अधुरो प्रेम


वीर अस्पतालमा थिए ठूलाबालाई वीर अस्पतालमा भर्ना गरिएको थियो कुरुवा भएर बसेको थिए ठूलाबालाई पेटको क्यान्सर भएर अस्पतालमा ल्याएको थियो ठूलाबा बाहेक मेरो आफन्त कोही छैनन् उहाँले नै मलाई आफ्नो छोरा जस्तै गरी हुर्कोउनु भएको थियो ठूलाबा बाहेक मेरो अघाडि पछाडि कोही छैनन्  वीर अस्पतालमा आएपछि मेरो जिन्दगी परिवर्तन भएको थियो पहिलो दिन कहिले बिर्सिन सक्दिन ठूलाबालाई खाना खुवाउदै थिए बिहानको १०ः३० बजेको हुनुपर्छ यही क्रममा अर्काे कोठाबाट आवाज आयो

पागल होइन मलाई यहाँबाट निकाल मलाई केही भएको छैन ठीक छु कृपया मलाई दया गर बिन्ति

त्यसपछि आवाज आउन बन्द भयो आवाज केटीको थियो आवाज कोठा नम्बर ३०६ बाट आएको थियो जुन मेरो कोठाको अघाडि नै थियो मैले अनुहार देखिन तर आवाज मात्र सुने आवाजले मलाई तानेको थियो मैले ठूलाबालाई खुवाउदै थिए यद्यपि मेरो ध्यान कोठा नम्बर ३०६ मै अड्केको थियो खाना खुवाएपछि ठूलाबा सुन्तु भयो अनि बाहिर निस्के । दुई घण्टापछि अस्पतालमा पुगे मेरो आँखा कोठा नम्बर ३०६ मा पुग्यो कोठा आधा खुल्दै थियो उनी सुतेकी थिइन् कपालले आधा अनुहार छोपेको थियो कोठामा छिरे मलाई नै थाहा छैन कोठा नम्बर ३०६ मा किन पुगे मलाई केहीले तानेको थियो जब उनीको नजिक पुगे, मलाई आक्रमण गरिन् मलाई यहाँबाट निकानु होस् यहाँ बस्न चाहन्न मलाई बाहिर निकालुहोस्

उनीले मलाई दुईवटै हातमा समातेकी थिइन् वाक्क वक्क भए अनि मैलेडाक्टर, डाक्टरभनि बोलाए नर्सहरु आइसकेपछि आफ्नो कोठामा गए ठूलाबा सुत्नु भएको रहेछ

मलाई यस घटनापछि कोठा नम्बर ३०६ बारे जान्न मन लाग्यो उनी को हुन्, किन यस्तो हालतमा थिइन्, कसले लाग्यो उनीलाई यस अस्पतालमा इत्यादि कुराहरु मेरो दिमागमा घुमिरह्यो जब उनी अनुहार मैले देखे, धेरै कुराहरु आँखाहरुले बताएका थिए उनीलाई कसैले यो अवस्थामा लाएको जस्तो लाग्ने उनका आँखा निर्दोष थिए मलाई नै थाहा छैन उनीको बारेमा यति धेरै सोच्दै छु हरेक पल समय मेरो ध्यान उनी प्रति जाँदै थियो

तेस्रो दिन सधै जसो मैले ठूलाबालाई खाना खुवाउँदै थिए त्यही क्रममा ३०६ नम्बरबाट आवाज आयो। मैले ठूलाबालाई हतारमा खाना खुवाएर कोठा नम्बर ३०६ गए कोठा तन्सन मन्सन भएको थियो जताजतै सामान छरिएको थियो नर्सहरुले खुवाउन खोज्दै थिए तर उनी खान मानेकी थिइनन् नर्सको नजिक गए उनीहरुलाई कोठाबाट निस्कन आग्रह गरे अनि उनीको नजिक गए नजिक गएर भने, “नमस्ते

उनीले मलाई घुरेर हेर्रिन् मैले अनि उसलाई भने, “तिमीलाई एउटा कुरा थाहा ?”

