माया र सम्बन्ध

 १

“आज म धेरै खुशी छु किनकि आज आदित्य आउँदै छन् ।” अदितिले आफ्नो मिल्ने साथी सायालाई भन्छिन् । अदिति धेरै खुशी थिइन् । 

“६ वर्षपछि उसलाई भेट्दै छु । म कति धेरै खुशी छु । मेरो खुशीको सिमा नै छैन । आदित्यलाई भेट्दा के भन्ने जस्तो भएको छ । धेरै कुराहरु भन्नु छ ।” अदितिले फेरि भनिन् । 

अदिति नेल पोलिस लगाउदै थिइन् । त्यही क्रममा, सायाले भनिन्,“आदित्यलाई थाहा छ के तिमीले उनलाई माया गछौ भनेर ?”

“मलाई थाहा भएन । थाहा नभए, म व्यक्त गर्ने छु । मलाई थाहा छ कि उनले मलाई र मेरो मायालाई स्वीकार छन् ।”

“तिमीलाई विश्वास छ नि उनले तिम्रो मायालाई स्वीकार छन् भनेर ?”

“किनकि म बाहेक उनको जिन्दगीमा अरु कोही छैन ।”

“तिमीलाई विश्वास छ नि ?”

“तिमीले भन्न खोजेको के ?”

“अमेरिकामा ६ वर्ष बसेका छन् । उतै केटी खोजेका छन् कि ?”

“तिमी चुप लाग ।”

“यदी उनको गर्लप्रेण्ड भएमा, उनले मलाई भन्थे तर उनले यस विषयमा मलाई केही भनेका छैन ।” अदितिले फेरि भनिन् । 

“के थाहा तिमीलाई सपप्राईजन् दिन होला ।” सायाले भनिन् ।

अदितिले रिसाएर तकियाले सायातिर पालिन् । रिसाएर उठिन् र लुगा लगाइन् । तयार भएपछि अदितिले घडी हेरिन् । बेलुकाको ८ः३० बजेको थियो । आदित्य एयरपोर्ट आइपुग्ने समय ९ः०० थियो । अदितिलाई हतार भयो र अदितिले भनिन्,“मलाई हतार भयो । छिटो जाऊ ।”

आफ्नो इक्कुटर के चलाउन थालेकी थिइन्, अदितिको फोन बज्छ । फोनमा कुरा भइसकेपछि उनी र साया सिधै आदित्यको घरमा पुग्छन् । 

घर पुग्दा आदित्य आफ्नो बुवा आमासँग कुरा गरिरहेका हुन्छन् । 

“आदित्य ?” अदिति रिसाउँदै आदित्यको छेउमा पुग्छिन् । आदित्य चाँहि सोफाबाट उठ्छन् । आदित्य मुस्कुराएका थिए । अदिति भने रिसाएकी थिइन् । अदिति रिसाएर आदित्यको अनुहार पनि हेरेकी थिइन् । अदिति रिसाएर आदित्यले भने,“मलाई माफ गर । म तिमीलाई सप्रफाइन्ज दिन चाहन्थे । त्यसरी आफ्नो मिल्ने साथीसँग कोही रिसाउछन् त ?”

अदिति मौन नै थिइन् । त्यही क्रममा, आदित्यको बुवा र आमा मुस्कुराउदै सोफाबाट उठ्नु भयो । आदित्यको आमा अदितिको नजिक जानु भयो र भन्नुभयो, “हामी त अचम्म परेका थियौ । उनले हामीलाई सप्रफाइन्ज दिए । सुरुमा त हामी पनि रिसाएका थियौ तर आदित्यलाई देखेर हामी खुशी भयौ । हामी जसरी खुशी भयौ, तिमी पनि त्यसरी नै खुशी हौ ।”

अदितिले आदित्यलाई हेरिन् । उनको आँखा रसाएका थिए र भनिन्,“तिम्रो लागि मैले घण्टौ तयार भएको थिए ।  म तिमीलाई लिन कति खुशी थिए ।”

आदित्यले सरी भने र हग गरे । सबै जना घण्टौ कुरा गर्न थाले र केही समयपछि आदित्यले अदिति र सायालाई घर पु¥याइदिए । अदितिको घर अगाडि आएपछि, अदितिले भनिन्,“बाई । भोलि भेटौला ।”

