माया त माया हो
जिन्दगी पनि अनौठो लाग्छ । आफूले चाहेको कुरा पनि नहुने । आफूले चाहेको कुरा पाए त संसारमा दुखै हुँदैन थियो । सुखै सुखै हुन्थ्यो । संसारमा आफूले माया गर्ने त्यक्ति पाए त कति खुशी हुन्थे तर आज म साहै दुःखी छु । मैले माया गर्ने मान्छेलाई सधैको लागि गुमाए । भनिन्छ नि, माया अन्धो हुन्छ । मैले त सुनेको मात्र थिए तर आफूलाई पर्दो थाहा हुँदो रहेछ । मायाले त केही देख्दैन रहेछ । मायाले त माया देख्दो रहेछ । आज उनीको जन्मदिन र मसँग दिने केही छैन । मसँग केबल उनीको माया र यादहरु छन् । आजसम्म म उनीकै यादमै डुबेको छु । मेरो प्रेम कहानी बेग्लै कहानी भएर आयो ।
१
मैले एमए भर्खेर सकेको थिए । मैले एमए पत्रकारितामा गरेको थिए । पढाइसकेपछि जागिर खोज्दै थिए । धेरै आवेदन हाल्दै थिए । धेरै ठाउँमा आवेदन हाले तापनि मैले जागिर पाएको थिइन । मलाई दिक्क भइसकेको थिए । जागिर नपकाएको रिसमा म बाहिर जान कोसिस गरे तर भिसा अस्वीकृत भयो । धेरै कोसिस गरे बाहिर जान तर असफल भए । यहाँ नेपालमा पनि जागिर नभएर आफूलाई रिस उठ्नु बाहेक अरु केही काम हुँदैन थियो । झन् त्यसमाथि आमाले बिहेको लागि भनि केटाहरु हेर्न थाल्नु भएको थियो । बुवालाई भन्दा पनि आमालाई हतार थियो । हर रोज जस्तो मलाई बिहेको लागि भनि फोटोहरु देखाउनु हुन्थ्यो तर म वास्ता गर्दिन थिए ।
एक दिनको कुरा हो, हामी तीनै जना खाना खादै थियौ, वातावरण शून्य थियो । म आफ्नै धूनमा र आफ्नै संसारमा हराएको थिए । यही क्रममा, आमाले खाना खादै भन्नुभयो,“हेर रोजी, तिमीले बिहे गर्ने पर्छ ।”
प्रायः गम्भीर गफहरु खने क्रममा हुँदो रहेछ । म मौन नै थिए र खाना खादै थिए । आमाले आफ्नो कुरा फेरि सुरु गर्नुभयो,“यो जिन्दगी लामो छ । एक्लै बस्न गाह्रो हुन्छ । सधैभरि हामी रहदैनौ । तिमीलाई हेर्छ ? तिमी त राम्रो एउटा मात्र सन्तान हौ । हामी नभए पछि, तिम्रो अगाडि र पछाडि कोही हुने छैन । त्यसैले तिमीले बिहे गर्नु पर्छ ।”
म मौन नै थिए । आमाले मलाई हेर्दै हुनुहुन्थ्यो । म चाँहि खाना खादै थिए । मौनता तोड्दै आमाले फेरि भन्नुभयो,“बिहेको कुरा गर्दा किन तिमी मौन हुन छौ । यदी तिम्रो जिन्दगीमा कोही छ भने भन ।”
“मेरो जिन्दगीमा कोही छैन । मलाई आफ्नो जिन्दगी बनाउन चाहन्छु । मलाई जागिर खोज्नु छ अनि मात्र बिहे गर्छु । अहिले बिहेको कुरा नगर्नु होस् ।”
म रिसाउदै आफ्नो कोठामा गए । हर रोज आमाले बिहेको कुरा दिक्क लगाउनु हुन्थ्यो । खासमा मलाई गर्नु थिएन । मान्छेहरुले बिहे किन गर्छन् जस्तो लाग्छ । म आफ्नै दूनियामा हराउन थालेको थिए ।
२
एक महिनापछिको कुरा हो । मैले जागिर पाएको थिए । ठूलै संस्था थियो । शिक्षा सम्बन्धि काम गर्ने एन जि यो थियो । मेरो पद मार्केटिङ्ग र संचार सहायक थियो । म निकै खुशी थिए । आफूले पढेको विषयमा मैले जागिर पाए त्यसैले म निकै खुशी थिए तर मलाई थाहा थिएन कि मेरो जिन्दगीमा परिवर्तन आउँदै छ भनेर ।
म काम गर्न थालेको दुई हप्तापछिको कुरा हो । मेरो परिचय समितासँग भयो । उनको विभाग चाँहि अनुगमन तथा मूल्याङ्कन थियो । उनलाई देख्ने बित्तिकै उनीसँग माया बसेको थियो । उनलाई हेर्दा फिल्मको हिरोइन याद आउथ्यो । उनी मभन्दा पनि अग्ली थिइन् । उनका आँखा करिश्मा कपूर जस्तो थियो र हाइट सूस्मिता सेन जस्तो । हाँस्दा पनि खुलेर हाँस्ने । मानिसहरु नै कायल हुन्छन् ।
