पश्चाताप

म आफ्नो ईमेल हेर्दे थिए । यही क्रममा मैले एउटा ईमेल खोले । ईमेलमा लेखिएको थियो ः–
प्रिय लेखक,
          तपाई सँच्चै हुनु छ । म तपाईको ठूलो प्रशंसक हुँ । मेरो नाम रवि शर्मा हो । म अहिले ओम अस्पतालमा भर्ना भएको छु । म एक हप्तादेखि नै अस्पतालमा छु । म पर्सि अस्पतालबाट निस्कर्दे छु । मलाई तपाईसँग भेट्न मन छ । मलाई आफ्नो कथा सुनाउन मन छ । मलाई मेरो कथा सुनाउनु मतलब यो होइन कि तपाई मेरो कथा छपाउनको लागि । मेरो मनमा गाँठो छ । मेरो कथा सुन्ने कोही भएन । त्यो.भन्दा पनि मबाट ठूलो गल्ती भएको छ । त्यो गल्तीले म पछुताएको छु ।
          मलाई पूरा विश्वास छ कि तपाई भोलि मलाई भेट्न आउनु हुन्छ । म तपाईको प्रतिक्षामा हुनेछ ।
                                                                                                                    तपाईको पाठक
                                                                                                                     रवि शर्मा

म यो ईमेल निःशब्द भए । म भोलि अस्पताल भेट्न जानु कि नजानु भयो । एक पलको लागि म सोच्न बाध्य भए । हुन त यस प्रकारका ईमेलहरु धेरै प्राप्त गर्थे । धेरै जनाले आफ्नो कथाहरु लेख्न आग्रह गर्नुहुन्थ्यो तर म त्यति मतलब गर्दिन थिए । त। यो ईमेलले मलाई सोच्न मजबूर ग¥यो । त्यसैले मैले सोचे एक पटक कथा सुन्दा के बिग्रन्छ र म अस्पतताल भेट्न गए । रविको रुम नम्बर थियो ४२० । म सिदै ४२० मा गए । म रविको छेउमा गए ।
मलाई देखेर उनी मुस्कुराए जस्तो गरे अनि उनले भने, “मलाई थाहा थियो तपाई मलाई भेट्न आउनु हुन्छ भनेर ।”

म केही नबोलिकन बसेको थिए । म उसको कथामा उत्सुकता थियो । फेरि रविले भयो, “मलाई खुशी लागेको छ तपाईलाई भेटेर ।”

“तपाईलाई के भनेर अस्पतालमा भर्ना हुनुभएको ?”

रवि एक पलको लागि मौन थियो । उनको आँखामा आँसुले भरिएको थियो । यसो लाग्थ्यो कि उनले धेरै वर्षपछि रुदै थिए । उनको आँसुले बताउदै थियो कि उनको मनमा धेरै पीडा छ तर व्यक्त गर्ने ठाउँँ नपाएको रहेछ ।

 अनि मैले भने, “तपाईको आँखामा आँसु ?”

“म आफै कारणले यो अवस्थामा छु ।”

“तपाईले के भन खौज्दै हुनु छ? मैले बुझिन नि ।”


म स्नातक डिग्रीको लागि भनि पुतलीसडकको कलेज कान्तिपुर सिटी कलेजमा पत्रकारीताको लागि भर्ना भए । कलेजमा नयाँ विधार्थीको लागि स्वागत कार्यक्रम थियो । म छिटो पुगे । २०६७ साल भद«ौ महिना थियो । म १० बाय्च्को विधार्थी थिए । त्यसैले १० औ बाय्च्को लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम कलेजमै  गरिएको थियो र कार्यक्रम २ः०० बजे सुरु हुने थियो तर म १ः०० बजे पुगे । म बाहिर बेन्चमा बसिरहेको थिए । यही क्रममा मैले कोहि आएको देखे ।

अब नजिकबाट देखे एक युवती थिइन् । उनीले गुलाफी रङ्को टिसर्ट र कालो पाईट लगाएकी थिइन् । उनीले कपाल छोडेकी थिइन् र हिल साडल लगाएकी थिइन् । गुलाफी रङ्को लिपस्टिक लगाएकी थिइन् । उनी मेरो नजिक आइन् मैले उनीलाई राम्ररी देखे ।

उनी मेरो नजिकै बस्नि र मलाई देखेर मुस्कुराइन । मैले पनि मुस्कान फर्काेए । म उसलाई हेरेको हेरै भए । कार्यक्रम हुँदा पनि म उसलाई नै हरिरहे । जब नाच्न ग¥यौ तब म उसलाई नै लुकी लुकी  नै हेरिरहे ।

