अनुराग


एउटा मान्छेले गर्दा आफ्नो जिन्दगीमा परिवर्तन आउँदो रहेछ । मेरो जिन्दगीममा पनि एक जनाको कारण परिवर्तन आएको थियो तर अपसोस मैले न त उनलाई पाए न त उनको माया । उनको माया नपाए पनि उनको याद र नाम सधै रहिरह्यो । उनको यादले मलाई कहिले छोडेन । उनको नाम अनुराग हो । जति उनको नाम राम्रो छ त्यति नै उनको बानी व्यवहार तर समयले हामीलाई दूर बनायो । मलाई अहिलेसम्म याद छ अनुरागसँगको पहिलो भेट ।

६ महिना अगाडिको कुरा हो । म आफ्नो काम सकेर घर फर्केने क्रमको हो । मेरो अफिस ललितपूरमा थियो । समय भएको थियो ५ः३० । म कोटेश्वरको जाममा फंसेको थिए । पन्ध्र मिनेटपछिको कुरा हो । जाम खुलेको थिएन । ममा धैर्य थिइन त्यसैले आफ्नो गाडीबाट निस्के । मानिसहरुको भीड थियो । केको भीड भन्दै  म हेर्न भनि भीडमा सामेल भए । एक व्यक्ति घाइते भएका थिए । ती व्यक्ति कोही नभएर अनुराग थिए । मानिसहरुले अनुरागलाई बचाउनुको साट्टो रमिता हेरिरहेका थिए । त्यसैले मैले अनुरागलाई आफ्नो गाडीमा राखेर गाडी चलाएर मेडिकेयरमा लगे । मलाई  नै थाहा छैन कि मैले कोटेश्वरको सट्टा चाबहिलको मेडिकेयर अस्पताल लगे । सायद आफ्नै घर चाबहिल भएर होला मैले मेडिकेयरकम लगे । मेडिकेयर पुगेपछि हतारिदै अनुरागलाई निकाले र ईम्मरजेन्सि वार्डमा राख्न लगाए । अस्पतालको काम सकेर म घर फर्किए । घर पुगेपछि खाना पकाएर खनए र आफूलाई चाहिने सामान बोकेर अस्पताल फेरि पुगे । यस रात मेरो अस्पतालमै बित्यो ।


मेरो दिनहरु अस्पतालमा बित्न थालेको थियो । आजसम्म तीन दिन भइसकेको थियो तर पनि अनुरागलाई होस् आइसकेको थिएन । वास्तवमा भन्ने हो भने मलाई यी तीन दिनले के गयो आफूलाई नै थाहा छैन । म उनीप्रति आकर्षित हुँदै थिए । मलाई थाहा छैन म किन अनुरागप्रति आकर्षित हुँदै छु । मलाई उनको बारेमा केही त थाहा छैन तर पनि म किन अनुराग प्रति आकर्षित हुँदै छु । अनुरागको अनुहार हेरिरहन मन लाग्थ्यो । मलाई देखेर मन खुशी हुन्थ्यो ।



एक हप्तापछिको कुरा हो । मैले अफिसबाट छुट्टी लिएको थिए । म घरबाट काम गर्छु भनि छुट्टी लिएको थिए । म अपतालबाटै बसेर काम गर्दै थिए । दिउँसोको समय थियो । कामको चाप थियो । म आफ्नै कामको सूरमा थिए । यही क्रममा अनुराग होशमा आए । उनले हँ भनेपछि मात्र उनलाई हेरे । उनी होशमा आएपछि मैले डाक्टरलाई बोलाए । म उनी होशमा आउँदा म खुशी भएको थिए । डाक्टर र नर्सलाई देखेपछि अनुराग उठ्न खोज्दै थिए र नर्सले अडेसा लगाइदिए ।

अडेसा लगाइसकेपछि डाक्टरले भन्नूभयो,“तपाई एक हप्तापछि होशमा आउनुभएको छ ।”

अनुराग मौन थिए । सबै जनालाई हेर्छन् । अनि मौनता तोड्दै अनुरागले भन्छन्, “मलाई बचाएर यहाँ कसले लिएर आएको हो ?”

