नसुन्जेको सम्बन्ध

 १

म आफ्नो काम सकेर म इन्द्रेनी क्याफेमा पुगे । साँझको ६ ः३० बजेको थियो । म सधै बस्ने टेबुलमा बसे । आज म धेरै खुशी थिए । मनदेखि नै खुशी थिए । आज मेरा लागि विशेष थियो । म उनलाई कुरेर बसेको थिए । मेरा आँखाहरु घडी र ढोकातिर थियो । त्यही क्रममा, उनी मुस्कुराउँदै आए । अनि टेबुल छेउमा आए र कुर्सीमा बसे । 

“हाई ।” रोहितले भने ।

“हाई ।” मैले भने । 

“अनि केही अर्डर गरौ त ?”

“छैन ।”

रोहितले वेटरलाई बोलाए र दुई कप क्यापेचिनो अर्डर गरे । वेटर गएपछि मैले भने,“आजको दिन तिमीले बिर्सेको ?”

“आज के हो र ?”

“आज जानवरी २० हो ।”

“अनि ?” रोहित अचम्म परे । 

“आज हामी भेटेको ३ वर्ष भएको छ ।”

“हो त हइ । मैले त बिर्सेको ।” रोहित मुस्कुराए । 

“यो तिम्रो लागि ।” मैले उनलाई उनको मन पर्ने परफ्युम दिए । 

“वाह । मलाई मन पर्ने परफ्युम ।” रोहित खु्शी हुँदै भने । म चाँहि निराश भएको थिए । उनले हाम्रो विशेष दिन बिर्सेका थिए । उनले मलाई निहालेर हेर्दै थिए र मुस्कुराउँदै भने,“तिमीलाई के भयो ?”

“केही होइन ।”

त्यही क्रममा, रोहितले आफ्नो कोटको गोजिबाट एउटा रातो सानो वट्टा निकाल्छन् । म खुशी हुँदै भने, “वाह, यो के हो ?”

“खोलेर त हेर ।”

मैले खोलेर हेरे । सानो र राम्रो चेन थियो । अनि खुशी हुँदै भने,“कस्तो राम्रो चेन । तिमीले सम्झेका थियौ ?”

रोहितले टाउको हल्लाउछन् र त्यही क्रममा, हामीले अर्डर गरेको क्यापेचिनो आयो । क्यापेचिनो पिउँदै भने,“हो, मैले सम्झेको थिए ।” अनि हामी दुवै जना मुस्कुरायौ । 

त्यही क्रममा, मैले उनलाई हेर्दै भने,“यति राम्रो चेन मलाई तिम्रो हातले लगाइदेऊ न ।”

रोहित मुस्कुराउदै कुर्सीबाट उठे र मेरो नजिक आउने क्रममा  थिए । त्यही क्रममा,उनको फोन बज्छ र उठाउँछन् । म मौन थिए । मलाई थाहा थियो कि कसको फोन हो भनेर । म निराश भए । केही क्षणपछि, उनी कुर्सीमा बसे र भने,“म जानु पर्छ । अज्जली फोन थियो ।” 

“तिमी अज्जलीलाई हाम्रो सम्बन्धको बारेमा किन भन्दैनौ ? कतिजेल यसरी भेट्ने ?”

“समय आएपछि भन्छु ।”

“मलाई यो चेन चाहिएन । आफ्नै श्रीमतीलाई दिनु ।” म उठेर आफ्नो फ्ल्याटमा पुग्दा आठ बजिसकेको थियो । म सिधै सोफामा बसे । मेरो मुड खराब भएको थियो । मेरो ध्यान रोहिततिर थियो । 

त्यही क्रममा, शसि किचेनबाट कफी लिएर आइन् । मलाई देखेर अचम्म परेकी थिइन् । मेरो मुड खराब भएको देखेर उनी मेरो नजिक आइन् र सोफामा बसिन् । मलाई हेर्दै भनिन्,“तिमीलाई सँच्चै त छ ? आज ढिला आयौ त ? हेर्दा त मुड खराब छ त ?”

