राजकुमारी

मेरो जन्म वि.संं २०३० असोज महिनामा, शुक्रबारको दिन भएको थियो । दशैको समयमा जन्मेको थिए । बिहानको ७ः०० बजे जन्मेको थिए । मेरो जन्म ठाउँ चाँहि तेहथुम पौठाकमा भएको हो । धेरै दुर्गम ठाउँ थियो । अहिलेको जस्तो सुविधा थिएन खास गरि अस्पताल । मेरी आमाले मलाई घाँस काटेर घर फर्केने क्रममा पाउनु भएको रे । बुवा घरमा लक्ष्मीको आगमन भयो भनेर धेरै खु्शी हुनुभएको थियो र मेरो नाम सोफि राखिदिनुभयो । म घरकी माइली छोरी हूँ । मेरी जेठी दिदी अस्मिता र मेरो दुई वर्षको फरक छ । मेरी कान्छी बहिनी र मेरो चाँहि डेढ वर्षको फरक छ । 

मलाई देखेपछि घर छिमेकीहरुले धेरै तारिफ गर्थे । मेरो अनुहार राम्रो थियो रे । मिठो जस्तै सेती र अनुहार मिलेको । रुन न त म रुन्थे तर रुनेभन्दा म मुस्कुराउथे । कति राम्रो मुस्कान भन्थे । मलाई हेर्ने आउनेले मलाई राजकुमारी भन्थे । 

हामी तीनै जना छोरीलाई बुवाले धेरै माया गर्नु भएको थियो । छोरालाई गर्ने माया पनि हामीलाई नै गर्नु भएको थियो । बुवाको नाम टकं प्रसाद शर्मा हो र उहाँ नेपाली विषय पढाउनु हुन्थ्यो । विद्यालयको नाम अरनिको माध्यमिक अङ्ग्रेजी विद्यालय थियो । बुवा आफू पढे लेखेको भएर होला छोरीहरुलाई पढाउनुपर्छ भन्ने सोच थियो । 

घरमा बुवा र आमाको साथ साथै हजुरबुवा र हजुरआमा हुनुुहुन्थ्यो । त्यसको साथ साथै दुई जना काकाहरु हुनु हुन्छ । काकाहरुको साथ साथै तीन जना फुपूहरु हुनु हुन्छ । बुवा घरको जेठो छोरो हुनु हुन्छ । बुवा पछि जेठी फुपू जन्मिनु भयो । त्यसपछि दुई जना काकाहरु र त्यसपछि दुई जना फुपूहरु । ८ जना छोरा छोरी हुनु पर्ने तर दुई जना सन्तान जन्मेको केही दिनमै बिते । 

मेरो बुवाले नेपाली भाषामा मास्टस् सक्नु भएको थियो । जेठी फुपूले स्नातक डिग्री नेपालीम भर्खर सक्नु भएको थियो । जेठो काकाले चाँहि स्नातक डिग्री दोस्रो वर्षमा हुनुहुन्थ्यो । उहाँले अङ्गे्रजी विषय पढ्दै हुनु हुन्थ्यो । अर्को काकाले चाँहि १२ पढिसक्नु भएको थियो र नतिजाको प्रतिक्षामा हुनु हुन्थ्यो । माहिली फुपू कक्षा १० सक्नु भएको थियो र कान्छी फुपू कक्षा ८ सक्नु भएको थियो । हजुरआमाले त फुपूहरुको विवाह गराइ दिनुपर्छ भन्नु भएको थियो तर मेरो बुवाले मान्नु भएको थिएन । आफूले छिटो विवाह गर्नु भएको थियो त्यो पनि हजुरआमाको जिद्धीपनले । सम्झाउदा पनि माग्नु भएको थिएन । १८ वर्षमा विवाह गर्नु भएको थियो । विवाह पछि शिक्षालाई निरन्ता दिनुभएको थियो । आमाले साथ दिनु भएको थियो । आफूले छिटो विवाह गरेर पढाइ राम्रोसँग पढाउन आफै जिम्मा लिनु भएको थियो । 

अरुको हेरिकन हाम्रो जग्गा जमिन थियो र अरुको तुलनामा खानाको त्यति समस्या थिएन तर धेरै काम गर्नु पर्ने । बिहान ५ः३० बजे नै उठिसक्नु भएको थियो । उठिसकेपछि सबै जनाले पाठ पूजा गर्नु हुन्थ्यो र पाठ पूजा सकिएपछि बुवा र काकाहरु खेतमा काम गर्नु हुन्थ्यो । फुपूहरु चाँहि घाँस काँटेर आउनु हुन्थ्यो । आमा चाँहि खाना पकाउनु हुन्थ्यो तर कहिले काही घाँस पनि काट्नु हुन्थ्यो । बुवा र काकाहरु छुट्टी  भएकाले घरको काममा सहयोग गर्नु हुन्थ्यो । 

................................................................................................................................................................

चैत्रको अन्तिम हप्ताको समय थियो । बेलुकाको ७ः०० बजेको थियो । हाम्रो खाना खाने समय थियो र प्राय खाने समयमै कुरा हुन्थ्यो । सबै जनलाई खाना पक्सिसक्नु भएको थियो र आमाले सबैलाई बोलाउनु भयो । सबै जना आइसकेपछि हजुरआमाले भन्नुभयो, “अब त ठूली छोरीको पढाइ पनि सकियो । छोरीको विवाहको लागि कुटुम्महरु आइरहेका छन् । यो घरका मान्छेहरुलाई वास्ता नै छैन । छोरीहरुको विवाह छिट्टै गराइदिनुपर्छ ।” आमा रिसाउदै भन्नु भयो ।

बुवाले बहिनीलाई हेर्दै भन्नुभयो,“हेर छोरी । राम्रो केटा छन् । धरानमा सरकारी विद्यालयमा पढाउछन् त्यो पनि अङ्ग्रेजी । राम्रो परिवारका छन् । बिहे गछौ ?”

फुपू दिदी चाँहि मौन हुनु हुन्थ्यो भने मैले बुवालाई हेर्दै भने,“बिहेपछि पढाउछस् कि पढाउदैनन् ? जागिर गर्न दिन्छन् ?”

“पढाउन दिन्छन् र जागिर गर्न पनि दिन्छन् । मैले सबै बुझेर आएको छु ।” बुवाले भन्नुभयो । 

“बहिनीले हुन्छ भन्नु अगाडि म एकचोटि भेट्छु र कुरा गर्छु ।” मैले भने ।

“हुन्छ । केटा र केटाको परिवार यहि आएका छन् । भोलि भेट्न जाऊ ला ।” हजुरबुवाले भन्नुभयो । 

“हुन्छ ।” बुवाले भन्नुभयो । अनि सबै जना खाना थाल्यौ । 

भोलिपल्टको कुरा हो । बिहानको खाना खाइसकेपछि म, बुवा र हजुरबुवा निस्किनुभयो । केही घण्टापछि आउनुभयो । हजुरबुवा र बुवा आइसकेपछि हजुरआमाले भन्नुभयो,“छोरा, तिमीले के निर्णय गरौ त ?”

“मलाई राम्रो त लाग्यो तर मास्टस् सके हुन्थ्यो ।” 

हजुरआमा रिसाउनु भयो र भन्नुभयो,“यो छोरो पनि के भन्छ, भन्छ ? धेरै पढाउनु हुँदैन रहेछ छोरा छोरीलाई ?”

पछि बुवाले फुपू दिदीलाई सोध्नु भयो र दिदीले हुन्छ भन्नु भए छ । अनि बैशाखका अन्तिमको हप्तामा फुपू दिदीको कुरा निस्कियो । परिवारले तयारी पनि सुरु भयो र हेर्दा हेर्दै फुपू दिदीको विवाह भयो । 

हेर्दा हेर्दै म ६ वर्षको भए । बहिनी मनिषा डेढ ४ वर्षको भइसकेकी थिइन् र दिदी विद्यालय जान थाल्नु भएको थियो । उहाँ कक्षा ३ पढिसक्नु भएको थियो । त्यही क्रममा, ठूलो काका र माइली फुपूको विवाह भएको थियो । एक महिनाको फरकमा विवाह भएको थियो । 

चैत्रको महिना थियो । बेलुकाको समय थियो र हामी सबै जना खाना खाँदै थियौ । त्यही क्रममा, बुवाले भन्नुभयो,“अब बैशाख महिना सुरु हुन दुई हप्ता बाँकी छ । अब सोफिलाई कक्षा १ भर्ना गर्नु पर्छ । दिदी र बहिनीसँगै बहिनी जाने ।” बुवाले मलाई हेर्दै भन्नुभयो ।  

म खुशी हुँदै भने,“म पनि अब स्कूल जाने ।” 

“बुवा, म चाँहि कहिलेदेखि जाने ?”बहिनीले भनिन् ।

“अर्को वर्षदेखि कान्छी छोरी पनि जाने ।” बुवाले मुस्कुराउदै भन्नुभयो । 

“अब मेरो स्कूलको नयाँ लुगा, झोला, जुत्ता र किताबहरु आउँछन् ।” म खुशी हुँदै भने । 

हामी सबै जना खाइसकेपछि आ–आफ्नो काममा व्यस्त भयौ । म चाँहि बुवाको कोठामा गए । उहाँ किताब पढ्दै हुनुहुन्थ्यो र म उहाँको छेऊमा गए । मलाई देखेर बुवा मुस्कुराउनु भयो र हातमा भएको किताब छेउमा राख्नु भयो । 

अनि मलाई हेर्दै भन्नुभयो,“तिमीलाई के भयो छोरी ?”

“विद्यालय जाने भने पछि म खुशी छु ।”

“हो ?”

“हो । विद्यालयमा के गर्छन् र के हुन्छ ?”

“विद्यालय पुग्न हाम्रो घरबाट डेढ घण्टा लाग्छ । मास्टर साबले पढाउनु हुन्छ । साथीहरु प्नि हुन्छन् । मास्टर साबले पढाएको ध्यान सुन्नु र मिहिनेत गरेर पढ्नु ।”

“खेल्न पाइन्छ कि पाइैन ?”

“पाइन्छ ।” बुवा मुस्कुराउदै भन्नुभयो । 

“मलाई त तपाईले बोकेर विद्यालय पु¥याउनु पर्छ नि ।”

“हुन्छ । अब सुत्नु पर्छ छोरी ।”

“हुन्छ तर आज म तपाईसँग सुत्ने ।”

बुवाले मुस्कुराउदै हुन्छ भन्नुभयो । म चाँहि विद्यालयको दूनियाँमा हराउन थाले । म धेरै खुशी भएको थिए । म केही समयमा सुते भने बुवा किताब पढ्न थाल्नु भयो । आमा चाँहि भान्सामा काम गर्दै हुनुहुन्थ्यो भने हजुरआमा र बा कोठामा हुनुहुन्थ्यो । काकाहरु गलेर सुत्नु भएको थियो र फुपूहरु आमालाई सहयोग गर्दै हुनु हुन्थ्यो । 

हामीलाई बुवाले अङ्ग्रेजी र नेपाली वर्णमाला सिकाउनु भएको थियो । हामीलाई वाक्य लेख्न पनि सिकाउनु भएको थियो । त्यसको साथ साथै राइमहरु सिकाउनु भएको थियो । त्यसैले बुवाले दिदी र मलाई सिधै कक्षा १ मा भर्ना गरिदिऊ भएको थियो । 

हेर्दा हेर्दै अर्को वर्ष आयो । वैशाखको १० गते विद्यालय जाने भनि म खुशी भएको थिए । वैशाख १० गते आउन दुई दिन अगाडिको कुरा हो । साँझको समय थियो । त्यही क्रममा, बुवा भान्सामा आउनु भयो र भन्नुभयो,“अब माइली छोरी पर्सिबाट विद्यालय जाने भइन् । मैले जुत्ता, लुगा, झोला र किताबहरु ल्याएका छु ।” अनि बुवा खाना खान थाल्नु भयो । 

म खुशी हुँदै भने,“मलाई कस्तो हेर मन छ ।”

“पहिला खाना खाऊ र म देखाउछु ।”

म हतारिदै खाना खान थाल्छु । म हतारिएको देखेर आमाले भन्नुभयो,“बिस्तारै खाउ छोरी । कस्तो हतार गरेर खाएको ।”

“मलाई नयाँ जुत्ता र लुगा हेर्न मन छ ।” मैले ५ मिनेटमै खाना खाएर बुवाको कोठामा गए । खाटको छेऊमा झोला थियो र मैले हतारिदै झोला हेरे । कालो जुत्ता र निलो रङ्को सर्ट र फ्रश थियो । मैले लुगा र जुत्ता लगाए । लगाइसकेपछि म धेरै खुशी भए र म बुवा र आमा भएको ठाउँमा गए । म बुवा र आमा भएको ठाउँमा गए । म बुवा र आमाको नजिक गएर भने,“बुवा, मलाई कस्तो देखिएको छ ?”

“राम्रो देखिएको छ, मेरी छोरीलाई ।” बुवाले मुस्कुराउदै भन्नुभयो र बुवाले मलाई राम्रो देखिएको छ भन्दा म निकै खुशी भएको थियो र त्यसको साथ साथै मन फुरुग भएको थियो । मैले घरको सबैलाई देखाए । हजुरबुवा र हजुरआमाले राम्रो छ भन्नुभयो र मलाई माया गर्नुभयो । म झन् खुशी भए । फुपू दिदीले त मलाई राजकुमारी जस्तै देखेको छ भन्नुभयो । राजकुमारी भनेको के हो मलाई थाहा थिएन तर राम्रो होला भनि म धेरै खुशी भएको थिए । ऐना हेरे । मन रसाएको थियो । पर्सिदेखि विद्यालय, त्यो पनि नयाँ लुगा, जुत्ता, झोला र किताबसँग । अरु बच्चाहरु भएको भए विद्यालय जान मादैन थिए होला तर मेरो बुवाको कारण विद्यालय प्रति सकरात्मक सोच थियो । 

वैशाख १० अर्थात् मेरो विद्यालयको पहिलो दिन । म आज अरु दिनभन्दा छिटो उठे । बिहानको ५ः३० बजेतिर उठे । उठेर शौचालय गए । केही क्षणपछि म शौचालयबाट निस्के । अनि भान्सामा गए । आमा हुनु हुन्थ्यो । मलाई देखेर मुस्कुराउनु भयो र भन्नुभयो,“आज तिम्रो विद्यालयको पहिलो दिन । म खाना पकाइसकेपछि तिमीहरुलाई बोलाउछु । विद्यालय जानको लागि तयारी गर ।”

“हुन्छ, आमा ।” म खुशी हुँदै आफ्नो कोठामा गए । नयाँ झोलामा किताब र कपीहरु हाल्न खोज्दै थिए र त्यही क्रममा, जेठी दिदी आउनुभयो र भन्नुभयो,“सोफि, म किताब र कपीहरु झोलामा हाल्दि छु ।” उहाँले मुस्कुराउदै भन्नुभयो । 

“हुन्छ ।” म पनि मुस्कुराए । उहाँले नै मेरो झोलामा किताबहरु र कपीहरु राखिदिनुभयो र लुगा पनि लगाइदिनु भयो । अनि हामी दुवै जना तयार भयौ । त्यही क्रममा, आमाले हामीलाई बोलाउनु भयो र हामी खान थाल्यौ । म चाँहि खुशी हुँदै खाना खाँदै थिए । मलाई हजुरबुवाले हेर्दै भन्नुभयो,“हाम्री नातिनी विद्यालय जाने भनेपछि कति खुशी भएकी ।”

हामी सबै जना मुस्कुरायौ र मैले भने,“विद्यालयमा त साथीहरु हुन्छन् र खेल्न पाइन्छ ।”

“राम्रोसँग पढ्नु ।” हजुरबुवाले भन्नुभयो । 

“हस् ।”

“अहिले पेटभरि खानु । विद्यालयमा खान पाईन्छ कि पाइदैन । दिउँसो बुवाले तिमीहरुलाई घरमा ल्याउन पाउनु हुन्छ कि हुन्न ।”

हामी तीनै जनाले खाना थपेर खायौ । खाइसकेपछि म र दिदी बुवासँगै गयौ । हामी ७ः३० बजे नै निस्कियौ । म बिचमा थिए । मैले बुवा र दिदीको हात समातेर  हिड्न थाले । हिड्दा हिड्दै म थाके । थाकेको थाहा पाएर बुवाले भन्नुभयो,“मेरी छोरी थाकेकी जस्तो छ । म छोरीलाई बोक्छु ।” अनि बुवाले मलाई बोक्नु भयो । कति लामो बाटो रहेछ । लामो बाटो भएर मैले बुवालाई भने,“बुवा, कति लामो बाटो ? कहिले पुगिन्छ ?”

“अब छिट्टै पुगिन्छ । म मेरी छोरीलाई छिट्टै पु¥याउछु ।” बुवाले मुस्कुराउदै भन्नुभयो । त्यही क्रममा,बुवाले दिदीलाई हेर्दै भन्नुभयो,“छोरी, तिमी पनि थाक्यौ होला । म तिमीलाई बोक्छु ।”

“पर्दैन बुवा । बहिनी सानी छ । बहिनीलाई नै बोक्नुहोस् । म हिड्न सक्छु ।” दिदीले मुस्कुराउदै भन्नुभयो । दिदीले मलाई माया गर्नु हुन्थ्यो । ९ः०० बज्न ५ मिनेट अगाडि नै विद्यालय पुग्यौ । बुवाले कक्षा १ को कोठा देखाउनु भयो ।  त्यसपछि हामी लाइनमा बस्यौ । राष्ट्रिय गाना गाइसकेपछि दिदी आफ्नो कक्षामा जानुभयो र म आफ्नो । कहि न कहि मन अर्को भएर आयो । 

जब कक्षामा छिरे मलाई घरको याद आयो । आमा, हजुरबुवा, हजुरआमा, काकाहरु, फुपूको याद आयो । गाई वस्तुको याद आयो । एक्कासि मेरो आँखा रसाउन थाले र घर जान मन लाग्यो । त्यही क्रममा, सर कक्षामा छिर्नु भयो । उहाँको नाम रामेश्वर शर्मा थियो र उहाँले नेपाली विषय पठाउनु हुन्थ्यो । उहाँ कक्षा छिर्ने बित्तिकै हामीलाई अभिवादन गर्नु भयो र आफ्नो परिचय दिनुभयो । आफ्नो परिचय दिइसकेपछि हाम्रो परिचय सुरु भयो । म बायाँको बिचमा बसेको थिए । दायाँको परिचय सकेपछि बायाँको सुरु भयो । केही क्षणपछि मेरो पालो आयो । म मौन नै थिए । उहाँले मलाई हेर्नुभयो र भन्नुभयो,“नानी, तिमीलाई के भयो ? किन नबोलेको ? अनि तिमी रोएको हो ?”

“मलाई घर जान मन छ ।” म भावुक हुँदै भने ।  

“कक्षा सक्किएपछि घर जान पाइन्छ ।” सरले भन्नुभयो । 

“बुवा यहि विद्यालयमा पढाउनु हुन्छ । म उहाँसँग जाने । मलाई उहाँ भए ठाउँमा पु¥याइदिनु न ।”

“तिम्रो बुवाको नाम के हो ?”

मैले आफ्नो बुवाको नाम भने र उहाँले मलाई बुवा भएको ठाउँमा लिएर जानु भयो । बुवालाई अँगाले । मलाई देखेर अचम्म पर्नु भयो र भन्नुभयो,“तिमी यहाँ ?”

“मलाई घरको याद आयो ।”

बुवाले मुस्कुराउदै भन्नुभयो,“सुरु सुरुमा यस्तै हुन्छ । पछि विद्यालयको बानी लाग्छ र घर जान मन लाग्दैन । तिमी त विद्यालय आउन खुशी थियौ त । एकास्सि के भयो ?”

“मलाई घरको याद आयो ।”

“नआति पढ । म छु । भरे सँगै घर फर्किनु पर्छ ।” उहाँले मलाई सम्झाउनु भयो र मलाई कक्षामा पु¥याउनु भयो । 

सरहरुले पढाउदै हुनु हुन्थ्यो तर मेरो भ्यान घरतिर नै थियौ । सरहरुले के पढाउनु भयो मलाई नै थाहा छैन । सिर्फ घरको यारमा डुबेको थिए । त्यही क्रममा, १२ बज्यो र खाजा खान भनि सबै खाना निस्किए । टाढा हुनेले खाजा ल्याउथे र नजिक हुने घर जान्थे । म र दिदीलाई बुवाले खाजा ल्याइदिनुभएको थियो । हामी तीनै जना खान थाल्यौ । खाजामा चिउरा थियो । खाजा खाने समय एक घण्टाको थियो । खाजा खाइसकेपछि बुवाले भन्नुभयो,“सोफि।, तिमी साथीहरुसँग खेल्न जाऊ । तिम्रो दिदी पनि साथ हुन्छिन् ।”

“हस् ।”

अनि हामी बुवाको अफिसबाट निस्कियौ र हामी खेल्न थाल्यौ ४५ मिनेटपछि घण्टी बज्यो । अनि हामी सबै जना कक्षामा गयौ । कक्षामा छिरेपछि सर आउनुभयो र सबै जनाले अभिवाद गयौ । सरको नाम विमल क्षेष्ठ थियो र उहाँले अङ्ग्रेजी पढाउनु हुँदो रहेछ । आफ्नो परिचय सकेपछि सरले भन्नुभयो,“आज कक्षा एकको पहिलो दिन । म तिमीहरुलाई कथा सुनाउछु ।” उहाँले अङ्ग्रेजीमा भन्नुभयो । कथा भन्ने बित्तिकै म धेरै खुशी भएको थिए किनकि बुवाले धेरै कथाहरु सुनाउनु हुन्थ्यो । 

सरले कथा खरायो र कछुवाको सुनाउनु भयो जुन मलाई बुवाले पहिले सुनाउनु भएको थियो । सरले सुनाएको त राम्रो थियो तर बुवाले सुनाएको झन् राम्रो थियो । उहाँले सुनाउदा कथाको कल्पना गर्थे तर सरले सुनाउदा कथामा डुबेको थिइन । 

हेर्दा हेर्दै ४ बज्यो र विद्यालय छुट्टी भयो । बुवाको अफिसमा जानु अगाडि नै बुवाले म र दिदीलाई कुरेर बस्नु भएको थियो । म बुवालाई देखेर खुशी हुँदै उहाँको नजिक गए र बुवा पनि मलाई देखेर खुशी हुनु भएको थियो र मलाई बोक्नु भयो । केही क्षणपछि, दिदी आउनुभयो र हामी घरतिर लाग्यौ । 

बुवाले हामीलाई बाटोमा हिड्दा हिड्दै सोध्नु भयो,“आज मेरी छोरीहरुको विद्यालयमा दिन कस्तो भयो?”

“राम्रो भयो बुवा । सरहरुले कथाहरु पनि सुनाउनु भयो ।” दिदीले भन्नुभयो । 

“मलाई पनि अङ्ग्रेजी पढाउने सरले कथा सुनाउनु भयो ।” मैले खुशी हुँदै भने । 

“हो र ?”

“खरायो र कछुवा तर तपाईले सुनाएको जस्तो थिएन ।”

“हो र?” बुवाले मुस्कुराउदै भन्नुभयो । 

“हो ।” मैले भने । अनि हामी तीनै जना गफ गर्दै घर पुग्यौ । 

घर पुग्ने बित्तिकै लुगा फेरेर खुट्टा धुन बाहिर निस्किए । खुट्टा धुदै गर्दा आमा घाँस बोकेर आउनुभयो र घाँस पिडीममा राखेर भन्नुभयो,“विद्यालयबाट आएछौ । खाजा खायौ ?”

“छैन ।” मैले भने । 

“भोकाएर आएका होला । म पकाइ हाल्छु ।”

“हुन्छ ।”

खाजा पाकिसकेपछि आमाले हामीलाई बोलाउनु भयो । अनि हामी भान्सामा छि¥यौ । खाजामा दूध, केरा र चिउरा । चिउरा देखेपछि दिदीले भन्नुभयो,“ आज दिउँसो पनि चिउरा, अहिले पनि चिउरा । कति खानु चिउरा ? यो घरमा मासु पाक्दैन ?” दिदीले रिसाउदै भन्नुभयो । 

“घरमा जे छ त्यही खाऊ न । यो छोरीलाई खाना कति मिठो चाहिन्छ ।” आमा पनि रिसाउदै भन्नुभयो । 

“म यो खान्न ।” दिदीले भन्नुभयो ।

“कस्तो होला ? जे छ त्यही खाने हो । हामीले त कहाँ खान पाउनु हो ?” आमा फेरि रिसाउदै भन्नुभयो । 

दिदी खाने कुरामा धेरै अप्ठ्यारो । हत न पत उहाँलाई सबै कुराले चिन्त बुझ्दैन थियो । त्यही क्रममा, बुवा भान्सामा आउनुभयो र भन्नुभयो,“के को हल्ला हो ?”

“तपाईको छोरीलाई कति मिठो खानु पर्ने ।”

“अस्मिता, तिमीलाई किन खान मन भएन ?”

“आज दिउँसो चिउरा र अहिले पनि । त्यसैले खान मन भएन । मलाई मासु खान मन छ ।” दिदीले मुख बिगा्रदै भन्नुभयो ।

“मेरी छोरीलाई मासु खान मन लागेको हो ?”

“हो ।”

“मलाई पनि ।” मैले भने ।

“अहिले जे छ त्यही खाऊ । मासु पछि खाऊ ला ।”

“कहिले ?”

“आउने शनिबार ।”

“साँच्चि ?”

