मेरो अधुरो प्रेम

आज शनिबारको दिन थियो । म ओछ्यानमै थिए । छेऊमा मेरो मोबाइल थियो र समय हेरे । बिहान ७ः३० बजेको थियो । म उठे र बाथरुम गए । केही समयपछि खाजा सान थाले । आज म घरमा एक्लै थिए । मेरा क्षीमान् कामको शिलशिलामा क्यालिफोर्निया जानुभएको थियो । दुईवटा छोरीहरु विश्वविधालयको कामले घरमा थिएनन् । खाजा खाइसकेपछि म आफ्नो कोठा सफा गर्न थाले । त्यही क्रममा मैले आफ्ना पूराना सामानहरु देखे । मेरो बानी नै छ कि पूराना सामानहरु समालेर राख्ने । आज धेरै दिनपछि यी सामानहरु हेर्दै थिए । एउटा बक्समा चिठ्ठीहरु थिए । रातो बक्समा मेरा प्रेम पत्रहरु थिए । मैले ती पत्रहरु हेर्न थाले । पढ्दै थिए । मेरा आँखाहरु रसाए । ३४ वर्ष अगाडिको यादहरु ताजा भएर आए । ती पत्रहरु नितेशको थियो । नितेश मेरो पहिलो प्रेम थियो जुन मेरो हुन सकेन । आजसम्म मैले उनलाई भेट्न पाएको थिइन तर उनको याद अहिलेसम्म आउँछ । कति राम्रा पलहरु थिए । चिठ्ठीबाट नै नितेश कस्ता थिए अनुमान गर्थे । उनलाई नभेटे पनि उनको यादमा डुबेको हुन्थे । माया पनि अचम्म हुँदो रहेछ । मैले नितेशलाई नदेखिन माया गरेको थिए । मनमा उनी नै थिए तर अपसोज मैले उनीलाई पाउन सकिन र मैले प्रदिप शर्मासँग विवाह गर्नु प¥यो । कस्तो अचम्मको जिन्दगी लाग्छ । 
चिठ्ठी हेर्दै थिए । अक्षर हेर्दै थिए । अक्षरसँग सँगै मान्छे राम्रो  लागेको थियो । चिठ्ठी हेर्दै आफ्नो तीता र मीठा अतितमा पुगे । 

 १
सन् १९८५ को कुरा हो । म बि.ए दोस्रो वर्षमा थिए । म त्रिभुवन विश्वविधालयमा अङ्ग्रेजी साहित्यको विधार्थी थिए । आज शनिबारको दिन थियो । म पत्रिका पसल गए र कामना र युवामञ्च किनेर ल्याए । म कामना पढ्दै थिए, त्यही क्रममा मेरो आँखा साथी बनाऔमा पुयो । त्यसमा पनि मेरो आँखा एक व्यक्तिमा पुग्यो । उनको नाम नितेश क्षेष्ठ थियो । उनको उमेर २२ थियो । रुचि चाँहि उपन्यास पढ्ने र लेख्न मन पराउथे ।आफ्नो मनको कुरा बुझ्ने साथी खोजिरहेका थिए । उनले आफ्नो ठेगाना पनि दिएका थिए । सबैको फोटो थियो तर नितेशको चाँहि थिएन । फोटो नभए पनि मलाई चिठ्ठी पठाउन मन लाग्यो । अनि मैले पेन र कागज ल्याए र लेख्न थाले ।
प्रिय नितेशजी, 
            मेरो नाम अनिशा दाहाल हो । म अहिले दोस्रो वर्षमा पढ्दै छ । म त्रिभुवन विश्वविधालयमा अङ्ग्रेजी साहित्य पढ्दै छु । म पनि तपाई जस्तै उपन्यास पढ्छु र लेख्छु तर आजसम्म छाप्ने प्रयास गरेको छैन ।

           अनि तपाई कस्तो उपन्यास पढ्नु हुन्छ ? मलाई विजय मल्लको अनुराधा साहै« राम्रो लागेको थियो । त्यसबाहेक मलाई शिरिषको फूल धेरै मन परेको थियो । मलाई गम्भीर विषयमा लेखेको उपन्यास मन पर्छ । 