मैले सबै कुरा व्यक्त गरे । मेरो कुरा सुनेर शसिले हाँस्दै भनिन्,“यो कुन ठूलो कुरा हो र ?”

मैले रिसाउँदै भने,“तिमी मेरो दुःखमा हाँसिरहेकी छौ ?”

“नहाँसेर रुनु त ?”

वातावरणमा मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै थियौ । म गम्भीर थिए । शसिले मलाई हेर्दै भनिन्,“तिमी र रोहित सम्बन्धमा बसेको तीन वर्ष भइसकेको छ । रोहितले तिमीलाई विवाहको लागि कहिले कुरा गरेनन् । तिमीले प्रस्ताव राख्दा आफ्नो श्रीमतीसँग कुरा गर्छु भनेर टारेका छन् । न त तिमीलाई छोड्न सकेका छन् न त आफ्नो श्रीमतीलाई डिभोस् दिएका छन् । उनलाई तिमीसँग विवाह गर्न चाहेका छैनन् । रोहित आफ्नो परिवारलाई श्रीमतीलाई छोड्न चाहदैनन् । तिमीलाई प्रयोग मात्र गरेका हुन् । तिमी यो कुरा किन बुझ्दिनौ ?”

“त्यो होइन । उनले मलाई माया गर्छन् । एक दिन जरुर मसँग विवाह गर्ने छन् ।”

“तर कहिले ?”

म मौन भए । यसको जवाफ मसँग थिएन । यसै त मेरो मुड खराब भएको थियो । झन् शसिको कुराले अझ मुड खराब भयो । मेरो दिमागमा धेरै कुराहरु चल्न थालेको थियो । एक प्रकारले सोचे कि शसिले भनेको कुरा ठीक लाग्यो र अर्को प्रकारले शसिको कुरालाई बेठीक मान्न मन लाग्यो । रोहितले मलाई धेरै माया गर्छन् र जरुर मसँग विवाह गर्ने छन् । 

घण्टी बज्छ । अज्जली रिसाउँदै ढोका खोल्छिन् । रोहित भित्र छिर्छन् । त्यही क्रममा, अज्जलीले भनिन्,“आज तिमीले केही बिर्सियौ ?”

“केही बिर्सिएको छैन त ?” रोहितले अज्जलीलाई हेर्दै भन्छन् ।  

“आज तिमीले मलाई धुम्न लाग्छु भनेका थियौ । तिमी आजकाल धेरै बिर्सेन थालेका छौ । तिमीलाई के भएको छ ?”

“केही भएको छैन । कामको तनाबले गर्दा मैले बिर्सेको । मेरो मिटिङ्गको कारणले मैले बिर्सेको । आई एम सरी ।” रोहित अज्जलीको नजिक जान्छन् । 

“मसँग नरिसाउन । मैले तिम्रो लागि के ल्याएको छु ।” उनले आफ्नो झोलाबाट चेन निकाल्छन् जुन मलाई भनि ल्याएका थिए । अज्जली खुशी भइन् । 

“आहा ! कस्तो राम्रो चेन । मेरो लागि हो ?”

“होइन । मेरो गर्लप्रेण्डको लागि भनि ल्याएको हो । म उसैलाई दिन्छु ।” रोहित मुस्कुराउछन् । 

“तिमी पनि ।”

अनि दुवै जनाले हग गर्छन् ।

“तिमी अहिलेसम्म मसँग रिसाएको नेहा ?” 

म खाटबाट उठे र भने, “रोहित, हाम्रो सम्बन्धमा म मात्र छु । तिमी छैनौ । मेरो यो फ्ल्याटमा हेर । सिर्फ म छु । तिमी छैनौ । हरेक कुराहरुमा म मात्र छु । तिमी कहाँ छौ ? तिमीले यो फ्ल्याटमा हाम्रो सम्बन्धको लागि के गरौ ? तिमी केही क्षणको लागि आउँछौ र जान्छौ । तिमीलाई सम्झदा सिर्फ म छु जस्तो लाग्छ । यो सम्बन्धको लागि तिमीले के गरेका छौ ?”

