मेरा अधुरा प्रेमहरु र नौलो सुरुवात

 

हरेक जिन्दगीमा एक चोटि प्रेम बसेको हुन्छ । यति मात्र फरक हो कि कसैको प्रेम सफल हुन्छ र कसैको असफल हुन्छ । असफल हुनेकोले कसैले आत्महत्या गर्छन् त कसैले आफ्नो असफल प्रेमलाई नै ताकत बनाएर अगाडि बढ्छन् । आज मैले धेरै दिनपछि एउटा राम्रो कथा हुने । साईग्रेसको ‘मेरो अधुरो प्रेम’ युटयूबमा सुनेपछि मलाई पनि मेरो आफ्नो अधुरो प्रेम लेख्न मन लाग्यो । साईग्रेसको कथाले मेरो मन छुयो । धेरै सरल कथा तर मनलाई छोयो । आफ्नो अधुरो प्रेमको याद दिलायो । 

मेरो प्रेम कहानी अचम्मको छ । सन् २००७ को कुरा हो । म स्नातक डिग्रीको लागि कलेजहरु खोज्दै थिए । त्यही क्रममा मैले शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा बुझेर भर्ना भए । भदौको महिना थियो । हाम्रो कक्षा सुरु भयो । म चाबहिलबाट तिनकुने पुग्नु पर्ने । बिहानको ७ः०० बजे कक्षा सुरु हुन्थ्यो । म हतारिदै माइक्रो चढे । पहिलो दिन मलाई याद छ । म कलेजको साइन बोर्ड हेर्दै अगाडि बढ्दै थिए । त्यही क्रममा एक जना कलेजको गेटको अगाडि उपिर्दै थिइन् । उनी मलाई देखेर मुस्कुराइन् र हाम्रो परिचयभ यो । उनीको नाम रेनु थियो । उनी आफ्नो बुवासँग आएकी थिइन् । उनी पनि कलेजमा भर्ना भएकी थिइन् र हामी भित्र छियौ । भित्र एक जना पत्रिका पढ्दै थिए । गोहो अनुहार भएका र अग्ला दखिने । त्यसको साथ साथ उनी दुब्ला थिए । लठ्ठी जस्ता थिए । उनले हरियो सर्ट लगाएका थिए । सुरुमा सोच्दा त शिक्षक जस्ता देखिन्थे । मैले शिक्षक नै सोचे तर पछि कक्षामा शिक्षक आएपछि उनी विद्यार्थी रहेछन् । 

समय बित्दै गयो । समय अनुसार हामी मिल्ने साथी भएका थियौ । हाम्रो एउटा गुप्र नै भएको थियो । पाँच जना केटीहरु र दुई जना केटाहरु थियौ । जुनु, रेनु, लिली, म, श्वेता, बुद्ध र राकेश थियौ । हाम्रो गुप्र रमाइलो लाग्थ्यो । हाम्रो गुप्र पढ्थे नै थियो नै र त्यसको साथ साथै हाम्रो गुप्रमा कोही पनि सिंगल थिएनौ । सबैजनाको कोही न कोही थियो । मेरो चाँहि १०+२ मा पढ्दा नै थियो तर हाम्रो बेक्र अप भएको थियो । मेरो र उसको सम्बन्ध अनौपचारिक रुपमा सुरु भएको थियो र अनौपचारिक रुपमा बन्द भयो । 

रोचक त के हो भने, त्यही क्रममा राकेशको पनि बेक्र अप भएको थियो । हेर्दा उनी सोझा देखिन्थे र त्यही सोझो पनि फाइदा उठायो जस्तो लाग्यो । त्यस क्रमसम्म हामी मिल्ने साथी नै थियौ । बेक्र अप पछि रोचक भएको थियो । बेक्र अपपछि हामी हर रोज फोन गर्न थालेका थियौ । म नोट बनाउथे र उनीसँग सेयर गर्थे र कहिलेकाँही उनको लागि पनि बनाउथे । सिर्फ उनको लागि बनाउथे । पछि उनले मलाई के्रडिट दिन्थे । उनले भन्थे,“अनिता तिमीले गरेर म जाँचमा टपर भएको ।” अनि म दङ्ग दास हुन्थे । अनि अरु साथीहरु जिस्काएर भन्थे,“तिमीले राकेशलाई मात्र नोट दिने । हामीलाई टपर नबनाउने ?” 