         मेरो बारेमा त थोरै भए पनि थाहा पाउनुभयो ।  तपाईको बारेमा पनि भन्नु है । तपाईको जवाफको प्रतिक्षामा छु । आशा गर्छु कि तपाईको जवाफ पठाउनु हुन्छ । अहिलेको लागि यति । 
                                                                                                                                     हजुरको नयाँ साथी 
                                                                                                                                      अनिशा दाहाल 
चिठ्ठी लखिसकेकपछि मैले फेरि चिठ्ठी पढ्न थाले र पढिसकेपछि मैले भोलि पोष्ट गर्ने निर्णय गरे ।


भोलिपल्ट म कीर्तिपुरबाट लाजिम्पाट पुगे । आफ्नो पोष्ट बक्स नम्बरको लागि पारम भरे । त्यसपछि आफूले लेखेको चिट्टी पोष्ट गरे । मैले दुई हप्ता पर्खेनु पथ्यो । नयाँ चीज पाउदाको जस्तो अनुभव जस्ते हुन्छ मलाई त्यस्तै अनुभव भइरहेको थियो ।

दुई हप्तापछिको कुरा हो । म पोष्ट अफिस गए । सांचो मागेर मैले आफ्नो लकर खोले । चिट्टी देखे । चिट्टी देखेर खुशी भए र हतारिदै म घर गए । कोठाको ढोका लगाएर र चिट्टी पढ्न थाले ।
प्रिय अनिशाजी, 
              तपाईको चिट्टी पढेर मलाई धेरै खुशी लाग्यो । तपाईको बारेमा जानेर धेरै खुशी लाग्यो । म पनि अङ्ग्रेजी साहित्य पढ्दै छु । म एम.ए पहिलो वर्षमा पढ्दै छु । मलाई बच्चादेखि नै साहित्य पढ्न रुची थियो । अहिले पनि रुची छ । 

              मलाई तपाईको चिट्टी पढेर खुशी केमा लाग्यो कि हाम्रो उपन्यासको छनौट एउटै रहेछ । मलाई पनि गम्भीर उपन्यास मनपर्छ जसमा जीवनको अर्थ लुकेको हुन्छ । 

             मलाई पनि विजय मल्लको अनुराधा साह«ै मन परेको थियो । मन पर्नु कारण धेरै छन्ःजस मध्ये कसरी मायाले एक व्यक्तिको जिन्दगी परिवर्तन हुन्छ र साँच्चो माया भनेको के हो यस उपन्यास पढेपछि थाहा हुन्छ । यस उपन्यासमा धेरै अर्थ लुकेको छ ।  

               तपाईको चिट्टी पढिसकेपछि मलाई अनुभव भयो कि हामी राम्रो साथी हुन सक्छौ । अप्रेक्षा गर्छु तपाईको चिट्टी पढ्न । 
                                                                                                                                      हजुरको नयाँ साथी 
                                                                                                                                               नितेश क्षेष्ठ
यस चिट्टीपछि हाम्रो हर रोज चिट्टीबाट कुरा हुन थालेको थियो । समयसँगै मैले मन पराउन थाले आफूलाई नै थाहा पाइन । आफ्नो मनको कुरा व्यक्त गर्न मन थियो तर सकिन । मैले उनलाई कुरे । सोचे कि उनले मलाई प्रेम प्रस्ताव राख्ने छन् । उनको अप्रेक्षा गरेको छु । समयलाई निर्णय गर्ने छन् ।


आज असार २२ को दिन अर्थात मेरो जन्मदिन । म धेरै खुशी थिए । । म आफ्नो कक्षा सकिएपछि म हतारिदै आफ्नो पोक्स अफिसमा गए । आज नितेशको चिठ्ठी आउने दिन थियो । म हतारिदै आफ्नो लकरको साँचो लिए र हतारिदै खोले । चिठ्ठीको साथ साथै मलाई मन पर्ने टेडी बियर थियो त्यो पनि मलाई मन पर्ने रङ निलो थियो । म धेरै खुशी भए र मलाई चिठ्ठी पढ्न हतार भएको थियो र गाडी चढे । केही समयपछि घर पुगे । घर पुगेपछि म हतारिदै आफ्नो कोठामा गए । अनि चिठ्ठी खोले र पढ्न थाले ।

