अधुरो प्रेम


म वीर अस्पतालमा थिए । ठूलाबालाई वीर अस्पतालमा भर्ना गरिएको थियो । म कुरुवा भएर बसेको थिए । ठूलाबालाई पेटको क्यान्सर भएर अस्पतालमा ल्याएको थियो । ठूलाबा बाहेक मेरो आफन्त कोही छैनन् । उहाँले नै मलाई आफ्नो छोरा जस्तै गरी हुर्कोउनु भएको थियो । ठूलाबा बाहेक मेरो अघाडि र पछाडि कोही छैनन् । वीर अस्पतालमा आएपछि मेरो जिन्दगी परिवर्तन भएको थियो । पहिलो दिन म कहिले बिर्सिन सक्दिन । म ठूलाबालाई खाना खुवाउदै थिए । बिहानको १०ः३० बजेको हुनुपर्छ । यही क्रममा अर्काे कोठाबाट आवाज आयो ।

“म पागल होइन । मलाई यहाँबाट निकाल । मलाई केही भएको छैन । म ठीक छु । कृपया मलाई दया गर । बिन्ति छ ।”

त्यसपछि आवाज आउन बन्द भयो । आवाज केटीको थियो । आवाज कोठा नम्बर ३०६ बाट आएको थियो जुन मेरो कोठाको अघाडि नै थियो । मैले अनुहार त देखिन तर आवाज मात्र सुने । आवाजले मलाई तानेको थियो । मैले ठूलाबालाई खुवाउदै थिए यद्यपि मेरो ध्यान कोठा नम्बर ३०६ मै अड्केको थियो । खाना खुवाएपछि ठूलाबा सुन्तु भयो । अनि म बाहिर निस्के । दुई घण्टापछि म अस्पतालमा पुगे । मेरो आँखा कोठा नम्बर ३०६ मा पुग्यो ।कोठा आधा खुल्दै थियो । उनी सुतेकी थिइन् । कपालले आधा अनुहार छोपेको थियो । म कोठामा छिरे । मलाई नै थाहा छैन म कोठा नम्बर ३०६ मा किन पुगे । मलाई केहीले त तानेको थियो । जब म उनीको नजिक पुगे, मलाई आक्रमण गरिन् । “मलाई यहाँबाट निकानु होस् । म यहाँ बस्न चाहन्न । मलाई बाहिर निकालुहोस् ।”

उनीले मलाई दुईवटै हातमा समातेकी थिइन् । म वाक्क न वक्क भए । अनि मैले “डाक्टर, डाक्टर” भनि बोलाए । नर्सहरु आइसकेपछि म आफ्नो कोठामा गए । ठूलाबा सुत्नु भएको रहेछ ।

मलाई यस घटनापछि कोठा नम्बर ३०६ बारे जान्न मन लाग्यो । उनी को हुन्, किन यस्तो हालतमा थिइन्, कसले लाग्यो उनीलाई यस अस्पतालमा इत्यादि कुराहरु मेरो दिमागमा घुमिरह्यो । जब उनी अनुहार मैले देखे, धेरै कुराहरु आँखाहरुले बताएका थिए । उनीलाई कसैले यो अवस्थामा लाएको जस्तो लाग्ने । उनका आँखा निर्दोष थिए । मलाई नै थाहा छैन म उनीको बारेमा यति धेरै सोच्दै छु । हरेक पल र समय मेरो ध्यान उनी प्रति जाँदै थियो ।

तेस्रो दिन सधै जसो मैले ठूलाबालाई खाना खुवाउँदै थिए । त्यही क्रममा ३०६ नम्बरबाट आवाज आयो। मैले ठूलाबालाई हतारमा खाना खुवाएर कोठा नम्बर ३०६ गए । कोठा तन्सन मन्सन भएको थियो । जताजतै सामान छरिएको थियो । नर्सहरुले खुवाउन खोज्दै थिए तर उनी खान मानेकी थिइनन् । म नर्सको नजिक गए र उनीहरुलाई कोठाबाट निस्कन आग्रह गरे । अनि म उनीको नजिक गए । नजिक गएर भने, “नमस्ते ।”

उनीले मलाई घुरेर हेर्रिन् । मैले अनि उसलाई भने, “तिमीलाई एउटा कुरा थाहा छ ?”