“नेहा, प्लिज त्यस्तो नभन । म तिमीलाई धेरै माया गर्छु ।” मेरो नजिक आउँदै भन्छन् । 

“यदी तिमीले मलाई माया गछौ भने, मलाई आफ्नो श्रीमती किन बनाउदैनौ ? हाम्रो सम्बन्धको बारेमा किन भन्दैनौ ? अज्जलीलाई डिभोस् दिँदैनौ ? सधै भरि यसरी नै नाम बेगर बस्नु ? हाम्रो सम्बन्धको नाम त देऊ ।”

रोहित मौन भए । मलाई हेर्न सकेका थिएन । म उनलाई हेरिरहेका थिए । मैले उनलाई हेर्दै भने, “मलाई थाहा छ कि तिमीसँग केही जवाफ छैन । न त तिमी आफ्नो श्रीमती न त मलाई । मलाईभन्दा पनि तिमीले अज्जलीलाई छोड्न सकेका छैनौ ।”

“तिमीलाई मैले पहिले पनि भनिसकेको छु कि हामी दुवै जनाको विवाह हुन्छ । म अज्जलीलाई छिट्टै डिभोस् दिने छु ।” रोहित गम्भीर भएर भन्छन् । 

“रोहित, तिमीले एउटा निर्णय गर । कि ममलाई यो सम्बन्धबाट मुक्ति देऊ वा अज्जलीलाई । जब तिमीले यस विषयमा निर्णय गछौ तब मात्र मसँग भेट्नु ।”

रोहितले केही भन्न खोज्दै थिए तर मैले रोकिदिए । रोहितले केही नभनिकन मेरो फ्ल्याटबाट निस्के । म खाटमा बसे । मेरो आँखाहरु रसाएका थिए र म आफ्नो अतित सम्झन थाले ।

तीन वर्ष अगाडिको कुरा हो । म आफ्नो लुगा पसलमा थिए । त्यही क्रममा, शसि मेरो नजिक आइन् र भनिन्, “नेहा, तिमीलाई कसैले खोजिरहेकाक छन् ।”

“कसले ?”

“खासमा एक जनालाई लुगा देखाउदै थिए । उनलाई चिन्त बुझेको छैन । प्लिज, तिमी जाऊ न । तिमी बाहेक कसैले सम्माल्न सक्दैन ।” 

म आफ्नो काबिनबाट निस्के । एक जना केटा थिए । सुट लगाएका थिए । अग्ला थिए । गहूँ गोरा थिए । हिन्दी सिरियलमा खेल्ने जस्ता थिए । उनी मेरो स्टाफसँग छलफल गर्दै थिए । म उनको नजिक गए र भने, “हेलो सर । हाउ क्यान आई हल्प यू ?”

उनले मलाई हेरे । अनि मलाई हेर्दै भने, “मैले आफ्नो श्रीमतीको लागि भनि लुगा हेर्न आएको । यहाँको स्टाफले मलाई एउटा राम्रो लुगा देखाएका छैन ।” उनले रिसाउँदै भने ।

“आई एम सरी । म तपाईलाई लुगा देखाउछु ।” मैले भने र मैले उहाँलाई लुगाहरु देखाउन थाले । अन्तमा उनले निलो रङ्गको सारि  किनेर गए । त्यस पश्चात उनी हर रोज मेरो पसलमा आउन थालेका थिए । उनको नाम रोहित र उनी ईन्जिरियर रहेछन् । त्यस क्रमपछि, हाम्रो भेट हुन थालेको थियो । बिस्तारै हामीले एक अर्कोलाई मन पराउन थालेका थियौ । तीन वर्षमा हाम्रो सम्बन्धमा सिर्फ म मात्र थिए । उनले मलाई प्रयमेग गरिरहेका थिए जस्तो लाग्छ । त्यसको साथ साथै म दुई जनाको बीचमा आएको थिए । मलाई यो सम्बन्धको कि नाम चाहिएको थियो या त छुटकारा चाहिएको थियो तर रोहित मानेका थिएनन् । म आफ्नो अतित सम्झेर धेरै भावुक भए । कहिले काँही लाग्छ कि मैले गलत व्यक्तिसँग माया गरे । 

