सोनाक्षीको कथा

सोनाक्षी एक कफी लिएर बाहिर हेर्दै थिइन् । पानी परेको थियो । शनिबारको दिन थियो र साँझ ८ः०० बजेको थियो । आजकाल सोनाक्षीको आजकाल बाहिर हेर्दै बेलुकाको समय जान्छ । उनी क्यानेडामा बस्दै आएकी छिन् । उनी क्यानेडामा बसेको चार वर्ष भएको छ । उनी हरपल पछुतोमा बसेकी थिइन् । विशालले छोडेर गएपछि केही समय केही महशुस गरेकी थिइनन् तर केही महिनापछि आफ्नो गल्तीको महशुस गरिन् । विशालले सोनाक्षीलाई आफूभन्दा धेरै माया गर्थे तर क्यानडाको मोहले विशालको माया चिन्न सकिनन् । सोनाक्षीको आँखा रसाए । कफी पिउदै र बाहिर हेर्दै आफ्नो विगत सम्झन थालिन् । 

विशालले मलाई कफी सप, दरबार मार्गमा कुरिरहेका थिए । बुवा आमाको खुशीलाई म उसलाई हेर्न जादै थिए । मलाई विवाह गर्नु नै थिएन । त्यसभन्दा पनि मलाई विशालको फोटो मनै परेको थिएन । मुहार हेर्दै साउथ इइियन जस्ता देखिन्थे । दाढी पनि सुहाउने तरिकाले पालेको भए हुन्थ्यो नि । मलाई जान मन नभए पनि भेट्न भनि गए । बिहानको १०ः३० बजे भेट्ने कुरा थियो तर म एक घण्टा ढिलो पुगे । 

म यता उता हेर्दै थिए । मेरो नजर कुनाको टेबुलमा बसेको केटामा पु¥यो । सुरुमा त विशाल हो कि होइन जस्ते भयो । उनी बेग्लै देखिएका थिए । मैले सुरुमा विश्वास गरिन तर विशाल मेरै छेउमा आएपछि विश्वास गरे । 

हामी सामान्य गफ गरौ । गफ गर्ने क्रममा मैले भने,“विशालजी, तपाईलाई बिहे गर्न हतार छ कि छैन ?” मैले सिधै सोधे । 

विशाल एकछिन अचम्मित भए र मलाई हेरिरहे । केही समयपछि विशाले भने,“मलाई ल हतार छैन । खासमा भन्ने हो भने, मलाई विवाह नै गर्नु नै छैन । मेरा बुवाआमाले गरेर मात्र तपाईलाई भेट्न आएको हूँ ।”

म खुशी हुँदै भने,“त्यसो भए मलाई रिजेन्ट गर्नुहोस् ।”

“के कारण दिनु ?”

“म मन परेर भदिनु न ।”

उनी सहमत भए । अनि हामी कफी पिइसकेपछि हामी दुवै जना छुडियौ । 

यो भेटपछि हाम्रो गफ चाँहि भइरहथ्यो । गफ गर्दै जाँदा हामी मिल्ने साथी भइसकेका थियौ ।

मेरो र विशालको भेट त्यक्ति हुँदैन थियो । हाम्रो फेसबुमा वा भाइबरमा कुरा हुन्थ्यो । हामी दुई महिनापछि भेट्दै थियौ । अफिसको काम सकेर हामी दरबार मार्गको कफी सपमा भेट्यौ । हामीले कफीको साथ साथै  खानेकुराहरु अर्डर गरौ । 

“अनि आज मलाई किन बोलाएको ?” विशालले भने । 

“घरमा बुवा आमाले विवाहको कच्च कच्च गर्दै हुनुहुन्छ । मलाई विवाह नै गर्नु छैन ।” मैले भने ।

“मेरो हालत पनि त्यस्तै छ । अनि तिम्रोे प्रेमी छ ?” विशालले भने । 

“नो यार । तिम्रो प्रेमीका छ कि छैन ?”

विशाल मौन भए । मैले उसलाई निहालेर हेरे । विशाल मुस्कुराएको देखेर मैले विशाललाई सोधे,“के सारो मुस्कुराएको तिमी ? कसैसँग प्रेम प¥यो कि के हो ?”