जब म घर फर्के मेरो ध्यान उनी प्रति नै ग¥यो । म उसैको कल्पनामा हराएको थिए । म उसलाई सम्झे । मलाई नै
थाहा छैन यनीको नजरले मलाई तानेको हो कि म सम्मोहित भएको । मेरो नजरले उसलाई नै खोज्न थालेको छ । उनीको आवाज सुन्यौ सुन्यौ लाग्थ्यो ।

म कलेज जान थालेदेखि रोहित मेरो मिल्ने साथी भइसकेको थियो । हामीसँगै चिया नाता गथ्यौ । उसलाई मेरो प्रेम कहानीबारे थाहा थियो । रोहितले उनीको बारे पता लगाइ दिन्छ भने पछि म अलिक ढुक्क भएको थिए ।
एक दिनको कुरा हो । म पसलमा चिया  पिउँदै थिए । यही क्रममा रोहित मलाई खोज्दै आयो । अनि उनले भयो
“तँ कहाँ थिइस् ?”

“किन?” मैले सोधे ।

“मैले तँलाई कति खोजे ।”

“भन न किन मलाई खोजेको ?”

“तँलाई एउटा खुशीको कुरा सुनाउनु थियो ।”

म चिया पिउँदै भने “के कुरा छिटो भन्न ।”

“तैले मन पराएको केटी छ नि.....”

“अनि .....” म उत्कुता जगाउदै उसको अगाडि गए ।

“त्यो केटीको नाम दिपीका क्षेष्ठ हो। उनी अहिले तेस्रो सेमेन्टरमा पढ्दै छिन् । यो कलेजको टपर हो ।”

“अनि उनीको प्रेमी छ कि छैन त्यो थाहा पाइस् त?”

“सबै काम म मात्र गर्नु ? तँ चाँहि केही नगर्ने ?आफै थाहा पा अब?” ऊ रिसाउँदै भयो ।

“यार, नरिसान । यो कलेजमा तँ बाहेक मेरो साथी अरु को छ र ?”

“रिसाएको होइन । अरु आफै पता लगा पो भनेको पो ।”

उनीको बारेमा केही त पता लाग्यो । म मुस्कुराए तापनि अरु कुराहरु कसरी पता लगाउने बारे चिन्तित भए । अब के गर्ने बारे कुरामा सोच्न थाले ।



म कलेजको लाइबे्ररिमा पढ्दै थिए । यही क्रममा मैले दिपिकालाई देखे । यदी उनीलाई उनीको साथीले नबोलाएको भए मैले दिपिकालाई याद नै गर्ने थिइन ।

म दिपिकालाई हेर्दे थिए । उनी आफ्नो साथीसँग पढ्दै थिइन् । म चाँिह कसैले नदेख्ने गरि हेर्ने गर्थे । यो क्रम एक हप्तासम्म चलिरह्यो । म उनीको सामु जान र बोल्न  धेरै कोसिस गरे तर सकिन । उनी सामु जान खोज्दा मेरो मनमा हलचल हुन्थ्यो । मन ढुकढुक हुन्थ्यो ।

एक हप्तापछि म लाइबे्ररिमा थिए । उनी एक्लै लाइबे्ररिमा थिइन् । मैले यही मौकामा चौका हान्ने सोचे । अनि उनी भएको ठाँउमा गए । 

“हाई ।” मैले भने ।

उनी मुस्कुराइन् र हाई भनिन् ।

“म तपाईसँग बस्न सक्छु ?”

एक पलको लागि उनीले अप्ठारो मानिन् । मैले बुझे । अनि मैले भने,“खासमा म प्रथम सेमेटरमा अध्ययन गर्छु । मलाई पढ्नमा सहयोग गर्नुहुन्छ ?”

“हुन्छ ।”

अनि हामी नियमितसँगै हुन थालेका थियौ । जति नजिक हुन्थे त्यति नजिक हुन मन लाग्थ्यो । जब उनी टाढा हुन्थिन् मनले उसलाई नै खोजिरहन्थ्यो । कति बेला उसलाई भेट्यौ हुन्थ्यो । म हरेक पल उसलाई सोचिरहन्थे ।


म र दिपिका लाइबे्ररिमा पढ्दै थियौ । अनि मैले दिपिकालाई भने,“ दिपिका ।”

“हजुर ।”

उनीको मन र दिमाग किताबमै थियो । अनि म मौन भए । उनको ध्यान किताबमा भए पछि म मौन नै रहे । अनि एकछिन पछि उनीले मलाई हेरिन् र भनिन्,“अनि मेरो नाम लिए पछि मलाई केही किन नबोलेको । के भयो ? किन मेरो नाम लिएको ?”

