राजकुमारी

 

म हतारिदै खाना खाइसक्छु । मैले हतार गरेको देखेर आमाले भन्नुभयो,“कस्तो हतार हो यो केटीलाई ? यसलाई सधै हतार हुन्छ ।”

“मलाई स्कूल जान हतार हुन्छ । साथीहरुले मलाई कुरेर बसेका छन् ।” अनि म हतारिदै लुगा लकाएर निस्कछु । मलाई मेरा साथीहरुले धोबिखोला, चाबहिलमा कुरेर बसेका थिए । मलाई देखेर मेरा साथस्हरुले हाई गर्छन् । त्यही क्रममा, सजुले भनिन्,“कति ढिला गरेको ?” उनीले रिसाउदै भनिन् ।

“हो, यो केटी सधै ढिला आउँछे ।” अनुजाले भनिन् । 

“के गर्नु त ? मलाई छिटो उठ्न जाँगर चल्दैन ।” मैले भने र हामी सबै जना मज्जाले हाँस्यौ ।

म, अनुजा र सजु कक्षा ५ देखिका मिल्ने साथी थियौ । हामी एक अर्कोलाई सबै कुरा सेयर गथ्यौ । कुरा गर्दा गर्दै हामी स्कूल पुग्यौ । हामी कक्षा १० पढ्थ्यौ । म पढाईमा ठीकै थिए । फेल त हुन्न थिए तर टप ५ मा पनि आउदिन थिए । सजु र अनुजाको चाँहि राम्रो थियो । दुवै जना टप ५ मा आउँथे । दुवै जनाको कारणले मेरो पढाइमा केही राम्रो भएको थियो । त्यसको साथ साथै मलाई केही नआएको सिकाइ दिन्थे । 

तीन दिनपछिको कुरा हो । हामी तीनै जना पुलमा भेट्यौ । त्यही क्रममा, सजुले भनिन्,“तिमीहरुले आजको पत्रिका हे¥यौ ?”

“के छ त्यस्तो आजको पत्रिकामा ?” मैले भने । 

“रक्कीको विवाह भए छ नि ।” सजुले गम्भीर हुँदै भनिन् । 

“को हो रक्की ?” मैले भने । 

“हरे, नेपाली फिल्मको हिरो हौ । कस्तो नचिनेको ?”

“ए, तेस्रो तँलाई मन पर्ने हिरो होइन ?” मैले भने ।

“हो ।”

रक्की शर्मा नेपाली फिल्मका सुपटस्टार हुन् । उनले खेलेका चलचित्रहरु प्राय ःसबै सुपर हिट हुन्छन् । केटीहरु महित्ते गर्थे । मरिहत्ते गर्नेमा मेरी साथी सजुपनि थिइन् । हेर्दा पनि राम्रा थिए । अग्ला हाइट, राम्रो अनुहार, नाच्न पनि राम्रो नाच्छन् र अभिनय पनि राम्रो गर्ने । 

पत्रिका हामीलाई देखाउँदै भनिन्,“बेहुली कति राम्री । हेर्न । राजकुमरी जस्ती । मलाई त ईष्र्या भइरहेको छ । म हुनु नि रक्कीको श्रीमती । म त रक्कीको अनुहार हेरेर जिन्दगी बिताउथे ।”

अनुजा र म मज्जाले हाँस्यौ । अनि फोटो हे¥यौ । साँच्चिकैमा राजकुमारी जस्ती देखिन्थिन् । साह्रै राम्री । अप्सरा जस्ती । हेरेको हेरै भए । अनुजाले पनि तारिफ गरिन् । सजु भने निराश थिइन् रक्कीको विवाह भयो भनेर । 

समय बित्दै गयो । पढाइको तनाव थियो । एस एल सी आउन दुई महिना बाँकी थियो । चारैतिर किताब हुन्थ्यो । हेर्दा हेर्दै एस एल सी सुरु भयो । धेरै नर्भस भएको थिए । मेरो साथ साथै अनुजा र सजु पनि नर्भस भएका थिए । हाम्रो परिक्षाको केन्द्र सिपल स्कूलमा थियो । बिहानको ८ ः०० बजे परिक्षा सुरु हुने । ७ ः३० मा पुगे । सजु र अनुजा पनि आइपुगेका थिए । मेरो नजिक आएर सजुले भनिन्, “कस्तो तयारी भयो, अनु तेरो ?”

“ठीकै । तिमीहरुको ?”

“ठीकै । प्रश्नममा भर पर्छ ।” सजुले भनिन् । 

अनि बिस्तारै सबै जना कक्षामा छि¥यौ । केही समयपछि अङ्ग्रेजीको प्रश्न बाडियो । प्रश्न हेरे र म खुशी भए । सजिलो प्रश्न थियो । अनि उत्तर लेख्न थाले । 

तीन घण्टापछिको कुरा हो । जाँच सकियो । सजु र अनुा पनि आए । उनीहरुको जाँच राम्रो भएको रहेछ । यसरी सबै जाँचहरु राम्रो हुँदै गयो । अन्त्यमा एस एल सी सकियो । म र अनुजा सजुलाई कुरेर बसेका थियौ । जाँच सकेको १० मिनेटपछिकको कुरा हो । सजु आइन् र अनुजाले भनिन्,“कस्तो ढिला आएको ? कति लेख्न सकेकी हो ? काठमाडौ नै टप गर्ने विचार छ नि कि के हो ?”

“काठमाडौ नै किन ? नेपाल नै टप्ने विचार छ ।”

अनि हामी तीनै जना हाँस्यौ र केही बेर चाबहिल धुम्यौ । केही बेरपछि एक होटेलमा बस्यौ । बसिसकेपछि अनुजाले भनिन्,“अब त स्कूल पनि सकियो । तिमीहरु के गछौ ?”

“मलाई त घरमा विज्ञान पढ भन्दै हुनुहुन्थ्यो । म त्यति विषय पढ्छु । जहाँ नाम निस्किछ त्यहि पढ्ने । तँ के गर्छस्, अनु ?”

