जिन्दगी एक नाटक हो
जिन्दगी एक नाटक हो र हामी सबै कलाकार हौ । हामीले कति बेला कुन भूमिका निर्भाह गछौ हामीलाई नै थाहा हुँदैन । त्यसको साथ साथै, कुनै बेला हामीलाई धेरै भावनात्क हुन्छौ । अरु व्यक्तिको हाम्रो भूमिका बुझेका हुँदैनन् र कहिले काँही आफूलाई निकै गाह्रो हुन्छ । कहिले काँही यस्तो अवस्था आउँछ कि आफ्नो भावना बुुझ्ने कोही हुँदैन । समय बित्दै जान्छ र हाम्रो भूमिका बदलिदै जान्छ र भावनात्मक पनि । सानो हुँदा बच्चाको भावना कसैले बुझ्दैनन् । त्यसको साथ साथै, समय बित्दै जान्छ ठूलो भएपछि अर्को मोड आउँछ । किशोर अवस्थामा आएको बेला बेग्लै हुन्छ । त्यो अवस्थामा छोरा छोरीहरु बिग्रिन्छ कि भन्ने डर हुन्छ । त्यस बेला बुवा, आमा, छोरी र छोरा बीच संवाद त्यति हुँदैन वा कम हुन्छ वा एक अर्कोको भावना नबुझ्ने हुन्छ । धेरै झगडा हुने सम्भावना हुन्छ । अनि साथी भाइहरुसँगको भूमिका अर्को हुन्छ । झगडा हुने सम्भावना अर्को हुन्छ वा मिल्ने पनि हुन्छ । सबै साथीहरुसँग भावना मिल्दैन । बिग्रने वा सम्प्रने दुई वटै सम्भावना हुन्छ । त्यसको साथ साथै, पढाइको टेन्सन हुन्छ र पछि जागिरको पनि । अनि जागिर पाएपछि त्यसको अर्को मोड हुन्छ । काम गर्दाको तनाव अर्को हुन्छ । आमा र बुवाको समस्या अर्को हुन्छ । केटा र केटीको भूमिका हेर्ने हो भने केटालाई कुनै बेला आफ्नो भावना व्यक्त गर्न निकै गाह्रो हुँदो रहेछ । आमा र बुवाहरुलाई आफ्नो भावना व्यक्तगर्न निकै गाह्रो हुन्छ किनकि अरुलाई समस्या रहोस् भनेर । सायद त्यो भूमिकाले नै गरेर होला ।
जिन्दगीको एक मोड पनि आउँछ । विवाह एक जिन्दगीको मोड हो । यसमा विभिन्न भूमिका निर्भाह गर्नु पर्छ । कहिले सासूको त कहिले बुहारी र श्रीमान् ÷श्रीमती कहिले काही कुराहरुले गरेर चिन्त बुझ्दैन र झगडा सुरु हुन्छ र डिभोससम्म पुग्छ । सबै जनाको विचार मिल्दैन । सासुले म कहिले बुहारी थिए भन्ने कुरा भन्ने सोच आउँछ कि आउँदैन । बुहारीले एक दिन सासु हुन्छु भन्ने सोच आउँछ वा आउँदैन तर समय एक नास हुँदैन । सासुको समय र बुहारीको समयमा धेरै परिवर्तन आइसकेको हुन्छ यही कुरामा मिल्दैन । परिवर्तन सबैलाई नै मन पर्दैन । यही कुरामा झगडा हुने सम्भावना हुन्छ । विचार मिल्दैन । यो प्रक्रिया चलिरहन्छ ।
Comments
Post a Comment