उनीले मलाई हरिन् । “तिमी पुस्तकमा ध्यान दिएपछि म के भन्नू । त्यसैले म चूप लागे । तिमी के सारो किताबको किरा भएको । पछि बिहे भयो भने त तिमीले त तिम्रो पतिलाई खानाको नाममा किताबहरु नै खुवाउछौ ।”
अनि उनी मज्जाले हाँसिन् । अनि उनीसँगै म पनि हाँसे ।

“दिपिका भोलि तिम्रो फुर्सद छ कि छैन ?”

“किन रवि ?”

“सरफाइज छ तिम्रो लागि ।”

“के हो सरफाइज ?”

“सरफाइज भनेको सरफाइज नै हो । भोलि तिमी फुर्सद छौ कि छैनौ ?”

“छु तर ५ बजे मात्र ।”

“हुन्छ । भोलि तिमीलाई म नयाँ बानेश्वरको इन्द«ेगीमा कुर्ने छु । तिमी ६ बजे आउन ।”

उनी सहमत भइन ।

भोलिपल्ट म ५ बजे नै पुगे । मेरो मन ढुकढुक भएको थियो । म आज दिपिकालाई आफ्नो मनको कुरा व्यक्त गर्न गइरहेको छु । उनीले के भन्छिन् थाहा छैन । डर पनि छ किनकि यदी उनीले मेरो प्रेम प्रस्तावलाई स्वीकार गरिनन् भने । मलाई धेरै हतार भएको थियो उनीलाई आफ्नो प्रेम प्रस्ताव राख्न ।

उनी ६ः३० बजे नै आइपुगिन् । उनी रातो टिसर्ट र कालो पाइट लगाएकी थिइन् । कपाल छोडेकी थिइन् । उनीलाई जे लगाए पनि राम्रो देखिने ।

मैले कुर्सी ताने र दिपिका बसिन् । अनि म आफ्नो कुर्सीमा बसे ।

“तिमी के खाछौ ?”

“अहिलेको लागि कालो काफी ।”

मैले वेटरलाई बोलाए । अनि दुईवटा कालो कफी अर्डर गरे ।

हामी एक छिनको लागि मौन भयौ । जब हाम्रो कफी आयो, कफीको चूस्किसँगै दिपिकाले भनिन्,“के हो त्यस्तो सरफाइज, रवि?”

मैले रातो फूल निकाल्दै उनी भएको ठाँउ गए । म भुँइमा बसे अनि भने,“दिपिका, जबदेखि मैले तिमीलाई देखे, माया बस्यो । सुरुमा सोचेकी यो भ्रम हो तर जब म तिमीलाई दिनहुँ लाइब्रेरीमा भेट भयो । म तिमीलाई मन पराउन थाले । तर आफ्नो भावना व्यक्त गर्न डर लाग्थ्यो कतै तिमीले मलाई अस्वीकार गछौ भनेर । आइ लव यु, दिपिका ।”

अनि रातो फूल अगाडि दिए । उनी मौन भइन् । यता र उता हेर्दे थिइन् । उनीले भनिन्, “रवि ?”
फेरि मौन भइन् । म पनि के ग¥यौ भयो र उनीको अनुहारको भावले अस्वीकार गरे जस्तो लाग्यो ।

“ रवि मलाई माफ गर । म तिमीलाई मन पराउदिन । मेरो प्रेमी छ । वास्तवमा भन्ने हो भने मैले त्यस्तो नजरले तिमीलाई हेरेको छैन । यदी मेरो प्रेमी नभएको भए पनि म तिम्रो प्रेम प्रस्ताव स्वकार गर्दिन थिए ।”
यति भनिसके पछि उनी इन्द«ेणीबाट निस्किछन् । म भुँइमा फूल समातेर बसिरहे । मलाई अस्वीकार गरेपछि मलाई नराम्रो लागेर आयो ।


एक हप्तासम्म म कलेज गरिन । मेरो अहम्मा चोट परेको थियो । मैले एक हप्तासम्म कसैको फोन उठाइन न त म घरबाट बाहिर निस्के । मैले आफ्नो मनको कुरा आफ्नो घरमा व्यक्त गर्न सकेको थिइन । मैले म बिरामी छु भनेर ठगेको थिए ।