“मेरो र राकेशको ग्रह मिल्छ । तिमीहरुसँग मिल्दैन ।” अनि हामी सबै जना हाँस्थ्यौ । 

दिन र समय बित्दै गयो । रमाइलो गर्दै, हास्ँदै र धुम्दै स्नातक डिग्री सकियो । त्यसपछि के गर्ने, कसो गर्ने भएको थियो । राकेश भारत गएर पढ्ने योजना गरेका थिए भने म के गर्ने भएको थियो तर भाग्य बस हामी फेरि एउटै कलेजमा भयौ । त्यस समयसम्म हामी दुई बीच प्रेम भएको थिएन । मैले स्नातक डिग्रीको नतिजा कुरेको थिए र मैले पत्रिकामा कान्तिपूर सिटी कलेज, पुतलीसडकमा मास्टर डिग्रीक लागि प्रवेश जाँच देखे । स्नातक डिग्रीका नतिजा कुरेका विद्यार्थीहरुकोले पनि प्रवेश जाँच दिन पाउने भनि छापिएको थियो । मैले केहि नसोचिकन जाँच दिने र म पास भए । 

केसिसि भर्ना भएको एक महिनापछिको कुरा हो । राकेशले मलाई फोन गरे र मैले फोन उठाए, “हेलो ।”

“हेलो ।” उनले भने । 

“के छ हो साथीको खबर ?”

“ठीक छ । सुन न केसिसिमा अहिले भर्ना दिन्छ ?”

“म सोध्छु ल । अनि तिम्रो भारत जाने के भयो ?”

“बुवाले भारतभन्दा नेपाल सजिलो भन्नुभयो । जान्छौ भने कि अर्को देश जाऊ नभए नेपाल । भारत नजाऊ । नेपालीलाई हेप्छन् जस्तो कुरा गर्नुभयो । अनि नगएको ।”

“हुन्छ । म तिमीलाई खबर गर्छु ।” अनि मैले फोन राखे । मैले सबै बुझेर उनलाई खबर गरे । उनी आए र भर्ना भए । उनले यो कलेज पढ्न थालेपछि, मलाई साथीहरुले उनको नाम लिएर जिस्काउथे । उनीहरुले राकेश र तिम्रो जोडि राम्रो छ भनि जिस्काउथे र विवाह गर भनि उडाउथे । अनि मैले कुरा मिलाउन त भन्थे तर सबै हाँसेर उडाउथे । हुन त हामी दुई बीच प्रेम त थिएन तर उनी एक राम्रा पति हुने सम्झावना थियो । उनको खोट देखाउने ठाउँ नै थिएन तर पनि हाम्रो प्रेम भएको थिएन । उनले जसलाई विवाह गर्छन् उनी धेरै भाग्यमानी हुने छिन् । यसरी नै मास्टर डिग्री सकियो । 

मास्टर डिग्रीको जाँच सकिएको नौ महिनापछिको कुरा हो । राकेश र मेरो कुरा कम हुन थालेको थियो । म अचम्म परेको थिए । पहिला धेरै कुरा हुरा हुने मान्छे तर कम हुँदै गयो । के भए छ कि भनेर म्याजेस पठाउथे तर केही जवाफ आउँदैन थियो । नौ महिनापछिको कुरा हो । हामी साथीहरु सबै जना शाली नदी गएका थियौ । सन् २०१४ को दिन थियो । माघ १६ गते गएका थियौ । साली नदी धुमेर एक क्याफेमा थियौ र केही समयपछि कुरा गर्दा गर्दै एक जना साथीको भने, “राकेशको विवाह हुँदै छ ।” म अचम्म परे । त्यस दिन मनमा चिसो प¥यो र म आकाशबाटखसे जस्तो भयो ।

अर्को साथीले थपिन्, “विचारा, अनिताको चिन्त नदुखाउनु न सूर्य दाई ।”