“हुन्छ । तिमीलाई धेरै कुराहरु भन्नु छ र सेयर पनि गर्नु छ । तिम्रो लागि सप्रफाइन्ज  छ ।”

“हो ? के हो सप्रफाइन्ज ?” अदिति मुस्कुराइन् । 

“यदी मैले तिमीलाई सप्रफाइन्ज भने भने, त्यो सप्रफाइन्जको के काम ? सही समय आएपछि भन्छु ।”

“हुन्छ ।” अनि अदिति गाडीबाट निस्किन् । त्यसपछि, दुवै जनाको भेट हुन थालेको थियो । अदितिले नेपालबाट एमबिए गरेकी थिइन् र जागिरको खोजिमा थिइन् । आदित्यले अमेरिकाबाट एमबिए गरेका थिए र अमेरिकामै जागिरको लागि धेरै ठाउँबाट प्रस्ताव आएको थियो तर उनलाई नेपालमा केही गर्न मन थियो ।

दुई हप्तापछिको कुरा हो । आदित्य र बुवा आमा अदितिलाई कुरेर बस्नु भएको थियो । एक घण्टापछि, अदिति आइपुगिन् । उनी खुशी थिइन् तर आफ्नो खुशी देखाइनन् । अनि सोफामा बसिन् ।  

“सरी, म ढिलो आए । तिमीले फोन गरेपछि, म निस्कि हाले ।”

“मैले तिमीलाई भनेको थिए कि एउटा सफ्रफाइन्ज छ । आज तिमीलाई सप्रफाइन्ज दिँदै छु ।”

“हो र ? के हो त्यो सप्रफाइन्ज ?”

“म तिमीलाई यसरी भन्दिन । सुरुमा आँखा बन्द गर ।”

आँखा बन्द गरिन् र केही क्षणपछि, आदित्यले भने,“अब तिमीले आँखा खोल्दा हुन्छ ।”

जब आँखा खोलिन्, उनीले  एउटा केटीलाई देखिन्छन् । 

“अचम्म प¥यौ ?” आदित्य मुस्कुराइन् । 

“हँ ?”

“मलाई थाहा छ कि तिमी अचम्म परेकी छौ । उनी नै सप्रफाइन्ज हुन् । म उनीलाई माया गर्छु र उनीसँग विवाह गर्दै छु । बुवा र आमालाई पनि मन प¥यो । तिमीलाई मेरो सप्रफाइन्ट कस्तो लाग्यो ?”

अदितिको आँखामा आँसु झरेको थियो । आदित्यले अदितिको आँसु झरेको देखेर आदित्यले भने,“तिमी किन रोएको ? तिमीलाई मेरो सप्रफाइन्ज मन परेन ?”

“तिमीले मलाई किन यस्तो गरौ ?”

“मैले तिमीलाई के गरौ ?” आदित्य अचम्म परेका थिए र बुवा आमा पनि ।

“तिमी के भन्दै छौ ?” आदित्यले फेरि भने । 

“म तिमीलाई मन पराउँछु ।”

सबै जनालाई के भन्ने भएको थियो । त्यही क्रममा, आदित्य अदितिको नजिक आए र केही भन्न खोज्दै थिए तर अदिति घरबाट निस्किन् ।

अर्को दिन, आदित्य अदितिलाई भेट्न जान्छन् । अदिति आफ्नै कोठामा थिइन् । उनी आफ्नै संसारमा हराएकी थिइन् । आदित्यले ढोका ढकढकाउछन् तर केही जवाफ आएन । फेरि ढकढकाउटन् तर पनि जवाफ आउँदैन । 

“अदिति, प्लिज ढोका खोल ।”

अदिति खाटमा पल्टेकी थिइन् र आदित्यलाई बेवास्ता गरेकाी थिइन् । त्यही क्रममा, आदित्यले फेरि भने,“अदिति, ढोका खोल । बसेर कुरा गरौ न ।”

अन्त्यमा, ढोका खोल्छिन् र खाटमा बस्छिन् । आदित्य अदितिको नजिक जान्छन् । अदितिलाई हेरिरहेका थिए ।

“अदिति, तिमीलाई के भयो ?”