जब म एक हप्तापछि बलेज गए रोहितले धेरै प्रश्नहरु गयो । म भने चाँहि सुन्ने मुडमा थिइन । म चुपचाप कक्षामा बसिरहे । मेरो व्यवहार देखेर रोहित छक्क परेको थियो । कक्षा सके पछि म चिया पिउन गए । रोहित पनि मेरो पछि पछि आयो । मैले चियाको साथ साथै चुरोट मगाए । रोहित छक्क प¥यो चुरोट मगाएको देखेर । म चुरोट तान्दै चिया पिउँदै थिए ।

“तँ पनि चुरोट तान्न थालिस् ?तँलाई आजकाल के भएको छ ? एक हप्ता कहाँ हराएको थिइस् ?मेरो फोन किन नउठाएको ?”

म केही बोलिन । म चुपचाप बसे । पाचँ मिनेट पछि भने,“हाम्रो प्रथम सिमेन्टरको जाँच कहिले सुरु हुन्छ ?”

“चैत्रमा । अब दुई महिमा पछि सुरु हुन्छ ।”

चैत्रमा जाँच भनेपछि म जाँचको लागि तयार गर्न थाले । म कोहिसँग पनि बोल्न छाडेको थिए । रोहितसँग पनि ।


हेर्दा हेर्दे परिक्षा पनि सकियो । म लाइबे्ररीमा बसेर पढ्दै थिए । यही क्रममा मैले दिपिका देखे । उनी लाइबे्ररीमाछिदै थिइन् । उनीले मलाई देखिनन् । उनी कुनाको कुर्सी र टेबुल भएको ठाउँमा गइन् । यही राम्रो मौका थियो उनीसँ बोल्ने । म उनीके नजिक गए ।

“हाई ।”

उनी मलाई हेरिन् र मुस्कुराइन् । अनि “हाई” भनिन् ।

“के म यहाँ बस्न सक्छु ?”

“हुन्छ ।” अनि उनी चाँिह किताबतिर ध्यान दिँदै थिइन् ।

“आई यम सरि, दिपिका ।”

“ठीक छ ।”

“तिमी मसँग रिसाएको त छैन ?”

उनीले किताब बन्द गर्दे भनिन्,“सुरुमा त रिस उठेको थियो तर पछि रिस कम भयो । यदी तिमी मेरो पछि लागेको भए रिस उठ्थ्यो तर तिमी मेरो पछि लागेनौ । प्रेम प्रस्ताव गरेपछि त्यो कुरो नै सकियो । त्यसभन्दा पनि मानिसहरुको आ–आफ्नो नजर हुन्छ हेर्ने । त्यसैले मलाई पछि रिस उठ्न कम भयो ।”

म मुस्कुराए र भने,“के हामी फेरि मिल्ने साथी हुन सक्छौ ?” 

अनि हामी दुवैजना मुस्कुरायौ ।

“अनि तिमीले आफ्नो प्रेमीसँग परिचय गराउदैनौ ?”


दिपिकाको प्रेमीको नाम संयोग मानन्धर थियो । संयोग आइटी कम्पनीमा काम गर्दा रहेछन् । दिपिकाले संयोगसँग भेटानिन् । जब उनीले संयोगको बारेमा भन्दै गईन् । मलाई रिस उठिसकेको थियो । मलाई लाग्थ्यो कि ममा  के खराबी थियो र मेरो मायालाई अस्वीकार गर्नको लागि ।

जब म दुवै जनालाई देख्थे  म धेरै ईष्र्या र ग्रस्त हुन्थे । म सहन नसक्ने अवस्थामा थिए । मलाई नै थाहा छैन मलाई के भइरहेको छ भनेर । ममा धेरै परिवर्तन आइसकेको थियो । दिपिकाका लागि पाउन म जे पनि गर्ने तयार भएको थिए ।

एक दिनको कुरा हो । असार २२, २०७० साल, दिपिकाको जन्मदिन थियो । उनीले पार्टी थिएकी थिइन् हामीलाई । हामी बारमा गएका थियौ । मैले धेरै पिएको थिए । म उनीहरुलाई हेर्दे थिए । जब उनी बाहिर एक्लै गरिन्, म पनि बाहिर गए । म उनीको पिछा गर्दे गए । उनी पछाडि फर्किन् अनि मचाँहि लुके । कोहि नदेखेपछि फेरि अगाडि बढिन् । तर पनि म पछि नै लागिरहे ।