डाक्टरले मलाई देखाउदै भन्नुभयो, “सोफियाजीले तपाईलाई समयमै नलाएको भए, तपाई बाँच्ने सम्भावना कम हुन्थ्यो ।”

अनुरागले मलाई हेर्छन् । उनका आँखाहरु रसाएका थिए । उनका आँखाहरुले केही बताइरहेका थिए । उनले केही भन्न खोज्दै थिए तर सकेनन् । केही बेरपछि मलाई हेरेर, डाक्टरलाई हेर्छन् र भन्छन्,“मलाई यो अस्पतालबाट कहिले निकाल्ने ?”

“तपाईलाई हामी दुई वा तीन दिनपछि मात्र निकाल्छौ । तपाई पूरै निको भइसक्नु भएको छैन ।”

अनुराग मौन भए र सुत्छन् । उनको भाव हेर्दा उनी खुशी देखिदैन थिए । सायद उनलाई बाँच्न मन थिएन । सायद मनमा धेरै दुःख र पीडा छन् । सायद उनलाई केही कुराले सताएको थियो  र भन्ने ठाउँ पाएका थिएनन् ।


दुई हप्तापछिको कुरा हो । अनुरागलाई मैले आफ्नै घरमा लिएर आएको थिए । उनलाई मैले उनको बारेमा अस्पतालमै हुँदा धेरै चोटि सोधे तर केही बताएका थिइनन् । मैले उसलाई अस्पतालमा छोड्न सकिन त्यसैले मैले आफ्नै घरमा लगे । जब मैले उनलाई अतितको बारेमा सोधे, उनी भावुक हुन्थे  उनका आँखाहरु रसाउथे । उनको भावुक मुहार देखेर मलाई अनुरागको कहानी सुन्न मन थियो र मैले समयलाइ कुर्ने निर्णय गरे ।

मेरो घर पुग्न मेडिकेयरबाट हिडेर १५ मिनेट मात्र थियो । जब मैले अनुरागलाई आफ्नो निजी निवासमा लगे, उनले भने,“तपाई किन मलाई आफ्नो घरमा ल्याउनुभएको ? म आफ्नो व्यवस्था गर्थे ।”

“व्यवस्था त गर्नुहुन्थ्यो तर तपाईलाई कसले हेरचाह गर्ने ? तपाईले आफ्नो परिवारको बारेमा केही व्यक्त गर्नुभएको भए तपाईलाई तपाईको परिवारलाई जिम्मा लगाउथे । मलाई तपाईको बारेमा केही थाहा नभएर मैले तपाईलाई आफ्नै घरमा ल्याए । तपाई निको भएपछि मात्र घर फर्किनु होस् ।”

मेरो कुरा सुनेर उनी फेरि मौन भए । उनी प्रायः मौन हुन्थे र आफ्नै दूनियाँमा हराउथे ।


शनिबारको दिन थियो । उनी मसँग बसेको दुई हप्ता भइसकेको थियो । बिहानको ८ः०० बजेको थियो । हामी बैठक कोठामा थियौ । हाम्रो हातमा चिया थियो । चिया पिउँदै थियौ । म अनुरागलाई निहालेर हेदै थिए । एक सिप चिया लिएपछि, मैले भने,“तपाई कुन दुनियाँमा हराउनु भयो ।”

उनले मलाई हेरे । मौन ने थिए । मैले पनि उसलाई हेरे । यो समयसम्म मलाई उनको  नाम थाहा थिएन । केही बेरपछि, उनले भने,“तपाईलाई मैले धेरै दुःख दिए  । तपाईले मेरो लागि धेरै सहयोग गर्नुभयो । अब म आफ्नो घर जानुपर्छ ।”