अदिति मौन भएकी थिइन् र आदित्यलाई हेर्ने जरुरत सोचिनन् । उनीको मौनताले आदित्य आत्तिएका थिए र भने,“मलाई हेर न । किन मौन भएको ? मसँग बोल न । तिम्रो दिमागमा के छ, मलाई भन ।”

“तिमी किन रिसाएको ?”

“तिम्रो कारणले ।”

“मेरो कारणले ?” आदित्य अचम्म हुँदै भने ।

“हो, तिम्रै कारणले ।”

“मैले के गरे ?”

“आई लभ यु र मैले सोचेकी तिमीले मलाई मन पराउँदै ।”

“हे भगवान् । मैले सोचे कि तिमी गम्भीर छैनौ ।”

“होइन , म गम्भीर छु । म तिमीलाई मन पराउँछु । हामी जब फेसबुकमा कुरा गथ्यौ, मैले सोचे कि तिमीले मलाई मन पराउँछौ र मसँग विवाह गर्न चाहन्छौ । जब तिमीले सप्रफाइन्ज छ भ¥यौ, म खुशी भए किनकि मैले सोचे कि तिमीले हाम्रो सम्बन्धको बारे कुरा गर्ने छौ ।”

“म यदि तिमीसँग कुरा गरे भन्दैमा मैले तिमीलाई मन पराउँदिन । म तिमीलाई राम्रो साथीको रुपमा हेर्छु । मैले तिमीलाई यस्तो नजरले हेर्दिन ।”

अदिति रुन थालिन् । अदिति रोएको देखेर अदितिको नजिक गए र भने,“तिमी मेरो कुरा बुझ्ने कोसिस गर । म सिर्फ श्रेयालाई मात्र समय दिन्छौ । म तिमीसँग बस्न चाहन्छु ।”

“तिमी मेरो मिल्ने साथी हौ ।  तिमी आफ्नो बचपन छोड । तिमीलाई के गलत, के सही थाहा छैन । त्यसैले यस्तो बचपना नगर ।” यति भनेर आदित्य अदितिको घरबाट निस्किछन् । 

दुई हप्तापछिको कुरा हो । आदित्य र श्रेयाको विवाह सम्पन्न भयो । विवाहको दिन, अदिति आदित्यको रुममा जान्छिन् । श्रेया अदितिलाई देखेर अचम्म परिन् । अदिति श्रेयाको छेउमा गइन् र भनिन् “तिमी आदित्य र मेरो बिचमा आयौ । तिम्रो कारणले मैले मेरो साथी गुमाए । म आदित्यलाई धेरै माया गर्छु र म उनलाई मेरो बनाउन चाहन्थे तर तिम्रो कारणले आदित्य मेरो हुन्न सकेनन् । अब आदित्यले मलाई समय दिँदैनन् र मलाई बिर्सिन्छन् । तिमीले किन यस्तो गरौ ?” उनी भावुक भएकी थिइन् र कोठाबाट निस्किन आँटेकी थिइन् र त्यही क्रममा उनीले आदित्यलाई देख्छिन् । दुवै जनाले केही बोलेनन् र अदिति कोठाबाट निस्किन् ।

आदित्यसँग केही शब्द थिएन । अदितिको बच्चापनादेखि वाक्क भएका थिए । आदित्य श्रेयाको छेउमा गए र भने,“सरी । अदितिकोमा बच्चापना छ । उसलाई के बोल्ने थाहा छैन ।”

“ठीक छ, आदित्य । म तिम्रो कुरा बुझ्छु । तिमी एक पटक अदितिसँग कुरा गर ।”

“हुन्छ ।”

भोलिपल्ट, आदित्य र अदितिको भेट हुन्छ । आदित्य रिसाएका थिए र भने,“तिमी किन यस्तो गरिएकी छौ ? तिमी किन कुन बुझ्दैनौ ? तिमीलाई एउटै कुरा कति चोटि बुझाउनु ? तिमीलाई एउटै कुरा बुझाउदा बुझाउँदै दिक्क भएको छु । तिमी कति बेला कुन कुरा गर्ने थाहा छैन ? तिमी मेरो जिन्दगीबाट दूर जाँदैनौ ?”