“अनिता र राकेश त साथी मात्र हुन् ।” मलाई हेरेर भने ।

मैले होमा हो मिलाए । मलाई नराम्रो आभास भयो । घर फर्किएपछि मेरो दिमागमा यस विषयमा धेरै बेर धुमि रह्यो । मलाई यो समाचारले नराम्रो आभास किन दिलायो ? मैले उनलाई आफ्नो मिल्ने साथीको रुपमा हेर्थे तर त्यस दिन उनको विवाहको कुरा उठ्दा किन मनमा तनाव भयो र भावना किन खेल्न थाले ? उनलाई फोन गर्न मन थियो तर सकिन । फोन नम्बर डायल गरे तर काटि हाल्थे । म्यासेज पठाउन खोजे तर डिलिट गरिहाल्थे । सोध्ने अाँट ममा नै भएन । जेठ सम्म यसरी नै बित्यो । जब असारको महिना आयो मेरो जिन्दगीमा तुफान आयो ।  असार ६ गते उनले विवाह गरे । फेसबुकबाट थाहा पाए । आँखाबाट आँसु झरे । म भावुक भएको थिए । त्यस दिन थाहाह पाए कि मैले उसलाई मायो गर्दो रहेछु तर आफ्नो भावना व्यक्त गर्न धेरै ढिला भइसकेको थियो । 

उनको विवाह भएपछि म हाँस्न छोडेको थिए । म बाँच्ने उद्देश्य नै देखिन । मानिसहरु आफूसँग नजिक हुँदा उनीहरुको महत्व थाहा हुँदैन तर जब टाढा हुन्छ तब उनीहरुको महत्व थाहा हुन्छ । मेरो केसमा त्यस्तै भएको थियो । राकेश मसँग ६ वर्षसम्म हुँदा आफ्नो भावना बारे थाहा पाइन तर जब उनी टाढा भए, तब मायाको महशुस गरे । उनलाई मन पराउछु भन्ने भयो । मेरा मिल्ने साथीहरुले राकेशलाई प्रेम प्रस्ताव राख्ने अनुरोध गरेका थिए तर मैले वास्ता गरेको थिइन । 

जब मैले विवाहको खबर थाहा पाए, म धेरै महिनासम्म बाहिर निस्किन । बाहिर नक्कली हाँसो थियो । मनमा पीडा थियो । म धेरै रुन्चे गीतहरु सुन थाले । लाग्थ्यो कि ती गीतहरु मेरै लागि हो । खास गरि ‘रित्तो सडकमा’ भन्ने गीतहरु धेरै रोएको थिए । दिमागमा चाँहि कहिले आत्महत्या गर्ने सोच आएन तर कोहीसँग भेट्न मन लागेन । हरेक जोडी देख्दा म र राकेश जस्तो लाग्थ्यो । मनमा चिसो परेको थियो । जब दुई जनाको  फोटो हेर्थे, मनमा ईष्या हुन्थ्यो । लाग्थ्यो कि म भएको भए हुन्थ्यो त्यो ठाउँमा । 

समय बित्दै गयो । बिस्तारै बुझ्दै गए कि माया पाउने होइन । मायामा असफल हुनु पनि पर्छ । आजसम्म उनले मेरो मनको भावना थाहा पाएका छैन । भन्न जरुरी देखिन । उनले मलाई राम्रो साथी हेर्छन् जुन म गुमाउन चाहन्न । माया त नपाए पनि दोस्ती त छ तर कहिले काही एक तर्फी माया गाह्रो हुँदो रहेछ । अफ्नो भावना व्यक्त नगर्दा झन् गाह्रो हुँदो रहेछ । केही समय आफ्नो माया छैन भन्दा गाह्रो लाग्छ । लाग्छ कि बेग्लैमा प्रेम प्रस्ताव राखेको भए मेरो जिन्दगीमा केही हुन्थ्यो जस्तो लाग्छ । जब म हिन्दी फिल्म ‘ए दिल हे मुस्किल’ हेर्छु म त्यस फिल्मसँग कनेट गर्न सक्छु किनकि मेरो माया एक तर्फी थियो । कति गाह्रो भएको थियो रणवीर कपूरलाई जस्तो लाग्छ । कहिले काही लाग्छ कि मैले राकेशलाई जति कसैलाई माया गर्न सकिन ।  

