मेरो अधुरो प्रेम

 

म हतारिदै खाना खाइसक्छु । मैले हतार गरेको देखेर आमाले भन्नुभयो,“कस्तो हतार हो यो केटीलाई ? यसलाई सधै हतार हुन्छ ।“

“मलाई स्कूल जान हतार हुन्छ । साथीहरुले मलाई कुरेर बसेका छन् ।“ अनि म हतारिदै लुगा लकाएर निस्कछु । मलाई मेरा साथीहरुले धोबिखोला, चाबहिलमा कुरेर बसेका थिए । मलाई देखेर मेरा साथीहरुले हाई गर्छन् । त्यही क्रममा, सजुले भनिन्,“कति ढिला गरेको ?” उनीले रिसाउँदै भनिन् ।

“हो, यो केटी सधै ढिला आउँछे ।“ अनुजाले भनिन् ।

“के गर्नु त ? मलाई छिटो उठ्न जाँगर चल्दैन ।“  मैले भने र हामी सबै जना मज्जाले हाँस्यौ ।

म परनिता शर्मा र म चाबहिलमा बस्छु । घरमा बुवा, आमा, दुई जना दिदीहरु हुनुहुन्छ र एउटा दाई । सबै जनाको एस एल सी सकियो र मेरो बाँकी थियो । बुवाको कपडाको व्यापार छ र राम्रोसँग चलेको छ भने आमा गृहणी हुनु हुन्छ ।

सजु लिम्बु मित्र पार्कमा बस्छिन् र अनुजा क्षेष्ठ महाराजगंजमा बस्छिन् । मेरा लागि भनि पूलमा आएर कुर्थे । हामी कक्षा ५ देखिसँगै पढेका हौ र धेरै मिल्थ्यौ पनि । हामी यूनिक बोडिङ्ग हाई स्कूल, चाबहिलमा पढ्छौ । अहिले हामी कक्षा १०मा पढ्छौ । हामी एक अर्कोलाई सबै कुरा सेयर गथ्यौ । म पढाईमा ठीकै थिए । फेल त हुन्न थिए तर टप ५ मा पनि आउँदिन थिए । सजु र अनुजाको चाँहि राम्रो थियो । दुवै जना टप ५ मा आउँथे । दुवै जनाको कारणले मेरो पढाईमा केही राम्रो भएको थियो । त्यसको साथ साथै मलाई केही नआएको सिकाई दिन्थे ।

............................................................................................................................ ...................................

तीन दिनपछिको कुरा हो । हामी तीनै जना पुलमा भेट्यौ ।  त्यही क्रममा, सजुले भनिन्, “तिमीहरुले आजको पत्रिका हे¥यौ ?”

“के छ त्यस्तो आजको पत्रिकामा ?” मैले भने ।

“रक्कीको विवाह भए छ नि ।”  सजुले गम्भीर हुँदै भनिन् ।

“को हो रक्की ?”  मैले भने ।

“हरे, नेपाली फिल्मको हिरो हौ । कस्तो नचिनेको ?”

“ए, तेस्रो तँलाई मन पर्ने हिरो होइन ?”  मैले भने ।

“हो ।”

रक्की शर्मा नेपाली फिल्मका सुपटस्टार हुन् । उनले खेलेका चलचित्रहरु प्राय ःसबै सुपर हिट हुन्छन् । केटीहरु महित्ते गर्थे । मरिहत्ते गर्नेमा मेरी साथी सजुपनि थिइन् । हेर्दा पनि राम्रा थिए । अग्ला हाइट, राम्रो अनुहार, नाच्न पनि राम्रो नाच्छन् र अभिनय पनि राम्रो गर्ने । खासमा मलाई फिल्ममा रुचि थिएन तर सजुलाई थियो ।

पत्रिका हामीलाई देखाउँदै भनिन्,“बेहुली कति राम्री । हेर्न । राजकुमरी जस्ती । मलाई त ईष्र्या भइरहेको छ । म हुनु नि रक्कीको श्रीमती । म त रक्कीको अनुहार हेरेर जिन्दगी बिताउथे ।”

अनुजा र म मज्जाले हाँस्यौ । अनि फोटो हे¥यौ । साँच्चिकैमा राजकुमारी जस्ती देखिन्थिन् । साह्रै राम्री । अप्सरा जस्ती । हेरेको हेरै भए । अनुजाले पनि तारिफ गरिन् । सजु भने निराश थिइन् रक्कीको विवाह भयो भनेर ।

समय बित्दै गयो । पढाइको तनाव थियो । एस एल सी आउन दुई महिना बाँकी थियो । चारैतिर किताब हुन्थ्यो । हेर्दा हेर्दै एस एल सी सुरु भयो । धेरै नर्भस भएको थिए । मेरो साथ साथै अनुजा र सजु पनि नर्भस भएका थिए । हाम्रो परिक्षाको केन्द्र सिपल स्कूलमा थियो । बिहानको ८ ः०० बजे परिक्षा सुरु हुने । ७ ः३० मा पुगे । सजु र अनुजा पनि आइपुगेका थिए । मेरो नजिक आएर सजुले भनिन्, “कस्तो तयारी भयो, अनु तेरो ?”

“ठीकै । तिमीहरुको ?”

“ठीकै । प्रश्नममा भर पर्छ ।” सजुले भनिन् ।

अनि बिस्तारै सबै जना कक्षामा छि¥यौ । केही समयपछि अङ्ग्रेजीको प्रश्न बाडियो । प्रश्न हेरे र म खुशी भए । सजिलो प्रश्न थियो । अनि उत्तर लेख्न थाले ।

तीन घण्टापछिको कुरा हो । जाँच सकियो । सजु र अनुजा पनि आए । उनीहरुको जाँच राम्रो भएको रहेछ । यसरी सबै जाँचहरु राम्रो हुँदै गयो । अन्त्यमा एस एल सी सकियो । म र अनुजा सजुलाई कुरेर बसेका थियौ । जाँच सकेको १० मिनेटपछिकको कुरा हो । सजु आइन् र अनुजाले भनिन्,“कस्तो ढिला आएको ? कति लेख्न सकेकी हो ? काठमाडौ नै टप गर्ने विचार छ नि कि के हो ?”

“काठमाडौ नै किन ? नेपाल नै टप्ने विचार छ ।”

अनि हामी तीनै जना हाँस्यौ र केही बेर चाबहिल धुम्यौ । केही बेरपछि एक होटेलमा बस्यौ । बसिसकेपछि अनुजाले भनिन्,“अब त स्कूल पनि सकियो । तिमीहरु के गछौ ?”

“मलाई त घरमा विज्ञान पढ भन्दै हुनुहुन्थ्यो । म त्यति विषय पढ्छु । जहाँ नाम निस्किछ त्यहि पढ्ने । तँ के गर्छस्, परनिता ?”

“म त आर्टस् पढ्ने । तेरो सुना र अनुजा ?”

“म पनि विज्ञान पढ्ने । अब हामी छुटिने भयौ है ?” उनीले भावुक हुँदै भनिन् ।

“सकेसम्म एउटै कलेजमा पढ्थ्यौ न ।” मैले भने ।

“हुन त हुन्थ्यो । मेरो बुवा र आमाले राम्रो कलेजमा हेर भन्दै हुनुहुन्थ्यो ।” अनुजाले भावुक हुँदै भनिन् ।

“कलेज एउटै नभएर के भयो र ? हाम्रो घर त नजिकै छ, फुर्सद भएको बेला भेटे हुन्छ नि ।”

हामी एकछिन गफ गरेर आफ्नो घर लाग्यौ । यो दिन आफूलाई नरमाइलो अनुभव भयो । आफूले पढेको स्कूल छोडे जाँदै छु । याद लिएर जाँदै छु । अब अनुजा र सजुको साथ छुट्ने भयो र यही सम्झेर आँखा रसाए । हामी तीन जना कति रमाउथ्यौ र कति धुम्न पनि जान्थ्यौ कति रमाइला थिए ती पलहरु । केही पलको लागि मुस्कुराए भने केही पलको लागि भावुक पनि भए ।

दुई महिनापछिको कुरा हो । एसएलसीको नतिजा आयो । म पहिलो डिभिजमा पास भएको थिए अर्थात् ७५.५ % आएको थियो । अनुजा र सजुको पनि पहिलो डिभिजन आएको थियो । अनुजाको ७९.५% आएको थियो भने सजुको ७७% आएको थियो । हामी तीनै जनाको कलेज फरक भयो । म रिलाप्स कलेजमा भर्ना भए भने अनुजा बानेश्वरको कलेजमा भर्ना भइन् र सजु ललितपूरमा ।

आज कलेजको पहिलो दिन थियो । बिहानको ६ः३० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः२० बजे पुगे । गेटमा पुगेपछि, मैले गार्ड दाईलाई सोधे,“दाई, कक्षा ११ आर्टस्को कक्षा कता हो ?”