यति भनेर आदित्य क्याफेबाट निस्किछन् । अदिति आदित्यलाई हेरिरहेकी थिइन् । आँखा आँसुले भरिएका थिए । कसरी आदित्यको जिन्दगीबाट दूर जाऊ भयो । मनमा चिसो प¥यो ।

“हेलो, आदित्य ।”

“हेलो, अंकल ।”

“अदिति तिम्रोमा आएकी छिन् ।”

“छैन त अंकल । के भयो अंकल ?”

“हिजोदेखि उनी घरममा छैनन् ।”

“के ?” आदित्य अचम्म परे । 

“तपाईले उसलाई फोन गर्नु भयो त ?”

“गरेको तर लागेन । धेरै ठाउँहरुमा खोजिसक्यौ तर भेटेनौ ।” अंकल भावुक हुँदै भन्नुभयो ।

“तपाईले पुलिसकोमा रिपोर्ट गर्नुभयो ?”

“छैन । सोचे कि पहिला तिमीलाई खबर गरौ ।”

“अंकल तपाई नआत्तिनु । म तपाईको घरमा आइहाल्छु ।”

“हुन्छ ।”

फोन राख्ने बित्तिकै आदित्य नबिल बैक, न्यू रोडबाट भक्तपुर पुग्छन् । समय भएको थियो ३ः३० । उनले ढोकाको घण्टी बजाए । आमाले ढोका खोल्नु भयो । 

सबै जना तनावमा हुनु हुन्थ्यो । त्यही क्रममा, बुवाले आदित्यलाई हेर्दै भन्नुभयो,“तिम्रो कुरा भएको थियो ?”

अनि आदित्यले सबै कुरा व्यक्त गरे । सबै कुरा सुनिसकेपछि, आमाले भन्नुभयो,“तिमी दुई जनाको झगडाको कारण अदितिले घर छोडेर गइन् । उनी कता गइन् ?”

आदित्यले आमालाई हेर्दै भने, “पुलिस स्टेशनमा रिपोर्ट गर्छन् तर दुई हप्तासम्म केही पत्तो हुँदैन ।

अदितिले कसैलाई नभइकन नयाँ दिल्ली पुगेकी थिइन् । तीन हप्तासम्म जागिर खोज्दै थिइन् । त्यही क्रममा, उनीले एक स्कूलमा जागिर पाइन् । उनीले नर्सरीमा पढाउन थालिन् । त्यही क्रममा, उनीको भेट रोमियोसँग भएको थियो । रोमियो अदितिलाई लुकीी चुकी हेर्थे र बोल्न खोज्र्थे तर सकेका थिएनन् । 

अदितिले काम गरेको एक महिनापछिको कुरा हो । दुवै जना स्टाफ रुममा थिए । अदिति पढ्दै थिइन् र त्यही क्रममा रोमियोले अदितिलाई हेर्दै भने,“हाई ।” 

अदितिले बोल्न जरुरी सोचिनन् र उनलाई हेर्न जरुरी सोचिनन् । फेरि रोमियोले भने,“होई ।”

“म अपरिचित व्यक्तिसँग बोल्न जरुरी सोच्दिन ।” अदितिको ध्यान किताबमै थियो ।

“अपरिचित नै साथी हुन्छन् । हामी साथी हुन सक्छौ ?”

“नो ।”

रोमियोले कोसिस गरे साथी हुन तर असफल भएका थिए । अदितिलाई बोल्ने ईच्छा नै थिएन । त्यसको साथ साथै, अदितिले आदित्यलाई बिर्सेन सकेकी थिइनन् । हरपल आदित्यको यादमा डुबेकी थिइन् । आदित्यका शब्दहरुले गर्दा उनी यहाँसम्म आइन् । हरेक रोज आदित्यको फोटो हेर्ने गर्छिन् ।

अदिति मुस्कुराएकी थिइन् । अदितिले मुस्कुराएको देखेर रोमियोले भने,“आफ्नो दुःख सेयर गर्न नसके पनि आफ्नो सुख र खुशी त सेयर गर्न सक्नु हुन्छ ।”

“बधाइ छ । तपाई पढ्नु पनि हुन्छ ?”