“म त आर्टस् पढ्ने । तेरो सुना र अनुजा ?”

“म पनि विज्ञान पढ्ने । अब हामी छुटिने भयौ है ?” उनीले भावुक हुँदै भनिन् । 

“सकेसम्म एउटै कलेजमा पढ्थ्यौ न ।” मैले भने । 

“हुन त हुन्थ्यो । मेरो बुवा र आमाले राम्रो कलेजमा हेर भन्दै हुुुनुहुन्थ्यो ।” अनुजाले भावुक हुँदै भनिन् । 

“कलेज एउटै नभएर के भयो र ? हाम्रो घर त नजिकै छ, फुर्सद भएको बेला भेटे हुन्छ नि ।”

हामी एकछिन गफ गरेर आफ्नो घर लाग्यौ । यो दिन आफूलाई नरमाइलो अनुभव भयो । आफूले पढेको स्कूल छोडे जाँदै छु । याद लिएए जाँदै छु । अब अनुजा र सजुको साथ छुट्ने भयो र यही सम्झेर आँखा रसाए ।  हामी तीन जना कति रमाउथ्यौ र कति धुम्न पनि जान्थ्यौ कति रमाइला थिए ती पलहरु । केही पलको लागि मुस्कुराए भने केही पलको लागि भावुक पनि भए । 

दुई महिनापछिको कुरा हो । एसएलसीको नतिजा आयो । म पहिलो डिभिजमा पास भएको थिए अर्थात् ७५.५ % आएको थियो । अनुजा र सजुको पनि पहिलो डिभिजन आएको थियो । अनुजाको ७९.५% आएको थियो भने सजुको ७७% आएको थियो । हामी तीनै जनाको कलेज फरक भयो । म रिलाप्स कलेजमा भर्ना भए भने अनुजा बानेश्वरको कलेजमा भर्ना भइन् र सजु ललितपूरमा ।

आज कलेजको पहिलो दिन थियो । बिहानको ६ः३० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः२० बजे पुगे । गेटमा पुगेपछि, मैले गार्ड दाईलाई सोधे,“दाई, कक्षा ११ आर्टस्को कक्षा कता हो ?”

उनले मलाई कक्षा देखाइ दिए । म कक्षामा नै बसे । केही क्षणपछि विधार्थीहरु आउन थाले । ६ः३० बजे एक जना छिर्नु भयो । उहाँ सर हुनुहुन्थ्यो । पत्रकारिता पठाउनु हुन्थ्यो । हेर्दा हेर्दे १०ः३० बज्यो र कक्षा पनि सकियो । सुरुको दिनमा कोहीसँग परिचय भएको थिएन । एक हप्तासम्म म त्यति कोहीसँग बोलेको थिइन तर बिस्तारै म, अमिता, जेनिपरर अनमोल मिल्ने साथी भएका थियौ । त्यही क्रममा, म अमरसँग पनि मिल्न थालेको थिए । उनको घर र मेरो घर संयोग बस नजिकै थियो । १० मिनेटको दूरी थियो । हामी गफ गर्दै घर जान्थ्यौ । कहिले काँही धुम्न पनि जान्थ्यौ । फिल्म हेर्न पनि जान्थ्यौ । मैले उनलाई मन पराउन थालि सकेको थिए । धेरै चोटि प्रेम प्रस्ताव राख्ने योजना बनाएको थिए तर आँटेको थिइन । सोचे कि उनले मलाई सिर्फ साथीको नजरले हेरेका छन् कि ?

दुई हप्तापछिको कुरा हो । कक्षा सकिएपछि अमर मेरो नजिक आएर भने,“म केही समय तिमीसँग कुरा गर्न सक्छु ?”

“हुन्छ ।”

अनि हामी बाहिर निस्कियौ । निस्किसकेपछि उनले भने,“भोलि कक्षा सकिएपछि हामी सधै जाने क्याफेमा भेट्न सक्छौ ?”

“हुन्छ तर किन ?”

“भोलि नै थाहा हुन्छ ।” अनि उनी गए । अमर गएपछि, मेरा साथीहरुले मलाई जिस्काउन थाले र मैले त्यस्तो केही होइन भने तर मेरा साथीहरुले पत्ताएनन् । म खुशी भएको थिए । सायद उनले मलाई प्रेम प्रस्ताव राख्न भनि भेट्न बोलाएका हुन् । भोलि समझेर म धेरै हत्तास् भइसकेको थियो । भोलि कहिले आउँछ जस्तो भएको थियो । 

भोलिपल्टको कुरा हो । हतारिदै म क्याफेमा पुगे । अमरले मलाई कुरेर बसेका थिए । अमर कुनाको टेबुलमा बसेका थिए । उनको नजिक गए र भने, “सरी, म ढिला भए ।”

“ठीकै छ । तिमी के लिन्छौ ?”

“मःम र कफी ।” अनि उनले दुई प्लेट मःम र कफी अर्डर गरे । 

वातावरणमा मौनता छाएको थियो । म यता र उता हेर्दै थिए भने उनले मलाई हेरिरहेका थिए । वातावरणको मौनता तोड्दै अमरले भने,“खासमा, मैले तिमीलाई आफ्नो मनको कुरा व्यक्त गर्न हो ।”

मेरो अनुमान सही रहेछ भन्ने भयो । म मनमनै खुशी हुँदै थिए तर बाहिर देखाउन जरुरी सोचिन । त्यही क्रममा, उनले फेरि भने,“खासमा, मैले तिमीलाई मन पराउन थाले । मलाई नै थाहा छैन कि तिमीले कहिले आएर मेरो मन र दिमागमा बस्यौ ? तिमीले के जादू गरौ ? सुरुमा सोचे कि यो मेरो भ्रम होला तर जति तिम्रो नजिक हुन्छु, त्यति नै नजिक हुन मन लाग्छ । तिम्रो बोलि सुनिरहू जस्तो लाग्छ । तिमीलाई हेरिरहू जस्तो लाग्छ । मलाई तिम्रो हुन मन छ । सिर्फ तिम्रो ।”