यस भेटपछि रोहितले मलाई धेरै चोटि फोन गरे तर मैले वास्ता गरिन । ममलाई भेट्न भनि फ्ल्याटमा आए र मलाई धेरै चोटि सम्झाउने प्रयास गरे तर मैले रोहितको कुरा सुनिरहेको थिइन । मलाई थाहा थियो कि उनीले आफ्नो श्रीमतीसँग कुरा गरेका थिएनन् । यो क्रम दुई हप्तासम्म चलिरहयो । अन्त्यमा मैले रोहितसँग कुरा गर्ने निर्णय गरे । बिहानको ९ ः०० बजेको थियो । मैले उनलाई फोन गरे । घण्टी गरिरहेको थियो । रोहितले आफ्नो फोन खाटमा छोडेका थिए र बाथरुममा छिरेका थिए । सुरुम त उठेन । फेरि गरे । त्यही क्रममा, अज्जली कोठामा छिरिन् । रोहितलाई हेरिन् तर देखिनन् ।

फोन बजेको सुनेर उनीले नम्बर हेरिन् । अर्को नाममा थियो । मेरो फोन नउठाउपछि म्यासेज पठाए । 

“मलाई फोन गर । जरुरी छ ।” अज्जलीले म्यासेज पठिन् र फोन गरिन् । 

“हेलो, रोहित । तिमीले के निर्णय गरौ त ?”

“तपाई को बोल्दै हुनु हुन्छ ?” केटीको आवाज सुनेर अचम्म परेकी थिइन् । 

“तपाई अज्जली हो ?” मैले भने । 

“हो । तपाई को हो र मेरो नाम कसरी थाहा भयो । कस्तो निर्णयको कुरा हो ?”

मैले सबै कुरा व्यक्त गरे र व्यक्त गरिसकेपछि मैले अज्जलीको कुरा नसुनिकन फोन राखिदिए । मलाई थाहा छैन कि मैले अज्जलीलाई सबै कुरा व्यक्त गरेर गलत गरे वा सही तर मनमा शान्त छाएको थियो । 

अज्जलीले सबै कुरा सुनिसकेपछि धेरै भावुक भइन् । उनी खाटमै थिइन् । उनीको आँखामा आँसुले भरिएका थिए । त्यही क्रममा, रोहित बाथरुमबाट निस्किछन् । अज्जलीलाई अचम्म परे । ऐना हेर्दै रोहितले भने,“तिमीलाई के भयो ? तिमी किन गम्भीर भएको ?”

अज्जली मौन नै थिइन् । उनीसँग केही शब्द नै थिएन । अज्जली नबोलेको देखेर फेरि भने,“किन नबोलेको ? किन मौन भएको ?”

“मलाई डिभोस् चाहियो । ”

“हँ ?” रोहित अचम्म पर्दै भने । 

“मलाई डिभोस् चाहियो ।”

रोहित पछाडि फर्केर भन्छन्, “तिमी यो के भन्दै छौ ? तिमी यो के मज्जाक गर्दै छौ ?”

“मज्जाक मैले होइन, तिमीले गरिरहेका छौ ।” अज्जलीले रोहितलाई हेर्दै भनिन् । 

“तिमीलाई के आज झगडा गर्न मन छ ?”

