अतित

कहिले काँही अतित सम्झेर हाँसो लागेर आउँछ । पहिलाको कुरा हो । म कक्षा ७ मा पढ्थे । स्कूलको जाँच थियो । गणितको जाँच थियो । त्यही क्रममा, एक जना केटा मान्छे ५ मिनेट ढिला आए । उनी कक्षा ९ वा १० मा पढ्थे । उनी आफ्नो ठाउँमा बसे । बस्ने बित्तिकै लेख्न थाले । पछि २ः३० घण्टा पछि उनले कक्षा ८ को उत्तर लेख्दै थिए । सरसँग एकछिनको लागि छलफल भयो । उनले आफ्नो कक्षको प्रश्न दिन अनुरोध गरे तर आधा घण्टामा केही हुँदैन भनि प्रश्नको पेपर दिनु भएन । 

त्यसको साथ साथै एक जना बहिनी थिइन् । सुरुमा अचम्मको लागेको थियो । जाँचमा उत्तर कहिले लेखेको देखेको थिइनन् । प्रश्नहरु मात्र सारेको देख्थे । त्यसको साथ साथै सुरुमै भनेको नमान्ने । सुरुमा त लाग्थ्यो कस्तो जिद्दी केटी रहेछिन् तर पछि थाहा भयो कि उनी अटिजमको व्यक्ति रहेछिन् । त्यति बेला अटिजम बारे थाहा थिएन । पछि थाहा पाए । 


Comments

Popular Posts