म मौन नै थिए । उनले मेरो जवाफ कुरिरहेका थिए । म मौन भएको भएको देखेर उनले भने,“जवाफ अहिले दिनुपर्छ भन्ने छैन तर केही त बोल ।”

“मलाई सोच्ने समय दिन्नु ल ।”

“हुन्छ । तिमीले मेरो माया स्वीकारे पनि अस्वीकारे पनि मिल्ने साथी त हुन्छौ नि ।”

मैले मुस्कुराउदै हुन्छ भने । मलाई उनको माया स्वीकार्नु थियो तर मैले भाउ खोजिरहको थिए । अनि हामीले अर्डर गरेको मःम र कफी खाँदै गफ गरौ । केही क्षणपछि हामी त्यस क्याफेबाट निस्कियौ । म धेरै खुशी भए । 

मैले दुई दिनपछि उनको मायालाई स्वीकारेको थिए । हाम्रो सम्बन्धको बारे कसैलाई पनि भनिन । गोप्य नै राखे । 

हामी सम्बन्धमा बसेको ६ महिनापछिको कुरा हो । भोलि छुट्टी थियो । कक्षा सकिएपछिको कुरा हो । उनले भने,“भोलि मेरो जन्मदिन हो । कक्षाको सबैलाई बोलाउदै छु । तिमीलाई सुरुमा निम्ता दिएको । साँझको ६ बजे आउ ल ।”

“हुन्छ ।” मैले भने । मैले हुन्छ त भने तर मनदेखि जान म थिएन । मलाई किन किन नराम्रो आभास आयो । सोचे कि मेरो भ्रम मात्र हो । आफ्ना साथीहरुलाई सोध्ने निर्णय गरे तर सोचे अमर भन्न बाँकी छ । पछि सोध्छु । 

त्यही क्रममा, मेरो नजिक अमिता, जेनिपर र अनमोल मेरो नजिक आए जेनियरले भनिन्,“तिमी र अमरको चक्कर चलिरहेको छ हो ?” उनी मुस्कुराइन् । 

म गम्भीर भएको थिए र अमिताले भनिन्,“तँलाई के भयो ?”

मैले सबै कुरा व्यक्त गरे । तीनै जना अचम्म परेका थिए । मेरो कुरा सुनेपछि अनमोलले भनिन्,“हामीलाई त निम्तो आएको छैन । हामी खबर गछौ नि तिमीलाई ।”

“यदी तिम्रो साथ जानु प¥यो भने, म आउँछु नि ।” जेनिपर गम्भीर हुँदै भन्छिन् ।

“हुन्छ ।” यस विषयमा मैले अमरलाई केही भनिन । मैले जरुरी सोचिन ।

भोलिपल्टको कुरा हो । अमिता, जेनिपर र अनमोल मेरो घर आइपुगेका थिए । उनीहरु ६ः२० मा आउपुगेका थिए । म रेडी भएको थिए । त्यही क्रममा, अनमोलले भनिन्,“जाऊ, सबै जना ।”

सबै जना सहमत भए । अनि हामी मेरो घरबाट निस्कियौ । मैले ढोकाको घण्टी बजाए । उनले तुरुन्तै ढोका खोले । हामी चारै जनालाई देखेर अचम्म परेका गिए । उनले अनुहार रातो न पिरोे भएको थियो । उनलाई के भनू भएको थियो । त्यही क्रममा, जेनिपरले भनिन्,“हामीलाई भित्र बोलाउदैनौ ?”

“आउन ।” अनि हामी सबै जना भित्र छिरौ तर हामीले कसैलाई देखेनौ । नदेखेपछि मैले भने,“तिम्रो जन्मदिनमा तिमीले साथीहरुलाई बोलाउने भनेका थियौ । खै त साथीहरु ? हामी बाहेक कसैलई देख्दिन नि ?”

अमर नर्भस भए र मौन थिए । जेनिपरले अमरलाई निहालेर हेर्दै थिइन् र भनिन्,“यो घर बर्ड थे जस्तो देखिदैन त । अनि तिमी किन नर्भस् भएको ?”

“होइन । त्यस्तो केही होइन ।” अमर नर्भस् हुन्दै भने । उनले हामीलाई नहेरिकन जवाफ दिन्छन् । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमीले अनुको जवाफ दिएनौ । अरु साथीहरु खै ? अरुलाई बोलाएको भनेको होइन ?”

अमर मौन भए । म उनको नजिक गए र भने,“मेरो प्रश्नको जवाफ दिँदैनौ ?”

उनी नबोलेको देखेर हामी अचम्म प¥यौ र धेरै चोटि सोध्दा पनि उनले केही जवाफ दिएनन् । अनि हामी मेरो घरमा गयौ । म धेरै भावुक भएको थिए । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमी भावुक नहोऊ । तिमीलाई एक दिन जरुर जवाफ दिने छन् ।”

“कहि उनले मलाई धोका दिएका छैनन् । मलाई एक्लै बोलाएर केही गलत त गर्ने योजना थिएनन् ।”

“त्यस्तो नहुन पनि सक्छ । उनले तिमीसँग केही समय बिताउन चाहन्थे होला । त्यसैले तिमीलाई बोलाएका होलान् ।” अनमोलले भनिन् । 

म अलमलमा थिए । मलाई हेरेर जेनिपरले भनिन्,“आफ्नो मनदेखि सोच र समय देऊ ।” यति भनेर तीनै जना मेरो घरबाट निस्किए । म दोदारमा थिए । किन उनी मौन थिए ? किन मसँग झूट बोले ? के चाहिएको थियो उनलाई ? दिमाग र मनमा धेरै प्रश्नहरु थिए । मनमा कुरा खेलाउदा खेलाउदै म कति बेला निदाए छु थाहा नै भएन । 