प्रिय अनिशाजि, 
             तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना । आशा छ, तपााईलाई मैले पठाएको उपहार मनपर्ने छ । आशा छ तपाईको जन्मदिन राम्रो हुनेछ । तपाईको जिवनमा खुशी नै खुशीले भरियोस् । 

             आज तपाईको जन्मदिनको उपलक्ष्यमा म केही कुराहरु व्यक्त गर्न चाहन्छु ।                           

            हामी दुई जनाले एक अर्कोलाई चिनेको ६ महिना भइसकेको छ । केही समयमै तपाईसँग म आत्मीयता बढ्यो र तपाईको चिठ्ठी पढ्दा मन आनन्द हुनुको साथ साथै मन खुशी हुन्छ । यहि ६ महिनामा मैले तपाईलाई मन पराउन थालेको छु । तपाईलाई चिठ्ठी पठाउदा आफ्नो मन पनि चिठ्ठीसँग दिए छु । तपाईको मनमा के छ थाहा छैन तर आशा छ तपाईको मनमा पनि मेरो लागि भावनाहरु छन् । 
                                                                                                                                तपाईको मित्र
                                                                                                                                 नितेश क्षेष्ठ

नितेशको चिठ्ठी पढेपछि म धेरै खुशी भए । मलाई प्रेम प्रस्ताव राख्दा म आफ्नै दूनियामा हराए । केही समयपछि उनलाई चिठ्ठी लेख्न थाले ।

प्रिय नितेशजी,
             तपाईलाई धेरै धेरै धन्यवाद । तपाईको उपहार मन पयो । उपहारभन्दा पनि तपाईको चिठ्ठी पढेर धेरै खुशी भएको छु ।

             खासमा भन्ने हो भने म पनि तपाईलाई मन पराउन थालेको छु तर मैले आँटेको थिइन किनभने तपाईको मनमा के छ भन्ने भयो । जब तपाईको चिठ्ठीमा तपाईको प्रेम प्रस्ताव राख्नुभयो म धेरै खुशी भए ।

नितेशजी, मेरो मनमा एक बेचेन छ । हामी ६ महिनादेखि चिठ्ठी मार्फत कुरा गर्दै आएका छौ । मलाई तपाईसँग कुरा गर्न मन छ । भेट्न मन छ । तपाईको अक्षर जस्तै तपाई पनि राम्रो हुनु हुन्छ भन्ने आशा छ । मैले तपाईको तस्बिर मन ममनै बनाएको छु । 

            आशा छ तपाईलाई पनि मसँग भेट्न लागेको होला । आशा छ तपाई मसँग भेट्नु हुन्छ । तपाईलाई भेट्न धेरै ईच्छुक छु । 
                                                                                                                               तपाईको साथी 
                                                                                                                              अनिशा दाहाल 

एक पटक चिठ्ठी पढे । पढिसकेपछि पटाएर खाममा हाले । भोलि पोष्ट गर्ने निर्णय गरे । खासमा उनलाई हेर्न मन लागेको थियो । आफूले मन पराएको मान्छे कस्ता छन् भन्ने चासो भइरहेको थियो ।  मलाई नितेशको जवाफ के आउँछ भन्ने थियो । उनले मानेनन् भने? अहँ, मलाई उनी प्रति पूरा विश्वास छ । उनीले मलाई भेट्न आउँछन् ।
अनि मैले लुगा फेरेर खाना खान थाले । म खाना खादै थिए, त्यही क्रममा मेरी आमाले भन्नुपयो, “हैन, तिमीलाई आजकाल के भएको छ ?”

मेरो मनमा डरले डेरा जमाउन थाल्यो । कही आमाले त थाहा पाउनु त भएन । अनि मैले भने,“मलाई केही भएको छैन । तपाईलाई किन यस्तो लागेको हँ ?”