म खुशी थिए कि उनी मसँगै बसेर काम गर्नु पर्ने थियो । प्राय हामी सधै हुन्थ्यौ । म उनीलाई देखेर नै खुशी र मख्ख हुन्थे । म यति मख्ख थिए कि मैले आफ्नो वास्तविता बिर्सेछु । उनी यो संस्थामा आएको थियो र यही क्रममा हामी धेरै मिल्ने साथी भइसकेका थियौ र मैले उनलाई मन पराउन थालेको थिए । यदी मैले उनलाई प्रेम प्रस्ताव राखे भने मलाई स्वीकार गर्छिन् भन्ने थाहा थियो । त्यसैले मैले प्रेम प्रस्ताव नराख्ने विचार गरे ।
३
रातिको १०ः०० बजेको थियो । आमाबुवा सुतिसक्नुभएको थियो तर मलाई निद्रा परेको थिए । निद्रा नपरेको धेरै दिनहरु भइसकेको थियो । मनमा बेचेन थियो । मनका कुराहरु व्यक्त गर्न सकेको थिइन । मलाई थाहा छ कि मेरो बुवाआमाले मेरो बारेमा थाहा पाउनु भयो भने, मलाई घरबाट निस्काउनु हुन्छ । मलाई घरबाट निस्काउनु हुन्छ भन्नेमा चिन्ता छैन तर मेरो कुरा बुझ्नु हुन्न भन्नेमा चिन्ता छ । समाजले मेरो कुरा बुझे वा नबुझे पनि मलाई सरोकार छैन तर मेरा बुवाआमाले बुझ्नु भएन भने मेरो संसार गए जस्तो हुन्छ । ममा त्यति हिम्मत भैन सत्य भन्न । यो समाजले त्यति सजिलै पचाउदैन । म कसरी भनू आफ्नो मनको पीडा । एक न एक दिन थाहा हुन्छ । त्यसैले मैले सही समयलाई कुर्ने निर्णय गरे । मलाई थाहा छ कि यसको नतिजा नराम्रो हुनेछ । त्यसभन्दा पनि मेरो र समिताको सम्बन्ध बिग्रने पीर थियो । म त उनीलाई धेरै माया गर्छु तर उनको मनमा के छ मलाई थाहा छैन । मेरो बारेमा थाहा पाएपछि उनीले मसँगको सम्बन्ध तोड्ने हो भन्ने डर छ । म के गरौ गरौ भयो । कोसँग सल्लाह सुझाव लिनु ? म कन्फ्युजनमा थिए ।
४
आज शनिबारको दिन अर्थात् छुट्टीको दिन र म खाना खाइ सकेपछि आफ्नो कोठामा थिए । म मोबाइलमा व्यस्त थिए । त्यही क्रममा आमा मेरो कोठामा आउनुभयो । म खाटमा थिए । त्यसैले मेरै नजिक आएर बस्नुभयो ।
मेरो नजिक आएर आमाले भन्नुभयो,“हेर छोरी, तिम्रो पढाइ पनि सकियो । जागिर पनि राम्रो छ । अब त विवाहको लागि त मान ।”
मैले मोबाइल छेऊमा राखे र भने,“आमा, सुरु नगर्नु न । म खुशी छु त । विवाह गर्नु जरुरी छ त ? म तपाईहरुसँगै बस्छु । म विवाह नगर्ने ।”
“विवाह नगर्नुको कारण चै के नि ?” आमा रिसाउन खोज्दै हुन्थ्यो ।
म चाँहि के भनू भयो । सत्य जो भन्न सकेको थिइन । म मौन नै बस्न रुचाए । म मौन भएको देखेर आमाले भन्नुभयो,“तिमीले मन पराएको कोही छ भने, भन । हामी जात पात त्यति हैर्दैन । जात पातभन्दा पनि तिम्रो खुशी हो । संसारमा खुशी जस्तो कुरा अरु केही होइन ।”
“मेरो कोही छैन । मलाई विवाह गर्न मन नै छैन ।”
“हेर, हाम्रो लागि भए पनि विवाह गर्नुपर्छ । जिन्दगी एक्लै काट्न गाह्रो हुन्छ । सधै हामी तिमीसँग हुँदैनौ । आफ्नो बारेमा सोच ।”
यति भनेर आमा मेरो कोठाबाट निस्कनुभयो । म मौन नै थिए । भन्न मन थियो आफ्नो मनको कुरा त सकिन । मौका थियो तर मौका गुमाए । मनको कुरा व्यस्त गर्न सकिन । आमाको मन दुखाउन सकिन ।
५
एक हप्ताको कुरा हो । आमा भान्छामा खाना पकाउदै हुनु हुन्थ्यो । म आमाको नजिक गए । मलाई हेरेर भन्नुभयो,“आज त छिटै उठि छौ त ?”