उनले आफ्नो घर जाने कुरा गर्दा मेरो मनमा छो¥यो । म चाहन्थे कि अनुराग मेरो अगाडि बसिरहोस् । उनीसँग बस्ने सपनाहरु देखेको थिए । म अनुरागलाई मन पराउन थालेको थिए । म ऊसँगबस्न् मन पराउन थालेको थिए । उनको छेऊमा बस्दा भिन्न अनुभव हुन्थ्यो ।

“तपाई पूरै निको हुनुभएको छैन । निको भएपछि मात्र जानुहोस् न ।”

“होइन । तपाईलाई गाह«ो हुन्छ । समाजले र तपाईको परिवारले के सोच्नुहुन्छ ?” उनले चियाको कप टेबुलमा राख्दै भने । 

“मेरो परिवारले त्यस्तो सोच्नु हुन्न । मेरा बुवा आमाले त्यस्तो सोच्नु हुन्न । अहिले उहाँहरु अमेरिकामा हुनु हफ्न्छ । समाजले जे सोचे पनि त्यसको परवा गर्नु हुन्न आफ्नो सोचमा भर पर्छ । तपाई र मेरो सम्बन्ध कस्तो छ भन्ने हामी दुई जनालाई मात्र थाहा छ । अरुलाई किन सफाई दिने ?”

उनले मेरो कुरा सुनेर अचम्मित भए र मौन भए । अनि सोफाबाट जुरुक्क उठे र तल आफ्नो कोठामा छिरे । मैले नराम्रो केही भन्ने भयो । म पनि उनको पछि लागे । अनुराग आफ्नो भएको सामान तयार गर्दै थिए । यही क्रममा मैले भने,“तपाई यो के गर्दै हुनु छ ?”

“म घर फर्केन चाहन्छु । मेरो धेरै कामहरु छन् जुन जरुरत छ ।”

“तर यो अवस्थामा ? तपाईलाई अझै ठीक हुन दुई हप्ता जस्तो लाग्छ । तपाईलाई डाक्टरले आराम गर्नु भन्नु भएको छ ।”

“तपाई मेरो को हो ? हर समय तपाई आरामको कुरा गर्नु हुन्छ ? म निको भइसके । तपाई किन बुझ्नु हुन्न कि ? मेरो आफ्नो काम छ । तपाई मेरो को पन्नु हुन्छ ? हाम्रो के सम्बन्ध ?” अनुराग रिसाउदै भने । मेरो मनमा हावा हूरि आए जस्तै भयो । मेरो चिन्त त दुखेको थिएन तर रिस उठ्यो । मलाई किन रिस उठ्यो आफूलाई नै थाहा छैन । अनुरागले भनेको कुरा ठीकै हो कि हाम्रो के सम्बन्ध छ ?म उसलाई मन पराउछु तर उनको मनमा के छ, मलाई नै थाहा छैन । मनले किन उसलाई खोज्छ ? यो सब प्रेम हो । यो माया भन्ने चिज यस्तै हो । म त्यस कोठाबाट आफ्नो कोठामा गए । केही बेरपछि अनुराग मेरो कोठामा आए । म खाटमा थिए । उनी पनि मेरो छेऊमा बसे । मैले उनलाई हेरेको थिइन तर अनुरागले मलाई हेर्दै थिए ।

मलाई हेर्दै अनुरागले भने, “सोफियाजी, मलाई माफ गरिदिनुहोस् । मेरो भन्नुको अर्थ त्यस्तो थिएन । मेरा शब्दहरुले तपाईको मन दुख्यो र मदेखि रिस पनि उठेयो होला । तर मेरो आफ्नो समस्या छ । म आफ्नो समस्याको कारण प्रायः मौन बस्न रमाउछु र एकान्त प्रेमी स्वभाव भएको व्यक्ति हूँ । मलाई बाँच्न गाह«ो भएको छ । मलाई मर्न मन छ । आफ्नै जिन्दगी देखेर दिक्दार लाग्छ । केको र कसको लागि बाँच्ने ? त्यो पनि छैन । बेरङ्ग भएको छ मेरो जिन्दगी ।”