“साँच्चि ।”

अनि दिदी र मैले चिउरा खान थाल्यौ र आमाले भन्नुभयो,“तपाईले धेर माया गर्नु हुन्छ । धेरै मात्तिएलान् ।”

“मात्तिदैनन् । मात्तिए मात्तिइयोन् ।” बुवा मुस्कुराउनु भयो । बुवाले हाम्रो कुरा बुझ्नु भएको थियो र बुझाउदा राम्ररी बुझाउनु हुन्थ्यो । 

समय बित्दै गयो । मलाई घरभन्दा विद्यालय मन पर्न थालेको थियो । मलाई विद्यालयमा सबैले माया गर्नु हुन्थ्यो । सरको छोरी भनेपछि सबैले माया गर्ने र बोक्ने गर्नु हुन्थ्यो । त्यसको साथ साथै कति राम्ररी भन्नु हुन्थ्यो । राजकुमारी जस्ती भन्नु हुन्थ्यो । म मुस्कुराउथे । सरहरु र माडमहरुले माया गरेको देखेर म र मेरो मन फुरुङ्ख हुन्थ्यो । 

हेर्दा हेर्दै प्रथम परिक्षा सुरु भयो । बुवाले हामीलाई घरमा पढाउनु भएको थियो । परिक्षा घरमै लिनु भएको थियो । त्यसैले हामीलाई सजिलो भएको थियो । सात दिनसम्म परिक्षा चल्यो र राम्रो भएको थियो । हरेक दिन बुवाले हामीलाई परिक्षाको बारेमा सोध्नु हुन्थ्यो र प्रश्नहरु बारे छलफल पनि गथ्यौ जसले गर्दा सुधारको लागि राम्रो भएको थियो । परिक्षाको अन्तिम दिन म निकै खुशी भएको थिए । केही दिनहरुको लागि विद्यालय छुट्टी हुने भएको थियो । म खुशी हुँदै घर फर्किएको थिए । 

मैले दुई दिनमै गृहकार्य सके । दिउँसोको समय थियो र घाम चर्को थियो । त्यही क्रममा, म बाहिर खेल्नको लागि निस्के ।  म पाचँ मिनेटपछि मैले एउटा केटालाई देखे जो मेरै उमेरको थियो । उनी एक्लै खेल्दै थिए । मैले उनलाई कहिले देखेको थिइन । म उनको नजिक गए र मुस्कुराए । उनले पनि मलाई देखेर मुस्कुराए । त्यही क्रममा, अरुहरु पनि आए । मेरा दुई जना साथीहरु थिए ः निशा र दुर्गा । मलाई देखेर दुवै जना मुस्कुराए र म पनि । 

“सोफि, एक्लै कहाँ गएको ?”

“खेल्न ।”

“आऊ हामीसँग खेल्न । पवन तिमी पनि आऊ । ”

“हुन्छ ।”

उनको नाम थाहा पाए र पवन मेरो घरको दुई घरपछिको घरमा बस्दा रहेछन् । दस मिनेटपछिको दूरीमा एउटा ठूलो चऊर थियो । हामी ६ जना त्यही बल खेल्न थाल्यौ । त्यस्तो चर्को घाममा पनि म खेल्दै थिए र केही क्षणमा म गले छु र मैले निशालाई भने,“म एकछिन बस्छु नि ।”

“हुन्छ ।”

अरु साथीहरु चाँहि खेल्दै थिए । केही क्षणपछि दिदी आउनु भयो । मेरो नजिक आएर मलाई कराउनु भयो,“कस्तो नभनिकन हिडेकी ? कता चाँहि खोजिन मैले ? तिम्रो कारणले मैले गाली खाए । आमाले नराम्रोसँग गाली गर्नु भयो ।”

“एकछिन म यही बस्छु नि ।”

“होइन, अब त घर जाऊ ।”

“मलाई घर जानै मन छैन ।” मैले मुख बिगा्रदै भने । 

“हिड घर ।” दिदी रिसाउदै भन्नुभयो । अनि मलाई जर्बरजस्ती तानेर घर लिएर जानुभयो । 

घर पुगेपछि आमाले भन्नुभयो,“तँ कता गएकी थिइस् ? भनेर जानु पर्दैन । हामी कति आत्तिएका थियौ । फेरि किन एक्लै गएकी ?” आमा रिसाउदै भन्नुभयो । 

म केही बोलिन र हात खुट्टा धुन थाले । आमा र दिदी भित्र छिर्नु भयो । भित्र कान्छी बहिनी आमालाई भोक लाग्यो भन्दै थिइन् । दिदी चाँहि पढ्न थाल्नु भयो । दिदीलाई धेरै पढ्नु पर्ने । पढ्न पाएपछि केही चाहिदैन । मलाई चाँहि खेल्न पाएपछि केही चााहिदैन । अनि म भान्सामा गए र आमालाई हेर्दै भने,“आमा, भोक लाग्यो ।”

आमाले चिउरा, दूध र केरा दिनुभयो । हाम्रो घरमा प्राय ः चिउरा हुन्थ्यो । खाँदा खाँदा वाक्क हुने । अनि चिउरा देखेर खान मन भएन । चिउरा हेरिरहे । मैले चिउरालाइृ हेरिरहेको देखेर आमाले भन्नुभयो, “किन त्यसरी टोलाएकी ?”

“कति चिउरा मात्र खानु,आमा ?” मैले मुख बिगा्रदै भने । 

“घरमा जे छ त्यही खान किन नसकेको हो, मेरा चाँहि छोरीहरुले ।” आमाले रिसाउदै भन्नुभयो र आफ्नो काम गर्न थाल्नु भयो । बहिनी चाँहि चुप लागेर खाँदै थिइन् । 

बुवा गाईवस्तु भएको ठाउँममा हुनु हुन्थ्यो र म पनि बुवाको पछि लागेको थिए । बुवा गाईवस्तुलाई घाँस दिँदै हुनु हुन्थ्यो । घाँस खुवाउँदै भन्नुभयो,“आज मेरी छोरी गाईवस्तुमा ?” उहाँले मुस्कुराउदै भन्नुभयो । 

“मैले गृहकार्य सकिसके । मसँग खेल्ने साथी पनि छैन । दिनभर के गर्ने बुवा ?”

“एकछिन भए पनि पढ ।”

“अनि त्यसपछि के गर्ने ?”

“बुवा र आमासँग बसेर गफ गर ।”

“हजुरबुवा र आमासँग के गफ गर्नु ?”

बुवा मुस्कुराउनु मात्र भयो । म बुवासँगै थिए । घाँस थोरै भए पनि बुवालाई दिन्थे । केही क्षणपछि आमाले हामीलाई खाना खान बोलाउनु भयो । अनि बुवा र भान्सामा गयौ । आज चाँहि मासु थियो । दिदी र म धेरै खुशी भएका थियौ । विशेष गरी दिदी खुशी हुनु भएको थियो र खुशी हुँदै दिदीले भन्नुभयो,“आज त मासु रहेछ । आज खाना धेरै खाने ।”

हामी दुई जनाले खाना थपेर खायौ । हामीले थपेर खाएको देखेर खुशी हुनु भएको थियो । त्यसको साथ साथै हजुरबुवाले भन्नुभयो,“हाम्री नातिनीहरुले मासु भनेपछि धेरै खाना खाँदा रहेछन् ।” सबै जना मुस्कुराउनु भयो । मैले खाना खाएपछि हतारिदै बाहिर निस्किए । म हतारिएको देखेर आमाले भन्नुभयो,“हतारिदै कता गएकी ?”

“खेल्न ।”

म हतारिदै निस्के र बाटामा पवन भेटिए । त्यही क्रममा, मेरो दिदी आउनुभयो । हामी एक अर्कोलाई देखेर मुस्कुरायौ र पवनले भने,“हामी खेल्न जाऊ न ।”

“हुन्छ ।”

अनि हामी तीनै जना खेल्न गयौ । सधै खेल्ने चऊरमा गयौ । सुरुमा त हामी तीन जना थियौ । बिस्तारै अरु साथीहरु प्नि आउन थाले । हामी १२ जना भयौ । बल खेल्दै थियौ र त्यही क्रममा, रामले दगुर्दै क्रममा, म लडे र म रुन थाले । मेरो हात र खुट्टाबाट रगत आयो । मेरो नजिक सबै आए । मेरो नजिक आएर दिदीले मलाई अगाल्नु भयो र भन्नुभयो,“नरोऊ । कहाँ दुख्यो ?”

मैले दुखेको ठाउँ देखाए र दिदीले हेर्नु भयो । रामले मेरो नजिक आएर माफी मागे र भने,“मैले जानि जानि गरेको होइन ।”

राम हामी दुवै जनाभन्दा जेठा थिए । हामी पढ्ने विद्यालयमा पढ्थे । दिदीले रामलाई रिसाएर हेर्नु भयो तर भन्न चाँहि केही भन्नू भएन । उहाँले मलाई उठाउनु भयो र बोकेर घर लग्नु भयो । घर लगेर घाउ सफा गरिदिनु भयो । धन्नले घरमा हामीलाई कसैले देखेनन् । सफा गरिसकेपछि दिदीले भन्नुभयो,“यस विषयमा घरमा कसैलाई नभन्नु र खेल्न नजाऊ । काही जानु प¥यो भने मलाई लिएर जानु ।”

मैले टाउको हल्लाएर हुन्छ भने । यस विषयममा कसैलाई थाहा नै भएन । त्यसको साथ साथै दिदीले भनेको कुरा म कहाँ माग्थे त । दुई ÷तीन त घरमै बसे तर जब घाउ निको हुँदै गयो तब म घरमा बस्न छाडे । कहिले चौतारमा जान्थ्यौ, कहिले खोलामा त कहिले जङ्खलतिर ।

जङ्खलतिर जाँदा केटाहरु रुख चढ्थे । उनीहरु चढेको देखे मलाई चढ्न मन लाग्थ्यो । एक दिन त अति भयो भनेर म रुख चढ्न प्रयास गरे । चढ्न के प्रयास गरेको थिए म रुखबाट लडे र रुन थाले । म रोएको देखेर मेरा साथीहरु मेरो नजिक आए । मेरो नजिक आएर के भयो भनि सोधे । मैले सबै कुरा व्यक्त गरे । अनि मेरो साथीहरुले मलाई घर पु¥याइ दिए । जब घरमा पुगे, आमा हुनु हुन्थ्यो । हामी सबैलाई देखेर आमा अचम्म हुनुको साथ साथै आत्तिनु भयो । अाित्तदै भन्नुभयो,“के भयो मेरी छोरीलाई ?”

मेरा साथीहरुले सबै कुराहरु व्यक्त गरे । आमा आत्तिनु भयो र काकाहरुलाई बोलाउनु भयो । आमाले आत्तिदै बोलाएको सुनेर काकाहरु बाहिर आउनुभयो । काकाहरुले मेरो खुट्टा चलाइदिनु भयो र कहाँ दुख्छ भनि सोध्नु भयो र मैले दुखेको ठाउँमा देखाइ दिए । धन्नले खुट्टा भाँच्चिएको थिएन । काकाहरुले मलाई दुखेको ठाउँमा औषधी लगाइ दिनु भयो र कपडाले बााधि दिनु भयो । दुई हप्तासम्म म कहि निस्किन तर ती दुई हप्तामा बुवाले र हजुरबुवाले कथाहरु धेरै सुनाउनु भयो । त्यसको साथ साथै धेरै चित्रहरु बनाउन सिकाउनु भयो ।

साउनको सुरुको हप्तामा विद्यालय खुल्यो । एक महिना घरमा बस्दा विद्यलाय जान मन नै भएन । मेरो भाव नै बिग्रिसकेको थियो । खान खाने क्रममा, मलाई बुवाले याद गर्नु भएको रहेछ र भन्नु भयो,“तिमीलाई के भयो ?”

“विद्यालय जानै मन छैन ।” मैले आफ्नो अनुहार बिगा्रदै भने । 

“विद्यालय जानु पर्छ । पढ्नु पर्छ । लामो छुट्टी भएर तिमीलाई विद्यालय जान मन नभएको ।” बुवाले मुस्कुराउदै भन्नु भयो । उहाँले मलाई सम्झाउदै हुनु हुन्थ्यो । अनि खाना खाइसकेपछि हामी तीनै जना विद्यालय गयौ । अनि खाना खाइसकेपछि हामी तीनै जना विद्यालय गयौ । बुवाले हामीलाई फालै फालो बोकेर विद्यालय लग्नु भयो । लामो बाटो हिडेर जाँदा धेरै गले छु । कहिले काँही गलेर निद«ा लाग्थ्यो र कक्षामा पढाएको केही बुझ्दिन थिए । केही नबुझेको घरमा बुवालाई सोध्थे र बुवाले मलाई राम्रोसँग बुझाउनु हुन्थ्यो । 

दुई हप्तापछिको कुरा हो । पहिलो परिक्षाको नतिजा आयो । दिदी प्रथम हुनु भएको थियो भने दोस्रो भएको थिए । सबै जनाले बुवा शिक्षक भएका कारण प्रथम र दोस्रो भएका भन्थे । हुन पनि हो । बुवाले हामीलाई घरमा पढाउनु हुन्थ्यो । उहाँले राम्ररी बुझाउनु हुन्थ्यो । नबुझेसम्म बुझाउनु हुन्थ्यो । 

मभन्दा पनि दिदी धेरै मिहिनति । त्यसको साथ साथै एक चोटि भनेपछि सम्झिनु हुन्थ्यो । दोस्रो पटक भन्नु पर्दैन थियो । मलाई चाँहि दोस्रो चोटिसम्म भन्नु पथ्यो तर सबै विषयमा चाँहि होइन । साहित्य र हिसाबमा मलाई एक चोटि भनेपछि बुझ्थे । अङ्ग्रेजी त मेरो मन पर्ने विषय थियो । 

समय बित्दै गयो । मेरो पढाइ राम्रो हुँदै गएको थियो । त्यसको साथ साथै बहिनी पनि विद्यालय जान थालेकी थिइन् । हामी चार जनासँगै विद्यलाय जान्थ्यौ । बुवाले हामी तीनै जनालाई पाल्लै पिल्लो बोक्नु हुन्थ्यो र विद्यालय नपुगुजेल हामीलाई कथाहरु सुनाउनु हुन्थ्यो । हामी तीन जना मध्ये बहिनीलाई बोक्नु पथ्यो । सानी पनि र धेरै गल्थि पनि । बुवाले बोकेको केही समयमै निदाउथिन् । विद्यालय गएको एक महिनासम्म बहिनी रोएकी थिइन् । मभन्दा पनि बहिनी जेठी दिदीसँग मान्थिन् । दिदीसँग धेरै नजिक थिइन् । बुवाले भन्दा पनि दिदीले सम्झाउदा मान्थिन् । 

म जति जति ठूली हुँदै गए, त्यति नै ममा परिवर्तन आएको थियो । जति ठूली हु्््ँदै गए, त्यति नै मलाई राम्ररी भन्थे र मेरो पढाइ पनि राम्रो हुँदै गएको थियो । ममा केको घमण्ड थियो मलाई नै थाहा थिएन । म कोहीसँग मिल्दिन थिए । सबैसँग झगडा पथ्यो । झन् दिदीसँग धेरै झगडा पथ्यो । दिदी धेरै सोझो हुनु हुन्थ्यो । म झगडा गर्न जाँदा पनि केही भन्नु हुन्न थियो । सानो कुरामा पनि झगडा गर्थे । बुवाले अलिकति बढि दिदीलाई समय दिनुभयो भने रिसाउथे । मलाई वास्ता गरेनन् भने झगडा गर्न जान्थे । कसैले दिदीलाई राम्ररी भनेर तारिफ गरे भने मलाई रिस उठ्थ्यो र दिदीसँग नबोलिकन बस्थे । विचरा दिदीले मलाई पकाउन आउनु हुन्थयो तर म बोल्दिन थिए । उहाँले कहिले पनि रिस गर्नु भएन र सधै हाँसि रहनु हुन्थ्यो । 

...........................................................................................................................................................

दिदीको कक्षा ७ सकियो । हामी पढ्ने विद्यालयमा कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो । साँझको समय थियो । खाना खाइसकेका थियौ । सबै जना कोठामा गफ गर्दै थियौ । त्यही क्रममा, बुवाले भन्नुभयो,“जेठी छोरीको कक्षा ७ सकियो । यहाँ अरु विद्यालयहरु छेनन् । धरानमा विद्यालय बुझिसकेको छु । आफन्त पनि छन् । कुरा गरेर धरान पढाउछु ।”

त्यही क्रममा, हजुरआमाले भन्नुभभयो,“जति पढिसके सकि अब किन पढाउनु प¥यो ? जति पढाए पनि एक दिन बिहे गरेर जानु पर्छ । किन पढाउनु प¥यो ?”

हजुरआमाले अब दिदीको बिहे गर्नु पर्छ भन्नु भएको थियो । बुवाले आमालाई हेर्दै भन्नुभयो,“आमा, तपाईले भनेको कुरा मैले बुझे तर मलाई छोरीहरु पढाउनु छ । उनीहरु अगाडि बढेको हेर्न चाहन्छु । राम्रो ठाउँमा काम गरुन् । मेरा छोरीहरु मेरा लागि छोरा जस्तै हुन् । बिहे त पछि गर्दा केही फरक पर्दैन । यो उमेर भनेको पढ्ने र खेल्ने हो । बिहे गर्ने होइन । म मेरी छोरीहरुलाई धेरै भन्दा धेरै पढाउन चाहन्छु ।” 

आमाले फेरि भन्नुभयो,“धरान नै किन ? हामीले हेरेको जस्तो हुँदैन । पढाउन पनि जरुरी देख्दिन । छोरी मान्छे त्यति टाढा किन पढाउनु प¥यो ?”

“होइन, आमा । त्यस्तो भनेर हुँदैन । छोरीहरु पनि उतिकै हुन् । आमा तपाई त आफू पढ्नु भएन, तपाईलाई पछुतो लागेको छैन । तपाईले पढ्न पाए हुन्थ्यो जस्तो भएको छैन । आफूले नपढे पनि नातिनीले पढि दियोस् जस्तो भएको छैन ।”

हजुरआमा मौन हुनु भयो । बुवालाई हेरिरहनु मात्र भयो । हजुरबुवाले केही प्रतिक्रिया दिनु भएन । 

अर्को दिन । दिदी धरान जाने कुरा मेरो कानसम्म आइपुगेको थियो । म बुवालाई खोज्दै खेतमा पुगे र बुवा चाँहि खेत खन्दै हुनु हुन्थ्यो । म बुवाको नजिक गए र बुवालाई हेर्दै भने,“बुवा, म पनि दिदीसँगै धरान जाने नि ।”

बुवा मुस्कुराउदै भन्नुभयो,“तिमी पनि धरान अवश्य जान्छौ तर २ वर्ष पछि मात्र ।”

“होइन बुवा । म दिदीसँगै जाने ।” म रिसाउदै भन्छु र जिद्दी गर्दै थिए । 

“हेर छोरी । यसरी जिद्दी गर्नु हुँदैन र दुई वर्षपछि तिमी धरान गइहाल्छौ नि र दिदीसँगै हुन्छौ ।” बुवा नजिक आउँदै भन्नुभयो ।

“नाइ के बुवा । म पनि जाने धरान ।” म रुन थाले ।

म रुन थालेको देखेर मलाई सम्झाउन खोज्दै हुनु हुन्थ्यो तर मलाई उहाँको कुरा सुन्ने मुडमा थिइन र म भित्र कोठामा छिरे । म खाटमा सुते र निकै बेर रोए । म  धेरै दिनसम्म बुवासँग बोलिन । बुवा मलाई बार बार सम्झाउन खोज्नु हुन्थ्यो तर म सम्झने कोसिस गर्दिन थिए । म नसुनेपछि बुवा मसँग बोल्न छोड्नु भयो र सम्झाउन पनि छोड्नु भएको थियो ।  

हेर्दा हेर्दै दिदीको धरान जाने दिन आयो । बुवा, आमा र घरका सदस्यहरु छिट्टै उठ्नु भएको थियो । म पनि छिट्टै उठे । दिदीले आफ्ना लुगाहरु मिलाउदै हुनु हुन्थ्यो । म हेरिरहे । केही क्षणपछि म बुवाको नजिक गए । नजिक गएर बुवालाई भने,“बुबा, म पनि जान मिल्दैन ?मलाई पनि जान मन छ ।” मैले भावुक हुँदै भने । 

बुवाले मलाई हेर्दै भन्नु भयो,“हेर, छोरी । धेरै जिद्दी गर्नु हुँदैन । मैले तिमीलाई पहिले नै भनिसकेको छु कि म तिमीलाई २ वर्षपछि धरान लग्छु भनेर । अहिले तिमी यही बसेर पढ । यसरी जिद्दी गर्नु हुँदैन । कुरा बुझ ।”

म मौन नै भए । म बुवालाई हेरिरहे भने बुवा लुगा मिलाउदै हुनु हुन्थ्यो । त्यही क्रममा, आमा किचेनबाट कोठामा आउनुभयो र भन्नुभयो,“खाना पाकिसक्यो । खान आउनुहोस् ।”

“हुन्छ ।” अनि बुवा तल भान्सामा जानुभयो र म बुवाको पछि लागे । 

भान्सामा आमाले बुवा र दिदीको लागि खाना पस्कदै हुनु हुन्थयो । म दिदी र बुवालाई हेर्दै थिए । मेरो मन शान्त भएको थिएन । मुड नै बिग्रिनुको साथ साथै मलाई रिस उठेको थियो तर रिस देखाउने ठाउँ थिएन । खाना खाइसकेपछि बुवा र दिदी घरबाट निस्किनु भयो र आमालाई हेर्दै भन्नुभयो,“घरको राम्ररी हेर्नु । परिवारलाई राम्ररी हेर्नु । म धरानमा छोरीको राम्रो व्यवस्था गरेर फर्कि छु ।”

“हुन्छ ।”

म ढोकाबाट बुवालाई हेरे र बुवाले पनि फर्केर हेर्नु भयो । उहाँको आँखाले केही भनिरहेको थियो । केही समयपछि उहाँहरु पर गइसक्नु भएको थियो ।

म हररोज बाटोमा हेरिरहन्थे । बुवाको प्रतिक्षामा हुन्थे । मलाई जिन्दगीमा बुवाको कमी महशुस भएको थियो । बुवा कहिले आउनु हुन्छ जस्तो भएको थियो । उहाँलाई कुर्दा कुर्दै एक हप्ता भइसकेको थियो । बुवा आउनु भएको थिएन । त्यही क्रममा, मेरो र बहिनीको विद्यालय खुल्यो । 

बुवा नहुँदा कान्छो काकाले पु¥याउनु हुन्थ्यो । बुवाले विद्यालय पु¥याए जस्तो कहाँ हुँदो रहेछ । बुवाले कथा सुनाउनु हुन्थ्यो र गफ गर्नु हुन्थ्यो तर कान्छा काका केही बोल्नु हुन्न थियो । प्राय ः काकाहरु बोल्नु हुन्न थियो । यस समय मलाई बुवा र दिदीको धेरै याद आयो । 

विद्यालय खोलेको दुई दिनपछिको कुरा हो । साँझको समय थियो । आमालाई खोज्दै म भान्सामा गए । उहाँँ खाना पकाउदै हुनु हुन्थ्यो । उहाँको नजिक गए र भने,“आमा, बुवा कहिले आउनु हुन्छ ?”

“अर्को हप्ता ।” आमाले मलाई नहेरिकन भन्नुभयो । उहाँ खाना पकाउनमा व्यस्त हुनु भयो । म चाँहि अर्को हप्ता कहिले आउँछ जस्तो भएको थियो । म खुशी भएको थिए । 

...................................................................................................................................................

एक हप्तापछिको कुरा हो । साँझको समय थियो । म र मेरो बहिनी एउटै कोठामा बसेर गृहकार्य गर्दै थियौ र त्यही क्रममा, कोठा ढकढकाएको आवाज आयो । हजुरबुवा को हो भन्दै तल झन्नु भयो । अनि हजुरबुवाले ढोका खोल्नुभयो र ढोका खोल्दा बुवा हुनु हुन्थ्यो । बुवालाई देखेर हजुरबुवाले भन्नुभयो,“तँ आइपुगिस् ?”

”अँ ।” अनि बुवाले हजुरबुवालाई ढोक्नुभयो र अनि बुवा भित्र छिर्नु भयो ।

बुवाको आवाज सुनेपछि म खुशी हुँदै तल झरे । उहाँ माथि जाने क्रममा हुनु हुन्थ्यो । उहाँलाई देखेर खुशी हुँदै उहाँको नजिक गए । बुवा पनि मलाई देखेर खुशी हुनु भयो । मलाई देखेर बुवाले भन्नुभयो,“मेरी छोरीको के छ खबर ?”

“ठीक छ । मलाई के ल्याइदिनु भयो ।”

बुवा मुस्कुराउदै भन्नुभयो,“म कोठामा जान्छु र केही बेरपछि दिन्छु ल ।”

“हुन्छ ।” तर मन कहाँ मान्थ्यो र ! म बुवाको पछि लागे र म पछि लागेका देखेर बुवाले मुस्कुराउदै भन्नुभयो,“मेरी छोरी मेरो पछि किन आएको ?”

म पनि मुस्कुराए र पछि लागे । बुवाको आवाज सुनेर बहिनी पनि आइन् । उनीको अनुहारमा पनि चमक्क थियो । उनी पनि बुवाको नजिक आइन् । बुवाले उनीलाई सुमसुमाउनु भयो । उहाँ झोला खोल्दै हुनु हुन्थ्यो र त्यही क्रममा, बुवाले भन्नुभयो,“तिमीहरु पापा खान आएका होलाऊ ।”मैले टाउको हल्लाए । त्यही क्रममा, आमा पनि आउनुभयो र भन्नुभयो,“तपाई नहुँदा तपाईकी छोरीहरुको अनुहारमा कालो बादल छाएको थियो ।”

बुवा मुस्कुराउनु भयो र झोलाबाट ध्यू, बिस्टीक र अरु खाने कुराहरु ल्याइदिनु भएको थियो । हामी दुई जना नै खुशी भएका थियौ । 

१०

समय बित्दै गयो । मेरो पढाइ झन् राम्रो हुन थाल्यो र म प्रथम हुन्थे । त्यसको साथ साथै बहिनीको पनि पढाइ राम्रो हुँदै गएको थिए । जब दिदी धरान हुनु हुन्थ्यो तब मलाई दिदीको कमी हुन थाल्यो । उहाँको मायाको कमी हुन थाल्यो । टाढा भएपछि मानिसहरुको कदर हुँदो रहेछ र मलाई त्यस्तै भएको थियो । दिदीको चिठ्ठी आउँदा म धेरै खुशी हुन्थे । बुवाले चिठ्ठी पढ्नु हुन्थ्यो । दिदी धरानमा पनि जाँचमा प्रथम हुने । हामी दुई जनाको भन्दा पनि उहाँको राम्रो थियो पढाइ । 

हेर्दा हेर्दै मेरो कक्षा सात सकियो । म धेरै खुशी भएको थिए किनकि म पनि धरान पढ्न जान पाउने भए । अन्तिम दिन थियो जाँच सकिएको दिन । म धेरै खुशी थिए । साँझको समय थियो । हामी सबै जनाले खाना खाइसकेका थियौ र सबै जना आ—आफ्नो काममा व्यस्त हुनु हुन्थ्यो तर आफूले लेखेको कसैलाई देखाउनु हुन्न थियो । 

म उहाँको नजिक गए र उहाँलाई हेरे । म नजिक आएको देखे उहाँ मुस्कुराउनु भयो । किताब छेउमा राख्नुभयो र भन्नुभयो,“के भयो छोरी ?”