“म एम ए अङ्ग्रेजीमा गर्दै छु ।” 

“हामी साथी हुन सक्छौ ?” रोमियोले अदितिलाई हेर्दै भने ।

अदिति मुस्कुराइन् र हुन्छ भनिन् । उनी मुस्कुराएको देखेर रोमियोले भने,“तपाई आज मसँग क्याफे जान सक्नु हुन्छ ?”

“हुन्छ ।”

रोमियो खुशी भए । काम सकेपछि दुवै जना नजिकैको क्याफेमा जान्छन् । केही अर्डर रोमियोले भने,“खासमा मेरो त्यति साथी छैन् र म त्यति बोल्न रुचाउदिन ।”

“त्यसो भए, मलाई साथी बनाउन ईच्छा गरेको त ?” अदिति मुस्कुराइन् ।

“तपाईलाई देखेर लाग्छ तपाईको र मेरो कुरा मिल्छ ।”

“त्यो समयलाई छोडि दिनु ।”

“अनि तपाईको बारेमा केही भन्नु होस् न ।”

“त्यो पनि समयलाई छोडि दिनुहोस् । भर्खर त हामी साथी भएका छौ ।”

अनि दुवै जना मुस्कुराए । मौनता छाएको थियो । यता र उता हेरेर समय गएको थियो ।

दुवै जनाले एक अर्कोसँग भेटेको ६ महिना भएको थियो । दवै जना सधै जाने क्याफेमा थिए । कफी पिउने क्रममा, रोमियोले भने,“हामीले चिनेको धेरै महिना भएको छ, विवाह गर्ने हो कि ?”

कफीको कप टेबुलमा राखिन् र भनिन्,“हामी साथी त भ¥यौ तर एक अर्कोको बारेमा त्यति थाहा छैन ।”

“खासमा मैले मेरो बुवा आमाको माया कहिले पाइन । दुवै जनाको म ९ वर्षको उमेरमै डिभोस् भएको थियो । म बुवाासँग बसे तापनि मेरो बुवाले मलाई कहिले माया गर्नु भएन । आमाले मलाई कहिले भेट्न आउनु भएन । आफन्त भए तापनि म त्यति कोहीसँग नजिक छैन । जब म बुझ्ने भए, मैले घर छोडेर यहाँ आए ।”

“सरी ।” अदिति भावुक भइन् । 

“ठीकै छ । तिम्रो बारेमा भन न ।”

“म नेपालबाट आएको हुँ । खासमा मैले घर छोडेर आएको हुँ ।”

“यो तिमी के भन्दै छौ ?”

“हो ।”

“किन घर छोडेको त ?”

“मलाई कसैले पत्ताएनन् । सबैले ममा बच्चपन छ रे । त्यसैले आफूलाई साबित गर्न यहाँ आएको ।”

“तिमी आफ्नो बुवा र आमालाई खबर गरिनौ त ? तिम्रो बुवा र आमा चिन्तित हुनु हुन्छ होला ?” रोमियो अचम्म परेका थिए । 

“खबर गर्न खोजे तर सकिन । मसँग त्यति हिम्मत छैन फोन गर्न ।” अदिति भावुक भइन् । 

“अनि कहिले फोन गछौ त ?”

“समयलाई छोडेको छु ।”

रोमियो अदितिलाई हेर्दै भने,“ठीक छ तर फोन चाँहि गर । तिम्रो मन हल्का हुन्छ ।”

ऋदिति मौन नै थिइन् । आदित्यका शब्दहरु दिमागमा आइरह्यो । आँखा आँसुले भरियो । रोमियो मौन रहे र अदितिलाई निहालेर हेरिरहेका थिए । 

दुवै जना आ—आफ्नो व्यस्त थिए । केही क्षणपछि, रोमियो अदितिको छेउमा आए र भने,“तिमीसँग कुरा गर्नु छ ?”

“हुन्छ, भन न ।”

“यहाँ होइन । बाहिर ।”

“हुन्छ तर काम सकेपछि ।”

“हुन्छ ।” 

काम गर्दा गर्दै साँझ भइसकेको थियो । रोमियो अदितिलाई कुरेर बसेका थिए र सधै निस्किए । 

“अनि के भन्नु थियो ?”