“खासमा एउटा कुरा गर्नु थियो ।”
“के कुरा हो ?”
“म विवाह गर्न तयार छु ।”
आमा धेरै खुशी हुनु भयो र भन्नुभयो,“हो, तिमीले साँच्चिकै भनेको हो । आमाले चुलो निभाउदै भन्नुभयो ।”
“हो, आमा । तपाईले जोसँग बिहे गर्नु भन्नु हुन्छ, उहिसित विवाह गर्छु तर तीन महिनापछि मात्र ।”
“तीन महिनापछि किन ?”
“राम्रोसँग चिनजान गर्नु पर्छ, त्यसैले तीन महिनापछि भनेको हो ।”
आमा खुशी हुन्छ भन्नुभयो । त्यसपछि आमाले केटाहरु फोटोहरु देखाउन थाल्नु भयो । मैले आमालाई भने,“फोटोहरु देखाउनुको सट्टा तपाईलाई जुन केटा मनपर्छ त्यहिसंग विवाह गर्छु ।”
६
म काम गर्न थालेको तीन महिनापछिको कुरा हो । समिता काम गर्दै थिइन् र उम उनीलाई हेर्दै थिए । यही क्रममा म उनीको नजिक गए र भने,“समिता आज अफिसपछि हामी भेट्न मिल्छ ?”
“सरी । आज मेरो फुर्सद नै छैन । केही थियो कि ?”
“खासै त्यस्तो त होइन । धेरै भएको थियो हामी साथीहरु बाहिर नबसेको ।” मैले झूटो बोले ।
“पछि बस्यौला नि ।”
“हुन्छ ।”
आज मनको कुरा व्यक्त गर्न मन थियो तर समयले साथ थिएन । यो क्रम धेरै दिनसम्म रह्यो । मैले धेरै चोटि उनीसँग बोल्न खोजे तर सकिन । उनी केमा व्यस्त थिइन् मलाई थाहा भएन । हाम्रो अफिसमा मात्र कुरा हुन्थ्यो तर अफिस बाहिर कहिले हुँदैन थियो । मलाई एक पटक कुरा गर्नु थियो र अन्न्यमा मैले चिठ्ठीको सहारा लिए । अफिसबाट घर पुग्ने बित्तिकै चिठ्ठी लेख्न थाले । मैले आफ्नो कोठाको ढोका बन्द गरे । लुगा पनि नफरिकन चिठ्ठी लेख्न थाले ।
प्रिय समिता,
तिमीलाई अचम्म लाग्ज सक्छ कि मैले किन चिठ्ठी लेखे भनेर । मेरो मनमा धेरै कुरा गर्नु छ । कुराभन्दा पनि मनको कुरा व्यक्त गर्नु । मेरो कुरा सुेर तिमी अचम्मित हुने छौ र मसँग नबोल्न सक्छौ ।
खासमा भन्ने हो भने, म तिमीलाई मन पराउछु । हो, म समलिङ्गी हुँ । मैले तिमीलाई धेरै चोटि आफ्नो मनको कुरा गर्न मन थियो तर मौका पाइन तर आज यो चिठ्ठीद्धारा आफ्नो मनको कुरा व्यक्त गर्दै छु । मेरो माया स्वीकार वा अस्वीकार गर तर मेरो र तिम्रो दोस्तीमा केही असर नपरोस् । थाहा छ कि मेरो प्रेम प्रस्तावले तिम्रो दिल । दिमागमा धेरै प्रश्नहरु हुने छन् ।
थाहा छैन तिम्रो मनमा के छ तर जवाफ चाँहि दिने छौ भन्ने आशामा छु ।
तिम्रो साथी
रोजी
लेखिसकेपछि एक पटक पढे र पढिसकेपछि झोलामा राखे । त्यसपछि लुगा फेरेर, फेस भए र खाना खान गए । खाना खाँदै थिए तर मन चाँहि समितातिर थियो । खाना चलाउदै थिए तर आफ्नै दूनियामा हराएको थिए । मैले खाना चलाएको देखेर, आमाले भन्नुभयो,“के भयो छोरी रु खाना मिठो लागेन ?”