म र अमर नबोलेको धेरै दिन भइसकेको थियो । म अमरसँग बोल्न खोज्थे तर सक्दिन थिए । अमरले मलाई वास्ता  गर्न छोडेका थिए र मेरो मनमा शङ्का हुन थालेको थिए । मैले उनीसँग कुरा गर्ने निर्णय गरे । अमर आफ्नो साथीहरुसँग खाजा खाँदै थिए र म पछाडि थिए । कसैले देखेनन् । अमर आफ्ना साथीहरुसँग गफ गर्दै थिए । त्यही क्रममा, राकेशले भने,“अमरले आफूले भनेका कुरा कहिले पूरा कहिले गर्दैन रहेछन् । अनुलाई फसाएर शारिरीक सम्बन्ध राख्छु । र भिडियो बनाउछु भन्थ्यो तर सकेनन् । बाजी हारे ।” सबै जना हाँस्छन् ।

“म त्यति सजिलै हार मान्दिन ।” अमरले भने । मैले सबै कुरा सुन्दै थिए र म उनको नजिक गए । उनले मलाई मलाई देखेर नर्भस् भए र भने,“तिमी यहाँ ?” मैले उनलाई एक थप्पड हाने र भने,“मैले त तिमीलाई माया गर्थे । मैले सोचे कि मेरै कारणले तिमी रिसाएका हौ । त्यसैले म तिमीसँग कुरा गर्न आएको थिए । गल्ती त तिम्रो रहेछ । तिमीले आफ्नो जिन्दगीमा माया पाउने छैनौ ।”

अनि म रुँदै त्यहाँबाट निस्के भने अमर नर्भस् हुनुको साथ साथै आत्तिएका थिए । अनि क्याटिनबाट निस्के । यस घटनापछि म कलेज कम जान थालेको थिए र पढाइमा पनि ध्यान कम भएको थियो । आफ्ना साथीहरुलाई पनि भनेको थिइन तर जेनिपरले कसरी सबै कुराहरु थाहा पाइन र मलाई भेट्न आइन् । मेरो हालत देखेर उनले भनिन्,“हेर, यसरी हुँदैन । आफ्नो हालत हेर । के बनाएको ?”

मैले उनलाई हग गरे र रुन थाले । उनले मलाई सम्हालिन् । मेरा साथीहरुको कारण म बिस्तारै सम्हालिन थाले । म अमरसँग बोल्न छाडेको थिए र आफ्नो पढाइतिर ध्यान दिन थाले । म मुस्कुराउन त मुस्कुराउथे तर पहिला जस्तो मन खुलेर मुस्कुराएको थिइन ।

हेर्दा हेर्दै कक्षा ११ र १२ पनि सकियो तर अमरको याद कहिले काँही आउथ्यो । मैले त उनलाई साँच्चो माया गर्थे तर उनले मलाई प्रयोग मात्र गरेका रहेछन् तर मैले उनलाई बिर्सेन पर्छ र अगाडि बढ्नु पर्छ ।

मैले स्नातक डिग्री आर्टस् विषय नै पढे । नयाँ बानेश्वरमा थियो । बिहानको ७ः०० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः५० मा पुगे । कक्षामा थोरै मात्र विधार्थी थिए । मेरो आँखा एक कुनाको बेचमा बसेको केटामा पुग्यो । उनी दुब्ला र अग्ला थिए । उनको हातमा एउटा किताब थियो त्यो पनि अङ्ग्रेजी किताब थियो । ध्यान दिएर पढ्दै थिए । उनको नाम अभिजित थियो । त्यही क्रममा, ७ः०० बज्यो र सर भित्र आउनुभयो । दिनमा ४ वटा कक्षा हुन्थ्यो । एघार बजे सकिथ्यो । समय बित्दै गयो र मैले अमरलाई बिर्सि दिए । बिर्सि त दिए तर मैले अभिजितलाई मन पराउन थाले । अभिजित कम बोल्थे र उनको आवाज मिठो थियो । सुनिरहन मन लाग्ने । उनको आवाजले मलाई जादु गरेका थिए । पढाईमा ध्यान दिएर पढ्थे । कलेजको टपर थिए । समय अनुसार बिस्तारै आफ्ना साथीहरुसँग धुलमिल हुन थाले । हाम्रो समूहमा पाचँ जना थियौ । अभिजित, बुद्ध, अनुजा,म र रेनु थियौ । हामी पाँच जना कहिले छुटिएनौ । जहाँ जादा पनि सँगै हुन्थ्यौ । कक्षाका अरु साथीहरु हामी पाँच जनाहरुलाई धेरै जिस्काउथे । हामीहरुलाई हाँस्नको लागि कारण चाहिदैन थियो । 

हेर्दा हेर्दैे स्नातक डिग्री सकियो । अभिजित र मैले विश्वविधालय टप गयौ । रिजन्ट आएपछि अभिजित अमेरिका गए पढ्नको लागि । म पनि अमेरिका जान प्रयास गरे तर धेरै चोटि रिजेन्ट भएको थियो । त्यसैले मैले नेपालमै बस्ने निर्णय गरे । तर मैले अभिजितलाई आफ्नो मनको कुरा व्यक्त गर्न सकिन । डरको कारणले । मलाई राम्रो साथी गुमाउनु थिएन । प्रेम प्रस्ताव राखेमा दोस्ती गुमाउने डर थियो । 

सन् २०१६ को कुरा हो । मैले एनजियोमा जागिर पाए । मैले जागिर पाएको म खु्शी थिए । खुशीको साथ साथै दुःखी थिए । मलाई थाहा थियो कि मैले जागिर पाएपछि विवाहको कुरा गर्नु हुन्छ । जागिर नपाउँदा पनि विवाहको कुरा निस्किन्थ्यो तर म त्यति वास्ता गर्दिन थिए । बिस्तारै म आफ्नो काममा व्यस्त हुन थाले । म आफ्नो काममा खुशी थिए । तलब थोरै भए तापनि अफिसको वातावरण धेरै राम्रो थियो । सबै जनाले एक अर्कोलाई सहयोग गर्थे र सबै जना साथी जस्ता थिए । अफिसको वातावरणको कारणले घर फर्केन मन लाग्दैन थियो । 

....................................................................................................................................................................