“म तिमीसँग विवाह गर्न चाहन्छु ।”

अदितिले रोमियोलाई हेरिन् । रोमियोले पनि हेरे र भने,“यही तिमीलाई हतार छैन भने नाइँ भन्दा हुन्छ ।”

“मलाई नाँइ भन्नु छैन तर मलाई केही समय दिन सक्छौ ?”

“हुन्छ ।”

रातभर अदितिले यस बारे सोचिन् । उनीलाई विवाह गर्नु थियो तर आदित्यसँग जुन सम्भव छैन । रोमियो राम्रा व्यक्ति हुन् । भन्न त उनलाई सबै कुरा व्यक्त गर्न मन थियो । आदित्यको बारे भन्न मन थियो तर आदित्य आफ्नो जिन्दगीमा खुशी छन् । हुन त रोमियोसँग विवाह गर्न तयार थिएन तर दिमाग र मनले साथ दिएको थिएन ।

अर्को दिन, काम सकेपछि अदिति रोमियोको छेउमा गइन् र भनिन्,“म तिमीसँग विवाह गर्न तयार छु ।”

“तर तिमीलाई समय चाहिएको थियो त ।”

“मैले सोचेकी एसै उसै तिमीसँग विवाह गर्नु नै छ । त्यसैले अहिले नै गर्ने निर्णय गरे ।”

रोमियो धेरै खुशी भएका थिए । अदितिभन्दा पनि खुशी थिए । दुवै जना मुस्कुराए र हग गरे ।

केही महिनापछि दुवै जनाको विवाह सम्पन्न भयो । दुल्हा र दुल्ही र पण्डितजी बाहेक कोही थिएनन् । दुवै जना खुशी देखिन्थे । विवाह सम्पन्न हुन धेरै समय लागेको थियो । 

दुई महिनासम्म दुवै जनाको राम्रोसँग चलिरहेको थियो तर बिस्तारै दुवै जनाको जिन्दगी बदलिजे बाला थियो । खास गरि अदितिको जिन्दगी बदलिने वाला थियो । बिहानको ९ः३० बजेको थियो । रोमियो लुगा खोज्दै थिए । त्यही क्रममा, केही ख¥यो । रोमियोले भुँइमा लिए र हेरे । फोटो फ्रेम थियो । फोटो देखेर रोमियो अचम्म परेका थिए । फोटो आदित्य र अदितिको थियो । फोटो किन लुकाएको हो भन्ने दिमागमा थियो । त्यही क्रममा, उनले डायरीहरु पनि भेटे र लुकाए र अफिस गए ।

अफिसबाट आएपछि हर रोज डायरीहरु पढ्न्थे र अदितिको बारे धेरै थाहा पाए । आदित्यको बारेमा थाहा पाए । अदितिले आदित्यको बारेमा किन भनिनन् ? त्यसको साथ साथै रोमियोलाई रिस उठेको थियो । यस बारे अदितिलाई केही थाहा हुँदैन ।

बिस्तारै रोमियोको व्यवहारमा परिवर्तन आउन थालेको थियो । अदिति प्रति शङ्का गर्न थालेका थिए र फोन गर्दा धेरै खोजि नीति गर्न थालेका थिए । जवाफ चिन्त नबुझ्दा बेल्टले हिर्काउथे । हरेक कुरामा रिसाउथे । 

१०

शनिबारको दिन थियो । दुवै जना सोफामा बसेका थिए । रोमियो चिया पिउँद्यै थिए त्यसको साथ साथै क्रिकेट हेर्दै थिए । अदितिले रोमियोलाइ हेर्दै थिइन् । बोल्न मन थियो तर डर पनि थियो । अन्त्यमा, उनीले भनिन्,“रोमियो, तिमीलाई केही भन्नू छ ?”