“तिमी धेरै बेर हराउन थालेको छौ । बोलाएको पनि थाहा पाउदैनौ । ढोका धेरै बेरसम्म बन्द हुन्छ । के भएको छ तिमीलाई आजकाल ?”

“मलाई केही भएको छैन । त्यस्तो केही छैन । केही भएको भए, म तपाईलाई भनिहाल्थे ।”

अनि मेरो ध्यान खानातिर गयो । म खाना खान थाले मनमा केही पल चिसो परेको थियो ।


भोलिपल्ट कलेज सकेर म लाजिम्पाट गए । आफ्नो चिठ्ठी पोष्ट गरे । मैले एक हप्तादेखि दुई हप्तासम्म कुर्नु पथ्यो मन वेचेन थियो ।

अर्को दिन, खाजा खाने समय भएको थियो । मेरा साथीहरु खाजा खान गए तर म गइँन । म नगएको देखेर मेरो मिल्ने साथी श्वेताले मलाई भनिन्,“तँ हामीसँग नबसेको धेरै महिना भइसकेको छ । तँलाई के भएको छ ?”

“म भन्न त भन्छु तर कसैलाई पनि नभन्नु नि । यो कुरा गोप्य राख्नु नि ।”

“अहिलेसम्म गोप्य नै त राखेको छु नि त ।”

अनि मैले उसलाई सबै कुरा व्यक्त गरे । उनिले मेरो कुरा ध्यान दिएर सुदै थिइन् । मेरो कुरा सुनेर उनी छक्क पर्दै भनिन्,“तैले किन पहिले नभनेको हँ ?तेरो प्रेम पनि कस्तो अचम्मको । अब कहिले भेट हुन्छ ?”

“थाहा छैन । मैले चिठ्ठी पठाएको छु । जवाफ के आउँछ, त्यसैमा भर पर्छ ।”

अनि हामी दुवै जना खाजा खान ग¥यो । मभन्दा पनि उनीलाई धेरै चासो थियो मेरो प्रेम कहानीमा । हरेक रोज उनी मेरो प्रेम कहानी बारे सोधपुछ गर्थिन् र म पनि खुशी हुँदै आफ्नो प्रेम कहानी भन्थे ।


म हरेक दिन लाजिम्पाट जान्थे । यसपालि चाँहि श्वेता पनि लिएर गएको थिए । म खुशी हुदै लाजिम्पाट जान्थे तर म निराश हुन्थे । यसपालि उनले चिठ्ठी किन पठाउने ढिला गरे । मेरो मनमा धेरै प्रश्नहरुले पौडी खेल्न थाले । उनले कतै मलाई धोका त दिएका त त होइन ? यदी भेट्न मन भए, चिठ्ठी पठाउथे । आफ्नो तस्बिर भए पनि पठाउथे ।
एक महिनासम्म उनको केही खबर नआएपछि मैले उनलाई चिठ्ठ लेख्ने निर्णय गरे ।

प्रिय नितेशजी, 
            तपाईको चिठ्ठी नपाउदा मन अशान्त भएको छ । तपाईको चिठ्ठी नपाउदा मनम धेरै प्रश्नहरुले पौडी खेल्न थालेको थियो । मैले सोचे कि तपाईले धोका दिनु भयो । मलाई प्रेम प्रस्ताव राखेर छोड्नुभयो । तपाईलाई म धेरै माया गर्छु र आफूले माया गरेको मान्छेलाई हेर्न मन लागेर भेट्ने कुरा व्यक्त गरेको हुँ तर तपाईबाट केही जवाफ आएन । केही जवाफ दिनु न । मन बेचेन भएको छ । तपाईको चिठ्ठी पढ्न आतुर छु । 
                                                                                                                                     तपाईको प्रिय
                                                                                                                                    अनिशा दाहाल

हरेक पटक आफूले चिठ्ठी लेखिसकेपछि पढ्ने बानी छ तर यसपालि गरिन । नपढिकन म लाजिम्पाट गरे र चिठ्ठी पोष्ट गरे । मनमा धेरै प्रश्नहरु थिए ।