काम गर्न थालेको तीन महिनापछिको कुरा हो । हरेक शुक्रबार मिटिङ्ग हुन्थ्यो र आज पनि थियो । दिउँसोको १ः०० बजेको थियो । हामी सबै जना मिटिङ्ग हलमा थियौ । त्यही क्रममा, दिपक क्षेष्ठ सरले भन्नुभयो,“म्याडम, आउन १५ मिनेट लाग्छ । हामी उहाँ आइकन मिटिङ्गमा बस्यौ ।”

सबै जना सहमत भयौ । दिपक क्षेष्ठ यो संस्थाको अक्ष्यक्ष हुन्थ्यो । यति भनिसकेपछि हामी सबै जना १५ मिनेटको लागि व्यस्त भयौ । मेरो दिमागमा चाँहि कति जना स्टाफ छन् यो संस्थामा भन्ने भयो । हरेक मिटिङ्गमा नयाँ व्यक्तिहरुसँग परिचय हुन्थ्यो । आज कोसगँ हुँदै छ ?

१५ मिनेटपछि हामी सबै जना मिटिङ्ग हलमा आयौ । त्यही क्रममा, म अचम्म परेको थिए । सोफिया अधिकारीलाई देखेर म अचम्म परेको थिए । सोफिया अधिकारी नेपाली सुपरस्टार रकि शर्माको श्रीमती हुन् । उनी यो संस्थाको मुख्य व्यक्ति रहेछिन् । उनीको बारेमा त्यति समाचार आउँदैन थियो । आए पनि राम्रो आउथ्यो । राम्रोको साथ साथै उनीलाई सुन्दरी महिलामा गनिथ्यो । नराम्रो त उनको श्रीमान्को आउथ्यो । 

सोफिया माडम आएपछि मिटिङ्ग त सुरु भयो तर मेरो ध्यान सोफिया माडमतिर थियो । उहाँको बोलि कति मिठो । सुनिरहू जस्तो लाग्ने । उहाँको मुहार हेर्दा लाग्थ्यो कि उहाँ जतिको सँच्चा मान्छे कोही छैन । उहाँको मुस्कान हेर्दा लाग्थ्यो कि उहाँले आफ्नो पिडा लुकाएर मुस्कुराउदै हुनुहुन्थ्यो । आँखामा हेर्दा पिडा लुकाएकी छिन् । ती आँखाहरु केही भन्न खोज्दै थिए । गहिराइ थियो । मनमा पिडा लुगाएर मुस्कुराएकी थिइन् । मिटिङ्ग एक घण्टामा सकेको थियो । यो एक घण्टामा के भयो मलाई नै थाहा थिएन । मेरो ध्यान सिर्फ सोफिया माडममा केन्दि«त थियो । 

त्यस मिटिङ्ग पछि हाम्रो भेट कहिले काँही हुन्थ्यो । कहिले काँही भेट हुँदा केही लुकाएको जस्तो लाग्ग्ने । सबैभन्दा राम्रो लाग्ने उहाँको मुस्कान थियो । कति मिठो मुस्कान थियो । घायल हुने मुस्कान । 

समय बित्दै गयो । कामको चाप बढ्दै गएको थियो । त्यसको साथ साथै, सोफिया माडम अफिस आउन थाल्नु भएको थियो । कामको चाप बढेको कारण उहाँ सधै आउन थाल्नु भएको थियो । 

एक दिन, उहाँ मेरो क्याबिनमा आउनुभयो र भन्नुभयो,“अनुजी, तपाई एकछिन मेरो क्यामिनमा आउन सक्नु हुन्छ ?”

“हुन्छ ।” अनि उहाँको क्याबिनमाम गए । 

“मे आई कमिन माडम ?”

“आउनु होस् ।” उहाँले मुस्कुराउँदै भन्नुभयो । 

म उभिएको थिए र म उभिएको देखेर उहाँले भन्नुभयो,“किन उभिनु भएको ? बस्नुहोस् न ।”

अनि म कुर्सीमा बसे । उहाँले मलाई हेर्दै भन्नुभयो,“तपाईलाई मैले बोलानुको कारण के हो भने, हाम्रो कामहरु सबै सक्नु पर्ने छ, त्यो पनि अर्को हप्तासम्म सक्नु पर्ने छ । तपाईको काम कहाँसम्म सकियो ?”

मैले सबै कुरा व्यक्त गरे । आफ्नो कामको बारे सबै थोक व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि उहाँले भन्नुभयो,“धेरै राम्रो । आशा छ कि तपाईले अझै राम्रो गर्नु हुने छ ।”

मैले धन्यवाद भन्दै उहाँको क्याबिनबाट निस्के । उहाँले मेरो तारिफ गर्दा म धेरै खुशी भएको थिए । तारिफ खुशी हुँदैन र । म पनि खुशी भएको थिए । 

समय बित्दै गयो । कामको बारेमा छलफल प्रायः माडमसँग हुन थालेको थियो । आधा जति समय उहाँकै क्याबिनमा बित्थ्यो । एक दिनको कुरा हो । काम गर्दा गर्दै साँझको ६ः०० बजेको थियो । म म्याडमको क्याबिनमै बसेर काम गर्दै थिए । त्यही क्रममा, म्याडमले मलाई हेर्दै भन्नुभयो,“तपाईलाई म केही सोध्न सक्छु ?”

“सोध्नुहोस् न ।” म आफ्नो काममा व्यस्त थिए । उहाँलाई नहेरिकन मैले जवाफ दिए । 

“तपाई मान्छे राम्रो हुनु हुन्छ । विवाह कहिले गर्नु हुन्छ ?” उहाँले मुस्कुराउदै भन्नु भयो ।

“म विवाह नगर्ने । मेरो भाग्य त्यति राम्रो छैन । जोसँग माया गरे, उनीहरु सबैले छोडिदिए ।”

“हँ ?”