हरेक मानिसहरुमा उनी जस्तै खोज्न थाले तर उनी जस्तो पाइन । भ्रममा थिए कि राकेश जस्तो अरु हुन सक्छन् तर राकेश भनेको राकेश हो । अरु राकेश जस्तो हुन सक्दैनन् । उसको ठाउँ कोही हुन सक्दैन । म राकेश जस्तो खोज्न पुगेको थिए तर उनी जस्तो कोही हुन सक्दैन भन्ने वास्तविता बुझ्दै गए । बुझ्दै गए यो संसारमा माया हजारलाई गरिन्छ तर साँच्चो माया एक जनालाई । सफल र असफल पार्ने आफ्नो हातमा छ । आफ्नो असफल र एक तर्फी मायापछि धेरै कुराहरु बुझ्दै गए र आफ्नो जिन्दगी पनि तर यो जिन्दगीमा राकेशको ठाउँ कोही लिन सक्दैन । कोही पनि ।

हुन त म भगवान् प्रति आस्था राख्ने व्यक्ति त होइन तर मलाई भगवान्ले तँ राकेशलाई प्रेम प्रस्ताव राख भनि धेरै चोटि टाईमिग् मिलाएको थियो । कलेज एउटै भयो । पछि म ‘द काठमान्डौ पोष्टमा’ इंटर्न गर्न थाले । यो सन् २०१३ अक्टुबर महिनाको बेला मैले इंटर्न गरे । मैले इंटर्न गरेको केही महिनापछि राकेशले ‘द काठमान्डौ पोष्टमा’ काम गर्न थाले । मैले इंटर्न गर्दै गर्दा उनी मसँग हरपल हुन्थे । हामी धेरै गफ गथ्यौ । त्यसको साथ साथै उनलाई अफिसका स्टाफहरुले मन पराउथे । उनी काम राम्रो गर्थे । ‘द काठमान्डौ पोष्टमा’ मैले दुई महिनासम्म इंटर्न भएर काम गरे र त्यसपछि हाम्रो सम्पर्क कम भएको थियो । 

वास्तवमा मैले भगवान्को ईशारा बुझ्न  सकिन । पछि उनको विवाह भएपछि आफ्नो गल्तीको महशुस गरे तर धेरै ढिला भइसकेको थियो । म धेरै महिनासम्म बाहिर निस्कन सकिन । उनकै तस्बिर हेरि चित्त बुझाए । सुरुमा उनको जिवनसाथीसँग ईष्या गरेको थिए । 

हुन त मैरै गल्ती थियो । मैले आफ्नो भावना बुझ्न सकिन । भगवान्ले बार बार ईशारा बुझ्न सकिन । अनि आफूलाई सजाय दिए । खुशी हुन सकिन । धेरै रोएको थिए तर पछि समय बित्दै गयो र बुझ्दै गए कि यो सिर्फ मेरो मात्र भावना थियो । उनले त कहिले पनि मलाई उनले मनपराउने ईशारा देखाएनन् वा देखाएका थिएनन् तर मेरो सोचमा के आयो कि यदी मैले उनलाई प्रेम प्रस्ताव राखेको भए, उनले स्वीकाथे वा अस्वीकाथे । यदि स्वीकारेको भए, मेरो जिन्दगी सुखी हुन्थ्यो र अस्वीकारेको भए, मन दुःखी हुन्थे । तर यदी प्रेम प्रस्ताव राखेको भए, मनमा शान्त त हुन्थ्यो । 

जिन्दगीमा आफूले सोचेको हुँदैन । त्यसमा पनि आफूले चाहेको व्यक्तिसँग कहाँ विवाह गर्न पाइदो रहेछ । राम्रा जति हाम्रा हुँदैन र हामी राम्राका हुँदैनौ भन्ने जस्तो भयो । एक तर्फी माया पनि गाह्रो हुँदो रहेछ । जिवन भरि हुँदो रहेछ । जिन्दगी भर कहिले नबिर्सेन नसक्ने गरि एक तर्फी माया गरे छु जस्तो लाग्छ । आजसम्म उनले मेरो भावनाको बारेमा थाहा पाएका छैन । आजसम्म उनले मेरो भावनाको बारेमा थाहा पाएका छैन । विवाह गरेपछि भन्न मन लागेको थियो तर त्यसको अर्थ छैन भनेर व्यक्त गरिन । अहिले पनि तस्बिर हेर्दा नमाइलो लाग्छ मनमा तर उनको सुखी परिवार देखेर म मौन नै थिए । उनी गएपछि साँच्चो मायाको अर्थ बुझे । मैले १०+२ मा गरेको माया, माया थिएन । त्यो भ्रम थियो । केही पलहरु उनको साथ रमाइलो थियो र उनीसँग टाढिएपछि, ममा प्रभाव त्यति भएन जति राकेशको प्रभाव । अहिले म आफ्नो जिन्दगी बिताउदै छु र उनी पनि । तर यो आँखाहरुले उनलाई खोजिरहन्छ र रित्तो सडकमा पनि । उनको सम्झनामा दुई वोटा गीतहरु सम्झन्छु । ती गीतहरु हुन्ः—शानको ‘तन्हा दिल’ र जोनको ‘रित्तो सडकमा’ । उनको खु्शीमा म खुशी छु र उनको याद मसँग सधै रहने छ । 