विशालले टाउको हल्लाएर हो को सङ्केत गरे । म उसको खुशीमा खुशी थिए र भने, “अनि, को हो त्यो केटी ?”
विशालले केही नसोचि जवाफ दिए,“म तिमीलाई मन पराउछु ।”

“के ? तिमी यो के भन्दै छौ ?” म अचम्मित भए । 

“हो, सोनाक्षी । म तिमीलाई मन पराउछु । मैले त तिमीलाई देखे देखि मन पराउन थालेको थिए । म तिमीसँग बिहे गर्न चाहन्छु ।”

वातावरणमा मौनता छा¥यो । हामी एक अर्कोलाई हे¥यो । उनी गम्भीर थिए । उनले जिस्किएर भनेका थिएनन् । 
“तर मैले तिमीलाई त्यो नजरले हेरेको छैन । म तिमीलाई मिल्ने साथीको रुपमा मात्र हेर्छु ।”

अनि म त्यहाँबाट निस्के । उनले मलाई हेरिरहेका थिए । विशाल उदास देखिन्थे ।

त्यसपछि हाम्रो बातलाप कम भएको थियो । मैले आफ्नो पढाइसकेर अमेरिका जान टाइ गरे तर मैले भिसा पाइन । अनि मैले यही काम गर्ने थाले । 

“यो मिटिङ्गमा सबैजनालाई स्वागत छ । तपाईलाई थाहा छँदै छ नि यो मिट्ङ्गि के विषयमा हो भनेर । आज यो मानव अधिकार संस्थामा नयाँ स्टार्फ आउनु भएको छ । उहाँ मूल्याड्ढक तथा अनुगमन विभागमा काम गर्नको लागि आउनुभएको छ । उहाँले यो अफिसभन्दा दुईवटा अफिसहरुमा मूल्याड्ढक तथा अनुगमन विभागमा काम गरिसक्नुभएको छ । उहाँको नाम हो अर्जून शाक्य हो । उहाँलाई स्वागत गरौ ।” विनोद सरले भन्नुभयो । 

अर्जुन शाक्य बायाँ साइटको छेउमा बसेका थिए । उनी उठे र सबैलाई नमस्ते गरे । उनी अग्ला थिए । मुहार नै चकलेटी रमान्छै चाँही दुब्लो पातलो । सुरुमै मेरो नजर उसैकोमा पुगेको थियो । 

म काम गर्ने संस्था मानव अधिकार सम्बन्धी थियो र म लैङ्गिक समानता विभागमा काम गर्थे । मैले काम गरेको ६ महिना भइसकेको थियो । संस्था त्यति ठूलो थिएन त्यसैले कर्मचारीहरु पनि थोरै मात्र थियौ ।

म जति अर्जुनको नजिक जान्थे त्यति मोरे दिलको धड्कन जोरले धड्किन्थ्यो । उनको मुहार हेरौ हेरौ लाग्थ्यो । उनको बालि सुनौ सुनौ लाग्थ्यो । अर्जुनलाई देख्दा लाग्थ्यो कि उनी मेरै लागि बनेका हुन् । मैले उसलाई मन पराउन थालेको थिए । उनलाई कसरी आफ्नो भावना व्यक्त गरौ जस्तो भएको थियो । यस्तो कुरामा मन र दिमागले काम गर्दैन रहेछ । हिम्मत पनि हुँदैन रहेछ आफ्नो भावना व्यक्त गर्नको लागि । आफ्ना भावना व्यक्त गर्न कोसिस नगरेको पनि होइन । धेरै प्रेम पत्रहरु लेखे तर दिन अाँट नै आएन । ती पत्रहरु मैले धेरै दिनहरुसम्म समालेर राखेको थिए ।  

दुई महिनापछिको कुरा हो । ५ः३० बजिसकेको थियो तर कामको सूरले मैले समयको ख्यालनै गरेको थिइन । यही क्रममा अर्जुन मेरो नजिक आए । उनले मलाई हेरिरहका थिए त म आफ्नो काममै व्यक्त थिए । मैले उनी आएको थाहा नै पाएको थिइन । 

बीस मिनेटपछि अर्जुनले भने,“म्याडम,आज अफिसमै बस्ने योजना छ कि के हो ?”

“हँ ?”