“हो ।”

वातावरणमा मौनता छा¥यो । केही क्षण काममै व्यस्त भयौ । त्यही क्रममा, वातावरणको मौनता तोड्दै मैले भने,“तपाईलाई म केही सोध्न सक्छु ?” मैले डराउदै भने । 

“सोध्नुहोस् न ।”

“तपाईको श्रीमान्को बारे छापिने कुरा सबै सत्य हो ?”

उहाँ मौन हुनु भयो र मलाई हेर्दै हुनुहुन्थ्यो । मैले पनि उहाँलाई हेरे । उहाँको भाव नै परिवर्तन भएको थियो । उहाँ गम्भीर हुनु भयो । उहाा गम्भीर भएको देखेर मैले भने,“आई एम सरी ।”

उहाँ केही बोल्नु भएन र अफिसबाट निस्किनु भयो । मलाई नराम्रो लाग्यो । बेकारमा त्यो प्रश्न गरे । उहाँको मुड नै बिग्रियो । रातभर पछुताए । उहाँकै बारेमा सोचे । रातभर निन्द«ा लागेन र उहाँलाई नै सम्झिए । 

भोलिपल्ट उहाँसँग कुरा गर्न खोजे तर सकिन । फोन गर्न खोजे तर सकिन । धेरै चोटि फोन नम्बर हेरे र सम्पर्क गर्न खोजे तर सकिन । आँट नै आएन । उहाँले मेरो बारेमा के सोच्नु भयो होला । 

१०

सोमबार अफिस गए । नौ बजे नै पुगे । मलाई उहाँसँग कुरा गर्नु थियो, जे भए् पनि उहाँ मभन्दा उमेर र अनुभवले अगाडि नै हुनुहुन्थ्यो । त्यसैले मैले उहाँको व्यक्तिगत जिवन बारे सोध्न हुन्न थियो । बिस्तारै सबै स्टाफ आउने क्रम जारी थियो तर उहाँ आउनु भएन । एक हप्ता नै आउनु भएन । उहाँ नआउँदा मनै छटपट हुन थालेको थियो । झन् पछुताउन थाले । फोन गर्न प्रयास गरे तर केहीले त रोकिरहेको थियो । 

अर्को हप्ता, आउनु भयो तर धेरै गम्भीर हुनु हुन्थ्यो । सायद मसँग रिसाउनु भएको थियो । उहाँको क्यामिनमा हुन्थे तर हामी बिच संवाद भएको थिएन तर एक दिन मैले आँट गरेर बोल्ने निर्णय गरे । साझँको ६ः०० बजेको थियो । हामी दुवै जना मौन थियो । मौनता तोड्दै मैले भने,“आई एम सरी, माडम ।”

“ठीकै छ ।” उहाँले मलाई नहेरिकन भन्नु भयो । एक प्रकारले मन शान्त भयो तर मनमा धेरै प्र्रश्नहरु थिए । मेरो मन राख्नको लागि ठीकै छ भनेको हो कि । मसँग नरिसाएको पनि हुन सक्छ । कुरा अर्को हुन सक्छ । के म धेरै सोच्दै छु ? अनि म आफ्नो काम सकेर घर फर्किए । अर्को दिन, मैले टेबुलमा चिठ्ठी राखे र म आफ्नो क्याबिनमा गए । बेला बेलामा उहाँको क्याबिनमा हेर्थे । केही समयपछि उहाँको नजर मेरो चिठ्ठीमा पुग्यो र हेर्नु भयो । म खुशी भएको थिए । उहाँले चिठ्ठी पढ्न थाल्नुभयो । 

प्रिय माडम, 

          मलाई नै थाहा छैन कि म कहाँबाट सुरु गँरु ? जँहाबाट सुरु गरे पनि मैले तपाईसँग केही कुरा सेयर गर्ने पर्छ । 

मैले तपाईको व्यक्तिगत बारे सोध्नु हुँदैन थियो । तपाई उमेर र अनुभवले धेरै अगाडि हुनु हुन्छ । जब मैले तपाईको व्यक्तिगत बारे सोधे र तपाई नबोलि जानुभयो, मन नराम्रो भयो । बेकारमा सोधे छु जस्तो लाग्यो । तपाईलाई फोन गर्न धेरै प्र्रयास गरे तर सकिन । त्यसको साथ साथै जब तपाई अफिस आउनु भएन, मन छटपटीन थाल्यो ।  म पछुताउन थाले । रातभर निन्द्रा परेन । तपाईको बारे सोचे । कहिले तपाई अफिस आउनु हुन्छ र कुरा गर्न मन भयो । 

खासमा तपाईको श्रीमान्को बारेमा नराम्रो आइरहन्छ । सुरुमा त वास्ता गरिन तर तपाईसँग भेट भयो, म सोच्न बाध्य भए । तपाई कति हसिलो हुनु हुन्छ । तपाईलाई हेर्दा लाग्छ, तपाईको श्रीमान् धेरै भाग्यमानी जसले तपाई जस्तो श्रीमती पाए । तपाई धेरै सहशील हुनु हुन्छ । तपाईको आँखामा गइराई छ । त्यसैले सोधेको मात्र । यदी मेरो कुराले चिन्त नबुझेमा मलाई माफ गरिदिऊ होला । 

                                                                                                                                            अनु शाक्य 

केही क्षणपछि उहाँ मेरो क्याबिनामा आउनु भयो । मेरो नजिक आएर उहाँले भन्नुभयो,“तपाई मेरो घरमा शनिबार आउन सक्नु हुन्छ ? दिउँसोको २ः०० तिर ?”

“केही काम थियो कि ?”

