दस वर्षपछिको याद
म शंख पार्कमा जगिंग गर्दै थिए । त्यही क्रममा वास्ना आयो । यो वास्नाले दस वर्ष अगाडिको याद दिलाइ दियो । अनि वास्नाको पछि लागे तर कोही भेटिन । यो वास्ना पूर्व प्रेमीकाको थियो । मैले नै उपहार दिएको थिए । उनीलाई धेरै मन पथ्यो र मलाई पनि मन पथ्यो । म उनलाई धेरै गर्थे र अहिले पनि गर्छु । उनकै यादमा बसेको छु ।
त्यस पश्चात म हररोज शंख पार्क जान थाले र त्यही वास्ना आउँछ र म पिछा गर्छु तर कोही देख्दिन । सुरुमा त सोचे कि यो मेरो भ्रम हो तर हर रोज त्यही वास्ना आउँछ । यो वास्नाले राम्रा र नराम्रा याद दिलायो । मन छटपटाउन थाल्यो र उनीसँग भेट्न मन लाग्यो ।
.................................................................................................................................................................
दस वर्षपछिको याद । मनलाई सम्हाल्न सकिन र म तिम्रो घरमा आउन पुगे । ढोका ढकढकाए । आमाले ढोका खोल्नु भयो र मलाई देखेर अचम्म हुनुभयो । मलाई देखेर बोल्न रुचाउनु भएन । सायद अहिलेसम्म रिसाउनु भएको छ । मैले उनलाई कुरा लुकाउनु हुँदैन थियो । आफ्नै कारणले सोफिया मसँग दूर गइन् ।
मैले आमालाई देखेर नमस्ते गरे । उहाँले नमस्ते फर्कोउनु भयो । मैले भने,“सोफिया आएकी हुन् ?”
“होइन । उनी अमेरिका मै छिन् ।”
अनि म केही नभनिकन फर्किए । मलाई किन किन आमा झूट बोल्दै हुनु हुन्छ जस्तो लाग्यो । सोफिया नेपालमै छिन् जस्तो लाग्छ । एक पल्ट भेट्न मन लाग्यो र मनको कुरा सबै भन्न मन लाग्यो ।
.................................................................................................................................................................
आज तीन पटक भयो मैले शंख पार्कमा त्यही वास्ना नआएको । हावाको झोका जस्तै भयो । सोफियाको घर गए र लुकेर हेर्ने थाले । धेरै दिनसम्म यो चलिरह्यो । मनमा एक प्रकारले छट पटिन थाल्यो । मनमा भएका पीडाहरु भन्न मन लाग्यो । सोफियासँग आफ्ना अतितका कुराहरु व्यक्त गर्न मन लाग्यो । त्यही क्रममा, मैले सोफियालाई घरबाट निस्केको देखे । म हेरिरहे । केही क्षणपछि हर्नको आवाज आयो र म उनलाई पिछा गर्न थाले । यो क्रम दुई हप्तासम्म चलिरह्यो । म अलमलमा थिए कि मलाई देखेर उनीको के प्रतिक्रिया आउँछ र डर पनि थियो उनीले मेरो कुरा सुनिनन् भने ?
.................................................................................................................................................................
सायद भगवानले हामीलाई एक मौका दिन्छ जस्तो लाग्छ । आज मैले सोफियालाई देखेपछि त्यस्तै लायो । मनमा एक प्रकारले खुशी छायो । मनका कुराहरु व्यक्त गर्न पाइन्छ । आशा मेरो त्यही नै हो । ममा भएका कुराहरु र शङ्गकाहरु दूर गर्नु थियो । दस वर्ष अगाडि भएका घटनाहरु पर्खेर त आउँदैन न त त्यसलाई सच्चाउन सक्छि तर माफी त माग्न पाइन्छ । मनमा त्यही आशा लिएर सही समयलाई कुरेर बसेको छु ।
.................................................................................................................................................................
म हररोज सोफियालाई पिछा गर्न थाले । मनमा लुकेका कुराहरु व्यक्त गर्न मन लागेको थियो । त्यही क्रममा, एक दिनको कुरा हो । उनी बानेश्वरको क्याफेमा छिरिन् । उनी एक्लै छिरेकी थिइन् । मैले सोचे कि यो सही मौका हो आफ्नो भावना व्यक्त गर्ने र म पनि छिरे । म एक कुनामा गएर बसे । मैले उनीलाई लुकेर हेरिरहेको थिए । उनीलाई हेर्दा लाग्थ्यो कि उनी कसैको प्रतिक्षामा थिइन् । उनी कहिले यता र उता हेर्दै थिइन् । घडी पनि बारबार हेर्दै थिइन् । केही क्षणपछि एक व्यक्ति आए र उनी भएको ठाउँमा बसे । दुवै जना कुरा गर्न थाले । केही अर्डर पनि गरे । मेरो मनमा चिसो प¥यो । मलाई जलन भएको थियो । मैले दुवै जनालाई हेरिरहे । त्यसको साथ साथै मनमा प्रश्नहरु थिए । को हो त्यो केटा ? उसको सोफियासँग के सम्बन्ध छ ? मलाई किन बढी चासो भइरहेको छ ? दस वर्षसम्म मैले वास्ता गरिन तर आज अरु केटासँग देख्दा किन जल्न भएर आयो ? सायद म सोफियालाई अहिलेसम्म माया छ । भावनाहरुमा केही कमी छैन । सायद कहि कतै उनीको लागि माया लुकेको थियो ।
यो रात म सुत्न सकिन । छटपटी रहे । मेरो ध्यान सोफिया र त्यस केटा प्रति नै थियो । मलाई जान्नु थियो । त्यसको साथ साथै म उनीसँग कुरा गर्न नै पाइन । मनमा कुरा मनमै रहिरह्ये । यो क्रम धेरै दिनसम्म चलिरह्यो । म उनीसँग कुरा गर्ने मौका नै पाइन । हरेक पल त्यही केटासँग हुन्थिन् ।
Comments
Post a Comment