“तपाईको जिन्दगीमा के त्यस्तो भएको छ ? सेयर गर्नु होस् न । सेयर गर्नुभयो भने मन हल्का हुन्छ । मैले केही मदत गर्न सके भने, म गर्छु ।”


“म आफ्नो जिन्दगीमा धेरे खुशी थिए । मेरो राम्रो जागिर थियो । म बैकमा राम्रो पोजिसन थियो । बैकमा पनि मेरो काम सबैले मन पराउथे । मेरो प्रगति देखेर मेरा बुवा आमा खुशी हुन्थ्यो । उहाँहरुको एउटै गुनासो थियो कि घरमा बुहारी कहिले ल्याउने । धेरै चोटि केटीहरुको फोटोहरु पनि देखाउनुभयो तर मैले बिहेको लागि तयार नभएको बताए । दुवै जना रिसाउनुभयो । धेरै चोटि बिहे गर्नुपर्छ भनि सम्झाउनुभयो । धेरै चोटि भनिसकेपछि अन्यमा आएर राजि भए । राजि भएको केही दिनमा आमाले एक जनाको फोटो लेर आउनुभयो । म अफिसबाट आउने बित्तिकै फोटो देखाउनुभएको थियो । म फोटो लिएर आफ्नो कोठामा गए । आमा पनि पछि पछि आउनुभयो ।

“फोटो हेर न ।”

“मलाई पहिला प्रेस हुन दिनु न आमा ।”

“होइन, पहिला फोटो हेर न ।”

मलाईभन्दा पनि आमालाई हतार थियो । आमाको खातिर फोटो हेरे । फोटो हेर्दा त राम्रो लागेको थियो । केटी हेर्दा अग्लि र सरल देखिथिन् । फोटो देखेर मैले हून्न्छ भने । आमा खुशी हुँदै आफ्नो कोठामा जानुभयो ।
दुई दिनपछिको कुरा हो । साझँको ७ः०० बजेको थियो । म मोबाइल चलाउँदै थिए । यही क्रममा आमा मेरो कोठामा आउनुभयो । म खाटमा बसेको थिए र आमा मैले छेउमा आएर बस्नुभयो । मेरो ध्यान चाँहि मोबाइलमै थियो । म मोबाइल चलाएको देखेर आमाले भन्नुभयो,“कति मोबाइल चलाएको ? तिमीसँग केही कुरा गर्नु छ ।”
मैले आफ्नो मोबाइल  छेउमा राखे । अनि आमालाई हेरे ।

“भोलि शनिबारको दिन । तिमीले मन पराएको केटीसँग भेट्न जाऊ । एकपल्ट तिमीसँग भेट्छु भनेकी छ ।”
“हुन्छ तर कता भेट्न जानु र कति बजे ?”

“नयाँ बानेश्वरको इन्दे«णी क्याफेमा ११ः३० बजे भेट्न जानु ।”

“हुन्छ ।” मैले भने । खासमा मलाई बिहे गर्न मन नै छैन तर बुबा आमाको खुशीको लागि हुन्छ भने ।

भोलिपल्टको दिन । बिहानको खाना खाएर, म तयार हुँदैथिए । भेटेपछि के भन्ने कुरा थियो । मनमा धेरै कुराहरुले पौडी खेल्दै थिए । म चाहन्थे उनीले मलाई रिजेन्ट गरोस् । म घरबाट १०ः३० निस्के । बाटोमा जाम नभएकका कारण म ११ः०० बजे नै पुगे । म कुनाको टेबुलमा बसे । म केही बेर वेटर मेरो नजिक आए । उनले मलाई मेनु थिए र मैले एक घण्टापछि अर्डर लिन अनुरोध गरे ।

