रहर रहरै भयो
एक समय थियो जहाँ मलाई निकै लेख्न मन लाग्थ्यो । दिमागमा धेरै कथाहरु र सोचहरु आउथ्यो । आफू जस्तो कोही लेख्न सक्दैन जस्तो लाथ्ग्यो । आफ्ना साथीहरुले राम्रो लेख्छौ भन्दा म उत्साहित हुन्थे । पछि ब्लगमा लेख्न थाले । ब्लग पढ्नेहरुले कस्तो राम्रो लेखेको भनि प्रतिक्रिया दिन्थे । पछि समय बित्दै गयो मलाई उपन्यास लेख्न मन भयो । सबैले एक किताब भए पनि लेख्ने सुझाव दिएका थिए । सक्छु जस्तो लाग्यो । सन् २०१९ जनवरी १ बाट एउटा उपन्यास लेख्न थाले । नाम राखे “जवाफको खोजी ।” पूरा गर्न ६ महिनादेखि ८ महिना जस्तो लाग्यो । ब्लगमा त पोष्ट गरे तर छाप्न आँट गरिन । सोचे कि केही न केही पूरा भएको छैन । पछि अडियो उपन्यासको रुपमा आयो । बिनिशा सापकोटाजीले वाचन गर्नु भएको थियो । सुन्नेले धेरै राम्रो छ भन्नुभयो । धेरैले आफ्नो कथा लेखेको हो भनि सोध्नु भएको थियो । कहि गएको छ ।
“जवाफको खोजी” अङ्ग्रेजी ‘IN SEARCH OF ANSWER’ थियो । छोटो कथा थियो । तीनवटा भागहरु थियो । पढ्नेहरुले कस्तो राम्रो भनेका थिए । पछि नेपालीमा अनुवाद पनि गरे । पछि सन् २०१८ मा केही महिना अमेरिकामा बसे । त्यही क्रममा एक नेपालीसँग भेट भयो । उहाँले मेरो ब्लग पढ्नु भएको थियोे । अनि उहाँले नै मलाई लेख्न सक्नु हुन्छ भनि उत्साहित गराउनु भएको थियो । लेखिसकेपछि छाप्न मन लागेन । सोचे कि मानिसहरुले मन पराउदैनन् । होस् बोरु । पछि समय बित्दै गयो । उपन्यास छाप्ने दिमागबाट हरायो । हुन त ५ वटा अडियो उपन्यासहरु आइसकेको छ । प्राय आफ्नै कथाहरु लेखेको छु वा आसपासमा भएको विषयमा छन् ।
“जवाफको खोजी” लेखिसकेपछि मलाई लामो कथा लेख्न जाँगर चल्न थालेको हो । त्यस पश्चात राम्रो तर थोरै लेख्ने योजना बनाए । आजकाल थोरै नै लेख्छु । जति समय बित्दै जान्छ पहिलाको जस्तो सोच आउँदैन । त्यसको साथ साथै, अहिलेको समयमा मानिसहरुले किताबहरु त्यति पढ्दैन जस्तो लाग्छ । छापे पनि पछि छाप्छु । अहिले जे छ त्यसैमा ठीक छु जस्तो लाग्छ ।
Comments
Post a Comment