उनीले केही बोलिनन् मैले उनीलाई निहालेर हेरे अनि फेरि भने,“यो अस्पतालका सबै मानिसहरु पागल छन् अरुलाई पागल देख्छन् पागल अरु छन्, तिमी राम्रो मान्छे

उनी अलिक मुस्कुराइन् मेरो नजिक आइन् तिमीलाई यो कुरा कसरी थाहा भयो ?”
पहिला यो मेरो हातमा भएको खाना खाऊ, यसपछि भन्छु मलाई कसरी थाहा भयो

उनीले खाना छिटो छिटो खाइन् हामी रोज कुरा गर्ने थाल्यौ कुरा गर्दै जाँदा मैले उनीको नाम थाहा पाए उनीको नाम कोमल भण्डारी रहेछ मलाई कोमलको बारेमा जान्न मन थियो कोमललाई हेरचाह गर्दै एक हप्ता बित्यो अनि डाक्टरले ठूलाबालाई अस्पतालबाट जान अनुमति दिएको थियो उहाँको पेटको क्यान्सरको पहिलो चरणको थियो अपेरेशन गरेर औषधी दिएको उहाँ गाउँ जान्छु भनेकाले गाउँ नै पठाए अर्काेतिर मलाई कोमलको चिन्ता थियो त्यसैले मैले बसिरहेको डेरामा लगे

मैतिदेवी मन्दिरको छेउमा डेरा  लिएर बसेको थिए मैले उहीलाई मेरो डेरामा ल्याए उनी अस्पतालमा नै सुधार आएको थियो त्योभन्दा पनि ती सात दिनहरुले उनी प्रति माया पलायो माया गर्ने थालेको थिए बिस्तारै उनी निको हुँदै थिइन् भने चाँहि बिहान नै स्कूलमा पठाउन जान्थे उनीलाई भने मैले उपन्यासहरु  किनेर राखेको थिए उनी दिउँसो किताबहरु पढ्थिन् कहिलेकाही छुट्टी भएको दिन उनीलाई घुमाउन लग्थे उनीलाई घुम्न लाग्दा खुसी हुन्थिन् पनि उनीलाई देखेर खुशी हुन्थे

घर फर्कदा घर छिमेकले कुरा कादन्थे त्यस्त कुराहरुमा ध्यान वा वास्ता गर्दिन थिए मलाई दुनियाको के चासो ? दुनियालाई के थाहा हाम्रो सम्बन्धको बारेमा मलाई उनीको बारेमा अहिलेसम्म केही थाहा छैन मलाई उनीको अतितको बारेमा जान्न जरुरी थिएन मलाई उनीसँग आफ्नो जिन्दगी बिताउनु थियो बस अरु केही चाहेको थिएन

एक दिनको कुरा हो हामी बेलुका खाना खादै थियौ यही क्रममा मैले उनीलाई फास्ट भने, “तिमी कसरी अस्पतालमा आयौ ? कसले तिमीलाई अस्पतालमा ल्यायो ? तिम्रो घर कता हो घर परिवार कति जना छन् ?”

यी प्रश्नहरु सोध्ने बितिकै कोमलको अनुहार नै बिग्रियो पागल जस्तै भइन् उनीले अगाडि राखेको खाना पनि पालि दिइन् घरमा भएका सबै सामानहरु पनि भुइमा पालिन् किताबहरु पनि छरपर पारिन्   

पनि जुरुक  उठे कोमललाई औषधी खुवाइ दिए औषधी खाइसके उनी सुतिन् मैले उनीलाई अतितको बारे सोध्ने सोचमा थिइन तर सोध्दा यस्तो प्रतिक्रिया  आउँछ भन्ने पनि सोचेको थिइन मलाई डर पनि लाग्यो किनकि फेरि पहिला जस्तै भइन् भने

उनी सुतेपछि मेरो दिमागमा धेरै कुराहरु खेलिरहे रातभर धेरै समयसमम सुत्न सकिन कतिबेला सुते थाहा पाइन बिहान कोमलले चिया ल्याइ दिदा पो आँखा खुल्यो

तपाई आज ढिलो उठ्नु भयो राति निन्द« लागेन वा ढिलो सुत्नु भयो कि ?”