”भन ।” रोमियोको ध्यान टि.भीतिर नै थियो । 

“तिमीलाई के भयो ? तिमी धेरै बदलिएका छौ ।”

रोमियोले अदितिलाई हेरे र सोफाबाट उठे । अदिति मौन रहिन् । मनमाम अशान्त छायो । पछुताइन् । केही क्षणपछि, रोमियोले डायरीहश्र ल्याए । डायरीहरु देखेर छक्क परिन् र भनिन्,“यी डायरीहरु कहाँबाट पायौ ?” अदितिको भाव अर्के हुन्छ ।

“जहाँ भए पनि, तिमीले लुकाएकी थियौ ।”

वातावरणमा मौनता छाएको थियो । अदितिले रोमियोलाई हेर्न सकिनन् भने रोमियो रिसाएर हेरेका थिए र रिसाएर भने,“अहिलेसम्म तिमीले आदित्यलाई मन पराउछौ । उसलाई बिर्सेन सकेकी छैनौ । तिमीले मसँग बदला लिन विवाह गरेकी हौ । आदित्यले विवाह गरे त्यसैले तिमीले मसँग विवाह गरेकी हौ । त्यसैले फोटोहरु पनि अहिलेसम्म सम्हालेकी छौ ।”

रोमियाले फोटोहरु देखाए । फोटोहरु हेरिसकेपछि अदितिले भनिन्,“तिमीले भनेको कुरा आधा साँच्चो हो तर पूरै होइन । हो, मैले उनलाई मन पराउथे । उनले विवाह गर्दा चिन्त दुखेको थियो । तर यहाँ आएपछि, तिमीसँग भेट भएपछि मैले तिमीलाई मन पराउन थाले । आदित्यसँग बदला लिन तिमीसँग विवाह गरेको होइन । त्यसको साथ साथै अहिले मेरो आदित्यसँग कुरा हुँदैन । अहिले मैले उसलाई बिर्सिसकेको छु ।”

“तिमी झूट बोल्दै छौ ।”

“होइन ।”

“तिमी अहिलेसम्म उसलाई माया गछौ ।”

“होइन ।”

“तिमी झूट बोल्दै छौ । तिम्रो आँखामा सिर्फ आदित्यको लागि माया देख्छु । मेरो लागि माया देखिन्न ।”

अदितिलाई बोल्ने मौका नदिइ रोमियोले अदितिलाई पिट्न थाल्छन् । आफूलाई बचाउन धेरै प्रयास गरिन् तर सकिनन् । रोमियो रोक्ने क्रममा थिएनन् । यो क्रम धेरै दिनसम्म चलिरहेको । धेरै चोटि जर्बरजस्ती गरे । त्यसको साथ साथै अदितिको मोबाइल खोसे ।

११

अदितिले आफ्नो सम्बन्धलाई एक मौका दिने निर्णय गरिन् । त्यसको साथ साथै उनीले आदित्यलाई फोन गर्न चाहन्थिन् र आफ्नो पीडा सेयर गर्न चाहन्थिन् । आफ्नो परिवार र आदित्यलाई धेरै मिस गरेकी थिइन् । आफ्नो परिवार र आदित्यलाई सम्झेर भावुक भइन् । 

आदित्य आफ्नो संसारमा खुशी छन् । श्रेया र आफ्नो एक वर्षको छोरीसँग खुशी छन् । आदित्यले बैकको काम छोडेर व्यापार सुरु गरे जुन राम्रो हुँदै थियो । 

अदितिको बुवा र आमालाई आशा थियो कि अदिति जरुर घर फर्किछिन् । हर रोज पुलिस स्टेशन जानु हुन्थ्यो तर पछि  जान छाड्नु भयो । पुलिसबाट केही आश थिएन त्यसैले जान छोड्नु भयो । 

अदिति आफ्नो संसारमा हराएकी थिइन् । त्यही क्रममा, अदिति उल्टी गर्न थालिन् । यो क्रम धेरै दिनसम्म चल्यो । उनी खुशी भइन् कि उनी गर्भवती भइन् भनेर । सोचिन् कि अब दुवै जनाको सम्बन्ध सुध्रिन्छ बनेर । सोचिन् यो खुशीको खबर रोमियोलाई उनको जन्मदिनमा सुनाउने निर्णय गरिन् । 

अर्को हप्ता अर्थात् रोमियोको जन्मदिन । अदिति खुशी देखिन्थिन् । उनीले खाना बनाइन् र आफ्नै हातले केक बनाइन् । सबै रेडि बनाइन् र रोमियोलाई कुरिन् । त्यसको साथ साथै आश थियो । समय भएको थियो साँझको ६ः३० बजेको थियो । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । खुशी हुँदै ढोका खोल्न गइन् । रोमियोलाई देखेर मुस्कुराइन् । जब रोमियो भित्र छिरे, टेबुलमा राखेको केक देखेर छक्क परे र भने,“यो के हो ?”

