स्पर्श

शिर्षक ः— स्पर्श
विधि ः— उपन्यास
लेखक ः— आकास बराल
प्रकाशन ः— बुलबुल पब्लिकेशन
संस्करण ः— २०७६ बैशाख

45775035. sy475
आकास बरालद्धारा लिखित ‘स्पर्श’ एक रोमान्टिक उपन्यास हो । यो उपन्यास वेद, निरुसा र अक्षताको हो । यो उपन्यास रोमान्टिकको साथ साथै दोस्तीको बारेमा छ ।

उपन्यास सुरु हुन्छ, कक्षा १२को अन्तिम दिनको हो । वेद आफ्नो साथी सिजनसँग थिए । दुवै जना पहिलेदेखिका सथी हुन् । त्यही क्रममा वेदले निरुसालाई देख्छन् र निरुसाको पछि लाग्छन् तर भेट्न सक्दैन । वेदले निरुसालाई  माफी माग्न भनि पछि गएका थिए तर भेट्न सक्दैनन् ।

१२को जाँच सकिएपछि वेद काठमाडौ आउँछन् । डाक्टरको पढाईको लागि तयारी गर्छन् । त्यही क्रममा उनको भेट अक्षतासँग हुन्छ  जो वेदको छिमेकी हुन्छिन् दुवै जनाको राम्रो दोस्ती हुन्छ । वेदले आफ्नो दुःख सुख सबै व्यक्त गर्छन् ।

निरुसासँग प्रेम भएको र एउटै पढ्ने ठाउँ भएर पनि बोल्न नसकेको कुरा व्यक्त गर्छन् । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरुको नजिक हुँदै जान्छ र निरुसासँग टाढा ।
सुरुमा यो उपन्यास पढ्दा अल्छी लाग्छ । पछि पछि पढ्दै गर्दा रमाइलो लाग्छ तर पढ्दै जाँदा यस्तो ख्यालको उपन्यास कही कतै पढेको जस्तो लाग्छ । यो एक सामान्य  प्रेम कहानी हो । पढिसकेपछि कथा त्यति याद हुँदैन । भाषा सरल छ र यो कथाका पात्रहरु पनि सामान्य लाग्छ ।

Comments

Popular Posts