“बुवा, म पनि अब धरान जाने । म पनि अब दिदीसँगै हुन्छु ।” मैले मुस्कुराउदै भने । 

“हुन्छ । अर्को हप्ता जाने । अर्को हप्ता तिम्रो परिक्षाको नतिजा आउँछ र हामी धरान जाने ।”

म धेरै खुशी हुँदै बुवालाई भने,“साँच्चि हो ?”

“हो ।”

म खुशी भए र यस दिन म रातभर सुत्न सकिन । म धरानमा पुगेको थिए । धरानको परिकल्पना गर्न थालिसकेको थिए । कहिले अर्को हप्ता आउँछ जस्तो भएको थियो । 

............................................................................................................................................................

शनिबारको दिन थियो । मेरो परिक्षाको नतिजा आउने दिन । बुवा नतिजा लिएर आउनुभयो । बुवाको मुहारमा चमक थियो । चमक हेर्दा लाग्थ्यो कि नतिजा राम्रो आएको थियो । उहाँलाई देखेर म धेरै खुशी भएको थिए र हामी दुवै जना बुवाको नजिक गयौ । 

हामीलाई देखेर बुवाले भन्नुभयो,“आज म निकै खुशी छु । मेरा दुईटै छोरीहरु परिक्षामा प्रथम भएका छन् । मेरी छोरीहरुले मलाई धेरै खुशी दिएका छन् । अब माईली छोरीलाई धरान लग्छु र पढाउछु ।” बुवाले खुशी हुँदै भन्नुभयो । बुवाको साथ साथै म खुशी भएको भए । धेरै खुशी भएको थिए । अब म पनि धरान जाने भए । खुशी हुँदै मैले भने,“बुवा, धरान कहिले जाने ?”

“सोमबार ।”

बुवाको नजिक आउँदै बहिनीले भनिन्,“बुवा, म पनि धरान जाने नि ।” बहिनी मुस्कुराउदै भनिन् । 

“छोरीले कक्षा ७ सकेपछि जाने ल ।”

“हुन्छ ।” उनीले मुस्कुराउदै भनिन् । म बहिनी भएको भए जिद्दी गर्थे तर बहिनी धेरै ज्ञानी थिइन् । 

............................................................................................................................................................

सोमबारको दिन थियो । समय भएको थियो बिहानको ५ः०० बजे । घरमा सबै उठिसक्नु भएको थियो । बुवा मेरो कोठामा आउनुभयो र मलाई उठाउनु भयो । उठिसकेपछि बुवाले भन्नुभयो,“६ः३० बजे हाम्रो गाडी आउँछ । तयार हुनु पर्छ । उठ । ”

अनि म उठे । बेलुकादेखि नै मनमा उमङ्ग छाएको थियो । म धेरै खुशी हुँदै उठेको थिए । तयार भएर हामी ६ः०० बजे घरबाट निस्कियौ । मैले आमालाई हेरे । आमालाई हेरेर म भावुक भए । दिदीले छोड्दा कस्तो भएको थियो होला । आमाको आँखामा आँसु थिए तर उहाँले आफ्ना आँसुहरु लुकाउनु भएको थियो जुन म महशुस गर्दै थिए । हामीले सबै जनालाई बिदा मागि घरबाट निस्कियौ । हामी चोकमा निस्कियौ । दस मिनेटमा चोक पुग्यौ । गाडी आएको थिएन । हामी गाडी नआउजेल कुरेर बस्यौ । मलाई बेग्लै महशुस गर्दै थिए । मौनता छाएको थियो । म यता उता हेर्दै थिए । त्यही क्रममा, हामी चढ्ने गाडी आयो । जिन्दगीमा मैले पहिलो पटक गाडी चढेको थिए । गाडी देख्न पाउदा म धेरै खुशी भएको थिए । गाडी चढ्यौ । म झ्याल भएको सिटमा बसे । बाहिर हेरे । म यो संसारमै छैन जस्तो भएको थियो । 

बिहानको ७ः०० बजे मात्र गाडी चोकबाट चल्यो । गाडी चढ्दा हामी मात्र थियौ । सात बजे मात्र गाडीमा मानिसहरुले भरिएका थिए । गाडी गुढ्दा म धेरै खुशी भएको थिए । आधा घण्टादेखि कहिले गाडी गुढ्छ जस्तो भएको थियो । सात बजे हिडेको गाडी ९ः०० बजेतिर मात्र धरान चोक पुग्यो । चोकबाट दिदी बसेको आफन्तको घर १० मिनेट थियो । हामी आउने भनेपछि दिदी र आफन्त काका हामीलाई भनि चोकमा लिन आउनु भएको थियो । हामीलाई धेरै समय कुर्नुृ भएको थियो । हामीलाई देखेपछि उहाँको अनुहार उज्यालो भएको थियो । 

हामीलाई देखेपछि दिदीले बुवालाई नमस्ते गर्नु भयो र मलाई अगाल्नु भयो । काकालाई मैले नमस्ते गरे । अनि काकाले बुवालाई हेर्दै भन्नुभयो,“कोठामा गएर कुरा गरौ । जाऊ ।” काकाले मुस्कुराउदै भन्नुभयो । 

“हुन्छ ।” 

अनि हामी दश मिनेटमा कोठामा पुग्यौ । कोठा ठीकको थियो । एउटा कोठा र भान्सा थियो । शौचालय बाहिर थियो । हामी आउने भनेर दिदीले  खाना पकाइसक्नु भएको थियो । कोठामा एउटा खाट थियो र हामी त्यही खाटमा बस्यौ । बुवा र काका गफ गर्दै हुनु हुन्थ्यो भने म र दिदी गफ गर्दै थियौ । 

दिदीलाई हेर्दै मैले भने,“दिदी स्कूल कस्तो छ ? हम्रो गाउँभन्दा पनि राम्रो छ ?”

दिदी मुस्कुराउदै भन्नुभयो,“गाउँभन्दा त राम्रो हो तर आफूले मिहिनत गरेर पढ्नु पर्छ । बहिनी, तिमी पनि मिहिनत गरेर पढ्नु । तिमीलाई केही आएन भने, म सिकाइदिन्छु तर जे गर्नु छ तिमीले गर्ने हो । मिहिनत आफूले नै गर्ने हो ।”

म मुस्कुराए र विद्यालयको बारे अरु जानकारी लिदै थिए । त्यही क्रममा, बुवा र काका हाम्रो नजिक आएर बुवाले भन्नुभयो,“भोक लाग्यो । खाना खाइसकेपछि म एकछिन सुत्छु ।”

“हुन्छ ।” दिदीले भन्नुभयो । हामी अनि भान्सामा गयौ । दिदी र मैले खाना पक्कियौ । खाना खाइसकेपछि बुवा सुत्नुभयो र काका चाँहि काममा जानुभयो । म र दिदी भान्साको काम गर्न थाल्यौ । केही समयपछि दिदीले भन्नुभयो,“तिमी गलेकी छौ । तिमी केही समय आराम गर ।”

“हुन्छ ।” मैले भने ।

अनि म कोठामा गए । बुवा सुत्नु नै भएको थियो । म चाँहि भुँइमा ओछ्यान लगाएर सुते । दिदी चाँहि पढ्न थाल्नु भयो । उहाँलाई एकछिन फुर्सद हुनु हुँदैन थियो । हातमा केही न केही हुन्थ्यो पढ्नको लागि । 

............................................................................................................................................................

दुई घण्टापछि बुवा र म उठिसकेका थियौ । बुवा बाहिर निस्किन लाग्नु भएको थियो र बुवा निस्किएको देखेर मैले भने,“बुवा, म पनि तपाईसँग बाहिर निस्किने नि ।”

“हुन्छ । दिदीलाई पनि बोलाऊ ।”

“हुन्छ ।” मैले खुशी हुँदै भने र दिदीलाई बोलाए । हामी तीनै जना बाहिर निस्कियौ । १५ मिनेट हिडेपछि बुवाले बायाँतिर देखाउदै भन्नुभयो,“सोफि ।”

“हजुर ।”

“यहि यो तिमी र तिम्रो दिदी पढ्ने विद्यालय ।”

विद्यालयको नाम थियो धरान आदर्श बोर्डिङ उच्च माध्यमिक विद्यालय थियो । विद्यालय ठूलो थियो । पहेलो रङ्को थियो भवन । हाम्रो गाउँमा यत्रो ठूलो भवन भएको विद्यालय थिएन । म खुशी भएको थिए । 

विद्यालय हेरिसकेपछि धरानको केही ठाउँहरु देखाइ दिनुभयो । म धुम्न पाउदा धेरै खुशी भएको थिए । बुवाले मेरो खुशी महशुस गर्दै हुनु हुन्थ्यो । दुई ÷तीन धुमेर र विद्यालयको काम सकेर घर फर्केर तयार हुनु हुन्थ्यो । 

उहाँ कोठामा लुगाहरु र सामानहरु मिलाउदै हुनु हुन्थ्यो र म उहाँको नजिक गए । उहाँले मलाई देखेर खाटमा बस्न अनुरोध गर्नुभयो । म बसे । वातावरणमा मौनता छाएको थियो । बुवाले लुगा मिलाइसकेपछि मलाई हेर्नुभयो । 

“आज म घर फर्केदै छु । राम्ररी बस्नु र पढ्नु । मिहिनत गरेर पढ्नु । हप्तामा एक चोटि फोन गछौ र चिठ्ठी पनि पठाउछौ । दिदी र बहिनी मिलेर बस्नु । दिदीलाई दुःख नदिनु र झगडा पनि नगर्नु । दशैमा लिन आउँछु ।”

मैले टाउको हल्लाएर हुन्छ मात्र भने । बुवालाई हेरिरहे । यत्रो वर्ष बुवा, आमा, काका, फुपू दिदीहरु, बा, हजुरआमा र बहिनीसँग बसेको, धेरै याद आउने भयो । म भावुक भए । आँखाहरु आँसुले भरिए ।

म भावुक भएको देखेर बुवाले भन्नुभयो,“तिमी नआतियौ । दिदी तिम्रो साथमा छ । हाम्रो भेट भइहाल्छ नि । घरबाट तिमी यसरी कहिले बाहिर आएकी छैनौ । घरको जरुर याद आउँछ तर पछि बानी पर्छ । तिमी आफ्नो पढाइमा ध्यान देऊ ।”

म मौन नै थिए । त्यही क्रममा, दिदी आउनु भयो र बुवाले दिदीलाई हेर्दै भन्नुभयो,“बहिनीको राम्रो ख्याल राख्नु है ।”

“हुन्छ ।” दिदीले भावुक हुँदै भन्नुभयो । अनि लुगाहरु झोलामा राखेर बुवा निस्किनुभयो । हामी पनि बुवासँगै चोकसम्म निस्कियौ । केही समयपछि गाडी आयो र बुवा गाडीमा चढ्नु भयो । चढिसकेपछि हामीलाई बाई गर्नुभयो । गाडी चल्दा पनि हामीलाई हेर्दै हुनु हुन्थ्यो । दिदी धेरै भावुक हुनु भएको थियो । हामी तीन जना छोरीहरु मध्ये जेठी दिदी बुवासँग नजिक हुनु हुन्थ्यो । त्यसैले उहाँ भावुक हुनुभएको थियो । उहाँ गाडीलाई निकै बेर हेरिरहनु भएको थियो । आँखामा आँसुले भरिएको थियो । 

११

वैशाखको महिना सुरु भयो । हाम्रो विद्यालय सुरु भयो । विद्यालयको पहिलो दिन । दिदी बिहान नै उठ्नु भयो । उहाँ उठ्ने बित्तिकै सधै नुहाउनु हुन्थ्यो । चाहे त्यो जाडो महिना नै किन नहोस् उहाँलाई चिसो पानीले ननुहाइ हुँदैन । कसरी सकेको जस्तो लाग्ने । नुहाएर खाना पकाउनु भयो र पकाइसकेपछि म सुतेको ठाउँमा आउनुभयो र भन्नुभयो,“उठ, सोफि । खाना खाएर तयार भएर विद्यालय जानु पर्छ ।”

मैले हुन्छ भने र खाटबाट उठे । निद्रा नै पुगेको थिएन । आँखा मिच्दै उठे । शौचालय गरे र केही समयपछि भान्सामा गए । दिदीले खाना पक्सिसक्नु भएको थियो र मलाई कुरेर बस्नु भएको थियो । म आएपछि मात्र खान थाल्नुभयो । खान खाइसकेपछि म तयार हुँदै थिए भने दिदी किचेन सफा गर्न थाल्नुभयो । केही समयपछि उहाँ पनि तयार हुनु भयो । अनि हामीसँगै विद्यालय गयौ । म नर्भस भएको थिए । विद्यालय निकै ठूलो थियो र हामी दुवै जना भित्र छि¥यौ । भवन निकै ठूलो थियो । दिदीले कक्षा देखाइ दिनुभयो । कक्षा पनि ठूलो थियो । दिदीले मलाई हेर्दै भन्नुभयो,“झोला राख र बाहिर निस्कियौ । लाइनमा बस्नुपर्छ ।”

“हुन्छ ।” मैले भने । अनि हामी लाइनमा बस्यौ । दस मिनेटपछि हामी सबै जनामा ग¥यौ । यसरी नै सुरु भयो मेरो धरानको शैक्षिक यात्रा । बुवाले भने जस्तै म मिहिनत गरेर पढे र म प्रथम हुन्थे । विद्यालयमा सबै जनाले हामी दुवै जनाको तारिफ गर्नु हुन्थ्यो । दुवै जना दिदी बहिनी सारै मिहिनति भन्थे । त्यसको साथ साथै सबैले दिदीभन्दा बहिनी कति राम्ररी र राजकुमारी जस्ती भन्थे । साथीहरुले पनि त्यस्तै भन्थे र म फुर्केथे । मलाई प्रेम प्रस्ताव धेरै आउन्थे तर म वास्ता गर्दिन थिए । मलाई बुवाको सपना पूरा गर्नु थियो र मलाई पनि पढेर केही गर्नु थियो । 

त्यही क्रममा, सिर्जना राई मेरो मिल्ने साथी भएकी थिइन् । उनी धरान कै हुन् । कक्षा ८  को सुरुको दिन मै उनी मसँग धेरै मिल्दिन् । उनी पछाडि बसेकी थिइन् तर पछि मसँगै बस्न थालिन् । उनी मभन्दा अलिकति उचाइमा सानी र अलिकतिले मोटी थिइन् । गोलो र राम्रो अनुहार थियो । पढाइ पनि राम्रो थियोे । त्यसको साथ साथै अक्षर साह«ै राम्रो थियो । छापेको जस्तो देखिन्थ्यो । सबैले उनको अक्षरको तारिफ गर्थे । हामी बीच सबै कुरा सेयर गथ्यौ । 

१२

कक्षा नौको कुरा हो । म कक्षामा थिए । आफ्नो साथीहरुसँग कुरा गर्दै थिए । त्यही क्रममा, एउटा केटाको प्रवेश भयो । नयाँ केटा थियो । अग्लो हाइट, गोरो अनुहार भएको, छोटो कपाल भएको । त्यसको साथ साथै आँखा धेरै राम्रा थिए । ऊ सिधै म बसेको बेन्चको पछाडि बस्यो । म हेरेको हेरै भए । उनको नजरमा जादू थियो । यस दिन हाम्रो  बोल चाल भएको थिएन । यो क्रम धेरै दिनसम्म चलिरह्यो । मैले थाहा नपाउने गरी हेर्थे तर उनले मलाई त्यति वास्ता गर्दैन थिए । कक्षा छिर्दा मलाई नहेरिकन जान्थे । मनमा चिसो प¥यो । पढाइमा ध्यान कम हुन थाल्यो । अमिततिर नै थियो । सब केटाहरुले मलाई प्रेम प्रस्ताव राख्थे तर अमितले मलाई किन ध्यान दिएनन् ?

एक दिनको कुरा हो । म र सिर्जनासँगै खाजा खाँदै थियौ । त्यही क्रममा, मैले भने,“तँलाई अमित कस्तो लाग्छ ?”

“मैले सोचे कै छैन ? तैले किन सोधेको ?”

मैले उनीलाई हेरे । सिर्जनाले पनि मलाई हेरिन् र भनिन्,“तैले मन पराउछन् हो ?”

मैले टाउ हल्लाउदै भने,“तर अमितले मलाई वास्तै गर्दैन ।” मैले मुख बिग्रादै भने । सिर्जनाले मलाई निहालेर हेर्दै थिइन् । उनीले मेरो भाव पढ्दै थिइन् र मेरो भाव बुझिसकेकी थिइन् । 

मलाई हेर्दै उनीले भनिन्,“तँ नआत्तिकन बस । म उनको बारेमा पत्ता लगाउछु ।”

म खुशी भए र टाउको हल्लाए । अब मेरो केही हुन्छ जस्तो लाग्यो ।

.......................................................................................................................................................

समय बित्दै गयो । अमित र म त्यति बोलेका थिएनौ । म अमितसँग बोल्ने प्रयास गर्थे तर सकेको छैन । मनमा डरले डेरा जमाएको थियो । के बोल्ने र कसरी बोल्ने भन्ने हुन्थ्यो । अर्कोतिर हेर्ने हो भने, सिर्जनाले अमितको बारेमा केही पत्ता लगाएकी थिइनन् । सिर्जना देखेर म वाक्क हुन थालेको थिए । मेरो प्रेम कहानी अगाडि नै गएको थिएन र म उदास भएको थिए । सोचे कि मैले आफ्नो पे्रम कहानी आफै लेख्ने छु । 

साँझको समय थियो । दिदीले नदेख्ने गरि चिठ्ठी लेखे । 

प्रिय अमित,

           आफ्ना मनका कुराहरु कसरी व्यक्त गरौ ? तिमीलाई देखेपछि मलाई के हुन्छ आफूलाई नै थाहा छैन । जब मैले तिमीलाई पहिलो पटक कक्षामा छिरेको देखे, म हेरेको हेरै भए । तिमीले मलाई के जादू गरौ ? तिमीलाई मन पराउन थालेको छु । आशा छ तिम्रो मनमा मेरो लागि माया छ ।

                                                                                                                                        तिम्रो माया

                                                                                                                                           सोफि 

यो चिठ्ठी लेखिसकेपछि मेरो मन केही क्षणको लागि शान्त भएको थियो तर एक प्रकारको डर पनि थियो । चिठ्ठी कसरी दिने, उनले पढेपछि के भन्ने होला, अरुले थाहा पाए भने के हुन्छ, बुवाले थाहा पाउनु भयो भने के हुन्छ आदि प्रश्नहरु मेरो दिमागमा चलिरह्यो । दिने कि नदिने भयो । मन दोधारमा थियो । चिठ्ठी त किताबमा लुकाएर राखे । दिने वा नदिने निर्णय लिन सकिन । 

भोलिपल्टको कुरा हो । विद्यालयमा थिए । सिर्जना र म एउटै बेच्नमा थियौ । सिर्जना गम्भीर देखिथिन् । उनीलाई हेर्दै भने,“तँलाई के भयो ? किन आज चुप लागेर बसेकी ?” 

“तँलाई खाजाको समयमा भन्छु ।” उनी भावुक हुँदै भनिन् । 

“अहिले भन्न मिल्दैन ?”

“अँह ।” सिर्जनाले मलाई नहेरिकन भनिन् । 

मलाई छटपट हुन थाल्यो । के कुरा रहे छ यस्तो ? अमितको बारेमा त होइन ? वा अर्को ? सरहरुले पढाएको तिर ध्यान थिएन । मेरो दिमाग अर्कोतिर थियो । हेर्दा हेर्दै खाजा खाने समय भयो । अनि हामी दुवै जना बाहिर निस्कियौ र निस्किने बित्तिकै मैले भने,“के कुरा भन्नु छ, भनि हाल । मलाई सुन्न कस्तो हतार भइसक्यो ।”

“हामी बस्ने ठाउँमा जाऊ अनि भन्छु ।” अनि हामी सधै बस्ने ठाउँमा गएर बस्यौ । मलाई सुन्न हतार भइसकेको थियो । सिर्जनालाई सुनाउन जति हतार थियो मलाई त्यति सुन्न हतार ।

“अब त भन्न न ।”

“अमितले त अरुलाई नै मन पराउछन् ।”

“हँ ? यो तँ के भन्दै छस् त ?”

“हो । मैले उनलाई अर्के केटीसँग देखेको । यही विद्यालयमा पढ्ने । उनी कक्षा ८ मा पढ्छिन् ।”

“तैले कसरी थाहा पाइस् ?”

“मैले धेरै चोटि एउटै केटीसँग विद्यालयभन्दा बाहिर देखेको र एक दिन मैले त्यस केटीलाई गएर सोधेको थिए । उनीले सधै कुरा व्यक्त गरिन् ।”

 म अचम्म परे । अचम्मभन्दा पनि मलाई रिस उठेको थियो । म हुँदा हुँदै अरु केटीलाई कसरी मन पराउन सकेको ? के त्यो केटी मभन्दा राम्ररी छ ? को रहेछ त्यो केटी ? मलाई हेर्ने मन लाग्यो । म आफ्नै संसारममा हराउन थाले छु । सिर्जनाले मलाई निहालेर हेर्दै थिइन् । केही समयपछि उनीले मलाई चिमोटिन् । मैले आत्था भने । 

“तैले मलाई किन चिमोटेकि ?” मैले रिसाउदै भने । 

“तँलाई मैले कति चोटि बोलाए तर तैले सुनेको भए पो । अमितको संसारमा हराएकी थिइन् तँ ।”

म मौन नै थिए । म केही नबोलिकन खान थाले । मलाई धेरै रिस उठेको थियो । मैले सिर्जनाको कुरा सुनेपछि मैले चिठ्ठी नदिने निर्णय गरे । मलाई सिर्जनाले हेरिरहेकी थिइन् र केही भन्न खोज्दै थिइन् तर सकिनन् । सायद म रिसाउछु भनेर होला केही बोलिनन् । खाजा खाएर हामी कक्षामा गयौ । सरहरुले पढाएकोतिर मेरो ध्यान थिएन । मेरो ध्यान सिर्फ अमित र त्यस केटीमा थियो । मलाई ईष्र्या भएको थियो । मलाई के गर्नु भएको थियो । 

चार बजे विद्यालय छुट्टी भयो । दिदी र मसँगै कोठामा गयौ । म मौन नै थिए । बेलुकाको खाना खाइसकेपछि म कोठामा थिए । दिदी भान्सामा हुनु हुन्थ्यो । मैले अमितलाई लेखेको चिठ्ठी विज्ञान किताबाट निकाले र च्यातेर फाले । मलाई रिस उठेको थियो । मलाई अमितसँग कुरा गर्न मन लाग्यो तर कसरी ?

१३

दुई हप्तापछिको कुरा हो । मैले अमितसँग कुरा गर्ने मौका पाएको थिए तर अचम्मको तरिकाले भएको थियो । म र सिर्जना घर फर्केर्दै थियौ । त्यही क्रममा, हामीले अमित र अमितसँग केटी थिइन् । अनि म अमित भए ठाउँमा गए । अमितले मलाई देखेर अचम्म परे र नर्भस पनि । म अमितको नजिक गए र भने,“यो केटी को हो ?” मैले रिसाउदै भने ।

उनले मलाई हेरे र मैले पनि उनलाई हेरे । वातावरणमा मौनता छाएको थियो । केही क्षणपछि मौनता तोड्दै भने,“यो केटी को हो ?”

उनले मलाई हेर्दै भने,“मेरो साथी हो ।”

“अनि मैले तिमीलाई साथी बनाउन धेरै प्रयास गरे तर तिमी मसँग् बोल्दैनौ त ।”

वातावरणमा मौनता छाएको थियो । अमितको साथीलाई रिस उठिसकेको थियो । सिर्जना पनि मौन नै थिइन् र हामी तीनै जनालाई हेर्दैै थिइन् । 

वातावरणको मौनता तोड्दै मैले भने,“तिमी मेरो प्रश्नको जवाफ किन दिदैनौ ?” म झन् रिसाउदै भन्छु ।

“मलाई तिमी नै मन पर्दैन । मलाई तिमी घमण्डी लाग्छ । तिमीलाई के को घमण्ड छ, मलाई नै थाहा छैन ।”

मलाई उनको कुरा सुनेर रिस उठ्यो र भने,“यो तिमी के भन्दै छौ ? म घमण्डी कसरी ?”

उनले केही जवाफ दिन सकेका थिएनन् र उनी नर्भस् भएको थिए । मलाई सिर्जनाले निहालेर हेरिरहेकी थिइन् र मेरो भाव बुझेर भनिन्,“घर जाऊ ।”

“मेरो जवाफ चाहिएको छ । जबसम्म मेरो जवाफ दिँदैनन् तबसम्म म यहाँबाट जान्न ।”

“घर जाऊ ।” सिर्जनाले मलाई जर्बरजस्ती तानेर लगिन् । मलाई चिन्त बुझेको थिएन र केही भन्नू थियो तर सिर्जनाले तानेर लगिन् । म केही नबोलिकन छिटो हिडे । म आजसम्म त्यति छिटो हिडेको थिइन । सिर्जना अचम्म परेकी थिइन् । 

म निकै दिनसम्म गम्भीर भएको थिए । मलाई के गर्ने भएको थियो । न त अमर मसँग बोलेका थिए न त म नै । सिर्जनाले ध्यान गरेकी थिइन् र एकदिन खाजा खाने क्रममा, मलाई भनिन्,“तँलाई आजकाल के भएको छ ?”