उनले मलाई कक्षा देखाइ दिए । म कक्षामा नै बसे । ६ः३० बजे विद्यार्थीहरु आइसकेका थिए । म पहिलो मेञ्चमा बसेको थिए । त्यही क्रममा, दुई जना बसेको ठाउँमा आएर बसे र हामीले एक अर्कोलाई हेरेर मुस्कुरायौ मात्र । केही क्षणपछि एउटा सर आउनु भयो । हामीले सरलाई अभिवादन गयौ र सरले पनि गर्नु भयो । उहाँको नाम मोहन शर्मा थियो र उहो पत्रकारिता पढाउनु हुने रहेछ । उहाँ पछि हाम्रो परिचय थियो । हामी सबै जना जनाको परिचय भयो । मसँग बसेका साथीहरु नाम जेनिपर र अनमोल थियो । दोस्रो विषय मेजर अङ्ग्रेजी थियो र सरको नाम सौरभ सिंह ठकुरी थियो । तेस्रो विषय अनिवार्य अङ्ग्रेजी थियो जुन पुष्पा सुनुवान माडमले पढाउनु हुन्थ्यो । त्यस पछि समाजशास्त्री विषय थियो जुन संगीता क्षेष्ठ माडमले पढाउनु हुन्थ्यो र अन्तिम विषय नेपाली थियो जुन ईश्वर भट्टराई सरले पढाउनु हुन्थ्यो । बिहानको ६ः३० बजे कक्षा सुरु हुन्थ्यो र ११ः ३० बजे सकिन्थ्यो ।

एक हप्तासम्म म त्यति कोहीसँग बोलेको थिइन तर बिस्तारै म, अमिता, जेनिपर र अनमोल मिल्ने साथी भएका थियौ । त्यही क्रममा, म अमरसँग पनि मिल्न थालेको थिए । सुरुमा त अमर राई मलाई त्यति मन पर्दैन थियो । मलाई मात्र होइन साथीहरुलाई पनि त्यति मन पर्दैन थियो । सर र माडमहरुले पढाएको बेला अजिब प्रश् नगर्थे । जस्तैः अमर कसरी प्राप्त गर्ने, बोर्डमा सेकुवा कर्नर किन लेखेको जब कि सेकुवा कर्नरमा पकाइदैन आदि । तर बिस्तरै अमरसँग बोल्दै गएपछि हामी दुव जना मिल्ने भएका थियौ । उनको घर र मेरो घर संयोग बस नजिकै थियो । १० मिनेटको दूरी थियो । हामी गफ गर्दै घर जान्थ्यौ । कहिले काँही धुम्न पनि जान्थ्यौ । फिल्म हेर्न पनि जान्थ्यौ । मैले उनलाई मन पराउन थालि सकेको थिए । धेरै चोटि प्रेम प्रस्ताव राख्ने योजना बनाएको थिए तर आँटेको थिइन । सोचे कि उनले मलाई सिर्फ साथीको नजरले हेरेका छन् कि ?

दुई हप्तापछिको कुरा हो । कक्षा सकिएपछि अमर मेरो नजिक आएर भने,“म केही समय तिमीसँग कुरा गर्न सक्छु ?”

“हुन्छ ।”

अनि हामी बाहिर निस्कियौ । निस्किसकेपछि उनले भने,“भोलि कक्षा सकिएपछि हामी सधै जाने क्याफेमा भेट्न सक्छौ ?”

“हुन्छ तर किन ?”

“भोलि नै थाहा हुन्छ ।” अनि उनी यति भनेर गए । अमर गएपछि, मेरा साथीहरुले मलाई जिस्काउन थाले र मैले त्यस्तो केही होइन भने तर मेरा साथीहरुले पत्ताएनन् । म खुशी भएको थिए । सायद उनले मलाई प्रेम प्रस्ताव राख्न भनि भेट्न बोलाएका हुन् । भोलि समझेर म धेरै हत्तास् भइसकेको थियो । भोलि कहिले आउँछ जस्तो भएको थियो ।

भोलिपल्टको कुरा हो । हतारिदै म क्याफेमा पुगे । अमरले मलाई कुरेर बसेका थिए । अमर कुनाको टेबुलमा बसेका थिए । उनको नजिक गए र भने, “सरी, म ढिला भए ।”

“ठीकै छ । तिमी के लिन्छौ ?”

“मःम र कफी ।” अनि उनले दुई प्लेट मःम र कफी अर्डर गरे ।

वातावरणमा मौनता छाएको थियो । म यता र उता हेर्दै थिए भने उनले मलाई हेरिरहेका थिए । वातावरणको मौनता तोड्दै अमरले भने,“खासमा, मैले तिमीलाई आफ्नो मनको कुरा व्यक्त गर्न हो ।”

मेरो अनुमान सही रहेछ भन्ने भयो । म मनमनै खुशी हुँदै थिए तर बाहिर देखाउन जरुरी सोचिन । त्यही क्रममा, उनले फेरि भने,“खासमा, मैले तिमीलाई मन पराउन थाले । मलाई नै थाहा छैन कि तिमीले कहिले आएर मेरो मन र दिमागमा बस्यौ ? तिमीले के जादू गरौ ? सुरुमा सोचे कि यो मेरो भ्रम होला तर जति तिम्रो नजिक हुन्छु, त्यति नै नजिक हुन मन लाग्छ । तिम्रो बोलि सुनिरहू जस्तो लाग्छ । तिमीलाई हेरिरहू जस्तो लाग्छ । मलाई तिम्रो हुन मन छ । सिर्फ तिम्रो ।”

म मौन नै थिए । उनले मेरो जवाफ कुरिरहेका थिए । म मौन भएको भएको देखेर उनले भने,“जवाफ अहिले दिनुपर्छ भन्ने छैन तर केही त बोल ।”

“मलाई सोच्ने समय दिन्नु ल ।”

“हुन्छ । तिमीले मेरो माया स्वीकारे पनि अस्वीकारे पनि मिल्ने साथी त हुन्छौ नि ।”

मैले मुस्कुराउदै हुन्छ भने । मलाई उनको माया स्वीकार्नु थियो तर मैले भाउ खोजिरहको थिए । अनि हामीले अर्डर गरेको मःम र कफी खाँदै गफ गरौ । केही क्षणपछि हामी त्यस क्याफेबाट निस्कियौ । म धेरै खुशी भए ।

दुई दिनपछिको कुरा हो । कक्षा सकेपछि मैले अमरलाई गेड बाहिर कुरे । अमर साथीहरुसँग गफ गर्दै थिए र २० मिनेटपछि उनी म भए ठाउँमा आए र भने,“तिमीले मलाई कुरेर बसेको हो ?”

“हो । मलाई जरुरी कुरा गर्नु थियो । त्यसैले कुरेर बसेको हो ।”

“के कुरा हो ?” उनले थाहा नपाए जस्तो गरेर सोधे ।

“लाई लभ यू टू ।” अनि म लजाउदै कलेजबाट निस्किए भने अमर मुस्कुराएका थिए ।

हामी सम्बन्धमा बसेको ६ महिनापछिको कुरा हो । भोलि छुट्टी थियो । कक्षा सकिएपछिको कुरा हो । उनले भने,“भोलि मेरो जन्मदिन हो । कक्षाको सबैलाई बोलाउँदै छु । तिमीलाई सुरुमा निम्ता दिएको । साँझको ६ बजे आउ ल ।”

“हुन्छ ।” मैले भने । मैले हुन्छ त भने तर मनदेखि जान म थिएन । मलाई किन किन नराम्रो आभास आयो । सोचे कि मेरो भ्रम मात्र हो । आफ्ना साथीहरुलाई सोध्ने निर्णय गरे तर सोचे अमर भन्न बाँकी छ । पछि सोध्छु ।

त्यही क्रममा, मेरो नजिक अमिता, जेनिपर र अनमोल मेरो नजिक आए जेनियरले भनिन्,“तिमी र अमरको चक्कर चलिरहेको छ हो ?” उनी मुस्कुराइन् ।

म गम्भीर भएको थिए र अमिताले भनिन्,“तँलाई के भयो ?”

मैले सबै कुरा व्यक्त गरे । तीनै जना अचम्म परेका थिए । मेरो कुरा सुनेपछि अनमोलले भनिन्,“हामीलाई त निम्तो आएको छैन । हामी खबर गछौ नि तिमीलाई ।”

“यदी तिम्रो साथ जानु प¥यो भने, म आउँछु नि ।” जेनिपर गम्भीर हुँदै भन्छिन् ।

“हुन्छ ।” यस विषयमा मैले अमरलाई केही भनिन । मैले जरुरी सोचिन ।

भोलिपल्टको कुरा हो । अमिता, जेनिपर र अनमोल मेरो घर आइपुगेका थिए । उनीहरु ६ः२० मा आउपुगेका थिए । म रेडी भएको थिए । त्यही क्रममा, अनमोलले भनिन्,“जाऊ, सबै जना ।”

सबै जना सहमत भए । अनि हामी मेरो घरबाट निस्कियौ । मैले ढोकाको घण्टी बजाए । उनले तुरुन्तै ढोका खोले । हामी चारै जनालाई देखेर अचम्म परेका गिए । उनले अनुहार रातो न पिरोे भएको थियो । उनलाई के भनू भएको थियो । त्यही क्रममा, जेनिपरले भनिन्,“हामीलाई भित्र बोलाउदैनौ ?”