“होइन । खाना मिठो छ । अफिसको कामले खान मन छैन ।”
“तिमीले सम्राटलाई भेट्यौ त ?”
“छैन । म यो हप्ता भेट्छु । अफिसको कामले गर्दा कुरा गर्न पाएको छैन ।”
अनि म हतारिदै खाना भेट्छु र भान्छाको काम सकेपछि म आफ्नो कोठामा बसे । मेरो ध्यान समितातिर नै थियो । मनमा धेरै प्रश्नहरु साथ साथै डर पनि थियो । कतै उनी मसँग नबोल्ने हो कि ? मेरो दोस्तीमा अाँच आयो भने ? चिठ्ठी नदिऊ जस्तो पनि लाग्यो तर मनको कुरा मनमै राखे भने, पछुतो हुे छ । त्यसैले चिठ्ठी दिने निर्णय गरे ।
भोलिपल्टको कुरा हो । म अफिस छिट्टै पुगे । मनमा डर भए तापनि मैले उनीको टेबुलमा चिठ्ठी राखिदिए । जे होस् मैले आफ्नो मनको कुा व्यक्त गर्ने निर्णय गरेको थिए ।
मनमा वचेन थियो । उनी कतिबेला आउछिन् र चिठ्ठी पढ्छिन् भन्ने भयो । म हरेक एक मिनेटमा घडी हेर्थे । कति बिस्तारै समय चलेको जस्तो भयो । मैले कम्प्युटर खोले । अनि यूट्यूब खोले । आफूलाई मनपर्ने गीत लगाए र सुन्न थाले । १० मिनेटपछिको कुरा हो । सबै जना आउन थाले र समिता पनि आईपुगिन् । मलाई देखेर मुस्कुराईन् र आफ्नो कुर्सीमा बसिन् र कम्प्युटर खोलिन् । अनि यता उता हेरिन् । यही क्रममा उनी मेरो चिट्टी हेरिन् । अनि म शौचालय गए । म आत्तिन थाले । म के गरु भयो । लगभग ४५ मिनेटपछि म शौचालयबाट निस्के । आफू काम गर्ने कोठामा छिरे । समिताले मलाई देखिन् र मौन रहिन् । उनीको अनुहार रातो भएको थियो । त्यसको साथ साथै उनी गम्भीर दखिथिन् । दिनभरि हामीले एक अर्कोलाई नहेरि र नबोलिकन बस्यौ । म उनीसँग बोल्न खोज्न प्रयास गरे तर सकिन । यो क्रम धेरै दिनसम्म चलिरह्यो । म उनीको सामू जान आँट गरिन । उनीलाई समय दिने निर्णय गरे ।
७
शुक्रबारको दिन थियोे । दिउँसोको ३ः३० बजेको थियो । म काम गर्दै थिए र मेरो फेसबुकबाट लग आउट गरेको थिइन । यही क्रममा सम्राटले मलाई फेसबुकमा म्यासेज पठाए । सम्राट र मेरो सिर्फ फेसबुकमा र फोनमा मात्र हुन्थ्यो । हाम्रो भेट भएको थिएन ।
“हाई ।” सम्राटले भने ।
“हाई ।” मैले भने ।
“के छ तपाईको खबर ?”
“ठीक छ । तपाईको के छ ?”