म मौन नै थिए । मौनता उनीले बुझिन् र भनिन्,“अमितको कारणले गर्दा तेरो हालत यस्तो भएको हो ?”

म मौन नै थिए र उनीले मेरो मौनता बुझिन् र केही प्रश्न गर्न जरुरी सोचिनन् । समय सँग सँगै मैले अमितलाई बिर्सेने क्रममा थिए र म पढाइमा ध्यान दिन थाले । अमितको शब्दले मेरो मन शान्त थिएन र मलाई केही गरेर देखाउन चाहन्थे । हेर्दा हेर्दै मैले कक्षा ९ पास गरे । म प्रथम भए भने, अमित दोस्रो । हामी दुवै जनाको प्रतिस्पर्धा हुन्थ्यो । मेरो मनमा शान्त भएको थियो भने उनलाई रिस उठेको थियो । उनको भावले व्यक्त गथ्यो । 

......................................................................................................................................................................

हेर्दा हेर्दै म कक्षा १० पुगे । त्यही क्रममा, बहिनी पनि बुवासँग धरान आइन् । बुवाले बहिनीलाई धरान धुमाइदिनु भयो र विद्यालयको काम सकेर उहाँ फर्किनु भयो । उहाँ आउँदा सधै खुशी हुन्थ्यौ भने जाँदा भावुक हुन्थ्यौ खास गरी दिदी ।

वैशाखको महिना सुरु भयो र हाम्रो कक्षा पनि । कक्षा सुरु भएको केही महिनापछिको कुरा हो । साँझको समय थियो र हामी तीनै जना खाना खाँदै थियौ ।  त्यही क्रममा, दिदीले भन्नुभयो,“अब त तिमी कक्षा १० मा पुग्यौ । कक्षा १० मा तिमीले धेरै मिहिनत गरेर पढ्नु पर्छ । एसएलसीमा त कक्षा ९ र १० को प्रश्नहरु सोध्छन् । त्यसैले धेरै मिहिनत गरेर पढ्नु ।”

“हुन्छ ।”

मैले धेरै मिहिनत गरेर पढ्न थाले र हरेक परिक्षामा प्रथम हुन्थे भने अमित दोस्रो । म उनलाई जित्न दिएको थिइन । कही न कही अमित दुखी भएका थिए । 

हेर्दा हेर्दै एसएलसी सुरु भयो । सुरुको दिन अङ्ग्रेजी विषय थियो । राम्रोसँग लेखे । बिहानको ७ः०० बजे सुरु भएर १० बजे सकियो । अङ्गे्रजी विषयको परिक्षा सकिएपछि सिर्जना मेरो नजिक आएर भनिन्,“तेरो जाँच कस्तो भयो ?”

“मेरो त राम्रो भयो । तेरो कस्तो भयो ?”

“ठीकै । तेरो त राम्रो नै हुन्छ । दिदीले सिकाउछिन् । मेरो त कोही छैन सिकाउने ।” सिर्जना मुख बिगा्रर्दै भनिन् । 

“तेरो पनि राम्रो भएको होला । तँ पास हुछेस् ।” यति भनेपछि हामी आ–आफ्नो घर गयौ । दिदी कलेज जानु भएको थियो । उहाँ घर आउँदा ११ बज्थ्यो र आइसकेपछि खाना बनाउनु हुन्थ्यो । म घर पुगे र फे्रस भए र त्यही क्रममा, दिदी आउनुभयो । 

मलाई देखेर दिदी मुस्कुराउनु भयो,“तिम्रो परिक्षा कस्तो भयो ?”

“राम्रो भयो, दिदी ।”

“तिमीलाई भोक लाग्यो होला । म खाना पकाइ हाल्छु है ।”

“हुन्छ ।”

अनि दिदीले खाना पकाउजेल म घाममा बसेर पढ्न थाले । भोलिपल्ट नेपालीको परिक्षा थियो । २० मिनेटपछि दिदीले खाना खान बोलाउनु भयो र म हतारिदै खाना खान्छु । मलाई निकै भोक लागेको थियो । खाना खाइसकेपछि म फेरि पढ्न थाले । मैले मिहिनत गरेको देखेर दिदी धेरै खुशी हुनु हुन्थ्यो ।

हेर्दा हेर्दै मेरो एसएलसी सकियो र बहिनीको पनि  परिक्षा सकिएको थियो । सकिएपछि हामी दुवै जना घर गएका थियौ भने दिदी धरान मै हुनु हुन्थ्यो । उहाँको १२को अन्तिम परिक्षा थियो र त्यसैको तयारी गर्दै हुनु हुन्थ्यो । मभन्दा पनि बहिनी धेरै खुशी भएकी थिइन् । हामीलाई बुवाले लिन आउनु भएको थियो । अनि हामी तीनै जना गाउँ गएका थियौ ।  जब घर पुग्यौ, आमा बाहिर ककाम गर्दै हुनु हुन्थ्यो । म नजिक गए र भने,“आमा ।” 

आमा खेतमा काम गर्दै हुनु हुन्थ्यो । मेरो आवाज सुनेर धेरै खुशी हुनु भयो । आफ्नो काम छोडेर हाम्रो नजिक आउनु भयो र खुशी भन्नुभयो,“तिमीहरु आइपुग्यौ ?”

“हजुर ।”

“तिमीहरु गलेका छौ । भोक पनि लागेको होला । लुगा फेरेर, खुट्टा धुनु र म खाजा बनाउदै गर्छु ।”

“हुन्छ ।”

अनि हामी लुगा फेरेर खुट्टा धुएर हामी किचेनमा गयौ । आमाले मकै भुट्नु भएको थियो । मलाई मकै मिठो लाग्थ्यो । मकै देख्ने बित्तिकै भने,“आहा ! मकै ।” मैले खुशी हुँदै भने । भोक पनि लागेको थियो । खाजा खाइसकेपछि बुवा बाहिर निस्किनु भयो भने म र बहिनी सुत्यौ । धेरै घण्टासम्म सुते छु । उठ्दा ४ बजेको थियो । अनि म बाहिर निस्किए । बहिनी चाँहि सुतिरहेकी थिइन् । 

......................................................................................................................................................................

दुई हप्तापछिको कुरा हो । दिदी पनि घर आउनु भयो । सबैभन्दा खुशी बहिनी भएकी थिइन् । दिदीको साथ साथै खुशीको खबर आएको थियो । बहिनी कक्षा ८ मा प्रथम भएकी थिइन् । नतिजा लिएर आउनु भएको थियो । सबै जना बसेर हेर्दै थियौ । बुवा धेरै खुशी हुनु भएको थियो र हामीलाई भनेर कहाँबाट लडू ल्याइदिनु भयो ।  

गाउँ डुदै, खेतमा काम गर्दै समय बितेको थाहा भएन । गाउँमा साथीहरुसँग खेल्दै दिन बित्यो । मसँगै गाउँमा पढेका केटी साथीहरुको प्रायको विवाह भएको थियो । कक्षा सातसम्म मात्र भएकाले अरु ठाउँ पठाउन चाहका हुँदैन थिए । यसै विवाह गरेर पठाउनु पर्छ भनेर छिट्टै विवाह गराइदिन्थे । भाग्यमानीले मात्र पढ्न पाउथे । हामी चाँहि भाग्यमानी थियौ । 

समय बित्दै गयो र बहिनीको कक्षा सुरु भयो । बुवा र दिदी फर्किनु भयो धरान । म चाँहि गाउँ मै बसे । मेरो परिक्षाको नतिजा आउन बाँकी थियो । हुन त दिदीको पनि आउन बाँकी थियो तर बहिनी एक्लै हुन्छिन् भनेर फर्किनु भयो । 

हेर्दा हेर्दै असारको महिना आयो र मेरो परिक्षाकोा नतिजा पनि । बिहान बुवा गोर्खापत्र लिन जानु भयो । एक घण्टापछि मात्र आउनु थियो । उहाँको हातमा पत्रिकाको साथ साथै लडू उहाँको अनुहारमा खुशी छाएको थियो । अनि लडू लिएर भित्र पस्नु भयो र भन्नुभयो,“बुवा, मेरी माईली छोरीले एसएलसी प्रथम क्षेणीमा पास गरिन् । हाम्रो गाउँमा उनीले मात्र प्रथम क्षेणीमा पास गरेकी हुन् ।”

हजुरबुवा पनि खुशी हुनु भएको थियो र त्यसको साथ साथै घरमासबै जना खुशी हुनु भएको थियो । अनि बुवाले भन्नुभयो,“अब माइली छोरी ठूली छोरी पढेको कलेजमा पढ्छिन् । सोफि, तिमी के विषय पढ्छौ ?”

“साहित्य ।” मैले भने । बुवा मुस्कुराउनु भयो र भन्नुभयो,“अब केही दिनपछि म तिमीलाई धरान पु¥याउछु ।”

“हुन्छ ।” मैले खुशी हुँदै भने ।

केही दिनपछि दिदीको कक्षा १२ को परिक्षाको नतिजा आयो । उहाँले पनि प्रथम क्षेणीमा पास हुनु भएको थियो । दिदीले पसलबाट फोन गरेर भन्नुभयो थियो । बुवा निकै खुशी हुनु भएको थियो । छोरीहरु उन्नति देखेर धेरै खुशी हुनु भएको थियो ।

१४

डेढ हप्तापछिको कुरा हो । बुवा र म धरान पुग्यौ  । बुवाले दिदी पढ्ने कलेज देखाउनुभयो । कलेजको नाम धरान कलेज थियो । दिदीलाई डाक्टर पढ्ने रहर थियो र त्यसैले बि.पी कलेजमा भर्ना हुनु भयो । कलेजको काम सबै सकेर बुवा घर फर्किनु भयो । बुवाको विद्यालय गर्मीको छुट्टी भए तापनि छिट्टै गाउँ फर्किनु भयो । खेतको काम थियो । 

हामी दुवै जनाको कलेज एक हप्तामा नै सुरु भयो । बहिनीको १० बजे सुरु हुन्थ्यो । दिदीले बसै ठिक पार्नु हुन्थयो र बहिनीले आफै पकाउथिन् । पकाउनमा म चाँहि अल्छी थिए । हामी घर फर्किदा खाना पाकिसकेको हुन्थ्यो । 

कलेजको पहिलो दिन । बिहानको ६ः३० बजे कलेज पुग्नु पथ्यो । सुरुको दिन परिचयबाट सुरु भएको थियो । कक्षा ११ बजे सकिथ्यो । सुरुका केही दिनहरुमा म कोहीसँग बोलेको थिइन । बिस्तारै विद्यार्थीहरु आउने क्रम थियो र त्यही क्रममा, मेरो परिचय सुरक्षा अधिकारीसँग भएको थियो । कम समयमै हामी मिल्ने साथी भएका थियौ । घर फर्केदा सँगै फर्कथ्यौ र कहिले काँही म बसेको कोठामा आउथिन् र सँगै पढ्थ्यौ । म कलेजमा सिर्फ सुरक्षासँग बोल्थे । अरुसँग कम बोल्थे । त्यसको साथ साथै सरहरुले मेरो पढाइको तारिफ गर्नु हुन्थ्यो । सोधेको प्रश्नहरुको सही जवाफ दिन्थे । मलाई उपन्यास, कथाहरु र कविताहरुमा बढी रुचि थियो । विशेष गरि कवितामा । कविता आफू पनि लेख्थे । 

असोजको महिना थियो । मेरो प्रथम परिक्षा सुरु भएको थियो । मेरो साथ साथै बहिनी र दिदीको परिक्षा सुरु भएको थियो । हामी पढ्नमा व्यस्त थियौ । मिहिनत गरेर पढ्दै थियौ र परिक्षा राम्रोसँग दिए । सरहरुलाई म प्रति विश्वास थियो र बुवालाई पनि म प्रति विश्वास थियो । म प्रथम हुन्छु भन्ने थियो । घटस्थापनाको अघिल्लो दिन परिक्षा सकिने दिन थियो । 

हेर्दा हेर्दै परिक्षा सकियो । राम्रो भएको थियो । परिक्षा सकेको दिन । सुरक्षा र म सँगै फर्कर्दै थियौ र त्यही क्रममा, सुरक्षाले भनिन्,“तेरो त परिक्षा राम्रो भयो होला । तेरो त पढाइ राम्रो छ । मेरो त के हुने हो ? कविताहरु त्यति मन पर्दैन र बुझ्न पनि बुझ्दिन । अल्छी लाग्छ र निद«ा पनि ।”

“हरेक कुराहरुमा मन लगाउनु पर्छ र मन लागेपछि सबै राम्रो हुन्छ ।”

“हो ।” उनीले हाँसेर भनिन् । 

“तँ घर कहिले जाने ?”

“भोलि जाने । टिकट भइसक्यो । यसपालि बुवा लिन आउनु हुन्न । हामी तीन जना जाने ।”

“ए ।”

“तेरो के छ त योजना ?”

“खोई थाहा छैन । यही हुन्छ होला ।”

अनि हामी गफ गर्दै आ–आफ्नो घर लाग्यौ । घर पुग्दा बहिनी आइसकेकी रहेछिन् । हामी एक अर्कोलाई देखेर मुस्कुरायौ र मैले भने,“तिम्रो परिक्षा कस्तो भयो ?”

“राम्रो । भोलि त हामी घर जाने ।” बहिनी खुशी हुँदै भनिन् ।

“अँ ।” मैले भने । त्यही क्रममा, दिदी पनि आइपुग्नु भयो र हाम्रो परिक्षा बारे सोध्नु भयो र हामीले राम्रो भयो भयौ । दिदीले फेरि भन्नु भयो,“तिमीहरु लुगाहरु मिलाउदै गर, म खाना बनाउछु ।”

“हुन्छ ।” हामीले भयौ । अनि हामीले लुगा मिलाउन थाल्यौ । मिलाइ सकेपछि म नुहाउन थाले र केही क्षणपछि म निस्किए । दिदीले खाना पकाइसकेपछि उहाँ आफ्नो लुगा मिलाउदै हुनु हुन्थ्यो । म उहाँकाृ नजिक गए र भने,“खाना खानु भयो ?”

“छैन । तिमीलाई पखेको हो । दुई मिनेट पख अनि खाने ।”

“हुन्छ ।”

अनि दिदीको लुगा मिलाइसकेपछि हामी खाना खायौ र त्यही क्रममा दिदीले भन्नुभयो,“भोलि बिहान छिट्टै उठ्नु । बिहानको ८ः ०० बजेको टिकट छ । समयमै पुग्नु पर्छ ।”

“हुन्छ ।” मैले भने । 

....................................................................................................................................................................

भोलिपल्ट हामी सबै जना ६ः०० बजे उठ्यौ र दिदी चाँहि खाना पकाउन थाल्नु भयो । खाना खाइसकेपछि भान्साको सक्यौ र तयार भएर बस पार्क पुग्यौ । ७ः३० भइसकेको थियो । टिकट देखाएर बसमा बस्यौ । बसिसकेपछि दिदीले झोलाबाट किताब निकाल्नु भयो । एकछिन फुर्सद हुनु हुँदैन किताब पढ्न सुरु गर्नु हुन्थ्यो । आधा घण्टापछि गाडी गुन्न थाल्यो । दशैको समयमा गाडी निकै भीड थियो । म र बहिनी चाँहि एकछिन भए पनि सुत्यौ । केही घण्टा पछि हामी हाम्रो घर पुग्यौ । बुवा हामीलाई चोकमा लिन आउनु भएको थियो । बुवालाई देखेपछि हामी धेरै खुशी भएका थियौ र बुवा पनि खुशी हुनुभएको थियो । 

केही समयपछि बुवाले हामीलाई हेर्दै भन्नुभयो,“तिमीहरु गलेका होलाऊ । भोक पनि लागेको होला । केही खाएर आराम गर ।”

“मलाई त भोक लागेको छैन । बिहान दिदीले खाना पकाउनु भएको थियो । त्यही खाएको हो ।” मैले भने ।

“ए । त्यसो भए केही  बेर आराम गर ।”

“हुन्छ ।”

“मलाई त भोक लागेको छ ।” बहिनीले भनिन् ।

“तिमी खाऊ न त ।”

“हुन्छ ।” 

बहिनी भान्सामा गइन् भने दिदी र म केही बेर आराम गयौ । बहिनी पनि खाना खाएपछि आराम गरिन् । दिदी त केही बेर आराम गरेर घरको काममा सहयोग गर्नु भयो भने हामी दुई जना ढिलै उठ्यौ र खाएपछि बुवा भए ठाउँमा गयौ । बुवा जमरा तयार पार्दै हुनु हुन्थ्यो । हामी बुवाको नजिक गयौ र त्यही क्रममा, बहिनीले भनिन्,“बुवा, दशैमा हामीलाई नयाँ लुगा छैन ।” 

“छ ।” बुवा आफ्नै कामा व्यस्त हुनु हुन्थ्यो । बहिनीले बुवालाई हेर्दै फेरि भनिन्,“कहाँ छ ?”

“मेरो काम सकिएपछि देखाउछु ।” बुवाले हामीलाई नहेरिकन भन्नुभयो । 

त्यही क्रममा, आमा आउनुभयो र भन्नुभयो,“कति लुगा मात्र खोज्छन् छोरीहरु ? पहिलाको दशैको लगाए भइगो नि ।”

“नाइँ । नयाँ चाहिन्छ ।” बहिनीले मुख बिगा्रदै भनिन् । 

“छोरीहरुको रहर । अरु बेला केही माग्दैनन् । दशैको बेला त हो । राम्रोसँग पढेका छन् । हाम्रा छोरीहरु ज्ञानी छन् । वर्षमा एक चोटि रहर गर्छन् । लगाऊन् ।” 

अनि आमा केही नभनिकन आफ्नो काम गर्न थाल्नु भयो र बुवा पनि । बुवाले आफ्नो काम सकेर हामीलाई बोलाउनु भयो र लुगा देखाउनु भयो । दिदी र मलाई कुर्ता थियो त्यो पनि हामीलाई मन पर्ने रङ्खको । मलाई निलो थियो भने दिदी सुन्तला रङ्खको । बहिनीलाई टि–सर्ट र प्यान्ट थियो । बहिनी धेरै खुशी देखिन्थिन् । 

हेर्दा हेर्दै टिकाको दिन । १०ः३० बजेको साईत थियो । हामी सबै जना रमाएका थियौ । मासु खान पाइन्छ र दक्षिणा पाइन्छ भनेर धेरै खुशी भएका थियौ । घरमा सबै जनाले टिका लगाइसकेपछि हामी मामा घर गयौ । हामी मामा घरमा धेरै दिनसम्म बस्यौ । मामा घरको हजुरबुवाले धेरै माया गर्ने । आमाको दुई जना भाइ हुन् र आमा घरकी जेठी हुन् । मामाहरुले पनि धेरै माया गर्ने । हामी ५ दिन जति बस्यौ र घर फर्कियौ । घरमा बस्दा हामी पढेर बस्थ्यौ र गाउँ धुम्न जान्थ्यौ । त्यसको साथ साथै घरमा सगाउथ्यौ । हेर्दा हेर्दै तिहार पनि आयो । मलाई दशैभन्दा पनि तिहार मन पथ्यो । तिहार आउदा म निकै खुशी हुन्थे । छिलिमिलि लाग्थ्यो । भाइटिकाको दिन हामी मामा घर गयौ र उतै टिका लगायौ र सोहि दिन बेलुका घर फर्कियौ । 

भोलिपल्ट धरान जाने दिन । लुगाहरु झोलामा राख्यौ । बिहान छिट्टै उठ्यौ र खाना खाएर हामी निस्कियौ । बस पार्कसम्म बुवाले पु¥याइदिनु र हामी तीन जना धरान गयौ । सोही दिन हामी आराम गयौ । भोलि पल्ट कलेज जाने । 

भोलिपल्ट कलेज गयौ । समय बित्दै गयौ एक दिनको कुरा हो । साँझको समय थियो । म अङ्गे्रजी उपन्यासको पान पल्टाउदै थिए, त्यही क्रममा एउटा कागज देखे । अचम्म पर्दै कागज हेर्न थाले । त्यो चिठ्ठी पढ्न थाले । 

प्रिय सोफि, 

           तपाईलाई यो चिठ्ठी पढ्दा अचम्म लाग्ला । हामी बीच त्यति संवाद भएको छैन तर जबदेखि मैले तपाईलाई देखे, मैले तपाईलाई मन पराउन थालेको छु । तपाईको मुस्कान मै जादु छ । त्यसको साथ साथै तपाई राजकुमारी जस्तै हुनु हुन्छ । तपाईको जादु ममा चलेको छ । मलाई थाहा छैन कि तपाईले के जवाफ दिनु हुन्छ तर म तपाईको जवाफ कुरिरहने छु । 

                                                                                                                                सुजन शाक्य

यो चिठ्ठी पढेपछि म अचम्म परेको थिए । मैले सुजनलाई राम्ररी चिनेको थिइन न त उनलाई याद गरेको थियो । मैले सुजन को भनि सम्झने कोसिस गरे तर याद नै गर्न सकिन । को रहेछ त सुजन? रातभर यस विषय बारे सोचिरहे र सोच्दा सोच्दै कति बेला निदाए छु, पतै भएन । 

भोलिपल्टको कुरा हो । कक्षामा सबैको अनुहार हेरे । याद नै गर्न सकिन । पछि फेरि हेरे र पछाडि बसेको केटाले मलाई हेरिरहेका थिए । मैले हेरेपछि उनले मुस्कुराए । अनि मैले सोचे कि उनी नै हुन् सुजन । हेर्दा त ठीकै थिए तर आँखा चाँहि साहै« राम्रा थिए । ठीकको हाइट थियो । 

१०ः३० बजे कक्षा सकियो । सबै जना बाहिर निस्किए भने म कक्षा मै थिए । सुजन पनि कक्षा मै थिए । अनि म उनको नजिक गए । सुजन गम्भीर नै देखिन्थे । मैले उनलाई चिठ्ठी देखाउदै भने,“यो के हो ?” 

उनले मलाई हेरिरहे । वातावरणमा मौनता छाएको थियो र म चाँहि उनको जवाफको प्रतिक्षामा थिए । वातावरणको मौनता तोड्दै मैले फेरि भने,“यो के हो ?” म रिसाएको थिए । 

सुजन आफ्नो ठाउँँबाट उठे र भने,“थाहा छ कि तपाईलाई अचम्म हुनु हुन्छ ।” उनले मुस्कुराउदै भने ।

म केही नभनिकन त्यहाँबाट निस्किए । सुरज चाँहि म गएको हेरिरहे । त्यस पश्चात् म हररोज उनलाई लुकेर हेर्थे । हामी दुई बीच आँखाबाट धेरै कुरा हुन्थ्यो । बिस्तारै मैले उनलाई मन पराउन थालेको थिए र हामी कलेजबाट फर्केर जङ्गलतिर जान्थ्यौ त कहिले कता । 

केही समयपछि कुरा हो । हामी दुई जना जङ्गलमा थियौ र रुखमुनि थियौ । त्यही क्रममा, सुजनले भने, “तिमीलाई मेरो माया गछौ ?”

“यो कस्तो प्रश्न हो ?”

“भन न के ?” उनले जिस्किदै भने ।

“आफूभन्दा धेरै गर्छु । अनि तिमीले चाँहि कति गछौ ?” 

“म तिमी बिना बाँच्न सक्दिन । म तिमीलाई धेरै माया गर्छु ।” अनि उनी मेरो नजिक आउन खोजे तर मलाई अप्ठ्यारो लागेको थियो । सुरजले मेरो हात समातेका थिए र मलाई लाज लागेर आयो । अनि मैले भने,“छि । यो के गरेको तिमीले ?”

सुरज मुस्कुराए र हात छोडे । अनि म आफ्नो बाटो लागे । सुरजले म गएको हेरिरहे । हामी भेट्ने क्रममा नै थियौ र हाम्रो सम्बन्ध बारे कसैलाई भन्न जरुरी थिएन । सुरज र मेरो सम्बन्ध भए तापनि मैले मेरो पढाइमा बाधा आउन दिइन । 

......................................................................................................................................................................

हररोज हाम्रो भेट जङ्गलमा हुन्थ्यो र एक दिनको कुरा हो । हामी दुई जना जङ्गलमा थियौ र हामी आफ्नै संसारमा हराएका थियौ । त्यही क्रममा, सुरज मेरो नजिक आए र नजिकिन खोजे । मलाई अप्ठ्यारो लाग्यो र भने,“यो तिमीले के गरेको ?”

“माया ।”

“माया त मनदेखि गरिन्छ । शरिरसँग होइन ।”

“म तिम्रै हो । अनि तिमी किन डराउछौ ?”

“यो गलत हो ।”

“तिमीलाई मेरो विश्वास लाग्दैन ।” सुरज रिसाउदै भने । 

“मलाई तिम्रो माया र विश्वास लाग्छ तर यो सब विवाहपछि गरौ न ।”

“अहिले गर्दा के बिग्रिन्छ ?” उनले रिसाउदै भने । 

“पछि परिवारले र समाजले थाहा पाए भने, के हुन्छ ?” म नर्भस भए । माया त म सुरजलाई धेरै गर्छु र विश्वास पनि तर शारीरिक सम्बन्ध कसरी राख्नु ? मन धेरै दोधारमा थियो । शारीरिक सम्बन्ध नराखू सुरज रिसाउछन् र राखू अरुको डर थियो ।  

हामी दुवै जना मौन थियौ र एक अर्कोलाई हेर्दै थियौ । केही क्षणपछि सुरजले रिसाउदै भने,“तिमीलाई मेरो माया र विश्वास लाग्दैन रहेछ ।” सुरजले यति भनेर जङ्गलबाट निस्किए । म सुरज गएको हेरिरहे । 

यस रात म निदाउन सकिन । म उनलाई नै सम्झिरहे । उनले मेरो बारे के सोचिरहेका छन् । के मैले गलत गरे ? मेरो कारणले उनको मन कति दुख्यो होला । के मायामा शारीरिक सम्बन्ध जरुरी छ ? यदी मैले शारीरिक सम्बन्ध राखेपछि, उनले मलाई त छोड्दैनन् नि ? परिवार र समाजले थाहा पाए भने के हुन्छ ? यस्तै प्रश्नहरु मेरो दिमाग र मनमा आइहरे । 

......................................................................................................................................................................

