उतरको खोजी–३

जिन्दगीमा सबै चाहेको कहाँ पाइन्छ र । आज आए थाहा पाए । सबैभन्दा गाहा«े पाउन प्रेम रहेछ । मैले पनि प्रेम गरेको थिए तर पाउन सकिन । मैले मेरिनालाई पाउन अमेरिका पुगेको थिए तर उनीलाई पाउन सकिन । त्यसैले म नेपाल फर्किए । मलाई एक्लै नेपाल फर्केन मन थिएन तर नकरात्मक उतर आएपछि म फर्के ।

म नेपाल फर्केन त फर्के तर मैले मेरिनालाई बिर्सेन सकिन । मैले काम गर्दै गरेको कार्यालय छोडे । मलाई मेरिनाको याद आउने भएकाले मैले त्यस कार्यालय छोडे र मैले अरु कार्यालयमा आवेदन हाले ।

ममा धेरै परिवर्तन आइसकेको थियो । ममा परिवर्तन आएको देखेर ममीले सोध्नुभयो, “छोरा अनित, तिमीलाई के भएको छ ? तिमी पहिला जस्तो बोल्दैनौ । तिमी चुप चाप बस्छौ । तिमी प्राय आफ्नै कोठामा हराएको हुन्छौ । के भयो तिमीलाई । तिमी पहिला जस्तो छैनौ ।”

म खाना खादै थिए । खाना खादै क्रममा म रोकिए । म एकपलको लागि मौन भए । म के बोल्यौ भयो । अनि मैले भने, “ममी, मलाई केही भएको छैन । बस्, गले जस्तो भएको छ । तपाई मेरो चिन्ता नलिनुहोस् ।”

“तर तिमी अर्को भएको जस्तो लाग्छ । तिमीलाई कसैले छोडेर गएको हो कि ?”

यो प्रश्न सुन्ने बितिकै मेरो मनमा चिसो प¥यो । मसँग जवाफ भए पनि म आफ्नो मनमा भएको कुराहरु व्यक्त गर्ने सकेको थिइनन । अनि मैले भने, “ममी, त्यस्तो केही होइन ।”

“त्यसो भए, बिहे गर न त ।”

“म सोचेर भन्छु ।”

त्यसपछि म खान थाले । म आफ्नै संसारमा हराएको थिए । मेरो ममी मलाई निहालेर हेर्नुभयो । ममा  आएको परिवर्तनमा उहाँ चिन्तित हुनुहुन्थ्यो । उहाँलाई लागिरहेको थियो कि मैले केही कुराहरु लुकाएको छु तर मैले व्यक्त गर्न सकिन । सायद भन्न सक्दिन होला ।

एक हप्तापछि, मैले नयाँ कार्यालयमा काम गर्न थाले । मैले सोचेको थिए कि म नयाँ कार्यालयमा काम गर्न थाले पछि म मेरिनालाई बिर्सेने छु तर सकिन । झन् म उनीलाई मिस गर्न थालेको थिए । म प्राय कार्यालयमा मौन नै हुन्थे । म धेरै बोल्न र जिस्किन छोडेको थिए । कार्यालयमा कसैसँग आत्मीयता थिएन र हुन पनि मन थिएन ।

नयाँ कार्यालयमा काम गरेको एक महिनापछि ममीले मेरो लागि जिवन साथीहरु तस्बिरहरु देखाउनु भयो । मैले उहाँलाई जुन केटी मनपर्छ उहीसँग  बिहे गर्छु भने र उहाँ खुशी हुनुभयो र असारको सुरुको हप्तामै मेरो बिहे भयो । हुन त खुशी थिइन तर खुशी हुने प्रयास गर्दै थिए । बिहे गर्नुको मेरो उद्देश्यभ भनेको मेरिनालाई बिर्सेनु थियो ।

सुरु सुरुमा गाह«ो भएको थियो । उनी अर्थात् प्रिया श्रीमतीले केही गुनासो गरिनन् । त्यसलै गरि हाम्रो जिन्दगी चार महिना बित्यो । म त्यतिm नबोल्ने भएकाले उनीलाई अचम्म लागेको थियो । त्यसभन्दा पनि म उनीको छेऊ वा आस पास प्राय जान्न थिए त्यसैले प्रियालाई अचम्म लागेको थियो । हरेक श्रीमतीलाई आफ्नो श्रीमान् बोलोस् र आस पास होस् जस्तो लाग्छ तर मेरो केजमा त्यस्तो भएन । प्रिया सही समयलाई कुरेर बसेकी थिइन् ।

एक दिनको कुरा हो । म पत्रिका पढ्दै थिए । त्यही क्रममा प्रिया मेरो नजिक आईन् र भनिन्, “हजुरको  चिया ।”
”टेबुलमा राखि देऊ ।”

चिया टेबुलमा राखिन् र मेरो नजिक आईन् । मलाई सुरु सुरुमा उनी नजिक बस त्यस्तो केही अनुभव भएन तर जब उनी दैनिक जस्तो नजिक बस्र्थिन्, मलाई रिस उठेको थियो र एक दिनको कुरा हो मैले उनीलाई रिसाउँदै भने, “मलाई तिमी त्यति नजिक आएको मन पर्दैन । खाली मेरो नजिक किन आउँछौ ? कृपया, अब देखि मेरो नजिक नआउ ।”