अज्जली खाटबाट उठिन् र भावुक हुँदै भनिन्,“तिमी मलाई डिभोस् दिएर नेहासँग बस वा नेहालाई छोड ।”

“तिमीलाई नेहाको बारेमा कसरी थाहा पायौ ?” रोहित नर्भस हुँदै भन्छन् । 

“तिमीले नेहाको बारेमा किन भनेनौ ? यो कति वर्षदेखि चलेको हो ?”

रोहित मौन भने । अज्जलीलाई हेर्न सकेका थिएनन् । मौनता छोड्दै अज्जलीले भनिन्, “किन मौन छौ ? किन मेरो जवाफ दिदैनौ ? तीन वर्षसम्म नेहासँग तिम्रो अफेयर थियो । मेरो मायामा तिमीले कमी देख्न थाल्यौ । ममा गल्ती देख्न थाल्यौ । आज तिमी निर्णय गर । कि तिमी मसँग बस वा नेहासँग ।”

रोहित खाटमा बस्छन् र भन्छन् ,“हो, नेहासँग मेरो अफेयर छ । जिज्दगीमा मैले पहिलो पटक प्रेम गरे । मेरो जिन्दगीमा नेहालाई जति कसैलाई गर्न सकिन । मैले तिमीलाई माया गर्न सकिन । धेरै चोटि कोसिस गरे तर सकिन । तिमीसँग विवाह गर्नु मेरो बाध्यता थियो । मैले मेरो बुवा र आमाको लागि भनि विवाह गरे । सुरुमा सोचे कि हाम्रो सम्बन्धलाई समय देऊ तर तिमीलाई माया गर्न सकिन । तिम्रो लािग भावना कहिले आएन । मैले तिमीलाई पहिले नै डिभोस् दिन खोजेको थिए तर सकिन । बाध्यताले म तिमीसँग बसेको हूँ । मैले आफ्नो बुवा र आमाको कारण तिमीसँग बसेको हूँ । न त मैले तिमीलाई भन्न सके न त तिमीले मेरो मनको कुरा बुझ्यौ ।”

अज्जलीको आँसुले भरिए । उनीले केही भन्न सकिनन् । दुवै जना धेरै दिनसम्म बोल्न सकेनन् । आज आएर अज्जलीले रोहितको बारेमा थाहा पाइन् । आफूलाई सम्माल्न सकेकी थिइनन् यस्तो वर्षसम्म रोहितको माया थियो । आज आएर यो सब किन भइरहेको छ ?

”हेर नेहा । तिमी रोहितलाई बिर्सिदेऊ । यस्तो दिन भइसकेको छ तर रोहितले तिमीलाई फोन नगरेको । तिमीलाई उनले माया गर्दैनन् । अज्जलीलाई मात्र गर्छन् । उनलाई छोड्न सक्दैनन् । केटा मान्छेहरुले जति अफेयर गरे पनि अन्तिममा घर ठूलो हुन्छ ।”

म मौन थिए । म अहिले पनि उनकै प्रतिक्षामा थिए । त्यही क्रममा, शसिले भनिन्, “मलाई थाहा छ कि तिमी अहिलेसम्म उनको आशमा छौ तर तिमीले कुरा बुझ्नुपर्छ । यदी रोहितले तिमीलाई माया गरेको भए, तिमीलाई विवाह गर्थे । यो सम्बन्धलाई नाम दिन्थे । तिमी रोहितलाई बिर्सिदेऊ र नयाँ जिवन सुरु गर ।”

शसिले भनेको कुरा ठीक लाग्यो । मैले रोहितलाई बिर्सिनु पर्छ । उनको विश्वास र मायामा मेरो तीन वर्ष गयो । त्यसैले म दूर जाने निर्णय गरे । दरो मन लिएर म काठमाडौबाट दूर गए जहाँ रोहितले मलाई नभेटून् । 

रोहित र अज्जली खाना खाँदै थिए । त्यही क्रममा, अज्जलीले भनिन्,“रोहित ।”

“हँ ।” रोहितको ध्यान खानामै थियो । 

“म तिमीलाई यो सम्बन्धबाट आजात गर्दै छु ।”