म अर्जुनतिर हेरेकै थिइन । उनले मलाई हेरिरहेका थिए । केही बेरपछि अर्जुनले भने,“म्याडमसँग आज मेरो डेट नहोला जस्तो छ ।”

मैले को भनेर हेरे । अर्जुन अगाडि रहेछन् । आज कस्ते स्वरले पनि थाहा नपाएको मैले । आफैदेखि रिस उठ्यो । उनले मलाई देखेर मुस्कुराए । म चाँहि लजाए ।
 
“यदि काम सकेको हो भने, कफी पिउन जाने हो कि ?”

“हुन्छ ।” मैले सजिलै हुन्छ भने । 

मैले आफ्नो कम्प्युटर अफ गर्छु । अनि उनीसँग नजिकैको कफी सपमा गए । कफी र मःम अर्डर गरपछि हामी केही क्षण मौन रह्यो । एक अर्कोलाई हेरेर मुस्कुरायौ । 

कफी आइसकेपछि, अर्जुनले मौनता तोड्दै भने,“तपाईले यहाँ काम गरेको कति भयो ?” 

“आठ महिना भइसकेको छ ।”

“यो तपाईको पहिलो जप हो ?”

“हजुर ।”

म कफी पिउन थाल्छु । म उनलाई हेर्ने सकेकी थिइन । मेरो मनमा धेरै भावनाहरु खेलिरहेका थिए । हामी बीच सामान्य गफ गर्दै बित्यो । यो दिनदेखि हामी सधै भेट्न थाल्यौ । म धेरै खुशी भएको थिए । आफूले मन पराएको व्यक्तिसँग केही पल साथ हुँदा रमाइलो हुँदो रहेछ । झन् आफूसँग मात्र बोलिरहोस् र आफूसँगै मात्र बसिरहोस् जस्तो लाग्ने । अरुसँग बोलेको देख्दा ईष्र्या हुँदो रहेछ तर पनि आफ्नो भावनाहरु देखाउन मिल्ने । कस्तो अचम्मको हुँदो रहेछ माया । यो माया भन्ने चिज यस्तै हो । 

“सोनाक्षी, वि लू मारि मि ?” अर्जुनले मलाई विवाहको प्रस्ताव राखे । म अचम्मित भए । अचम्मितभन्दा पनि म मनमनै खुशी भएको थिए तर मैले त्यो खुशी बाहिर देखाउन जरुरी देखिन । हामीले एक अर्कोलाई हेरौ । हाम्रो नजरले संवाद गरिरहेका थिए ।   

“मेरो जवाफ त आएन त ?”

म मुस्कुराए । मलाई यसरी विवाहको प्रस्ताव आउछ भन्ने सोचेको थिइन । केही पलको लागि सोचे कि भाउ खाइदेऊ तर सकिन । 

मौनता तोड्दै मैले भने,“आज म धेरै खुशी छु । मैले सोचेको थिइन कि मैले मन पराएको मान्छेले यसरी विवाहको  प्रस्ताव राख्ने छन् । आफूलाई भाग्यमानी ठान्छु तिम्रो साथ पाउँदा ।”

हामी दुवै जना मुस्कुरायौ । म मायाको संसारमा हराएको थिए । म हरेक पल अर्जुनलाई सम्झन्थे । एक्लै मुस्कुराउथे । गाना बज्दा म अर्जुनलाई परिकल्पना गर्थे । हरेक पल अर्जुनको यादमा डुबेको हुन्थे तर मलाई आफ्नो जिन्दगीमा ठूलै परिवर्तन आउँदै छ भन्ने थाहा थिएन । 

विवाह प्रस्ताव राखेको दुई महिनापछि हाम्रो विवाह भयो । विवाहपछि जिन्दगी राम्रै चलिरहेको थियो । मेरो काम पनि राम्रै हुँदै गएको थियो  मलाई विभिन्न ठाउँमा काम गर्ने अवसर पाएको थिए । समस्या यहीबाट सुरु भएको थियो । अर्जुन राम्रो ठाउँमा पुग्न सकेका थिएनन् । मेरो तलब उसको भन्दा पनि धेरै हुन्थ्यो  । अर्जुनलाई अरु ठाउँमा हेर र आवेद हाल्न आग्रह गरेको थिए तर मानेका थिएनन् । मेरो काम देखेर धेरै ईष्र्या गर्थे । सुरु सुरुमा गालि मात्र गर्थे र म पनि के कम झगडा गर्थेृ तर पछि पछि हात पनि उठाउन थालेका थिए । मलाई काम छोड्न आग्रह गरेका थिए । मैले मानिन । नमानेको कारण मलाई धेरै मानसिक तथा शारीरिक रुपमा यातना दिन थालेका थिए । मैले आफूलाई बचाउन धेरै कोसिस गरेको थिए तर असफल भए आफूलाई बचाउन । म उनीसँग बस्दा उनी कम घर आउन थालेका थिए । पछि बिस्तारै थाहा पाएकी उनको अरुसँगै प्रेम गर्दा रहेछन् । अन्यमा आएर हामी बस्न नसकेर अलग भयौ । 