“घर आएपछि थाहा हुन्छ ।”

“मैले त तपाईको घर नै देखेको छैन ।”

“कीत्तिपुर आएपछि मलाई फोन गर्नुहोस् । म तपाईलाई लिन आउछु ।”

“हुन्छ ।” मैले भने ।

अनि यहाँ मेरो क्याबिनबाट निस्किनु भयो । म अचम्म परे । उहाँले मलाई किन घरमा बोलाउनुभयो ? मै किन ? मेरो चिठ्ठीले केही प्रभाव पारो कि ? ममा शङ्काको साथ साथै डरले डेरा जमायो । के हुने हो ? बेकारमा चिठ्ठी लेखे छु जस्तो लाग्यो । नलेखेको भए हुने रैछ । मन छटपटीन थाल्यो । 

११

शनिबारको दिन । म बिहान नै उठे । अरु बेला ढिलो उठ्थे । मेरी आमा अचम्म पर्नु भएको थियो । म छिटो उठेको देखेर आमाले भन्नुभयो,“आज सूर्य कताबाट उदाए छ ?” 

“ल, तपाईलाई थाहा छैन कताबाट उदाउछ भनेर ।” म मुस्कुराए । 

“हैन, आज यसलाई के भएको छ ?” मेरो नजिक आउँदै भन्नुभयो ।  

“हैन, मलाई केही भएको छैन ।”

मैले आफ्नो काम सकेर कित्र्तिपुरतिर लागे । २० मिनेट गाडी कुरेपछि मात्र गाडी आयो र ३५ मिनेटपछि म कित्र्तिपुर पुगे । कित्र्तिपुर चोक पुगेपछि मैले माडमलाई फोन गरे र उहाँलाई मलाई चोकमा लिन आउनुभयो । म उहाँको पछि पछि लागे । दस मिनेटपछि उहाँको घर आइपुगि¥यो । उहाँको घर ल राजकुमारी बस्ने जस्तो रहेछ । घर बाहिरबाट हेर्दा निकै ठूलो । अगाडि खालि ठाउँ थियो । उहाँले मलाई भित्र लग्नु भयो । घर डाढे दुई तल्लाको थियो । उहाँले मलाई बैठक कोठामा बस्नु भई आफू चाँहि किचेनमा जानुभयो । म यता उता हेदै थिए । भित्ताहरुमा फोटोहरु थियो, त्यो पनि प्रायः रकिको मात्र । माडमको कम मात्र थियो । केही समयपछि उहाँले कफी लिएर आउनु भयो । मौनता छाएको थियो । मलाई के भन्नू जस्तो भयो । उहाँले मलाई हेरिरहनू भएको थियो । कफी पिउजेल मौनता नै छाएको थियो । कफी पिइसकेपछि उहाँले मलाई आफ्नो कोठामाम लग्नुभयो । मलाई अप्ठ्यारो लागिरहेको थियो । उहौ सिधै खाटमा बस्नुभयो । उहाँले मलाई पनि खाटमा बस्न अनुरोध गर्नुभयो । मैले सङरुमा मानिन तर उहाँले धेरै अनुरोध गरेपछि मात्र म खाटमा बसे । 

खाटमा बसेको केही क्षणपछि उहाँले भन्नुभयो,“म आफ्नो जिन्दगीमा कहिले खुशी हुन सकिन । जबदेखि रकिसँग विवाह भयो तबदेखि म कहिले खुशी हुन सकिन । हाम्रो मागी विवाह भएको हो । सुरुमा लाग्थ्यो कि उनी राम्रा होलान् तर सोचेको जस्तो कहाँ हुँदो रहेछ । वास्तविता अर्को थियो । बाहिर अर्को, भित्र अर्को थिए । उनी हररोज रक्सी पिउथे । लागू औषधी पनि लिन्थे । हररोज मलाई जबैरजस्ती गर्थे । नमाने मलाई पिड्थे । धेरै केटीहरुसँग सम्बन्धमा थिए र अहिले पनि छ । तिमीलाई लाग्ला कि रकिलाई छोडेको भए हुन्थ्यो । मैले डिभोसलाई धेरै चोटि अनुरोध गरे तर डिभोसको कुरा गर्ने बित्तिकै मलाई पिड्थे । मलाई शारीरिका साथ साथै मानसिक यातना दिइरहन्थे । धेरै चोटि भाग्न प्रयास गरे तर असफल भए । 

रकिको फिल्मि दूनियाँ अर्कै हुँदै गएको थियो । उनको करियर खत्तम भइसकेको थियो । समय अनुसार चल्न सकेका थिएनन् । त्यसको साथ साथै उनको आफ्नो बानी व्यवहारको कारणले गर्दा पनि उनको फिल्मी करियर बर्बाल भएको हो । दोष जति मलाई दिन्छन् । हाम्रो डिभोस नभए तापनि हामी छुट्टै बस्छन् । छोरा छोरीहरु मसँग बस्छन् । आज आफ्नो बुवालाई भेट्न गएका छन् । रकि कहिले काँही मात्र यहाँ आउँछन् । अहिले त नआएको तीन महिनाभन्दा धेर भइसकेको छ । तिमीले पढेका र सुनेका समाचार सबै सत्य हुन् । रकि जस्तो श्रीमान् कसैको नहोस् ।” उहाँले भावुक हुँदै भन्नुभयो । त्यसको साथ साथै उहाँको आँखा रसाएका थिए । उहाँ भावुक भएको देखेर म उहाँको नजिक गए र भने,“आई एम सरी ।”

उहाँले मलाई हेर्नुभयो । मैले पनि हेरे । हामी दुवै जनाको आँखा जुध्यो । उहाँले आफ्नो ओठ नजिक लिएर आउनुभयो । मैले प्रतिभाद गरिन । त्यसपछि मैले उहाँ ओठ चुम्बन थाले । यस दिन हामी बिच शारीरिक सम्बन्ध हुन पुग्यो ।

यस दिनपछि मेरो बास प्रायः उहाँकै घरमा हुन थालेको थियो । उहाँ मेरो साथ पाउँदा धेरै खुशी देखिनु हुन्थ्यो । उहाँ मात्र होइन म पनि खुशी हुन्थे उहाँको साथ हुँदा । यसरी नै हामी दुवै जनाको जिन्दगी बितेको थियो । 