उनीले केही बोलिनन् । मैले उनीलाई निहालेर हेरे अनि फेरि भने,“यो अस्पतालका सबै मानिसहरु पागल छन् र अरुलाई पागल देख्छन् । पागल त अरु छन्, तिमी ल राम्रो मान्छे ।”

उनी अलिक मुस्कुराइन् र मेरो नजिक आइन् । “तिमीलाई यो कुरा कसरी थाहा भयो ?”
“पहिला यो मेरो हातमा भएको खाना खाऊ, यसपछि भन्छु मलाई कसरी थाहा भयो । ”

उनीले खाना छिटो छिटो खाइन् । हामी रोज कुरा गर्ने थाल्यौ । कुरा गर्दै जाँदा मैले उनीको नाम थाहा पाए ।उनीको नाम कोमल भण्डारी रहेछ । मलाई कोमलको बारेमा जान्न मन थियो । कोमललाई हेरचाह गर्दै एक हप्ता बित्यो । अनि डाक्टरले ठूलाबालाई अस्पतालबाट जान अनुमति दिएको थियो । उहाँको पेटको क्यान्सरको पहिलो चरणको थियो । अपेरेशन गरेर औषधी दिएको छ । उहाँ गाउँ जान्छु भनेकाले गाउँ नै पठाए । अर्काेतिर मलाई कोमलको चिन्ता थियो त्यसैले मैले म बसिरहेको डेरामा लगे ।

म मैतिदेवी मन्दिरको छेउमा डेरा  लिएर बसेको थिए । मैले उहीलाई मेरो डेरामा ल्याए । उनी अस्पतालमा नै सुधार आएको थियो । त्योभन्दा पनि ती सात दिनहरुले उनी प्रति माया पलायो । माया गर्ने थालेको थिए ।बिस्तारै उनी निको हुँदै थिइन् । म भने चाँहि बिहान नै स्कूलमा पठाउन जान्थे । उनीलाई भने मैले उपन्यासहरु  किनेर राखेको थिए । उनी दिउँसो किताबहरु पढ्थिन् । कहिलेकाही छुट्टी भएको दिन म उनीलाई घुमाउन लग्थे । उनीलाई घुम्न लाग्दा खुसी हुन्थिन् । म पनि उनीलाई देखेर खुशी हुन्थे ।

घर फर्कदा घर छिमेकले कुरा कादन्थे र म त्यस्त कुराहरुमा ध्यान वा वास्ता गर्दिन थिए । मलाई दुनियाको के चासो ? दुनियालाई के थाहा हाम्रो सम्बन्धको बारेमा । मलाई उनीको बारेमा अहिलेसम्म केही थाहा छैन र मलाई उनीको अतितको बारेमा जान्न जरुरी थिएन । मलाई उनीसँग आफ्नो जिन्दगी बिताउनु थियो । बस अरु केही चाहेको थिएन ।

एक दिनको कुरा हो । हामी बेलुका खाना खादै थियौ । यही क्रममा मैले उनीलाई फास्ट भने, “तिमी कसरी अस्पतालमा आयौ ? कसले तिमीलाई अस्पतालमा ल्यायो ? तिम्रो घर कता हो र घर परिवार कति जना छन् ?”

यी प्रश्नहरु सोध्ने बितिकै कोमलको अनुहार नै बिग्रियो र पागल जस्तै भइन् । उनीले अगाडि राखेको खाना पनि पालि दिइन् । घरमा भएका सबै सामानहरु पनि भुइमा पालिन् । किताबहरु पनि छरपर पारिन् ।  

म पनि जुरुक  उठे र कोमललाई औषधी खुवाइ दिए । औषधी खाइसके उनी सुतिन् । मैले उनीलाई अतितको बारे सोध्ने सोचमा थिइन तर सोध्दा यस्तो प्रतिक्रिया  आउँछ भन्ने पनि सोचेको थिइन । मलाई डर पनि लाग्यो किनकि फेरि पहिला जस्तै भइन् भने ।

उनी सुतेपछि मेरो दिमागमा धेरै कुराहरु खेलिरहे । रातभर धेरै समयसमम सुत्न सकिन र कतिबेला सुते थाहा पाइन । बिहान कोमलले चिया ल्याइ दिदा पो आँखा खुल्यो ।

“तपाई आज ढिलो उठ्नु भयो । राति निन्द«ा लागेन वा ढिलो सुत्नु भयो कि ?”