“जन्मदिनको धेरै शुभकामना ।”

“आज मेरो जन्मदिन ? मेरो उपहार खै ?”

अदिति मुस्कुराइन् र भनिन्,“तिमी बुवा भन्दै छौ ।”

“के ? यो तिमी के भन्दै छौ ?” रोमियो छक्क परे र एक थप्पड हाने । 

“मलाई बुवा हुनु छैन । मेरी आमा तिमी जस्तै धोके बाज थिइन् । मेरी आमाले मेरो बुवालाई धोका दिनु भयो । मेरी आमाको अफेयर उहाँ काम गर्ने अफिसको हाकिमसँग थियो । सधै सोध्दा झूट बोल्नु हुन्थ्यो । मेरो बुवाले कहिले विश्वास गर्नु भएन र यही कुरामा झगडा हुन्थ्यो । मेरी आमालाई बेल्टले पिड्नु हुन्थ्यो । बुवा र आमाको भगडा नगर्न अनुरोध गर्थे तर मेरो कुरा सुन्नु हुन्न थियो । अन्त्यमा, आमाले हामीलाई छोडेर जानुभयो र अर्केसँग विवाह गर्नुभयो । दुवै जनाले मलाई माया गर्नु भएन । बस्न त बुवासँग बस्थे तर बुवाको माया कहिले पाइन न त आमा मलाई भेट्न आउनु नै भयो । त्यसैले मलाई बच्चा चाहेको छैन । तिमी मेरो आमा जस्तै हुन्छौ । मेरो बच्चालाइ छोड्छौ र अर्केसँग विवाह गछौ र मलाई छोडेर जान्छौ । हामीलाई माया गदैनौ ।”

उनले अदितिलाई रिसाउदै हेरे र उनीलाई भुँइमा लडाइदिए र पिड्न थाले । बिस्तारै अदिति किचेनमा छिर्छिन् । चक्कु लुकाइन् । रोमियो किचेनमा छिरे र उनीलाई ताने । चक्कु सोफामा गयो । सोफाको छेऊमा सकि नसकि पुगिन् । चक्कु खोजिन् र केही क्षणपछि भेटिन् । जब रोमियो नजिक आए तब अदितिले चक्कुले खुट्टमा हिर्कोइन् । धेरै चोटि हिर्कोइन् । रोमियोले हतारिदै आफ्नो हातमा भएको सिसाले अदितिलाई हिर्कोए । 

१२

पाँच घण्टापछि, अदिति होशमा आइन् । जब आँखा खोलिन्, यता उता हेरिन् । उनी अस्पतालमा थिइन् र नर्सलाई बोलाइन् । नर्स आएपछि अदितिले भनिन्,“म यहाँ कसरी ?”

“तपाई एक्लै आउनुभएको हो । तपाई गम्भीर घाइते हुनु भएको थियो । हामीले तपाईलाई बचाउन त बचायौ तर तपाईको बच्चालाई बचाउन सकेनौ ।”

उनीको आँखाबाट आँसु झरे । त्यही क्रममा, उनीले भनिन्,“तपाईले मलाई एउटा मदत गर्न सक्छु हुन्छ ?”

“हुन्छ ।”

“पुलिसलाई फोन गर्नु होस् न ।”

केही क्षणपछि पुलिस आउँछन् र अदितिले सबै कुरा व्यक्त गर्छिन् । अदितिको रिपोर्ट हेर्छन् र अदितिको घर पुग्छन् र रोमियोलाई भुँइमा देख्छन् र अस्पताल लग्छन् । होशमा आएपछि आफूले गरेको गल्ती स्वीकार छन् ।

केही समयपछि, अदिति निको भएर अस्पतालबाट निस्किछिन् । डेरा खोज्छिन् र अर्को स्कूलमा काम गर्न थालिन् । उनी नेपाल फर्केन चाहन्थिन् तर के जवाफ दिनु भएको थियो र सही समयलाई कुर्ने निर्णय गरिन् । 


Comments

Popular Posts