रित्तो सडकमा

रित्तो सडकमा खोज्छु

तिमीलाई आँखाभरी

बाँच्छु तिम्रै झभल्कोमा आशा बोकि बाँचेको छु म, सधै भरी 


पीडा देऊ बरु, सहेर जिउछु म 

सधै भरी हाँसेर, आँसु पिउछु म 

.पीडा देऊ बरु, सहेर जिउछु म 

सधै भरी हाँसेर, आँसु पिउछु म 

जलाएर मेरो मुटुलाई न्यानो पायौ कति ?

रित्तो सडकमा खोज्छु 

तिमीलाई आँखा भरी 


सधै तिमी हाँस्यौ, रुवाई मलाई 

स्वार्थी बनेर तिमी बिर्सो मायालाई 

सधै तिमी हाँस्यौ, रुवाई मलाई 

स्वार्थी बनेर तिमी बिर्सो मायालाई 

तर अन्तिम साससम्म चाहन्छु म तिमीलाई    

रित्तो सडकमा खोज्छु

तिमीलाई आँखाभरी

बाँच्छु तिम्रै झभल्कोमा आशा बोकि बाँचेको छु म 

तन्हा दिल 

आँखों में सपने लिए

घर से हम चल तो दिए

जाने ये राहें अब ले जायेंगी कहाँ

मिटटी की खुश्बू आये

पलकों पे आंसू लाये

पलकों पे रह जाएगा यादों का जहां

मंजÞिल नयी है अनजाना है कारवाँ

चलना अकेले है यहाँ

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल

दिलकश नजÞारें देखे

झिलमिल सितारें देखे

आँखों में फिर भी तेरा चेहरा है जवां

कितनी बरसातें आयीं

कितनी सौगातें लायीं

कानों में फिर भी गूंजे तेरी ही सदा

वादे किये थे अपना होगा आशियाँ

वादों का जाने होगा क्या

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल

तन्हा दिल

आँखों में सपने लिए

घर से हम चल तो दिए

जाने ये राहें अब ले जायेंगी कहाँ

मिटटी की खुश्बू आये

पलकों पे आंसू लाये

पलकों पे रह जाएगा यादों का जहां

मंजÞिल नयी है अनजाना है कारवाँ

चलना अकेले है यहाँ

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल, तन्हाँ सफÞर

ढूंढे तुझे, फिर क्यूँ नजÞर

तन्हा दिल

तन्हा दिल

तन्हा दिल

तन्हा दिल

तन्हा दिल

मेरो जिन्दगीमा प्रेम नै लेखिएको रहेन छ । राकेशपछि मैले जिन्दगी जिउन सिक्दै थिए । उनलाई बिर्सन खोज्दै थिए र बिर्सिन पनि सकेको थिइन । त्यही क्रममा मेरो भेट एक व्यक्तिसँग भयो । यो कुरा २०१३ को कुरा हो । हाम्रो भेट एक कार्यक्रममा भएको थियो । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा हाम्रो भेट भएको थियो । उनलाई कहाँ देखेको जस्तो लाग्यो । पछि कुरा गर्दै जाँदा थाहा भयो कि उनलाई मैले टि.भीमा देखेको रहेछु । उनी समाचार प्रस्तुतकर्ता थिए । पछि टि.