“आऊ न ।” अनि हामी सबै जना भित्र छिरौ तर हामीले कसैलाई देखेनौ । नदेखेपछि मैले भने,“तिम्रो जन्मदिनमा तिमीले साथीहरुलाई बोलाउने भनेका थियौ । खै त साथीहरु ? हामी बाहेक कसैलाई देख्दिन नि ?”

अमर नर्भस भए र मौन थिए । जेनिपरले अमरलाई निहालेर हेर्दै थिइन् र भनिन्,“यो घर बर्ड थे जस्तो देखिदैन त । अनि तिमी किन नर्भस् भएको ?”

“होइन । त्यस्तो केही होइन ।” अमर नर्भस् हुन्दै भने । उनले हामीलाई नहेरिकन जवाफ दिन्छन् । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमीले अनुको जवाफ दिएनौ । अरु साथीहरु खै ? अरुलाई बोलाएको भनेको होइन ?”

अमर मौन भए । म उनको नजिक गए र भने,“मेरो प्रश्नको जवाफ दिँदैनौ ?”

उनी नबोलेको देखेर हामी अचम्म प¥यौ र धेरै चोटि सोध्दा पनि उनले केही जवाफ दिएनन् । अनि हामी मेरो घरमा गयौ । म धेरै भावुक भएको थिए । त्यही क्रममा, जेनिपरले भनिन्,“तिमी भावुक नहोऊ । तिमीलाई एक दिन जरुर जवाफ दिने छन् ।”

“कहि उनले मलाई धोका दिएका छैनन् । मलाई एक्लै बोलाएर केही गलत त गर्ने योजना थिएनन् ।”

“त्यस्तो नहुन पनि सक्छ । उनले तिमीसँग केही समय बिताउन चाहन्थे होला । त्यसैले तिमीलाई बोलाएका होलान् ।” अनमोलले भनिन् ।

म अलमलमा थिए । मलाई हेरेर जेनिपरले भनिन्,“आफ्नो मनदेखि सोच र समय देऊ ।” यति भनेर तीनै जना मेरो घरबाट निस्किए । म दोदारमा थिए । किन उनी मौन थिए ? किन मसँग झूट बोले ? के चाहिएको थियो उनलाई ? दिमाग र मनमा धेरै प्रश्नहरु थिए । मनमा कुरा खेलाउँदा खेलाउँदै म कति बेला निदाए छु थाहा नै भएन ।

म र अमर नबोलेको धेरै दिन भइसकेको थियो । म अमरसँग बोल्न खोज्थे तर सक्दिन थिए । अमरले मलाई वास्ता गर्न छाडेका थिए र मेरो मनमा शङ्का हुन थालेको थिए । मैले उनीसँग कुरा गर्ने निर्णय गरे । अमर आफ्नो साथीहरुसँग खाजा खाँदै थिए र म पछाडि थिए । कसैले देखेनन् । अमर आफ्ना साथीहरुसँग गफ गर्दै थिए । त्यही क्रममा, राकेशले भने,“अमरले आफूले भनेका कुरा कहिले पूरा गर्दैन रहेछन् । परनितालाई फसाएर शारिरीक सम्बन्ध राख्छु र भिडियो बनाउँछु भन्थ्यो तर सकेनन् । बाजी हारे ।” सबै जना हाँस्छन् ।

“म त्यति सजिलै हार मान्दिन ।” अमरले भने । मैले सबै कुरा सुन्दै थिए र म उनको नजिक गए । उनले मलाई मलाई देखेर नर्भस् भए र भने,“तिमी यहाँ ?” मैले उनलाई एक थप्पड हाने र भने,“मैले त तिमीलाई माया गर्थे । मैले सोचे कि मेरै कारणले तिमी रिसाएका हौ । त्यसैले म तिमीसँग कुरा गर्न आएको थिए । गल्ती त तिम्रो रहेछ । तिमीले आफ्नो जिन्दगीमा माया पाउने छैनौ ।”

अनि म रुँदै त्यहाँबाट निस्के भने अमर नर्भस् हुनुको साथ साथै आत्तिएका थिए । अनि क्याटिनबाट निस्के । यस घटनापछि म कलेज कम जान थालेको थिए र पढाइमा पनि ध्यान कम भएको थियो । ममा आएको परिवर्तन देखेर बुवा र आमाले मलाई धेरै चोटि सोध्नुभयो तर मैले केहि भन्न सकिन । आफ्ना साथीहरुलाई पनि भनेको थिइन तर जेनिपरले कसरी सबै कुराहरु थाहा पाइन र मलाई भेट्न आइन् । मेरो हालत देखेर उनले भनिन्,“हेर, यसरी हुँदैन। आफ्नो हालत हेर । के बनाएको ?”

मैले उनलाई हग गरे र रुन थाले । उनले मलाई सम्हालिन् । मेरा साथीहरुको कारण म बिस्तारै सम्हालिन थाले । म अमरसँग बोल्न छाडेको थिए र आफ्नो पढाइतिर ध्यान दिन थाले । म मुस्कुराउन त मुस्कुराउथे तर पहिला जस्तो मन खुलेर मुस्कुराएको थिइन ।

हेर्दा हेर्दै कक्षा ११ पनि सकियो र कक्षा १२ सुरु भयो । कक्षा १२मा अमर र मेरो बोल चाल नै बन्द भएको थियो । केही महिनापछि रिजन्ट आयो । म पास त भए त राम्रो अंङ्क आएको थिएन र कक्षा १२राम्ररी पढ्न थाले । हेर्दा हेर्दै कक्षा १२ पनि सकियो र केही महिना रिजन्ट पनि आयो । कक्षा १२ राम्रो आएको थियो अर्थात् ७४% आयो र म खुशी भएको थिए । जति जति समय बित्दै गयो अमरको यादले छोडेन मैले त उनलाई साँच्चो माया गर्थे तर उनले मलाई प्रयोग मात्र गरेका रहेछन् तर मैले उनलाई बिर्सेन पर्छ र अगाडि बढ्नु पर्छ ।

मैले स्नातक डिग्री बिबिए विषय पढे । कलेज नयाँ बानेश्वरमा थियो । कान्तिपूर टेलिभिजनको नजिकै कलेज थियो । बिहानको ७ः०० बजे कक्षा सुरु हुन्थ्यो । म ६ः५० मा पुगे । कक्षामा थोरै मात्र विधार्थी थिए । मेरो आँखा एक कुनाको बेचमा बसेको केटामा पुग्यो । उनी दुब्ला र अग्ला थिए । उनको हातमा एउटा किताब थियो त्यो पनि अङ्ग्रेजी किताब थियो । ध्यान दिएर पढ्दै थिए । सुरुमा सोचे उनी सर होलान् र विद्यार्थीहरुलाई कुरेर बसेका होलान् तर जब सर कक्षामा छिर्नुभयो तब थाहा पाए कि उनी विद्यार्थी रहेछन् । कक्षा ७ मा सुरु हुन्थ्यो र एघार बजे सक्दिन्थ्यो । सुरुका दिनहरुमा म कोहीसँग बोल्दिन थिए । मेरो ध्यान किताबमा हुथ्यो तर समय अनुसार म रमाउन थालेको थिए । बिस्तारै हाम्रो ५ जनाको समूह भयो जसमा म, सिम्रिका, ज्ञानु, लिली, अनुज, रिसि थियौ । अग्ला र दुब्ला केटाका नाम अनुज गौतम थियो । मान्छे धेरै प्रतिभा भएको । एक पटक भनेको कुरा सम्झिन्थे र गीत पनि राम्रो गाउने । अनुहार हेर्दा हिन्दी फिल्म राकेश वशिष्ठ जस्ता देखिन्थे । हामीले राकेश अभिनित ‘तुम बिन’को गीत गाइदिन्थ्यौ र उनी मुस्कुराउथे मात्र ।

हेर्दा हेर्दै पहिलो सेमेन्ट सकियो । कति छिटो सकेको जस्तो लाग्ने । दोस्रो सेमेन्टर सुरु भएको केही महिनापछिको कुरा हो । कक्षामा हामी ६ जना मात्र थियो र त्यही क्रममा, अनुज रुन थाले र भन,“मेरो त ब्रेकअप भयो । आरतीले मलाई छोडेर गइन् । मैले त उनीलाई आफूभन्दा धेरै माया थिए तर उनीले मलाई छोडेर गइन् । म मन पर्न छोडेको थियो ।” अनुजले भने । अनुज हाम्रो अगाडि रुन थाले । सबै जनालई के गर्ने भएको थियो । त्यही क्रममा, म उनको नजिक गए र भने,“हेर अनुज यसरी रोएर हुँदैन । आफूलाई सम्हाल । आरतीले तिमीलाई छोडेर गइन, त्यो तिम्रो कारणले होइन । आफ्नै कारणले गएकी हुन् । तिम्रो मायालाई उनीले बुझिनन् त्यो उनीको कमजोरी हो । भन्न त सजिलो छ तर तिमीले उनीलाई बिर्सिनु पर्छ । आफ्नो जिन्दगी अगाडि बढाऊ ।”