म दरबार मार्गको कफी सपमा थिए । यो ठाउँ मेरो लागि विशेष नै थियो । म र विशाल यो ठाउँमा आइरह्थ्यौ । आज मलाई विशालको धेरै जरुरत थियो । हाम्रो भेट नभएको धेरै भएसकेको थियो ।
 
नभन्दै  विशाल मेरो अगाडि हाई भन्दै आइपुग्छन् । म अचम्मित हुँदै हाई भन्छु । अनि मेरो अगाडि उनी बस्छन् । मेरो हाल खबर सोधे । सुरुमा त ठीकै छ भने तर मेरो भावले विशालले थाहा पाए कि मैले केही लुकाएको छु भनेर । मैले उसलाई अर्जुनको बारेमा भने । 

यही दिन विशालले मलाई प्रेम प्रस्ताव राखे । सुरुमा आफू अचम्मित भए । केही बेरपछि हुन्छ भने । मलाई राम्रो साथीको जरुरत थियो । यो प्रस्तावपछि हामी दिनहूँ भेट्न थालेका थियौ । विशालसँग हुँदा आफ्नो अतित बिर्सेन थालेको थिए । मन शान्त हुँदै थियो । विशालले मलाई बुझ्थे । मलाई खुशी लाग्थ्यो कि विशाल मेरो साथ थियो । 

हामी एक अर्कोसँग विवाह गर्ने चाहन्थ्यौ तर विशालकी आमाले मान्नुभएको थिएन । उहाँलाई सम्झाउन गाह«ो भएको थियो भने मेरो बुवा आमा मान्नुभएको थियो । सुरुमा  त मान्नुभएको थिएन । हामीले एक अर्कोलाई रिजेन्ट गरेका थियौ । अहिले रिजेन्ट गरिसकेको केटासँग विवाह गर्दै थिए तर पहिलो विवाहको उदाहरण दिएपछि मात्र मान्नु भएको थियो । 

दुई महिनापछि हाम्रो विवाह सम्पन्न भएको थियो । म यो दिन धेरै खुशी नै थिए । जब म विवाहको मण्डपमा थिए, संसारको सबैभन्दा खुशी र भाग्यमानी मै थिए जस्तो लाग्यो । मेरो साथमा विशाल थियो जसले मलाई अपनाएका थिए । 

विशाल र विशालका बुवाले मलाई माया गर्नुहुथ्यो । आमाले त्यति रुचाउनुभएको थिएन । समयले सबै ठीक हुन्छ भन्ने आशा थियो । ६ महिनासम्म त्यस्तो केही भएको पनि थिएन । हामी दुवै जना थियौ र आफ्नो काममा व्यस्त थियौ । 

६ महिनापछिको कुरा हो । विशाल क्यानडा जाने भएका थिए । उनले मूल्याङ्गक तथा अनुगमन विषयमा पीएचडीको लागि छात्रवृति पाएका थिए । हामी खुशीको साथ साथै दुःखी पनि । खुशी यो अर्थमा कि उनले राम्रो अवसर पाएका थिए भने दुःखी कि उनी मेरो साथ केही वर्ष हुँदैन । मेरो आँखाहरु रसाएका थिए । हामी दुवै जनाले विवाहपछि त्यति समय एक अर्कोसँग बिताउन पाएका थिएनौ । उनी गए पछि के गरेर समय बिताउने जस्ते हुन्थ्यो । दिउँसो काममा व्यस्त भए तापनि बेलुका विशालसँग छ भन्ने हुन्थ्यो तर विशाल गएपछि के गर्ने ?