धेरै दिनसम्म हामी बीच कुरा भएको थिएन । सुरज मसँग रिसाएका थिए । मलाई हेर्दा पनि हेर्देैन थिए । मनमा चिसो प¥यो । लाग्यो कि उनले मलाई माया गदैनन् । उनलाई मेरो माया लाग्ने भए, अहिलेसम्म मसँग बोल्थे । ती कुराहरु बिर्सिन्थे । कसलाई दोष दिने ? मेरो मन छटपटाउन थालेको थियो र सुरजसँग कुरा गर्न मन लाग्यो ।

एक दिनको कुरा हो । सबै जना कक्षाबाट निस्किए भने, सुरज निस्किने क्रममा थिए । म उनको नजिक गए र भने,“तिमीलाई के चाहिएको हो ? यत्रो दिनसम्म किन रिसाएको ? तिमीलाई मेरो माया लाग्दैन ?”

सुरज बोलेका थिएनन् । यता र उता हेरिरहेका थिए । म उनलाई हेरिरहेको थिए र उनलाई हेर्दै भने,“तिमी किन मौन छौ ? किन मेरो प्रश्नको उत्तर नदिएको ?”

“किन जवाफ दिनु ? तिमीले मलाई माया गर्दैन रहेछौ । यदी गर्ने भए मैले भनेको माथ्यौ । तिमीलाई त मैले एकोहोरो माया गर्दो रहेछु । तिमीलाई मेरो वास्ता छैन । तिमीसँग त बोलेर काम छैन ।”

“तिमीलाई म माया गर्छु तर शारीरिक सम्बन्धको लागि म तयार छैन । मलाई डर लागेको छ ।”

“के को डर ?” सुरज मेरो नजिक आए ।

“कसैले थाहा पाए भने ?” मैले आफ्नो डर व्यक्त गरे ।

“म तिम्रै त हूँ । मलाई विश्वास गरेर त हेर ।” उनले मलाई सम्झाउदै थिए र अन्तिममा आएर मैले माने । सुरज खुशी भएका थिए । कोही नभएको बेला म उनको घरमा जान्थे । घरमा दिदीलाई झूट बोलेर उनको घर जान्थे । 

सुरुका दिनमा मैले शारीरिक सम्बन्ध राख्न मानेको थिइन तर उनकै खुशीको लागि गर्दै थिए । मनमा त डर थियो तर उनकै मायाको कारण गर्दै थिए । समय बित्दै गयो र म उनको मायामा डुब्दै गएको थिए । मेरो पढाइमा ध्यान कम हुँदै गएको थियो । म सुरजको संसारमा हराएको थिए । दिदीले थाहा पाइसक्नु भएको थियो कि मेरो ध्यान पढाइमा कम हुँदै गएको छ भनेर तर केको कारणले त्यो थाहा पाउनु भएको थिएन र मौन नै हुनु हुन्थ्यो । 

......................................................................................................................................................................

शनिबारको दिन थियो । खाना खाइसकेर र किचेनकको काम पनि थियो । दिदी पढ्दै हुनु हुन्थ्यो । उहाँको नजिक गए र भने,“दिदी, म साथीको घरमा गएर पढ्छु ।” मेरो हातमा किताबहरु थिए । 

“हुन्छ ।” उहाँले मलाई नहेरिकन भन्नू भयो । उहाँको ध्यान किताबमै थियो । म चाँहि धेरै खुशी भएको थिए कि मेरो भेट सुरजसँग फेरि हुँदै छ तर मलाई थाहा थिएन कि मेरो दिदीले मेरो पिछा गर्नु हुने छ । दस मिनेटमा म सुरजको घर पुगे । घण्टी बजाए र उनले ढोका खोले । मलाई देखेर सुरज मुस्कुराए र म पनि मुस्कुराए । अनि म भित्र छिरे । उनले ढोका बन्द गरे । हामी दुवै जना कोठामा गयौ । उनले आफ्नो लुगाहरुको साथ साथै मेरा लुगाहरु खोले र हामी शारीरिक सम्बन्धमा डुबेका थियौ । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । हामी दुवै जना आत्तियौ । हामीले एक अर्कोलाई हेरौ र सुजरले भने,“यस बेला को हो ?” सुरज आत्तिदै लुगा लगाउछन् र ढोका खोल्छन् । दिदीलाई देख्छन् र आत्तिदै भन्छन्,“तपाई ?”

दिदी केही नभनिकन भित्र छिर्नु भयो । उहाँ हामी भएको कोठामा आउनुभयो । सुरज पछि आएका थिए । म चाँहि हत्तारिदै लुगा लगाउदै थिए र त्यही क्रममा, दिदी कोठामा आउनुभयो । जब दिदीले मलाई देख्नुभयो म आत्तिए । उहाँ मेरो नजिक आउनुभयो र मलाई एक थापड हान्नुभयो । अनि उहाँले मलाई तानेर कोठा लिएर जानुभयो । वातावरणमा मौनता छाएको थियो । मैले दिदीलाई हेर्न सकिन तर दिदीले मलाई हेर्दै हुनु हुन्थ्यो । उहाँलाइ निकै रिस उठेको थियो । 

केही क्षणपछि मौनता छोड्दै उहाँले मलाई हेर्दै भन्नुभयो,“यो सब के हो र कहिलेदेखि चलिरहेको छ ?” उहा रिसाउँदै भन्नुभयो । म मौन नै थिए र त्यसको साथ साथै म डराएको थिए । उहाँले मलाई निहालेर हेर्दै हुनु हुन्थ्यो र मलाई हेर्दै भन्नुभयो,“के भयो ? केही त बोल ।” उहाँले कडा स्वरले भन्नुभयो । 

अनि मैले सबै कुरा व्यक्त गरे । उहाँ अचम्म हुनु भयो र खाटमा थचक्क बस्नु भयो । उहाँलाई मैले हेर्न सकिन । उहाँलाई मैले यस्तो गर्छु जस्तो लागेको थिएन र उहाँ भावुक हुनु भएको थियो । उहाँलाई के भन्ने भयो । 

वातावरणको मौनता तोड्दै दिदीले भन्नुभयो,“अबदेखि त्यो केटा नभेट्नु । पढाइमा ध्यान दिनु । पढाइ राम्रो भयो भने, राम्रो जागिर हुन्छ । आफ्नो भविष्य राम्रो बनाउनुपर्छ । लभ अहिले गर्ने होइन । बुवाको भरोसा तिमीले तोड्यौ । यो कुरा बुवाले थाहा पाउनु भयो भने के हुन्छ ? यो कुरा बारे सोचेकी छौ ? तिमीले त बुवाको  आशा मारेकी छौ । यो कुरा बुवालाई थाहा नहोस् । अबदेखि पढाइमा ध्यान दिनु । केटामा होइन ।” दिदीले मलाई हेर्नु भयो । म मौन नै थिए । मसँग शब्दहरु नै थिएन । मन शान्त थिएन । 

१५

मेरो ध्यान पढाइमै थियो । सुजनतिर मेरो ध्यान कम हुन थालेको थियो । हामी बीच संवाद हुन छाडेको थियो । त्यस घटनापनि हामी बीच बोलचाल बन्द भएको थियो । न त सुजन मसँग बोल्न आउथ्यो न त म बोल्न जान्थे । मलाई बोल्न मन लाग्थ्यो तर म दिदीको कुरा याद आइरहथ्यो । कहिले काही लाग्थ्यो कि दिदीले भनेको कुरा ठीक हो जस्तो लाग्थ्यो । अनि मेरो ध्यान पढाइमै हुन थालेको थियो । हेर्दा हेर्दै मेरो १२ को परिक्षा सकियो र दिदीको स्नातक डिगी्र सकियो र बहिनीको कक्षा १० । अनि हामी सबै जना घर गएका थियौ । मभन्दा दिदी र बहिनी खुशी भएका थिए । दिदी र बहिनी बुवासँग नजिक थिए । दिदीलाई डाक्टर बनाउने रहर थियो र दिदीलाई बुवाको सपना पूरा गर्नु थियो । 

हेर्दा हेर्दै दुई महिना बित्यो र नतिजा आयो । दिदीले राम्रो अँक ल्याएर पास हुनु भयो । उहाँले ८०% ल्याउनु भएको थियो भने मेरो ७७% आएको थियो भने बहिनीको ७९.६% आएको थियो । घरमा बुवा धेरै खुशी हुनु भएको थियो । 

एक दिनको कुरा हो । हामी सबै जना खाना खाइसकेपछि बाहिर बसेका थियौ । बुवा र दिदीको हातमा किताब थियो । दुवै जना पढ्नमा व्यस्त हुनु हुन्थ्यो । म र बहिनी चाँहि खेल्दै थियौ । त्यही क्रममा, हजुरआमाले बुवालाई हेर्दै भन्नुभयो,“ठूले ।”

“हजुर ।” बुवाको ध्यान किताबमै थियो । 

“नातिनीहरु ठूला भइसके । मैले त नातिनीहरुको बिहे नदेख्ने भए । तँ केही वास्ता गर्दैनस् ।”

बुवा किताब बन्द गर्नुभयो र आमालाई हेर्दै भन्नुभयो,“तपाईलाई कस्तो हतार । मैले तपाई पहिले भनिसकेको छु कि म मेरी तीनै छोरीहरुलाई ठूलो मान्छे बनाउछु र काबिल बनाउछु । काबिल भएपछि केटाहरु आफै माग्न आउछन् ।”

“होइन, ठूले । नातिनीहरुको बिहे गराउनु पर्छ । ठूली नातिनी वा माइलीको भए पनि गराउनु पर्छ ।” हजुरबुवाले भन्नुभयो । 

बुवाले केही नभनिकन आफ्नो कोठामा जानुभयो । हजुरबुवा चाँहि रिसाउदै भन्दै हुनु हुन्थ्यो,“यो ठूलेले हामीले भनेको नमान्ने भयो । डर पनि केहीको छैन । छिमेकीले कुरा काट्न थालिसके । ठूलेलाई केही कुराको मतलब छैन ।” हजुरबुवा रिसाउदै आफ्नो कोठामा जानुभयो । 

१६

डाढे दुई महिनाको घर बसाईपछि हामी धरान आइपुग्यौ । बहिनीले ११ र १२ विज्ञानमा भर्ना भइन् भने म चाँहि अङ्ग्रेजी साहित्य नै पढे । दिदीले चाँहि एमबिबिसमा भर्ना हुनु भयो ।

कलेजको पहिलो दिन थियो । सुरुको दिनमा परिचय भएको थियो । पढाइ त्यति भएन । बिहानको कक्षा थियो । बिहानको ७ः०० बजे सुरु भएर ११ः०० बजे सकिन्थ्यो । समय बित्दै गयो र पढाइ राम्ररी सुचारु हुन थालेको थियो । त्यसको साथ साथै मेरो परिचय दिक्षिका श्रेष्ठसँग भयो । म बसेको ठाउँ खाली थियो र उनी मसँग बसिन् । सुरुमा त हामीले एक अर्कोलाई हेरेर मुस्कुराएका थियौ । पछि हामी मिल्ने साथी भयौ । उनी मभन्दा अग्ली थिइन् । उनीले चस्मा लगाइकी थिइन् । उनी मभन्दा धेरै पढ्ने । 

जति ठूलो स्तरको कक्षा त्यति नै कविताहरु बुझ्न गाह्रो हुन थालेको थियो । कहिले काही निद्रा लाग्थ्यो । समय बित्दै गयो । म मिहिनत गरेर पढ्दै थिए । म सधै प्रथम हुन्थे तर एक दिनको कुरा हो । म परिक्षामा दोस्रो भए । मलाई जान्न मन भयो कि को रहेछ प्रथम हुने र थाहा पाए कि प्रथम हुने केटा रहेछन् र नाम थियो विजय पौडेल । मलाई हेर्न मन थियो कि को रहेछ भनेर । वास्तवमा भन्ने हो भने म पढाइम यति केन्द्रित भएको थिए कि मैले आफ्नो कक्षामा पढ्ने साथीहरु कोही चिनेको थिइन । म त्यति बोल्न रुचाएको थिइन । पहिला धेरै चोटि धोका खाइसकेको थिए । धोका खाएको भएर म केटाहसँग बोल्न रुचाउदिन थिए । मेरो पढाए बिगा्रनु थिएन । मलाई सिर्फ विजय पौडेल को रहेछ भन्ने भयो । 

अर्को दिन । पहिलो कक्षा उपन्यासको थियो । सरले हाजिर गर्दै हुनु हुन्थ्यो । त्यही क्रममा, विजयको नाम आयो र मैले उनलाई हेरे । उनले थाहा नपाउने गरी हेरे । उनको ध्यान सरतिर थियो । त्यस पश्चात् म दोस्रो हुन थालेको थिए र विजय प्रथम । उनले मलाई १% ले सधै जित्थे । बि.ए को प्रथम वर्षको बोर्ड परिक्षाममा पनि उनले १% ले जितेका थिए । म सधै प्रथम हुने व्यक्ति, दोस्रो हुँदा नरमाइलो लागेको थियो र त्यसको साथ साथै विजयदेखि रिस उठेको थियो । मलाई जित्नु थियो । दुई वर्ष त बाँकी नै थियो । अझ मिहिनत गरेर पढ्ने निर्णय गरे । 

१७

समय बित्दै गयो र बिएको दोस्रो वर्ष सुरु भइसकेको थियो र सुरु भएको तीन महिनापछिको कुरा हो । छोटो कथा लेखेर बुझाउनु पर्ने थियो । जित्नेलाई पुरस्कार थियो । मन धेरै खुशी भएको थियो । सुरुमा त के लेख्ने भएको थियो । दिमागमा केही आएन । धेरै सोचे तर दिमागमा केही आएन । अन्तमा केही दिमागमा नआएपछि मैले आफ्नै प्रेम कहानी लेखे । लेखिसक्दा दुई दिन लाग्यो र त्यसको साथ साथै धेरै चोटि सम्पादन गरे । पढे तर आफूलाई कहि न कहि चिन्त बुझेन । फेरि सम्पादन गरे तर कहि न कहि मिलेको थिएन । मन नै छोएको थिएन । यो पाराले त मैले त पुरस्कार नपाउने भए । फेरि लेखे । आफ्नो बुवाको संघर्ष र मेरो प्रेम कहानी मिलाएर लेखे । लेखिसकेपछि मैले पढे । बल्ल चिन्त बुझ्यो । सोचे कि मै प्रथम हुन्छु र पुरस्कार पाउने छु । 

अर्को हप्ता बुझाए । शुक्रबारको दिन पुरस्कार पाउने दिन थियो र म शुक्रबारको प्रतिक्षामा थिए । हेर्दा हेर्दै शुक्रबार पनि आयो । दिउँसोको समय थियो । सबै विद्यार्थीहरु चौउरमा थिए । सरले सबै जनालाई स्वागत गर्नु भयो । प्रतियोगितामा भाग लिने सबैलाई पाल्लै पिल्लो बोलाउनु भयो । सबैले आ–आफ्नो कथा सुनाए र मेरो पालो आयो र मैले पनि सुनाए । मेरो पछि विजयको पालो आयो र उनले कथा सुनाए । जब म उनको कथा सुदै गए, म धेरै भावुक हुँदै गएको थिए । उनको कथाले मेरो मन छोएको थियो । कथा आमा र छोराको थियो । कसरी एकल आमाले आफ्नो छोरालाई हुर्कोइन् र पढाइन् भन्ने विषयमा थियो । भावुक तरिकाले लेखिएको थियो । आँखामा आँसुले भरिएका थिए । मेरो मनमा यो कथाले बास बसेको थियो । उनले कथा भनिसकेको २० मिनेटपछि विजेताको घोषणा गर्ने बेला भएको थियो । तेस्रो सम्झना अधिकारी भइन् जो बिए पहिलो वर्षमा पढ्थिन् । दोस्रो म भएको थिए र प्रथम विजय पौडेल भएका थिए । जिन्दगीको पहिलो पटक विजय प्रथम हुँदा खुशी भएको थिए । विजय कति मिहिनति रहेछन्् भन्ने लाग्यो । मलाई विजयसँग कुरा गर्न मन लाग्यो । मौकाको खोजीमा थिए । उनी प्रायः किताबमै केन्दि«त हुन्थे । कलेज टाइममा आउथे र समयमै निस्कन्थे । मौका नै पाएको थिइन र त्यसको साथ साथै आँट पनि थिएन । 

सोचेको थिए कि म कहिले प्रेम गर्ने छैन तर प्रेम भन्ने चिज कहाँ आफूले सोचेको जस्तो हुँदो रहेछ । विजयले कथा सुनाइसकेपछि उनी प्रति माया पलाएको थियो । हामी बिच संवाद त्यति नभए पनि माया उनी प्रति थियो । पहिला रिस उठेको थियो भने अहिले उनलाई देखेपछि खुशी हुन्छु । म एक पल्ट उनीसँग कुरा गर्न चाहन्थे तर मौका मिलिसकेको थिएन । चिठ्ठी लेख्न पनि सकिन । सोचे कि उनले मलाई स्वीकादैनन् । सोचे कि उनले चाहेर पनि मलाई र मेरो मायालाई स्वीकार्ने छैनन् । हाम्रो स्तर मिल्दैन । यहि कुरा सोचेर मेरो मनमा चिसो प¥यो । 

................................................................................................................................................................

दिक्षिका र म सधै घर फर्केथ्यौ र त्यही क्रममा दिक्षिकाले मलाई हेर्दै भनिन्,“तँलाई आजकाल के भएको छ ?”

“केही भएको छैन ? किन मलाई यो प्रश्न गरेकी ?”

“कथा प्रतियोगिता पछि तँ बेग्लै भएकी छेस्, त्यसैले मैले सोधेको ।”

अनि मैले आफ्नो प्रेम कहानी सुनाए र त्यसको साथ साथै आफ्नो परिवारको बारेमा व्यक्त गरे । दिक्षिकाले मेरो कुरा सुनिसकेपछि भनिन्,“तेरो पढाइ राम्रो छ । पछि तैले राम्रो जागिर पाउछस् । तत् मान्छे राम्ररी छस् । तैले पछि राम्रो केटा पाइहाल्छस् नि । विजयले तँलाई हेर्छ कि हेर्दैन त्यो पनि थाहा छैन, माया गर्छ कि गर्दैन, त्यो पनि थाहा छैन । तँ सिर्फ पढाइमा ध्यान दिएस् । पछि राम्रो हुन्छ । तेरो बुवाले तँलाई माया गर्नु हुन्छ । त्यसैले उहाँको सपना पूरा गर ।”

उनीको कुरा चिन्त बुझ्यो । उनले भनेको कुरा सही लाग्यो । विजयलाई मैले बिर्सेनु नै पर्छ । समय बित्दै गयो । पढाइमा नै ध्यान थियो । हेर्दा हेर्दै मेरो पढाइसकियो । नतिजाको पखाईमा थिए । म घर गएको थिए । बहिनी र दिदी चाँहि धरानमै थिए । बहिनी स्नातक डिग्रीको पहिलो वर्षमा थिइन्  भने दिदीको अन्तिम वर्षको तयारीमा हुनु हुन्थ्यो । घर जान नपाउदा दुवै जना निराश थिए । विशेष गरी दिदी निराश हुनु हुन्थ्यो । 

१८

म गाउँ आएको एक हप्तापछिको कुरा हो । हामी सबै जना सुतेका थियौ । त्यही क्रममा, हजुरबुवा एक्कासि खोक्नु भयो । निकै बेर खोक्नु भयो । हजुरआमा हतारिदै बुवाको कोठामा जानुभयो र भन्नुभयो,“ठूले, बुवालाई के भयो ? एक्कासि नराम्रोसँग खोक्दै हुनु हुन्छ ?”

बुवा उठ्नु भयो र काका, कार्कीहरु, आमा र हजुरआमा हजुरबुवाको नजिक जानु भयो । हजुरबुवा खोक्दै हुनु हुन्थ्यो । बुवाले आमालाई औषधी बनाउन अनुरोध गर्नु भयो र आमाले औषधी बनाउनु धयो । दुई दिनसम्म कम भएको थिएन । झन् बढ्दै थियो खोकी । अनि बुवाले हजुरबुवालाई धरानको अस्पतालमा लिएर जानुभयो । दिदी लिन आउनुभएको थियो । दिदी आतिनु भएको थियो । 

बुवाले आफ्नो सामान कोठामा राखेर बि.पी अस्पतालमा भर्ना गरियो । म जान पाएको थिइन । के भयो कसो भयो केही थाहा थिएन । मन आत्तिन थालेको थियो । एक हप्ता भइसकेको थियो केही खबर नआएको ।

एक दिनको कुरा हो । आमा खाना पकाउदै हुनु हुन्थ्यो । साँझको समय थियो । हजुरआमा भान्साको कुनामा बस्नु भएको थियो र उहाँ गम्भीर हुनु भएको थियो । आमा पनि गम्भीर हुनु भएको थियो । त्यही क्रममा, हजुरअआमाले भन्नुभयो,“अहिलेसम्म केही खबर आएको छैन । एक हप्ता भइसक्यो । के भयो, कसो भयो ? मन चिन्तित हुन थाल्यो ।” हजुरआमाको आँखाहरुमा आँसुले भरिएको थियो ।  

आमा हजुरआमाको नजिक जानुभयो  र भन्नुभयो,“आमा, तपाई नआतिनु । सबै कुरा ठीक हुन्छ । व्यस्त भएर खबर नगर्नु भएको होला । बालाई केही हुँदैन ।” 

वातावरणमा मौनता छाएको थियो । हजुरआमा त मौन नै हुनु हुन्थ्यो तर उहाँको मन अशान्त नै थियो । आमाले हजुरआमालाई हेर्दै हुनु हुन्थ्यो र हजुरआमाको मनको कुरा बुझिसक्नु भएको थियो । 

................................................................................................................................................................

दुई हप्तापछि बुवाहरु आउनु भयो । बुवा, काकाहरु र हजुरबुवाको अनुहार अँध्यारो थियो । सबै जना हजुरबुवाको कोठामा थियौ । त्यही क्रममा, हजुरआमाले बुवालाई हेर्दै भन्नुभयो,“ठूले । के भयो ? यत्रो दिन किन लगायौ ?”  

“आमा ।” बुवाले हजुरआमालाई नहेरिकन भन्नुभयो । उहाँको आँखामा आँसु थियो ।  

हजुरआमा हतारिदै भन्नुभयो,“के भयो ठूले ? भन्न छिट्टो ।” 

“बुवालाइ रगतको क्यान्सर छ; त्यो पनि अन्तिम चरणको । बुवा केही समयको पाहुना हुनु हुन्छ ।”

हजुरआमा आत्तिदै भन्नुभयो,“यो क्यासर के हो ?”

“क्यान्सर भनेको एक रोग हो जसमा शरीरका केही कोशिकाहरु अनियन्तित रुपमा बढ्छन् र शरीरका अन्य भागहरुमा फैलिन्छन् ।” 

“यो निको हुन्छ होला नि ?” 