“मेरो पनि ठीक छ ।”
केही पलको लागि मौनता छायो । म भने चाँहि आफ्नो काम गर्न थाले । मेरो दिमाग चाँहि समिताको बारेमा सोच्न थालेको थिए । उनीको अगाडि जान आँट गरेको थिइन । उनी मेरो नजिक पर्दा जस्तो बोल्न छाडेकी थिइने । मलाई त बेकारमा आफ्नो मनको कुरा व्यक्त गरे जस्तो लाग्यो । आफ्नो मनको कुरा व्क्त नगरेको भए, हामी बीच दोस्ती हुने थियो ।
केही बेरपछि सम्राटले फेरि म्यासेज पठाए । मलाई मन नलागि नलागि म्यासेज हेरे ।
“तपाईको भोलि के कार्यक्रम छ ?”
“त्यस्तो केही छैन ।”
“त्यसो भने हामी भेट्न सक्छौ ?”
“हुन्छ तर कहाँ र कति बजे ?”
“धुम्बाराहीको रिसाउन्ड क्याफेमा आउनुहोस् न, दिउँसोको २ः०० बजे । ”
“हुन्छ ।”
अनि मैले फेसबुकबाट लग आउट गरे । मलाई जान मन नै थिएन तर बुवा आमाको लागि भए पनि सम्राटलाई भेट्न जाँदै थिए ।
काम गर्दा गर्दै ५ः३० बज्यो र काम सकिएपछि म निस्किए भने समिता अझै काम गर्दै थिइन् । मलाई भन्न मन थियो तर सकिन ।
८
शनिबारको दिन । आज सम्राटलाई भेट्ने दिन थियो । मभन्दा मेरो बुवा आमा धेरै खुशी हुनुथ्यो । उहाँहरुको सोचाइमा मैले सम्राटलाई मन पराउने छु र उनी सित नै विवाह गर्ने छु । जुन कुरा भ्रम थियो । म न त सम्राटसँग विवाह गर्न सक्छु न त सत्य कुरा नै भन्न सक्छु । म दोधारमा थिए ।
१ः३० बजेतिर म घरबाट निस्के र २ः१५ मा क्याफेमा पुगे । सम्राटले मलाई कुरेर बसेका थिए । क्याफेमा बाहिर र भित्र बस्न मिल्ने थियो । उनी भित्र थिए त्यो पनि कुनामा । म भित्र छिर्ने बित्तिकै उनले हात हल्लाए । अनि म उनको छेऊमा गए र कुर्सीमा बसे । केही बेरसम्म मौनता छाएको थियो । हामी एक अर्कोलाई हेरेर मुस्कुरायौ । केही बेरपछि सम्राटले भने,“तपाई केही लिनु हुन्छ ?”
“कफी ।”
अनि सम्राटले वेटरलाई बोलाउछन् र दुई कप कफी अर्डर गर्छन् । अर्डर गरिसकेपछि सम्राटले भने,“तपाईको काम कस्तो चल्दै छ ?”
“राम्रै छ । तपाईको ?” आजसम्म मैले सम्राटले के गर्छन् भन्ने विषयमा खोजी नीति गरेको छैन र खोजी नीति गर्न जरुरी देखिन ।
“मेरो पनि राम्रो चलेको छ । तपाई काम बाहेक अरु के गर्नु हुन्छ ?”
“पढ्छु ।”
“कस्तो किताब पढ्नु हुन्छ ?”
“उपन्यास र आत्मकथा ।”
वातावरण मौनता छायो । यही क्रममा हामीले अर्डर गरेको कफी आयो र सम्राटले दुईवटा कट्टी रोल, दुई प्लेट मःम र केक अर्डर गरे । म मौन नै थिए ।
म कफी पिउनुमा व्यस्त थिए । सम्राटले चाँहि कफी पिउदै मलाई निहालेर हेर्दै थिए । अनि मलाई हेरेर मुस्कुराए। कफी पिउने क्रममा हाम्रो कुरा त्यति भएन । मलाई प्रश्न गर्थे त म जवाफ दिन्थे तर दोहोरो संवाद भएन । हामीले अर्डर गरेको मःम, कट्टी रोल र केक आउँदा पनि हामी त्यति बोलेनौ ।
९
घर पुग्दा साँझको ६ः०० बजेतिर पुगे । म घर पुग्दा आमा खुशी हुनुभयो । उहाँले हतार हतार ढोका खोल्नुभएको थियो । म भित्र छिर्ने बित्तिकै उहाँले भन्नुभयो,“तिमीलाई सम्राट कस्तो लाग्यो ?”