अनुजले मलाई रुँदै अँगाले । मलाई अप्ठ्यारो लाग्यो । सबै साथीहरुको अगाडि अँगालेका थिए । सबै जना मौन थिए र हामीलाई हेरिरहेका थिए । अरुको भन्दा पनि अनुजलाई मेरो जरुरत थियो । मैले उनलाई सम्झाए र केही समयपछि अनुज बाथरुम छिरे र मुख धुएर आए । त्यसपछिका दिनहरुमा अनुज धेरै गम्भीर हुन थालेका थिए । दाह्री पाल्न थालेका थिए । दुब्लो मान्छे झन् दुब्लाएका थिए । आफ्नो हाल्त देवदास जस्तो भएका थिए । धेरै चोटि सम्झाउदा मात्र मानेका थिए र बिस्तारै मुस्कुराउन थालेका थिए ।

बिस्तारै समय बित्दै गयो । त्यसको साथ साथै अनुजले आफ्नो अतित बिर्सेने क्रममा थिए । उनले बिर्सेने क्रममा थिए भने, मैले उनलाई मन पराउने क्रममा थिए । धेरै चोटि उनलाई मनको कुरा व्यक्त गर्न खोजे तर सकिन । सोचे कि पहिला नै सम्बन्धमा धोका पाइसकेका छन् । फेरि मायामा विश्वास नगर्लान् भन्ने भयो । त्यसैले सही समयलाई कुर्ने निर्णय गरे ।

हाम्रो गुपलाई धेरै रमाइलो गर्नु पर्ने । सबैभन्दा धेरै रमाइलो सिम्रिका र ज्ञानुलाई गर्नु पर्ने । उनीहरुकै कारणले गर्दा हामी धेरै ठाउँ धुम्थ्यौ पनि । मलाई चाँहि धेरै पढ्नु पर्ने तर पढ्ने भनेर २४ घण्टा चाँहि पढिन थिएन । दुई जनाको सगत्तले गर्दा म पनि धुम्ने भएको थिए । हामी कक्षाहरु सकिएपछि कहिले रेष्टूरेण्ड जान्थ्यौ त कहिले फिल्म । फिल्म हेर्न जाँदा म अनुजलाई परिकल्पना गर्थे । परिकल्पना गर्दा पनि कति मजा आउने । म उनकै परिकल्पना रमाउन थालेको थिए ।

......................................................................................................................................................................

हेर्दा हेर्दै चार वर्ष पनि बित्यो । आज कलेजको अन्तिम दिन । सोचे कि म आज अनुजलाई आफ्नो मनको कुरा भन्ने छु । जाँच ४ः०० बजे सकियो र सबै साथीहरु नजिकैको क्याफेमा बस्यौ । हामी सबै जना भावुक भएका थियौ । सबै जनाले चिया पिउँदै गफ गर्न थाल्यौ । कोही साथीहरु अमेरिका जाने कुरा गरे त कोही कता । त्यही क्रममा, अनुजले भने,“मैले अमेरिका जान सबै कुराहरु तयार गरिसके । अब रिजन्ट आएपछि म अमेरिका जान्छु ।”

उनले अमेरिका जान्छु भन्दा मेरो मनमा चिसो प¥यो । एक प्रकारले अहिले नै उनी जान्छन् जस्तो भयो । त्यही क्रममा, लिलीले भनिन्,“एक्लै जान्छौ कि गर्लप्रेण्डलाई लिएर जान्छौ ?” लिलीले जिस्काउदै भनिन् ।

“मलाई मायामा पर्नु छैन न त सम्बन्धमा पर्नु छ । एक पटकको धेरै सम्बन्ध धेरै गाह्रो र नबिर्सेने बनाएको छ । अब सम्बन्धमा परे भने, मैले फेरि धोका पाउछु भन्ने डर छ र मलाई मायामा विश्वास लाग्न छोडेका छ । त्यसैले माया र सम्बन्धको कुरा नगरेकै जाति ।”

जब उनले माया र सम्बन्धको कुरा नगयौ र माया र सम्बन्धमा पर्नु छैन भने,मेरो मनमा चिसो प¥यो । आफ्नो मनको कुरा व्यक्त गर्न जरुरी देखिन र मनको कुरा मनमै राखे । बाहिर मुस्कुराए पनि मन रुन थालेको थियो । सबै जना गफ गर्दै थिए भने, म चाँहि निराश । अनुजले मेरो मनको कुरा कहिले थाहा पाउने छैनन् ।

......................................................................................................................................................................

एक महिनापछि हाम्रो नतिजा आयो । अनुज कलेजको टपर भए भने मेरो राम्रो ग्रेड आएको थियो । त्यही क्रममा, अनुजले अमेरिकाको भिसाको लागि अपलाई गर्ने कुरा गरे र अर्को हप्ता अन्तर्वार्ता छ भने ।मैले बधाई दिए । उनले मुस्कुराए । वास्तमा मेरो मन दुःखी भयो ।

नभन्दै एक हप्तापछि उनको भिसा लाग्यो र दुई हप्तापछि जाने भएका थिए । उनको भिसा लागेपछि,मैले पनि अमेरिका जाने तयारी गरे तर अपसोस् मेरो भिसा रिजेन्ट भयो । तीन चोटिभन्दा धेरै प्रयास गरे तर रिजेन्ट भयो । पछि अष्ट्रेलिया जान पनि गरे । त्यो पनि भएन र मैले नेपालमा नै पढ्ने निर्णय गरे ।

अनुज अमेरिका पुगे र म पुतलीसडकमा पढ्न थाले । उनलाई कहिले काँही फेसबुकमा म्यासेज पठाउथे । यसरी नै समय बित्दै गयो । मेरो मास्टस् डिग्री पनि सकियो । सकिएपछि मैले फेरि अमेरिका जान प्रयास गरे तर मेरो भाग्यमा बाहिर जाने लेखेका रहेन छ । फेरि मेरो भिसा रिजेन्ट भयो ।

म टि.भी कोठामा टि.भी हेर्दै थिए । त्यही क्रममा, मेरो आमा मेरो नजिक आउनुभयो । मेरो नजिक आएर भन्नुभयो,“तिमीले मास्टस् डिग्री सक्यौ । अब के गर्ने ?”

“जागिर खोज्दै छु ।” मेरो ध्यान टि.भीतिर नै थियो ।

“यो भनेको चार महिना भइसकेको छ ।”

“मैले जागिर पाइन त यसमा मेरो के दोष ?” मेरो भाव परिवर्तन भयो ।

“जागिर पाइनौ भने तिमीले के गछौ ?”

“तपाईले के भन्न खोज्दै हुनु हुन्छ ?” मैले आमालाई हेर्दै भने ।

“विवाहको लागि भनेको ।”

“मैले तपाईलाई कति चोटि भइसके मैले जागिर नगरि बिहे गर्दिन । बिहे गराइदिनु थियो भने पढाएको किन ? नपढाइकन बिहे गराइदिएको भए हुन्थ्यो । हरपल विवाहको कुरा गरेर किन मलाई तनाव दिनु हुन्छ ?” मैले टि.भी अफ गरे र रिसाउँदै आफ्नो कोठामा गए । यस पश्चात मेरो आमा र बुवाले बिहेको कुरा गर्न छोड्छु भएको थियो ।

जागिर खोज्ने क्रममा मैले नेपाल इन्भेष्टमेण्ड बैकमा काम पाए । त्यो पनि आफ्नो घरको नजिक थियो । बैक र घरको दूरी सिर्फ १० मिनेट थियो ।

मैले काम गरेको एक महिनापछिको कुरा हो । एक जना स्टाफ आएका थिए । उनको काम टेलीमा थियो । उनको काम थियो विक्रम क्षेष्ठ रहेछ । हाइट ठीकको छ र अनुहार पनि ठीकको थियो । प्रायः हामीसँगै हुन्थ्यौ । हामी दुवै जना एक अर्कोसँग कुरा त्यति गदैनौ थियौ । हामी अर्कोलाई हेरेर मुस्कुराउथ्यौ मात्र ।

समय बित्दै गयौ र म आफ्नो काममा व्यक्त हुन थाले । बैकको काम भन्नु मात्र । बिहानको १०ः०० देखि बेलुकाको ७ बज्थ्यो । कहिले काँही ९ः३० पनि बज्थ्यो । घर फकिने ढुङ्गो हुँदैन थियो । मानिसहरुलाई हेर्दा लाग्छ कि बैकको काम राम्रो हो र तलब पनि राम्रो हुन्छ तर कामको चापको कारणले छोड्न मन लाग्छ तर बल्ल पाएको जागिर किन छोड्ने भनेर छोड्न मन लागेन । केही महिनामा दिक्क लाग्ने रहेछ । एउटै अफिस,एउटै कुर्सी, एउटै काम, कति गर्नु जस्तो लाग्ने ।

काम गरेको १० महिनापछिको कुरा हो । म अफिसमै थिए । केही क्षणपछि मेरो आँखा एक पेपरमा पुग्यो । मैले हेरे ।

प्रिय परनिताजी,

 मलाई थाहा छैन कि म कहाँबाट सुरु गरौ । तपाई अनौठो लाग्ला कि यो चिठ्ठी पढेर । हुन त हामी दुवै जना त्यति बोलेका छैनौ तर पनि मेरो मनले तपाईलाई मन पराइ सकेको छ । तपाईको मुस्कान, बोलिले म धेरै प्रभाव भएको छु । तपाईको जवाफलाई कुरेको छु ।

                                                                                                                                       विक्रम क्षेष्ठ

म अचम्म परेको थिए । हामी बीच त्यति संवाद भएको थिएन न त हामीले एक अर्कोलाई राम्रोसँग चिनेका छौ । कसरी ? मैले जवाफ दिइन र जरुरी पनि सोचिन ।

मैले उनलाई जवाफ नदिएको एक हप्तापछिको कुरा हो । साँझको ६ः३० बजेको थियो । म आफ्नो काममा व्यस्त थिए । त्यही क्रममा, विक्रम मेरो नजिक आए र भने,“परनिताजी, एकछिन फुर्सद छ ?”