११ः४५ भइसकेको थियो । म उनीलाई कुरेर बसेको थियो । मेरो नजर आफ्नो हातमा भएको घडीमा गयो । म पानी पिउदै थिए, त्यही क्रममा सिमीलाई देखे । उनले जीन्स लगाएकी थिइन् र रातो टि–सर्ट लगाएकी थिइन् । मेकअप बिना आएकी थिइन् । उनले आफ्नो कपाल छोडेकी थिइन् । मैले उसलाई देख्ने बितिकै मन पराउन थाले ।

उनी यता उति हेर्दै थिए । मैले आफ्नो हात हल्लाए । अनि मेरो छेऊमा आईन् । मलाई देखेर मुस्कुराईन् । म पनि मुस्कुराए । सुरुमा हामी यता उता हेरौ र एक अर्कोलाई हेरेर मुस्कुरायौ । यही क्रममा वेटर मेनु लिएर आए ।

“केही लिनु हुन्छ कि ?” मैले भने ।

“कफी ।”

“अरु केही लिनु हुन्छ कि ?”

“अहिलेको लागि कफी मात्र ।” उनी मुस्कुराइन् ।

अनि कफी अर्डर गयौ । अर्डर गरिसकेपछि, मैले भने,“तपाई के गर्दै हुनु छ ?”

“मैले  एमबिए सके । अहिले जागिर खोज्दै छु । अनि तपाई चाँहि के गर्नु हुन्छ ?”

“म नबिल बैकमा काम गर्छु । दुई वर्ष भयो काम गर्न थालेको ।”

वातावरणमा मौनता छा¥यो । हामीले अर्डर गरेको कफी आइपु¥यो । हामी कफी पिउन थाल्यौ र गफ गर्न थाल्यौ । मलाई सिमी मन प¥यो । केही गफ गरिसकेपछि, मैले सिमीलाई भने,“तपाईले घर गएपछि के जवाफ दिनुहुन्छ ?”

उनी मुस्कुराईन् र लजाइनर पनि । लजाउदै उनीले भनिन्,“हामी फेरि भेट्न मिल्छ ? एक दुई चोटि भेटेपछि मात्र थाहा हुन्छ कि मैले तपाईसँग बिहे गर्ने कि नगर्ने भनेर ।”

“हुन्छ । मैले पनि त्यही सोचेको हुँ ।”

हामी भेट्न थाल्यौ र उनले पनि मलनई मन पराउन थालेकी थिइन् । हामीले भेटेको दुई महिनापछि बिहे गरौ । हाम्रो वैवाहिक जीवन राम्रोसँग चलिरहेको थियो । विवाह गरेको तीन महिनापछि सिमीले जागिर पाइन् । जागिर पाएको केही समय त ठीकै चलिरहेको थियो  तर बिस्तारै उनीको बानी व्यवहारमा परिवर्तन आउन थालेको थियो । उनी घर ढिलो आउन थालेकी थिइन् । सुरुमा त सोचे कि बैकको कामले ढिलो गरिन् । ढिलो त आइन्, पैसा पनि बिना काम खर्च गर्न थालेकी थिइन् । त्यस साथ साथै उनी रातभर फोनमै हुन्थिन् । मैले धेरै चोटि सम्झाए तर मेरो कुरालाई वेवास्त गरिन् । घरमा पनि काम गर्न छोडेकी थिइन् ।

यो क्रम धेरै दिनसम्म चलिरह्यो । म हरेस् भइसकेको थिए तर पनि म सिमीलाई सम्झाइ रहे । म उनीलाई माया गर्थे र छोड्न सक्दिनथे ।

एक दिनको कुरा हो । उनी घर फर्किनन् । मोबाइल बन्द थियो । भोलिपल्ट म सिमी काम गर्ने बैकमा गए । त्यहाँबाट थाहा पाए कि उनी दुई दिनदेखि अफिस आएकी रहेन रछिन् । म छक्क परे । म रुनु न हाँस्नुको स्थिति भएको थियो ।