वातावरणमा मौनता छायो । दुवै जनाले एक अर्कोलाई हेर्छन् । त्यही क्रममा, मौनता तोड्दै अज्जलीले भनिन्,“सायद तिमी आफ्नो ठाउँमा सही छौ । सबै सम्बन्ध राम्रो हुनुपर्छ भन्ने छैन । सायद मैले तिमीलाई नबुझ्नु गलत थियो । मेरो कारणले नेहासँग सम्बन्ध नराम्रो हुने छ । सायद तिमीले सोचेको जस्तो मबाट हुन सकेन । यदी तिमी यो सम्बन्धमा खु्शी छैनौ भने, जाऊ ।म तिमीलाई रोक्दिन । तिमी आफ्नो जिन्दगी राम्रोसँग बिताऊ । म आफूलाई सम्माल्ने छु र बुवा र आमालाई सम्झाउने छु । यो डिभोस् पेपरमा साईन गर । ममैले साईन गरिसके छु । म केही दिनमा यो छोड्छु । छोरीहरु मसँगै बस्ने छन् ।”

“मलाई माफ गर ।”

“समयले सब ठीक गर्छ ।”

अनि रोहितले डिभोस् पेपरमा साईन गर्छन् । साईन गरेपछि मलाई फोन गर्ने प्रयास गर्छन् तर सम्पर्क हुन सकेको थिएन । मेरो फोन नउठेपछि उनी मेरो फ्ल्ल्याटमा आए । शसिले कोठा खोलिन् । “हाई ।”

“म भित्र आउन सक्छु ।”

“हुन्छ ।”

दुवै जना सोफामा बस्छन् । त्यही क्रममा, रोहितले भने,“अज्जली कता छिन् ? म अज्जलीलाई भेट्न आएको । उनको फोन नै उठेको छैन ।”

शसिले सबै कुरा व्यक्त गरिन् तर म कता गए त्यो भनिनन् । हुन त उनलाई थाहा छैन कि म कहाँ छु भनेर । 

“तिमीसँग उनको नम्बर छ ?”

“छैन । उनीसँग सम्पर्क छैन । तिमी यत्रो दिनपछि अज्जलीलाई भेट्न आयौ । यत्रो दिनपछि उनको याद आयौ ? उनीले तिमीलाई धेरै माया गर्छिन् ।”

रोहितले केही नभनिकन निस्किए । मलाई धेरै प्रयास गरे तर सकेनन् । त्यसको साथ साथै ईमेल  पठाउथे तर मैले जवाफ दिएको थिइन किनकि मैले ईमेल हेरेको थिइन । मेरो बारेमा अज्जलीलाई केही व्यक्त गरेका थिएनन् । 

“म जाँदै छु, रोहित । बुवा र आमालाई मैले सम्झाएको छु । बिस्तारै उहाँहरुले माग्नु हुन्छ । समयलाई छोडिदियौ । मैले हाम्रो छोरीलाई अहिले केही भनेको छैन । बिस्तारै भन्ने छु । उनीहरु अहिले तिमीसँग बस्ने छन् । पछि म लिन आउने छु ।” 

रोहित अज्जली गएको हेरिरहेका थिए । रोहितलाई रुन मन थियो । न उनले अज्जली पाए न त मलाई नै । हररोज रक्सीको साथ चाहिन्छ । घर भन्दा पनि बाहिर उनको ध्यान हुन्थ्यो । न त उनको काममा ध्यान हुन्थ्यो न त घरमा । हरपल मेरो यादमा डुब्थे र रुन थाल्थे । आफ्नो हाल बेहाल बनाएका थिए । परिवारले धेरै सम्झाएका थिए तर रोहित कुरा सुन्दैन थिए । उनले मलाई ईमेल पठाउथे तर आजसम्म मैले उनको ईमेल हेरेको छैन न त हेर्ने वाला छु । 


Comments

Popular Posts