”मेरो तर्फबाट हुन्छ भनिदिनु ।”
मेरो कुरा सुनेर आमा धेरै खुशी हुनुभयो र नपत्याएर फेरि भन्नुभयो,“तिमीले साँच्चिकै भनेको हो ।”
हो भनेर म आफ्नो कोठामा गए । लुगा नफेरि म खाटमा पल्टे । म समिताको यादमा डुबे । मेरो जवाफ आएको थिएन । त्यही क्रममा मैले एस एम एस पठाए ।
“हाई एम सरि । सायद मेरो चिठ्ठी पढेर तिम्रो चिन्त दुख्यो होला तर तिमी नबोल्दा मेरो चित्त दुखेको छ । केही त बोल ।”
मैले एस एम एस त पठाए तर उताबाट केही जवाफ आएन । म रातभर उनको जवाफलाई कुरे र कति बेला निदाए छु थाहा नै भएन ।
अर्को दिन म बिहान ९ः०० बजे उठे । आज आईतबारको दिन, प्राय आईतबार छुट्टी हुन्थ्यो । उठ्ने बित्तिदै मेरो ध्यान फोनमा गयो । मनमा चिसो पयो । भोलि कुरा गर्ने निर्णय गरे ।
१०
भोलिपल्ट अर्थात् सोमबारको दिन । म हतारिदै घरबाट निस्के । मनमा धेरै प्रश्नहरु थिए । त्यसको साथ साथै मन छिटो धड्किएको थियो । त्यसको साथ साथै मन अशान्त थियो । मनमा कुराहरु खेलाउदा खेलाउदै ९ः२० बजे अफिस पुगे । उनी अफिस आइसकेकी थिइन् । हामी दुवै जनाको आँखा जुध्दो तर बोल्न चाँहि बोलेनौ । म उनीलाई देखेर मुस्कुराए तर उनी मुस्कुाइनन् । मनमा डरले कज्जा गयो । म आफ्नो काम गर्न थाले र उनी पनि काम थालिन् । उसलाई देखेर मेरो आत्मबल कम भएको थियो । सोचे कि केही बेरपछि उनीसँग बोल्छु ।
दुई घण्टापछिको कुरा हो । समिता मेरो छेऊमा आइन् । केही नबोलिकन एउटा चिट्टी दिइन् र आफ्नो काम गर्न थालिन् । उनी गइसकेपछि म चिठ्ठी पढ्न थाले ।
“मलाई थाहा छैन कि म कहाँबाट सुरु गरौ ? तपाईको चिठ्ठी पढिसकेपछि मलाई थाहा छैन कि म के जवाफ दिऊ । मलाई तपाई तेस्रो लिङ्गी हो वस्ते लागेको थिइन र म अचम्म परेको थिए । हुन त मायाले मानिसलाई हेर्दैन र म तपाईको मायाको इज्जत गर्छु तर मेरो प्रेमी छ । त्यसभन्दा पनि हामीले एक अर्कोलई राम्रोसँग चिनेका छैनौ र राम्रोसँग बोलेका छैनौ । म तपाईको माया इज्जत गरेका तापनि म तपाईसँग बोल्न सक्छु कि सक्दिन थाहा छैन ।”
चिठ्ठी पढै गर्दा मेरा आँखाहरु रसाए । आफूलाई ह्यान्डल गर्न सकिन । आफ्नो मनको पीडा कसलाई पोखु जस्तो भएको थियो । यस चिठ्ठीपछि हाम्रो बोलचाल बन्द भइसकेको थियो ।
११
ममीले सम्राटको परिवारसँग कुरा गरिसक्नु भएको थियो । हाम्रो विवाहको कुरा अगाडि बढिसकेको थियो । सम्राटले पनि मलाई मनपराइ सकेका थिए । हाम्रो विवाह अब तीन हप्ता मात्र बाँकी थियो ।
म अफिसमा काम गर्दै थिए । त्यही क्रममा मैले सम्राटलाई फोन गरे । उनले एकै घण्टीमै फोन उठाए ।
“हेलो ।” उनले भने ।
“हेलो ।”मैले भने ।
“के छ तिम्रो खबर ?”
“ठीक छ । खासमा आज तिमीसँग काम छ । तिमी आज भेट्न मिल्छ ?”
“हुन्छ । कहाँ भेट्ने ?”