एक हप्तापछि थाहा पाएकी मेरी श्रीमती बैकमै काम गर्ने स्टाफसँग भागि छन् । सुरुमा त मैले विश्वास गर्न सकिन तर पछि घर नफर्केपछि विश्वास गर्न थाले । मैले उनीलाई धेरै माया गर्थे । उनीलाई मैले खुशी राख्न धेरै प्रयास गरेको थिए । आखिर मेरो मायामा के कमी थियो र ? सिमीले दिएको विश्वासधातले गर्दा मलाई मर्न मन थियो । म बैकको काम सकेर म जानि जानि गाडीको छेऊमा आए । म घाइते भए । पछि तपाईले बचाउनु भयो । तपाईले मलाई किन बचाउनु भयो ? तपाईले मलाइृ मेरै हालतमा छोडिदिएको भए हुन्थ्यो ।”

म अनुरागको कहानी सुनेर मौन भए । यति धेरै माया गर्ने मान्छेलाई किन सिमीले छोडिन् । म भएको भए कहिले पनि उसलाई कहिले छोड्ने थिइन । केही समयपछि, मैले मौनता तोड्दै भने, “मानवताको नाताले मैले तपाईलाई बचाएको हूँ ।”

फेरि मौनता छा¥यो । म अनुरागलाई हेरे । अनुराग आफ्नो अतितमा डुबेका थिए । मौनता तोड्दै मैले भने,“तपाई दुई हप्तापछि माब जानुहोस् । तपाई पूरै निको भएपछि जानुहोस् ।”



दुई हप्तापछिको कुरा हो । अनुराग खाना खाएपछि आफू बसिरहेको कोठामा आए र आफ्नो भएको लुगा मिलाए । म ढोकाबाट चियाएर हेरे । मलाई अनुराग नगए जस्ते लाग्यो तर म रोक्न सक्दिन । म के भए रोकू उसलाई ? म कसरी भनू म कसरी भनू म अनुरागलाई माया गर्छु भनेर । मेरा आँखाहरु रसाए । म भावुक भए । मन एकासी गाह«ो भएर आयो । म कहाँ गएर रोऊ भयो ।

यही क्रममा अनुरागले मलाई देख्छन् र भन्छन्,“सोफियाजी, तपाई किन ढोकामा उभिनुभएको हो ? भित्र आउनुहोस् ।”

म केही नभनिकन भित्र छिरे । म भित्र छिरेपछि, अनुरागले भने,“म अब जान्छु । तपाईलाई धेरै धेरै धन्यवाद । म यो गुण कहिले बिर्सिन । तपाईलाई केही मदत चाहियो भने मलाई सम्झनु होला ।”

मैले हुन्छ भने । अनि अनुराग मेरो घरबाट निस्के । म उनी गएको हेरे । उनले पछाडि फर्केर हेरेनन् । मैले उनले पछाडि फर्किछन् कि भन्ने आशा थियो भन्ने आशा थियो तर हेरेनन् । त्यसभन्दा नि उनले न त आफ्नो फोन नम्बर दिए त न ठेगाना  न त मैले नै दिए । मैले माग्न सकिन । जब उनी गए, म आफ्नो कोठामा गएर धेरै बेर रोए ।आफ्नो मनको कुरा नभएकोमा पछुताए । अब त धेरै ढिलो भइसकेको छ । फेसबुकमा खोजौ भने पूरै नाम थाहा छैन । उनले आफ्नो पूरा नाम भनेका थिएनन् । उनको यादले मलाई धेरे दिनसम्म सताइरह्यो । न त मैले उसलाई पाए त न बिर्से नै ।

नबिर्से तिमीलाई, न पाए तिमीलाई .........२
बिना अर्थ दिलमा, सजाए तिमीलाई..........२

त्यो यात्रा सुनौलो.........४, अनि साथ तिम्रो । 
त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो । 
सम्झेर भेट्न, बोलाए तिमीलाई ।........२

नबिर्से तिमीलाई, न पाए तिमीलाई .........२
बिना अर्थ दिलमा, सजाए तिमीलाई..........२



Comments

Post a Comment

Popular Posts