यस चिट्टीपछि म हर रोज लाजिम्पाट जान्थे तर नितेशजीको केही जवाफ आएन । दुई महिना भइसकेको थियो उनको जवाफ नआएको र मेरो मुड खराब भएको थियो । मेरो ध्यान पठाइमा कम हुँदै थियो । श्वेताले मलाई निहालेर हेरिरहेकी थिइन् ।

कक्षा सकेपछि हामी दुवै जना खाजा खान गयौ । हामीले एक पेल्ट मःम अर्डर गयौ । म मौन नै थिए । श्वेताले म मौन भएको देखेर उनीले भनिन्, “तँलाई के भयो रु तेरो त मुड खराब देख्छु त ? नितेशको चिट्टी आएन भनेर हो । पीर नगर । नितेशले तँलाई छिटै जवाफ दिने छ ।”

उनीले यतिभन्दा मेरा आँखाहरु रसाए । मैले आफूलाई सम्हालन सकिन । मेरा आँखाहरुबाट आँसु झरे र मेरो आँसु देखेर श्वेता मेरो नजिक आइन् । नजिक आएर भनिन्, “तँ नरोन । तेरो आँखामा आँसु देखे भने, मलाई रुन लाग्छ । सबै ठीक हुन्छ । तैले नसोचेको कुरा नहुन सक्छ । नितेश कुनै काममा व्यस्त भएका होलान् त्यसैले तँलाई चिट्टी लेख्ने र पढ्न नपाएका ।”

“तर म के गँरु ? उनको न त नम्बर छ न त ठेगाना । नराम्रो सोच्दिन भन्दा पनि आइहाल्छ । दुई महिनासम्म चिट्टी नआउँदा मन छटपटी भएको छ । म उसलाई धेरै माया गर्छु र यदी नितेशले धोका दिए भने, म मर्छु श्वेता । म त मर्छु ।”

“नरोन । सबै ठीक हुन्छ । टेन्सन नदिई ।”श्वेताले मलाई सम्झाउदै थिइन् । म रुन कम गरे तर मन चाँहि शान्त थिएन । यही क्रममा हामीले अर्डर गरेको मःम आइपुग्यो र हामी मःम खान थाल्यौ ।


म हर रोज चिठ्ठी पठाउथे तर नितेशको जवाफ आएको थिएन । उनलाई चिट्टी पठाउदै गर्दा मेरो बी.ए दोस्रो पनि सकियो । म उनकै यादमा डुबेको थिए तर उनको चिठ्ठी आएको थिएन । म रोज उनको यादमा डुबेको थिए तर धेरै समयपछि उनको चिठ्ठी आएको थियो ।

प्रिय अनिशाजी, 
              मलाई माफ गर्नु होला । मैले धेरै समयसम्म तपाईलाई चिठ्ठी पठाइन । म आफ्नो घरेलु कामना व्यस्त भए । मेरो हजुरबुवा बित्नुभयो । म हजुरबुवासँग धेरै नजिक थिए । उहाँ बितेपछि म हराए । मैले आफूलाई सम्हालन सकिन । त्यसैले मैले चिठ्ठी लेख्न पाइन । अनि म आफ्नो जन्मभूमि धनकुटा गए । म त्यहाँ दुई महिनासम्म बसे । धनकुटामा मेरी हजुरआमासँग बसे । हजुरबुवा बितेपछि हजुरआमा निस्ताउनुभयो । उहाँले आफूलाई सम्हालन सक्नुभएन । बिरामी जस्तै हुनुभएको थियो । म उहाँसँग बस्दा खुशी हुनुभएको थियो । म उहाँसँग बस्दा खुशी हुनुभएको थियो तर म दुई महिनापछि काठमाडौ फर्केपछि हजुरआमा सिर्कित्त हुनुभयो । उहाँलाई धेरै अस्पताल लगियो तर उहाँलाई निको नै भएन र उहाँ पनि बित्नुभयो । हजुरआमाले हजुरबुवालाई धेरै माया गर्नु हुन्थ्यो । उहाँलाई पीरले खायो । म धेरै रोएको थिए । 