“भन्नुहोस् न ।” मेरो ध्यान कम्प्युटरमै थियो ।

“तपाईले मेरो जवाफ दिनुभएन त ।” विक्रम नर्भस हुँदै भने ।

“कस्तो जवाफ ?” मैले विक्रमलाई नहेरिकन भने ।

“मैले तापईको लागि भनि लेखेको नोटको जवाफ ?”

मैले उनलाई हेरे । उनले पनि मलाई हेरिरहेका थिए । अनि मौनता तोड्दै मैले भने,“न त मैले तपाईलाई चिन्छु न त तपाईले मलाई । कसरी मैले तपाईलाई जवाफ दिनु ?”

विक्रम गम्भीर भएका थिए । मलाई एक सूर हेरिरहेका थिए र मलाई हेर्दै भने,“हामी साथी त हुन त सक्छौ नि ?”

“सोचेर भन्छु नि ल ।” अनि म आफ्नो काममा व्यस्त हुन थाले भन । विक्रम केही नबोलिकन निस्के ।

एक हप्तापछिको कुरा हो । म विक्रमको नजिक गए र भने, “विक्रमजी, म तपाईसँग केही भन्न चाहन्छु ।”

“भन्नुहोस् न ।” विक्रमले मलाई हेरेर भने ।

“तपाईले भनेको कुरामा मैले निकै नै सोचे । हामी साथी त बन्न सक्छौ नि ।”

विक्रम खुशी भए । यस पश्चात् हामी धेरै भेट्न थाल्यौ । उनको बारेमा मैले जान्ने मौका पाएको थिए । उनी धेरै राम्रा मान्छे रहेछन् । बानी व्यवहार धेरै राम्रो । कम बोल्ने तर सोचेर बोल्थे । बिस्तारै भेट्दै जाँदा मलाई विक्रम मन पर्न थालेको थियो । उनको बानी र व्यवहारको कारणले म उनी प्रति आकर्षित भएको थिए र खुशी पनि भएको थिए ।

समय बित्दै ग¥यो र हामी अफिस बाहिर निकै भेट्थ्यौ । त्यही क्रममा, एक दिन हामी ललितपूरको क्याफेमा थियौ । दिउँसोको २ः३० बजेको होला । हामी कफी पिउँदै थियौ र त्यही क्रममा, विक्रमले भने, “तिमीले मेरो बारेमा के सोच्यौ ?”

“मैले केही सोचेका छैन ।” म गम्भीर भए झै गरि भने ।

मेरो कुरा सुनेर विक्रम गम्भीर भए । म उनलाई हेरिरहेका थिए र म मुस्कुराए । वातावरणको मौनता तोड्दै मैले भने,“तिम्रो जवाफ त्यस्तै थियो त ?”

“मलाई तिमी मन परिसकेका छौ ।”

अनि हामी दुवै जना मुस्कुरायौ र धेरै खुशी भएका थियौ । केही समय बिताएर हामी घर फर्कियौ । मेरो जिन्दगीमा धेरै परिवर्तन आएको थियो । त्यो सिर्फ विक्रमको कारणले । म सानो कुरामा पनि खुशी हुन थालेको थिए र रमाउन पनि । उनलाई नदेख्दा मन छटपटाउन थाल्छ । उनलाई देख्दा मनदेखि रमाउ छ र खुशी पनि ।

शनिबारको दिन थियो । म आफ्नो खाटमा बसेर फिल्म हेर्दै थिए । दिउँसोको ३ः०० बजेको हुनु पर्छ । आमा मेरो नजिक आउनुभयो र भन्नुभयो, “छोरी ।”

“हजुर ।” मेरो ध्यान फिल्मै थियो ।

“म यहाँ तिमीसँग जरुरी कुरा गर्न आएको । ऊ चाँहि फिल्म हेर्न मै व्यस्त छे ।” आमा रिसाउँदै भन्नु भयो ।

अनि मैले ल्याटप बन्द गरे र भने, “भन्नु के कुरा हो ?”

“अब त तिम्रो राम्रो जागिर छ । अब त विवाह गर्न मान्छौ होला नि ।”

“विवाह गर्न त गर्छु तर दुई महिना कुर्न सक्नु हुछ ?”

“दुई महिना चाँहि किन ?”

“त्यो समय आए पछि भन्छु ।”

आमा मान्नुभयो र मेरो कोठाबाट निस्किनु भयो । मलाई विक्रमको बारेमा भन्नु थियो तर सोचे पहिला विक्रमसँग कुरा गर्छु ।

भोलिपल्टको कुरा हो । दुई बजे खाजा खाने टाइम थियो । मैले विक्रमलाई भने,“आज काम सक्ने बित्तिकै मलाई भेट्नु ल । काम छ ।”

“के प¥यो त्यस्तो ?”

“भरे भन्छु ।”

“हुन्छ ।”

खाजा खाइसकेपछि हामी सबै जना आ—आफ्नो काममा व्यस्त हुन थाल्यौ । काम गर्दा गर्दै ६ः३० बजेको थियो । अनि हामी नजिकैको क्याफेमा ग¥यौ । कुनाको कुर्सीमा बस्यौ र विक्रमले भने,“तिमीले जरुरी कुरा गर्नु छ भन्थ्यौ नि । ”

“घरमा विवाहको कुरा गर्दै हुनुथ्यो ।”

“अनि तिमीले के भ¥यौ त ?”

“मलाई दुई महिनाको समय दिनु भने । पहिला तिमीसँग कुरा गर्ने निर्णय गरे । एक् पल्ट तिम्रो घरमा कुर अनि म मेरो घरमा कुरा गर्छु ।”

“हुन्छ ।” अनि हामी दुवै जना मुस्कुरायौ । केही समय बसेर हामी त्यहाँबाट निस्कियौ । विक्रमसँग कुरा गरेपछि मन शान्त भएको थियो तर डर पनि थियो । हाम्रो जात मिल्दैन थियो । म बाहुनीको छोरी र विक्रम नेवारका छोरा । एक परिवारबाट त यो कुरा निस्किछ भन्ने भयो । मलाई यही कुराको डर थियो । जातको कुराले गर्दा हामी छुट्यिौ भने ? यही कुरा मेरो दिमागमा आइरह्यो ।

१०

केही समयपछिको कुरा हो । विक्रम आमाको नजिक जान्छन् । उनी नर्भस् भएका थिए । नर्भस् हुँदै उनले भने,“आमा, तपाईसँग कुरा गर्नु छ ।”

“भन न ।” आमाले विक्रमलाई हेर्दै भन्नुभयो ।

“मैले एउटा केटी मन पराएको छु ।”

आमा खुशी हुँदै भन्नुभयो,“हो र ? को केटी ? कस्ती छिन् ?”

विक्रमले फोटो देखाए र आमाले फोटो हेर्दै भन्नुभयो,“केटी त राम्री छिन् ।” आमाले तारिफ गर्दै मेरो विवरण सोध्नुभयो ।

विक्रमले सबै कुरा व्यक्त गरे । आमाको अनुहार बिग्रिसकेको थियो र भन्नुभयो,“जात नै मिल्दैन । बिहे गर्ने त आफ्नो जातमा गर्नु पर्छ ।”

“मानिसको सबै कुरा जातले जनाउदैन । बानी, व्यवहार र कामले चिनिन्छ । आमा, परिनिता राम्ररी मान्छे हुन् । अनुहार मात्र होइन । बानी र व्यवहार राम्रो छ, आमा । एक चोटि त भेट्नुहोस् र थाहा पाउनु हुन्छ ।”

“म भेटिन । बुहारी ल्याइस् भने नेवार नै ल्याउनु । अरु जात चल्दैन ।” आमा रिसाउँदै भन्नु भयो । विक्रमले धेरै चोटि सम्झाउन कोसिस गरे त सकेनन् । यो क्रम निकै दिनसम्म चलिरह्यो । दुवै जना आफ्नो जिद्दमा अठिरहे । दुवै जनाले हार मान्ने वाला थिएनन् । विक्रमलाई निकै गाह्रो भएको थियो । उनलाई म खोज्ने कि आमा खोज्ने भएको थियो ।

११

हामी दुवै जना राम्रोसँग कुरा गर्न नपाएको दुई हप्ता भइसकेको थियो । उनी धेरै गम्भीर देखिन्थे । खोज्न मन थियो तर सकेको थिइन । कस्तो मुडमा छ भन्ने भयो तर एक दिन विक्रम मेरो नजिक आए र भने,“काम सकेपछि म तिमीलाई भेट्न चाहन्छु । जरुरी काम छ ।” विक्रम गम्भीर हुदै भने ।

“हुन्छ ।” मैले भने ।

काम सकिएपछि हामी नजिकैको क्याफेमा बस्यौ । विक्रम गम्भीर देखिन्थे । त्यही क्रममा, मैले भने,“के भयो तिमीलाई तिमी गम्भीर देखिन्छौ त ।”

विक्रमले सबै कुरा व्यक्त गरे र उनले व्यक्त गरिरहदा मेरा आँखाहरु रसाउन थालेका थिए । अनि मैले भने,“एक पल्ट फेरि आमालाई सम्झाउने कोसिस गर न ।”

“मैले धेरै कोसिस गरे तर सकिन । आमा र बुवा दुवै जनाले मान्नु भएन ।”

“अब के गर्ने ?”