“अन्तिम चरणमा फैलिसकेपछि यसको उपचार हुँदैन । सुरुमै थाहा भएको भए निको हुने थियो । क्यान्सर फैलिएपछि मात्र दुख्न थाल्छ । पछि मात्र थाहा हुन्छ रोग क्यान्सर हो भनेर ।” 

हजुरआमा रुन थाल्नुभयो । आमा रोएको देखेर बुवा आमाको नजिक जानुभयो र भन्नुभयो,“आमा, नआत्तिनु होस् । बुवा जति दिन बाँच्नु हुन्छ,, हामीले खुशी दिनुपर्छ । हामीले उहाँलाई हेरचाह गर्नु पर्छ । तपाईले नै हिम्मत हार्नु भयो भने, हामीलाई कसले हिम्मत दिन्छ ? तपाई कमजोर हुनु हुँदैन,आमा । आफूलाई सम्हाल्नु होस् ।”

यो रात कोही सुत्न सकेका थिएनौ । 

१९

मनमा उत्साह थिएन । सबै जनालाई गाह्रो भइरहेको थियो । सबै जना बाहिर हाँसे पनि मनदेखि कोही हाँसेका थिएनौ । हामीले हजुरबुवार्ला राम्रोसँग हेरचाह गरिरहेका थियौ । उहाँलाई जे खान मन छ, त्यही बनाइदिन्थ्यौ । 

एक दिनको कुरा हो । हामी सबै जना खाना खाँदै थियौ । त्यही क्रममा, हजुरबुवाले भन्नुभयो,“अब म कति दिन बाँच्छु थाहा छैन तर मलाई नातिनीको विवाह हेर्न रहर छ ।” हजुरबुवाले मलाई हेर्दै भन्नुभयो । बुवा र म मौन नै थियौ । हामीले एक अर्कोलाई हेरौ मात्र । बुवाले यस पालि केही बोल्नु भएन । केही नबोलिकन खाना खाइरहनु भयो । हजुरबुवाले बुवाले हेरिरहनु भएको थियो । दुवै जनाको मनमा के चलिरहेको थियो त्यो मलाई थाहा थिएन तर मलाई विवाह गर्नु थिएन । मलाई पढ्नु थियो । अगाडि बढ्नु थियो । म यस रात सुत्न सकिन । मन छटपटिन थालेको थियो । विवाह गरेपछि मेरो जिन्दगी अगाडि बढ्दैन । म पढ्न पाउदिन । धेरै कुराहरु सोच्न थाले । सोच्दा सोच्दै म रुन थाले छु । मन शान्त हुन सकेन । मलाई विवाह गर्नु थिएन । मलाई पढ्नु थियो । सोच्दा सोच्दै म कति बेला सुते छु मलाई नै थाहा छैन । 

भोलिपल्ट म ढिलो उठे र म तल गए । बुवा र हजुरबुवा खेतमा गफ गर्दै गरेको देखे । मलाई जान्नु थियो कि दुवै जना के गफ गर्दै हुनु हुन्थ्यो भनेर । मलाई आतुर भइसकेको थियो कि दुई जना गफ सुन्न । त्यहि क्रममा, आमाले मलाई चिया पिउन बोलाउनु भयो । अनि म किनेचमा गए । 

केही समयपछि बुवा र हजुरबुवा किचेनमा आउनुभयो । किचेनमा म, आमा, हजुरआमा र काकीहरु किचेनमा थियौ । वातावरणमा मौनता छाएको थियो । सधै बुवा बोल्ने व्यक्ति आज त्यति बोल्नु भएको थिएन । मौन हुनु हुन्थ्यो । उहाँ निराश हुनु भएको थियो । म उहाँलाई हेरिरहेको थिए । त्यही क्रममा, वातावरणको मौनता तोड्दै हजुरबुवाले भन्नुभयो,“सोफि ।” 

“हजुर ।” मैले हजुरबुवालाई हेर्दै भने । उहाँले पनि मलाई हेर्दै हुनु हुन्थ्यो ।  

“म कति जेल बाँच्छु मलाई थाहा छैन । मलाई आफ्नो नातिनीको विवाह हेर्नु छ । सोफि, तिमी भए पनि विवाह गर ।” हजुरबुवा भावुक हुँदै भन्नुभयो । 

“म विवाह नगर्ने । मलाई पढ्न मन छ । मलाई पढेर केही गर्नु छ । विवाहको कुरा नगर्नु न । विवाह त पछि गर्दा हुन्छ त ।” म गम्भीर हुँदै भने । 

“तिमीले विवाह गर्ने पर्छ । हाम्रो खुशीको लागि भए पनि तिमीले विवाह गर्ने पर्छ । विवाह पछि पनि त पढ्न र जागिर गर्न पाइन्छ ।” हजुरबुवाले भन्नुभयो ।   

“म विवाह अगाडि नै पढ्न र जागिर गर्न चाहन्छु । बुवा, तपाई किन केही बोल्नु हुन्न । बुवा, तपाई केही बोल्नु न ।” मैले बुवालाई हेर्दै भने । 

बुवाले केही बोल्नु भएन । मलाई मात्र हेरिरहनु भएको थियो । उहाँको आँखाले केही भनिरहेका थिए । म केही नभनिकन आफ्नो कोठा गए र खाटमा पल्टिए । आँखामा आँसुले भरिए । मेरा सपनाहरु टुटेको जस्तो लाग्यो । । त्यसको साथ साथै मलाई कसैले बुझ्दैन जस्तो लाग्यो । अब त बुवा पनि बोल्न छोड्नु भएको थियो । मलाई के गर्ने भएको थियो । मभन्दा अगाडि दिदी हुनु हुन्छ । मलाई किन भनेको होला । म मात्र त छैन नि ।   

केही समयपछिको कुरा हो । बुवा मेरो कोठामा आउनु भयो र मेरो नजिक आएर भन्नुभयो,“छोरी ।”  

“हजुर ।” मैले उहाँलाई नहेरिकन भने ।   

“मलाई हेर त ।”  

म खाटमा उठे र बुवालाई हेरे । केही बेर हामी दुवै जनाले एक अर्कोलाई हेरौ । केही समयपछि वातावरणको मौनता तोड्दै बुवाले भन्नुभयो,“के भयो मेरो छोरीलाई ?”

“तपाईलाई सबै कुरा थाहा छ त ।”  

“हेर छोरी, तिमीलाई हजुरबुवाको स्थिति थाहा छ । त्यसैले उहाँको ईच्छा पूरा गर्न खोजेको मात्र हो ।”  

“अनि तपाईले देखेको सपना ? मैले देखेको सपना ? त्यो चाँहि के थियो ? मलाई पढ्नु छ । विवाह गर्नु छैन ।” म भावुक हुँदै भने ।   

“म पनि चाहन्छु कि तिम्रो र मेरो सपना पूरा होस् तर अहिलेको परिस्थिति बेग्लै छ । हजुरबुवाको ठेगान छैन । हामी तिम्रो लागि राम्रो केटा खोजिदिन्छौ ।”  

“म नै किन ?”

“चिना देखाउदा तिम्रो अगाडि विवाह हुन्छ भनेको छ ।”

“बुवा ।” भावुक हुँदै भने । 

बुवाले मलाई सम्झाउने क्रममा हुनु हुन्थ्यो र म आफ्नै जिद्धमा अडिएको थिए । अन्तमा बुवाले जित्नु भयो र मैले हार माने । खासमा मेरो विवाह गराइदिन बुवाको रहर थिएन । उहाँले आफ्नो रहर र सपना त्यानु भएको थियो । मनमा पिडा राखेर हाँस्नु भएको थियो । हजुरबुवाको खुशीको लागि आफूले देखेको सपना बलिदान गर्दै हुनु हुन्थ्यो । 

अनि केटा खोज्ने क्रममा हुनु हुन्थ्यो । त्यही क्रममा, बुवाले एक दिन रक्कीको फोटो देखाउनु भयो र भन्नुभयो,“यो फोटो हेर । यी हुन् रक्की शर्मा । फिल्मको हिरो । तिम्रो फोटो देखाएका थियौ र तिमीलाई उनले मन पराएका छन् । यहि असारमा विवाह गर्न चाहन्छन् ।”  

मैले हुन्छ भने । म, बुवा र दिदी बाहेक सब जना खुशी हुनु हुन्थ्यो । दिदीले र बुवाले प्रतिकार नगरे पनि उहाँलाइए चिन्त बुझेको थिएन । हजुरबुवाको अवस्था देखेर नै बुवा र दिदी मौन हुनु हुन्थ्यो । 

२०

रक्की शर्माको जन्म २०२६, माघ महिनामा भएको थियो । उनको जन्म र हुर्कोइ काठमाडौमा भएको थियो । उनी घरका एक मात्र सन्तान थिए । बुवा र आमा धेरै माया गर्न भएको थियो । इच्छाहरु सबै पूराइ दिनु भएको थियो । बच्चैदेखि चकचके र पढाइमा ठीकै थियो । नाइ सुन्न नसक्ने व्यक्ति थिए । जति जति ठूलो हुँदै गएका थिए त्यति नै उनी घमन्डी हुँदै गए र इगोले भरिएको थियो । स्कूल र कलेज पढ्ने क्रममा नै धेरै युवतीहरुले मन पराउथे र रक्कीलाई नाइ सुन्ने चmन थिएन । उनीको धेरै युवतीहरुसँग सम्बन्ध थियो ।

 उनले स्नातक डिग्रीको अध्ययन गरेका थिए । उनलाई बच्चैदेखि सिनेमा मन पर्ने र नृत्य सिकेका थिए । उनले स्नतक डिग्री पढ्दै गर्दा उनले पहिलो फिल्म पाएका थिए । फिल्मको नाम गहिरो माया थियो । यो फिल्म सुपर हिट भएको थियो । त्यस पछि एक अर्को गर्दै उनको फिल्म हिट हुन थालेको थियो र युवतीहरुको क्रेज थियो । फिल्ममा आएपछि यसै उसै गरी स्नातक डिग्री सकेका थिए । त्यसपछि उनले मास्टस् डिग्री पढेनन् । उनलाई पढ्न त्यति जागर चल्दैन थियो ।

रक्की सफल हुँदै गए र टि.भीमा अन्त्र्वार्ता आउने गथ्यो । टि.भीमा राम्रो बोले तापनि बाहिर अर्को थिए । टि.भीमा र फिल्म हेरेको भरमा मानिसहरुले मन पराउथे तर बाहिर नराम्रा थिए । कहिले काही घरमै युवतीहरु ल्याउथे । त्यसको साथ साथै रक्सी पनि पिउथे । यहि कारणले गर्दा बुवा र आमा दिक्क हुनु भएको थियो । धेरै चोटि सम्झाउदा पनि मानेका थिएनन् । त्यसको साथ साथै उनले लागू औषधी लिन थालेका थिए । उनको बारेमा समाचारहरु आउथ्यो र विशेष गरी नराम्रो खबर आउथ्यो । नराम्रा खबर आए तापनि मलाई र मेरा परिवारलाई फिल्ममा त्यति रुचि थिएन । फिल्मी दूनियाको बारे केही चासो हुँदैन थियो ।

२१

असार २२,२०५५ अर्थात् मेरो र रक्कीको विवाहको दिन । विवाहको साइत बिहानको १०ः३० थियो । विवाह काठमाडौबाट हुने भएको थियो । रक्की चोबारमा बस्थे र विवाह उनकै घरबाट हुँदै छ । हामी काठमाडौ  एक् हप्ता अगाडि आइसकेका थियौ र कीर्तिपुरमा बस्दै आएका थियौ । रक्कीको परिवारले नै बस्दो बस्द गरेका थिए । हामीले मानेका थिएनौ तर रक्कीको परिवारले धेरै डिपी गरेपछि हामी पछि हट्यौ । 

बिहानको ९ः०० बजेको थियो । हामी सबै जना तयार हुँदै थियौ । सबै जनाको ध्यान मतिर थियो । मलाई कस्तो देखिने हो भन्नेमा थियो । तयार हुँदै गर्दा सबै जनाले ति राम्ररी, राजकुमारी जस्ती भने । बेहुलीको भेषमा तयार हुँदै थिए तर मेरो मन शान्त थिएन । जिन्दगी आफूलाई नै अज्जिब लागेर आये । आफ्ना सपनाहरु अधुरो रहने छन् र अरुको सपना पूरा गर्दै छु । आफ्ना सपनाहरु सम्झेर केही समय भावुक भएको थिए तर आफ्ना आँसुहरु देखाउन सकिन । 

तयार हुँदा हुँदै १०ः३० भइसकेको थियो र हामी कीर्तिपुरबाट निस्कियौ । आधा घण्टापछि चोबार पुग्यौ । रक्कीको परिवार आइसक्नु भएको थियो । रक्की र म मण्डपमा बस्यौ । हाम्रो विवाह ६ घण्टा पछि सम्पन्न भएको थियो । मलाई लामो विवाह नै राम्रो लाग्दैन । अरुको विवाहमा जाँदाको अनुभव थियो । मानिसहरुले किन लामो विवाह गर्छन् जस्तो लाग्छ । 

विवाह सम्पन्न भइसकेपछि आमा धेरै रुनु भयो । म पनि रुन थाले । एक अर्कोलाई अँगाल्यौ । केही क्षणपछि म गाडीमा चढे । चढिसकेपछि मैले पछाडि फर्केर हेरे र बाई गरे । आमा रुँदै हुनु हुन्थ्यो । 

.............................................................................................................................................................

रातिको १०ः२० बजेको थियो । रक्की र एलिना खाटमा शारीरिक सम्बन्धमा थिए । केही क्षणपछि एलिनाले भनिन्,“आज तिम्रो विवाहको दिन तिमी मसँग छौ ।” एलिनाले रक्कीलाई हेर्दै भनिन् ।

रक्कीले पनि एलिनालाई हेर्दै भने,“विवाह त सोफियासँग गरे तापनि म त तिमीलाई नै माया गर्छु । सोफियासँग त बुवा र आमाको खुशीको लागि गरेको हूँ । मेरो मनमा तिमी छौ ।”

“सोफियासँग बसेपछि तिमीले मलाई बिर्सि छौ होला ।” एलिनाले आफ्नो मुख बिग्रादै भनिन् ।

“त्यसो नभन त तिमी । बिहे अर्कोसँग भए तापनि म तिमीलाई कहिले बिर्सिने छैन । तिमी सिर्फ मेरी हौ ।”

दुवै जना मुस्कुराए र एक अर्कोको शरीरसँग खेल्न थाल्छन् । 

२२

बिहानको ८ः०० बजिसकेको थियो । म उठे । म उठ्दा रक्कीलाई देखिन । म सिधै किचेनमा गए । आमा किचेनमा चिया बनाउँदै हुनु हुनुथ्यो । म आमाको नजिक गए र उहाँलाई ठोगे । उहाँले भाग्यमानी हुनु भन्नु भयो । 

“आमा, म बनाउछु नि ।” मैले भने ।

“हुन्छ ।” आमाले भन्नुभयो र कुर्सीमा बस्नुभयो । चिया पकाइसकेपछि मैले चिया टेबुलमा राखे । राखिसकेपछि मैले भने,“बुवालाई चिया ?”

“उहाँले चिया पिइसकेर बाहिर निस्किुभयो ।”

“आमा ।”

“हजुर ।”

“रक्कीलाई देख्नुभयो ? मैले उठेदेखि देखेको छैन ।”

“फिल्मको सुटिङ्गको लागि गयो होला । प्रायः नभनिकन हिड्छ ।” अनि चिया पिउनु भयो । 

मैले ए मात्र भने । मैले बेलुकादेखि नै रक्कीलाई देखेको छैन भन्न सकिन । त्यही क्रममा, आमाले भन्नुभयो,“हामी पर्सि नै जाँदै छौ ।”

“हजुर । कता ?” म अचम्मको पाराले भने । 

“गाउँ ।”

“किन ? हजुरहरु यहि बस्न मिल्दैन र ?”

“गाउँमा हाम्रो बानी बसिसकेको छ । छोराको बिहे गरिहाल्यौ । अब हामी जान्छौ ।”

“टिकट भयो त ।”

“भयो । बिहानको ११ बजेको छ ।”

“ए ।”

अनि मैले खाना पकाउन थाले । खाना पकाउनु अगाडि रक्कीलाई फोन गरे तर उनको फोन उठेन । सोचे कि फिल्मको सुटिङ्गमा होलान् । पछि फोन गर्लान् । खाना पकाइ सक्दा पनि उनले फोन गरेनन् । आफूले फोन गर्दा रिसाउछन् कि भन्ने डर भयो । पछि फेरि प्रयास गरे तर फोन उठेन । खाना पाकिसकेपछि आमा र बुवालाई खाना खान बोलाए । मैले रक्कीलाई कुर्ने विचार गरे । बुवा र आमा खाना खाएर बाहिर निस्किनुभयो । मैले धेरै समयसम्म रक्कीलाई कुरे तर उनी आएनन् । विवाह गरेको दिनदेखि उनी घर आएका थिएनन् । फोन धेरै चोटि गरे तर फोन उठेन । बुवा र आमा गाउँ जाने दिनमा पनि रक्कीको फोन उठेको थिएन । बुवाले रक्कीलाई फोन धेरै चोटि गर्नु भयो तर रक्कीले फोन उठाएनन् । फोन नउठेपछि रक्कीलाई नकुरिकन गाउँ जानुभयो । 

२३

“रक्की आइपुगेका छैनन् ।” निर्देशक राकेश क्षेष्ठले भने । 

“छैन आएका ।” सहायक निर्देशक दीपेन्द्रले भने । 

निर्देशक राकेश घडी गरे । दिउँसोको १ः०० बजेको थियो । फिल्र्म अमरको’ सुटिङ्ग थियो । सबै जना नगरकोटमा आइसकेका थिए रक्कीको अत्त्तो पत्त्तो थिएन । सबै जनाले रक्कीलाई कुरेर बसेका थिए । विवाह अगाडि नै सुटिङ्ग सुरु भएको थियो तर रक्की कहिले आउने गर्थे त कहिले सुटिङ्गमा आउँदैन थिए । सबै जना वाक्क दिक्क भएका थिए । रक्कीलाई नराख्दा फिल्म नचल्ने पिर र राख्दा नआइदाको पिर । 

निर्देशक राकेशलाई पिर थियो र चिन्ता पनि । उनलाई रिस उठेको थियो र रिसाउदै दिपेन्द्रलाई भन्छन्,“रक्कीलाई फोन गरौ ?”

“धेरै चोटि गरे गरिसके तर उठेको छैन । एक पल्ट तपाई प्रयास गर्नु न सर ।”

राकेशले फोन गरे । घण्टी जान्छ तर रक्कीले फोन उठाएनन् । नउठाएपछि राकेश रिसाउछन् । राकेशको साथ साथै अरुहरु पनि रिसाउछन् । फोन नउठाएपछि, राकेशले भन्छन्, “अब पाक अप । जबसम्म रक्की सम्पर्कमा आउँदैनन् तबसम्म सुटिङ्ग हुँदैन ।” सबै जना नबोलि नगरकोबाट निस्किछन् । 

............................................................................................................................................................


“होइन, तिम्रो फोन कति बजेको हो ?” एलिना रिसाउँदै थिइन् । 

“सुपरस्टारको फोन नबजेर कसको फोन बज्छ त ?” रक्की मुस्कुराउँदै भन्छन् । 

एलिना खाटबाट ओलिन् र लुगा लगाउदै भनिन्, “रक्की ।” उनी नर्भस भएकी थिइन् । 

“हजुर ।” रक्की खाटमा थिए र मोबाइलमा व्यस्त थिए ।

“म तिम्रो बच्चाको आमा बन्दै छु ।” रक्कीलाई हेर्दै भनिन् र डराएकी थिइन् ।

रक्की अचम्म पर्छन् र भन्छन्, “के ?”

“हो ।”

रक्की लुगा लगाउदै एलिनाको नजिक गएर भन्छन्, “यो हुन सक्दैन ।” उनले रिसाउदै भन्छन् । 

रक्की रिसाएको देखेर एलिना डराउछिन् । दुई जनाले एक अर्कोलाई हेर्छन् । रक्की एलिनाको नजिक जान्छन् र भन्छन्,“यो कहिलेदेखि ?”

एलिनाले डाक्टरको रिपोर्ट छेउमा भएको टेबुलबाट ल्याएर देखाउछिन् । रक्की छक्क पर्छन् र भन्छन्,“यो बच्चा म अपनाउन सक्दिन । यो बच्चालाई तिमीले अपाउनै पर्छ । 

“म यो बच्चालाई जन्माउन चाहन्छु । म आफ्नो बच्चा पाल्न सक्दिन र ? तिमीले म र यो बच्चालाई अपनाउनु पर्छ ।”

“मेरो इज्जत छ । म सुपरस्टार हूँ । दूनियाले के भन्छ ?”

“तिमीलाई आफ्नो इज्जतको मात्र पिर छ । मेरो इज्जत छैन । दूनियाले मलाई के सोच्छ ?”

“मलाई तिम्रो इज्जतको मतलब छैन । मलाई यो बच्चा चाइदैन ।”

“तिमीले मलाई माया गरेका रहेन छौ ।”

“हो । मैले तिमीलाई सिर्फ प्रयोग गरेको हूँ ।” यति भनेर रक्की एलिनाको घरबाट निस्किछन् । एलिना यस दिन धेरै रोइन् । 

......................................................................................................................................................................

घण्टी बज्छ । साँझको ७ः०० बजेको थियो । म ढोका खोल्न गए र ढोका खोल्दा त रक्की थिए । हामी दुवै जना एक अर्कोलाई देखेर मुस्कुरायौ । रक्की सिधै कोठामा छिरे र म पनि उनको पछि लागे । कोठामा छिरेपछि मैले भने, “तपाईको लागि खाना बनाउ ।”

“हुन्छ ।” अनि म किचेनमा गएर खाना बनाउन थाले । आधा घण्टापछि रक्की किचेनमा आए र हामीसँगै बसेर खाना खान थाल्यौ । खाना खाने क्रममा, मैले उनलाई भने,“तपाई यत्रो दिन कता हुनुहुन्थयो ? बुवा र आमाले भेट्न पाउनु भएन । धेरै चोटि फोन गर्नु भएको थियो ।”

“म सुटिङ्गमा थिए । फोन उठाउन मिल्दैन थियो । कुनै कुनै ठाउँमा त नेटवर्कले समात्दैन थियो । म आउँछु भन्दा भन्दै म आउन सकिन । त्यस्तै प¥यो ।”

म मौन नै थिए । उनले मलाई नहेरिकन भनेका थिए । मैले केही प्रश्न गर्न उचिन सोचिन । 

२४

बिहानको १०ः०० बजेको थियो । हामी दुवै जना खाना खाँदै थियौ । त्यही क्रममा, रक्कीको फोन उठाए र भने, “हेलो ।”

“हेलो ।” निर्देशक राकेशले भने । 

“हजुरले किन फोन गर्नु भएको होला ?”

“आज सुटिङ्गमा आउनु हुन्छ ?”

“हुन्छ । म आउँछु तर सुटिङ्ग कता हो ?”

“नगरकोट ।”

“म १२ बजे आइपुग्छु ।”

“हुन्छ ।”

अनि रक्कीले फोन काट्छन् र हतारिदै खाना खान्छन् । रक्की हतारिदै गरेको देखेर मैले सोधे,“तपाई किन यसरी हतारिनु भएको हो ?”

“मेरो आज नगरकोटमा सुटिङ्ग छ । त्यसैले हतारिएको हो । म आज उतै बस्छु । कति दिनको सुटिङ्ग हो थाहा छैन । म २ वा ३ दिन पछि मात्र घर आउँछु ।”

“२÷३ दिन ?”

“हो ।” यति भनेर रक्की कुर्सीबाट उठे । अनि आफ्नो कोठामा छिरे । म पनि केही समयपछि छिरे र लुगाहरु झोलामा राखे । केही समयपछि उनले केही नभनिकन घरबाट निस्के र म रक्की गएको हेरिरहे । 

निर्देशक राकेशले फिल्मको टिम सबै जनालाई फोन गरेर बोलाए तर उनलाई विश्वास छैन कि रक्की आउँछन् भनेर । सबै जना १२ बजे आइपुग्छन् तर रक्की आएका थिएनन् । फोन गर्दा घण्टी जान्छ तर फोन उठेन । त्यहि क्रममा, नाियका सिम्रिका अर्यालले भनिन्,“आज पनि रक्की आउँदैनन् ।” उनी मुस्कुाइन् भने निर्देशक राकेश रिसाउँछन् ।

एक घण्टापछि रक्की सुटिङ्ग भएको ठाउँमा आउँछन् । सबै जना छक्क पर्छन् । सबैभन्दा खुशी निर्देशक राकेश भएका थिए भने सबैभन्दा दुःखी नायिका सिम्रिका । हरेक पल जिस्कि रहन्छन् । जिस्किए मात्र केही भएन । नराम्रोसँग जिस्किन्थे जुन सिम्रिकलाई मन परेको थिएन । 

रक्की निर्देशकको छेउमा गए तर उनको नजर सिम्रिकाकोमा थियो । उनले नराम्रो तरिकाले हेरिरहेका थिए जुन सिम्रिकालार्ई मन परेको थिएन । त्यही क्रममा, निर्देशक राकेशले भने, “अब सुटिङ्ग सुरु । सिम्रिका तपाई तयार हुनु हुन्छ ?”

“छु ।”

दुवै जना एक अर्कोको अगाडि उभि छन् । उता निर्देशक एक्शन कट भन्छन् । सिम्रिका आफ्नो डाईलग भन्दै थिइन् भने रक्की सिम्रिकालाई एक टकले हेरिरहेका थिए । सिम्रिकाले डाईलग भनि सक्छिन्  तर रक्की आफ्नो डाईलग भन्दैनन् र निर्देशक राकेशले भने,“रक्की, तिम्रो डाईलग भन ।”

धेरै चोटिभन्दा पनि सुनेका थिएनन् । निर्देशक रक्कीको नजिक गएर भन्छन्,“रक्की,रक्की ।”

“हँ ।”

“तपाईको डाईलग भन्नुहोस् ।”

अनि डाईलग भन्छन् । सुटिङ्ग ५ बजे सकियो र नजिकैको होटेलमा बस्ने निर्णय गरे । रक्की चाँहि कसैले नदेख्ने गरि सिम्रिकाको पछि लाग्छन् । सिम्रिकाको रुममा पुग्छन् । सिम्रिका आफ्नो रुमको ढोका लगाउने क्रममा थिइन् । त्यही क्रममा, रक्की भित्र जान्छन् ।  

“तपाई यहाँ ?”

“हो ।” रक्की सिम्रिकाको नजिक जान्छन् र उनीलाई छुने कोसिस गर्छन् र किस पनि । 

“तपाई यो के गर्न खोज्दै हुनु हुन्छ ?”

“तपाईलाई माया गर्न खोजेको ।” सिम्रिकालाई जर्बरजस्ती गर्न खोज्दै थिए । त्यही क्रममा, सिम्रिकाले एक थप्पड हार्छिन् र भन्छिन्,“तपाई यहाँबाट निस्किनु हुन्छ कि अरुलाई बोलाऊ ?”

रक्कीको ईगोलाई हर्ट हुन्छ र त्यहाँबाट निस्किछन् । आजसम्म कसैले रक्कीलाई हिर्कोउने हिम्मत गरेक ाथएनन् तर सिम्रिकाले गरिन् । रक्कीलाई बदला लिन मन थियो । रक्कीलाई हरपल यही थप्पड याद आउथ्यो । 

२५

बिहानको ११ः०० बजेको थियो । म किचेनको काम भर्खेर सकेको थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्छ । म ढोका खोल्न जान्छु । ढोका खोल्दा एक युवती थिइन् । उनीलाई देखेर मैले भने,“तपाई को र कसलाई खोज्नु भएको ।”

“तपाई सोफि होइन ?”

“हो । तपाई को ?”