मैले केही नबोलि चिया पिए । मलाई कस्तो अचम्म लाग्यो । हिजो अर्को व्यवहार थियो र आज अर्को । मैले सोचेको थिए उनी पूरै निको भइन् तर पूरै भएको रहेनछ । तर पनि मलाई विश्वास थियो कि उनी छिट्टै निको हुन्छिन् ।

तीन महिना भइसकेको थियो उनी मेरो डेरामा बसेकी । मेरो साथले होला उनीको स्वस्थमा धेरै सुधार भएको तर कहिलेकाही कति बेला बौलाउछिन् र भोलिपल्ट ठीक हुन्छिन् । तर मलाई थाहा थिएन कि अब मेरो जिन्दगी परिवर्तन हुँदै छ । मेरो जिन्दगीमा हुरि बतास आउँदै थियो तर मैले थाहा नै पाइन ।

कोमलको कारणले नै मेरो जिन्दगीमा परिवर्तन आएको । म मुस्कुराउन थालेको थिए र माया के हो थाहा पाए । पहिले मलाई थाहा थिएन माया भनेको के हो भनेर । बाहिरको संसारबारे थाहा थिएन । कोमलको आगमनले मेरो जिन्दगी बदलियो ।

एक दिनको कुरा हो । म पठाएर डेरामा आए । डेराको कोठा खुलै थियो । म भित्र छिरे । कोठामा कोमलाई देखिन । मैले सोचे तरकारी लिन गएकी होली । डेढ घण्टा भयो उनी भइनन् । म आतिन थाले । दिमागमा धेरै कुराहरु खेल्न थाले । उनी कहाँ गइन् र कोसँग गइन् । साझँको ७ः३० बजेको थियो । मलाई खाना खान मन लागेन । मलाई छटपटी भयो । अनि बाहिर निस्के र आफ्नो छिमेकीहरुलाई सोधे तर कसैलाई कोमलको बारेमा कसैलाई थाहा भएन । रातपरि सकेके थियो । कहाँ खोज्न जानु र कसैलाई सोध्नु । अन्तिममा आएर निर्णय गरे । बिहान खोज्ने निर्णय गरे ।

अर्काे दिन स्कुल नगइ कोमललाई खोज्न गए । कही भेटिन मैलै कोमललाई । कहाँ गइन् त उनी ? बस पार्कमा पनि गए तर अहँ मैले उनीलाई देखिन र भेटिन । यो क्रम धेरै दिनसम्म चल्यो ।

धेरै दिनसम्म नभेट्दा उनी मरिन् कि शङ्का लाग्यो । अनि लास राख्ने ठाँउमा पनि गए । भेटिन । कहाँ गइन् त ? अतितको बारेमा पनि थाहा छैन । अस्पतालमा छिन् कि भनि सबै अस्पतालहरुमा पनि गए । भेटिन । कहाँ गइन् त ? अतितको बारेमा पनि थाहा छैन ।

यसरी खोज्दै जाँदा एक महिनाभन्दा पनि धेर भएको थियो । आश मनमा थियो । खोज्दै पनि थिए । जिन्दगीमा पहिलोपल्ट मैले कुनै नारीसँग प्रेम गरेको थिए । जिन्दगीमा मैले न त आमाको माया पाए न त दिदी बहिनीको नै । तर जब कोमल मेरो जिन्दगीमा आइन् मायाको बारे थाहा पाए । यदी आमा भएको भए आमाले मलाई धेरै माया गर्दिन् । अवसोसको कुरा मेरो जिन्दगीमा नारीको माया लेखेकै रहेनछ । कस्तो अचम्मको जिन्दगी । मनमा धेरै कुराहरु गर्दा आँखा भरिए छ । मलाई छोडेर कहाँ गइन होला त कोमल ? कोमललाई पर्खि बसेको छु । उनी कहिले मेरो जिन्दगीमा आउँलिन् । मसँग सिफ उनीको यादहरु छन् ।

Comments

Popular Posts