गीत र संगीतको धेरै महत्व

मानिसहरुको जिन्दगीमा गीत र संगीतको धेरै महत्व हुन्छ । कुनै कुनै गीतहरुले अतित नै सम्झाइदिन्छ । मलाई पनि त्यस्तै भइरहेको छ । मलाई कुनै गीतहहरुले अतित सम्झाइदिएको छ । स्कूल हुँदा नेपाली पप गीतहरु सुनिथ्यो । सुगम पोखरेल, अनिल सिंह, कमल मान सिंह, नबिन के भट्टराई, धिरज राई आदिको गीतहरु धेरै सुन्थ्यौ । सुन्ने मात्र होइन गीत पनि गाउथ्यौ र गीत सुनेर लेख्थ्यौ पनि । कति रमाइला थिए ती दिनहरु । सम्झिदा मुस्कुराउनुको साथ साथै भावुक  पनि हुन्छु । 

त्यसको साथ साथै हिन्दी फिल्म ‘ लभ आज कल’ को गीत दूरियाँ सुन्दै थिए । म स्नातक तहमा पढ्दै थिए । अहिले सुन्दा आफ्नो साथीहरुको धेरै याद आउँछ । साँच्चिकै हामी साथीहरु टाढिएका छौ । टाढिए पछि धेरै याद आउँदो रहेछ । साथीहरुको फोटोहरु हेर्दा धेरै भावुक भए । केही पलहरु सम्झेर भावुक हुन थाले । यो गीतको साथ साथै ‘तिनका तिनका’ भन्ने गीत एक जना साथीले मोबाइल धेरै चोटी सुन्थे र गाउन्थे । उनले गर्दा मलाई पनि मन पर्न थालेको थियो । अहिले यो गीत सुन्दा उनलाइ सम्झन्छु । अजब प्रेम की गजब कहानीको गीत म एक जनालाई सम्झन्छु । उहाँँसँगको मेरो सम्बन्ध राम्रो छ । उहाँसँग म धेरै धुमेको छु । उहाँसँग मेरो भेट पहिला धेरै हुन्थ्यो तर अहिले त्यति हुँदैन । हामी दुवै जना आफ्नो जिन्दगीम धेरै व्यस्त छौ । 

त्यसको साथ साथै नेपाली पप गीतहरु पनि धेरै सुन्थ्यौ । त्यही क्रममा सिने गुरुङर्को मेरो प्यारो मान्छे,’ धेरै गाउथ्यौ । त्यो गीत भन्दा पनि अन्जु पन्तको ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’ भन्ने गीत सम्झन्छु । यो गीत मेरो मिल्ने साथीले राम्रो गाउथिन् र हामी उनीलाई यो गीत गाउन धेरै अनुरोध गथ्यौ । यो गीत सुन्दा उनीलाई सम्झन्छु । अहिले उनी अष्टेलियामा छिन् र म उनीलाई सम्झिरहन्छु ।  


Comments

Popular Posts