विशाल गएपछि आमाको बानी व्यवहारमा परिवर्तन भएको थियो । विशाल गएकै भोलिपल्टको कुरा हो, म खाना पकाउदै थिए । आमा आउनुभयो र भन्नुभयो,“पहिला श्रीमान्लाई छोडिन् र अहिले श्रीमान्लाई बाहिर पठाए । अहिले आफू चाँिह घरमा दायाँ बायाँ गरेको छ ।”

पानी लिएर किचेनबाट निस्किन् । मैले वास्ता गरिन । सुरु सुरुमा त आमाले त्यस्तै कुराहरु गर्नु हुन्थ्यो । हरेक पल मेरो डिभोस्को कुरा निकाल्नु हुन्थ्यो । ममा खोट निकाल्नु हुन्थ्यो । उहाँले सोच्नु हुन्थ्यो कि मैले गरेर विशाल टाढिए । मलाई मनदेखि अपनाउनु भएन तर पनि मैले केही गुनासो नै गर्न उचित सोचिन । यसरी नै दिन बित्दै गयो । 

एक वर्षको कुरा हो । मैले क्यानडाको लागि अपलाई गरे र भिसा पाए । आमा खुशी देखिनु हुन्न थियो । मनमा के थियो मलाई नै थाहा पाइन । धेरै चोटि सोधेको थिए तर जवाफ दिनु भएन । कुनै दिन उहाँको मन बदलिने छ भन्ने आशा थियो । 

२४ घण्टापछिको यात्रापछि म क्यानडाको एयरपोर्ट पुगे । म उता उता हेर्दै थिए । विशाललाई भेट्न म आतुर थिए । उनी मलाई कुरेर बसेका थिए । मलाई देखेपछि हात हल्लाए र मैले पनि हल्लाए । हामी दुवै जना खुशी थियौ । 

हामीले एक अर्को हग गरौ । विशाललाई देखेपछि मेरो थकान नै हराएको थियो ।  उनले ट्याक्सी बोलाए र हामी अर्पामेन्टमा पुग्यौ । विशालले मेरो लागि भनेर मलाई मन पर्ने खानाहरु बनाएका रहेछन् । म निकै खुशी थिए । 
हाम्रो जिन्दगी राम्रैसँग बितेको थियो । युनिभरसिटी भर्ना भए । मैले मास्टस् डिग्रीमा भर्ना भए र  युनिभरसिटीमै काम गर्न थाले । मलाई यहाँ आएपछि मेरो सोचाइमा नै परिवर्तन भइसकेको थियो । यहाँ पढाइदेखि काम गर्ने शैली धेरै फरक थियो । ठाउँ साहै« चिसो भए तापनि ठाउँ मन पर्न थालेको थियो । 

मेरो पढाइ सकेको थियो । पढै गर्दा मैले राम्रो ठाउँमा काम पाएको थिए र म धेरै खुशी थिए । मैले यहाँ आएपछि धेरै मौकाहरु पाए । सिक्ने मौकाहरु पाएको थिए । हरेक दिनहरु मैले केही न केही सिकिरहेको थिए । यहाँको राम्रो पक्ष भनेको काम नै हुन्छ । इज्जत गर्ने सिक्नुपर्छ ।   

१०
विशालले पीएचडी सके । सकेको दिन उनी मेरो प्रतिक्षामा थिए । म काम सकेर अर्पामेन्टमा आए । उनले खाना पकाएर राखेका थिए । म फ्रेस भएर आएए । हामी खाना खाँदै थियौ । खाने क्रममा विशालले भने,“तिम्रो लागि खुशीको खबर छ ।”

“के हो त्यस्तो ?”

“मैले नेपाल फर्केने योजना बनाएको छु । तिमी पनि मसँग फर्केने छौ ।”

“यो तिमी के भन्दै छौ ?” मैले चम्मचा टेबुलमा राखे । 

“तिमी किन अचम्मित भएकी ? तिमी खुशी छैनौ ?” विशालले भने । 

वातावरण मौन भयो । हामीले एक अर्कोलाई हेछौ । म खुशी थिइन । 

“मलाई थाहा छ कि तिमी नेपाल फर्केन चाहन्छौ तर यो सही समय होइन ।” मैले मौनता तोड्दै भने ।
 
“तिमी पनि जान चाहन्छौ होइन र ?”