        अनिशाजी, मसँग नरिसाउनु होला । मेरो परिस्थित त्यस्तै परेको थियो । 

        मैले चिठ्ठी नपठाउदा तपाईले त्यस्तो सोच्नु सोभाविक हो । म तपाईलाई धेरै माया गर्छु र मैले तपाईलाई धोका दिन्छु भन्ने कहिले नसोच्नु । मेरो जिवनमा के भइरहेको छ भन्ने तपाईलाई नै थाहा भएन । मैले पनि बेलैमा खबर गरिन । त्यसको लागि क्षमा गर्नु हुन्छ भन्ने आशा छ । 
                                                                                                                                             तपाईको मित्र
                                                                                                                                             नितेश क्षेष्ठ

समय बित्दै गयो र हाम्रो माया गाडिदै गएको थियो । नितेश  केही महिना नभेट्ने कुरा व्यक्त गरेका थिए । मैले केही प्रश्न गरिन किनभने म उनलाई विश्वास गर्थे । उनको मायाको विश्वास थियो । सोचे कि उनको कामको व्यस्तताले समय नमिलेको । योभन्दा पनि मैले सोचे कि बी.ए तेस्रो वर्ष सकिएपछि उनीसँग भेट्ने योजना गरे ।


बी.ए तेस्रो वर्षको अन्तिम जाँच सकियो । म र श्वेता मैतिदेवी मन्दिरको छेऊमा एउटा सानो मःम पसल थियौ । हामी त्यही गयौ । सबै जना आफ्नो  जिन्दगीमा अब के गर्ने भन्ने छलफल गर्दै थिए भने म चाँहि नितेशलाई भेट्छु ।  मनमा धेरै खुशीले भरिएको थियो । मेरो र नितेशको भेटसँग हुने कुरा सम्झेर म खुशी भए । मनमा उंमग थियो र आफ्नो खुशीको सीमा थिएन । म मुस्कुराएको देखेर मेरा साथीहरुले मलाई जिस्काउन थाले । 

“के हो अनिशा ? एक्लै एक्लै मुस्कुराउदै छौ त । के भो ? मुस्कुराउनु कारण ? कि माया पिरतीको कुरा हो ?”

म मौन रहे । श्वेताले मलाई हेरिन् । म के भनौ भयो । मेरो प्रेम कहानीको बारेमा श्वेतालाई मात्र थाहा थियो । केही समयपछि, मैले भने,“त्यस्तो केही होइन । हाम्रो विश्वविधालयको पढाइ पनि सकियो । हाम्रो अतित सम्झेर मुस्कुराएको ।”

अनि हामी तीन वर्षका कुराहरु गर्न थाल्यौ र हाम्रो अतित कति राम्रो रहेछ । कति हास्यौ, कति झगडा गथ्यौ र पछि मिल्थ्यौ । कति रमाइला पलहरु थिए । फर्केर जान मन लाग्यो । पछि भेट हुन्छ कि हुँदैन थाहा छैन तर साथीहरुको साथ अर्के हुँदो रहेछ ।


बुवाको छुट्टी थियो । बिहानको खाना खाँदै थियौ । यही क्रममा आमाले भन्नुभयो,“तिम्रो पढाइ सकियो । अब तिम्रो विवाह गर्ने बेला भयो । हामी केटाहरु हेर्दै छौ ।”

म मौन थिए । मैले बुवालाई हेरे । बुवाले पनि मलाई हेर्नुपयो । अनि केही समयपछि बुवाले भन्नुभयो,“छोरीको विवाह गर्ने बेला भएको छैन । हाम्री छोरीलाई अझै पढाउनु पर्छ । छोरीको पढाइ राम्रो छ । तिमीलाई चै किन हतार भएको ?”

