गयो तिम्रो र मेरो भेट हुन सकेको छैन । झन् भेट्ने रहर हुँदो रहेछ । तर त्यो सपना अधुरो भएर आयो । एक दिन तिम्रो तस्बिर हेर्दै थिए र त्यही क्रममा मैले तिम्रो विवाहको तस्बिर देखे । म आकाशबाट झरेझै भए । म निकै दुःखी भए र म निकै रोए । आफूलाई अहिलेसम्म सम्हाल्न सकेको छैन । निकै दिनसम्म निद्रा परेन र म बाहिर पनि निस्कन सकिन । अहिलेसम्म म तिम्रै यादमा डुबेको छु । 

..................................................................................................................................................................

मलाई थाहा कि तिमी मेरो कहिले हुन सक्दिन न त तिमीलाई नै बिर्सेन । मलाई नै थाहा कि मलाई तिम्रो माया किन यति धेरै माया लाग्छ । आफूभन्दा धेरै लाग्छ । तिमीलाई नदेख्दा मन छटपटीन थाल्छ । मन अशान्त हुन्छ । मलाई थाहा छ कि तिम्रो मनमा मेरोे लागि माया छैन । मलाई यो पनि थाहा कि तिमी म बिना बाँच्न सक्छौ र मलाई छिट्टै बिर्सेने छौ तर म तिमीलाई बिर्सेन सक्दिन किनकि तिमी मेरा लागि विशेष छौ । जति समय बित्दै जान्छ त्यति नै तिम्रो सम्झना आइरहने छ । तिम्रो हरेक कुराहरु याद आइरहन्छ । त्यसको साथ साथै तिम्रो हरेक याद आइरहन्छ । त्यसको साथ साथै तिम्रो मुस्कान संसारको सबैभन्दा राम्रो र मिठो मुस्कान हो । तिम्रो मुस्कान देख्ने बित्तिकै धेरै व्यक्तिहरु मोहत हुन्छन् र म पनि हुन्छु । तिमीलाई त मेरो अस्तिव छ वा छैन भन्ने थाहा छैन । तिमीलाई त मेरो ध्यान नै वा यो संसारमा छु भन्ने नै थाहा छैन तर तिमी त मेरो आसपास छौ । तिमी त मेरो मन र दिमागमा छौ । चाहेर पनि म तिमीलाई म आफ्नो दिमाग र म मनबाट निक्लान सक्दिन ।

..................................................................................................................................................................

आजकाल म सपना देख्न छोडिसकेको छु । जिन्दगी बाँच्न मन पनि छैन । आजकाल बाँचेर के गर्नु जस्तो भएको छ । सपना उसैको पूरा हुन्छ जसलाई भरोसा गरिन्छ । लाग्छ कि म प्रति कसैलाई भरोसा छैन । मनमा धेरै कुराहरु छन् जुन म कसैसँग सेयर पनि गर्न सक्दिन या गर्न रुचाउदिन । ती कुराहरु सेयर उचित छैन । मेरो परिस्थित कसैले बुझ्दैन र म आफै पनि बुझाउन सक्दिन । चाहेर पनि सक्दिन । मनदेखि खुशी छैन । बाहिर हेर्दा मात्र म खुशी छु तर भित्र देखि हारिसकेको छु । अब म चाहेर केही गर्न सक्दिन । 


Comments

Popular Posts