“मलाई नेपालमा बस्न मन थियो तर त्यो यहाँ नआउजेल थियो । समय अनुसार सोचाई परिवर्तन हुछ । मेरो पनि परिवर्तन भएको छु । यहाँ आएपछि मलाई फर्केन मन छैन । यहाँ आएपछि मलाई फर्केन मन छैन । यहाँ  हाम्रो लागि राम्रो मौका छ । किन नेपाल फर्केने ?”

“तिमी यो के भन्दै छौ ?”

“म जे भन्दै छु, ठीक भन्दै छु ।”

“हामी नेपाल फर्के छौ ।”

“यही अवसरहरु छन्, तिमी किन नेपाल फर्केन चाहन्छौ ?”

“नेपालमा पनि धेरै अवसरहरु छन् ।”

“मलाई रहर छैन ।”

मलाई रिस उठेको थियो । म खाना नसकि उठे । म आफ्नो रुममा गए । उनी निकै बेरपछि मात्र रुममा आए । हाम्रो बालविवाद तीन महिनासम्म चल्यो । हामीले एक अर्कोलाई सम्झाउन सकेनौ । अन्यमा आएर हामी छुट्यिौ र विशाल नेपाल फर्किए । म चाँहि क्यानडामा नै बसिरहे ।

सुरुमा त त्यस्तो नराम्रो लागेन । तर पछि उनी नहँुदा नराम्रो लागेर आएको थियो । सोचे समयले सबै घाउ ठीक हुन्छ भन्ने थियो तर जति समय बित्दै गयो, म उसलाई बिर्सेन सकिन । सोचे उसलाई सरी भन्न सकिन । मेरो बारेमा नराम्रो सोचेको होला । 

हरेक रोज साँझतिर पार्कमा जोडीहरुलाई देख्दा नराम्रो लाग्थ्यो । विशाललाई सम्झन्थे । हरेक पल उनको सम्झनमा रुन्थे । आफ्नो गल्ती महशुस गर्न थाले । उनलाई म्यासेज पठाउन खोजे तर सकिन । धेरै ढिला भइसकेको थियो । मैले उसको फेसबुक हेरे । उसको त बिहे भइसके छ । म आफूलाई अभागी सोचे र सोफियालाई भाग्यमानी । सोफियाले साँच्चो माया पाइन् । मैले गुमाए । विशाल मेरो पास हुँदा कर्दन गरिन तर जब उनी मभन्दा धेरै टाढा भए तब मैले उनको माया बुझे र उनलाई पनि । अहिले पछुताउन बाहेक अरु केही उपाय थिएन । 

................................................................................................................................................................

हरेक रोज सोनाक्षी झ्यालबाट पानी परेको हर्छिन् । उनीलाई पानी परेको धेरै मन पर्छ । सोनाक्षीलाई भन्दा पनि विशाललाई साँझतिर पानी परेको मन पथ्यो र धेरै बेरसम्म् हेरि बस्र्थे । पानी परको हेर्दै कफी रुचाउथे । उनकै सम्झनामा पानी परेको हेर्दै थिइन् । 

कहिले काँही उनीलाई आफ्नो जिन्दगी देखेर अचम्म लाग्छ । जसलाई सोनाक्षीले धेरै माया गर्थिन्, उसले धोका दियो तर जसले सोनाक्षीलाई माया गरे, आज उनको साथ छैनन् । जिन्दगीमा धेरै गल्ती गरिन् तर ती मध्ये मायालाई नै नचिन्नु नै ठूलो गल्ती थियो । जिन्दगीमा सोनाक्षीले प्रायः कामलाई फोकस गरिन् त्यसैले विशाललाई गुमाइन् । आज उनी सफल छिन् तर उनको सफलता हेर्ने कोही छैन । उनी एक्ली भएकी छिन् । अफिसमा साथीहरु भए तापनि उनको मनको साथ दिने कोही भएन ।
 
विशालसँग छोरी र सोफिया छन् । सोफिया राम्रो साथीको साथ साथै राम्रो श्रीमतीको रुपमा विशाललाई साथ थिइन् त्यसैले आज विशाल सफल छन् । त्यसैमा सोनाक्षीले चिन्त बुझाइन् । सोनाक्षीसँग विशालको यादको सहारा बाहेक अरु केही छैन ।  


Comments

Post a Comment

Popular Posts