“हामी सुरुमा भेटेको क्याफेमा, ६ः३० बजेतिर ।”
“हुन्छ ।”
हामी रिसाउन्ड क्याफेमा भेट्यौ । सम्राटले कफी अर्डर गरे । अर्डर गरिसकेपछि सम्राटले भने,“रोजि, तिमीले किन हतार गरेर बोलाको ?”
“खासमा मैले तिमीलाई जरुरी कुरा गर्नु थियो ।”
“भन न ।”
“खासमा मलाई तिमीसँग विवाह गर्नु नै छैन ।” म डराउदै भने ।
“व्हवाट ?यो तिमी के भदै छौ । हाम्रो विवाह हुन तीन हप्ता मात्र बाँकी छ । त्यति तिमीलाई मसँग विवाह गर्नु नै थिएन भने, पहिले नै किन नभनेको ।”
“तिमीसँग मात्र होइन, म कोही केटासँग विवाह गर्न चाहन्न ।”
“तिम्रो मतलब ?”
म मौन रहे । उनले मलाई निहालेर हेर्दै थिए । केही समयपछि उनले मलाई भने, “के तिमी ?”
“हो, म समलिङ्गी हुँ ।”
वातावरणमा मौनता छायो । कफी त आयो तर हामी पिउन सकेका थिएनौ । केही बेरपछि मौनता तोड्दै, सम्राटले भने,“अनि विवाहको लागि किन तयार भयौ र अहिले किन तोड्न चाहन्छौ ?”
“बुवा आमाको दबाबमा थिए तर अहिले आएर महशुस गर्दै छु कि मैले आफ्नो त जिन्दगी बर्बाद गर्दै छु र तिम्रो पनि । तिमी आफ्नो बुवा आमालाई मेरो बारेमा साँच्चो कुरा भन र म पनि भन्छु ।”
मैले यति भने र उनले कफीको पैसा तिरेर क्याफे छोडे र उनी गरेपछि म पनि निस्के ।
१२
“यो म के सुदै छु ?” आमाले भन्नुभयो । बुवा पनि हुन्थ्यो । हामी बैठक कोठामा थियौ ।
“तपाईले जे सुन्नुभयो, त्यही सत्य हो ।”
“हाम्रो समाजले के भन्छ ?”
“मलाई समाजको परवा छैन । मलाई तपाईहरुले के सोच्नु हुन्छ मा फरक पर्छ । समाजले त जे नि सोच्छ र कुरा काट्ने गर्छ । म त हजुरहरुको पो छोरी, समाजको त होइन । तपाईहरु किन मेरो कुरा बुझ्नु हुन्न ?”
“हामीलाई केही कुरा बुझ्नु छैन । कि तिमी बिहे गर कि घर छोडेर जाऊ ।” आमाले रिसाउदै भन्नुभयो ।
“हेर छोरी, हामीलाई समाजले के भन्छ ? हाम्रो इज्जतमा त दाग लाग्छ । हाम्रो इज्जतको बारेमा सोच ।” बुवाले भन्नुभयो ।
“म जे हुँ, त्यो परिवर्तन हुँदैन । तपाईको इज्जतभन्दा मेरो खुशी महत्वपूर्ण हो ।”
“तिमी किन आफ्नो बारेमा सोच्दै छौ ?”आमाले भन्नुभयो ।
“तपाईहरु पनि आफ्नो बारेमा सोच्दै हुनुहुन्छ ।” म रिसाउदै आफ्नो कोठामा गए ।
धेरै दिन हाम्रो कुरा भएन । न त बुवा आमाले मेरो कुरा सुन्नु हुन्थ्यो न त म उहाँहरुकै । हरेक दिन यस विषय छलफल हुन्थ्यो । मैले उहाँहरुलाई कुरा बुझाउन सकिन र अन्तमा मैले घर छोडे र लाजिम्पाट बस्न थाले । मैले पूानो अफिसको जागिर छोडे र नयाँ अफिसमा काम गर्न थाले ।
समितासँग बोलचाल बन्द भइसकेको थियो । मैले माया त पाइन दोस्ती पनि गुमाए जस्तो लाग्छ । सायद म जस्तो व्यक्तिलाई देख्ने दृष्टिकोण फरक हुन्छ । आउने समयमाम मैले धेरै चुनौतिको सामना गर्नु पर्ने छ ।

Comments
Post a Comment