मैले केही नबोलि चिया पिए मलाई कस्तो अचम्म लाग्यो हिजो अर्को व्यवहार थियो आज अर्को मैले सोचेको थिए उनी पूरै निको भइन् तर पूरै भएको रहेनछ तर पनि मलाई विश्वास थियो कि उनी छिट्टै निको हुन्छिन्

तीन महिना भइसकेको थियो उनी मेरो डेरामा बसेकी मेरो साथले होला उनीको स्वस्थमा धेरै सुधार भएको तर कहिलेकाही कति बेला बौलाउछिन् भोलिपल्ट ठीक हुन्छिन् तर मलाई थाहा थिएन कि अब मेरो जिन्दगी परिवर्तन हुँदै मेरो जिन्दगीमा हुरि बतास आउँदै थियो तर मैले थाहा नै पाइन

कोमलको कारणले नै मेरो जिन्दगीमा परिवर्तन आएको मुस्कुराउन थालेको थिए माया के हो थाहा पाए पहिले मलाई थाहा थिएन माया भनेको के हो भनेर बाहिरको संसारबारे थाहा थिएन कोमलको आगमनले मेरो जिन्दगी बदलियो

एक दिनको कुरा हो पठाएर डेरामा आए डेराको कोठा खुलै थियो भित्र छिरे कोठामा कोमलाई देखिन मैले सोचे तरकारी लिन गएकी होली डेढ घण्टा भयो उनी भइनन् आतिन थाले दिमागमा धेरै कुराहरु खेल्न थाले उनी कहाँ गइन् कोसँग गइन् साझँको ७ः३० बजेको थियो मलाई खाना खान मन लागेन मलाई छटपटी भयो अनि बाहिर निस्के आफ्नो छिमेकीहरुलाई सोधे तर कसैलाई कोमलको बारेमा कसैलाई थाहा भएन रातपरि सकेके थियो कहाँ खोज्न जानु कसैलाई सोध्नु अन्तिममा आएर निर्णय गरे बिहान खोज्ने निर्णय गरे

अर्काे दिन स्कुल नगइ कोमललाई खोज्न गए कही भेटिन मैलै कोमललाई कहाँ गइन् उनी ? बस पार्कमा पनि गए तर अहँ मैले उनीलाई देखिन भेटिन यो क्रम धेरै दिनसम्म चल्यो

धेरै दिनसम्म नभेट्दा उनी मरिन् कि शङ्का लाग्यो अनि लास राख्ने ठाँउमा पनि गए भेटिन कहाँ गइन् ? अतितको बारेमा पनि थाहा छैन अस्पतालमा छिन् कि भनि सबै अस्पतालहरुमा पनि गए भेटिन कहाँ गइन् ? अतितको बारेमा पनि थाहा छैन

यसरी खोज्दै जाँदा एक महिनाभन्दा पनि धेर भएको थियो आश मनमा थियो खोज्दै पनि थिए जिन्दगीमा पहिलोपल्ट मैले कुनै नारीसँग प्रेम गरेको थिए जिन्दगीमा मैले आमाको माया पाए दिदी बहिनीको नै तर जब कोमल मेरो जिन्दगीमा आइन् मायाको बारे थाहा पाए यदी आमा भएको भए आमाले मलाई धेरै माया गर्दिन् अवसोसको कुरा मेरो जिन्दगीमा नारीको माया लेखेकै रहेनछ । कस्तो अचम्मको जिन्दगी मनमा धेरै कुराहरु गर्दा आँखा भरिए मलाई छोडेर कहाँ गइन होला कोमल ? कोमललाई पर्खि बसेको छु उनी कहिले मेरो जिन्दगीमा आउँलिन् मसँग सिफ उनीको यादहरु छन्

Comments

Popular Posts