अपरिचित प्रेमिका

 

काठमाडौको एउटा कुनामा अवस्थित अपाटेमेन्ट बाहिर मुसलधारे पानी परिरहेको थियो । कोठाभित्र मधुरो बत्ती बलिरहेको थियो र कफीको सुगन्ध फैलिरहेको थियो । समिर सोफामा बसेर नेहालाई हेरिरहेका थिए, जो भान्सामा कफी बनाउँदै थिइन् । विगत छ महिनादेखि नेहा समिरको जीवनको सबैभन्दा ठूलो सहारा बनेकी थिइन्–शान्त, सुशिल र असाध्यै मायालु । तर समिरलाई के थाहा, यो त आँधी आउनु पूर्वको एउटा भयानक सन्नटा मात्र थियो ।

अचानक नेहाको फोनमा एउटा कडा भाइप्रेसन भयो । स्क्रिनमा एउटा कोर्ड वर्ड चम्कियो । नेहाको अनुहारको सौम्यता क्षणभरमै हरायो र त्यहाँ एउटा कठोर व्यावसायिकता छायो । उनीले समिरलाई “एकैछिन है” भन्दै बाहिर बरण्डातर्फ लागिन् । नेहाको त्यो अचानक बदलिएको हाउभाउले समिरको मष्तिस्कमा शङ्काको सानो झिल्को पैदा गयो । समिरको भित्री मनले केही गलत भइरहेको सङ्केत गरिरहेको थियो ।

नेहा बाहिर स्किने बित्तिकै समिर जुरुक्क उठे । उनले नेहाको सधै बन्द राख्ने सानो काठको घर्रातर्फ पाइला बढाए । सधै चाबी लगाइने त्यो घर्रा आज हतारमा आधा खुला थियो । समिरले डर र उत्सुकताका साथ त्यसलाई पूर्ण रुपमा खोले र भित्र रहेका चिजहरु देख्दा उनको मुटुको धड्कन रोकिए जस्तै भयो । 

त्यहाँ विभिन्न देशका नक्कल रादानीहरु थिए, जसमा नेहाकै तस्बिर थियो तर फरक–फरक नामहरु थिए । त्यसको मुनि एउटा अत्याधुनिक साइलेन्सर जडित पेस्तोल र एउटा मोटो डायरी थियो । समिरले काप्दै  गरेको हातले डायरी पल्टाए । त्यहाँ उनको आफ्नै दैनिक तालिका, उनको उठ बस, उनका साथी भाइ, र उनको विगताका हरेक साना–तिना विवरणहरु महिनौदेखि टिपोट गरिएका थिए । अन्तिम पानामा रातो मसीले लेखिएको थियो –“लक्ष्यको नजिक, आज राति काम फत्ते हुने छ ।”

समिरको दिमागमा ठूलो विस्पोट भयो । जसलाई उनले आफ्नो संसार ठानेका थिए, उनी त वास्तवमा उनको अतीतको एउटा गहिरो र गोप्य पारिवारिक रहस्य खोतल्न र उनलाई सिध्याउन पठाइएकी एउटी खतरनाक, तालिम प्राप्त एजेन्ट थिइन् । प्रेम त केवल एउटा जाल थियो, एउटा मुखौटो थियो, उनले मष्तिस्कमा तीव्र मनोवैज्ञानिक युद्ध सुरु भयो, उनले धोकाको पीडा महशुस गर्ने कि आत्मरक्षाका लागि सोच्ने ? समय निकै कम थियो ।

त्यतिकैमा पछाडिबाट ढोका बन्द भएको आवाज आयो । समिरले जुरुक्कै फर्केर हेर्दा नेहा ढोकामा उभिरहेकी थिइन् । तर अब उनको हातमा कफीको कप होइन, त्यही कालो साइलेन्सर जडित पेस्तोल थियो । नेहाको आँखामा न त कुनै पश्चाप थियो, न त कुनै प्रेम । त्यहाँ त केवल एउटा चिसो, निर्दयी सिकारीको भाव थियो ।

“तिमीले यो नखोल्नु पर्ने समिर ।” नेहाले निकै शान्त तर डर लाग्दो आवाजमा भनिन् ।

“तिम्रो खेल यहीँ सकिन्छ ।” नेहाले समिरलाई हेर्दे फेरि भनिन् । समिरले नेहाको आँखामा हेरे । त्यहाँ एउटा कडा मनौवैज्ञानिक द्धन्द्ध चलिरहेको थियो । नेहाले ट्रिगरमा आफ्नो औलाको दबाब बढाउदै गर्दा समिरले आफ्नो भावनालाई पूर्या रुपमा दबाएर एक्सन मोडमा आउने निर्णय गरे । समिर अब केवल बाँच्न चाहन्थे ।

 नेहाले गोली चलाउनै लाग्दा, समिरले सोफामा रहेको एउटा भारी कुसन नेहाको अनुहारतर्फ बत्ताइयो । अचानक भएको यो प्रहारले  नेहाको निशाना चुक्यो  र गोली भित्तामा गाडियो । नेहाले तुरुन्तै अर्को निशाना लगाउन खोजिन्, तर समिर त्यतिन्जेल उनीभन्दा दुई कदम अगाडि आईसकेका थिए । उनले टेबुलमा रहेको तातो कफीको कप समात्यो र सिधै नेहाको आँखामा छ्यापिदिए ।

“आह !” नेहा पीडाले चिच्याइन् र उनको सन्तुलन बिग्रियो । समिरले ढिला नगरी नेहाको हतियार समातेको हातमा जोडले प्रहार गरे, जसले गर्दा पेस्तोल भुइँमा खस्यो । नेहा तालिम प्राप्त थिइन् : उनीले तुरुन्तै सम्हालिँदै समिरको पेटमा एउटा कडा किक प्रहार गरिन् । समिर पछाडि पछारे । नेहा भुइँको बन्दुक टिप्न अगाडि बढेदै थिइन् । समिरसँग अब लुक्ने वा भिड्ने समय थिएन । उनले आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि रहेको सिसाको ठूलो झ्यालतर्फ दौडिएर हाम फाले ।

सिसाका टुक्राहरु छरपस्टिँदै समिर दोस्रो तलबाट तलको एउटा गुडिरहेको ट्रफको त्रिपालमा बजारिए । शरीरमा निलडाम र सिसाका चोटहरु भए पनि उनी जुरुक्क उठे र अँध्यारो गल्लीतर्फ दौडिए । मुसल धारे  पानीको उनको शरीरको रगत पखालिरहेको थियो, तर उनको मनमा लागेको चोट भने अझै ताजा थियो । समिर बाँच्न त बाँचे, तर उनको मासपटलमा एउटै प्रश्न खेलिरह्यो–जसलाई उनले आफ्नो मुटु सुम्पिएका थिए, वास्तवमा त्यो अपरिचित प्रेमिका को थिइन् र अब उनको जीवनको यो नयाँ युद्ध कसरी अगाडि बढ्ने छ ?

Comments

Popular Posts