भी हेरे र मन पर्न थाल्यो । कहिले काही राकेशको सम्झना आउथ्यो उनलाई देख्दा । उनको नाम अनिल थियो । अग्ला थिए । उनको हाइट देखेर म फिडा थिए । त्यस भेटपछि हाम्रो कुरा कहिले काही हुन्थ्यो तर सन् २०१६ मा धेरै कुरा हुन थाल्यो । बिस्तारै मैले उनलाई मन पराउन थालेको थिए । पछि मैले उनलाई प्रेम प्रस्ताव राखेको थिए । उनले पहिला भेट्यौ र के हुन्छ त्यसपछि निर्णय गरौ भने । मैले हुन्छ भने । हाम्रो फोन, भाईबरमा कुरा हुन्थ्यो र उनको म्याजेस पढ्दा लाग्थ्यो कि उनले पनि मलाई मन पराउछन् । हाम्रो भेट भन्दा पनि म्यासेजमा कुरा हुन्थ्यो । दुई ÷तीन चोटि भेट भएको थियो । त्यो भन्दा धेर भएको थिएन । जब म उनीसँग कुरा हुन्थ्यो, म अर्को दुनियाँमा पुग्थे । लाग्थ्यो कि उनी नै मेरो संसार हो । हाम्रो कुरा भएको एक वर्षपछिको कुरा हो । मैले उनलाई म्यासेज पढाए । विवाहको बारे सोधे । उनले अहिले विवाह गर्नु छैन । आफ्नो करियर बनाउनु छ भने र मलाई प्रेम गर्दैन भने । अनि मैले म्यासेजको बारे सोधे र भने कि भेट्दा फिलिङ्ग भएन भने । म्यासेजहरु क थियो त भन्दा केही जवाफ दिएनन् र त्यस पश्चात् हाम्रो कुरा हुन छोड्यो । उनले विवाह गर्दिन भन्दै थिए तर एक हप्तापछि उनले विवाह गरे । म अचम्म परे । जसको कारण मैले राकेशलाई बिर्सेको थिए, उनले नै मलाई धोका थिए । मैले हरेक व्यक्तिमा राकेश नै खोजे । त्यहि नै मेरो गल्ती थियो । जब उनले मलाई छोडेर गए, तब उनलाई कहिले बिर्सेन सकिन । उनी फर्किए आओस् जस्तो लाग्यो । मलाई एक मौका पाए हुन्थ्यो । त्यो समयमा मैले उनलाई के म्यासेज पठाए, मलाई नै थाहा छैन । त्यो समय मेरो पागलपन चलिरहेको थियो । म त्यसबाट बाहिर निस्किन सकिन । मैले भाईबर चलाउन बन्द गरे र फेसबुक पनि । 

मैले जिन्दगीमा धेरै चोटि धोका पाएको छु । मायाको कुरामा मैले विश्वास गर्न छोडेको थिए । धेरै समयसम्म म उदास नै थिए । आफूलाई कसरी सम्हाल्न गाह्रो भएको थियो । मन र दिमाग अशान्त नै रह्यो । आफ्नो मनको बेथा कसैलाई व्यक्त गर्न सकेको थिइन । आफ्नो मिल्ने साथीलाई पनि सेयर गर्न सकिन । मलाई नै थाहा छैन कि मेरो भाग्यमा किन  माया छैन ? मैले किन मायामा धोका पाएको ? मेरो जिन्दगीमा के चलिरहेको छ ? मलाई नै थाहा छैन । झन् जागरि नभएपछि मनमा धेरै कुराहरु खेलाउन थालेको थिए । रुन मन थियो । 