“आफ्नो छोरीलाई धेरै माया नगर्नु होस् । चिने जानेको सबैको छोरीको बिहे गरिसके । तपाईलाई चाँहि केही मतलब नै छैन । तपाईलाई चिन्ता र हतार नै छैन ।”आमा रिसाउदै भन्नुभयो । 

बुवा र म चाँहि मौन नै रह्यौ र खाना  खान थाल्यौ । मलाई र बुवालाई थाहा थियो कि आमासँग बोल्नु भनेको हार्नु नै हो । त्यसैले हामी आमासँग दोहोरो संवाद प्रायः गर्दैनौ । खाना खाइसकेपछि बुवा बादलीमा जानुभयो र म किचेनको काम गर्न थाले । 

केही समयपछि म बुवाको छेऊमा गए । बुवा पत्रिका पढै हुन्थ्यो । मलाई देखेर मुस्कुराउनु भयो । म नजिक गएर भने,“बुवा, मलाई केही भन्नु छ ।”

“भन न ।” उहाँको ध्यान पत्रिकामा थियो । 

“म कसैलाई मन पराउछु ।” मैले उहाँलाई नहेरिकन भने । 

उहाँले मलाई हेर्नु भयो । आफूले पढ्दै गरेको पत्रिका छेऊमा राख्नुभयो । राखिसकेपछि उहाँले भन्नुभयो,“कोसँग छोरी ?”

“हाम्रो जात मिल्दैन बुवा ?”

“को केटा, कता बस्छन् र के गर्छन् ?”

मैले सबै कुरा व्यक्त गरे । मेरो कुरा बुवाले ध्यान दिएर सुदै हुन्थ्यो । मैले आफ्नो कुरा व्यक्त गरिसकेपछि, बुवाले भन्नुभयो,“हेर छोरी, तिमीले माया गरौ, त्यसमा मेरो केही गुनासो छैन । मलाई समस्या के हो भने तिमीले जसलाई देखेका छैनौ, उसलाई कसरी विश्वास र बिहे गर्न सक्छौ ?”

“नितेशले मलाई पनि माया गर्छन् । उनले मलाई भेट्न जरुर आउँछन् । उनले मलाई भेट्छु भनेका छन् ।”

“ठीक छ, तिमी निेशलाई भेटेपछि, हामीलाई पनि भेटाउनु । त्यसपछि कुरा गरौला ।”

म खुशी भए । अनि म आफ्नो कोठामा गए । आफ्नो खाटमा कलम र पाना लिएर बसे र अनि चिठ्ठी लेख्न थाले । 
प्रिय नितेशजी, 
              मलाई तपाईसँग भेट्न चाहन्छु । मेरो घरमा मेरो बिहेको कुरा चल्दै छ । मैले मेरो बुवालाई तपाईको बारेमा सबै कुरा व्यक्त गरे । बुवा पनि तपाईसँग भेट्न खोज्दै हुन्थ्यो । हामी भेट्यौ न । 
                                                                                                                                             तपाईको प्रिय 
                                                                                                                                           अनिशा दाहाल

० 
दुई हप्तापछिको कुरा हो । उनको चिठ्ठी आयो र म धेरै खुशी भएको थिए । चिठ्ठी लिएर हतारिदै घर गए र पढ्न थाले ।

प्रिय अनिशाजी, 
              खासमा मैले तपाईलाइृ सत्य कुरा भन्नै पर्छ । मेरो घरमा पनि मेरो बिहेका कुरा चल्दै छ । बुवा आमाले मेरो लागि मेरो जीवन साथी खोजिसक्नुभयो । मैले हाम्रो बारेमा व्यक्त गरे तर उहाँहरुले मान्नु भएन । सम्झाउन धेरै प्रयास गरे तर असफल भए । मैले आफ्नो बुवा आमाको कुरालाई काट्न सकिन । 

             मलाई माफ गर्नु होला । मैले यो जुनिमा त पाउन सकिन तर अर्को जुनिमा जरुर पाउने छु । यो जुनिमा भाग्यले हामीलाई एक साथ हुन दिएन । तपाईलाई मैले भगाएर लान सक्दिन किनभने हाम्रो मायाले जितर पनि हार्ने थियो । हामीले भागेर बिहे गरौ भने हाम्रो बुवाआमाको आर्शिवाद पाउदैनौ । त्यसैले मैले तपाईसँग म भागेर बिहहे गर्दिन । 