१२

चार महिनापछिको कुरा हो । दिउँसोको समय थियो । हामी कोठामा थियौ । हामी एक अर्कोको शरीरसँग खेल्दै थियौ । त्यही क्रममा, ढोकाको आवाज आयो र हेर्दा त रकि भित्र थिए । हामीलाई रिसाएर हेर्दै थिए । त्यो अवस्थामा आफूलाई के गर्ने भयो । म हतारिदै लुगा लगाएर बाहिर निस्के । बाहिर त निस्के तर मन उतै थियो । सोफियालाई मेरो जरुरत थियो तर म डरले बाहिर निस्के । मलाई के गर्ने भएको थियो । अन्त्यमा म भित्र छिरे । कोठा खुल्लै थियो । भित्रबाट आवाज आयो र रकि रिसाएका थिए ।

“के हो तेरो ताल ? यो म के देख्दै छु ? तँ स्त्री भएर अर्को स्त्रीलाई मन पराउने ? म थिए त । यो कहिलेदेखि चलिरहेको थियो ?”

उनले बेल्टले हिर्काउन थाले । त्यही क्रममा, म भित्र छिरे र उनलाई बचाउन थाले । 

“प्लिज, उहाँलाई केही नगर्नु । गल्ती मेरै हो । उहाँलाई छाडिदिनुहोस् । उहाँको केही गल्ती छैन ।” म उहाँलाई बचाउने क्रममा थिए । रकिले मलाई बेल्टले हिर्काउन प्रयास गर्दै थिए तर सोफिया अगाडि आइपुग्नु भयो र भन्नुभयो,“कृपया, तिमी यहाँबाट जाऊ ।”

म मानेको थिइन । उहाँको धेरै आग्रह पछि मात्र त्यहाँबाट निस्के । मनले नमानि नमानि म यहाँबाट निस्के । निस्कन त निस्के तर मन अशान्त थियो । ध्यान उहाँतिर नै थियो । के भयो भन्ने भयो । फोन गर्न सकिन । भोलि कुर्ने बाहेक अरु उपाय मसँग थिएन । 

१३

उहाँ निकै दिन अफिस आउनु भएन । मन छटपटिन थाल्यो । अफिसको काम सकिने बित्तिकै उहाँलाई फोन गरे तर फोन उठेन । पछि फेरि गरे मोबाइल अफ थियो । अब के गर्ने ? घर जाऊ रकि होलान् । मेरो कारणले उहाँलाई केही भयो भने ? सोचे गएर भेट्यौ तर फेरि सोचे कि रकि होलान् अन्तमा जाने निर्णय गरे ।

अर्को दिन, अफिस छुट्टी लिएर म उहाँको घर गए । घरमा अफिसमा आज मिटिङ्ग छ भनि छिट्ट घरबाट निस्के । म डराउँदै उहाँको घर गए । भित्र छिरे । रकिलाई देखिन । अनि उहाँको ढोका खोल्नुभयो । उहाँले मलाई देखेपछि भन्नुभयो,“तिमी यहाँ ?”

अनि म भित्र छिरे । उहाँको अनुहारभरि घाउ थियो । उहाँको यो अवस्था देखेर म भावुक भएको थिए । उहाँलाई हेर्दै मैले भने,“म तपाईलाई भेट्न आएको ।”

“अबदेखि मलाई भेट्न नआऊ ।”

“किन ?”

“तिमीलाई थाहा छ त किन भनेर ।”

“तपाई यहाँबाट दूर जानुहोस् । तपाईको साथमा म छु ।”

“म रकिलाई छोड्न सक्दिन ।”

“तपाई यस्तो जिन्दगी किन बाँच्नु हुन्छ ? तपाईको बाँच्ने अधिकार छैन ?”

“हामी बिच जे भयो, त्यो सबै बिर्सिदेऊ । हामी बिच केही छैन ।”

“हाम्रो सम्बन्धबारे बिर्सिदिऊ ला तर यस्तो नर्गको जिन्दगी कसरी बाँच्नु हुन्छ ?”

“यदी तिमीले मलाई आफ्नै सोच्छौ भने, मलाई बिर्सिदेऊ । मलाई भेट्ने कस्ट नगर । हामी बिच जे भयो, त्यो अज्जानमा भयो । बिर्सिदेऊ । म आफ्नो संसारमा खुशी छु ।”

म केही भन्न खोज्दै थिए तर उहाँले मलाई  बोल्न दिनु भएन । म केही नबोलि निस्किए । उहाँलाई मैले हेरे त्यो पनि अन्तिम पटक । उहाँले पनि मलाई हेर्नु भयो । हामी दुवै जनाको आँखामा आँसु थिए । हामी दुवै जना समलिङ्गी त थिएनौ तर हामीलाई एक अर्कोको जरुरत थियो । भावनात्मक सम्बन्धको जरुरत थियो । एक प्रकारले म खुशी थिए किनकि मेरो कारणले उहाँ केही क्षणको लागि खुशी हुनु भएको थियो । दुःखी यस कारणले कि मैले असल मित्रलाई छोडेर जाँदै छु ।

अर्को दिन, मैले अफिसबाट राजीनाम दिए र केही दिनपछि अफिस छाथे । मन भारि भएर आयो । त्यस भेटपछि हाम्रो भेट कहिले भएन । उहाँको याद आउँदा म उहाँ र मेरो फोटो हेर्ने गर्छु । त्यसको साथ साथै । उहाँले दिएको सामान वा उपहार हेर्ने गर्छु । अहिलेसम्म सम्हालेर राखेको छु । मलाई थाहा छैन कि उहाँले मलाई सम्झनु हुन्छ कि हुन्न तर म हरपल उहाँलाई सम्झिरहन्छु । सधै भरिको लागि । 


Comments

Popular Posts