“भित्र आउन सक्छु ? तपाईलाई मैले रक्कीको बारेमा केही भन्नु छ ।”

“रक्की ?” म अचम्मित भए र हामी भित्र छि¥यौ र बैठक कोठामा बस्यौ । उनीले यता र उता हेरिन् । मैले टेबुलमा भएको पानी गिलासमा सारेर दिए । उनीले पानी पिएपछि उनीले भनिन्,“मेरो नाम एलिना । तपाईसँग विवाह हुनु अगाडि देखि मेरो र रक्कीको अफेयर चलेको थियो । विवाहपछि पनि अफेयर चलिरहेको थियो । अहिले म रक्कीको बच्चाको आमा बन्दै छु ।”

“के ? यो तपाई के भन्दै हुनु हुन्छ ?” म छक्क परे । 

“हो । म साँच्चो कुरा गर्दै छु । जब मैले यो कुरा रक्कीलाई भने, तब उनले पत्याएनन् र मैले रिपोर्ट देखाए तब पनि पत्त्ताएनन् । सोचे अर्केको बच्चा सोचे र पाल्न अनुरोध गरे । म यो बच्चा जन्माउन चाहन्छु ।”

वातावरण मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै थियौ । म के भनू जस्तो भएको थियो । रक्की र मेरो बिच त्यति संवाद भएको थिएन । 

त्यही क्रममा, एलिनाले मलाई हेर्दै भनिन्,“तपाईलाई लाग्ला कि मैले यी कुराहरु किन भनिरहेको छु । खासमा रक्की जस्तो मान्छे कम मात्र हुन्छन् । उनले राम्ररी केटी देख्नु हुँदैन । प्रयोग गरेर पाल्छन् । धेरैले उनको विरोधमा बोल्न सक्दैनन् । उनले भनेको मानेनन् भने, नराम्रो हालत गर्छन् । उनलाई कसैले राम्रो भन्दैनन् । म आज यो ठाउँ छोडेर दूर जाँदै छु । जानुभन्दा अगाडि रक्कीको बारेमा भन्नु थियो । विवाह त तपाईसँग गरे तर अफेयर अरुसँग छ । त्यसैले प्रायः बाहिर बस्न रुचाउछन् ।”

उनीको कुरा सुनिरहे र मसँग बोल्ने शब्द नै थिएन । उनी गएको हेरिरहे । उनी गइसकेपछि, एलिनाको कुरा दिमागमा चलिरह्यो । म केही सोच्न सकेको थिइन । दिमागमा धेरै प्रश्नहरु थिए र मैले एलिनालाई विश्वास गनु कि नगर्नु । रक्कीलाई के भन्नू । रक्कीको बारेमा मलाई त्यति थाहा पनि छैन । न त उनले मलाई केही भन्थे न त म उनलाई केही प्रश्न गर्थे । 

२६

चार दिनपछि नगरकोटको सुटिङ्ग सकियो । सुटिङ्ग हिजो बेलुकानै सकिएको थियो । त्यसैले बिहान खाना खाएपछि फर्केने कुरा भएको थियो । बिहानको ११ बजेको थियो । सबै जना प्याकि गर्न व्यस्त थिए । त्यही क्रममा, रक्की सिम्रिकाका रुमको ढोका ढकढकाउ छन् ।

“को ?” सिम्रिकाले भनिन् । 

रक्की केही बोल्दैनन् । फेरि ढकढकाउन छन् र सिम्रिकाले फेरि को भनि प्रश्न गर्छिन् । जवाफ आउँदैन । फेरि ढकढकाउ छन् । अनि सिम्रिकाले ढोका खोल्छिन् । रक्कीलाई देख्छिन् र केही भन्न नपाइकन रक्कीले मुख बन्द गरि दिन्छन् र सिम्रिकालाई जर्बरजस्ती गर्छन् । सिम्रिकाले आफूलाई बचाउन खोज्दै थिइन् तर असफल भइन् । जर्बरजस्ती गरिसकेपछि रक्कीले भने,“आज मैले तिम्रो थप्पडको बदला लिए । तिमीले यस बारे भन्यौ भने, तिमीलाई म मारि दिन्छु ।” यति भनेर रक्की रुमबाट निस्किए । सिम्रिका निकै रोइन् । 

सबै जनाले सिम्रिकालाई कुरिहरेका थिए तर दुई घण्टापछि मात्र आफ्नो रुमबाट निस्किन् र गाडीमा बसिन् । त्यही क्रममा, सिम्रिकाको साथी नम्रताले भनिन्,“तिमीले किन ढिलो गरेको ?”

“गलेको थिए र एकछिन सुतेको थिए । त्यसैले ढिलो भएको हो ।”

रक्की र सिम्रिकाले एक अर्कोलाई हेर्छन् । रक्की मुस्कुराएका थिए भने सिम्रिका उदास थिए ।

......................................................................................................................................................................

साँझको ७ बजेको थियो । म टि.भी हेर्दै थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । मैले ढोका खोल्न गए र रक्की थिए । मलाई देखेर मुस्कुराए र मैले झुटो मुस्कान दिए । रक्की कोठामा गए भने म किचेनमा । खाना पकाएपछि रक्कीलाई बोलाए । केही क्षणमै आए र हामी खाना खान थाल्यौ । खाना खान क्रममा, मैले रक्कीलाई हेर्दै भने,“एलिना आएकी थिइन् ।”

“को एलिना ?”

“जसको बच्चाको बुवा तपाई बन्दै हुनु हुन्छ ।”

उनको भावमा परिवर्तन आएको थियो र मलाई हेर्दै भने,“अरु के भनिन् ?”

मैले एलिनाले भनेको करुा सबै व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि, रक्कीले भने,“यो कुरा वाइयात हो । मेरो फ्यान थिइन् होला । त्यसैले मलाई भेट्न आएकी होलान् । तिमीलाई गफ दिइन् होला ।” उनले मलाई नहेरिकन भने । मैले निहालेर हेर्दै थिए । केही लुकाएका थिए ।

२७

एलिनाको कुरा भएपछि रक्कीको बानीमा मैले परिवर्तन देखे । रक्सी धेरै पिउथे र आफ्नो कोठामा सुत्थे । केही बोल्दैन थिए । घर पनि झन् कम आउन्थे । रक्की घरमा नहुँदा मैले उनको बारेमा खोज्न थाले । धेरै नराम्रा समाचारहरु आउन्थे । कहिले रक्सीको त कहिले लागू औषधीको त कहिले केटीको मामलामा । मलाई यस बारे किन जानकार भएन । केही जानकार किन गरिएन ? मेरो दिमाग गुमिरह्यो । रक्कीसँग कुरा गर्छु भनि सोचेको थिए तर एक हप्तासम्म घरमा आएका थिएनन् । 

एक हप्तापछिको कुरा हो । बेलुकाको समय थियो । म उपन्यास पढ्दै थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्छ र मैले ढोका खोले । रक्की थिए त्यो पनि एक युवतीसँग । रक्की र ती युवती कोठामा छिर छन् । कोठा बन्द गर्छन् । मेरो मनमा चिसो परेको थियो । आँखामा आँसुले भरिएको थियो । एलिनाले भनेको कुरा सत्य रहेछ भन्ने भयो । मैले ढोका ढकढकाए र धेरै चोटि ढकढकाए । धेरै चोटि ढकढकाएपछि मात्र उनले ढोका खोले, त्यो पनि रिसाउदै खोले । 

म केही नभनिकन भित्र गए । ती युवती खाटमा थिइन् । रक्की र ती युवतीको शारीरिक सम्बन्ध भइरहेको थियो । त्यो देखेपछि मैले भने,“रक्की, तपाई यो के गर्दै हुनुहुन्छ ? यो मेरो घर हो र म हजुरको श्रीमती हूँ । मेरो बाहेक तपाईको जिन्दगीमा कसैको हक छैन ।”

रक्की रिसाउँदै मेरो छेउ आए र मलाई हेर्दै भने,“यो मेरो घर हो । तेरो होइन । मेरो घरमा मेरो हुकुम चल्छ, तेरो होइन ।”

“म तपाईको श्रीमती हूँ । तपाई प्रति मेरो हक लाग्छ । अरुको लाग्दैन ।” म रिसाउँदै भन्छु । 

रक्की रिसाउँदै झन् मेरो नजिक आउँछन् र मलाई जर्बरजस्ती गर्छन् । त्यहि केटीको अगाडि नै जर्बरजस्ती गरे । यो रोज हुन थालेको थियो । रक्कीलाई केही भ¥योे भने वा केही कामको लागि रोको भने, मलाई जर्बरजस्ती गर्थे । म रोक्ने प्रयास गर्थे तर म असफल भएको थिए । त्यसको साथ साथै हर रोज केटीहरु घरमा ल्याउथे । 

२८

दुई महिना पछिको कुरा हो । दिउँसोको समय थियो र म उपन्यास पढ्दै थिए । त्यही क्रममा, मलाई एक्कासी उल्टी आयो र म हतारिदै बाथरुम छिरे । सुरुमा सोचे कि मलाई ग्यास्ट्रिक भयो तर दिनहूँ उल्टी भए पछि अस्पतालमा गए र थाहा पाए कि म आमा भन्दै छु । तीन महिला भइसकेको रहेछ । म निकै खूशी भएको थिए । सोचे कि अब त रक्की सुर्धि छन् होला । 

यो समाचार थाहा पाए पछि मैले रक्कीलाई फोन गरे तर उनले फोन उठाएनन् । नउठाउपछि मैले उनलाई घरमै कुर्ने निर्णय गरे । रक्की धेरै दिन पछि घर आएका थिए । बेलुकाको समय थियो । उनीले रक्सी पिएर आएका थिए । उनलाई होशमा थिएनन् । त्यसैले बिहान नै कुर गर्ने निर्णय गरे । 

भोलिपल्टको कुरा हो । म किचेनमा खाना पकाउदै थिए । समय ९ः३० बजेको थियो । त्यही क्रममा, रक्की बाथरुम छिरेको थाहा पाए । केही क्षणपछि, फ्रेस भएर किचेनमा छिरे र भने,“खाना पाक्यो ?”

“अँ ।”

अनि हामीसँगै बसेर खान थाल्यौ । खाना खाने क्रममा, मैले रक्कीलाई हेर्दै भने,“तपाईलाई एउटा कुरा भन्नु थियो ।”

“के कुरा हो ?” उनको ध्यान खानामा थियो ।

“तपाई बुवा बन्दै हुनु हुन्छ ।” उहाँलाई हेर्दै भने । 

“के ?” उनले मलाई हेर्दै भने । 

“हो । तीन महिना भयो ।”

उनी धेरै खुशी हुँदै भने,“छोरी हुनु पर्छ ।”

“होइन । छोरा हुनु पर्छ ।”

“होइन, छोरी हुनु पर्छ । मलाई छोरी नै चाहिन्छ ।” अनि हामी मुस्कुरायौ । यस दिन लाग्यो बच्चा भएपछि साँच्चिकै परिवर्तन हुन्छन् । केही समयपछि, उनले भने,“म बुवा र आमालाई खबर गर्छु । उहाँहरु आउनु हुन्छ ।”

“हुन्छ ।” मैले भने । 

खाना खाइसकेपछि रक्कीले बुवा र आमालाई फोन गर्नु भयो । उहाँहरु धेरै खुशी भएको थियो र केही हप्तापछि आउने कुरा गर्नु भयो । त्यसको साथ साथै मैले मेरो बुवा र आमालाई फोन गरे र उहाँहरु पनि धेरै खुशी हुनु भयो । 

२९

६ महिनापछिको कुरा हो । बिहानको समय थियो । म पाटन अस्पतालमा थिए । बुवा र आमा र रक्की बाहिर कुरेर बस्नु भएको थियो । केही समयपछि बच्चाको आगमन भयो । छोरीको जन्म भएको थियो । आफ्नो हातमा लिँदा मन नै आनन्द भएको थियो । रक्कीले पनि आफ्नो हातमा लिए र उनी पनि धेरै खुशी भएका थिए । खास गरि छोरी भएकोमा खुशी भएका थिए । बुवा र आमा पनि खुशी हुनु भएको थियो । हजुरआमा र हजुरबुवा जो हुनु भएको थियो ।

बच्चा जन्मेको केही महिनासम्म त रक्की घरमै बसेका थिए । छोरीलाई खेलाउने र सामानहरु ल्याउथे । म निकै खुशी थिए । सोचे कि रक्की साँच्चिकै सुर्धिए तर ६ महिनापछिको कुरा हो । उनी फेरि घरमा बस्न छाडेका थिए । नभनिकन जान्थे र नभनिकन आउन्थे । रक्सी फेरि पिउन थालेका थिए । रक्सी किन पिउन थालेको भनि सोध्दा केही नभनिकन सुत्थे । बुवा र आमाले सोध्दा मौन नै रहन्थे ।

केही समयपछिको कुरा हो । म छोरीलाई सुताएर खाटबाट उडिदै थिए । त्यही क्रममा, मेरो नजर खाटको छेउमा भएको टेबुलमा गयो । टेबुलमा पत्रिका थियो र रक्कीको फोटो थियो । पत्रिका पढ्न थाले । पक्रिकामा लेखिएको थियो कि रक्कीको करियर ओरालो लागेको छ । समयमा नआउने, टिमहरुलाई कुराउने, हिरोइनलाई जिस्काउने, अरुसँग झगडा गर्ने, रक्सी पिउने आदि । यो समाचार पढेपछि थाहा पाए कि रक्कीले फेरि किन पिउन थाले भनेर । 

३०

“तपाईलाई थाहा छँदै छ नि, म यहाँ किन आएको भनेर ।” रक्कीले भने । 

“मलाई थाहा छ कि तिम्रो करियर ओरालो लागेको छ । तिमीलाई एउटा हिट फिल्मको जरुरत छ । त्यसैले तिमी मसँग हिरोका रोलको लागि भेट्न आएका छौ ।” निर्देशक पवनले भने । निर्देशक पवनले १५ वटा फिल्महरु बनाई सकेका छन्; जसमा १३ वटा फिल्महरु राम्रोसँग चलेका थिए र दुईवटा ठीक ठीकै चलेका थिए ।  

“हो ।” रक्कीले भने । रक्की निर्देशक पवनको घरमा थिए । 

“म तिमीलाई हिरोको रोल दिन्छु तर तिमीले मेरो एउटा काम गरिदिनु पर्छ ।”

“के काम ?”

“म एक रात तिम्रो श्रीमतीसँग सुत्न चाहन्छु । तिम्रो श्रीमती साहै« राम्ररी छन् ।”

“हुन्छ ।” रक्कीले सजिलै हुन्छ भने ।

“म भोलि तिम्रो घरमा बेलुका ८ ः०० बजे आउँछु ।”

“हुन्छ ।” अनि रक्की निर्देशक पवनको घरबाट निस्किए र केही समयपछि घर पुग्छन् । घर पुगेपछि रक्कीले भने,“भोलि घरमा एक जना पाहुना आउँदै छन् । खाना बनाउनु ।”

“हुन्छ ।” मैले केही प्रश्न नगरिकन हुन्छ भने ।

भोलिपल्टको कुरा हो । म किचेनमा थिए र छोरीलाई आमा र बुवाले हेर्दै हुन्थ्यो । डेढ घण्टामा सबै खाना रेडी भएको थियो र म आफू पनि रेडी भएको थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । रक्की ढोका खोल्न गए । निर्देशक पवन आएका थिए । दुवै जना मुस्कुराए र हात मिलाए । 

“भित्र आउनुहोस् ।” रक्कीले भने र उनले सिधै आफ्नो कोठामा लगे । 

“तपाई एकछिन बस्नुहोस् । म आइहाल्छु ।” रक्कीले पवनलाई कोठामा बसाएर रक्की किचेनमा आए । मलाई हेरेर रक्कीले भने,“तिमी खाने कुराहरु लिएर हाम्रो कोठामा आऊ ।”

“कोठामा ।”

“हो ।” यति भनेर कोठामा गए । रक्ककीले गिलासमा व्हिस्की हाल्न थाले । म चाँहि खाने कुराहरु लिएर कोठामा गए । मलाई निर्देशक पवनले नराम्रो नजरले हेर्दै थिए । मलाई रक्कीले निर्देशक पवनसँग परिचय गराए । अनि म कोठाबाट निस्किए । 

म बाहिर निस्किएपछि, निर्देशक पवनले भने,“तिम्रो श्रीमती राम्ररी । राजकुमारी जस्ती ।” पवनले व्हिस्की पिउँदै भने । रक्की मुस्कुराए मात्र । केही क्षण गफ गर्दै बस्छन् । एक घण्टापछिको कुरा हो । रक्की किचेनमा आए र भने,“म एकछिन बाहिर निस्किनु छ । तिमी पवन सरसँग कुरा गर्दै गर म आइहाल्छु ।”

“रक्की, तपाई पनि बस्नुहोस् ।” म डराउदै भने ।

“होइन, म आइहाल्छु ।” अनि रक्की निस्किए ।

मलाई अप्ठ्यारो लाग्यो र म यता र यता हेर्दै थिए । निर्देशक पवन चाँहि मलाई हेरिरहेका थिए । त्यही क्रममा, उनी मेरो छेउमा आए । म पछाडि गए र उनी फेरि मेरो नजिक आए । नजिक आएर भने, “तपाई कति राम्ररी । रक्की साह्रै भाग्यमानी ।”

म मुस्कुराए मात्र । पवन मलाई छुन खोज्दै थिए । म पछाडि गए र भने,“यो तपाई के गर्दै हुनु हुन्छ ?”

पवन मेरो नजिक फेरि आए र भने,“राम्ररी हुनुहुन्छ । मैले केही नराम्रो गरे र ?” उनले मुस्कुराउदै भने । म सोफाबाट उठे र ढोका खोल्न खोज तर बाहिरबाट रक्कीले बन्द गरेका रहेछन् । मेले ढकढकाए । बुवा र आमाले सुन्नु भएन  । उहाँबाट छोरीसँग अर्को कोठामा हुनु हुन्थ्यो । पछाडिबाट पवन आए । मलाई पछाडिबाट समाते र मुख बन्द गरे । खाटमा लगे र आफ्नो मन खुशी पारे । म आफूलाई बचाउन सकिन । म यो दिन धेरै रोएको थिए । रक्कीको कारण म धेरै चोटि आफ्नो इज्जत गुमाइ सकेको थिए । 

३१

बिहानको समय थियो । म चिया बनाउदै थिए । त्यही क्रममा, आमा किचेनमा आउनु भयो । आमालाई देखेपछि मैले भने,“छोरी सुतिरहेको हो ?”

“हो ।”

आमा मेरो नजिक आउनु भयो । केही क्षणपछि भन्नुभयो,“तिमीलाई के भयो ? तिम्रो अनुहारमा के भयो ?”

आमाको कुरा सुनेपछि म रुन थाले । म रोएको देखेर आमाले भन्नुभयो,“किन रोएको, बुहारी ? रक्कीले केही ग¥यो तिमीलाई ?”

“यो सब रक्कीको कारणले भएको भयो ।” अनि मैले सबै कुरा व्यक्त गरे । सबै कुरा सुनिसकेपछि, आमा निराश हुँदै कुर्सीमा बस्नुभयो । बसिसकेपछि आमाले भन्नुभयो,“रक्की कहिले नसुर्धिने भयो ।”

म आमाको नजिक गएर भने,“तपाई भन्न खोज्नुभएको हो ? पहिले नै नराम्रो थियो भने, किन मसँग विवाह गराइदिनु भएको ?”

“हाम्रो मायाले रक्की बिग्रिएको हो । सुधार्न धेरै प्रयास गयौ तर सकेनौ । सुधार केन्द्रमा पनि लग्यौ तर केही भएन । सोच्यौ कि विवाह गरेपछि सुर्धि छन् तर सुर्धेनन् ।” उहाँ भावुक हुँदै भन्नुभयो । 

उहाँलाई हेर्दै भने,“तपाईहरुले गलत गर्नुभयो । मानिसहरुले मेरो जिन्दगी राजकुमारी जस्तो सोच्छन् तर मेरो जिन्दगी नर्गभन्दा नराम्रो भएको छ । म रक्कीलाई डिभोस् दिन्छु । म आफ्नो जिन्दगी बिताउछु ।”

आमा कुर्सीबाट उठ्नु भयो  र भन्नुभयो,“बुहारी, त्यस्तो नभन । रक्कीलाई नछोड । समयले सब ठीक गर्छ । रक्की तिम्रा श्रीमान् हुन् र तिमीहरुको छोरी पनि छ । पछि छोरीले बुवा खोज्छिन् । छोरीलाई के जवाफ दिन्छौ ? बुवाको माया चाहिन्छ । रक्कीले त आफ्नो छोरीलाई धेरै माया गर्छन् ।”

हामी बीच धेरै छलफल भयो । हामी एक अर्कोलाई सम्झाउने क्रममा थियौ । अन्त्यमा मैले हार माने र रक्कीसँग बस्ने निर्णय गरे । नारीहरुलाई कस्तो बाध्यता हो यो ? म हार मानिसकेको थिए । न त मर्न नै सक्छु न त आफ्नो पीडा अरुले बुझ्छ । 

समय बित्दै गयो र अर्को बच्चा भयो । त्यो पनि छोरी तर मैले स्वीकार्न सकिन । हररोज पवनको याद आउथ्यो तर रक्कीले दुवै जनालाई माया गर्थे । आमा र बुवा कहिले काँही आउनुहुन्थ्यो । रक्कीको ठेगान हुँदैन थियो । निर्देशक पवनले उनलाई धोका दिएका थिए । फिल्मको चकरमा उनले गलत निर्णय गरे । फिल्म नै पाएनन् । पवनले आफ्नो स्वार्थ पूरा गरे । 

३२

एक दिनको कुरा हो । म घरमै थिए । रक्की चाँहि प्रायः घरमा बस्दैन थिए । उनको संसार नै बाहिर भइसकेको थियो । उनको संसारमा म थिइन । छोरी भइसक्दा पनि उनले मलाई वास्ता गरेका थिएनन् मलाई माया नगरे तापनि छोरीलाई गर्थे । आफूभन्दा पनि धेरै गर्थे ।

म आफ्नो संसारमा हराएको थिए र त्यही क्रममा, मेरो मोबाइलको घण्टी बज्यो । मैले नाम नहेरिकन फोन उठाए र भने, “हेलो ।”

“हेलो, सोफिया । के छ तेरो खबर ?”

“को बोलेको ?”

“आफ्नै साथीलाई कस्तो बिर्सेको । म दिक्षिका ।”

“ए । तँ पो । अनि के छ तेरो खबर ?”

“ठीक छ । सुन न । मैले खासमा तँलाई फोन गर्नुको कारण तँसँग एउटा काम थियो ।”

“के हो ?”

“म र मेरा साथीहरु मिलेर एनजियो खोलेका छौ । तेरो त भाषा राम्रो पनि छ । अध्यक्षमा बस ल ।”

म मौन भए । के भन्नू भयो । रक्कीले दिएनन् भने ?

“हेलो । हेलो ।”

“हँ ?”

“तँ कहाँ हराएको ?”

“म तँलाई भोलि खबर गर्छु नि ल ।”

“हुन्छ तर आउन त आइज ल ।”

“म भोलि भन्छु नि ल ।”

“हस् ।” अनि फोन राखे ।

दिक्षिका मेरो स्नातक डिग्रीदेखि मिल्ने साथी हुन् । धेरै समयपछि हाम्रो कुरा भएको । हुन त मलाई काम गर्न मन थियो तर रक्कीको डर थियो । कति बेला खुशी हुन्छन् र कति बेला रिसाउछन् थाहा नै हुँदैन । म दोहारमा थिए । मन र दिमागले गर भनिरहेको थियो भने एक प्रकारले डर । 

३३

भोलिपल्टको कुरा हो । ११ः३० बजेको कुरा हो र मैले दिक्षिकालाई फोन गरे । उनीले एकै घण्टीमा फोन उठाइन् र भनिन्,“के छ त साथीको खबर ?”

“ठीक छ । सुन न म तेरो अफिसमा काम गर्ने भए ।”

“खुशीको खबर । मलाई थाहा थियो कि तँलै गर्छस् भनेर ।”

“कहिलेदेखि आऊ त ?”

“अहिले आउन मिल्छ भने आइज ।”

“हुन्छ ।” अनि फोन राखेर म घरबाट निस्के । ललितपूरमा थियो अफिस । मेरो घरबाट ४५ मिनेट लागेको थियो ललितपूर पुग्न । कति ट्राफिक जाम हुनु परेको हो । दिक्क लाग्ने । बालुवाटार पुग्ने बित्तिकै दिक्षिकालाई फोन गरे र उनले मलाई ललितपूर चोकमा लिन आइन् । चोकबाट १० मिनेट जति रहेछ अफिस । डाढे दुई तल्लाको भवन थियो । अफिस भाडामा रहेछ । दिक्षिकाले मलाई माथिको कोठामा लगिन् । मिटिङ्ग रुममा एकछिन बस्न अनुरोध गरिन् । पन्ध्र मिनेटपछि सबै स्टाफहरु आए ।

सबै जना आइसकेपछि, दिक्षिकाले सबै जनालाई स्वागत् गरिन् र मेरो बारेमा परिचय गराइन् । रक्कीको श्रीमतीभन्दा सबै जना छक्क परेका थिए । म प्रायः मिडियामा आउदिन र मेरो तस्बिरहरु पनि त्यति उपलब्ध छैनन् । दिक्षिकाले मलाई बोल्न अनुरोध गरिन् । 

म नर्भस् हुन्दै भन्न थाले,“धन्यवाद, सबै जनालाई । आशा छ मैले राम्रो काम गर्ने छु । धन्यवाद ।”

सबै जनाले तालि बजाए । मिटिङ्ग सकेपछि दिक्षिकाले मलाई मेरो क्याबिन देखाइन् र भनिन्,“अबदेखि यो क्याबिन तेरो, म्याडम ।” अनि उनी मुस्कुराइन् र आफ्नो क्याबिनमा गइन् । म चाँहि अफिसको बारेमा हेर्न थाले । मानव अधिकार सम्बन्धि रहेछ । 

३४

रक्की आएको बेला मैले जागिर गरेको बताएको थिए । सुरुम रुमा त सोचेकि उनी रिसाउने छन् तर उनले राम्रो गरे छौ भने । मनमा शान्ति छायो । अफिस कहिले काँही मात्र जान्थे । धेरै भएको बेला मात्र जान्थे तर मेरो जिन्दगीमा बिस्तारै परिवर्तन आउँदै थियो । शुक्रबारको दिन थियो र हरेक महिना मिटिङ्ग हुन्थ्यो । म १५ मिनेट ढिलो पुगेको थिए । सबै स्टाफहरु आइसकेका थिए । त्यहि क्रममा, मेरो नजर एक स्टाफमा पुग्यो । उनी नयााँ स्टाफ थिइन् । उनीले मलाई निहालेर हेर्दै थिइन् । मलाई देखेर अचम्म परेकी थिइन् । 

समय बित्दै गयो । कामको चाप बढ्दै गएको थियो । त्यसको साथ साथै, कामको चापको कारणले म अफिस जान थालेको थिए । कामको कारणले एक दिन म अनुको क्याबिनमा गए र भने,“अनुजी, तपाई एकछिन मेरो क्याबिनमा आउन सक्नु हुन्छ ?”