            आशा छ तपाईले मेरो परिस्थितिलाई बुझ्ने प्रयास गर्नु हुन्छ होला । 
                                                                                                                                         तपाईको मित्र
                                                                                                                                            नितेश क्षेष्ठ

चिठ्ठी पढेर मेरा आँखाबाट आँसु झरे । मैले सोचेको थिए कि म नितेशसँग बिहे गर्ने छु र हाम्रो संसार राम्रो हुनेछ तर सबैको आ—आफ्नो भाग्य रहेछ । न त मैले उसलाई पाए न त मैले उसलाई बिर्सेन  सके । मनमा अशान्ति छायो । मन भारि भएर आयो । मलाई एक चोटि भेट्न मन थियो तर त्यो सपना कहिले पूरा नहुने भयो । मनमा पीडा थियो, यो पीडा मसँगै सधैको लागि मनमै रहने भयो । उनी आफ्नो ठाउँमा ठीक थिए भने म आफ्नो ठाउँमा । 

११
तीन वर्षपछिको कुरा हो । मैले एम.ए अङ्ग्रेजी साहित्यमा गरिसकेको थिए । मैले थेसिस सकिने बित्तिकै मेरो विवाह भयो । विवाहपछि नै पढाउन थालेको थिए । मेरो जीवनसाथी पीएचडी गर्नको लागि अमेरिका जाँदै थिए त्यसैले हाम्रो विवाह हतारमा भयो । मेरो जीवनसाथीको नाम प्रदीप शर्मा थियो । उनले मास्टर अफ कमर्स पढेका थिए । उनले भारतबाट पढेका थिए । उतैबाट आवदेन हालेका थिए र छात्रवृति पाएका थिए । उनका बुवा आमाले विवाह गरेर मात्र अमेरिका गइदियोस् भनेको थियो त्यसैले हतारमा विवाह गरेका हौ । 

विवाह गरेको एक महिनापछि प्रदीप अमेरिका गए । उनी गएपछि मैले पनि छात्रवृतिको लागि आवदेन हाले । मैले नेपालबाट तयार गरे । जाँच दिए र पीएचडीको लागि आवदेन हाले । मैले छात्रवृति पाए र अमेरिका आइपुगे । पीएचडी सकेपछि हामीले राम्रो जागिर पाएका थियौ । जागिर पाएको एक वर्षपछि छोरी जन्मिन् र जेठी छोरी जन्मेको पाँच वर्षपछि अर्को छोरी जन्मिन् । 

...................................................................................................................................................................
मेरा दुईटै छोरीहरु ठूला भइसकेका छन् । जेठी छोरीले पनि पीएचडी आईटीमा गर्दै छिन् भने कान्छी छोरी बीबीएको अन्तिम वर्षमा छिन् । म आफ्नो संसारमा धेरै खुशी छु तर मलाई एउटै कुराको पछुतो छ । मैले नितेशलाई कहिलै पनि देख्न पाइन । उनको अनुहार र स्वर नसुनिकन मेरो जिन्दगी जाने भयो । हो, मेरो धेरै समय छैन । मलाई क्यासर छ त्यो पनि अन्तिम चरणको । मसँग लामो समय छैन । मैले मेरो क्यासरको बारेमा मेरो परिवारलाई भन्नु जरुरी सोचिन किनकि मेरो कारणले मेरो परिवारलाई टेन्सन र पीडा दिनु छैन । अन्तिम साससम्म म मेरी छोरीहरुको अनुहारमा मुस्कान हेर्न चाहन्छु , पीडा होइन । म अन्तिम साससम्म मेरो परिवारसँग हाँसि खुशी बाँच्न चाहन्छु । 

चिठ्ठी पढिसकेपछि मैले बक्समा राखे र अरु सामानहरु पनि बक्समा राखे । मेरा आँखाहरु रसाएका थिए तर पनि म खुशी पनि छु । माया पाउनुपर्छ भन्ने छैन । मैले ताग पनि हो । मैले माया नपाए पनि नितेश मेरो मनमा रहिरहने छन्, सधैको लागि ।  



Comments

Popular Posts