जवाफको खोजी
मलाई लेख्न र पढ्न धेरै मन पर्छ । मैले धेरै कथाहरु लेखिसके र पढ्न पनि धेरै पढिसके । विद्यालयमा पढ्दैदेखि मेरो रुचि साहित्यमा थियो र अहिले पनि छ । विद्यालयमा पढ्दा कथाहरु पढ्थे तर सिमित थियो । विद्यालयको किताबहरुको कथाहरु बाहेक अरु पढ्ने अवसर मैले पाइन । मलाई हिसाब र विज्ञान विषय नै मन पर्दैन थियो वा मलाई रुचि थिएन । मलाई थाहा थियो कि म यी दुई विषयहरु भविष्यमा पढ्नु थिएन । त्यसैले यी विषयहरुमा मैले रहर गरिन । त्यसको साथ साथै विद्यालयमा पढ्दा धेरै लेख्न थालेको थिए र मेरा कथाहरु मेरा साथीहरुलाई धेरै मन पथ्यो ।
जब मैले ११ पढ्न थाले, म धेरै किताबहरु पढ्न थाले । ११ र १२ मा दुई वटा अङ्ग्रेजी विषय पढ्नु पथ्यो ः एउटा अनिवार्य अङ्ग्रेजी र अर्को मेजर अङ्गेजी । मेजर अङ्ग्रेजी पढाउने सरले धेरै कथाहरु सुनाउनु हुन्थ्यो । त्यसको साथ साथै उपन्यासहरुको बारेमा रमाइलो तरिकाले बयान गर्नु हुन्थ्यो । त्यस कारणले मलाई उपन्यास पढ्न उत्साह आयो । अनि मैले धेरै उपन्यासहरु पढ्न थाले । जति किताबहरु पढ्न थाले त्यति नै धेरै कुराहरु सिक्न मौका पाए । सुरुका दिनहरुमा मैले पुराना लेखकहरुको उपन्यासहरु पढ्न्थे र भारतिय लेखकहरु पढ्थे । पछि जति समय बित्दै गयो त्यति नै मेरो किताब पढ्ने तरिका र किताबहरु चयन वेग्लै हुँदै गयो । म आत्मा कथाहरु र विदेशी लेखकहरु पढ्न थाले । पढ्न त पढ्थे तर लेख्न कम भएको थियो । ११ पढ्न थालेदेखि मेरो ध्यान पढ्नमा धेर भयो र लेख्नमा कम ।
सन् २०१० को कुरा हो । म फेसबुक चलाउदै थिए र त्यही क्रममा मेरो साथीको एउटा लिङ्क देखे जुन ब्लगको थियो र मैले उनीको ब्लग पढ्न थाले । मलाई मन प¥यो र मैले पनि सुरु गरे ब्लग लेख्न । सुरुका दिनहरुमा त्यति लेख्दिन थिए तर ब्लग खोलेको ३ वर्षपछि मात्र मैले कथाहरु पोष्ट गर्न थाले । धेरै राम्रो प्रतिक्रिया आउन्थ्यो र म खुशी हुन्थे । सुरुका दिनहरुमा हेर्दा मेरो लेखाई हिन्दी फिल्म जस्तो लाथ्ग्यो आफ्ना कथाहरु । पछि मैले फरक लेख्नु पर्छ भन्ने भयो । कम र राम्रा लेख्न थाले र लामो पनि ।
मेरा ब्लग पढ्ने पाठकहरुले मलाई उपन्यास लेख्न सुझाव दिए । सुरुमा सोचे कि म उपन्यास लेख सक्दिन तर सन् २०१९ मा मैले लेख्न सुरु गरे । उपन्यासको नाम थियो “जवाफको खोजी ।” यो कथा मैले केटाको मनोविज्ञानमा धुसेर लेखेको हूँ । म आफै पात्र भएर लेखेको हूँ । मेरो आस पासको वतावरणलाई हेरे लेखेको हो । अफिसमा काम गर्दाको वातावरण, अमेरिकाको वातावरण र अमेरिका फर्केर आएपछिको वातावरणलाई समावेश गरेको छु । म आफै ४ महिना जस्तो अमेरिका बसे र त्यहाँको वातावरणलाई निहालेर हेरे । ४ महिनापछि फर्किए । अनि लेख्न थाले । केही काल्पनिक थिए त केही भागहरु आफ्नै थिए । मैले सोच्न थाले कि एउटा व्यक्ति कतिसम्म आफ्नो मायामा पागल हुन सक्छ ; त्यो पनि आफूले नपाउने प्रेमको लागि कतिसम्म पागल हुन्छ । मैले सोच्न थाले कि यदि म केटा भएको भए र यति मेरो प्रेम अस्वीकार भएको भए के हुन्थ्यो । अनि आफूले माया गरेको व्यक्ति अमेरिका पुग्छ र आफ्नो हालत के हुन्छ भन्ने बारे सोच्न थाले । त्यति मात्र होइन आफूले मन पराएको व्यक्ति अरु कसैको हुन्छ तब के गर्ने ? यी कुराहरु मेरो दिमागमा आउन थाल्यो र लेख्न थाले । डायरीमा लेख्दा लेख्दै २३० जति पेज भयो । बीच बीचमा लेख्न पनि बन्द भएको थियो किनकि अगाडि के लेख्ने भन्ने भएको थियो । पछि सोच्दै लेख्न थाले । लेखिसकेपछि एक पटक पढे र पढिसकेपछि केही ठाउँमा चिन्त बुझेन र सम्पादन गरे । पछि आफ्नै ब्लगमा पोष्ट गरे । जति जनाले पढ्नु भयो राम्रो छ भन्नु भयो ।
सन् २०२० को कुरा हो लकडाउन थियो । त्यहि क्रममा, अडियो उपन्यास सुन्ने मौका पाए । सुरुका दिनमा साईग्रेशको सुनेको थिए । साईग्रेशको आवाज राम्रो लाग्ने । त्यसपछि बिनिशा सापकोटाको सुन्न थाले । उनीको पनि आवाज धेरै मन पर्न थालेको थियो र मैले उहाँलाई आफूले लेखेको उपन्यास “जवाफको खोजी” पठाए । केही ठाउँमा सम्पादन गरेर पठाएको थिए । पठाएको केही महिनापछि उहाँले वाचन गर्नु भयो । बाचन गर्दा म धेरै खुशी भएको थिए । जति जति प्रतिक्रिया आउथ्यो त्यति नै मेरो मन खुशी हुन्थ्यो । अहिले यो अडियो युट्युबमा १ लाख २० हजारभन्दा मािथ हेरिसके वा सुनिसकेका छन् । यो नै मेरो लागि ठूलो कुरो हो र मेरो उपलब्धि पनि । म धेरै खुशी छु ।
Comments
Post a Comment