मायाको कारण मनमा उत्साह नै हराएर आएको थियो । मनमा उत्साहको साथ साथै खुशी हुन सकेको थिइन । इच्छाहरु हराउदै गएका थिए । जिउन सकेको थिइन । हर पल मरिरहेको थिए । बाँच्ने उंमग हराएको थियो । तर अचानक मेरो जिन्दगीमा परिवर्तन आयो । म यूट्यूबमा मोटिबेसन कुराहरु सुन्दै थिए । यस वाचनले मेरो जिन्दगी परिवर्तन भयो । यस वाचनमा निरज भन्ने व्यक्तिले पनि माया हार खाएका थिए । आश मरेको थियो । निराश भएका थिए । आत्महत्या गर्ने सोचमा थिए । आत्महत्या गर्न भनि ठूलो भवनमा गए । जब उनले भवनबाट तल हेरे र आफ्नो बुवा र आमाको तस्बिर देखे । त्यसको साथ साथै आफूलाई माया गर्ने व्यक्तिहरुलाई सम्झे । अनि उनलाई पछुतो लाग्यो । यदी उनी मरे भने, उनीहरुको के हालत हुन्छ ? बुवा र आमाको विश्वास प्रति विश्वास धात गरेका थिए । बुवा र आमाको सपना तोड्दै थिए र आफ्नो पनि । मनमा धेरै कुराहरु खेलाए र पछि घर फर्किए । बुवा र आमालाई हेरे । आँसुले भरिएर सोचे अब मैले केही गर्नुपर्छ भन्ने सोच निरजलाई आयो र पछि व्यापार गरे जसमा सफल भए । आफ्नो कमजोरीलाई नै ताकत बनाए । कमजोरीलाई लुकाए अगाडि कहिले बढिदैन । अगाडि बढ्नुपर्छ । आफ्नो साथ दिनेको साथ दिनुपर्छ । आफूलाई काबिल बनाउनुपर्छ । माया त पछि पनि पाइन्छ तर एक व्यक्तिको लागि आत्महत्या गर्नु जरुरी छैन । 

निरजको कुरा सुनेपछि म धेरै सोच्न थाले र उनको कुरा सही हो जस्तो लाग्यो । अनि मैले आफ्ना बुवा र आमालाई हेरे । उहाँहरु पनि मेरा लागि सपना देख्नु भएको छ र म एक व्यक्तिको लागि आत्महत्या गर्न गएको थिए । अनि मैले आफ्नो लागि देखेको सपना बारे सोचे । मैले लेखक भन्ने सपना देखेको थिए । अनि आफ्नो बुकसेल्फमा हेरे र डायरीहरु हेर्न थाले । आफूले लेख्दा लेख्दै गरेको कथा बन्द गरेको थिए । लेख्दा लेख्दै गरेको कथा पढ्न थाले । आफूलाई अचम्म लागेको थियो । धेरै लेखिसकेपछि लेख्न छोडेको रहेछु । मायाको कारण लेख्न छोडेको थिए र यस दिन मैले लेख्न थाले । मैले एक हप्तामा लेखिसके । लेखिसकेपछि सम्पादन गर्न थाले र डेढ हप्तामा सम्पादन सके । अनि चिनेको व्यक्तिहरुलाई देखाए र उहाँहरुको सुझाव र सल्लाह अनुसार काम गरे । सुरुमा पब्लिकेशन हाउसहरुलाई देखाए तर कसैले पनि छाप्न मानेनन् । पछि एक नयाँ पब्लिकेशन हाउसलाई राम्रो लागेको थियो र छाप्ने भएको थियो । 

तीन महिनापछि मेरो उपन्यास बजारमा आयो । मैले उपन्यासको नाम ‘जवाफको खोजी’ राखेको थिए । आफ्नै प्रेम कहानीमा आधारितमा यो उपन्यास लेखेको थिए । आफ्नै अधुरो प्रेमलाई नै ताकत बनाए । जब ‘जवाफको खोजी’ बजारमा आयो, म रातारता चले । मभन्दा मेरो उपन्यास धेरै चल्यो । १००० किताब एक हप्ता नहुँदै बिक्री भयो र दोस्रो संस्करण पनि बजारमा आयो र धेरै चल्यो । यो उपन्यास आएपछि वा चलेपछि मलाई लेख्ने जाँगर चल्यो । मलाई धेरै ठाउँहरु बोलाइयो । मैले व्यक्तिहरुसँग भेट्ने अवसर पाए । यो उपन्यासबाट मैले धेरै कार्यक्रमहरुमा सहभागी हुन पाए र मेरो नौलो सुरुवात भयो । मैले मायामा धोका नपाएको भए, मेरो क्षमता बारे थाहा हुने थिएन । त्यस उपन्यासले मेरो जिन्दगी परिवर्तन भयो र म आफ्नो जिन्दगी बारे बुझ्न थाले ।  


Comments

Popular Posts