“हेर, जब बुवा र आमाले नै माग्नु भएन भने, हामीले विवाह गरेर कहिले खुशी हुन सक्दैनौ । हामीले यो सम्बन्धलाई अगाडि बढाएर केही अर्थ छैन । हामी छुट्टिएकै राम्रो । अरुलाई रुवाएर केही पाउदैनौ ।”

म केही नबोलिकन क्याफेबाट निस्के । म घर पुग्ने बित्तिकै आफ्नो कोठामा छिरे । आमा अचम्म पर्नु भएको थियो । म निकै नै रोएको थिए । म कसरी विक्रमलाई बिर्सिदिऊ । त्यही सजिलो छैन । यही उनको परिवारले मलाई स्वीकारदैन थियो भने मलाई किन प्रेम प्रस्ताव राखेका र मसँग किन नजिक भएका ? आफूलाई सम्हाल्न सकेको थिइन । आमाले मैले ढोका बस्द गरेको देखेर धेरै चोटि बोलाउनु भयो र मैले एक घण्टापछि मात्र ढोका खोले । मेरो अवस्था देखेर आमाले धेरै चोटि सोध्नु भयो तर मसँग उहाँलाई दिने केही जवाफ थिएन । कसरी भन्नु कि एउटा केटाको कारणले मेरो हालत यस्तो भएको ।

अफिसमा हामी दुवै जना त्यति बोलेका थिएनौ । जति जति उनलाई देख्थे मन रुन थाल्यो र मनमा पिडा बढ्थ्यो । उनलाई सोध्न मन लाग्थ्यो कि उनले किन त्यस्तो गरे । जति उनलाई बिर्सन खोज्गे, उति नै उनको याद आउथ्यो । समय बित्दै गयो । समयले सबै घाउ बिर्साइ दिन्छ भन्थे । केही हदसम्म ठीक हो जस्तो लाग्यो । त्यसको साथा साथै, मैले विक्रमको कुरा बुझ्न थाले । मेरा बुवा र आमाले पनि हाम्रो सम्बन्धलाई स्वीकार्नु हुन थियो । अहिले सममाजमा पनि जातकै कारणले कतिको विवाह हुन सकेको छैन । मैले विक्रमलाई दोष दिएर केही काम थिएन । उनले त कोसिस गरेका थिए तर मैले त त्यो पनि गरिन । यदी हामीले विवाह नै गरेको भए पनि हाम्रो बुवा र आमा खुशी बस्न सक्नु हुन्छ ? हामीले अरुलाई रुवाएर कसरी हामी चाँहि खुशी हुन सक्छौ र ? अन्त्यमा हाम्रो ब्रेक अप भयो ।

१२

केही महिनापछिको कुरा हो । आमा मेरो कोठामा आउनु भयो । म पढ्दै थिए । मलाई थाहा थियो कि आमा मेरो बिहेको कुरा गर्न आउनु भएको हो भनेर । आमा मेरो नजिक आएर भन्नुभयो,“हामीले तिम्रो लागि भनेर एउटा केटा हेरेका छौ । तिमीले जहिले भन्छौ, त्यहि दिन बोलाउछौ ।”

“शनिबार बोलाउनु न ।” मैले भने ।

आमा खुशी हुनु भयो र बुवालाई भन्नुभयो । बुवा पनि खुशी हुनुभयो । दुवै जना खुशी भएको देखेर म पनि खुशी भए । सायद मैले जिन्दगीमा दिएको खुशी थियो । सबैभन्दा धेरै खुशी । मैले उहाँहरुले खोजेको केटासँग बिहे गर्ने निर्णय गरे ।

हेर्दा हेर्दै शनिबार आयो । केटा आउने समय दिउँसोको ४ः०० बजे थियो । म तयार हुँदै थिए । त्यही क्रममा, आमा मेरो कोठामा आउनुभयो,“एक पटक केटा हेर्नु । राम्रा परिवार छन् तिमीलाई मन पर्छ ।”

मैले टाउको हल्लाए मात्र । केही समयपछि ढोकाको घण्टी बज्यो । आमा ढोका खोल्न जानु भयो । बुवा पनि घरमै हुनुहुन्थ्यो । बुवा प्रायः  बहिरको बाहिर हिड्नु हुन्थ्यो । कपडाको व्यापार थियो र निकै चलेको थियो र काठमाडौ मात्र नभएर बाहिर पनि थियो । त्यसैले हिडि रहनु हुन्थ्यो । आज मेरो लागि भनि घरमा बस्नु भएको हो ।

केटा र केटाको परिवार आउनु भएको थियो । म आफ्नो कोठामा थिए । मलाई केटाको बारे केही थाहा थिएन । कस्त थिए, कति पढेका छन् र कहाँ जागिर गर्छन्, केही थाहा थाहा थिएन । बुवा र आमा प्रति मलाई भरोसा थियो । त्यसैले मैले खोजि निति गर्न जरुरी सोचिन ।

बुवा र आमा कुरा गर्दै हुन्थ्यो । आधा घण्टापछि आमा मेरो कोठामा आउनुभयो र भन्नुभयो,“छोरी, चिया पकाउर ल्याऊ । हामी सबै गरेर छ कप लिएर आऊ ।” यति भनेर आमा बैठक कोठामा जानुभयो । म किचेनमा गए र चिया पकाएर बैठक कोठामा गए । चिया टेबुलमा राखे र म आमाको नजिक गए । मैले कसैले थाहा नपाउने गरि केटालाई हेरे । त्यति आहा भन्ने खाले थिएनन् ।

ठीकैको हाइट थियो । पेट अलिकति बाहिर निस्केको र गहूगोरो । हेर्दा लाग्छ धेरै जानाले रिजेन्ट गरिसकेका थिए । त्यही क्रममा, केटाको आमाले भन्नुभयो, “हामीलाई परिनिता मा प¥यो । केही क्षणको लागि प्रमोद र परिनितालाई कुरा गर्न दिने कि ?”

सबै जनाले सहमत जनाउनु भयो । हामी छतमा गयौ । केही क्षण हामी यता उता हे¥यौ । मलाई त रिजेन्ट गर्न मन थियो । वातावरण तोड्दै प्रमोदले भने,“मलाई त तपाई मन प¥यो ।”

“मलाई त तपाईको बारेमा केही थाहा छैन । कसरी स्वीकार्नु ?”

प्रमोद मुस्कुराए र भने,“मेरो नाम प्रमोद शर्मा । मैले एमबीए ईडियाबाट गरेको हूँ । पढिसकेपछि म नेपाल फर्किए र नेपाल बैकमा नाम निकाले र जागिर नेपाल बैकमा गर्छु । मेरो बहिनीको बिहे १ वर्ष अगाडि भएको हो । घरमा म, बुवा र आमा छौ अहिले ।”

“बिहेको लागि हतार नगर्ने कि ? पहिला हामी भेट्यौ । अनि निर्णय गरौ न ।”

प्रमोदले मलाई हेरे र भने,“तपाईले मलाई रिजेज्ट गर्नु भएको हो ?”

“होइन । एकै भेटमा कसरी थाहा पाउनु कि तपाई कस्तो हुनु हुन्छ ? एक भेटमा थाहा हुँदैन ।”

प्रमोद मौन भए र मलाई हेरिरहेका थिए । म चाँहि यता उता हेर्दै थिए । सुरुमा सोचेको थिए कि जो केटा आए नि म स्वीकार्ने छु तर प्रमोदलाई देखेपछि रिजेन्ट गर्न मन लाग्यो तर सिधै भन्न सकिन ।

केही बेरपछि, हामी भित्र छि¥यौ । भित्र छिरेपछि, प्रमोदको आमाले भन्नु भयो,“के विचार गरौ त ?”

“हामी पहिला भेट छौ र अनि मात्र निर्णय गर्छु ।” मैले भने ।

प्रमोदको आमा र बुवा मौन हुनु भयो । त्यही क्रममा, प्रमोदले भने,“म पनि त्यही चाहन्छु ।”

प्रमोदले भनिसकेपछि प्रमोदको आमाले भन्नुभयो,“यदी दुवै जनाको चाहना यही हो भने, ठीकै छ  । म चाहन्थे आजै निर्णय होस् ।” उहाँ गम्भीर हुनुभयो ।

“मलाई प्रमोदजीको बारेमा जान्नु छ । त्यसैले अझै भेट्यौ भनेको ।”

“ठीकै छ ।” प्रमोदको बुवाले भन्नुभयो । अनि हामीसँग बिदा मागेर निस्किनु भयो ।

निस्किसकेपछि आमाले भन्नुभयो,“तिमीलाई केटा कस्तो लाग्यो ?”