उनी रोकिन् । उनी मुस्कुराउदै पछाडि फकिन् । तर मलाई देखेर उनीको मुस्कान हरायो र भनिन्,“तिमी यहाँ ?” उनी अचम्म परिन् ।

म होसमा थिइन । म दिपिकाको नजिक गए र उनीलाई सुनसान ठाउँमा लगे । उनी आफूलाई बचाउन कोसिस गर्दे थिइन तर मैले जबरजस्ती गरे ।



यो घटनापछि न त म उनीसँग सम्र्पकमा रहे न त कलेज नै गए । एक महिना भनिसकेको थियो कलेज नगएको । त्यसभन्दा पनि दिपिकालाई हर रोज म जबरजस्ती नै गर्थे । उनीलाई धम्की दिइरहन्र्थे ।

तर एक दिनको कुरा हो । उनीले आफ्नो साथीको अपार्टमेन्टमा बोलाइन् । बेलुकाको ९ः३० बजेको थियो । म खुशी हुँदै म उनीले बोलाएको ठाँउमा गए । उनी कौसीमा थिइन् । उनी आकाशतिर हेर्दे थिइन् ।

म उनीको नजिक गए । मैले उनीलाई बोलाए । दिपिकाले मलाई हेरिन् । हामी एक पलको लागि मौन थियौ । दिपिकाको आँखामा आँसु थियो ।

“तिम्रो आँखामा आँसु ?” हुन त यो प्रश्न सोध्नु नहुने हो । जवाफ थाहा थियो ।

“मैले त तिमीलाई असल साथी सोचेको थिए । तर तिमीले मेरो जिन्दगी नै बर्बाद नै गर्दो । यहाँसम्म नि मेरो प्रेमीले मलाई नै छोडेर गयो । योभन्दा ठूलो सजाय म तिम्रो बच्चाको आमा हुदँैछु ।”

 म छक्क परे । म एक प्रकारले खुशीले नै थिए । म केही भन्न खोज्दै थिए तर उनी बोलिन्,“हर पल तिमीले दिएको यातनाले  म डिप्रेशनमा गए । म आफ्नो भावना व्यक्त  गर्न सकेको थिइन । मलाई लागेको थियो मेरो भावना कसैले बुझ्दैन । म चाहन्थे नि तिमी यो दुनियाँ छोडेर जानु तर म चाहन्छु कि तिमीले जिन्दगी मै नराम्रो सजाय पाउने छौ । म यो संसार छोडेर जादै छु । आशा छ तिमीले नराम्रो सजाय पाउने छु ।”

अनि उनी कौसीबाट हाप पालिन् । मैले उनीलाई बचाउन खोज्दा खोज्दै उनीको मृत्यु भइसकेको थियो । म आतिएर त्यहाँबाट निस्के ।

अर्को दिन म धेरै मातिएको थिए । म दरबार मार्गमा हिड्दै थिए । त्यही क्रममा मेरो दुर्घटना भयो ।
– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––– –––
रविको आखाँमा आँसुले भरिएका थिए । यसो लाग्थ्यो कि उनले धेरै वर्षपछि रोएका थिए । अनि मैले उसलाई सोधे,“तिमीले के पायौ ? तिमीले आफ्नो जिन्दगी बरर्बाद पारौ । यदी तिमीले उसलाई माया गरेको भए तिमीले उसलाई माया गरेको भए तिमीले दिपिकालाई न्यायमा पार्ने थिएनौ । आफ्नो मायालाई कुरबार गर्थो । दिपिकाले भने झै पश्चातपमा दुक्ने छौ । यने तिम्रो ठूलो सजाय हो ।”
 

“हो, लेखकज्यु मैले ठूलो गल्ती गरेको छु । जिन्दगी भरको गल्ती न त मैले उनीको माया पाए न त  असल मित्र । माया नपाउनु ठूलो होइन, ठूलो कुरा असल साथी पाउनु हो । मेरो दुर्घटना भयो । यो नै ठूलो सजाय हो ।”
 

रविको कथा सुनेर त्यहाँबाट म निस्के । मान्छेको जिन्दगी पनि कस्तो अचम्म । मैले सुनेको कथाहरु मध्ये यो फरक रि अनौठो थियो । मानिसले आफ्नो माया पाउन धेरै गलत कामहरु प्नि गर्दा रहेछन् । माया भनेको त्याग पनि हो । यो कुरा मानिसहरुले बुझ्दैनन् र आक्रोशमा आउँछन् । अचम्मको छ संसार ।  













Comments

Popular Posts