“हुन्छ ।” अनि उनी मेरो क्याबिनमा आइन् ।

“मे आई कम्नि माडम ?” अनुले भनिन् ।

“आउनुहोस् ।” मैले भने । 

अनु उभिएकी थिइन् र मैले भने, “तपाई किन उभिनु भएको ? बस्नुहोस् न ।”

अनि अनु कुर्सीमा बसिन् । मैले उनलाई हेर्दै भने,“तपाईलाई मैले बोलाउनुको कारण के हो भने, हाम्रो काम अर्को हप्तासम्म सक्नु पर्ने छ । तपाईको कामको बारेमा भन्नुहोस् । कहाँसम्म पुग्यो ?”

अनु अनुगमन तथा मूल्याङ्कन विभागमा काम गर्थिन् । अनुले मलाई हेर्दै भनिन्,“सबै विभागको रिपोर्ट आइसकेको छ र म रिपोर्ट आइसकेको छ र म रिपोर्ट बनाउदै छु । दुई दिनमा सकिन्छ ।”

उनीले आफ्नो कामको बारे व्यक्त गरिन् र उनीको कुरा सुनिसकेपछि मैले भने,“धेरै राम्रो । आशा छ कि तपाईले अझै राम्रो गर्नु हुने छ ।”

उनले धन्यवाद भन्दै मेरो क्याबिनबाट निस्किन् । यस पश्चात् हाम्रो भेट हुन थाल्यो । आधा जति समय म अनुसँगै हुन्थे । एक दिनको कुरा हो । साँझको ६ः०० बजिसकेको थियो । अनु मेरो क्याबिनमै बसेर कामम गर्दै थिइन् । त्यही क्रममा, मैले अनुलाई हेर्दै भने,“तपाईलाई म केही प्रश्न सोध्न सक्छु ?”

“सोध्नुहोस् न ।” अनु आफ्नो काममा व्यस्त थिइन् र मलाई नहेरिकन जवाफ थिइन् । 

“तपाई मान्छे राम्रो हुनु हुन्छ । तपाईको प्रेमी छैन ?” मैले मुस्कुराउदै भने । 

“मेरो त्यति राम्रो भाग्य कहाँ छ र ? कोसँग माया गरे, उनीहरुले छोडिदिए ।”

“हँ ?” म अचम्मित हुँदै भने ।”

“हो ।”

वातावरणमा मौनता छा¥यो । आफ्नो काममा ध्यान दिन थाल्यौ । २० मिनेटपछिको कुरा हो । मौनता तोड्दै अनुले भनिन्,“तपाईलाई म केही सोध्न सक्छु ?” उनी नर्भस् भएकी थिइन् । 

“सोध्नुहोस् न ।”

“तपाईको श्रीमान्को बारेमा छापिने कुराहरु सबै सत्य हुन् ?”

म मौन भए र उनीले मलाई हेर्दै थिइन् र मैले पनि । म गम्भीर भएको देखेर उनीले भनिन्,“आई एम सरी ।”

म केही नबोलिकन अफिसबाट निस्किए । मलाई थाहा थियो कि यो प्रश्न आउने थियो तर म के जवाफ दिनु । मेरो पिडा कसले बुझ्ने ? कसैले बुझ्दैन जस्तो लाग्छ । आफ्नो घर परिवारलाई त आफ्नो परिवारलाई भन्न सकेको थिइन, अनुलाई कसरी भन्नू ?

३५

म एक हप्ता जस्तो अफिस गइन । मलाई डर थियो कि अरु स्टार्फहरुले पनि मेरो श्रीमान्को बारे सोध्छन् कि तर पनि मलाई अफिस जानु नै थियो । एक हप्तापछि म अफिस गरे तर अनु र मेरो बीच त्यति संवाद भएको थिएन । हामी दुई एउटै क्याबिनमा काम गर्दै थियौ तर हामी बिच कुरा भएको थिएन । 

एक दिन हामी दिन दुई जना काम गर्दै थियौ । मौनता तोड्दै अनुले भनिन्,“आई एम सरी, माइम ।” 

“ठीकै छ ।” मैले अनुलाई नहेरिकन भने । उनीले मलाई हेरिरहेकी थिइन् । उनीलाई सायद केही भन्नु थियो तर सकेकी थिइनन् । अनि हामी काम सकेर आफ्नो घर फर्कियौ । 

केही दिनपछिको कुरा हो । म आफ्नो क्याबिनमा थिए र मेरो नजर एउटा पेपरममा प¥यो र हेरे । एउटा म्यासेज थियो र पढ्न थालेः 

प्रिय माडम, 

          मलाई नै थाहा छैन कि म कहाँबाट सुरु गँरु । जहाँबाट सुरु गरे पनि मैले तपाईसँग केही कुरा सेयर गर्ने पर्छ । 

 खासमा मैले तपाईको व्यक्तिगक्त जिवनबारे सोध्ने केही अधिकार छैन । जब मैले तपाईको व्यक्तिगक्त बारे सोधे र तपाई नबोलि जानुभयो, मलाई नराम्रो लाग्यो । बेकारमा सोधे छु जस्तो लाग्यो । तपाईलाई फोन गर्न धेरै प्रयास गरे र सकिन । त्यसको साथ साथै जब तपाई अफिस आउनु भएन, मन छटपट्टिन थाल्यो र म पछुताउन थाले । रातभर निद्रा परेन । तपाईको बारे सोचे । कहिले तपाई अफिस आउनु हुन्छ जस्तो भयो ।

तपाईको श्रीमान्को बारेमा नराम्रो आइरहन्छ । सुरुमा त वास्ता गरिन तर तपाईसँग भेट भएपछि सोध्न मन लाग्यो । तपाई कति हसिलो हुनु हुन्छ । तपाईलाई हेर्दा लाग्छ, तपाईको श्रीमान् धेरै भाग्यमानी जसले तपाई जस्तो श्रीमती पाए । तपाई धेरै सहशील हुनु हुन्छ । तपाईको आँखामा गइराई छ । त्यसैले सोधेको मात्र । मलाई माफ गरिदिनु हुन्छ भन्ने आशामा छु । 

                                                                                                                                         अनु शाक्य

यो चिठ्ठी पढिसकेपछि एक प्रकारले खुशी थिए किनकि कसैलाई मेरो चिन्ता थियो । चिठ्ठी पढेपछि म उनीको क्याबिनमा गए र उनीका नजिक गएर भने,“शनिबार दिउँसोको २ः०० बजे आउन सक्नु हुन्छ ?”

“केही काम मथियो कि ?” अनुले मलाई अचम्म पाराले हेर्दै भनिन् । 

“घर आएपछि थाहा हुन्छ ।”

“मैले त तपाईको घर नै देखेको छैन ।”

“कीत्र्तिपुर चोक आएपछि मलाई फोन गर्नुहोस् । म तपाईलाई लिन आउँछु ।”

“हुन्छ तर मसँग त तपाईको फोन नम्बर छैन ।”

अनि मैले आफ्नो नम्बर दिए । फोन नम्बर दिइसकेपछि म आफ्नो क्याबिनमा गए । 

३६

शनिबारको दिन । मैले नास्ता बनाएर राखे । बनाइसकेपछि मैले समय हेरे र समय भएको थियो २ः१५ भइसकेको थियो । अनि म आफ्नो कोठामा गए र मोबाइल लिए र फोन डायल गर्ने क्रममा थिए । त्यही क्रममा, अनुको फोन आयो र मैले उठाए र भने,“हेलो । तिमी कहाँ आइपुग्यौ ?”

“हेलो । म कीर्तिपुर चोक आइपुगे ।”

“तिमी चोकमा बस्नु । म लिन आउँछु ।” अनि म निस्किए । दस मिनेटपछि म चोकमा पुगे । चोकमा पुग्ने बित्तिकै मैले देखे र बोलाए । अनि उनीलाई घर लिएर गए र बैठक कोठामा बस्न आग्रह गरे र म चाँहि किचेनमा कफी बनाउन थाले । पाँच मिनेटपछि कफी लिएर बैठक कोठामा गए । मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै मुस्कुराएका थियौ । कफी पिउजेल वातावरणमा मौनता छाएको थियो । कफी पिइसकेपछि मैले अनुलाई आफ्नो कोठामा लगे । 

अनुलाई अप्ठ्यारो लागिरहेको थियो । म खाटमा बसे र उनी उभिरहे । मैले उनीलाई खाटमा बस्न अनुरोध गरे तर मानिनन् । धेरै चोटि आग्रह गरेपछि मात्र मानिन् ।

खाटमा बसिसकेपछि मैले भने,“म आफ्नो जिन्दगीमा कहिले खुशी हुन सकिन । जबदेखि रक्कीसँग विवाह भयो तबदेखि म कहिले खुशी हुन सकिन । हाम्रो मागी विवाह भएको हो । सुरुमा लाथ्ग्यो कि उनी राम्रा होलान् तर सोचेको जस्तो कहाँ हुँदो रहेछ । वास्तविता अर्को थियो । बाहिर अर्को भित्र अर्को थिए । उनी हररोज रक्सी पिउथे । लागू औषधी पनि लिन्थे । हररोज मलाई जर्बरजस्ती थर्गे । नमाने मलाई पिड्थे । धेरै केटीहरुसँग सम्बन्धमा थिए र अहिले पनि छ ।

उनको बानी र व्यवहारको कारणले उनको फिल्मि दूनियाँ ओरालो लागेको हो । हरपल झगडा गर्ने, टाइममा नजाने र हिरोइनहरुलाई जिस्काउने गर्थे । त्यसको साथ साथै समय अनुसार चल्न सकेका थिएनन् । जब फिल्म करियर ओरालो लाग्यो, तब उनले धेरै निर्देशकहरुसँग कुरा गरे । एक दिन घरमै निर्देशक ल्याए र आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरे । मलाई जर्बरजस्ती गरे र पछि निर्देशकको बच्चा जन्मियो । बच्चाको के दोष भनि पाए तर जब छोरीको अनुहार देख्छु तब आफू प्रति घिन लागेर आउँछ । हेर्ने सकेको थिइन तर रक्कीले चाँहि माया गर्छन् दुवै जना छोरीहरुलाई ।

तिमीलाई लाग्ला कि रक्कीलाई छोडेको भए हुन्थ्यो । मैले डिभोस्को लागि धेरै चोटि कुरा गरे तर रक्कीले डिभोस्को कुरा गर्ने बित्तिकै मलाई पिड्थे । मलाई शारीरिको साथ साथै मानसिक यातना दिइरहन्थे । धेरै चोटि भाग्न प्रयास गरे तर असफल भए । 

छोरीहरु कहिले मसँग बस्छन् त कहिले रक्कीसँग बस्छन् । अहिले कता छन् थाहा छैन  । कहिले काँही आउँछन् । अहिले त नआएको तीन महिनाभन्दा धेर भइसकेको छ ।

तिमीले जुन समाचारहरु पढ्थ्यौ र सुनेका थियौ त्यो सबै सत्य हो । रक्की जस्तो श्रीमान् कसैको नहोस् ।” उहाँ भावुक हुँदै भन्नुभयो । त्यसको साथ साथै उहाँको आँखा रसाएका थिए । उहाँ भावुक भएको देखेर म उहाँको नजिक गए र भने,“आई एम सरी माडम । माडम तपाईले आफ्नो परिवारलाई त भनेको भए हुन्थ्यो नि ।”

“मैले धेरै कोसिस गरे तर सकिन । मेरो बुवा र आमाले हामी तीनै जनालाई दुःख गरेर हुर्काउनु भएको हो । त्यो सम्झेर उहाँलाई आफ्नो समस्या भन्न मन लागेन । फोन गर्दा र यहाँ आउँदा कहिले आफ्नो समस्या देखाइन र जरुरी सोचिन ।  मनमै राखे आफ्नो पीडा राखे ।”

“तपाईको परिवार अहिले कहाँ हुनु हुन्छ?”

“बुवा र आमा गाउँमै हुनु हुन्छ । बुवाको पेन्सन आउन दुई वर्ष बाँकी छ । काकाहरुले पनि यतै राम्रो जागिर पाउनु भएको छ । काकाहरुले लोक सेवामा नाम निकाल्नु भयो । दिदी अमेरिकामा हुनु हुन्छ । उतै राम्रो जागिर छ । भिनाजुको पनि राम्रो जागिर छ । एउटा छोरा र एउटा छोरी छ । बहिनी अष्टे«लियामा छिन् । ज्वाई पनि अष्ट्रेलियामा हुनु हुन्छ । एउटा छोरी छ । कहिले काँही कुरा छ ।”

“उहाँहरुले प्रगति देखेर आफू पछाडि परेको जस्तो लाग्दैन ।”

वातावरणमा मौनता छाएको थियो । म भावुक भएको थिए र अनुलाई चाँहि नराम्रो अनुभव भएको थियो र उनी बोल्न खोज्दै थिइन् । त्यही क्रममा, मैले भने,“प्राय ः नराम्रो लाग्छ आफ्नै जिन्दगी देखेर । उनीहरुको प्रगति देखेर खुशी छु तर आफ्नो जीवन साथी देखेर नराम्रो लाग्छ तर पनि चिन्त बुझाएको छु । आफ्नो भाग्य यस्तै रहेछ भनेर चिन्त बुझाएको छु ।”

वातावरणमा मौनता छाएको थियो । हामी एक अर्कोलाई हे¥यौ र हाम्रो आँखा जुध्यो । हामी दुवै जना यति धेरै नजिक भयौ कि एक अर्कोको सास पनि अनुभव गथ्यौ । त्यही क्रममा, मेरो ओठ उनको नजिक पुग्यो । अनुले केहि प्रतिभाद गरिनन् । त्यसपछि हामीले एक अर्कोको ओठ चुम्बन थाल्यौ । ओठ चुम्बनको साथ साथै हाम्रो शारीररिक सम्बन्ध पनि भएको थियो । त्यस दिन मेरो मन धेरै खुशी भएको थियो । सायद सबै मेरो मरजिले भएको थियो । यो प्रायः हुन थालेको थियो । अनुको बास मेरो घरमै हुन थालेको थियो ।

३७

एक दिनको कुरा हो । हामी दुवै जना खाटमा थियौ । हामी एक अर्कोलाई हेर्दै थियौ । त्यहि क्रममा, मैले अनुलाई भने,“तिमी मान्छे राम्ररी छौ । तिम्रो प्रेम कहानी सुनाउन ।”

“मेरो प्रेम कहानी राम्रो छैन ।”

“मलाई सुन्न मन छ ।”

म मुस्कुराए र मैले भने,“माया त धेरैलाई गरिदो रहेछ र साँच्चो माया सिर्फ एक जनालाई गरिदो रहेछ । मैले स्नातक डिग्री पढ्दा एक जनालाई मन पराउथे तर मेरो माया एक तर्फी मात्र थियो । मैले उसलाई कहिले व्यतm गरिन । उनले पछि विवाह गरे र अहिले अमेरिकामा छन् । उनले विवाह गर्दा मेरो मन खिन्न भएको थियो । मन कति रोएको थियो आफूलाई नै थाहा छ ।”

समय बित्दै गयो मैले मास्टस् डिग्री पढ्ने क्रममा थिए । त्यस समय म धेरै वृत चित्र हेर्थे र त्यही क्रममा एक दिनको कुरा हो । म जमलमा थिए । जय नेपाल हलमा थिए । म लाइनमा थिए र मेरो अगाडि स्कूलका विद्यार्थीहरु थिए । त्यही क्रममा, मेरो नजर एक युवकमा प¥यो । उनी अग्ला थिए । अनुहार हेर्दा राम्रो । सिनेमाको हिरो जस्तो । पहिलो नजरमै प्रेम बसेको थियो । अनि सबै जना भित्र छिर्न थाले । म पछाडिको सिटमा थिए र उनी मेरो छेऊमा थिए । मलाई देखे र मुस्कुराए । म पनि मुस्कुराए । वृत चित्र ४५ मिनेटमा सकियो । अनि निस्कने क्रममा, उनले मलाई बोलाए । 

“हेलो । हेलो ।” अनि म पछाडि फर्किए । 

“तपाईले मलाई बोलाउनु भएको हो ?”

“हो ।”

“तपाई आर्शिवार्द कलेजमा पढ्नु भएको हो ?”

“हो । तपाईलाई कसरी थाहा भयो ?” मैले अचम्म पाराले भने ।

“म पनि त्यहि कलेजमा पढेको हो । मैले तपाईलार्ई कलेजमै देखे जस्तो लाग्यो । त्यसैले सोधेको ।”

“तर मैले तपाईलाई याद गरेको थिइन । आई यम सरी ।”

“सरी भन्नु पर्दैन । मैले बिदाई कार्यक्रममा देखेको थिए ।”

“ ए ।”

“कफी खाने हो ?”

“हुन्छ ।” अनि हामी कफी पिउँदै गफ गर्न थाल्यौ । उनको नाम साकार रहेछ । पढाउदा रहेछन् र फुर्सद भएको बेला वृत चित्र बनाउदा रहेछन् । फेसबुकमा पनि कुरा गर्न थालेका थियौ र भाइबरमा पनि । बिस्तारै हामीले एक अर्कोलाई मन पराउन थालेका थियौ तर व्यक्त गरेका थिएनौ । भेटघाट पनि हुन्थ्यो । समय बित्दै गयो र त्यही क्रममा उनी आमा बित्नु भयो । यो थाहा पाएर म उनलाई भेट्न गए । उनले मलाई देख्ने बितिकै अगाले र रुन थाले र म उनलाई सम्हाउदै थिए । साकारको आमा बिते पछि म उनको साथ हुन्थे । उनलाई भेट्न पनि जान्थे । उनलाई सम्हाल्थे । उनलाई सहयोग चाहिएको बेला सहयोग गर्थे । समय बित्दै गयो र उनले मुस्कुराउन थाले र सामान्यमा आएका थिए । म खुशी भएको थिए । 

डेढ वर्षपछिको कुरा हो । साकार अनलाइनमा थिए । मैले म्यासेज पढाए । 

“हाई ।”

“हाई ।” उनले भने । 

“तिमीलाई एउटा कुरा भन्नु थियो ।”

“भन न ।”

“म तिमीलाई मन पराउछु ।”

“खासमा म पनि मन पराउछु तर भन्न मात्र नसकेको हूँ ।”

म निकै खुशी भए र त्यस पश्चात् हाम्रो भेट धेरै हुन थाल्यो । म उनलाई धेरै माया गर्थे । भेट्ने क्रम जारी थियो र मैले मास्टस् डिग्री सके र जागिर खोज्ने क्रममा थिए भने उनले एनजियोमा जागिर पाएका थिए । हाम्रो कुराकानी भइरह्थ्यो तर एक दिनको कुरा हो । म फेसबुक हेर्दै थिए । त्यही क्रममा, मैले साकारको विवाहको तस्बिरहरु देखे । म आकाशबाट खसे जस्तै भयो । म रुन थाले र उनलाई फोन गरे तर फोन बन्द थियो । फेसबुकमा म्यासेज पढाए । 

“तिमीले मलाई किन यस्तो गरेको ? माया मलाई गरेर विवाह गर्दै सँग गयौ । किन यस्तो धोका थियौ ?”

उनले म्यासेज पछि हेरेका थिए तर जवाफ अहिलेसम्म दिएका छैनन् । फोन पनि परिवर्तन गरे । पछि मलाई सबैबाट ब्लक गरे । धेरै दिनहरुसम्म आफूलाई सम्हाल्न गाह«ो भएको थियो । हाम्रो कुरा हुन छाडेको थियो । बिस्तारै समय अनुसार आफूलाई सम्हाले र जागिर खोज्ने क्रममा तपाईको अफिसमा आए । मेरो भाग्यमा माया नै लेखिएको छैन ।” अनु बोल्दै थिइन् र म उनीको नजिक गए र हाम्रो आँखा जुध्यो । त्यसको साथ साथै हाम्रो ओठ नजिक आयो र हामी एक अर्कोलाई चुम्बन थाल्यौ । मन कति रमाएको थियो आफैलाई नै थाहा थिएन । 

३८

चार महिनापछिको कुरा हो । दिउँसोको समय थियो । हामी कोठामा थियौ र हामी एक अर्कोको शरीरसँग खेल्दै थियौ । त्यही क्रममा, ढोकाको आवाज आयो र हेर्दा त रक्की भित्र थिए । हामीलाई देखेर अचम्म पर्नुको साथ साथै रिसाएका थिए । हामी दुवै जनालाई यो अवस्थामा के गर्ने भएको थियो । अनु हत्तारिदै लुगा लगाएर बाहिर निस्किन् । उनी त निस्किन् तर रक्कीलाई रिस उठिरहेको थियो र रिसाउँदै भने,“के हो तेरो ताल ? यो म के देख्दे छु ? तँ महिला भएर अर्को महिलासँग सम्बन्ध राख्ने ? म हुँदा हुँदै अर्को महिलासँग सम्बन्ध राख्ने ? यो कहिलेदेखि चलिरहेको छ ?”

रक्कीले आफ्नो वेल्ट निकाल्छन् र मलाई हिर्काउन थाल्छन् । त्यही क्रममा, अनु भित्र छिरिन् र मलाई बचाउन थालिन् । रक्कीलाई हेर्दै भनिन्,“प्लिज, उहाँलाई केही नगर्नु । गल्ती मेरै हो । उहाँलाई छाडिदिनुहोस् । उहाँको केही गल्ती छैन ।” अनुले मलाई बचाउने क्रममा थिइन् । रक्कीले अनुलाई हिर्काउन प्रयास गदैै थिए तर म उनीको अगाडि गए र भने,“कृपया, तिमी यहाँबाट जाऊ ।” अनु मानेकी थिइनन् । मैले धेरै आग्रह गरेपछि मात्र त्यहाँबाट निस्किन् । मनले नमानि नमानि उनी निस्किन् । यस दिन मलाई नराम्रोसँग पिटेका थिए । भोलिपल्ट उठ्न पनि सकेको थिइन । 

म निकै दिन अफिस गइन । उठ्न अवस्था नै थिएन । निकै गाह्रो भएको थियो । अनुलनई फोन गरे बोलाउन मन थियो तर आँट गरिन । जसको कारणले म धेरै खुशी भएको थिए,म मेरै कारणले दुःख पाइन् । रक्कीको बास घरमा थिएन । कता हिड्छन् केही भन्दैन थिए । मलाई उनको बारेमा केही थाहा हुँदैन थियो । मिडियाहरुबाट थाहा हुन्थ्यो । 

......................................................................................................................................................................

केही दिनपछिको कुरा हो । मलाई केही हद्दसम्म निको भएको थियो तर म अफिस गएको थिइन । दिक्षिकाले धेरै चोटि फोन गरेकी थिइन् तर मैले फोन उठाको थिइन । पछि म्यासेज पठाए कि म बिरामी छु । एक हप्तापछि आऊ छु । उनीले हुन्छ भनिन् । 

बिहानको समय थियो । म किचेनमा थिए । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । म ढोका खोल्न गए र ढोका खोल्दा अनु थिइन् । म अचम्म पर्दै भने,“तिमी यहाँ ?”

अनु केही नभनिकन भित्र छिरिन् । म उनीको पछि पछि लागे । हामी बैठक कोठामा थियौ । मेरो अनुहारमा घाउ थियो र मेरो घाउ देखेर अनुले भनिन्,“यो घाउ ? रक्कीको कारणले ?”

“तिमी अबदेखि मलाई भेटन् नआऊ ?” मैले उनलाई हेरिकन भने । 

“तर किन ? मेरो प्रश्नको जवाफ यो त होइन ?”

“तिमीलाई थाहा छ त किन भनेर ।”

“तपाई यहाँबाट दूर जानुहोस् । तपाईको साथमा म छु ।” अनु मेरो नजिक आएर भनिन् । 

“म रक्कीलाई छोड्न सक्दिन ।”

“तपाई यस्तो जिन्दगी किन बाँच्नु हुन्छ ? तपाईको बाँच्ने अधिकार छैन र ?”

“हामी बीच जे भयो, त्यो सबै बिर्सिदेऊ । हामी बीच केही छैन ।”

“हाम्रो सम्बन्धबारे बिर्सिदेऊ ला तर यस्तो नर्गको जिन्दगी कसरी बाँच्नु हुन्छ ?”

“यदी तिमीले मलाई आफ्नै सोच्छौ भने, मलाई बिर्सिदेऊ । मलाई भेट्न बस्ट नगर । हामी बीच जे भयो, त्यो अज्जानमा भयो । बिर्सिदेऊ । म आफ्नो संसारमा खुशी छु ।”

अनु केही भन्न खोज्दै थिइन् तर मैले बोल्न दिइन र उनी केही नभनिकन निस्किन् । उनी रिसाएकी थिइन् । उनीसँगको अन्तिम भेट थियो । म अनु गएको हेरिरहेको थिए । हामी दुवै जनाको आँखाहरु आँसुले भरिएको थियो । हामी दुवै जना समलिङ्गी त थिएनौ तर हामीलाई एक अर्कोको जरुरत थियो । भावनात्मकको सम्बन्धको जरुरत थियो । म एक प्रकारले खुशी थिए किनकि अनुको कारणले म केही समय खुशी भएको थिए । दुःखी यस प्रकारले कि मैले असल मित्रलाई गुमाएको थिए । 

अर्को दिन, उनीले राजीनाम दिइन् र केही दिनपछि अफिस छोडिन् । मेरो मन धेरै रोएको थियो र भारि पनि । त्यस भेटपछि हाम्रो भेट कहिले भएन । अनुको याद आउँदा हामी दुवै भएको फोटो हेर्न गरेको छु । म उनीलाई सम्झिरहे छु । सधै भरिको लागि ।


Comments

Popular Posts