“ठीकै ।” म यति भनेर आफ्नो कोठामा गए । फेसबुक चलाउन थाले । एउटा नोटिफिकेसन र म्यासेज आएको थियो । प्रमोदले मलाई साथीको लागि अनुरोध पठाएका थिए । म्यासेज खोले । यहाँ आउनु अगाडि नै पठाएका रहेछन् । हाई भन्ने म्यासेज पठाएका थिए । मैले जवाफ दिन जरुरी सोचिन । मलाई मन मनै रिस उठेको थियो । केटा देखाउने भन्दैमा जस्तो पा¥यो त्यस्तै देखाउने ।

केही समयपछि फेरि म्यासेज आयो । प्रमोदको मयासेज आएको थियो ।

“हाई ।”

मैले जवाफ दिइन । मैले जवाफ नपठाएको कारणले उनले जवाफ पठाए,“तपाईलाई म नमनपरेको हो ? मलाई त पहिले १५ जनाले रिजेज्ट गरेका हुन् । म राम्रो छैन । सबै जनाले अनुहार हेर्छन् । मन हेर्दैनन् । सायद मनभन्दा रुप ठूलो रहेछ ।” उनले मलाई ईमोजीको साथ यो म्यासेज पठाएका थिए ।

मसँग जवाफ नै थिएन । के म्यासेज पठाउने भयो । उनले मलाई केही क्षणपछि फेरि म्यासेज पठाए,“यही मलाई रिजेज्ट गर्नु छ भने, भन्दा हुन्छ । मलाई रिजेन्टदेखि बानी भइसकेको छ ।”

“पहिला भेट्यौ अनि मात्र निर्णय गरौ न ।”

“हुन्छ तर मलाई थाहा छ तपाईले पनि मलाई रिजेन्ट गर्नु हुने छ ।”

म मौन नै भए । पनि उनले मलाई फेरि म्यासेज पठाए,“हामी यो शनिबार भेट्यौ न ।”

“हुन्छ ।” मलाई भेट्न मन थिएन तर बुवा र आमाले लागि भए पनि भेट्नु थियो ।

१३

म काम गर्दै थिए । त्यही क्रममा, खाजा खान भई नेहाले बोलाइन् । मैले पाँच मिनेटपछि आउँछु भने र म पाँच मिनेटपछि निस्के । अफिसको नजिकै खाजा खाने ठाउँमा छिरे । कुनामा ठाउँ थियो र त्यही बसे र मःम अर्डर गरे । त्यही क्रममा, विक्रम मेरो नजिक आए र भने,“के म यहाँ बस्न सक्छु ?”

मैले अप्ठ्यारो मान्दै हुन्छ भने । हामी दुवै जना नबोलेको तीन महिना जस्तो भएको थियो । मौनता तोड्दै विक्रमले भने,“आई एम सरी ।”

“के को लागि ?”

“तिमीलाई थाहा छँदै छ नि के को लागि भनेर ।”

“त्यो कुरा बिर्सिदेऊ । अगाडि बढ । तिमीले जे गरौ, ठीक गरौ । अरुलाई रुवाएर हामीले के पाउँदैनौ । त्यसैले आफ्नो परिवारले खुशीको लागि बाँच्नु पर्छ ।”

“तिमी खुशी छौ नि ?”

“छु । तिमी खुशी छौ नि ?”

“छु ।” उनले भने । उनलाई हेर्दा लाग्छ कि उनले अझै पनि मलाई माया गर्छन् । उनको आँखाले बताएका थिए । हुन त मैले पनि कहाँ बिर्सेको छु र उनलाई । अझै पनि उनको याद आउँछ । मनमा बसिसकेको मान्छेलाई कहाँ सजिलै निकाल्न सकिदो रहेछ त ।

“के हामी फेरि साथी हुन सक्छौ ?”

“हुन्छ ।” म मुस्कुराए । अनि हामी गफ गर्न थाल्यौ । हाम्रो सम्बन्ध पहिलाको जस्तो थिएन । मैले पहिलाको जस्तो केही सेयर गर्दिन थिए र प्रमोदको बारेमा केही भन्न जरुरी सोचिन ।

१४

शनिबारको दिन, ४ः०० बजे । प्रमोद र म ललितपुरको एक क्याफेमा थियौ । कफी अर्डर गरिसकेपछि, प्रमोदले भने,“अनि के छ तपाईको खबर ?”

“ठीक छ । तपाईको के छ खबर ?”

“ठीक छ । खासमा मैले तपाईलाई मन पराइसके ।”

म मुस्कुराए मात्र । अनि उनले फेरि भने, “अनि मलाई फेसबुकमा साथी नै बनाउनु भएन ।”

“म भरै घर गएर गर्छु नि ।”

“हुन्छ । साँच्चिकै तपाईलाई म कस्तो लाग्छ ?”

“खासमा, मलाई तपाई सुरुमा भेट्दा मन परेको थिएन । रिजेन्ट गर्न मन थियो । सिधै भन्न सकिन ।”

प्रमोन मौन भए । त्यही क्रममा, कफी आयो । कफी आइसकेपछि प्रमोदले भने,“घरमा मैले तपाईले रिजेन्ट गर्नु भयो भनू त ?”

“अहिले केही नभनू होस् । एक÷दुईमा म तपाईलाई भन्छु नि ।”

उनले टाउको हल्लाएर हुन्छ भने र फेरि भने,“तपाई फुर्सद भएको दिन के गरेर बिताउनु हुन्छ ?”

“कहिले फिल्म हेर्छु, कहिले साथीसँग धुम्न जान्छु त कहिले पढेर दिन बिताउछु । तपाई चाँहि के गरेर बिताउछु हुन्छ ?”

“म प्रायः पढ्छु । साहित्यमा मेरो रुचि छ ।”

“ए ।”

केही बेर बसेर हामी त्यहाँबाट निस्कियौ । घर पुगेपछि मैले उनलाई मैले फेसबुकमा साथी बनाए ।

केही क्षणपछि म्यासेजको आवाज आयो । प्रमोदले म्यासेज पठाएका थिए ।

“घर पुग्नु भयो ? धन्यवाद मलाई फेसबुकमा साथी बनाउनु भएकोमा ।”

“म राम्ररी घर पुगे । तपाई ?”

“म पनि पुगे ।”

समय बित्दै गयो । हामी दुवै जनाको गफ धेरै हुन थालेको थियो र भेट पनि धेरै हुन थालेको थियो । थाहा नपाइकन मैले उनलाई मन पराउन थालेको थिए । उनले सानो कुरामा पनि ध्यान दिन्थे ख्याल राख्थे । अनुहार जस्तो भए पनि मन धेरै राम्रो थियो । परिवार पनि राम्रो हुनुहुन्थ्यो ।

१५

प्रमोद र म भेटेको पाँच महिनापछिको कुरा हो । मेरो छुट्टी थियो । आमा किचेनमा खाना पकाउँदै हुनुहुन्थ्यो । म आमाको नजिक गए र भने,“आमा ।”

“हँ ।”

“मलाई प्रमोद मन प¥यो । म उनीसँग विवाह गर्न चाहन्छु ।” आमा धेरै खुशी हुनु भयो । बुवालाई फोन गरेर भन्नुभयो । बुवा पनि खुशी हुनुभयो र बुवा अर्को हप्ता आउने कुरा गर्नु भयो । अनि आमाले प्रमोदको आमालाई फोन गर्नु भयो र सबै कुरा व्यक्त गर्नुभयो । प्रमोद धेरै खुशी भएका थिए । मभन्दा पनि धेरै खुशी भएका थिए । आखिर उनको माया र मनले मलाई जितेरै छाड्यो ।

एक हप्तापछि बुवा विराटनगरबाट काठमाडौ आउनुभयो र भन्नुभयो,“पर्सि शनिबारको दिन परनिताको छुट्टि छ । त्यही दिन प्रमोद र प्रमोदको परिवारलाई बोलाउन ।”

हामी सबै जना सहमत भयौ र आमाले फोन गरेर भन्नुभयो । त्यही क्रममा, प्रमोदले मलाई म्यासेज पठाए ।

“हामी आउँदै छौ । मैले किनेको कुर्ता लगाउनु ल ।”

“हुन्छ । तिमी पनि मैले किन्देको टि—सर्ट लगाउनु ल । म कस्तो नर्भस् भएको छु ।”

“म पनि ।”

“आएपछि मलाई केही नसोध्नु ल ।” अनि मैले हाँसेको ईमोजी पठाए ।

उनले पनि हाँसेका ईमोजी पठाए । उनीसँग गफ गर्दा गर्दै कति बज्यो पत्त्तै भएन ।

हेर्दा हेर्दै शनिबार आयो । प्रमोद र उहाँको परिवार खाना खाने गरि आउने वाला हुनुथ्यो । म निकै खुशी थिए । बिहानदेखि म किचेनमा सबै तयार पार्दै थिए र त्यही क्रममा, प्रमोदले म्यासेज गरेर १०ः३० बजे आउने कुरा गरे र मैले हुन्छ भने । खाना सबै तयार गरेर म रेडी भए । प्रमोदले किनिदिएको निलो कुर्ता लगाए ।