प्रियाका आँखाहरुबाट अाँसु झर्न थाले र आफ्नो कोठामा गइन् ।यो क्रम बढ्दै गयो । हर पल मेरो दिमाग र मनमा सिर्फ मेरिना थिइन् । सोचेको थिए बिहेपछि म मेरिनालाई बिर्सेने छु, तर बिहे गरेको पाँच महिनासम्म मैले बिर्सेन सकेको थिएन । हरेक पल मेरिनाको तस्बिरले सताएको थियो । त्यसभन्दा पनि मलाई नकरात्मक उतरले धेरै सताउन थालेको थियो । सुरुमा सोचेको थिए कि नकरात्मक उतर आए पनि म खुशीले नै अपनाउने छु तर सकिन ।

प्रिया र मेरो सम्बन्ध बिग्रदै गएको थियो । हर पल म प्रियालाई यातना दिन थाले र उनी घरेलु हिसांको पीडित भइन् । मैले आफ्नो माया नपाउनुको रिस प्रिया र आफ्नोलाई दिए । मेरो ममीले मलाई धेरै सम्झाउनु भयो तर म सुन्न मन पराएको थिइन । म कुरा प्राय बेवास्ता गर्थे । ममा आएको परिवर्तन देखेर ममी चिन्तित हुनुथ्यो तर बोल्न सक्नुभएको थिएन । सायद प्रियालाई गरेको व्यवहार देखेर डराउनु भएको थियो ।

एक दिनको कुरा हो । म अफिसबाट घर फर्किए । मैले घरमा कसैलाई पनि देखिन । नदेखेपछि मैले प्रियालाई बोलाए तर उनीले केही प्रतक्रिया दिइनन् । मलाई चाँहि रिस उठ्न थालेको थियो र म यता उता घरमा खोज्न थाले तर घरमा कहि भेटिन । नभेटेपछि म बैठक कोठामा गए जुन तलको तलामा थियो । बैठक कोठा जाने क्रममा मैले प्रिया र ममीलाई आउँदै गरेको देखे । म रिसाउँदै उनीहरुको छेउमा गए । दुवै जनाले मलाई हेरे । प्रिया डराउँदै तल हेर्न थालिन् । उनी बोल्न सकिनन् । म प्रियाको नजिक जाने क्रममा थिए, यही बीचमा ममी आउनुभयो ।

“ममी, तपाई बीचमा नआउनु होला । यो हाम्रो बीचको कुरा हो ।”

“होइन अनित, यो हाम्रो कुरा हो । हर पल मैले आफ्नो बुहारीको आँखामा आँसु देखेको छु । तिमीलाई के भएको छ ? तिम्रो बानी व्यवहारमा नै परिवर्तन आएको छ । तिमी त्यतिm नरिसाउने मान्छे तर आजकाल धेरै रिसाउन थालेका छौ । धेरै पटक सोधेको थिए तिमीलाई के भयो भनेर तर कहिले भनेनौ । झन् अमेरिकाबाट आएपछि तिमीमा धेरै परिबर्तन आएको छ ।

तिमीलाई बिहे गर्ने  मन थिएन भने किन बिहे गयौ ? आफ्नो जिन्दगी त बर्बाद  गरौ त गरौ, प्रियाको पनि जिन्दगी बर्बाद पा¥यौ । किन यस्तो गयौ ?”

म मौन भए । मलाई मात्र थाहा छ आफ्नो पीडा । नबुझ्नेले मेरो मायालाई पागलको नाम दिने छन् । कसरी भनू आफ्नो पीडा । मेरो मौनता देखेर ममीले भन्नू भयो, “आज मलाई भन्नुपर्छ कि तिमीलाई के भयो ? मलाई जवाफ चाहियो । ”

म रिसाउँदै भने, “मैले तपाईलाई के जवाफ दिनु ? ममा आएको परिवर्तन प्रेमले हो । मैले एक जनालाई मन पराउथे । मैले सुरुमा काम गरेको अफिसमा काम गर्थिन् तर उनीले मलाई मन पराउदिन थिइन् । पछि उनी अमेरिका गइन् । मेरो मनमा धेरै प्रश्नहरु थिए । त्यसैले जवाफको लागि म अमेरिका गए । मैले सोचेको थिए कि म उनीलाई पाउने छु । उनीको जवाफ सकरात्मक हुने छ तर नकरात्मक पाँए । अनि म नेपाल फर्किए तर उनीको यादमा डुबेको थिए । मैले उनीलाई बिर्सेन सकिन । सोचे बिहे गरेपछि उनीलाई बिर्सेने छु तर सकिन । झन् प्रियाको अनुहारमा मेरिनाको तस्बिर देख्न थाले । प्रियालाई यातना दिदाँ मेरिनालाई यातना दिएको जस्तो लाग्थ्यो । मैले मेरिनासँग बदला दिइरहेको जस्तो लाग्थ्यो । म उनीलाई पाउन पागल जस्तो भइसकेको थिए । थाहा छ कि म उनीलाई पाउदिन तर मलाई उनी जसरी भए पनि चाएको छ ।”

मेरो कुरा सुनेर ममी छक्क पर्नु भयो । ममीको साथ साथै प्रिया पनि छक्क परिन् । मेरो आफ्नो कुरा सुनाए पछि ममीले मलाई फेरि पनि सम्झाउनु भयो तर मेरो पागलपन बढीसकेको थिया । मैले प्रियालाई मार्न धेरै कोसिस गरेको थिए तर सफल भएको थिइन । मेरो यो हालत देखेर मलाई पाटनको मानसिक अस्पतालमा भर्ना गरियो । अन्तमा मेरो र प्रियाको डिभोर्स भयो । मानसिक अस्पतालमा म मेरिनाको नाम लिइरहन्थे । भिताहरुमा सिर्फ उनीको नाम मात्र थियो ।   

Comments

Popular Posts