मेरो ध्यान हरपल घडीतिर थियो । कति बेला प्रमोद र उनको परिवार आउलान् भन्ने भयो । अन्त्यमा ढोकाको घण्टी बज्यो र आमा ढोका खोल्नुभयो । आमा र बुवा गफ गर्न थाल्नुभयो । केही क्षणपछि, आमाले मलाई बोलाउनु भयो र म बैठक कोठामा आए ।

प्रमोदको आमाले भन्नुभयो,“परनिता, हामी तिमीलाई बुहारीभन्दा पनि छोरीको रुपमा राख्छौ । तिमी छोरी भएर हाम्रो घरमा आऊ ।”

म मुस्कुराए मात्र । प्रमोद मलाई देखेर मुस्कुराएका थिए । म मौन नै बसे । त्यही क्रममा, प्रमोदको आमाले भन्नुभयो,“प्रमोदको चिना देखाएका थियौ । असार महिनासम्ममा बिहे गर्नु भनेका छन् ।”

“हुन्छ ।” बुवा र आमा खुशी हुनुभयो । केही बेर गफ गरेर खाना खान थाल्यौ । प्रमोदको परिवारले खानाको तारिफ गर्नु भयो । हामी सबै जना निकै खुशी थियौ तर मेरो जिन्दगी परिवर्तन हुन आँटेको थियो ।

१६

विवाहको साईत निस्कियो । असार २२ गते बिहानको १०ः३२ बजेको थियो । हामी विवाहको लागि सबै तयार गर्दै थियौ । बिहे हुनु दुई हप्ता अगाडिको कुरा हो । प्रमोदले मलाई फोन गरे र भने,“आज पाँच बजेतिर भेटौ न ।”

“हुन्छ ।”

केही क्षणपछि नराम्रोसँग पानी पर्न थाल्यो । नराम्रोसँग पानी परिरह्यो । पानी रहने नाम नै लिएको थिएन । मैले प्रमोदलाई धेरै चोटि फोन गर्न प्रयास गरे तर नेटवर्कको समस्याको कारणले फोन लागेन । म निस्किन सकेको थिइन । ७ बजेतिर मात्र कम भयो र म घर गए । घर गएपछि प्रमोदलाई फाने गरे तर फोन उठेन । नउठेपछि मेरो मन आत्तिन थाल्यो । त्यही क्रमममा, बुवा र आमा भावुक हुँदै मेरो कोठामा आउनु भयो । मेरो नजिक आउँदै बुवाले भन्नुभयो,“छोरी, प्रमोदको बुवाले फोन गर्नु भएको थियो तपाईहरु किन भावुक र गम्भीर हुनु भएको ?”

बुवा र आमा एक अर्कोलाई हेर्दै हुनुन्थ्यो । मैले उहाँहरुलाई हेर्दै भने,“तपाईहरुले के कुरा लुकाउदै हुनु हुन्छ ? के भयो भन्नुहोस् न ।” म आत्त्तिदै भने ।

“प्रमोदको बाईक दुर्घटनामा मृत्यु भयो ।” आमा रुँदै भन्नुभयो ।

म आकाशबाट छरेझै भए । मैले उनलाई पछि भेट्नु पर्छ भनेको भए हुन्थ्यो । प्रमोद बाँच्थे । म पछुताउन थाले । मन अशान्त भएको थियो । अनि मैले भने,“आमा, यो तपाई कस्तो मज्जाक गर्दै हुनु हुन्छ ?” म गम्भीरको साथ साथै भावुक हुँदै भने ।

“हो छोरी, आमाले भनेको कुरा सत्त्य हो । भर्खर प्रमोदको बुवाले फोन गर्नु भएको थियो । अफिसबाट फर्केदा प्रमोदको बाइकलाई ट्रकले हिर्कोए छ । उहाँलाई ऊँ अस्पताल ल्याउदा ल्याउदै मृत्यु भयो । हामी अहिले अस्पताल जान लागेको ।”

“म पनि तपाईसँग जाने ।” मैले रुँदै भने । मलाई अन्तिम पटक प्रमोदको अनुहार हेर्नु थियो । अनि हामी सबै जना गयौ ।

अस्पताल पुग्दा प्रमोदको परिवार र आफतहरु हुनु हुन्थ्यो । हामीलाई देख्ने बित्त्तिकै आमाले मेरो आमालाई अँगाल्नुयो र रुन थाल्यो भयो । म आमाको नजिक गए आमाले मलाई देखेर झन् रुन थाल्नु भयो । म पनि धेरै रुन थाले । आफूलाई सम्हाल्न सकिन । धेरै गाह्रो भएको थियो । केही समयपछि प्रममोदको आमाले भन्नुभयो, “प्रमोदले के नराम्रो गरेको थियो र ? भगवान्ले मेरो छोरालाई किन छिटो बोलाए ?” आमाले रुँदै भन्नु भएको थियो ।

वातावरणमा मौनता छाएको थियो । केही क्षणपछि मैले रुँदै प्रमोदको बुवालाई भने,“म एक पटक प्रमोद हेर्न चाहन्छु ।”

प्रमोदको बुवाले मलाई प्रमोद भए ठाउँमा लिएर जानु भयो । उनको अनुहारसम्म सेतो कपडाले छोपेको थियो । मैले उनको अनुहार हेरे र रुन थाले । अनुहारमा रगतै रगत थियो । म अब प्रमोद बिना कसरी बाँच्नु ? प्रमोद उठिदिए नि हुन्थ्यो जस्तो भयो । म उहाँलाई हेरिरहे र मेरा आँखाबाट आँसु झरिरहे । म आफ्नो अतितमा हराए । प्रमोदको बुवाले धेरै चोटि बोलाएपछि मात्र होशमा आए ।

अस्पतालको काम सकेपछि पशुपति लग्यौ । म फेरि रुन थाले । मलाई पनि उहाँसँगै जलाइदिएको भए हुन्थ्यो जस्तो भयो । मलाई सम्हाल्न धेरै गाह्रो भएको थियो ।

पशुपतिको काम सकिएपछि हाम्रो परिवारले पनि तेह्र दिन बा¥यौ । बिहे नभए तापनि हामीले तेह्र दिनसम्म उहाँहरुको घरमा बस्यौ र काम गरौ ।

तेह्र दिनको काम सकिएपछि, प्रमोदको बुवाले भन्नुभयो,“तपाईहरुले गरेको सहयोग हामी कहिले बिर्सिदैनौ । अहिलेको जमानामा आफ्नो मान्छेहरुले सहयोग गर्दैन । तपाईहरुले गुया लगाइसो ।”

“तपाईहरु पनि हाम्रो परिवार नै हो । बिहे नभए तापनि हामी तापईहरुलाई परिवार सोच्छौ ।” बुवाले भन्नुभयो ।

“मलाई एउटा कुरा भन्नु ।” प्रमोदको बुवाले भन्नु भयो ।

“भन्नुहोस् न ।”

“यो सही समय त होइन भन्नलाई ।”

“अप्ठ्यारो नमानिकन भन्नुहोस् ।”

“प्रमोद त छैन । परनिता पनि हाम्रै छोरी हुन् । उनको विवाह गराइदिनुहोस् । उनीको बाँच्ने अधिकार छ ।”

यो कुरा सुन्ने बित्त्तिकै मैले भने,“नाँइ, म बिहे गर्दिन । म प्रमोदलाई बिर्सिन सक्दिन । उहाँको यादमा जिन्दगीमा कटाउन चाहन्छु । उहाँको याद मबाट नखोक्नुहोस् । म उहाँलाई माया गर्थे र अहिले पनि गर्छु । मलाई उहाँको यादमा बाँच्न दिनुहोस् ।”

मलाई प्रमोदको बुवा र मेरो बुवाले सम्झाउँदै हुनु हुन्थ्यो तर म केही नसुनिकन उठे र त्यहाँबाट निस्किए । मैले जिन्दगीमा धेरै जनासँग प्रेम गरे तर प्रमोदलाई मैले मनदेखि नै गरेको थिए । प्रमोदको शील सोभावको कारणले मैले उहाँलाई माया गरेको थिए । त्यसको साथ साथै उहाँले मलाई धेरै माया गर्नु भएको थियो ।

मेरो बुवा र आमाले मलाई बिहेको लागि पर्काउँदै हुनु हुन्थ्यो तर मैले मानेको  थिइन । अन्त्यमा मलाई समय दिने निर्णय गर्नु भयो । समयले सबै घाउ ठीक गरिदिन्छ भनेर होला, समयलाई छाडिदिनु भयो । म चाँहि प्रमोगसँगै गएको ठाउँहरुमा जान्थे । उहाँसँग बिताएका समयहरु सम्झन्थे र मुस्कुराउथे । कति रमाइलो गर्थे । जति जति समय बित्दै गयो, उति नै उहाँको यादले सताउथ्यो । जिन्दगीमा हामी धेरै चोटि माया गछौ तर साँच्चो माया जिन्दगी एक जनासँग मात्र बिताउछौ । सिर्फ एक जनासँग ।

Comments

Popular Posts